( यहून्ना ३ : १—६ )
“त्यस बेला फरिसीहरुमा निकोदेमस नाउँ भएका एकजना मानिस थिए , जो यहूदीहरुका एक शासक थिए । तिनले राती उहाँकहाँ आएर उहाँलाई भने ,‘गुरुज्यू’ हामी जान्दछौं तपाईं परमेश्वरबाट शिक्षक भएर आउनुभएको हो , किनकि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईंले गर्नुभएका यी चिन्हहरु गर्नसक्तैनन् । येशूले तिनलाई भन्नुभयो , ‘साँचो साँचो म तिमीलाई भन्दछु , कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैनन् ।’ निकोदेमसले उहाँलाई भने , ‘मानिस बूढो भएर कसरी जन्मसक्छ र ? के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटी पसेर जन्मनसक्छ ?’
येशूले जवाफ दिनुभयो , ‘साँचो साँचो म तिमीलाई भन्दछु , कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्नसत्तैmन । देहबाट जन्मेको देह हो । औ आत्माबाट जन्मेको आत्मा हो ।”
बाइबलअनुसार नयाँ जन्मको अर्थ के हो ?
यो संसारमा धेरैजना मानिसहरु येशूमा विश्वास गरेर नयाँ जीवन धारण गर्न चाहन्छन् । तर सबैभन्दा पहिला म भन्न चाहन्छु कि नयाँ जीवन हामी आपूmद्वारा हुने कुरा होइन, अर्को शब्दमा भन्नु पर्दा, यो हाम्रो कामद्वारा प्राप्त गर्ने कुरा होइन ।
धेरै ईसाईहरुमा यसबारे गलत बिचार छ । तिनीहरु नयाँ गरी जन्मेकाछन् भन्ने कुरामा निश्चित छन् किनभने तिनीहरुले धेरैवटा नयाँ मण्डलीहरु निर्माण गरेकाछन्, कतिपय मानिसहरुले आपूmलाई कालोपानी जस्तो सुसमाचार नपुगेको ठाऊँमा गएर मिशनरीको रुपमा ख्रीष्ट प्रचार गर्नलाई अर्पण गरेकाछन्, कतिपय मानिसहरुले विवाह नगरेर आफ्नो सम्पूर्ण शक्ति परमेश्वरको काममा खर्चेकाछन् ।
के नयाँ गरी जन्मने कुरा शारीरिक
भावना र परिवर्तनसित सम्वन्धित छ ?
होइन नयाँ गरी जन्मने कुरा आत्मिक परिवर्तनसित
सम्वन्धित छ । पापी मानिस पापरहित
मानिसझैं नयाँ गरी जन्मनु हो ।
त्यो साँचो होइन । कतिपय मानिसहरुले आफ्नो आयको धेरै ठूलो भाग तिनीहरुको मण्डलीलाई चढाउँछन्, तथा हुनसक्छ कतिपय मानिसहरुले प्रत्येकदिन मण्डलीको भुईं बढाल्ने गर्छन् । कतिपय मानिसहरुले सम्र्पूण रुपमा आफ्नो समय र सम्पत्ति मण्डलीलाई अर्पण गर्छन् । अनि तिनीहरु विश्वास गर्छन् कि यसप्रकारको कामले जीवनको मकुट प्राप्त गर्नेछ भनी । तिनीहरु आशा गर्छन् कि परमेश्वरले तिनीहरुको कामको कदर गर्नेछ र तिनीहरुलाई नयाँ जीवन धारण गर्न अनुमति दिनुहुनेछ ।
भन्न खोजेको चाँहि धेरैजना मानिसहरु छन् जोहरु नयाँ गरी जन्मन चाहन्छन् । यसप्रकारको मानिसहरु जँही तँही पाइन्छ । कुनै दिन परमेश्वरले तिनीहरुलाई आशिष दिनुहुनेछ र नयाँ गरी जन्मन दिनुहुनेछ भनी आशा गरेको कारण तिनीहरु धेरै परिश्रम गर्छन् । यसकाप्रकारको मानिसहरु प्रार्थना सभा, सेमिनार अनि आरोग्यशालामा पाइन्छ । तिनीहरुले नयाँ गरी जन्मने कुराको सत्यता बारे नजान्नु तिनीहरुको निम्ति अतिनै दुर्भाग्यको कुरा हो ।
तिनीहरुले तिनीहरुको कामको आधारमा भन्छन्, “यदि मैले यो काम ठीक तरिकाले गरें भने, म नयाँ गरी जन्मेको हुनेछु ।” यसकारण तिनीहरुले तिनीहरुको सबै प्रयासहरु यसप्रकारको काममा खर्च गर्छन्, अनि विश्वास गर्छन् कि तिनीहरुले नयाँ गरी जन्मनको निम्ति आवश्यक पर्ने जग तयार गरिरहेकाछन् अनि सोच्ेंछन् कि म पनि कुनै दिन रेभरेण्ड वेस्ली जस्तो नयाँ गरी जन्मनेछु भनी ! अनि यूहन्ना ३ : ८ पढेर यसरी अनुवाद गर्छन् कि नयाँ गरी जन्मने आशिष कहाँबाट आउँछ र कता जान्छ भनी । यसकारण, एकदिन येशूले तिनीहरुलाई नयाँ गरी जन्मन अनुमति दिनुहुनेछ भन्ने आशामा मात्र तिनीहरु कठोर परिश्रम गर्छन् । धेरै यस्ता मानिसहरु छन् जसले यसरी सोच्छँन्, “यदि मैले यसरी प्रयास गरें भने, एकदिन येशूले मलाई नयाँ जीवन प्राप्त गर्न अनुमति दिनुहुनेछ । नयाँ जीवनको ज्ञान नभए पनि म एकदिन नयाँ गरी जन्मनेछु । कुनै बिहानी जब म निन्द्राबाट बिउँझी उठछु त्यस समय नयाँ गरी जन्मेको हुन्छु र मलाई चाहना हुनेछ म स्वर्ग जानेछु भनी ।” हाय, तिनीहरुको आशा र विश्वास कस्तो फलरहित छ !
त्यसप्रकारले हामीहरु कदापि नयाँ गरी जन्मन सक्तैनौं ! जसरी येशूले भन्नुभएको छ कि, परमेश्वरको राज्यमा प्रवेश गर्नलाई हामीहरु नयाँ गरी जन्मनु आवश्यक छ । नयाँ गरी जन्मनुको निम्ति पानी र आत्मा मात्र परमेश्वरको शर्त हो ।
जबसम्म नयाँ गरी जन्मदैँन धार्मिकताको निम्ति गरेको सबै प्रयास येशूको अघि ब्यर्थ हुन्छ । कुनै पनि मानिस चन्दा दिएर वा प्राण अर्पण गरेर नयाँ गरी जन्मन सक्तैन । उसले सोँच्नसक्छ कि कारण परमेश्वरले मात्र जान्नुहुन्छ कि को नयाँ गरी जन्मेको छ र छैन भनी ।
यसप्रकारले सोच्ँदा त्यस ब्यक्तिलाई ढुक्क हुनसक्छ, तर नयाँ गरी जन्मेको कुरो टेबलमुनि लुकिन सक्तैन । यो कुरा उ आफैले जान्न सक्तछ, अनि उसको वरिपरि हुनेहरुले पनि यो कुराको अनुभव गर्न सक्तछ ।
यो कुरा हामीले शरीरमा अनुभव गर्न सक्तैनौं, तर आत्मिक तौरले भने हामीहरु निश्चय नै अनुभव गर्नसक्छौं, । साँचो रुपमा नयाँ जन्म पाएका मानिसहरु तिनै हुन् जोहरु परमेश्वरको वचन, पानीको वचन, रगत र आत्माले दोहोरो गरी जन्मेकाछन् तर जोहरु नयाँ गरी जन्मेका छैनन् निकोदेमसले झंै यो कुरा बुझ्न सक्तैनन् ।
यसकारण हामीले येशूको रगत र बप्तिष्माद्वारा प्रदान गरिने मुक्ति सम्वन्धी सत्यताको वचनलाई सुन्नैपर्छ । जसै हामीहरु परमेश्वरको वचन सुन्दछौं, त्यहाँ सत्यता प्राप्त गर्दछौं । यसकारण हामीले हाम्रो मनलाई खोलेर ध्यानपूर्वक सुन्नु अति आवश्यक छ ।
“बतास जता इच्छा गर्छ बहन्छ । तिमी त्यसको आवाज सुन्छौ, तर कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ । आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ ( यूहन्ना ३ : ८ ) ।”
जब कुनै ब्यक्ति जसले नयाँ गरी जन्मेको छैन यो वचनलाई पढछ, उसले सोच्ँछ, “आहा ! येशूले भन्नुभयो कि म कहिले नयाँ गरी जन्मे म जान्न सक्तिन ! कसैले पनि जान्दैन !” अनि उसको विवेकले उसलाई सान्त्वना दिन्छ । तर यो साँचो होइन । वतास कहाँबाट आउँछ र कहाँ जान्छ हामीलाई थाहा हुँदैन, तर परमेश्वरले सबै जान्नुहुन्छ ।
नयाँ जीवन पाइसकेकाहरुले पनि शूरुमा यो कुरा जान्दैन । यो बुझ्न सकिनेछ । तर यस्ता मानिसहरुको हृदयमा येशूको पानी र रगतद्वारा प्रदान गरिने मुक्तिको सुसमाचार छ ।
यो नयाँ गरी जन्मने कुराको साक्षी हो । जसले सुसमाचार सुन्छ उसले ‘ओहो, म पापरहित छु ’ भन्ने कुरा थाहा पाउँछ । तब, म बचाइएको छु र नयाँ गरी जन्मेको छु । जब उसले आफ्नो हृदयले पानी र आत्माको सुसमाचारलाई विश्वास गर्छ र मानिलिन्छ, तब उ धर्मी ठहरिन्छ, अनि परमेश्वरको सन्तान बन्दछ ।
कसैले यसरी सोध्नसक्छ, के तपाईं नयाँ गरी जन्मनुभएको छ ? अनि उसले यसरी उत्तर दिनसक्छ, “अहिलेसम्म पाएको छुइन ।” “तब, के त तपाईं बचाइनुभएको छ त ?” हो, म बचाइएको छु भनी विश्वास गर्छु । तर उसले बिरोधाभाष कुरा गरेको छ, के होइन र ? उसले यो यसकारण भनेको छ किनकि उसले सोँच्छ कि जब कुनै व्यक्ति नयाँ गरी जन्मेको छ, उ आफ्नो शरीरमा पनि परिवर्तन भएको हुनुपर्छ ।
यस्ता मानिसहरुले नयाँ गरी जन्मनु भनेको स्वभाविक रुपमा जीवनशैली नै परिवर्तन हुनु भनी सोच्ँछन् । तर सत्यता चाँहि तिनीहरुले पानी र आत्माले नयाँ गरी जन्मनु भन्ने कुरा बुझेका हुँदैनन् ।
धेरै यस्ता मानिसहरु छन् जसले नयाँ गरी जन्मनुको अर्थ बुझेका हुँदैनन् । यो दुःख लाग्दो कुरा हो । यो कुरा साधारण विश्वासीहरुमा मात्र पाइन्दैन, तर धेरै जस्तो मण्डलीका अगुवाहरु पनि यसप्रकारको भ्रमात्मक कुरामा फँसेकाछन् । नयाँ जीवन पाएका हामी जस्ता ब्यक्तिहरुको हृदय यस्ता ब्यक्तिहरुप्रति चिन्तित हुनु आवश्यक छ ।
जब हामीहरु त यसप्रकारको अनुभव गर्छौं भने, हाम्रा स्वर्गीय परमेश्वर येशूलाई त झन् कति बढता कष्ट हुन्छ ? आऊँ हामीहरु सबै नयाँ जन्म दिने येशूको बप्तिष्मा र क्रूसको रगतमा विश्वास गरेर नयाँ जन्म धारण गरौं ।
नयाँ गरी जन्मनु र बचाइनुको एउटै अर्थ लाग्छ । तर धेरैजनाले यसको अर्थ बुझ्दैन । नयाँ गरी जन्मनुको अर्थ पानी र आत्माको सुसमाचारमा विश्वास गरेर हाम्रो हृदयको बलिदानमा विश्वास गरेर धर्मी ठहरिनु हो । नयाँ जन्म प्राप्त गर्नुअघि मानिसहरु पापी हुन्छन्, तर पछिबाट उ नयाँ मान्छे जस्तै पूर्णरुपमा परमेश्वरको सन्तान बनेको हुन्छ ।
नयाँ गरी जन्मनु भनेको येशूको बप्तिष्माको वस्त्र धारण गर्नु हो, येशूसँग क्रूसमा मर्नु हो अनि उहाँसँगै बौरी उठनु हो । यसको अर्थ बप्तिष्माको वचन र येशूको क्रूसद्वारा धर्मी ठहरिनु हो ।
जब कुनै मानिस आफ्नो आमाको गर्भबाट जन्मन्छ तब उ पापी हुन्छ । तर जब उसले नयाँ गरी जन्मने पानी र आत्माको सुसमाचार सुन्छ तब उ नयाँ गरी जन्मेको हुन्छ र धर्मी ठहरिन्छ ।
बाह्यरुपमा उमा भिन्नता देखिन्दैन,तर आत्मामा भने उ भित्रीतौरले नयाँ गरी जन्मेको हुन्छ । नयाँ गरी जन्मनु भनेको यही अर्थ हो । तर थोरैलाई मात्र यो कुरा थाहा हुन्छ, दशमा एक पनि हुँदैन । केवल थोरैले मात्र साँचो रुपमा नयाँ गरी जन्मने कुरालाई बुझ्छन् भन्ने कुरामा के तपाईं मसँगै सहमत हुनुहुन्छ ?
जसहरुले पानी र आत्माको सुसमाचार अनि नयाँ गरी जन्मने कुरामा विश्वास गर्छन् साधारण ईसाईहरुको समुदायमा साँचोरुपमा नयाँ गरी जन्मेको कुरामा भिन्नता देख्दछन् ।
येशू जसले बतासलाई रोक्नुभयो
को बचाइएको छ भन्ने कुरा
कसले जान्दछ ?
केवल नयाँ जीवन पाएकाहरुले
मात्र
“बतास जता इच्छा गर्छ बहन्छ । तिमी त्यसको आवाज सुन्छौ, तर कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ । आत्माबाट जन्मेको हरेक त्यस्तो हुन्छ ( यूहन्ना ३ : ८ ) ।” येशूले नयाँ गरी नजन्मेकाहरुको बारेमा कुरा गरिरहनुभएको थियो । नयाँ जन्म पाएकाहरुले नयाँ जन्म पाएकाहरुलाई चिन्छन्, तर निकोदेमसले चिनेन । को नयाँ गरी जन्मेको छ त्यसलाई परमेश्वरले चिन्नुहुन्छ, अनि नयाँ जन्म पाएकाहरु आफैले पनि नयाँ जन्म पाएको कुरा जान्दछ ।
तर जसरी नयाँ जन्म नपाएको मानिसले बतास कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने कुरा जान्दैन त्यसरीनै मानिस कसरी नयाँ गरी जन्मन्छ सो कुरा जान्दैन ।
के तपाईंले यो कुरा बुझ्न सक्नुहुन्छ ? बतास कसले चलाउँछ ? परमेश्वरले । बतास कसले सृष्टि गर्नुभयो ? स्वर्गमा हुने परमेश्वरले गर्नुभयो । कसले पृथ्वीको बतासलाई चलाउँछ, बतास र पानीको धारा प्रवाहलाई कसले दिशा दिन्छ ? अनि सबै जीवित प्राणीहरुमा कसले श्वास हालिदिन्छ ? अर्को शब्दमा, पृथ्वीमा भएको सबै जीवहरुलाई कसले बनाउनुभयो अनि ती जीवहरुलाई कसले पालन—पोषण गर्नुभयो ? यो येशूबाहेक अरु कसैले गरेको होइन । अनि येशू परमेश्वर हुनुहुन्छ ।
जबसम्म हामीहरु पानी, रगत र आत्माको सुसमाचारको वचनलाई जान्दैनौं, हामीहरु अरुहरुलाई आत्मिक तौरले यसबारे सिकाउन पनि सक्तैनौं । येशूले हामीलाई भन्नुभएको छ कि जबसम्म कोही पानी र आत्माले जन्मदैन, उ नयाँ गरी जन्मन सक्तैन ।
हामीले पानी र आत्माको शक्तिशाली सुसमाचारमा विश्वास गर्नुपर्छ जसले हामीलाई नयाँ गरी जन्माउँछ । जसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ, उसको जीवनमा आत्मा प्रवेश गर्नेछ र बास गर्नेछ ।
येशू ख्रीष्टले सबै मानवजातिको पापहरु आपूmमाथि उठाइलैजानलाई बप्तिष्मा लिनुभयो, अनि ती पापहरुको मोल चुकाउनलाई क्रूसमा रगत बहाउनुभयो । उहाँले मानवजातिको हृदयमा नयाँ गरी जन्माउने मुक्ति हालिदिनुभयो हो । जब हामीहरु येशूको बप्तिष्मा र उहाँको रगतद्वारा हाम्रा सबै पापहरुलाई धोइने कुरामा विश्वास गर्छौं, उत्पत्ति १ : २ मा यसरी लेखिएको छ, “पृथ्वी आकारबिनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो, औ परमेश्वरको आत्मा पानीमाथि घुमिरहनुहुन्थ्यो ।”
यसरी लेखिएको छ कि परमेश्वरको आत्मा पानीमाथि घुम्नुहुन्थ्यो । परमेश्वरको आत्मा पृथ्वीको आकारबाहिर घुमिरहनुहुन्थ्यो ।
यसको अर्थ परमेश्वरको आत्मा पापीको हृदयमा बास गर्नु हुन्न । नयाँ जन्म नपाएका मानिसको हृदय शून्य हुन्छ, यो पापको अन्धकारले भरिएको हुन्छ । यसकारण परमेश्वरको आत्मा उसको हृदयमा बास गर्न सक्तैन ।
परमेश्वरले सुसमाचारको ज्योति पापीहरुको हृदयलाई प्रकाश पार्न दिनुभयो । परमेश्वरले भन्नुभयो, “उज्यालो होस्,” अनि त्यहाँ उज्यालो भयो । तब, अनि तब मात्र, परमेश्वरको आत्मा मानिसहरुको हृदयमा बास गर्न सक्यो ।
यसकारण, पानी र आत्माको सुसमाचारमा विश्वास गर्ने, नयाँ जीवन पाएका हृदयहरुमा परमेश्वरको आत्मा बास गर्नुहुन्छ । “नयाँ जन्म” पाएको अर्थ यही नै हो । तिनीहरु तिनीहरुको हृदयमा नयाँ गरी जन्मेकाहरु हुन्, किनभने तिनीहरुले पानी र आत्माको सुसमाचारको वचनलाई सुन्दछन् अनि विश्वास गर्दछन् !
एउटा मान्छे कसरी नयाँ गरी जन्मनसक्छ ? येशूले फरिसी निकोदेमसलाई यसरी भन्नुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैन ( यूहन्ना ३ : ३ ) ।” निकोदेमसले भने, “हामीहरु कसरी पानी र आत्माले नयाँ गरी जन्मन सक्छौं ? के हामीहरु फेरि पनि आमाको गर्भमा पसेर नयाँ गरी जन्मन सक्छौं ?” कदापि सक्तैनौं, उसले यो कुरालाई सोझो प्रकारले लिए अनि नयाँ गरी जन्मने कुरालाई उसले बुझ्न सकेन ।
अनि येशूले उसलाई भन्नुभयो, “तिमी एउटा शिक्षक हौ, र पनि तिमी यो कराको अर्थ बुझ्न सक्तैनौं ?” येशूले उसलाई भन्नुभयो, जबसम्म कुनै मानिस पानी र आत्माले नयाँ गरी जन्मदैँन उसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन नता उसले देख्नेनै छ । येशूले निकोदेमसलाई साँचो गरी नयाँ गरी जन्मने कुराको बिषयमा भन्नुभयो ।
त्यस समय निकोदेमस इस्राएलको धार्मिक अगुवा थिए अहिलेको मण्डलीको धर्मगुरुझैं । आधुनिक भाषामा भन्नु हो भने, तिनलाई समुदायको नेतासँग तुलना गर्नसकिन्छ । धर्मको हिसाबमा तिनी यहूदीहरुको गुरु रब्बी थिए, तिनी यहूदीहरुको धार्मिक गुरु थिए । तिनी एकजना ख्यातिप्राप्त बिद्वान पनि थिए ।
अहिलेको पाठशालाको तुलनामा ती दिनहरुमा कुनै बिद्यालय थिएन, यसकारण सबै मानिसहरु मन्दिरमा गएर “धार्मिक गुरुहरु” को अधीनमा रहेर सिक्ने गर्थे । तिनीहरुनै मानिसहरुको शिक्षक थिए । ती दिनहरुमा अहिलेझैं र अहिलेको भन्दा पनि बढता गरेर भूmटा शिक्षकहरु थिए । अनि तिनीहरुले नयाँ जन्म नपाइकननै अरु मानिसहरुलाई सिकाउने गर्थे ।
यी दिनहरुमा धेरैजना धार्मिक गुरुहरु, मण्डली व्यवस्थापकहरु, शिक्षकहरु, प्रचारकहरु, एल्डरहरु डिकनहरु छन् जोहरु नयाँ गरी जन्मेका छैनन् । निकोदेमसझैं, तिनीहरुलाई नयाँ जीवनको ज्ञान छैन । नयाँ जन्म पाउनलाई हामीहरु फेरि पनि आमाको गर्भमा पस्नुपर्छ भनी सोच्ँनेहरु धेरै छन् । तिनीहरुलाई नयाँ जन्मको ज्ञान भने छ, तर कसरी नयाँ जीवन प्राप्त गर्ने सो ज्ञान भने छैन ।
अनि एउटा अन्धोलाई हात्ती कस्तो हुन्छ सो थाहा पाउन हात्तीको शरीर छोएझैं तिनीहरुको अज्ञानताले गर्दा तिनीहरुको मार्ग दर्शन तिनीहरुको भावना र अनुभवमा अडेको हुन्छ । तिनीहरुले सांसारीक महत्वका कुराहरुलाई मण्डलीमा प्रचार गर्छन् । त्यस हेतुले गर्दा, धेरै मानिसहरु नयाँ जन्म प्राप्त गर्नदेखि बञ्चित छन् ।
नयाँ गरी जन्मने कुरासित हाम्रो असल कामहरुको केही सम्बन्ध छैन । हामीहरु परमेश्वरबाट दिएको पानी, रगत र आत्मामा विश्वास गरेर नयाँ जन्म पाउनसक्छौं । परमेश्वरको सुसमाचार जसले पापीदेखि धर्मी ठहरिनलाई चुनौती दिदँछ ।
येशूले यी वचनहरु बोल्नुभयो, “मैले तिमीहरुलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरु विश्वास गर्दैनौ, त तिमीहरुलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ ( यूहन्ना ३ : १२ ) ?” जब येशूले उहाँको बप्तिष्माद्वारा हाम्रो सबै पापहरुको पूर्ण प्रायश्चित हुन्छ भन्ने सत्यता बताउनुभयो वास्तवमा नै मानिसहरुले यो कुरालाई विश्वास गरेनन् । तिनीहरुले के कुरामाथि विश्वास गरेनन् ? येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा तिनीहरुको मुक्ति सम्भव छ भन्ने कुरालाई तिनीहरुले विश्वास गरेनन् । उहाँले “स्वर्गको कुरा” भन्नुभयो तर त्यसलाई विश्वास गर्नु हुन्न भनेको यही हो ।
हामीलाई हाम्रो पापहरुबाट पूर्णरुपमा शुद्ध पार्नलाई येशूले यूहन्ना बप्तिष्मा दिनेको हातबाट बप्तिष्मा लिनुभयो अनि क्रूसमा मर्नुभयो, अनि पापीहरुले नयाँ जन्म पाओस् भनेर मृत्युबाट बौरी उठनुभयो ।
यसकारण येशूले पूरानो नियमको यो वचनलाई उधारणको रुपमा लिएर निकोदेमसलाई सम्झाउनुभयो, “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन । जसरी मोशाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र ज—जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ( यूहन्ना ३ : १३—१५ ) ।”
जसरी मोशाले बनमा सर्पलाई उठाउनुभयो, त्यसै गरी विश्वास गर्नेहरुले अनन्त जीवन पाउनलाई मानिसको पुत्र पनि माथि उचालिनु आवश्यक छ । येशूले यो भन्नुभएको अर्थ के हो, “जसरी बनमा मोशाले सर्पलाई उचाल्नुभयो, त्यसैगरी मानिसको पुत्र पनि माथि उचालिनु आवश्यक छ ?” मानवजातिको सबै पापहरुको प्रायश्चित गर्नलाई उहाँको बप्तिष्मा र रगत उदाहरण दिन उहाँले पूरानो नियमको वचनलाई लिनुभएको हो ।
हाम्रो निम्ति उहाँ क्रूसमा मारिनु, माथि उचालिनु र त्योभन्दा पहिला संसारको सबै पापहरु उठाउनलाई यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनु आवश्यक थियो जसद्वारा सबै मानिसहरुको पापहरु उहाँमाथि जाओस् ।
केवल हाम्रा पापहरुलाई आपूmमाथि लिएर उहाँको रगतद्वारा मोल तिरेर मात्र उहाँले सबै पापीहरुलाई नरकको दण्डबाट बचाउन सक्नुभयो । येशूले पानी र आत्माको नयाँ जन्मको मुक्ति हामीलाई दिनुभयो ।
यसकारण ती जसहरुले येशूलाई तिनीहरुको मुक्तिदाताको रुपमा विश्वास गरे तिनीहरुले उहाँको बप्तिष्माको वस्त्र धारण गरे, उहाँसँग मरे अनि उहाँसँगै नयाँ गरी जन्मेकाछन् । निकोदेमसले पछिबाट मात्रै यो कुरा बुझे ।
जसै सर्पलाई माथि उठाइए
येशू किन क्रूसमा मर्नुभयो ?
किनकि उहाँले बप्तिष्माद्वारा
सबै पापहरु उठाइलैजानुभयो
मोशाले बनमा कसरी काँसे सर्पलाई माथि उठाउनुभयो सो बारे के तपाईंलाई थाहा छ ? यो कथा गन्ति २१ अध्यायमा लेखिएको छ । यसरी लेखिएको छ कि इस्राएलीहरु मिश्र देशदेखि निस्केपछि तिनीहरुको प्राण अति निराश भएको थियो, जसले तिनीहरुलाई परमेश्वर र मोशाको बिरुद्धमा बोल्नबाध्य बनाए ।
परिणामत्, परमप्रभुले मानिसहरुको माझमा बिशालु सर्प पठाउनुभयो, जसले तिनीहरुको पण्डालमा पसेर तिनीहरुलाई डसे अनि तिनीहरुलाई मारे । तिनीहरुलाई टोकेपछि धेरैलाई निले र धेरै मानिसहरु मरे ।
जब मानिसहरु मर्न थाले, तिनीहरुका अगुवा मोशाले परमेश्वरसँग प्राथर्ना गरे । “परमप्रभु, कृपया हामीलाई बचाउनुहोस् ।” परमेश्वरले तिनलाई एउटा बिषालु पित्तले सर्प बनाउन लगाए र यसलाई एउटा खुट्टीमाथि झुन्डयाइदिए । उहाँले तिनलाई भन्नुभयो कि ज—जसले त्यस सर्पलाई देख्नेछ उ बाँच्नेछ । मोशालाई जे गर्न भनिएको थियो उसले त्यही गरे अनि मानिसहरुलाई परमेश्वरको वचनको घोषणा गरे ।
ज—जसले तिनको वचनलाई विश्वास गरे अनि पित्तले सर्पलाई हेरे तिनीहरु निको भए । त्यसै गरी, हामी शैतानद्वारा टोकिएर बिषाक्त भएकाहरु पनि निको हुन परेको छ । इस्राएलको मानिसहरुले मोशाको कुरा सुने र खुट्टीमा झुन्डयाइएको सर्पले मानिसको पापको कारण भोग्नु पर्ने नरकको दण्ड येशू ख्रीष्टको बप्तिष्मा र क्रूसको मृत्युद्वारा उहाँमाथि खनाइएको कुरालाई प्रकट गर्दछ । उहाँले यो कार्य संसारको सबै पापीहरुको पापको मोल तिर्नलाई आपूmमाथि लिनुभएको हो । यसकारण, उहाँले हाम्रो सबै पापहरुको दण्डलाई अन्त गरिदिनुभयो ।
येशू ख्रीष्ट सबै मानिसहरुलाई बचाउनको निम्ति यो संसारमा आउनुभयो, जोहरु शैतानबाटको परीक्षाको कारण “सर्पको बिषालु बिष” द्वारा मर्न लागेका थिए । ज—जसले उहाँमाथि विश्वास गर्छन् तिनीहरुको पापको मोल तिर्नको निम्ति बौरी उठनुभन्दा पहिला उहाँले बप्तिष्मा लिएर क्रूसमा मर्नु पर्ने थियो ।
जसरी पूरानो नियमको इस्राएलीहरुले खुट्टीमा झुन्डयाएको सर्पलाई हेरेर बाँचेका थिए । त्यसरीनै आज पनि जसले येशूमा विश्वास गर्छ अनि येशूको बप्तिष्मा र रगतद्वारा हाम्रो पापको मोल तिर्नुभयो भन्ने कुरालाई मानिलिन्छ उ बचाइनेछ र नयाँ गरी जन्मने छ ।
येशूको यर्दन नदीमा यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा, उहाँको क्रूसको मृत्यु, अनि उहाँको मृत्युबाटको बौरी उठाइद्वारा उहाँले संसारको सबै पापहरुको मोल चुकाउनुभयो । अब, ज—जसले उहाँमाथि विश्वास गर्छ उहाँको अनुग्रहद्वारा मुक्तिले आशिषित हुनेछन् ।
“स्वर्गबाट ओर्ली आउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन । ( यूहन्ना ३ : १३ ) ।” हाम्रो पापको दामको रुपमा येशूले बप्तिष्मा लिनुभयो अनि क्रूसमा रगत बहाउनुभयो अनि हाम्रो निम्ति स्वर्गको ढोका खोल्नुभयो । येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ” ( यूहन्ना १४ : ६ ) ।
किनकि हाम्रो निम्ति स्वर्गको ढोका खोल्न येशूले बप्तिष्मा लिनुभयो अनि क्रूसमा मारिनुभयो, उहाँद्वारा प्राप्त हुने मुक्तिमा ज—जसले विश्वास गर्छ तिनीहरु बचाइनेछ । येशूले हाम्रो निम्ति अघिबाट नै मुल्य चुकाइदिनुभयो, यसकारण ज—जसले पानी, रगत र आत्माको सत्यतामा विश्वास गर्छन् स्वर्गको राज्यमा प्रवेश पाउनेछन् ।
येशूले हामीलाई पानी र आत्माको सुसमाचारद्वारा बचाउनुभयो । नयाँ जन्म येशूको बप्तिष्मा र रगतमा विश्वास गरेर अनि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने सत्यतामा विश्वास गरेर प्राप्त हुन्छ ।
“जसरी मोशाले उजाड—स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,” ( यूहन्ना ३ : १४ ) । यो पदको अर्थ के हो ? येशू किन क्रूसमा मारिनुभयो ? के उहाँले हामीले झैं पाप गर्नुभएको थियो ? के उहाँ हामीझैं कमजोर हुनुहुन्थ्यो ? के उहाँ हामीझैं अपूर्ण हुनुहुन्थ्यो ? होइन, उहाँ हुनुहुन्थेन ।
तब, उहाँ किन क्रूसमा मारिनुभयो ? हामीलाई बचाउन र हाम्रो सबै पापहरुको मोल तिर्न । हामी सबैलाई हामी सबैको पापहरुबाट बचाउन उहाँले बप्तिष्मा लिनुभयो र क्रूसमा मारिनुभयो ।
यो पानी र आत्माद्वारा प्राप्त हुने मुक्तिको सत्यता र नयाँ जन्म हो । जसले येशूको बतिष्मा र उहाँको क्रूसको मृत्यू जो हाम्रो पापको मुल्य थियो मा विश्वास गर्छ तिनीहरुलाई नयाँ जीवन दिनुहुन्छ ।
पानी र आत्माको अर्थ
पानी र आत्माको अर्थ के हो ?
पानीको अर्थ येशूको बप्तिष्मा अनि
आत्मा चाँहि ईश्वरत्व हो ।
बाइबलले भन्दछ कि जब हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्दछौं, हामीहरु नयाँ गरी जन्मेका हुन्छौं । परमेश्वरको सन्तान हुने कुरा, नयाँ गरी जन्मनु, परमेश्वरको लिखित वचन, पानी, रगत र आत्माको सुसमाचारद्वारा प्राप्त गरिने कुरा हो जो हाम्रो पापको मोल हो ।
बाइबलअनुसार, पानीको अर्थ येशूको बप्तिष्मा हो ( १ पत्रुस ३ : २१ ), अनि आत्माको अर्थ येशू परमेश्वर हुनुहुन्छ । यो नयाँ गरी जन्मने कुराको सत्यता हो, किनकि येशू हाम्रो पापको मोल चुकाउन उहाँको बप्तिष्मा र रगतद्वारा मानिसको शरीर धारण गरेर यो संसारमा आउनुभयो ।
उहाँले बप्तिष्माद्वारा हाम्रो सबै पापहरु उठाइलैजानुभयो अनि क्रूसमा मरेर पापको मोल चुकाउनुभयो । बप्तिष्मा लिएर अनि क्रूसमा रगत बहाएर, उहाँमाथि विश्वास गर्ने सबैलाई बचाउनुभयो ।
येशूको बप्तिष्मा र रगतले हाम्रो मुक्तिको प्रतिनिधित्व गर्दछ र तिनैले हामीलाई हाम्रो पापहरुबाट बचाउँदछ भन्ने कुरालाई मानिलिनुपर्दछ । केवल पानी र आत्माबाट नयाँ जीवन पाएकाहरुले स्वर्गको राज्य देख्न सक्नेछ र प्रवेश गर्नेछ । येशूले हामीलाई उहाँको बप्तिष्मा, रगत र आत्माद्वारा बचाउनुभयो । के तपाईं यस कुरामा विश्वास गर्नुहुन्छ ?
येशू स्वर्गीय महापूजाहारीगिरी हुनुहुन्छ जो यो संसारमा संसारको पापहरुको मोल चुकाउन आउनुभयो । उहाँले बप्तिष्मा लिनुभयो, क्रूसमा रगत बहाउनुभयो अनि मृत्युबाट बौरी उठनुभयो, त्यसैगरी उहाँमा विश्वास गर्नेहरु सबैको निम्ति मुक्तिदाता बन्नुभयो ।
येशूले यूहन्ना १०:७ मा भन्नुभएको छ, “म भेडाँहरुको ढोका हुँ ।” येशू स्वर्गको ढोकामा उभिनुभएको छ । हाम्रो निम्ति कसले ढोका खोलिदिन्छ ? यो येशू ख्रीष्ट हो ।
उहाँको मुक्तिको सत्यता नजानीकन उहाँमा विश्वास गर्नेहरुबाट उहाँले आफ्नो मुहार लुकाउनुहुन्छ । उहाँको बप्तिष्मा, रगत र आत्मामा विश्वास गर्नेहरुलाई नयाँ जन्म दिनुहुन्न । जसले उहाँको लिखित वचनमा विश्वास गर्दैन, जसले उहाँको पवित्रतालाई स्वीकार गर्न इन्कार गर्छ र जसले उहाँलाई परमेश्वरको रुपमा स्वीकार गर्न इन्कार गर्छ त्यस्ताहरुदेखि उहाँले आफ्नो मुहार लुकाउनुहुन्छ ।
जसले उहाँ देह धारण गरेर संसारमा आएको, संसारको पापको मोल चुकाउन बप्तिष्मा लिनुभएको र क्रूसमा मर्नुभएको तथा हाम्रो सट्टामा दण्ड भोग्न क्रूसमा मर्नुभएको, तथा क्रूसमा मरेको तीन दिनपछि बौरी उठनुभएको कुरालाई इन्कार गर्छन् त्यस्ताहरुलाई उहाँद्वारा नरकमा फालिने छन् र नाश हुनेछन् । जसरी लेखिएको छ, “पापको ज्याला मृत्यु हो ।”
तर जसले उहाँको बप्तिष्मा र रगतद्वारा प्राप्त हुने मुक्तिको आशिषलाई विश्वास गर्छ, जोहरु तिनीहरुको हृदयमा पवित्र ठहरिएकाछन्, तिनीहरुले नै स्वर्गको राज्यमा प्रवेश पाउनेछन् । यहीनै साँचो सुसमाचार हो, जो चाँहि पानी, रगत र आत्माद्वारा आएको सुसमाचार हो ।
पानी र आत्माद्वारा नयाँ गरी जन्मनु स्वर्गीय आशिष हो । येशूको बप्तिष्मा र रगतमा विश्वास गर्नेहरु मात्र बचाइनेछन् । ती जसहरुले पानी, रगत र आत्माको सुसमाचारमा विश्वास गर्छन् तिनीहरु पापरहित छन् ; तिनीहरुनै साँचो रुपमा नयाँ गरी जन्मेकाहरु हुन् ।
तर, जसरी निकोदेमस सत्यताप्रति अनभिज्ञ थिए आज पनि धेरै मानिसहरु साँचो सुसमाचारलाई नजानीकन येशूमा विश्वास गर्छन् । निकोदेमस एउटा अति उच्च समाजको मानिस थिए ! तर तिनले येशूद्वारा साँचो सुसमाचार सुने, अनि पछिबाट जब येशू क्रूसमा मारिनुभयो, येशूलाई गाढनेहरुमध्ये तिनी एकजना थिए । त्यस समयदेखि निकोदेमसले येशूमा पूरा विश्वास गरे ।
आजभोली हामीमध्ये धेरैजनाले येशूको पानी र आत्मालाई जानेका छैनन् । जब येशूले बप्तिष्मा लिनुभयो तब हाम्रा पापहरु उठाइलैजानुभयो । उहाँ क्रूसमा मारिनुभयो अनि मृत्युबाट बौरी उठनुभयो ।
अनि उहाँमाथि विश्वास गर्नेहरु सबैलाई नयाँ जन्मको आशिष दिनुहुन्छ । येशू मुक्तिदाता हुनुहुन्छ अनि उहाँमा विश्वास गर्नेहरु सबैलाई नयाँ जीवन प्रदान गर्नुहुन्छ । तपाईं सँधैभरि येशूसँग हुनलाई जसले स्वर्ग, पृथ्वी र ती दुईको बीचमा भएको सबै कुराहरुलाई सृष्टि गर्नुभयो, प्रार्थना गर्नुहोस् ।
यूहन्ना ३ : १६ ले भन्दछ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” हामीले येशूमा विश्वास गरेर अनन्त जीवन प्राप्त गरेकाछौं । हामीहरु पानी र आत्मामा विश्वास गरेर नयाँ जन्म पाएकाछौं । यो साँचो हो कि यदि हामीले मुक्तिको सुसमाचार, येशूको बप्तिष्मा र रगत, अनि येशू मुक्तिदाता परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्छौं भने हामीहरु बचाइनेछौं ।
तर यदि हामीहरु यो सत्यतामा विश्वास गर्दैनौं भने हामीहरु अनन्तको निम्ति नरकमा फालिनेछौं । त्यसैकारण येशूले निकोदेमसलाई भन्नुभयो, “मैले तिमीहरुलाई पृथ्वीका कुरा भनें, र तिमीहरु विश्वास गर्दैनौं भने, मैले तिमीहरुलाई स्वर्गका कुरा भनें भने कसरी विश्वास गर्नेछौ ( यूहन्ना ३ : १२ ) ?”
परमेश्वरले हाम्रो निम्ति के गरीदिनुभयो ? येशूद्वारा प्राप्त हुने मुक्तिले हामीलाई नयाँ जन्म प्रदान गरेको छ । येशूले हामीलाई संसार, शैतान र संसारको पापबाट बचाउनुभयो । यो संसारको पापीहरुलाई पापको दण्डबाट बचाउन उहाँ बप्तिष्मा, क्रूसको मृत्यु र बौरी उठाइबाट हाम्रो सबै पापहरुलाई उठाइलैजानुभयो ।
चाहे हामी उहाँको मुक्तिमा विश्वास गरौं वा नगरौं हाम्रो रोजाइको कुरा हो । येशूको बप्तिष्मा र रगतद्वारा प्राप्त हुने मुक्तिमा विश्वास गरेर नयाँ जन्मको मुक्ति प्राप्त हुन्छ ।
यसरी भनिएको छ कि परमेश्वरले हाम्रो निम्ति दुईप्रकारको आशिषहरु राखिदिनुभएको छ । एउटा साधारण आशिष हो जसमा प्रकृतिको सबै कुराहरु जससित घाम र हावा पनि सामेल छन् । यसलाई साधारण आशिष भनेर भनिन्छ किनभनै यौ सबै मानिसहरुलाई दिइएकौ छ चाहै त्यौ पापी हौस् वा धर्मी ।
तब बिशेष आशिष चाँहि के हो त ? बिशेष आशिष चाँहि पानी र आत्माको नयाँ जीवन हो, जसले सबै पापीहरुलाई तिनीहरुको पापको मृत्युबाट बचाउँछ ।
बिशेष आशिष
परमेश्वरबाटको बिशेष आशिष के हो ?
त्यो चाँहि उहाँले उहाँको बप्तिष्मा, क्रूसको
मृत्यु र पुनरुत्थानद्वारा हामीलाई नयाँ जीवन
प्रदान गर्नुभएको कुरा हो ।
यूहन्ना ३ : १६ मा यसरी लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
यसलाई परमेश्वरबाटको बिशेष आशिष भनी बर्णन गरिएको छ : येशू मानिसको देह धारण गरेर यस संसारमा आउनुभयो अनि बप्तिष्मा लिनुभई क्रूसमा मरेर हाम्रा सबै पापहरु धोइदिनुभयो यो परमेश्वरबाटको बिशेष आशिष हो, सत्यता चाँहि हामीहरु सबै पापहरुबाट बचाइएकाछौं ।
यो साँचो हो कि येशूले हामीलाई बचाउनुभयो अनि पापी अवस्थादेखि धार्मिकतामा परिवर्तन गर्नुभयो । तपाईंले यो सत्यतामा केवल विश्वास मात्र गर्नुभयो भने बिशेष आशिष प्राप्त गर्नुहुनेछ । के तपाईं विश्वास गर्नुहुन्छ ?
तपाईं आफ्नो जीवनकालभरि जतिकै विश्वासयोग्य भएर जिए पनि यदि तपाईं परमेश्वरबाटको यो बिशेष आशिषलाई इन्कार गर्नुभयो भने तपाईंको सारा विश्वास ब्यर्थ भएर जानेछ ।
म सबै समय प्रचार गर्छु अनि मैले नयाँ जीवन पाउने एउटा मात्र उपाय चाँहि येशूको बप्तिष्मा र उहाँको क्रूसमा विश्वास गर्नुहोस् भन्ने कुराको प्रचार गर्न कहिले पनि बिर्सिन्दिन । बाइबलको कुनै पनि किताबले येशूद्वारा नयाँ जन्मको आशिष चाँहि ‘परमेश्वरको बिशेष आशिष’ हो भनी प्रकट गरेको छ जसको बारेमा हामीले कुरा गरिरहेकाछौं । येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा पापीहरुको मुक्ति हुने कुराभन्दा ठूलो परमेश्वरको आशिषलाई अरु कुनै कुराले उल्लेख गरेको छैन ।
येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्यु परमेश्वरबाटको एकदमै बिशेष आशिष हो । यो संसारको भूmटा प्रचारकहरुले यसबारे केही भन्न सक्तैनन् । यी भूmटा प्रचारकहरु ज्योतिको स्वर्गदूतहरुको भेषमा प्रकट भएकाछन्, ईसाईहरुको नैतिकता र मानवताको हतियार धारण गरेकाछन् । हो, यो सत्य छ । यदि तिनीहरुले परमेश्वरको बिशेष आशिषसित सरोकार राख्दैनन् भने तिनीहरुले देखाएको आश्चर्यकर्म र बिरामीहरुलाई निको पार्ने काम सबै दुष्टयाईं मात्र हुन् ।
यो त्यही परमेश्वरबाटको बिशेष आशिष हो जसले हामी पापीहरुलाई प्रायश्चितको सुसमाचार दिएको छ । परमेश्वरको बिशेष आशिषद्वारा हामीलाई नयाँ जन्म प्रदान गरेको छ । उहाँको बप्तिष्मा, रगत, मृत्यु र पुनरुत्थानद्वारा हामीलाई नयाँ तुल्याउनुभएको छ । उहाँले हामीलाई पापदेखि स्वतन्त्र गराएर उहाँको सन्तान बनाउनुभएको छ ।
के तपाईं यस कुरामा विश्वास गर्नुहुन्छ ? — हो गर्छु । — के तपाईं साँचो रुपमा आशिषित हुनुभएको छ ? — हो, भएकोछु । — येशूको बप्तिष्मा, उहाँको रगत, मृत्यु र पुनरुत्थान बिशेष आशिष हो जुन चाँहि परमेश्वरले पानी र आत्माद्वारा दिनुभएको छ । यो बिशेष आशिषको सुसमाचार हो । हामीलाई उहाँको बिशेष आशिषद्वारा बचाउनुभएको लागि प्रभुको स्तुतिहोस् ।
यो दुःखको कुरा हो कि आजका धेरै ईसाईहरु परमेश्वरको बिशेष आशिष, बप्तिष्मा र रगतको सुसमाचार, पानी र आत्माबाटको नयाँ जन्मप्रति अनभिज्ञ छन् ।
हाम्रो संसारमा ईसाई समाज खडा भएको कति लामो समय भइसक्यो र नवजागरणको चेतना आकोनै लगभग पाँच सय बर्ष भइसक्यो, तरै पनि कोरिया र संसारको बाँकी भागमा धेरै मानिसहरु नयाँ गरी जन्मने कुराको सत्यता र परमेश्वरबाटको बिशेष आशिषप्रति अनभिज्ञ छन् ।
तर म आशा गर्छु र विश्वास गर्छु कि उहाँले तिनीहरुलाई सत्यता जान्न दिनुहुनेछ किनभने हामीहरु संसारको अन्तिम समयको नजीकमा छौं ।
धर्मी ठहरिन र स्वर्गको राज्यमा प्रवेश गर्नलाई पापीहरु नयाँ गरी जन्मनुपर्छ अनि पानी र आत्माको सत्यतालाई स्वीकार गर्नुपर्छ । धेरै ईसाईहरु नयाँ गरी जन्मनको निम्ति कठीन परिश्रम गरिरहेकाछन् । तर नयाँ गरी जन्मने कुराको साँचो अर्थ नजानीकननै प्रयास गर्छन् भने तिनीहरुको विश्वास ब्यर्थमा जान्छन् । स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ति नयाँ गरी जन्मनु आवश्यक छ भनी तिनीहरु भन्छन् तर नयाँ गरी जन्मने कुराको सत्यताको उपाय भने तिनीहरुलाई थाहा छैन ।
तिनीहरुले विश्वासयोग्यसित विश्वास गरेर, तिनीहरुको हृदयमा आगो भए जस्तो अनुभव गरेपछि तिनीहरु नयाँ गरी जन्मन्छन् भन्ने कुरालाई मानिलिन्छन् । तर व्यक्तिगत भावना र निरन्तरको धार्मिक काम गरेर नयाँ जन्म प्राप्त गर्न खोज्नुले गलत विश्वासतिर डो¥याउँछ ।
परमेश्वरको वचन जसले हामीलाई साँचो गरी नयाँ जन्म पाउने कुरातिर नेत्रृत्व गर्छ
विश्वास र धर्ममा के भिन्नता छ ?
विश्वास चाँहि येशूले हामीलाई बचाउनको निम्ति जे गर्नुभयो
त्यसलाई मानिलिनु हो जबकि धर्म चाँहि मानिसको
आफ्नै बिचार र काममा भर पर्नु हो ।
हामीहरु पानी, रगत र आत्मामा विश्वास गरेर मात्र नयाँ गरी जन्मन सक्छौं भन्ने कुरा १ यूहन्ना ५ : ४—८ मा स्पष्टरुपमा लेखिएको छ । यदि हामीहरु नयाँ गरी जन्मनु हो भने, केवल परमेश्वरको लिखित वचन, सत्यको वचनद्वारा मात्र नयाँ गरी जन्मन सक्छौं भन्ने कुरालाई मनमा राख्नुपर्छ । दर्शन, अन्य भाषामा बोल्ने कार्य तथा भावनात्मक अनुभवहरुले हामीलाई कदापि नयाँ जन्मतिर नेत्रृत्व गर्न सक्तैन भन्ने कुरालाई हामीले जान्नुपर्छ ।
येशूले यूहन्ना ३ अध्यायमा भन्नुभएको छ कि जबसम्म कोही पनि पानी र आत्माले जन्मदैन उ स्वर्गको राज्यमा पस्नसक्तैन । यदि कसैले नयाँ गरी जन्मनु हो भने उसले येशूमा दुईचोटि विश्वास गर्नुपर्छ । पहिलो, परमेश्वरको व्यवस्थाद्वारा उसको पापलाई मानिलिएर धार्मिक तरिकाले येशूमा विश्वास गर्नु आवश्यक छ । पहिलोचोटि जब मानिसले येशूमा विश्वास गर्छ यो परमेश्वरको ब्यवस्थाद्वारा गर्छ अनि उसले आपूmलाई म कति भयानक पापी रहेछु भन्ने कुरा मानिलिएर गरेको हुन्छ ।
हामीले संसारमा भएको धेरैवटा धर्महरुमध्ये एउटा धर्म माने सरह येशूमा विश्वास गर्नु हुँदैन । ईसाई जीवन धर्म होइन । यो विश्वासद्वारा अनन्त जीवन प्राप्त गर्ने एक मात्र उपाय हो ।
जसले येशूमा धर्म मानेको प्रकारले विश्वास गर्छ उसको जीवन खाली हातमा अन्त हुन्छ । उ पापले भरिएको, शुन्य र खाली अवस्थामा छोडिन्छ । के यो साँचो होइन ? तपाईं आफ्नो जीवन बाइबलको फरिसीझैं ढोङ्गी भएर बिताउन चाहनु हुन्न ।
सबै नयाँ गरी जन्मेको ईसाई हुन चाहन्छ । तर जब कसैले धर्मको रुपमा ईसाई जीवनलाई विश्वास गर्न चाहन्छ, उसको जीवन पापले भरिएको ढोङ्गी भएर बितेर जानेछ । हामीले नयाँ गरी जन्मने सत्यतालाई जान्नुपर्छ ।
जसले नयाँ जन्म नपाई धर्मको रुपमा ईसाई समाजमा विश्वास गर्छ यो निश्चित छ कि उसको जीवन अन्योल र खालीपनको अवस्थामा नै अन्त हुनेछ । यदि कसैले नयाँ जन्म नपाई येशूमा विश्वास गर्छ उसको विश्वास गलत हुन्छ । यसकारण उसको जीवन देखावटी, सबैको अघि पवित्र देखाउनको निम्ति भरमग्दुर प्रयास गर्ने हुनेछ तर नराम्रो प्रकारले असफल हुनेछ ।
जबसम्म तपाईंले ईसाई जीवनलाई धर्मको रुपमा विश्वास गर्नुहुन्छ, तपाईं सँधै पापी, ढोङ्गी र तपाईंको दिनहरु पापको प्रायश्चित गर्दै बित्नेछ । यदि तपाईं तपाईंको पापहरुबाट उम्कन चाहनुहुन्छ भने, तपाईंले लिखित सत्यतामा पानी, रगत र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ ।
येशूको बप्तिष्माद्वारा मुक्तिको रहस्य प्राप्त गर्नु
हामीलाई के कुराले नयाँ
जीवन प्रदान गर्छ ?
येशूको बप्तिष्मा, उहाँको कू्रसको
मृत्यु र पुनरुत्थानले
बाइबलले भन्दछ कि जो कोही पनि परमेश्वरको वचन जुन कहिले पनि बदली हुँदैनद्वारा नयाँ गरी जन्मन सक्तछ । अब, आऊँ हामी पत्रुसको पत्रको वचन १ पत्रुस ३ : २१ लाई हेरौं । “तब ठीक त्यही किसिमले, अर्थात् बप्तिष्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्वरतर्फ सफा विवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरुलाई बचाउनेछ ।”
बाइबलमा यसरी उदृत गरिएको छ कि येशूको बप्तिष्मा एउटा प्रतिक हो जसले हामीलाई बचाउँछ । येशूमा विश्वास गर्ने सबैले हाम्रो बप्तिष्मा होइन, तर येशूको बप्तिष्मालाई बुझ्नुपर्छ । येशूको बप्तिष्माले हामी पापीहरुलाई नयाँ जीवन दिदँछ । यसमाथि विश्वास गर्नुहोस्, अनि तपाई नयाँ गरी जन्मनु हुनेछ र मुक्तिको आशिष प्राप्त गर्नुहुनेछ ।
येशूको बप्तिष्माद्वारा मुक्ति प्राप्त हुन्छ भन्ने कुरालाई बुझेर, हामी बचाइन सक्छौं, धर्मी ठहरिन सक्छौं अनि अनन्त जीवन प्राप्त गर्न सक्छौं । अर्को शब्दमा भन्नु हो भने, जब हामीहरु परमेश्वरको वचनद्वारा मुक्तिको सत्यतामा विश्वास गर्छौं, हामी सँधैको निम्ति पापबाट शुद्ध पारिएका हुन्छौं ।
नयाँ गरी जन्मनु भनेको दोस्रोचोटि जन्मनु हो । हामीहरु येशूलाई धर्मको रुपमा विश्वास गरेर शूरु गर्छौं, अनि जब हामीहरु सत्यलाई स्वीकार गर्छौं तब विश्वासद्वारा नयाँ गरी जन्मन्छौं । येशू नामको अर्थ हो, “औ तिनले एउटा पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाउँ येशूराख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट उद्धार गर्नुहुनेछ ( मत्ती १ : २१ ) ।”
जब हामीहरु येशूमा विश्वास गर्छौं अनि उहाँले मानवजातिको निम्ति के गर्नुभयो भन्ने कुरालाई ठीकप्रकारले जान्दछौं । हामीहरु पापबाट स्वतन्त्र हुँदछौं अनि नयाँ जन्मेको मानिसझैं नयाँ गरी जन्मन्छौं । पहिला हामीहरु येशूमा धर्मको रुपमा विश्वास गर्छौ, तब, जब हामीहरु येशूको बप्तिष्मा र रगतको सुसमाचारमा विश्वास गर्छौं, हामी नयाँ गरी जन्मन्छौं ।
हामीलाई नयाँ गरी जन्माउने सत्यता के हो ? प्रथम यो येशूको बप्तिष्मा हो, त्यसपछि उहाँले क्रूसमा बहाउनुभएको रगत हो, अनि अन्तमा उहाँको मृत्युबाट भएको पुनरुत्थान हो । नयाँ गरी जन्मनुको अर्थ येशूलाई परमेश्वर र मुक्तिदाताको रुपमा विश्वास गर्नु हो । पूरानो नियमको मानिसहरु कसरी नयाँ गरी जन्मेका थिए सो कुरा हेरौं ।
पूरानो नियमको पापको प्रायश्चित : हात राख्नु र रगतचढाउनु
पूरानो नियममा नयाँ गरी जन्मने सुसमाचार के हो ? प्रथम, हामीहरु लेवी १ अध्याय पढनेछौं अनि नयाँ गरी जन्मने बारे यसले के भन्दोरहेछ सो बुझ्नेछौं ।
लेवी १ : १—५, “भेट हुने पालभित्रबाट परमप्रभुले मोशालाई बोलाएर भन्नुभयो, इस्राएलीहरुलाई भन्, ‘तिमीहरुमध्ये कुनै पनि मानिसले परमप्रभुको निम्ति बलि चढाउँदा तिनीहरुको पशुको बलि गाई गोरुका बथान अथवा भेडा बाख्राका बगालबाट चढाओस् । यदि त्यसको बलि गाई गोरुको होमबलि हो भने, त्यसले निष्खोट नरचाहिँ चढाओस् । भेट हुने पालको ढोकामा त्यसले त्यो चढाओस्, र परमप्रभुको सामने त्यो ग्रहणयोग्य हुनेछ । अनि त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ । त्यसले त्यस साँढेलाई परमप्रभुको सामने मारोस् । हारुनका छोराहरु, अर्थात् पूजाहारीहरुले चाहिँ रगत नजीक लगेर भेट हुने पालको ढोकाको सामनेको वेदीमा वरिपरि छर्कून् ।”
बलिदानको प्रथाद्वारा इस्राएलाीहरु कसरी परमेश्वरसगँ एक हुँदोरहेछ सो बारे परमेश्वरले लेवीको किताबमा भन्नुभएको छ । यो सत्यता हामी सबैले जान्नुपर्छ र बुझ्नुपर्छ । यसकारण यी वचनहरुलाई दोहोराएर हेरौं ।
परमेश्वरले मोशालाई भेट हुने पालबाट बोलाउनुभयो र भन्नुभयो । यो इस्राएलाीहरुको पापको प्रायश्चितको बारेमा थियो । जब इस्राएलीहरुले परमेश्वरको व्यवस्था उलघंन गरेर पाप गर्थे, तिनीहरुले तिनीहरुको पाप प्रायश्चित गर्नलाई परमेश्वरलाई दोषरहित प्राणीको बलिदान चढाउँथे ।
अनि ती बलिको पशुहरु परमेश्वरद्वारा तोकिएको हुन्थ्यो अनि ती दोषरहित हुनुपथ्र्यो । अनि तिनीहरुले परमेश्वरद्वारा खडा गरिएको बिधिबिधान अनुसारको बलि पनि चढाउनुपथ्र्यो । बलिको रुपहरु यसप्रकार थिए :
पूरानो नियमको समयमा यदि कसैले पाप गरे, उसले पाप क्षमाको निम्ति परमेश्वरको अघि बलि चढाउनुपथ्र्यो । सबैभन्दा पहिला, बलिदान चढाउने प्राणी दोषरहित हुनुपथ्र्यो, अनि त्यसपछि पापीले आफ्नो पाप त्यसमाथि खन्याउनको निम्ति त्यसको शिरमाथि आफ्नो हात राख्नुपथ्र्यो ।
त्यसलाई मारेपछि, त्यसको रगत बेदीको सिगँमाथि खन्याइन्थ्यो, अनि बाँकी रगत चाँहि आँगनमा छर्किन्थ्यो । यो पवित्र बेदीको बिधिविधान थियो जो चाँहि परमेश्वरले मुक्तिको आशिषको रुपमा मानिसहरुलाई दिनुभएको थियो ।
परमेश्वरको व्यवस्था र आज्ञाहरु ६१३ धाराहरुमा बर्णन गरिएको छ र जसमा ‘के गर्नु’ र के नगर्नु भनी सूची बनाएको छ । परमेश्वरले इस्राएलको मानिसहरुलाई व्यवस्था र उहाँको आज्ञाहरु दिनुभयो । यद्यपि मानिसहरुले परमेश्वरको व्यवस्था र आज्ञाहरु ठीक थिए भनी जानेका थिए, तथापि तिनीहरु त्यसअनुसारको जीवन जिउन सकेनन् किनभने सबैजना आदमबाट प्रचार भएको १२ प्रकारको पापहरु बोकेर जन्मेका थिए ।
यसकारण तिनीहरुले परमेश्वरको अघि राम्रो गर्ने क्षमता गुमाए । इस्राएलीहरुले धर्मी ठहरिने क्षमता गुमाए । तिनीहरुले सो पालन गर्न सकेनन् तर निरन्तररुपमा पाप गरिरहे, जबकि तिनीहरुले पापबाट अलग भएर बस्ने प्रयास भने गरिरहे । यी सबै मानिसजाति जन्मने र पापमा मर्ने नियम बनेर गयो ।
तर परमेश्वरले आफ्नो असिमित अनुग्रहद्वारा बलिदानको बिधि दिनुभयो, जसद्वारा तिनीहरुले तिनीहरुको पापको प्रायश्चित गर्न सके । उहाँले पवित्र बेदीद्वारा बिधिबिधान दिनुभयो ताकि इस्राएलका मानिसहरु र सारा संसारका मानिसहरु तिनीहरुको पापबाट मुक्त हुन सकोस् । उहाँले सबै मानिसहरुमा बलिदानको बिधिद्वारा उहाँको धार्मिक प्रेमलाई प्रकट गर्नुभयो । उहाँले संसारलाई मुक्तिको उपाय देखाइदिनुभयो ।
परमेश्वरले मानिसहरुलाई बलिदानको बिधि दिनुभयो अनि बलिदानको सेवा गर्नलाई लेवीको कुललाई अभिषेक गर्नुभयो । इस्राएलीहरुको १२ कुलमध्ये केवल लेवीको कुललाई मात्र इस्राएलको मानिसहरुको निम्ति बलिदान चढाउन अभिषेक गर्नुभयो ।
मोशा र हारुन लेवीको कुलबाट थिए । बाइबलमा पवित्र बेदीमा बलिदान चढाउने ब्यवस्था र नियम, हात राखेर प्रायश्चित गर्ने सुसमाचार लेखेर राखेको छ ।
यसकारण, जब हामीले लेवीहरुको बलिदानको बिधिबिधान वास्तविक रुपमा बुझ्दछौं, हामी आफै नयाँ गरी जन्मन्छौं । यसकारण हामीले पवित्र बेदीको बलिदान सम्वन्धी परमेश्वरको बचनलाई अध्ययन गर्नुपर्छ । यो पूरानो नियमको एकदमै महत्वपूर्ण भाग हो । अन्तमा, जब हामीहरु नयाँ नियममा आउँछौं, हामीसित पानी र आत्माद्वारा नयाँ गरी जन्मने आशिष हुन्छ ।
पूरानो नियममा पापको प्रायश्चित
परमेश्वरको गुणहरु के के हुन् ?
न्याय र प्रेम
परमेश्वरले लेवीको कुलबाट मोशालाई भेट हुने पालको पवित्र बेदीमा बोलाउनुभयो अनि तिनको भाइ हारुनलाई महापूजाहारीको निम्ति अभिषेक गर्नुभयो । हारुनले पापीहरुको पापलाई पापबलिमाथि सार्नुपथ्र्यो ।
यही कुरो परमेश्वरले मोशालाई भन्नुभयो जुन कुरा लेवी १ : २ मा लेखिएको छ । “इस्राएलीहरुलाई भन्, ‘तिमीहरुमध्ये कुनै पनि मानिसले परमप्रभुको निम्ति बलि चढाउँदा तिनीहरुको पशु—बलि गाई—गोरुका बथान अथवा भेडा—बाख्राका बगालबाट चढाओस् ।” चढाएको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुपथ्र्यो । जब पापीले उसको हात होमवलिमाथि राख्थ्यो, उसको पापहरु त्यस पशुमाथि खनिन्थ्यो । परमेश्वरले बलिदान स्वीकार गर्न र पापीको पापहरुको प्रायश्चित हुनअघि पापीले आफ्नो हात बलिको पशुमाथि राख्नुपथ्र्यो ।
अनि उसले त्यो बलिको पशुलाई मार्नुपथ्र्यो र त्यसको रगत बेदीको सिगँमा खन्याइन्थ्यो अनि बाँकी रगत चाँहि बेदी भएको आँगनमा पोखाइन्थ्यो । पापको मोल तिर्न र पापबाट स्वतन्त्र हुनको निम्ति पापी मानिसले परमेश्वरद्वारा दिइएको व्यवस्थाअनुसार बलिदान चढाउनु पथ्र्यो ।
लेवी १ : ५ मा यसरी लेखिएको छ, “त्यसले त्यस साँढेलाई परमप्रभुको सामने मारोस् । हारुनका छोराहरु, अर्थात् पूजाहारीहरुले चाँहि रगत नजीक लगेर भेट हुने पालको ढोकाको सामनेको बेदीको वरिपरि छर्कून् ।” बेदीको अघि ढोकानेर चारवटा सिँग भएको होमबलिको बेदी थियो ।
पापीले आफ्नो पापहरु होमबलिमाथि खन्याउनको निम्ति बलिको पशुको शिरमाथि आफ्नो हात राखेपछि, पापी मानिसले बलिको पशुलाई मार्नु पथ्र्यो, अनि पूजाहारीले त्यसको रगतलाई सिगँहरुमाथि छर्किदिन्थे । बेदीको सिँगले पापको दण्डलाई प्रतिनिधित्व गर्छ । त्यसैगरी, यो सिँगहरुमाथि रगत छर्किनुको अर्थ चाँहि पशुले आफ्नो रगत बहाएर त्यस पापीको निम्ति पापको मोल चुकाउनु हो । जब परमेश्वरले बेदीको सिँगमाथि भएको रगतलाई हेर्नुहुन्थ्यो, उहाँले पापीहरुको पाप क्षमा गरिदिनुहुन्थ्यो ।
पापबलिले किन रगत बहाउनुपथ्र्यो ? किनभने, “पापको ज्याला मृत्यु हो” ( रोमी ६ : २३ ) अनि शरीरको जीवन ( प्राण ) चाँहि रगतमा हुन्छ । यसकारण हिब्रूमा यसरी लेखिएको छ “औ वास्तवमा व्यवस्थाअनुसार रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापमोचन हुँदै हुँदैन ( हिब्रू ९ : २२ ) ।” त्यसैगरी पापबलिको रगत बहाएर परमेश्वरको व्यवस्थालाई पूरा गरिन्छ, जसले भन्दछ कि पापको ज्याला मृत्यु हो ।
यस हेतुले, चढाइएको रगत पापीबाट आउनुपर्छ, तर पापबलिले उसको प्रायश्चितको सट्टा रगत बगाउँथे । त्यसपछि पूजाहारीले पापको मोल तिरिएको कुरा प्रमाणित गर्नको निम्ति बेदीको सीङ्गमाथि रगत छर्किदिन्थे ।
यदि हामीले नयाँ नियमको प्रकाश २० : ११—१५ लाई पढयौं भने, हामी यो देख्न पाउँछौं कि सिगँले न्यायको किताबलाई दर्शाएको छ । यसकारण सीङ्गमाथि रगत छर्किनु चाँहि न्यायको किताबमाथि रगत छर्कनु हो । पापबलिमाथि हात राखेर रगत बगाउनुले पापको न्याय पूरा भएको कुरालाई अवगत गराउनु हो ।
दुई ठाऊँहरुमा पापको वर्णन गरिएको छ
परमेश्वरको अघि देखिने मानिसको पापहरुलाई दुई ठाऊँमा वर्णन गरिएको छ । पहिलो तिनीहरुको हृदयको पाता हो, अनि अर्को चाँह् िन्यायको किताब जो परमेश्वरको अघि खोलिएको छ ।
यर्मियाह १७ : १ मा यसरी लेखिएको छ, “यहूदाको पाप फलामको कलमले लेखिएको छ । त्यो तिनीहरुका हृदयको पाटीमा र तिनीहरुका बेदीका सीङ्गहरुमा हीराको टुप्पाले खोपिएको छ ।”
लेवी १७ : ११ ले यसरी भन्दछ, “किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।” रगत जीवधारीको प्राण हो, अनि हाम्रो पापको मोल केवल रगत बगाएर मात्र तिरिन्छ । यसकारण रगतलाई बेदीको सीङ्गमाथि छर्किन्थ्यो । ब्यवस्थाअनुसार, प्राय : सबै कुराहरु रगतद्वारा शुद्ध गरिन्छ, अनि रगत नबगाइ मुक्ति प्राप्त गर्न सकिन्न ( हिब्रू ९ : २२ ) । “त्यसपछि त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा टुक्रा गरी काटोस् । पूजाहारी हारुनका छोराहरुले बेदीमा आगो हालेर दाउराहरु काइदासँग आगोमाथि राखून् । तर त्यसले त्यसका आन्द्रा—भूँडी र खुट्टाहरुचाहिँ पानीले पखालोस्, र ती जम्मैलाई पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना, आगोद्वारा तयार गरेको बलि, अर्थात् होमबलि गरी बेदीमा जलाओस् ( लेवी १ : ६—९ ) ।”
त्यसपछि पूहाजारीले होमबलिको पशुलाई टुक्रा टुक्रा पारिदिन्थे अनि त्यसलाई बेदीको आगोमा जलाइदिन्थे । यो बिधिको अर्थ जब मानिसहरुले परमेश्वरको अघि पाप गर्थे, तिनीहरु त्यसप्रकारले मर्नुपथ्र्यो, अनि रगत बगाउनुपथ्र्यो अनि नरकको आगोमा फालिनुपथ्र्यो । तर पापबलिद्वारा दण्ड भोग्नुपथ्र्यो, जसद्वारा मानिसहरुले त्यसप्रकारले पापको प्रायश्चित गर्न सकोस् ।
होमबलिको बलिदान चाँहि परमेश्वरको धार्मिकताको न्यायको बिधि हो । परमेश्वर आफ्नो दुवैवटा ब्यवस्थामा सम्भागी हुनुहुन्छ, धमर्मिकताको व्यवस्था र प्रेमको व्यवस्था, यो सबै मानवजातिको प्रायश्चितको बिधि हो । परमेश्वर आफ्नो दुवैवटा व्यवस्थामा सम्भागी हुनुहुन्छ, धार्मिकताको व्यवस्था र प्रेमको व्यवस्था, यी सबै मानवजातिको प्रायश्चितको बिधि हो ।
किनभने परमेश्वर धर्मी हुनुहुन्छ, उहाँले तिनीहरुको न्याय गरेर तिनीहरुलाई मृत्युदण्ड दिनुपर्ने थियो । तर, उहाँले आफ्नो मानिसहरुलाई प्रेम पनि गर्नुभयो, उहाँले तिनीहरुलाई तिनीहरुको पाप पापबलिमाथि खन्याउन अनुमति दिनुभयो । नयाँ नियममा, प्रभु येशूले हामीलाई अतिनै प्रेम गर्नुभयो, उहाँले बप्तिष्मा लिनुभयो अनि हामी पापीहरुको निम्ति पापबलि हुनलाई क्रूसमा मारिनुभयो । येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युले संसारको सबै पापहरुलाई धोइदिनुभयो ।
पूरानो नियममा दैनिक पापको प्रायश्चित
पूरानो नियमको दोषरहित पापबलिले
कसलाई दर्शाउँछ ?
येशू ख्रीष्ट
लेवी ४ : २७—३१ लाई पढौं । “फेरि साधरण मानिसहरुमध्येको कोही परमप्रभुले मनाई गर्नुभएको कुराहरुमध्ये एउटामा पनि अजानमा पाप गरी दोषी भयो र त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट गरिदियो भने, आपूmले गरेको पापको निम्ति आफ्नो भेटि स्वरुप निष्खोट पाठी त्यसले ल्याओस् । त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस् र होमबलिको ठाउँमा त्यो पापबलि मारोस् । त्यसपछि पूजाहारीले आफ्नो औंलाले पापबलिको रगतबाट केही लिएर होमबलिको बेदीका सीङ्गहरुमा लगाओस्, र त्यसको सबै रगत होमबलिको बेदीको आधारमा खन्याओस् । त्यसको सबै बोसो मेलबलिको बलिदानको बोँसोझैं झिकोस् अनि पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई त्यो बेदीमा जलाओस् । यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा हुनेछ ।”
आदमको सन्तान, इस्राएलको मानिसहरु अनि संसारको सबै मानिसहरु पापले भरेको अवस्थामा संसारमा जन्मेका थिए । यसकारण हाम्रो हृदयहरु पूर्णरुपमा पापले भरिएको छ । मानिसको हृदयभित्र सबै प्रकारको पापहरुछन् : दुष्ट बिचार, व्यभिचार, हत्या, चोरी, छली अनि मूर्खता ।
यदि कुनै पापीले दैनिक पापको निम्ति प्रायश्चित गर्न चाह्यो भने, उसले दोषरहित पशुलाई बेदीमा ल्याउनुपथ्र्यो । त्यसपछि उसले आफ्नो पापहरु सार्नुको निम्ति आफ्नो हात त्यस पशुमाथि राख्नुपथ्र्यो, पशुलाई मारिन्थ्यो अनि त्यसको रगत परमेश्वरलाई चडाउनको निम्ति पूहाजारीलाई दिइन्थ्यो । त्यसपछि बलिदानको बाँकी भाग पूजाहारीले लिन्थे ताकि पापीको पापहरु क्षमा होस् ।
मानिसहरुले पाप गरेका छन् वा छैनन् भन्ने कुरा परमेश्वरको व्यवस्था र आज्ञाबिना थाहा हुँदैन । जब हामीहरु परमेश्वरको व्यवस्था र आज्ञाद्वारा हाम्रो जीवनलाई हेर्छौं, तब हामी पापहरु थाहा पाउँछौं । हाम्रा पापहरु हाम्रो स्तर हेरेर जाचिन्दैन, तर परमेश्वरको व्यवस्था र आज्ञाद्वारा जाँचिन्छ ।
इस्राएलका सबै मानिसहरुले पाप गर्थे, यो तिनीहरुले गर्न चाहेर होइन, तर तिनीहरु १२ प्रकारको पापहरु हृदयमा बोकेर जन्मेको कारणले गर्दा हो । मानिसहरुले पाप गर्नुको कारण तिनीहरुको कमजोरीले गर्दा हो जसलाई आज्ञा भङ्ग गर्नु भनिन्छ । पापमा मानिसले गर्ने सबै प्रकारको अनाज्ञाकारीता र दोषहरु समावेश छन् ।
मानवजातिहरु सबैजना अपूर्ण प्राणीहरु हुन् । जसरी इस्राएलका मानिसहरु पनि अपूर्ण थिए, तिनीहरु पापी थिए र पाप गरेका थिए । मानिसमा हुने सबै अनाज्ञाकारीता र दोषहरुलाई निम्न प्रकारले छुटाउन सकिन्छ । जब हाम्रो सोँचाइमा खराब बिचार आउँछ तिनीहरुलाई पाप भनिन्छ, ती कुराहरुलाई जब हामीहरु अभ्यासमा ल्याउँछौं, ती कुराहरुलाई अतिक्र्रमन गर्नु भनिन्छ । संसारका पापहरु दुवैप्रकारले समावेश हुन्छ ।
पूरानो नियममा पापबलिको शिरमाथि हात राखेर पाप खन्याइन्थ्यो । त्यसपछि पापी मानिस पापरहित हुन्थे र उसले पापको निम्ति मर्नु पर्थेन । बलिदान चढाउने बिधि केवल न्यायको छाँया र परमेश्वरको प्रेम हो ।
किनभने हामीलाई परमेश्वरले पृथ्वीबाट सृष्टि गर्नुभयो, शूरुमा हामीहरु केवल धुलो मात्र थियौं । बेदीको सीङ्गमा रगत छर्कनु र बाँकी रगत बेदीको आगनमा खन्याउनुको अर्थ इस्राएलीहरुको पापको मोल तिर्नु र तिनीहरुको हृदय पाताको पापहरु मेटिनु हो ।
“पूजाहारीले परमप्रभुको निम्ति मिठो बासना हुनलाई त्यसको बोसो बेदीमा जलाओस् ।” बाइबलमा बोसोको अर्थ पवित्र आत्मा हो । यसकारण हाम्रो पापको प्रायश्चित हुनको निम्ति हामीले यो कार्य परमेश्वरले तोकेअनुसार गर्नुपर्छ । परमेश्वरले ठानेझैं हामीले पनि हाम्रो हृदयमा हाम्रो पापहरुको प्रायश्चित भएको कुरालाई मानिलिनुपर्छ ।
पापबलिको निम्ति थूमा, बोका वा बाछो हुनुपर्छ भनी परमेश्वरले इस्राएलका मानिसहरुलाई भन्नुभयो । पूरानो नियमको पापबलि परमेश्वरद्वारा नियुक्त भएको थियो । बाछो शुद्ध पशु हो । कारण पापबलि दोषरहित हुनुपर्छ, जसले येशू ख्रीष्टलाई दर्शाउँछ जो सबै मानवजातिको पापबलि हुनलाई पवित्र आत्माद्वारा गर्भधारण गरिएको थियो ।
प्।ूरानो नियमको मानिसहरुले दोषरहित पापबलिको शिरमाथि आफ्नो हात राखेर तिनीहरुको पाप सार्थे । पूजाहारीहरुले पापको मोल तिर्नलाई बलिदान चढाउने सेवकाई गर्थे । यसप्रकारले इस्राएलका मानिसहरुले पापको प्रायश्चित गर्थे ।
प्रायश्चितको दिनको बिधि
प्रायश्चितको दिनमा इस्राएलको मानिसहरुले
किन बलिदान चडाउँथे ?
किनभने मृत्युसम्मनै तिनीहरुले निरन्तररुपमा
पाप गर्थे । दैनिक पापबलिले परमेश्वरको अघि
तिनीहरुको पाप शुद्ध हुँदैन थियो ।
तर जब—जब तिनीहरुले पाप गर्थे तबनै बलिदान चढाउनु पथ्र्यो, तिनीहरुको पापको प्रायश्चितको निम्ति सबै बलिदानहरु चढाउनलाई सबै पशुहरु जुटाउनु असम्भव थियो । यसकारण, तिनीहरु बिस्तारै लापरवाही बने । प्रत्येक दिन तिनीहरुको पापको प्रायश्चित गर्ने काम अन्तहीन बन्न गए अनि तिनीहरुले यो बिधि एकसाथ गर्न उचित ठाने ।
हामीले जतिनै कठीन परिश्रम गरे पनि, हामीहरु हाम्रो पापको निम्ति कदापि पर्याप्त बलि चढाउन सक्तैनौं । यसकारण हाम्रो पापको साँचो मोल चाँहि परमेश्वरले हाम्रो निम्ति तयार पार्नुभएको मुक्तिको व्यवस्थालाई पूर्ण हृदयले विश्वास गरेर चुक्ता गर्न सकिन्छ ।
हाम्रो कमजोरीको कारण, हामीले परमेश्वरको व्यवस्थाअनुसार जिउन जतिनै प्रयास गरे पनि, हामीहरु कति धेरै अपूर्ण र कमजोर रहेछौं भन्ने कुराको ज्ञान मात्र आर्जन गर्न सक्छौं । यसकारण परमेश्वरले इस्राएलीहरुलाई बर्षभरिको पापहरुको प्रायश्चित एकैचोटि गर्नलाई बिधान दिनुभयो ( लेवी १६ : १७—२२ ) ।
लेवीको किताबमा यसरी लेखिएको छ, “तिमीहरुका निम्ति यो अनन्तको बिधि होस् । सातौं महीनाको दशौं दिनमा तिमीहरुले आपूm आपूmलाई दीन तुल्याओ । चाहे घरमा जन्मेको होस्, चाहे तिमीहरुका बीचमा बास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू, किनभने त्यसै दिन तिमीहरुलाई शुद्ध पार्नलाई तिमीहरुका निम्ति प्रायश्चित गरिन्छ, र परमप्रभुको सामने सबै पापबाट तिमीहरु शुद्ध हुनेछौं । यो बिश्राम दिन तिमीहरुका निम्ति एउटा महत्वपूर्ण बिश्राम हो । त्यसैले तिमीहरुले आपूm आपूmलाई दीन तुल्याउनु । यो सदाको लागि एउटा नियम हो” ( लेवी १६ : २९—३१ ) ।
यसकारण, इस्राएलका मानिसहरुले बर्षभरि गरेको पापहरु महापूजाहारीले सातौं महिनाको दशौं दिनमा बलिदानको सेवकाइद्वारा प्रायश्चित गरिदिन्थे र बर्षभरि इस्राएलका मानिसहरुको मनमा शान्ति छाएर बस्थ्यो । तिनीहरुको पापहरु धोइएको कारण तिनीहरुको मनमा शान्ति छाउँथ्यो ।
सातौं महिनाको दशौं दिनमा इस्राएली प्रतिनिधि हारुन महापूजाहारीले प्रायश्चितको बलिदानको सेवकाई गर्नुपथ्र्यो । यो समयमा अरु पूजाहारीहरु पवित्रस्थानभित्र पस्न पाउँदैन थियो । सबैभन्दा पहिला हारुनले आफ्नै निम्ति र आफ्नो परिवारको निम्ति परमेश्वरको अघि प्रायश्चितको सेवकाई गर्नुपथ्र्यो त्यसपछि मात्र इस्राएलको बाँकी मानिसहरुको निम्ति गर्थे किनभने तिनी आफै र परिवारका अन्य सदस्यहरुले पनि पाप गर्थे ।
तिनले मानिसहरुको निम्ति यसप्रकारले बलिदानको सेवकाई गर्थे । “त्यसले ती दुवै बोकाहरु लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामने राखिदेओस् । त्यसपछि हारुनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ अजाजेलको निम्ति । तब चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारुनले नजीक ल्याएर पापबलिको निम्ति त्यो चढाओस् । तर चिट्ठामा अजाजेलको भागमा परेको बोका चाहिँ जिउँदै परमप्रभुको सामने ल्याइओस् । त्यसपछि त्यसमाथि प्रायश्चितको बिधि गरेर अजाजेलको निम्ति बनमा पठाइओस् ( लेवी १६ : ७—१० ) ।”
हारुनले आफै र आफ्नो परिवारको निम्ति प्रायश्चितको बिधि पूरा गरेपछि, हारुनले दुईप्रकारको बोकाहरु चढाउँथे । एउटा बोका परमेश्वरको निम्ति र अर्को बोका अजाजेलको निम्ति ।
सबैभन्दा पहिला, दुईमध्ये एउटा बोका परमेश्वरलाई चढाइन्थ्यो । महापूजाहारीले इस्राएलका मानिसहरुले बर्षभरि गरेको पापहरुलाई त्यस बोकामाथि हात राखेर सारीदिन्थे ।
त्यसको रगत महापवित्रस्थानको भित्रपटि अनुग्रहको बैठकमा लगिन्थ्यो अनि सातचोटि छर्किन्थ्यो । इस्राएलका मानिसहरुले गएको बर्षभरि गरेको पापहरुलाई क्षमा गरिन्थ्यो । इस्राएलका मानिसहरुले आफ्नो पापको साटो मर्नुको बदलीमा, महापूजाहारी हारुनले पापबलिमाथि तिनीहरुको पापहरु सारी दिन्थे अनि तिनीहरु सबैको दण्ड त्यसलाई बोकाइन्थ्यो । त्यसपछि तिनले अर्को बोका परमेश्वरको अघि चडाउँथे । त्यो मानिसहरुको निम्ति गरिने बलिदान थियो ।
मानिसहरुको निम्ति
हारुनले मानिसहरुको सामुने आफ्नो हात बोकामाथि राखेर परमेश्वरको अघि पाप स्वीकार गर्थे । “परमप्रभु, इस्राएली मानिसहरुले हत्या गरेकाछन्, व्यभिचार गरेकाछन्, चोरी गरेकाछन्, छल गरेकाछन्, धोका दिएकाछन् अनि तिनीहरु मूर्तिको अघि निउरेकाछन् । तिनीहरुले बिश्राम दिनलाई पवित्र राखेका छैनन्, तिनीहरुले तपाईंको नाम व्यर्थमा लिएकाछन् अनि तिनीहरुले तपाईंको व्यवस्था र आज्ञाको सबै नियमहरु उलघंन गरेकाछन् ।” त्यसपछि तिनले आफ्नो हात हटाउथे । यसप्रकारले ती मानिसहरुको बर्षभरिको पापहरु पापबलिमाथि खनिन्थ्यो ।
हामीहरु लेबी १६ : २१ लाई पढौं, “त्यसपछि हारुनले आफ्नो दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरुका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर त्यसमाथि राखिदेओस् । उसले ती पाप बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ बनमा पठाइदेओस् ।”
त्यसपछि अजाजेल चाँहि बनमा घुमिहिडँथे र शिरमाथि इस्राएलको मानिसहरुको पाप बोकेर मर्थे । हिबू्रमा अजाजेलको अर्थ “त्यागिएको” हो । त्यसको अर्थ इस्राएलको सबै मानिसहरुको निम्ति परमेश्वरको अघि पापबलि चढाउनु हो ।
अब, हारुनको हात राखेकोद्वारा इस्राएलको पापहरु अजाजेलमाथि खन्याइन्थ्यो । यसरी इस्राएलीहरुले तिनीहरुको पापको निम्ति क्षमा पाइसकेकाछन् । जब तिनीहरुले महापूजाहारीले उसको हात बोकामाथि राखेको देख्थे अनि त्यसलाई बनमा छाडिएको देख्थे, इस्राएलका सबै मानिसहरु जसले प्रायश्चितको बिधिमाथि विश्वास गर्थे तिनीहरुको पापको प्रायश्चित भएकोमा निश्चित हुन्थे । पूरानो नियमको सबै बिधिहरु चाँहि नयाँ जन्मको सुसमाचारको छाँया मात्रै हुन् ।
पूरानो नियममा हात राख्नु र बलिको रगत चाँहि पापको मुक्तिको सुसमाचार हो । त्यही नै नयाँ नियममा पनि भएको छ ।
नयाँ नियममा मुक्तिको सुसमाचार
नयाँ नियममा, कसरी मानिसहरुको पाप क्षमा गरिन्थ्यो ?
मत्ती १ : २१—२५ मा यसरी लेखिएको छ, “औ तिनले एउटा पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट उद्धार गर्नुहुनेछ । अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा होस् भनेर यी सब हुनआएका हुन्, “हेर, कन्या गर्भवती हुनेछन्, र एउटा पुत्र जन्माउनेछन्, र तिनीहरुले उहाँको नाउँ इम्मानुएल राख्नेछन्, जसको अर्थ हो परमेश्वर हामीहरुसित ।” अब यूसुफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले तिनलाई भने बमोजिम गरे, र आफ्नी पत्नीलाई आपूmकहाँ ल्याए, र उनले, पुत्र नजन्मिउञ्जेल, तिनीसँग सहवास गरेनन्, औ तिनले उहाँको नाउँ येशू राखे ।”
हाम्रा प्रभु येशू यो संसारमा मानवजातिलाई तिनीहरुको पापबट बचाउन इम्मानुएल भएर आउनुभयो । यसकारण उहाँको नाम येशू राखियो । येशू मानवजातिको सबै पापहरुलाई लिनको निम्ति आउनुभयो । उहाँ मानवजातिको मुक्तिदाता बन्न मानव चोला धारण गरेर आउनुभयो । उहाँले हाम्रो मुक्ति पूरा गर्नुभयो अनि हामीलाई सँधैको निम्ति स्वतन्त्र पार्नुभयो ।
नयाँ जन्मको सुसमाचार
अनि येशूले कसरी हामीलाई हाम्रा सबै पापहरुबाट स्वतन्त्र बनाउनुभयो ? यो उहाँले उहाँको बप्तिष्माद्वारा गुर्नभयौ । मत्ती ३ : १३ मा हैरौं ।
“तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिष्मा लिनालाई आउनुभयो ।” तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बप्तिष्मा लिनु आवश्यक छ, र के तपाई मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे । अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदैगर्नुभएको औ आपूmमाथि आँउदैगर्नुभएको देख्नुभयो । औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, “यिनी मेरा प्यारो पुत्र हुन्, जोसँग म खुशी छु ” ( मत्ती ३ : १३—१७ ) ।
नयाँ नियममा, येशू जब ३० बर्षको हुनुभयो, उहाँ यर्दनमा यूहन्ना बप्तिष्मा दिनेकहाँ आउनुभयो । उहाँले तिनीद्वारा बप्तिष्मा लिए अनि सबै पापीहरुको पापलाई आपूmमाथि लिनुभयो । यसो गरेर, उहाँले परमेश्वरको धार्मिकता पूरा गर्नुभयो ।
येशूले यर्दनमा किन बप्तिष्मा लिनुभयो ?
सुसमाचारमा के प्रकट भएको छ ?
परमेश्वरको धार्मिकता
अब हामीहरु स्वगीर्य महापूजाहारीले मानवजातिको अन्तिम महापूजाहारीलाई भेटेको दृश्यलाई हेरौं । यही हामीहरु बप्तिष्माद्वारा परमेश्वरको धार्मिकतालाई देख्दछौं जसले संसारको सबै पापहरुको प्रायश्चित पूरा गर्नुभयो ।
यूहन्ना बप्तिष्मा दिने, स्त्रीहरुबाट जन्मेकोमध्ये अतिनै श्रेष्ठ हुनुहुन्थ्यो । येशूले यस कुरालाई मत्ती ११ : ११ मा साक्षी दिनुभएको छ । “म तिमीहरुलाई साँच्चै भन्दछु, मानिसमध्ये बप्तिष्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन । तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो ।”
प्रायश्चितको दिनमा जब महापूजाहारीले आफ्नो हात पापबलिमाथि राख्थे, त्यसद्वारा मानिसहरुको पाप क्षमा भएझैं, नयाँ नियममा, जब येशूले यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो संसारको सबै पापहरु क्षमा भए ।
नयाँ जन्मको सुसमाचार सबै पापहरुको पूर्ण प्रायश्चितको सुसमाचार हो । यसकारण, येशूको बप्तिष्माद्वारा मुक्तिको सुसमाचार परमेश्वरले तयार गर्नुभएको उहाँको धार्मिकता पूरा गर्ने सुसमाचार हो, जसले संसारको सबै मानिसहरुलाई बचाए । येशूले संसारको सबै पापहरुको प्रायश्चितको निम्ति सही प्रकारले बप्तिष्मा लिनुभयो ।
“सबै धार्मिकता” पूरा गर्नुको अर्थ के हो ? यसको अर्थ परमेश्वरले सही तरिकाले संसारको सबै पापहरु धोइदिनु हो । मानिसजातिको सबै पापहरुलाई धोइदिनुको निम्ति येशूले बप्तिष्मा लिनुभयो । “किनकि परमेश्वरको धार्मिकता विश्वासद्वारा विश्वासकै निम्ति त्यसमा प्रकट गरिन्छ, जसो लेखिएको छ, ‘तर धर्मात्मा चाँहि विश्वासबाटै जिउनेछ ( रोमी १ : १७ ) ।”
परमेश्वरको धार्मिकता उहाँको आफ्नै पुत्रलाई यो संसारमा पठाएर यूहन्ना बप्तिष्मा दिनेद्वारा लिएको उहाँको बप्तिष्मा र क्रूसको मृत्युद्वारा सबै पापहरु धुने निर्णयलाई देखाउँछ ।
नयाँ नियममा, परमेश्वरको धार्मिकतालाई येशूको बप्तिष्मा र उहाँको रगतद्वारा प्रकट गरिएको छ । हामी यसकारण धर्मी ठहरिएकाछौं कारण आजभन्दा लगभग दुई हजार बर्षअघि येशूले यर्दन नदीमा मानवजातिको सबै पापहरुलाई उठाइलैजानुभयो । जब हामीहरु हाम्रो हृदयमा परमेश्वरको मुक्तिलाई स्वीकार गर्छौं परमेश्वरको धार्मिकता साँचोरुपमा पूरा हुन्छ ।
“तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुन देऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे । अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदै गर्नुभएको औ आपूmमाथि र्ओलँदै गर्नुभएको देख्नुभयो । औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, यिनी मेरा प्यारो पुत्र हुन्, जोसँग म खुशी छु ( मत्ती ३ : १५—१७ ) ।”
परमेश्वर आफैले उहाँको पुत्रको बप्तिष्माद्वारा मुक्तिको धार्मिकता पूरा गरेको छ भनी यस खण्डले प्रकट गरेको छ । उहाँले हामीलाई भनिरहनुभएको थियो, “येशू, जसले, यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिए, तिनी मेरा पुत्र हुन् ।” परमेश्वरले साक्षी दिनुभयो कि, उहाँको पुत्रले सबै मानवजातिको प्रायश्चितको निम्ति बप्तिष्मा लिए । उहाँले यो यसकारण गर्नुभयो कि, ताकि उहाँको पुत्रको पवित्र काम व्यर्थमा नजाओस् ।
येशू परमेश्वरको पुत्र हुनुहुन्छ अनि उहाँ संसारको सबै पापीहरुको मुक्तिदाता पनि हुनुहुन्छ । परमेश्वरले भन्नुभयो, “जससित म अति प्रशन्न छु ।” यो साँचो हो कि येशूले पिताको ईच्छा पूरा गर्नुभयो अनि उहाँको बप्तिष्माद्वारा मानवजातिको सबै पापहरु उठाइलैजानुभयो ।
बप्तिष्माको अर्थ “धोइनु, सार्नु, गाडिनु हो ।” किनकि जब येशूले बप्तिष्मा लिनुभयो हाम्रा सारा पापहरु उहाँमा सर्न गए, हामी सबैले गर्न पर्ने काम चाँहि संसारको सबै पापहरुबाट बाच्ँनको निम्ति हामी सबैले यस कुरामा विश्वास गर्नुपर्छ ।
पूरानो नियममा पूरा भएको मुक्तिको सबै भविष्यवाणीहरु नयाँ नियममा येशूको बप्तिष्माद्वारा पूरा भयो । यसकारण पूरानो नियममा गरिएको भविष्यवाणीहरुले नयाँ नियममा मिलाप पाए । जसरी इस्राएलका मानिसहरुले पूरानो नियममा बर्षमा एकचोटि तिनीहरुको प्रायश्चित गर्थे, त्यसरी नै नयाँ नियममा मानिसहरुको सबै पापहरु येशूमा सरे र सँधैको निम्ति पाप क्षमा भयो ।
लेवी १६ : २९ मत्ती ३ : १५ को प्रतिक हो । येशूले संसारको सबै पापहरु उठाइलैजान बप्तिष्मा लिए । उहाँले लिनुभएको बप्तिष्माको निम्ति धन्यवाद, जसले उहाँको अनन्तको क्षमालाई विश्वास गर्छन् तिनीहरु बचाइएकाछन् ; तिनीहरुको सबै पापहरु तिनीहरुको हृदय पाताबाट मेटिएको छ ।
यदि तपाईंले येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युको सत्यतालाई तपाईंको हृदयले स्वीकार गर्नु भएन र विश्वास गर्नुभएन भने, तपाईंले जतिकै धार्मिक जीवन जिए पनि तपाईं कदापि शुद्धबन्न सक्नु हुन्न । येशूको बप्तिष्माद्वारा मात्र परमेश्वरको वचन पूरा हुन्छ र हाम्रो पाप मेटेर जान्छ । साँचो मुक्ति हाम्रो सबै पापहरुको क्षमा भएपछि मात्र प्राप्त हुन्छ, अर्को शब्दमा भन्नु हो भने येशूको बप्तिष्माद्धारा ।
अब तपाईं के गर्नु हुन्छ ? के तपाईं यो मुक्तिलाई आफ्नो हृदयमा स्वीकार गर्नुहुन्छ । अथवा गर्नुहुन्न ? यो मानिसको वचन होइन, तर परमेश्वर स्वंयको वचन हो । येशूको बप्तिष्माद्वारा येशूले हाम्रो सबै पापहरु उठाइलैजानु भएको कारण उहाँ क्रूसमा मारिनु भयो । येशूको बप्तिष्माको परिणामनै येशूको क्रूसको मृत्यु हो भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न ?
रोमी ८ : ३—४ मा यसरी लेखिएको छ, “किनकि शरीरबाट कमजोर हुँदा, व्यवस्थाले जे कुरा गर्नसकेन, त्यो परमेश्वरले पाप भएको शरीरको रुपमा र पापैको एक भेटी जस्तै आफ्ना निज पुत्रलाई पठाएर शरीरमा पापलाई दोषी ठहराउनुभयो । यसरी हामी शरीरअनुसार चल्नेहरुमा होइन, तर आत्माअनुसार चल्नेहरुमा व्यवस्थाको धार्मिक बिधान पूरा होस् ।”
मानिसले आफ्नो शरीरको कमजोरीको कारण परमेश्वरको व्यवस्था र आज्ञाहरु पालन गर्न सक्तैन । येशूले उहाँ आफैमाथि शरीरको सबै पापहरु उठाइलैजानु भयो । यो येशूको बप्तिष्माको सत्यता हो । येशूको बप्तिष्माले उहाँलाई क्रूसको मृत्युको निम्ति अभिषेक गरेको थियो । यो परमेश्वरको वास्तविक सुसमाचारको ज्ञान हो ।
यदि तपाईंले येशूको क्रूसको मृत्युलाई मात्र विश्वास गरिरहनुभएको थियो भने, अहिले नै फर्किनु होस् र येशूको बप्तिष्माद्धारा प्राप्त हुने मुक्तिको सुसमाचारलाई ग्रहण गर्नुहोस् । तब मात्र तपाईं परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ ।
सक्कली सुसमाचार
सक्कली सुसमाचार के हो ?
पानी र आत्माको सुसमाचार
सक्कली सुसमाचार पापको प्रायश्चितको सुसमाचार हो । यो येशूको बप्तिष्मा, उहाँको मृत्यु र पुनरुत्थानको सुसमाचार हो जो परमेश्वरले हामीमा प्रकट गर्नुभएको छ । येशू ख्रीष्टले यर्दन नदीमा बप्तिष्मा लिएर एकैचोटि हाम्रा सबै पापहरुलाई धोइदिनुभयो अनि यो सत्यतामा विश्वास गर्नेहरु सबैलाई यसद्वारा मुक्ति दिनुभयो । हाम्रो विश्वासको कारण हाम्रो भविष्यको पापहरु पनि धोइएको छ । के तपाईं विश्वास गर्नुहुन्छ ? यदि तपाईंको उत्तर ‘हो, म विश्वास गर्छु’ हुन्छ भने, तब तपाईं धर्मी ठहरिनुभएको छ ।
अब, येशूको बप्तिष्मा भएपछि हुन गएका कुराहरुलाई निष्कर्षमा हेरौं ।
यूहन्ना १ : २८ मा यसरी लेखिएको छ, “यी कुरा यर्दन पारि बेथानीमा भएको हो, जहाँ यूहन्नाले बप्तिष्मा दिइरहेका थिए ।”
यूहन्ना बप्तिष्मा दिनेले येशू परमेश्वरको थूमा हुनुहुन्छ भनी साक्षी दिनुभएको छ जसले संसारको पापहरु उठाइलैजानुभयो । यूहन्ना बप्तिष्मा दिनेले येशूलाई जब यर्दन नदीमा बप्तिष्मा दिनुभयो संसारको सबै पापहरु उहाँमाथि खन्याइदिए । अनि यूहन्ना बप्तिष्मा दिने आफैले येशूलाई बप्तिष्मा दिएको कारण यसरी साक्षी दिए, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थूमा !” येशूको बप्तिष्मा भएको थियो, अनि संसारको सबै पापहरु उठाइलैजानुभयो, अनि यहीनै नयाँ गरी जन्मने सुसमाचार हो ।
संसारको पापहरु भन्नाले तपाईं जन्मेदेखि तपाईंको दशौं जन्मदिनसम्मको पापहरु समावेश गरिएको छ । ती पापहरु येशूमाथि खन्याइए भन्ने कुरालाई के तपाईं विश्वास गर्नुहुन्छ ? — हो, म गर्छु । — तब ११ बर्षदेखि २० बर्षसम्मको पापहरु चाँहि के भयो त ? के ती पापहरु पनि येशूमाथि खनिए भन्ने कुरालाई के तपाईं विश्वास गर्नुहुन्छ त ? — हो, म गर्छु । —
“भोलिपल्ट तिनले येशूलाई आपूmकहाँ आउँदै गर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थूमा !” ( यूहन्ना १ : २९ ) । येशूले येशूको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानु भयो ।
के तपाईंले भबिष्यमा गर्ने पापहरु पनि संसारको पापहरुमा समावेश छ ? — हो, ती पापहरु पनि समावेश गरिएको छ । — तब, के ती पापहरु येशूमा खनिए त ? — हो ती पापहरु पनि उहाँमाथि लादिए । के तपाईंको सबै पापहरु येशूमाथि लादिए भन्ने कुरामा तपाईं विश्वास गर्नुहुन्छ ? — हो, म गर्छु । — के येशूको बप्तिष्माद्वारा संसारको सबै पापहरु येशूमाथि लादिए भन्ने कुरामा तपाईं विश्वास गर्नुहुन्छ ? — हो, म गर्छु । —
के तपाईं संसारको पापहरुबाट बचाइनु भएको छ ? यदि त्यसो हो भने, येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्नुहोस् । एकपल्ट विश्वास गर्नुभयो भने तपाईं बचाइनु हुनेछ । के तपाईं यो कुरा विश्वास गर्नुहुन्छ ? यो नयाँ गरी जन्मने कुराको सक्कली सुसमाचार हो । यो संसारको सबै पापीहरुको निम्ति परमेश्वरबाटको आशिष हो ।
येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा नयाँ गरी जन्मने कुराको मुक्तिमा विश्वास गर्नु भनेको, उहाँको प्रेमलाई हेर्नु, साँचो विश्वास गर्नु र साँचो रुपमा नयाँ गरी जन्मनु हो । नयाँ गरी जन्मने कुराको चिन्ह चाँहि येशूको पानी र रगत हो । तपाईंको काम चाँहि बाइबलमा लेखिएको साँचो वचनमा विश्वास गर्नु मात्रै हो ।
धर्म र विश्वास
हामी नयाँ गरी जन्मेका मानिसहरुको
हृदयमा के साक्षी छ ?
येशूले उहाँको बप्तिष्मा र रगतद्वारा हाम्रा
सबै पापहरुलाई मेटिदिनुभयो ।
धर्म भनेको, परमेश्वरको सिद्ध वचनलाई लत्याएर हाम्रो आफ्नै भावनाले येशूलाई विश्वास गर्नु हो । तर पापको मुक्ति हाम्रो भावनादेखि अलग्गै छ । विश्वास चाँहि मानिसको आफ्नै भावनालाई लत्याएर पूरानो अनि नयाँ नियम बाइबलमा विश्वास गर्नु हो । यो बाइबलमा लेखिएको वचनलाई जस्ताको त्यस्तै लिनु हो अनि पानी र रगत ( येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्यु ) द्वाराको मुक्तिलाई ग्रहण गर्नु हो । हामीहरु सक्कली सुसमाचारको ज्ञानलाई हृदयमा लिएर बाच्ँन सक्छौं ।
येशूको बप्तिष्माबिना हाम्रो पापहरु सर्नसक्तैन, अनि रगत नबगाई पापको छुटकारा हुन सक्तैन । येशूले हाम्रा पापहरु क्रूसमा लैजान र हाम्रो निम्ति रगत बहाउनअघि ती पापहरु उहाँमाथि लादिएका थिए । जब हामीहरु सुसमाचारद्वारा नयाँ गरी जन्मनुको निम्ति येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छौं तब हामीहरु संसारको सबै पापहरुबाट स्वतन्त्र हुन्छौं ।
साँचो विश्वास भनेको जब येशूले बप्तिष्मा लिनुभयो उहाँले हाम्रा सबै पापहरुलाई पूर्णरुपमा धोइदिनुभयो भनी विश्वास गर्नु हो ; यो उहाँले क्रूसमा हाम्रो सबै पापहरुको दण्ड भोग्नुभएको कुरामाथिको विश्वास हो, हामीले परमेश्वरको धार्मिक मुक्तिमा विश्वास गर्नुपर्छ । परमेश्वरले मानवजातिलाई अतिनै धेरै प्रेम गर्नुभयो अनि उहाँले हामीलाई उहाँको बप्तिष्मा र क्रूसको रगतद्वारा बचाउनुभयो । हामीहरु जब यो सुसमाचारमा विश्वास गर्छौं हामीहरु सबै पापहरुबाट बचाइछौं, दण्डबाट मुक्त हुन्छौं अनि परमेश्वरको अघि धर्मी ठहरिन्छौं ।
“प्रभु, म विश्वास गर्छु । म सुसमाचारलाई बुझ्दैछु तर म येशूको बप्तिष्मा, उहाँको क्रूसको मृत्यु र पुनरुत्थानको सुसमाचारमा विश्वास गर्छु ।” हामीले प्रभुलाई केवल नयाँ जन्मको सुसमाचारको आशिषको निम्ति मात्र धन्यवाद दिनुपर्छ । नयाँ जन्मको सक्कली सुसमाचारमा विश्वास गर्नुनै साँचो विश्वास हो । नयाँ जन्मको सत्यता चाँहि यो हो ; “तब तिमीहरुले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ( यूहन्ना ८ : ३२ ) ।”
हामीले सही प्रकारले सत्यतालाई जान्नुपर्छ अनि हामीले पानी, रगत र आत्मालाई विश्वास गर्नुपर्छ जसले यसबारेमा साक्षी दिन्छ ( १ यूहन्ना ५ : ५— ८ ) । “सत्यले तिमीलाई स्वतन्त्र गराउँछ ।” येशूको यी वचनहरु पानी र रगतको बिषयमा हो । के तपाईं स्वतन्त्र हुनुभएको छ ? के हामीहरु धर्म कमाउने हौं वा विश्वास गर्नेहरु ? येशूले केवल पानी र आत्माको नयाँ जन्मको सुसमाचारमा विश्वास गर्नेहरुलाई मात्र चाहनुहुन्छ ।
यदि तपाईं येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नुहुन्छ भने तपाईंको हृदय पापरहित छ । तर यदि तपाईं येशूलाई धर्मको रुपमा विश्वास गर्नुहुन्छ भने तपाईं अझैं पापमानै हुनुहुन्छ किनभने येशूको मुक्तिमा तपाईंको पूर्ण विश्वास छैन । धर्म कर्म गर्ने मान्छेले प्रत्येक समय प्रायश्चितको प्राथर्ना गरेर तिनीहरुको पापको क्षमा प्राप्त गर्ने प्रयास गर्छन् ।
यसकारण, कहिले पनि तिनीहरुको पाप पूर्णरुपमा क्षमा भएको हुँदैन । तथापि तिनीहरुले जीवनकालभरिनै प्रायश्चित किन नगरोस्, यसले येशूको बप्तिष्मा र उहाँको क्र्रूसको मृत्युद्वारा प्राप्त हुने पापको पूर्ण क्षमाको स्थान ओगटन सक्तैन । आऊँ हामी येशूको सुसमाचारमा विश्वास गरेर बाचौं, जसले संसारको सबै पापहरुलाई धोइदिएको छ, भविष्यको पापहरु पनि ।
म फेरि पनि भन्दछु कि प्रत्येक दिन प्रायश्चित गरेर नयाँ जन्मको सुसमाचारलाई कदापि परिवर्तन गर्न सक्तैनौं । सबै ईसाईहरुले नयाँ गरी जन्मने सुसमाचारद्वारा पापको क्षमामा विश्वास गर्नुपर्छ ।
हामीले कदापि हाम्रो पापहरुको पूर्ण प्रायश्चित गर्न सक्तैनौं । भूmटा प्रायश्चित एकतर्फी पश्चाताप हो, यसले कदापि परमेश्वरको इच्छालाई पूरा गर्दैन । यो परमेश्वरले हामीबाट चाहेको कुरा होइन ।
साँचो प्रायश्चित के हो ? यो परमेश्वरतर्फ फर्कनु हो । येशूको मुक्तिको वचनतिर फर्किनु हो अनि लेखिएको वचनमा विश्वास गर्नु हो । हामीलाई बचाउने वचन येशूको बप्तिष्मा, उहाँको क्रूसको मृत्यु र पुनरुत्थान हो । जब हामीहरु पूर्णरुपमा यो सुसमाचारमा विश्वास गर्छौं, तब हामीहरु बचाइएका हुन्छौं अनि अनन्त जीवन हासिल गर्नेछौं ।
यो नयाँ गरी जन्मने सुसमाचारको ज्ञान हो ; यो येशूको बप्तिष्मा, उहाँको रगत र परमेश्वरको राज्यको सुसमाचारमा विश्वास गर्ने कुरा हो जसले हामीलाई नयाँ गरी जन्मन अनुमति दिन्छ ।
जब येशूले हामीलाई पानी र आत्माले जन्मनुपर्छ भनी भन्नुभयो, यो भन्न खोज्नुको अर्थ हामीले उहाँको बप्तिष्मा र क्रूसको रगतमा विश्वास गरेर नयाँ गरी जन्मनु हो । तब हामीहरु परमेश्वरको राज्यमा प्रवेश गर्नेछौं र त्यहाँ रहनेछौं । हामीले उहाँको बचनमा विश्वास गर्नुपर्छ । हाम्रो पापको क्षमामा दुईवटा कुराहरु समावेश छन्, ती हुन् येशूको बप्तिष्मा र उहाँको क्रूसको रगत, यो वचनले हामीलाई नयाँ गरी जन्मन अनुमति दिन्छ ।
अब, के तपाईं नयाँ गरी जन्मने सुसमाचार र पापको क्षमामा विश्वास गर्नु हुन्छ ? येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा गरेको बिश्वासले संसारको सबै पापहरुबाट हामीलाई बचाउँछ । यो विश्वासले हामीहरु नयाँ गरी जन्मन सक्छौं । जबकि हामीलाई बाइबलले भन्दछ येशूले संसारको सबै पापीहरुको पापलाई धोइदिनुभयो, तब के हामीले विश्वास नगर्ने र नयाँ गरी नजन्मने ? जसले दुई कुराहरुमा विश्वास गर्छन् जसले नयाँ गरी जन्मने, येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युको साक्षी दिन्छन्, तिनीहरु चाँहि साँचो प्रकारले नयाँ गरी जन्मेका हुन् । अनि जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ उ आफैमा साक्षी बोकेको हुन्छ ( १ यूहन्ना ५ : ३—१० ) । जब तपाईं येशूमा विश्वास गर्नुहुन्छ, पानी, रगत आत्माको सुसमाचारलाई इन्कार गर्नु हुँदैन ।
जसरी कप्तान हामानले कोरको रोगबाट पूर्णरुपमा निको हुनको निम्ति यर्दन नदीमा गएर सातचोटि धोए ( २ राजा र अध्याय ) त्यसरीनै येशूले एकैचोटि हाम्रा सबै पापहरु यर्दन नदीमा धुनुभयो अनि परिणाम चाँहि उहाँले हामीलाई अनन्त जीवन दिनुभयो ।
किनभने येशूले हामीलाई प्रेम गर्नुभयो, हामीहरु संसारको सबै पापहरुबाट बचाइयौं अनि पापको क्षमाको सुसमाचारमा विश्वास गरेर अनन्त जीवन प्राप्त ग¥यौं । आऊँ हामी नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गरौं र परमेश्वरको मुक्ति प्राप्त गरौं ।