• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

विषय ३: पानी र पवित्र आत्माको सुसमाचार

< 3-6 > साँचो आत्मिक खतना (प्रस्थान १२ : ४३—४९)

( प्रस्थान १२ : ४३—४९ )
“फेरि परमप्रभुले मोशा र हारुनलाई भन्नुभयो, यो निस्तार चाडको धार्मिक बिधान हो — कोही बिदेशीले त्यसबाट नखाओस्, तर दाम हालेर किनेको हरेक मानिसको कमाराले खतना गरेपछि मात्र खाओस् । परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस् । त्यो एउटै घरमा खाइनेछ । त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, नता त्यसका कुनै हाड भाँच्नू । इस्राएलका सारा समुदायले त्यो पालन गरोस् । तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्तार चाड मान्न त्यसले इच्छा गर्छ भने त्यसको घरका सबै पूरुषको खतना होस्, तब मात्र तिनीहरुले त्यो चाडमा भाग लिनसक्छन्, तब त्यो देशमै जन्मेको जस्तो हुनेछ । तर कुनै खतना नभएको मानिसले त्यो नखाओस् । स्वदेशी र तिनीहरुका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान व्यवस्था हुनेछ ।”
 
 
पूरानो नियममा इस्राएलीहरुलाई परमेश्वरको
सन्तान हुनको निम्ति कस्तो प्रकारको
अपरिहार्य शर्त राखिएको थियो ?
तिनीहरुको खतना हुनै पर्ने थियो
 
परमेश्वरमा विश्वास गर्नेहरुलाई पूरानो अनि नयाँ नियम दुवै एकदमै महत्वपूर्ण र मुल्यवान छ । हामीले ती वचनको एउटै पद पनि हटाउन सक्तैनौं किनकि परमेश्वरको वचन जीवनको वचन हो ।
आजको खण्डले भन्दछ कि जसले निस्तार चाड मनाउन चाहन्छ उसले परमेश्वरको अघि खतना गर्नुपर्छ । परमेश्वरले हामीलाई भन्न चाहेको कुरालाई हामीले छलफल गर्नुपर्छ । जसको खतना भएको छैन उसले निस्तार चाड मनाउन सक्तैन ।
यदि हामीले येशूमा विश्वास गर्नु हो भने, परमेश्वरले हामीलाई दिनुभएको यो अधिकारको उदेश्य बुझ्नैपर्छ । खतना भनेको मानिसको मुत्र नलीको अघिल्लो भाग ( खलडी ) काटनु हो । परमेश्वरले अब्राहाम र तिनको सन्तानको खतना हुनैपर्छ भनी किन भन्नुभयो ? यसको कारण चाँहि जसको खतना गरिन्छ उ मात्रै परमेश्वरको सन्तान कहलाइनेछ भनी प्रतिज्ञा गर्नुभयो ।
यसकारण परमेश्वरले पूरानो नियममा इस्राएलका मानिसहरुलाई खतना गर्नु भनी भन्नुभयो । परमेश्वरको सन्तान र इस्राएलको मानिस हुनको निम्ति खतना गरिएको हुनै पथ्र्यो । यो उहाँबाटको अभिषेक हो, जो प्रतिष्ठामा अडेको थियो, अनि उहाँ खतनाद्वारा पाप क्षमा भएका मानिसहरुको परमेश्वर बन्नुभयो । अनि त्यसै गरी नयाँ नियममा पनि उहाँ विश्वासद्वारा खतना गरिएको मानिसहरुको परमेश्वर ठहरिनुभयो ।
 
 
निस्तार चाड
 
निस्तार चाड के थियो ?
यो मिश्रदेशदेखि प्रस्थान गरेको समयको
सम्झना गर्ने र धन्यवाद दिने चाड हो ।
 
इस्राएलीहरुको एकदमै महत्वपूर्ण बिश्रामको दिन चाँहि निस्तार चाड हो । यो मिश्र देशदेखि प्रस्थान गरेको समयको सम्झना गर्ने र धन्यवाद दिने दिन हो जहाँ इस्राएलीहरु झण्डै ४०० बर्षसम्म दासत्वमा बसेका थिए । परमेश्वरले राजा फिरौनको कठोर हृदयलाई तोड्नको निम्ति दशवटा बिपत्तिहरु पठाए । त्यसरी उहाँले इस्राएलका मानिसहरुलाई मिश्रदेखि निकालेर कनान देशमा लैजान नेत्रृत्व गर्नुभयो ।
इस्राएलका मानिसहरुको पहिलो जन्मेको सन्तानलाई बलि चढाएको थूमाको रगत र खतनाद्वारा अन्तिम बिपत्तिबाट हुने मृत्युदेखि बचाउनुभयो । यसकारण, परमेश्वरले तिनीहरुलाई उहाँको अनुग्रहको सम्झना गर्न पुस्ता पुस्तासम्मलाई निस्तार चाड मान्न भनी आज्ञा दिनुभयो ।
 
 
निस्तार चाड कायम राख्नलाई इस्राएलीहरुले केगर्नु पथ्र्यो ?
 
निस्तार चाड कायम राख्न इस्राएलीहरुले
के गर्नु पथ्र्यो ?
तिनीहरुको खतना गरिनुपथ्र्यो ।
 
हामीले बुझ्न पर्ने कुरा चाँहि आत्मिक तौरले खतना गरिनको निम्ति हाम्रो हृदयमा खतना गरिएको हुनुपर्छ । यहाँसम्म कि इस्राएलका मानिसहरुले निस्तार चाडलाई अवलोकन गर्न पनि खतना गरिएको हुनुपथ्र्यो ।
प्रस्थान १२ : ४३—४९ मा यसबारे लेखिएको छ । “फेरि परमप्रभुले मोशा र हारुनलाई भन्नुभयो, यो निस्तार चाडको धार्मिक बिधान हो — कोही बिदेशीले त्यसबाट नखाओस्, तर दाम हालेर किनेको हरेक मानिसको कमाराले खतना गरेपछि मात्र खाओस् । परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस् । त्यो एउटै घरमा खाइनेछ । त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, नता त्यसका कुनै हाड भाँच्नू । इस्राएलका सारा समुदायले त्यो पालन गरोस् । तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्तार चाड मान्न त्यसले इच्छा गर्छ भने त्यसको घरका सबै पूरुषको खतना होस्, तब मात्र तिनीहरुले त्यो चाडमा भाग लिनसक्छन्, तब त्यो देशमै जन्मेको जस्तो हुनेछ । तर कुनै खतना नभएको मानिसले त्यो नखाओस् । स्वदेशी र तिनीहरुका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान व्यवस्था हुनेछ ।”
त्यसैगरी खतना गरिसकेपछि पनि निस्तार चाड कायम राख्नको निम्ति परमेश्वरले इस्राएलका मानिसहरुलाई भन्नुभयो ।
निस्तार चाडको थूमाको मासु खान र निस्तार चाड कायम राख्न भनी कसलाई अनुमति दिइएको थियो ? केवल जसको खतना भएको थियो तिनीहरुले निस्तार चाड कायम राख्न सक्थे ।
सबैलाई थाहा भएको निस्तार चाडको थूमा चाँहि येशू हुन् जसले संसारका पापहरु उठाइलैजानुभयो ।
तब, पूरानो नियम र नयाँ नियममा खतना चाँहि के हो त ? खतनाको अर्थ खलडी काटिनु हो । येशू ख्रीष्ट यो संसारमा जन्मेको आठदिनपछि उहाँको पनि खतना भएको थियो । परमेश्वरले आज्ञा गर्नुभयो कि निस्तार चाडको पर्वमा भाग लिनेहरु सबैले खतना गर्नैपर्छ, अनि यो कुरालाई पनि स्पष्ट पार्नुभयो कि जसले खतना गर्दैन उसले निस्तार चाडमा भाग लिन पाउँदैन ।
यसकारण प्रत्येकले परमेश्वरले तोकेअनुसार खतना गर्नैपथ्र्यो । यदि तपाईं येशूमा विश्वास गर्नुहुन्छ भने, नयाँ नियममा खतनाको अर्थ के हो सो बुझ्नुपर्छ ।
 
 
परमेश्वरले अब्राहामलाई पालन गर्न लगाएको खतनाकोबिधि के थियो ?
 
अब्राहाम र तिनको सन्तान कसरी
परमेश्वरको सन्तान बन्न सक्थ्यो ?
खतनाद्वारा
 
उत्पत्तिमा, परमेश्वर अब्राहामकहाँ देखा पर्नुभयो अनि तिनी र तिनको बशंसगँ करार बाँध्नुभयो । १५ अध्यायमा, परमेश्वरले अब्राहामलाई तिनको सन्तान आकाशको ताराझैं बृद्धि हुनेछ र तिनीहरुलाई अधिकार गर्नलाई कनान देश दिइनेछ भनी प्रतिज्ञा गर्नुभयो ।
अनि १७ अध्यायमा चाँहि, उहाँले अब्राहामलाई भन्नुभयो कि यदि तिनी र तिनको बशंजले उहाँको करार पालन ग¥यो र खतना ग¥यो भने उहाँ तिनीहरुको परमेश्वर बन्नु हुनेछ अनि तिनीहरु चाँहि उहाँको मानिस हुनेछ भनी प्रतिज्ञा गर्नुभयो । यो अब्राहाम र तिनको बशंजलाई परमेश्वरबाटको करार थियो । परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि जब तिनीहरुले उहाँको करारलाई विश्वास गर्छ र खतना गर्छ, यसको अर्थ तिनीहरु उहाँको मानिस हुनेछन्, अनि उहाँ साँचो रुपमा तिनीहरुको परमेश्वर हुनु हुनेछ ।
उत्पत्ति १७ : ७, ८ ले भन्दछ, “तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो औ तँ पछिका तेरा सन्तानहरुका बीचमा युग युगसम्म स्थापित गर्नेछु । तैंले बसोबासो गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरुका परमेश्वर हुनेछु ।”
 खतना अब्राहाम र तिनको बशंजलाई परमेश्वरबाटको करारको छाप थियो ।
 
 
आत्मिक खतना के हो ?
 
आत्मिक खतना के हो ?
येशूको बप्तिष्मामा विश्वास गरेर हाम्रा
सबै पापहरु काटिनु हो
 
अब्राहामले परमेश्वरको वचनमा विश्वास गरेको कारण, परमेश्वरले तिनलाई धर्मी र उहाँको सन्तान ठहराउनुभयो । यो खतना थियो जो परमेश्वर र अब्राहामको बीचको करारको छाप हो ।
“मेरो र तेरो, औ तँपछिका तेरा सन्तानहरुका बीचमा भएको तिमीहरुले पालन गर्नुपर्ने मेरो करार यही हो तिमीहरु मध्येका हरेक पूरुष जातिको खतना हुनुपर्छ ” ( उत्पत्ति १७ : १० ) ।
खतनाको अर्थ खलडी काटिनु हो । यसले येशूको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उहाँमाथि खन्याइनु पनि बुझाउँछ । जब हामीले येशूको बप्तिष्माद्वारा प्राप्त हुने मुक्तिलाई ग्रहण गरेर हाम्रा सबै पापहरुलाई काटिदियौं तब हामीहरुको आत्मिक तौरले खतना भयो । नयाँ नियममा खतनाले येशूको बप्तिष्माद्वारा सबै पापहरु काटिनुलाई बुझाउँछ ।
यसकारण पूरानो नियमको खतना चाँहि नयाँ नियममा येशूको बप्तिष्मा हो, अनि यी दुवै परमेश्वरबाटको करार हो, जसले हामीलाई परमेश्वरको सन्तान ठहराउँछ । यसकारण पूरानो नियमको खतना र नयाँ नियमको येशूको बप्तिष्मा समान हो ।
जसरी खलडी काटिएको कारण अब्राहामको बंशज परमेश्वरको सन्तान ठहरिए, त्यसैगरी हाम्रा हृदयका पापहरु काटिएपछि हामीहरु पनि परमेश्वरको सन्तान ठहरियौं । संसारमा अब एउटै पनि पाप छैन भनी विश्वास गरेको कारण यो हुन गएको हो, किनभने जब येशूले यूहन्नाको हातबाट बप्तिष्मा लिए उहाँले सबै पापहरुलाई उठाइलैजानुभयो ।
येशूको बप्तिष्माले पापीहरुलाई तिनीहरुको सबै पापहरु काटिदिएर धर्मी ठहराउनुहुन्छ । जसरी खतनाद्वारा मुत्र नलीको छाला काटिन्थ्यो त्यसै गरी येशूले यर्दन नदीमा येशूको हातद्वारा लिएको बप्तिष्माले सबै मानिसको हृदयको पापहरुलाई काटिदिनुभयो । जसले यस कुरालाई विश्वास गर्छ उसको आत्मिक रीतिले खतना भएको हुन्छ अनि परमेश्वरको धार्मिक मानिस ठहरिन्छ ।
 
 
भूmटा विश्वासले मानिसलाई परमेश्वरदेखि अलग गरायो ?
 
के कुराले इस्राएलीहरुलाई परमेश्वरदेखि
 अलग गरायो ?
बेखतनाले
 
कुनै पनि बेखतनाको मानिसलाई परमेश्वरको सन्तानदेखि अलग गरिने छ भनी परमेश्वरले अब्राहामलाई भन्नुभयो । तब, खतना के हो त ? अनि आत्मिक खतना के हो त ? यदि शरीरको खतना चाँहि शरीरको एउटा भागको सानो छालालाई काटनु हो भने तब आत्मिक खतना चाँहि हाम्रो हृदयको सबै पापहरुलाई काटिनु हो अनि येशूको बप्तिष्माद्वारा उहाँमा ती पापहरु खन्याइनु हो ।
येशूको बप्तिष्मा मानिसजातिको आत्मिक खतना हो, जसद्वारा हामीबाट संसारका पापहरु काटिएर येशूमाथि खनिए । येशूले यूहन्नाद्वारा बप्तिष्मा लिनुको कारण चाँहि आत्मिक खतनाद्वारा सबै मानिसहरुलाई बचाउनु थियो, जसले सबै पापहरु उठाइलैजानुभयो ।
मानिसजातिको सबै पापहरु येशूमाथि लादिए । परमेश्वरले आपूmलाई अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर,याकूबको परमेश्वर र ती सबैको पुस्ताहरुको परमेश्वर हुनको निम्ति अब्राहाम र तिनको पुस्तासँग करार बाँध्नुभयो र तिनीहरुलाई खलडी गर्न लगाए । त्यसरी उहाँ ती सबै खतना गर्नेहरुको मुक्तिदाता परमेश्वर हुनुभयो ।
खतना के हो जसले पाप काटने काम गर्छ ? यो अब्राहाम र येशूको बप्तिष्मा र क्रूसको मृत्युमा तिनीहरुको मुक्तिको रुपमा विश्वास गरेर नयाँ गरी जन्मनेहरुसित परमेश्वरको करार हो । यसरी, उहाँले हामीलाई उहाँको सन्तान हुने हक दिनुभयो । यसकारण उहाँ ती सबै खतना गर्नैहरुकौ परमैश्वर हुनुहुन्छ ।
परमेश्वरले अब्राहामलाई भन्नुभयौ, “तिमीहरुमा हरेक पुरुष आठ दिनको हुन बित्तिकै त्यसको खतना गरिओस् , अर्थात तिमीहरुका पुस्तौंसम्म हरेक पुरुष जाति , चाहे घरमा जन्मेको होस् अथवा जो तिमीहरुको सन्तान होइन , तर कुनै बिदेशीबाट दाम हालेर किनेको होस् , जो जो तेरो घरमा जन्मेको होस् वा दाम हालेर किनेको होस् जसको शरीरमा खलडीको खतना भएको छैन , त्यसको खतना हुनैपर्छ । यसरी मैरौ करार तिमीहरुका शरीरमा पछि परन्तुसम्म हुनैछ । खतना नगरिएकौ जुनसुकै पुरुष जाति जसको शरीरमा खलडीको खतना भएको छैन त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्ग गरेको हुन्छ । ”(उत्पत्ति १७ : १२—१४)
आत्मिक खतना नभइकन जो कोही येशूमा आउन चाहन्छ उहाँको मानिसहरुबाट बहिस्कार गरिनेछ । नयाँ नियममा आत्मिक खतना भनेको येशूको बप्तिष्मा हो जसद्वारा मानिसजातिको सबै पापहरु उहाँमाथि लादिए ।
जसले येशूमा विश्वास गर्छ उसले पूरानो नियमको खतना र नयाँ नियमको येशूको बप्तिष्मामा पनि विश्वास गर्नुपर्छ, ताकि उसले आत्मा प्राप्त गर्न सकोस्, सबै पापबाट बाच्ँन सकोस्, अनि परमेश्वरको सन्तान बन्न सकोस् । हामी जसले येशूलाई विश्वास गर्छौं, पूरानो नियमको खतनामा विश्वास गर्छौं, अनि नयाँ नियममा येशूको बप्तिष्मालाई विश्वास गर्छौं एउटै हो ।
यदि हामीहरु खतनाको साँचो अर्थ बुझ्दैनौं वा आत्मिक खतनाद्वारा हाम्रो हृदयमा मुक्तिलाई ग्रहण गर्दैनौ भने जसले हामीलाई नयाँ गरी जन्मन लगाउँदछ, हाम्रो विश्वास व्यर्थ हुन्छ । हामी परमेश्वरका विश्वासयोग्य छौं भन्ने सोच्छौं, तर बालुवामा घर बनाए जस्तै हो ।
ती विश्वास गर्नेहरु सबैलाई परमेश्वरले खतना गर्नु, येशूको बप्तिष्माद्वारा मुक्तिमा विश्वास गर्नु, आत्मिक खतनामा विश्वास गर्नु भनी उहाँ भन्नु हुन्छ । बिना खतना हामीहरु उहाँको सन्तान बन्न सक्तैनौं बिना खतना हामीहरु उहाँको प्रजा हुनबाट त्यागिन्छौं । यसकारण परमेश्वरले घोषणा गर्नुभयो कि पैसाद्वारा किनिएको, बिदेशी, प्रत्येकले निस्तार चाडमा भाग लिनअघि खतना गर्नुपर्छ ।
यहाँसम्म कि खतना नगर्ने इस्राएलको स्कूलमानै जन्मेको मानिसलाई पनि उहाँको प्रजा हुनबाट बहिस्कार गरिनेछ । इस्राएलको मानिसहरुसित गरिएको करार येशूमा विश्वास गर्नेहरुलाई पनि लागु हुन्छ ।
प्रस्थान १२ अध्यायमा, निस्तार चाडको मासु र तितो साग खानेहरुले अघिबाटनै खतना गरेको हुनुपर्छ । निस्तार चाडको मासु खाने अधिकार केवल खतना गरेको मानिसहरुलाई मात्र थियो ।
हामीलाई यो जान्नु आवश्यक छ कि जब इस्राएलका मानिसहरुले निस्तार चाडको मासु खान्थे अनि थूमाको रगतलाई ढोकाको खाम्बा र घरको चौकसमा लगाउँथे तब तिनीहरु पहिलेबाट नै खतना गरिएको हुनुपथ्र्यो ।
परमेश्वरको आदेशअनुसार, यदि कोही मान्छे खतना गरिएको छैन भने, उ आफ्ना मानिसहरुबाट बहिस्कृत भएको हुन्थ्यो अनि परमेश्वरको सन्तानमध्येको व्यक्ति हुने अधिकार गुमाउँथ्यो । यसको अर्थ आत्मिक खतनामा अविश्वास गरेको पापले मानिसलाई बिनाशमा पु¥याउँछ । केवल ती व्यक्तिहरु जोहरु येशूको बप्तिष्माद्वारा आत्मिक खतना गरिन्थ्यो मात्र बाँच्दछ ।
“तब ठीक त्यही किसिमले, अर्थात् बप्तिष्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्वरतर्फ सफा बिवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरुलाई बचाउनेछ ( १ पत्रुस ३ : २१ ) ।” यर्दन नदीमा येशूको बप्तिष्माद्वारा तपाईंको सबै पापहरु उहाँमाथि लादियो भन्ने कुरामा के तपाईं साँच्चै विश्वास गर्नुहुन्छ ? यदि तपाईंले साँच्चै नै येशूको बप्तिष्मा र उहाँको रगतको सत्यतालाई बुझ्नुभयो र विश्वास गर्नुभयो भने, तपाईं आत्मिक तौरले खतना भएको र धर्मी मानिस ठहरिएको कुरो मानिलिइने छ । अनि येशूको बप्तिष्माबिना आत्मिक सत्यतामा भएको विश्वास जो क्रूसमा येशूको रगत हो अर्थ बिहीन हुन जानेछ ।
येशूको बप्तिष्माको विश्वासद्वारा आत्मिक खतना नभई येशूको क्रूसमा विश्वास गरेका थियौं भने तपाईं परमेश्वरको अनुग्रहबाट फालिएको हुने थियो । तपाईंले आफ्नो हृदयमा अझै पनि पाप पाउनेछौ ।
परमेश्वरको उद्धारको कार्य येशू ख्रीष्टको बप्तिष्माबाट शुरुभयो अनि त्यो कामलाई उहाँको क्रूसको मृत्युद्वारा पूरा गरियो भन्ने सत्यतालाई हामीले विश्वास गर्नुपर्छ । सो गर्नलाई हामीले हाम्रो हृदयमा सत्यताको वचन, येशूको मृत्यु र उहाँको रगतलाई हाम्रो उद्धारको रुपमा लिनु पर्दछ ।
यस विश्वासद्वारा हामीहरुले अन्धकारको शक्तिदेखि छुटकारा पाउनेछौं र ज्योतिको सन्तान हुनेछौं । यो विश्वासले नयाँ गरी जन्मेकाहरुलाई साधारण विश्वासीको अवस्थादेखि अलग गर्नेछ ।
हाम्रा प्रभु, येशू हामीलाई उहाँमा रहनुपर्छ भन्नुहुन्छ । उहाँले अघिबाट नै उहाँको बप्तिष्मा र रगतद्वारा संसारको पापहरुलाई धोइदिनुभएको छ । यसकारण, परमेश्वरको सन्तानको छाप पाउनलाई हामीले येशूको बप्तिष्मामा विश्वास गर्नुपर्छ । यदि हामीहरु सो कुरा पूरा गर्नमा असफल भयौं भने, हामीहरु उहाँबाट बहिस्कृत हुनेछौं । छुटकाराको मुक्ति नयाँ नियममा येशूको बप्तिष्मा र पूरानो नियममा खतना बाहेक अरु केही होइन । त्यतिबेला मात्र मुक्तिको काम पूरा हुन्छ जुनबेला हाम्रो विश्वास येशूको बप्तिष्मा ( आत्मिक खतना ) र उहाँको क्रूसको रगत ( निस्तार चाडमा चढाएको थूमाको रगत ) दुवैमा हुन्छ ।
पूरानो नियमको शरीरको खतनाको सम्बन्ध नयाँ नियमको येशू ख्रीष्टको रगतसँग छ । यशैया ३४ : १६ ले भन्दछ कि बाइबलमा परमेश्वरको वचनको जोडी छ । “परमप्रभुको पुस्तकमा खोजेर पढ । यिनमा एउटै पनि हराउनेछैन । कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि परमेश्वर आफैले यो गर्नुभएको छ, औ उहाँको आत्माले तिनीहरुलाई जम्मा गर्नुभएको छ ।”
पूरानो नियमको हरेक वचनले नयाँ नियमको वचनसित सम्बन्ध गाँसेको छ । परमेश्वरको एउटै वचन पनि जोडी हुने कुरामा चुकेको छैन ।
 
 
गलत प्रकारले विश्वास गर्ने मूर्खको विषयमा चाँहि के त ?
 
संसारमा भएको सबै विश्वासीहरुको
माझबाट को चाँहि नरक जान्छ ?
जसले आत्मिक खतनामा
विश्वास गर्दैन
 
आज धेरैजना मानिसहरुले केवल निस्तार चाडको थूमाको रगतमा मात्रै विश्वास गर्छन् । तिनीहरु यसरी सोध्छन्, “खतनाको अर्थ के हो ? यो पूरानो नियमको यहूदीहरुलाई मात्रै लागु हुन्छ । नयाँ नियमको समयमा हामीले खलडी काटनु पर्दैन ।”
निश्चय यो सत्य हो । हामीले शारीरिक रुपमा खतना गर्नुपर्छ भनी मैले भन्न खोजेको होइन । पावल प्रेरितले आत्मिक खतनाको बारेमा स्पष्ट रुपमा भन्नुभएको छ, यो हृदयको खतना हो जसको बारेमा मैले भनिरहेको छु ।
मैले शारीरिक रुपमा तपाईंलाई खतना गर्नुपर्छ भनी भनेको होइन । शरीरको खतनाले हामीलाई केही अर्थ दिँदैन, तर हामीहरु येशूमा आउनुपर्छ अनि हाम्रा सबै पापहरुबाट बाँच्नको निम्ति येशूको बप्तिष्मामा विश्वास गरेर आत्मिक खतना गरिएको हुनुपर्छ ।
कुनै मानिस नयाँ गरी जन्मनुको निम्ति उसले आत्मिक खतना गरेको हुनुपर्छ । येशूमा विश्वास गर्ने जो कोही पनि आत्मिकरुपमा खतना भएको हुनुपर्छ । यो मात्रै पापबाट बिच्छेद हुनु हो, धार्मिक ठहरिने एउटै मात्र उपाय हो । आत्मिक खतना भएपछि मात्रै हामीहरु पूर्णरुपमा पापरहित हुन सक्छौं । यसकारण हामीले येशूको बप्तिष्मामा विश्वास गरेर हृदयमा आत्मिक खतना ग्रहण गर्नुपर्छ । पावल प्रेरितले पनि आत्मिक खतनाको आवश्यकतालाई बुझे । तिनले भन्नुभयो, “तर भित्र मनको यहूदी हुनेनै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिँ खतनाको हो, जसको प्रशंसा मानिसहरुबाट होइन, तर परमेश्वरबाट हुन्छ ( रोमी २ : २९ ) ।” पापबाट स्वतन्त्र हुनको निम्ति हामी प्रत्येकको आत्मिक खतना भएको हुनुपर्छ ।
तपाईंबाट तपाईंको पाप बिच्छेद भएपछि के साँच्चै नै तपाईंको पापहरु येशूमाथि खनिए त ? नयाँ नियममा पनि, जसले येशूमा विश्वास गर्छ येशूको बप्तिष्मामा विश्वास गरेर तिनीहरुको हृदयमा आत्मिक खतना भएको हुनुपर्छ ।
पावल प्रेरितले यस कुरालाई आफ्नो पत्रहरुमा स्पष्ट पार्नुभएको छ । परमेश्वरले सबै मानवजातिलाई संसारको पापहरुबाट बचाउनुभयो, तिनीहरुलाई उहाँको आफ्नो प्रजा बनाउनुभयो । इस्राएलका मानिसहरु तिनीहरुको खलडीको छाला हटेपछि परमेश्वरको प्रजा बने । नयाँ नियममा हामीले येशूको बप्तिष्मामा बिश्वास गरेर जब हाम्रो पापहरु उहाँमाथि लादिन्छ तब हामीहरु उहाँका प्रजा बन्छौं ।
जब परमेश्वरले हाम्रो बिश्वास येशूको बप्तिष्मा र उहाँको रगतमा भएको देख्नुहुन्छ उहाँले हामीलाई उहाँको प्रजाको रुपमा ग्रहण गर्नुहुन्छ । यो बिश्वासले हामीलाई आत्मिक खतना गराउँछ अनि हाम्रो मुक्तितिर नेत्रृत्व गर्छ ।
 
 
पापीहरुको मुक्ति येशूको बप्तिष्मा र उहाँको रगतमा
 
येशूद्वारा कसरी मुक्तिको
काम पूरा भयो ?
उहाँको बप्तिष्मा र
क्रूसको मृत्युद्वारा
 
येशू ख्रष्टिले उहाँको पानीको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा पूरा गर्नुभएको मुक्तिको काम पापीहरुको निम्ति थियो । थूमाको रगत दण्ड, अनि येशूको बप्तिष्मा चाँहि आत्मिक खतना थियो जसले हाम्रा सबै पापहरु उहाँमा सारिदिए ।
आजको ईसाई मण्डलीहरुले आत्मिक खतनालाई हल्का रुपमा लिनु हुँदैन । यद्यपि यी दिनहरुमा पूरानो नियमको खतना चाँहि छुद्र बनेर गएको भए पनि, येशूको बप्तिष्मालाई चाँहि लत्याउनु हुँदैन ।
तपाईंका सबै पापहरु येशूको बप्तिष्माद्वारा उठाइ लगिसकिएको छ भनी मैले भने, अनि येशूको बप्तिष्माले तपाईंको सबै पापहरुबाट तपाईंलाई बचाएको छ । के तपाईं यस कुरालाई विश्वास गर्नुहुन्छ ? यदि तपाईंले येशूको बप्तिष्मालाई लत्याउनुभयो भने, येशूको बप्तिष्माद्वारा नयाँ गरी जन्मने सुसमाचार जो मुक्तिको पूर्ण सुसमाचार हो जसलाई तपाईंले कदापि जान्नसक्नु हुने छैन ।
हामीहरु येशूको बप्तिष्मा जो आत्मिक खतना हो लाई कसरी लत्याउन सक्छौं जसको बारेमा परमेश्वरले हामीलाई भन्नुभएको छ ? यदि बाइबल पढछौं भने, खतना र निस्तार चाडको थूमाको रगतको नजीकको सम्वन्ध भएको देख्न सक्छौं । यो आत्मिक खतना, येशूको बप्तिष्माको रहस्य हो ।
प्रेरित यूहन्नाले प्रचार गरेको सुसमाचार येशूको बप्तिष्माको सुसमाचार र उहाँको क्रूसको रगत बाहेक अरु केही होइन । तिनले १ यूहन्ना ५ : ६ मा भन्नुभएको छ, “यहाँ उहाँनै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीले मात्र होइन, तर पानी र रगतले आउनुभयो ।”
तिनले भन्नुभयो कि येशू पानी, रगत र आत्माद्वारा आउनुभयो । केवल पानीद्वारा अनि केवल रगतद्वारा मात्र होइन, तर पानी, रगत र आत्मा एकसाथमा आउनुभयो । यी तीन, येशूको बप्तिष्मा, येशूको क्रूसको रगत अनि उहाँको मृत्युबाटको पुनरुत्थान एक हुन् जो हाम्रो मुक्तिको प्रमाण हो ।
 
 
बाइबलले येशूको बप्तिष्मा र उहाँको रगतको बारेमा किन कुरा गर्नुभएको छ ?
 
इस्राएलका मानिसहरु निस्तार चाडको थूमाको
रगतद्वारा मात्र बचाइएका थिए ?
होइन । तिनीहरुले निस्तार चाड प्राप्त गर्नुभन्दा
पहिले नै खतना गरिसकेका थिए ।
 
येशूको बप्तिष्मा र उहाँको रगतले हामीलाई पानी र आत्माबाट नयाँ गरी जन्मन अनुमति दिदँछ ? प्रस्थान १२ अध्यायले भन्दछ, “तिमी आफ्नो निम्ति थूमा लेऊ, अनि त्यसबाट केही रगत लेऊ अनि तिम्रो घरको चौकसमा भएको दुईवटा ढौकाकौ संघारमा लगाऊ । जब म त्यौ दैख्नै छु, म तिमीहरुलाई नाघैर जानैछु ।
यो कुरा जानेपछि, के यो सम्भव छ कि हामीहरु निस्तार चाडको थूमाको रगतमा विश्वास गरेर मात्र बाँच्न सक्छौं भनी ? त्यसो हो भने नयाँ नियममा किन येशूको बप्तिष्माको बारेमा यति धेरै चर्चा गरिएकौ छ त ? प्रैरितहरुलै भन्नुभएकौ छ, “बप्तिष्मामा उहाँसँगै गाडिएर , जसमा परेकाहरुबाट उहाँलाई बिउँताउनुहुनै परमैश्वरकौ कार्यमा विश्वासद्धारा तिमीहरु पनि बिउँतियौं” (कलस्सी २ : १३)। “किनकि ख्रीष्टमा बप्तिस्मा भए जति तिमहिरु सबैले ख्रीष्टलाई धारण गरेका छौ” ( गलाती ३ : २७ ) । “तब ठीक त्यही किसिमले, अर्थात् बप्तिष्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्वरतर्फ सफा बिवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरुलाई बचाउनेछ” ( १ पत्रुस ३ : २१ ) ।
प्रेरितहरु पत्रुस र पावल अनि अन्य येशू ख्रीष्टका चेलाहरुले पनि येशूको बप्तिष्माको बारेमा कुरा गर्नुभएको छ । यो यर्दन नदीमा येशूको बप्तिष्मा हो जसको बारेमा तिनीहरुले चर्चा गरे, अनि यो येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा भएको विश्वास हो जो पानी र आत्माको नयाँ गरी जन्मने सत्यता हो ।
म तपाईंलाई सत्य कुरा भन्दछु, येशूको बप्तिष्मालाई नबुझेर, मैले येशूलाई विश्वास गरें, तर १० बर्षसम्म केवल, उहाँको रगतलाई मात्र । तर यो ज्ञानले मेरो हृदयको पापलाई उठाइलैजान सकेन । मैले मेरो पूर्ण हृदयले येशूलाई विश्वास गरें, तरै पनि मेरो हृदय पूर्णरुपमा पापले भरिएको थियो ।
१० बर्षपछि मैले आत्मिक खतना ( येशूको बप्तिष्मा ) लाई पता लगाएँ, अनि त्यसपछि म नयाँ गरी जन्मे । त्यसपछि मात्र मैले सत्यतालाई थाहा गरें ; पूरानो नियमको खतना नयाँ नियमको येशूको बप्तिष्माको चिन्ह हो । मैले यसलाई विश्वास गरें अनि अझै विश्वास गर्छु ।
“नयाँ नियममा, येशूको रगत र उहाँको बप्तिष्मा दुवैमा विश्वास गर्नु के सही विश्वास हो ? बाइबलअनुसार मेरो विश्वास के सत्य हो ?” म नयाँ गरी जन्मेपछि, म यस कुरामा छक्क परें ।
तथापि म येशूको रगत र उहाँको बप्तिष्माको सन्देशमा विश्वास गर्छु, र पनि ममा प्रश्नहरु छन् । “जब येशूले बप्तिष्मा लिनुभयो मेरो पापहरु सबै उहाँमा लादिए भन्ने सत्यतामा विश्वास गर्नु के सही हो वा येशूको क्रूसको मृत्युद्वारा येशूले मलाई बचाउनुभयो भनी विश्वास गर्नु सही विश्वास हो ? येशू मेरो परमेश्वर र मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गर्नु नै पर्याप्त छैन र ?” जब मैले प्रस्थान १२ अध्याय पढे मैले विचार गरें ।
आज धेरै मानिसहरुले प्रस्थान १२ अध्याय पढछन् येशू ख्रीष्ट तिनीहरुको मुक्तिदाताको रुपमा मर्नुभयो भन्ने कुरालाई घोषणा गर्ने बिषयमा २ चोटि विचार गर्दैनन् । येशूको रगतमा विश्वास गर्नु ठीक हो भनी तिनीहरु बिचार गर्छन् अनि तिनीहरुको निश्चयताको सत्यताको साक्षी दिन्छन् । हुनसक्छ तिनीहरुले निर्धक्कसगँ विश्वास गर्छन् अनि भन्छन् कि प्रभु ख्रीष्ट हुनुहुन्छ अनि परमेश्वरको पुत्र हुनुहुन्छ तर तिनीहरु अझै पनि पापी नै छन् । तिनीहरु बिचार गर्छन् कि येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, तिनीहरुको हृदयमा पाप भएर पनि तिनीहरु अझै बचाइनेछन् ।
यसप्रकारको विश्वास साँचो विश्वास होइन । यो विश्वासले तिनीहरुलाई नयाँ गरी जन्माउँदैन । केवल येशूको बप्तिष्मा र उहाँको रगतले मात्र हामीलाई धर्मी ठहराउँदछ ।
तब, प्रस्थान १२ अध्यायको अर्थ के हो त ? मैले बाइबलमा हेरें, अनि बिचार गरें, “येशूको बप्तिष्मालाई चाँहि इन्कार गरेर येशूको रगतमा मात्रै विश्वास गर्नुमा कूनै समस्या छैन ?” मैले प्रस्थान पढि सिध्याउन अघिनै, मैले यो सत्यता पता लगाएँ कि येशूको रगतले मात्र मुक्ति मिल्दैन तर उहाँको बप्तिष्माको पनि खाँचो छ । बाइबलद्वारा मैले प्रत्याभूति पाएँ कि, येशूको बप्तिष्मा साथै उहाँको रगतद्वारा हाम्रो हृदयको खतना भएको छ ।
 
किन प्राय : ईसाईहरु अझै पनि
पापी नै छन् ?
किनकि तिनीहरुले येशूको बप्तिष्मामा
विश्वास गर्दैनन् ।
 
मैले प्रस्थान १२ : ४७—४९ बाट थाहा गरें कि कसैलाई निस्तार चाडको मासु खान अनुमति दिन अघि उसले खतना गरेको हुनुपथ्र्यो । यसकारण परमेश्वरले ४९ पदमा भन्नुभयो, “स्वदेशी र तिनीहरुका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान व्यवस्था हुनेछ ।”
यसकारण जसको खतना गरिएको थिएन उसले निस्तार चाडको मासुबाट खान सक्तैन थियो । त्यो सत्यता मैले पाएँ । त्यसरी नै, जब हामीहरु येशूलाई मुक्तिदाताको रुपमा ग्रहण गर्छौं, हाम्रा सबै पापहरु येशूको यर्दन नदीमा बप्तिष्माद्वारा उहाँमाथि लादिए भन्ने सत्यतालाई सबैभन्दा पहिला स्वीकार गर्नुपर्छ अनि त्यसपछि यी पापहरुको निम्ति येशू ख्रीष्ट क्रूसमा मर्नुभयो भन्ने सत्यतालाई स्वीकार गर्छु ।
येशूले बप्तिष्माद्वारा लिनुभएको पापहरुको निम्ति दण्ड भोग्न क्रूसमा मर्नुभयो भन्ने कुरालाई थाहा गरें, मैले आत्मिक खतनाको अर्थ पनि थाहा गरें जसले हामीलाई सबै पापहरु र संसारको अपराधहरुबाट बचायो ।
त्यस समय, मेरा सबै पापहरु गएको थाहा गरें । मेरो हृदय हिऊँझैं सेतो भयो अनि अन्तमा मैले पानी, रगत र आत्माको सुसमाचारलाई मानिलिएँ ।
दुई कुराहरु जसले हामीलाई बचाउँछ भन्ने कुरा मैले थाहा गरें, खतना र पूरानो नियमको थूमाको रगत अनि नयाँ नियमको येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा हाम्रा सबै पापहरु उहाँमाथि लादिएको छ । पूरानो नियमको खतना र नयाँ नियमको येशूको बप्तिष्मा वास्तवमा एकै र समान हुन् ।
येशू ख्रीष्टले दण्ड भोग्नुभयो यो उहाँ आफैले पाप गर्नुभएको कारणले होइन, तर उहाँले बप्तिष्माद्वारा सारा संसारको पापहरु बोक्नुभएको कारणले गर्दा हो । यूहन्ना बप्तिष्मा दिने सारा मानवजातिको प्रतिनिधिको रुप, येशूलाई बप्तिष्मा दिए अनि संसारको सबै पापहरु येशूमाथि लादिए भन्ने कुरालाई विश्वास गर्छ उसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगत दुवैमा पनि विश्वास गर्छ ।
मानिसहरुले किन येशूको बप्तिष्मालाई इन्कार गर्छ जबकि यसबारे बाइबलमा घरिघरि वर्णन गरिएको छ ? यसो गरेर तिनीहरु अझै पनि पापीनै छन् जबकि यदि तिनीहरुले येशूमा विश्वास गर्छन् । तिनीहरुले येशूमा विश्वास गरेकाछन् तर अझै पनि परमेश्वरबाट बिच्छेद भएको छ । तिनीहरु दयनिय पापीहरु हुन्, जोहरु नरक जानेछन् तथापि तिनीहरुले येशूमा विश्वास गर्छन् ।
यदि तिनीहरुले येशूमा विश्वास गर्छन् भने तिनीहरु पापी हुन सक्छन् ? तिनीहरु किन पापीको रुपमा जिउँछन् ? तिनीहरु किन नाशमा पर्न लागेकाछन् ? यो अतिनै दयनिय छ । तिनीहरु निरन्तर रुपमा पापमा रहनेछन् किनकि संसारका सबै पापहरु येशूमा लादिए भन्ने सत्यतालाई तिनीहरुले विश्वास गर्दैनन्, जसले उहाँको आत्मिक बप्तिष्माद्वारा सबै मानिसहरुमा अनन्त मुक्ति ल्याए ।
मानिसहरु सोँछन् कि तिनीहरु येशूको रगतमा विश्वास गरेर पाप मुक्त भएको छ भनी, तर त्यस प्रकारको विश्वासले कहिले पनि तिनीहरुलाई पूर्ण बनाउन सक्तैन । किन ? किनभने तिनीहरु आफ्नो पाप येशूमाथि लादने काममा असफल भएकाछन् !
हामीहरु पानी ( येशूको बप्तिष्मा ) र उहाँको रगत जुन प्रकारले परमेश्वरले नियुक्त गर्नुभएको थियो त्यसमा विश्वास गरेर मात्र हामीहरु बाँच्न सक्छौं : आत्मिक खतनाको मुक्ति । त्यसपछि, केवल त्यसपछि मात्र हामीहरु परमेश्वरको सन्तान बन्नसक्छौ ।
हामीले आफैलाई सोध्नुपर्छ । “यदि हामीले येशूको रगतलाई मात्र आत्मिक खतनाको रुपमा विश्वास ग¥यौं भने, के हाम्रा पापहरु पूर्णरुपमा धोइन्छ र ?” यसको उत्तर पाउनलाई हामीले हाम्रो हृदयमा गहिरो प्रकारले हेर्नुपर्छ ।
येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा मुक्ति प्राप्त गरेझैं पूरानो नियममा, खतना र निस्तार चाडको थूमाको रगतद्वारा मानिसहरुले मुक्ति प्राप्त गरे । यसप्र्रकारले हामीहरु परमेश्वरको दण्ड र यो पापमय संसारबाट बाँचेकाछौं । जसले विश्वास गर्छ उ परमेश्वरको सन्तान बन्छ अनि परमेश्वर तिनीहरुको पिता बन्छ ।
यी दुई कुराहरु : खतना र निस्तार चाडको थूमाको रगत, जस्तै, येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गरेर मानिस बाँच्ने छ अनि परमेश्वरको सन्तानमध्ये एक हुनेछ । येशूअनुसार यो सत्यता हो । यो पानी, रगत र आत्माद्वारा नयाँ गरी जन्मने कुरा हो ।
 
 
बाइबलमा पानी र रगतबाटको छुटकारा के हो ?
 
येशूको रगतमा मात्र विश्वास गरेर
पापी धर्मी ठहरिन सक्छ र ?
कदापि सक्तैन
 
येशूले स्वर्गमा उहाँको सिहाँसन त्यागेर यो संसारमा वर्ली आउनुभयो । ३० बर्षको उमेरमा संसारको सबै पापहरु उठाइलैजानको निम्ति यूहन्ना बप्तिष्मा दिनेद्वारा यर्दन नदीमा बप्तिष्मा लिनुभयो ।
येशूको क्रूसमा बहाउनुभएको रगत उहाँबाट संसारमा भएको सबै पापीहरुको पापलाई रद्द तुल्याउनलाई थियो । येशू यो संसारमा मुक्तिदाता बनेर आउनुभयो अनि पानी र रगतद्वारा सबै पापीहरुलाई तिनीहरुको पापबाट बचाउनुभयो ।
के हामीहरु रगतद्वारा मात्रै बचाइएकाछौं ? होइन । हामीहरु येशूको बप्तिष्मा र रगतद्वारा बचाइएकाछौं । म ती व्यक्तिहरुलाई प्रश्न गर्न चाहन्छु जसहरुले केवल येशूको रगतलाई मात्र विश्वास गर्छ । “के पापीहरु केवल ख्रीष्टको रगतमा मात्रै विश्वास गरेर बाँच्न सक्छ वा बप्तिष्मा र उहाँको क्रूसको रगत दुवैबाट बाँच्न सक्छ ? के यो हामीले हाम्रा सबै पापहरु येशूको बप्तिष्मा र रगतद्वारा उहाँमाथि लादेर वा केवल उहाँको रगतद्वारा भएको हो ? कुन चाँहि सत्य हो, म तपाईंलाई सोध्दैछु ?”
पानी र आत्माबाट साँचो गरी नयाँ गरेर जन्मनको निम्ति, हामीले विश्वास गर्नुपर्छ कि येशू यो संसारमा शरीरमा आउनुभयो, उहाँको यर्दन नदीमा भएको बप्तिष्माद्वारा संसारको सबै पापहरुलाई आफूमाथि लिनुभयो, अनि हाम्रो सबै पापहरुको निम्ति क्रूसमा दण्ड भोग्नुभयो । येशू ख्रीष्टलाई हाम्रो साँचो मुक्तिदाताको रुपमा विश्वास गरेपछि हामीहरु साँचो गरी नयाँ गरेर जन्मन्छौं ।
म तपाईंलाई फेरि सोध्दैछु । विश्वास के हो भनी बाइबलले परिभाषित गरेको छ ? के यो विश्वास येशूको रगतमा हो, वा येशूको बप्तिष्मा र उहाँको रगत दुवैमा हो ?
येशूको रगतमा भएको विश्वास यसप्रकारको छ । येशू संसारको सबै पापहरुको निम्ति दण्डित हुनुभयो र रद्द तुल्याइनुभयो । किनभने उहाँ हाम्रो पापहरुको निम्ति कुल्चिइनुभयो र घायल हुनुभयो, हामीहरु भयानक दण्डबाट बचाइयौं । तर त्यो पूर्ण सत्यता होइन । यो सिद्धान्त स्वीकार गर्नभन्दा पहिले, हामीले एउटा कुरालाई स्पष्ट पार्नुपर्छ । येशू किन क्रूसमा मारिनु प¥यो ?
बाइबलले स्पष्ट रुपमा भन्दछ कि पापको ज्याला मृत्यु हो । येशूले संसारमा कुनै पाप गर्नु भएन । उहाँ मरियमको शरीरद्वारा देह धारण गरेर आउनुभयो, तर उहाँ पवित्र परमेश्वरको पुत्र र पापीहरुको मुक्तिदाताको रुपमा उहाँको मानिसहरुको स्वरुपमा भएर आउनुभयो । यसकारण, उहाँ क्रूसमा मर्न अघि यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनु प¥यो । जब उहाँले बप्तिष्मा लिए, उहाँले सबै पापहरु आपूmमाथि लिए । यसकारण, बिना बप्तिष्मा, क्रूसमा रगत बहाउनको निम्ति दण्डाज्ञा पाउन सक्नु हुन्नथ्यो ।
 
 
पूरानो नियममा बलिदानको बिधि
 
बलि चडाउनको निम्ति अपरिवर्तनिय
शर्त के थियो ?
१. खोटरहित जिवीत प्राणी
२. हात राख्नु
३. त्यसको रगत
 
पवित्र बेदीको बलिको बिधिद्वारा यो सत्यतालाई हेरौं । पूरानो नियममा पापी मानिस वा इस्राएलको पापहरु खन्याउनुलाई पापी मानिस तथा पूजाहारीले आफ्नो हात थूमा तथा बोकाको शिरमाथि राख्थे । त्यसपछि बलिलाई मारिन्थ्यो अनि बेदीमा चडाइन्थ्यो । पूरानो नियम नयाँ नियमको छाँया हो, अनि येशू ख्रीष्ट बलिदानको थूमा थियो जसलाई पठाउने प्रतिज्ञा परमेश्वरले गर्नुभएको थियो ।
तपाईंहरुले आफ्ना सबै पापहरु कहिले येशूमाथि खन्यायौ ? तपाईंले यस बिषयमा सोँचेको र यसको उत्तर दिएको म चाहन्छु । पूरानो नियममा, इस्राएलीहरुले आफ्नो हात बलिको पशुको शिरमाथि नराखीकन त्यसलाई मार्न पाउँदैनथ्यो ( हात राख्नु भनेको पापबलिमाथि पाप खन्याउनु हो ) । बेदीमा पापबलि ल्याउन अघि, बलिको पशुमाथि पाप खन्याउनको निम्ति हात राख्नुपथ्र्यो ।
“अनि त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ ” ( लेवी १ : ४ ) । लेवीमा यसरी लेखिएको छ कि सबै बलिदानमाथि हात राख्नुपथ्र्यो । बलिको शिरमाथि हात राखेर, इस्राएलका मानिसहरु तिनीहरुको पाप खन्याउन सक्षम हुन्थे, अनि विश्वासद्वारा परमेश्वरको अघि रगत र शरीर चढाएर, तिनीहरु आफ्नो पापबाट बचाइएको हुन्थ्यो । पूरानो नियममा पनि इस्राएलीहरु विश्वासद्वारा बाँच्थे ।
जब परमेश्वरको अघि होमबलि चढाइन्थ्यो, पापीहरुले आफ्नो पाप खन्याउनको निम्ति त्यसको शिरमाथि हात राख्थे । त्यसपछि पापीको नाममा बलिको पशुलाई मारिन्थ्यो । त्यसपछि त्यसको रगत बेदीको चारवटा सीङ्गहरुमा छर्किन्थ्यो र बाँकी रगत चाँहि बेदीको अगाडि आँगनमा पोखाइन्थ्यो । यसरी पापीहरुले छुटकारा पाउँथे ।
नयाँ नियममा पापीहरुले येशूको पानी र रगतमा विश्वास गरेर तिनीहरुको सबै पापहरुबाट छुटकारा पाउन सक्तथे । १ यूहन्ना ५ : १—१० ले भन्दछ कि एउटा पापीले येशूको बप्तिष्मा र थूमा ( क्रूस ) को रगतमा विश्वास गरेर पापबाट छुटकारा पाउँदछ ।
यसकारण कुनै पनि पापी मानिसले येशूको बप्तिष्मा र क्रूसको रगतमा विश्वास गरेर मात्र पापबाट छुटकारा पाउन सक्तछ । पानी र आत्माबाट नयाँ गरी जन्मनुको निम्ति येशूको बप्तिष्मा र उहाँको रगत, पवित्र आत्मासगँ एक हुनुपर्दछ ।
प्रिय प्रेमीहरु, के येशूको रगतमा मात्र विश्वास गरेर मुक्ति पाउनु सम्भव छ त ? जसले येशूको रगतमा मात्र विश्वास गरेर मुक्ति पाउन सक्छ भनी सोँच्छ अझै पनि उसको हृदयमा पाप छ । तर हामीहरु येशूको बप्तिष्मालाई आत्मिक खतनाको रुपमा विश्वास गरेर हाम्रा सबै पापहरुबाट बाँच्न सक्छौं, जो चाँहि पछिबाट प्रतिकको रुपमा लिएको पूरानो नियमको खतना हो ।
सबै सम्प्रदायको आफ्नै सिद्धान्त छ । हामी जान्दछौं कि जबसम्म तिनीहरुले तिनीहरुको भूmटा सिद्धान्तलाई त्याग्दैन तिनीहरु नरक जान निश्चित छन् । प्रेस्विटेरियन मण्डलीले भाग्यको सिद्धान्तमा जोर दिन्छन् ; मेथोडिस्ट मण्डलीले अर्मनवाद तथा मानववादलाई जोर दिन्छन् ; व्याप्टिष्ट मण्डलीले बप्तिष्मामा जोर दिन्छन् अनि पवित्र मण्डलीले पवित्र जीवनमा जोर दिन्छन् ; यी सबै सत्यको वचनदेखि बिकेन्द्रित छन् ।
तर नयाँ गरी जन्मने कुरालाई बाइबलमा भएको सत्यको वचनले के भन्दछ ? बाइबलले भन्दछ सत्यता चाँहि येशूको बप्तिष्मा र रगतमा पाउँदछौं । जसले परमेश्वरको वचनमा विश्वास गर्छ र पक्ष्याउँछ अनि पानी र आत्माबाट नयाँ गरी जन्मने कुरामा विश्वास राख्छ बचाइनेछ ।
 
 
येशूको बप्तिष्माको रहस्य के हो ?
 
नयाँ नियममा आत्मिक खतना के हो ?
येशूको बप्तिष्मा
 
येशूको बप्तिष्मा आत्मिक खतना थियो । पूरानो नियममा, परमेश्वरले भन्नुभयो कि कुनै पनि व्यक्ति जसको खतना गरिएको छैन उहाँको जातिबाट बहिष्कार गरिन्थ्यो ।
हामीले जान्नुपर्छ र विश्वास गर्नुपर्छ कि नयाँ नियमको आत्मिक खतना चाँहि वास्तवमा येशूको बप्तिष्मा हो । किनकि येशूले मानिसजातिको बीचमा सेवकाई शुरु गर्नुभन्दा अघि यूहन्ना बप्तिष्मा दिनेको हातबाट बप्तिष्मा लिनुभयो, उहाँको बप्तिष्मामा विश्वास गरेर हाम्रो आत्मिक खतना हुन्छ । येशूले बप्तिष्मा दिने यूहन्नाको हातबाट किन बप्तिष्मा लिनुप¥यो त्यसलाई होशियारसाथ बुझ्नु आवश्यक छ ।
“तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिष्मा लिनालाई आउनुभयो । तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बप्तिष्मा लिनु आवश्यक छ, र के तपाई मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे ” ( मत्ती ३ : १३—१५ ) ।
यर्दन नदी ‘मृत्युको नदी’ मा येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिए । यूहन्ना बप्तिष्मा दिनेले येशूको शिरमाथि आफ्नो हात राखे अनि उहाँ पूर्णरुपमा डुब्नु भयो । यो बप्तिष्मा लिने सही उपाय हो ( बप्तिष्माको अर्थ पानीमा डुबाउनु ) । येशूले संसारको पापहरु उठाइलैजानको निम्ति ठीक त्यही प्रकारले बप्तिष्मा लिनुपथ्र्यो भने उहाँमाथि हात राखेर पूरानो नियमलाई औंल्यायो ।
येशूमा विश्वास गर्नेहरुको निम्ति येशूको बप्तिष्मा चाँहि आत्मिक खतना हो । तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ । तब तिनले उहाँलाई मञ्जूर गरे ” ( मत्ती ३ : १५ ) । यो कुरा येशूले संसारको सबै पापहरु उठाइलैजानुभयो अनि हाम्रो परमेश्वर र मुक्तिदाता बन्नुभयो भन्ने कुरासगँ मेल खाएको छ । यसरी, यो पूरा भयो, जसरी यसबारेमा लेखिएको छ, उहाँले हाम्रा पापहरुलाई आफ्नो शिरमाथि लिएर क्रूसमा मर्नुभयो ।
सबै पापीहरुलाई नयाँ जन्म दिनको निम्ति येशूमा शक्ति छ । यो पानी र आत्माको सुसमाचारको रहस्य हो ।
येशूले पापीहरुलाई तिनीहरुको सबै पापबाट बचाउनको निम्ति सबैभन्दा पहिला गर्नुभएको सार्वजनिक सेवा चाँहि यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनु हो । बप्तिष्माको अर्थ चाँहि “धोइएको हुनु, गाडिएको हुनु, लादिनु” हो ।
परमेश्वरले मागँ गरेअनुसार बप्तिष्मा लिएर येशूले संसारका सारा पापहरुलाई आपूmमाथि लिनुभयो । “भोलीपल्ट तिनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” ( यूहन्ना १ : २९ ) । बप्तिष्माको अर्थ चाँहि उहाँमा विश्वास गर्ने संसारका सबै मानिसहरुको आत्मिक खतना भएको हो ।
पछिबाट, उहाँ परमेश्वरको थूमाको रुपमा क्रूसमा जानुभयो जसले संसारको सबै पापहरुलाई उठाइलैजानुभयो अनि पापीहरुको निम्ति दण्ड भोग्नुभयो । यसरी, उहाँले सबै मानवजातिलाई पापबाट बचाउनुभयो ।
यसकारण येशूको बप्तिष्मामा विश्वास गर्नेहरु सबैजनाको, पूरानो नियमको खतना भयो, अनि उहाँको क्रूसको रगत तिनीहरुको मुक्तिको रुपमा थियो ले तिनीहरुको सबै पापबाट तिनीहरुलाई बचाए । येशूको बप्तिष्मा र उहाँको रगतले येशूले पापीहरुलाई बचाए । यो आत्मिक खतनाको सत्यता हो ।
 
 
के मुक्ति रगतद्वारा मात्रै सम्भव छ ?
छैन, यो सम्भव छैन
 
येशू केद्वारा यो संसारमा आउनुभयो ?
पानी र रगतले
 
१ यूहन्ना ५ : ४—८ ले भन्दछ, “किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई बिजय गर्छ, र संसारमाथि बिजयी हुने बिजय चाँिह हा्रम्रो विश्वास हो । येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि बिजयी हुने अरु को हो र ? यहाँ उहाँनै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीले मात्र होइन, तर पानी र रगतले आउनुभयो । औ गवाही दिने ता आत्मानै हुनुहुन्छ, किनभने आत्मा सत्य हुनुहुन्छ । किनभने गवाही दिनेहरु तीनवटा छन्, अर्थात् आत्मा, पानी र रगत र ती तीन एकै कुरामा सहमत छन् ।”
प्रिय ईसाई मित्रहरु हो, के उहाँ तपाईंको मुक्तिदाताको रुपमा तपाईंकोसाक्षी हुनुहुन्छ ? यो परमेश्वरको पुत्रमा भएको विश्वास बाहेक अरु केही पनि होइन जो पानी र रगतले आउनुभयो ।
संसारलाई जित्ने बिजय के हो ? यो पानी र रगतमा भएको विश्वासको शक्ति बाहेक अरु केही होइन । यो त्यही येशू ख्रीष्ट हुनुहुन्छ जो पानी र आत्माले आउनुभयो । अनि यो त्यही आत्मा हो जसले गवाही दिन्छ, किनभने आत्मा सत्य छ ।
तीन कुराहरु छन् जसले संसारमा गवाही दिन्छ : पानी, रगत र आत्मा । अनि यी तीन एउटै कुरामा सहमत छन् । हामीलाई अनन्तको दण्डबाट बचाउनको निम्ति उहाँ देह धारण गरेर संसारमा आउनुभयो, बप्तिष्मा लिनुभयो अनि क्रूसमा मर्नुभयो । परमेश्वर, हाम्रा सृष्टिकर्ता, सबै मानवजातिको,मुक्तिदाताको प्रमाण चाँहि पानी र आत्माको सुसमाचारमा छ जसले सबैलाई बचाउँछ ।
हाम्रो प्रमाण यो हो कि येशू आत्माको रुपमा देह धारण गरेर यो संसारमा आउनुभयो, हाम्रा सबै पापहरुलाई आपूmमाथि लिनको निम्ति यर्दन नदीमा बप्तिष्मा लिनुभयो अनि हाम्रो पापहरुको दण्ड भोग्नलाई क्रूसमा रगत बहाउनु भयो । यसरी, जसले उहाँमा विश्वास राखे उहाँले सबैलाई बचाउनुभयो । यो पानी र आत्माको सक्कली सुसमाचार हो ।
 
 
पानी र रगत के हो जसले परमेश्वरको मुक्तिको गवाहीदिन्छ ?
 
पूरानो नियममा बर्णन गरिएको
प्रतिरुप के हो ?
येशूको बप्तिष्मा
 
पानीले येशूको बप्तिष्मालाई औल्याउँछ । पूरानो नियमको येशूको बप्तिष्मा खतना हो । नयाँ नियमको येशूको बप्तिष्मा पूरानो नियमको खतनाको प्रतिरुप हो । यसको प्रमाण चाँहि येशूको बप्तिष्माद्वारा संसारको सबै पापहरु येशूमा लादिए ।
जसले यो सत्यतामा विश्वास गर्छ उ परमेश्वरको अघि खडा हुन सक्षम छ अनि असल बिवेकले यसरी भन्न सक्तछ, “तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ, मेरो प्रभु हुनुहुन्छ, किनकि म तपाईंको बप्तिष्मा र तपाईंको रगतमा विश्वास गर्छु, पानी र आत्माको सुसमाचारमा विश्वास गर्छु । यसकारण, ममा पाप छैन । म परमेश्वरको सन्तान हुँ अनि तपाई मेरो मुक्तिदाता हुनुहुन्छ ।” हामीहरु साँचो विश्वासको साथमा यो भन्न सक्छौं । येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास भएको कारण हामीहरु यो भन्न सक्षम छौं ।
हामीलाई नयाँ गरी जन्मन अनुमति दिने वचन के हो ? यो येशूको बप्तिष्मा र उहाँको क्रूसको रगत हो, जो हाम्रो हृदयको मुक्तिको साक्षी हो । यो पानी र आत्मालै नयाँ गरी जन्मनै सुसमाचार हौ ।
प्रिय ईसाईहरु हौ, म फैरि पनि तपाईंलाई सौध्दछु, “कै ख्रीष्टकौ रगतमा मात्र विश्वास गरैर कुनै पापी मानिस बाँच्न सक्तछ ?” सक्तैन । उहाँको क्रूसको रगतमा विश्वास गरेर मात्र मुक्तिको काम पूरा हुँदैन । यो पानी र आत्मा दुवैमा विश्वास गरेर पूरा हुँदछ — पानी र आत्माको सुसमाचार — जसद्वारा पापी नयाँ गरी जन्मन सक्तछौं । मलाई बाइबलबाट तपाईंको निम्ति यी कुरा भन्न दिनुहोस्, जसले पानीको बारेमा भन्दछ तथा अर्को शब्दमा भन्नु हो भने येशूको बप्तिष्मा हो ।
१ पत्रुस ३ : २१—२२ ले भन्दछ, “तब ठीक त्यही किसिमले, अर्थात् बप्तिष्माले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरुलाई बचाउनेछ । उहाँ स्वर्गमा गएर परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ । स्वर्गदूतहरु, अख्तियारहरु र शक्तिहरु उहाँकै अधीनमा राखिएकाछन् ।”
येशूको बप्तिष्मा प्रतिरुप हो जसले हामीलाई बचाउँदछ भनी प्रेरित पावलले साक्षी दिनुहुन्छ, अनि यो पापको मुक्ति हो भनी प्रमाण पनि दिएको छ । येशूको बप्तिष्मा पूरानो नियमको खतना समान छ । जसरी पूरानो नियममा इस्राएलका मानिसहरुले परमेश्वरको वचनमा विश्वास गरे अनि परमेश्वरको सन्तान हुनको निम्ति आ—आफ्नो खलडी काटे, नयाँ नियममा येशूको बप्तिष्माले हामीलाई हाम्रो सबै पापहरुबाट बचाउँदछ ।
यसकारण पूरानो नियमको खतना र नयाँ नियमको येशूको बप्तिष्मा एउटै र समान छ । वास्तवमा येशूको बप्तिष्मा खतना समान छ भन्ने कुरालाई के तपाईं विश्वास गर्नु हुन्छ ? जसरी १ पत्रुस ३ : २१ मा लेखिएको छ, एउटा प्रतिरुप छ जसले हामीलाई बचाउँछ, त्यो बप्तिष्मा । के तपाईंसित परमेश्वरको लिखित वचनकौ बिरुद्धमा कुनै तर्क छ ?
हामी संसारमा जिउनेहरु पापबाट कसरी स्वतन्त्र हुनसक्छौं त ? यो यसकारणले मात्र हो किनभने येशूले धार्मिकता पूरा गर्नलाई बतिष्मा लिए जुन पापकौ मुक्ति आज हाम्रौ निम्ति उपलब्ध भएकौ छ । मत्ती ३ : १५ लै भन्दछ, “तर यैशूलैै तिनलाई भन्नुभयौ, अहिलै यसै हुनदैऊ । किनभनै यसरीनै हामीहरुलै सबै धार्मिकता पूरा गर्नुपर्दछ ।”
किनभने संसारका सबै पापहरु येशूमाथि लादिए, उहाँमाथि विश्वास गर्नेहरु सबै अब पापरहित भएकाछन् । येशूको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उहाँमाथि लादिए भन्ने सत्यतालाई स्वीकार गरेर हामी सबैजना धर्मी ठहरिन सक्छौं । येशू ख्रीष्टले हाम्रा सबै पापहरुलाई आपूmमाथि लिनुभयो अनि हामीलाई दण्डबाट बचाउन क्रूसमा मर्नुभयो ।
प्रिय मित्रहरु हो, पापीहरुलाई तिनीहरुको पापबाट बचाउने दुईवटा कुराहरु चाँहि पानी र रगत हो । उहाँले हाम्रा पापहरु लिनुभएको कुरा र हाम्रो निम्ति उहाँले क्रूसमा मर्नुभएको कुरा चाँहि दुई मुख्य कुराहरु हुन् जो येशू ख्रीष्टले उहाँको ३ बर्षको समयमा सार्वजनिक सेवकाई गर्दा पूरा गर्नुभयो ।
यूहन्ना १ : २९ ले भन्दछ, “भोलीपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थूमा !” उहाँ उही हुनुहुन्छ, जसको बिषयमा मैले भनें, ‘मपछि एकजना आउनुहुन्छ, जो मभन्दा अघाडि हुनुहुन्छ, किनभने उहाँ मभन्दा पहिला हुनुहुन्थ्यो ।’ संसारका सबै पापहरुलाई उठाइलैजानको निम्ति येशूले बप्तिष्मा लिनुभयो अनि हाम्रा अपराधहरुको प्रायश्चित गर्नलाई क्रूसमा मर्नुभयो । येशू परमेश्वरको पुत्र हुनुहुन्छ, अनि सृष्टिकर्ता हुनुहुन्छ, उहाँले संसारको पाप उठाइलगेर परमेश्वरले पूरानो नियममा खडा गर्नुभएको खतनाको बिधिलाई पूरा गर्नुभयो ।
जसले आफ्नो हृदयमा येशूको बप्तिष्मा, पानी र आत्माको सुसमाचारलाई विश्वास गर्छ पानी र आत्माको नयाँ जन्म प्राप्त गर्नेछ । अनि विश्वास गर्नेहरुको निम्ति प्रभु मुक्तिदाता बनिनु हुनेछ । प्रभुलाई धन्यवाद होस्, हल्लेलूयाह ! परमेश्वरले प्रतिज्ञा गर्नुभएको हाम्रो मुक्तिलाई येशूले पूरा गर्नुभयो, अनि उहाँले हामीलाई संसारको सबै पापहरुबाट बचाउनुभयो ।
 
 
शरीरको खराबी हटाउनको निम्ति होइन
  
के समयको गतिसगँ शरीर शुद्ध हुन्छ त ?
हुँदैन । जबसम्म हामीहरु मर्दैनौं शरीरले
निरन्तर रुपमा पाप गरिरहन्छ ।
 
१ पत्रुस ३ : २१ ल्ो भन्दछ, “तब ठीक त्यही किसिमले, अर्थात् बप्तिष्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्वरतर्फ सफा बिवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरुलाई बचाउनेछ ।”
जब कुनै मानिसले येशू ख्रीष्टलाई उसको जीवनको मुक्तिदाता मान्दछ, यसको अर्थ यो होइन कि उसको शरीरले पाप गर्न छाडदछ । हामीहरु निरन्तर रुपमा पाप गर्दछौं, तर येशूको बप्तिष्मामा विश्वास गरेर, हामी हाम्रा सबै सांसारीक पापहरु येशूमाथि लादन सक्छौं, जसको मुल्य उहाँले उहाँको क्रूसको रगतद्वारा तिरीदिनुभयो । हाम्रो मुक्तिको यी दुईवटा अपरिहार्य तत्वहरुमाथि विश्वास गरेपछि, हामीहरु हाम्रा पापहरुबाट बाँच्न सक्छौं ।
नयाँ गरी जन्मनु भनेको येशू ख्रीष्टलाई मानवजातिको मुक्तिदाताको रुपमा हाम्रो हृदयमा ग्रहण गर्नु हो । पापको क्षमा पनि हामी हाम्रो हृदयमा प्राप्त गर्दछौं । जब हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छौं : हाम्रो हृदय नयाँ गरी जन्मेको हुन्छ, तर हामी हाम्रो शरीरले निरन्तर रुपमा पाप र अपराध गरिरहन्छौं । तर हाम्रो शरीरको सबै पापहरु भने पहिलेबाट नै क्षमा भइसकेको छ ।
येशूको बप्तिष्मा बाचिँसकेका ती सबै मानिसहरुको साक्षी हो । जब हामीहरु येशूको बप्तिष्माद्वारा पापको क्षमामा विश्वास गर्छौं हाम्रा पापहरु सबै क्षमा भइसकेको हुन्छ । जब हामीहरु येशूको बप्तिष्माद्वारा मुक्तिको सत्यतालाई हृदयमा लिन्छौ हामीहरु नयाँ गरी जन्मेका हुन्छौं अनि पानी र आत्माको सुसमाचारद्वारा धर्मी ठहरिन्छौं ।
यो पूरानो नियमको अब्राहामको विश्वास हो, धर्मी ठहरिने विश्वास, जसको बारेमा प्रेरित पावलले भन्नुभएको छ, अनि मुक्तिको प्रतिरुप जसको बारेमा प्रेरित पत्रुसले साक्षी दिनुभएको छ ।
जसरी अब्राहामले परमेश्वरको वचन सुने र विश्वास गरे अनि धर्मी ठहरिए, त्यसरी नै जब हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युमा विश्वास गरेको कारण हामीहरु बाच्यौं ।
यूहन्ना १ : १२ ले भन्दछ, “तर जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरुलाई ।” के तपाईं येशू ख्रीष्टलाई स्वीकार गर्नु हुन्छ, जसले तपाईंको मुक्तिदाताको रुपमा उहाँको बप्तिष्मा र रगतद्वारा हामीलाई हाम्रो सबै पापहरुबाट बचाउनुभयो ? परमेश्वरको पुत्रको पानी र रगतद्वारा दिइएको मुक्तिलाई हामीले ग्रहण गर्नुपर्छ ।
के मुक्ति येशूको रगतद्वारा मात्र प्राप्त हुन्छ ? होइन । यो येशूको पानी र रगतद्वारा प्राप्त हुन्छ । बाइबलमा स्पष्टरुपमा बयान गरिएको छ कि, मुक्ति केवल येशूको रगतद्वारा मात्र होइन ।
येशूको बप्तिष्मा नयाँ नियमको आत्मिक खतना हो । यो मुक्तिको सत्यता हो जसले हाम्रो सबै पापहरुलाई निर्मुल पारेको छ । सत्यता चाँहि उहाँले संसारको सबै पापहरुको दण्ड भोग्नुभयो त्यसको अर्थ उहाँ तपाईं र मेरो निम्ति दण्डित हुनुभयो ।
पापको क्षमाको सुसमाचार, येशूको बप्तिष्मा र उहाँको रगतलाई विश्वास गरेर, हामी हाम्रा पापहरुको दण्डबाट स्वतन्त्र हुन्छौं । हाम्रो विश्वासद्वारा, हामीले यो संसारमा गरेको सबै पापहरुबाट बाँच्तछौं । जब हामीहरु हाम्रो मुक्तिको रुपमा येशूको बप्तिष्मा र उहाँको रगतलाई लिन्छौं, हाम्रो हृदयको सबै पापहरु धोइएको हुन्छ । के तपाईं विश्वास गर्नु हुन्छ ? म इमान्दारीपूर्वक आशा गर्छु कि तपाईंले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नु हुनेछ भनी । विश्वास गर अनि अनन्तको जविन प्राप्त गर ।
प्रेरित पावलले भन्नुभयो, “तर भित्र मनका यहूदी हुनेनै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिँ खतनाको हो, जसको प्रशंसा मानिसहरुबाट होइन, तर परमेश्वरबाट हुन्छ ” ( रोमी २ : २९ ) । हाम्रो हृदयमा कसरी खतना भएको हुन्छ ? जब हामीहरु यो संसारमा येशूको शारीरिक आगमन, संसारको पाप उठाइलैजानको निम्ति येशूको पानीको बप्तिष्मा, हाम्रो पापको निम्ति क्रूसमा उहाँको मृत्यु, अनि मृत्युबाट उहाँको पुनरुत्थानमा विश्वास गरेपछि हाम्रो आत्मिक खतना हुन्छ ।
प्रेरित पावल भन्नुहुन्छ कि खतना हाम्रो हृदयको हुनुपर्छ । हृदयको खतना भनेको येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नु हो । यदि हामी हाम्रो हृदयमा खतना चाहन्छौं भने, तपाईंले आफ्नो हृदयमा येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारलाई लिनुपर्छ । त्यसपछि, अनि त्यसपछि मात्र तपाईं साँचो रुपमा परमेश्वरको सन्तान बन्न सक्नुहुनेछ ।
 
 
के यूहन्ना बप्तिष्मा दिने परमेश्वरद्वारा पठाइएको थियो ?
 
 यूहन्ना बप्तिष्मा दिने को थिए ?
तिनी मानवजातिको प्रतिनिधि अनि
हारुनको बशंको नियमअनुसार
अन्तिम महापूजाहारीगिरी थिए ।
 
यहाँले हामीले यूहन्ना बप्तिष्मा दिने को थिए, जसले येशू ख्रीष्टलाई बप्तिष्मा दिए बारे प्रश्न गर्नु पर्ने हुन्छ । यूहन्ना बप्तिष्मा दिने मानवजातिको प्रतिनिधि थिए । मत्ती ११ : ११—१४ ले भन्दछ, “म तिमीहरुलाई साँचै भन्दछु, मानिसमध्ये बप्तिष्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन । तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो । औ बप्तिष्मा दिने यूहन्नाको दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरुले जबरदस्तसगँ खोस्तछन् । किनकि सबै अगमवक्ताहरु र व्यवस्थाले यूहन्नासम्मनै अगमवाणी गरेकाछन् । औ तिमीहरु ग्रहण गर्न राजी हुन्छौ भने, आउनु पर्ने एलिया यिनै हुन् ।”
प्रिय ईसाईहरु हो, येशूले भन्नुभएको छ कि, स्त्रीबाट जन्मेकाहरुमध्ये यूहन्ना बप्तिष्मा दिनेभन्दा ठूलो कोही छैन । यूहन्ना बप्तिष्मा दिनेको जन्मदेखि, परमेश्वरको करारको युग, पूरानो नियमको समय समाप्त भयो । यो पूरा भयो किनभने येशू ख्रीष्ट जसले परमेश्वरको करारलाई पूरा गर्न अन्तमा आउनुभयो ।
तब, कसले परमेश्वरको करार पूरा गर्नु पर्ने थियो ? येशू ख्रीष्ट र यूहन्ना बप्तिष्मा दिने । यूहन्ना बप्तिष्मा दिनेले संसारको सबै पापहरु येशूमाथि खन्याए । पूरानो नियमको अन्तिम महापूजाहारीगिरी को थिए ? हारुनको बशंज को थिए ? यूहन्ना बप्तिष्मा दिनेबाहेक अरु कोही होइन भनी येशू ख्रीष्टले गवाही दिनुभयो । यूहन्ना बप्तिष्मा दिने बाहेक अरु कोही होइन भनी येशू ख्रीष्टले गवाही दिनुभयो । यूहन्ना बप्तिष्मा दिने मानवजातिको प्रतिनिधि थिए, स्त्रीहरुबाट जन्मेकाहरुमध्ये सबैभन्दा महान ।
सत्यतामाथि बिचार गरौं । अब्राहाम, इसहाक, याकूब र मोशा स्त्रीहरुबाट जन्मेका थिए । तर पूरानो नियम र नयाँ नियम दुवैमा स्त्रीहरुमध्येबाट जन्मेकाहरुमध्ये सबैभन्दा महान को थिए ? यो यूहन्ना बप्तिष्मा दिने हो ।
यूहन्ना बप्तिष्मा दिने, पूरानो नियमको अन्तिम अगमवक्ता अनि हारुनको बशंज, नयाँ नियममा परमेश्वरको थूमालाई बप्तिष्मा दिने अनि त्यसैगरी पूरानो नियमको प्रायश्चितको दिनमा हारुनले बलिको पशुको शिरमाथि हात राख्थे । तिनले येशू ख्रीष्टलाई बप्तिष्मा दिए अनि संसारको सबै पापहरु येशूमाथि लादिदिए । तिनी परमेश्वरको दास थिए । तिनले येशू ख्रीष्टलाई बप्तिष्मा दिएर मानिसको हृदयको खतनाको काम पूरा गरे ।
येशूको बप्तिष्माको साथमा, हाम्रो मुक्तिको साक्षीको रुपमा उहाँको रगतमा पनि विश्वास गर्नुपर्छ । येशू ख्रीष्टले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरुलाई उठाइलैजानुभयो अनि ती पापहरुको निम्ति दण्ड भोग्नुभयो । अनि हामीले गर्नु पर्ने काम चाँहि केवल विश्वास गर्नु मात्रै हो । येशूले जे गर्नु भयो त्यसमा विश्वास गर्नु चाँहि परमेश्वरको इच्छा हो ।
जब तपाईंले पानी र आत्माको नयाँ गरी जन्मने सुसमाचारलाई एकचोटि आफ्नो हृदयमा लिनुहुन्छ, तपाईं अब्रहामको बशंज र परमेश्वरको सन्तान बन्नु हुन्छ । केवल थोरै मात्र ख्रीष्टमा छन् जबकि धेरै मानिसहरुले आफ्नो हृदयमा येशूलाई ग्रहण गरेका छैनन् ।
दिन प्राय : बितिसकेको छ अनि अन्धकार छाउन लागेको छ । येशूको बप्तिष्मामा विश्वास गर्नुहोस् अनि उहाँलाई आफ्नो हृदयमा आउन दिनुहोस् । येशूको बप्तिष्मा र उहाँको रगतमा भएको तपाईंको विश्वासले तपाईंलाई आत्मिक मुक्तिबाट आशिषित तुल्याउनेछ ।
जब तपाईंले मुक्तिको सुसमाचार, येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गर्नु हुन्छ तब आत्मिक प्रायश्चित हुन्छ भन्ने कुरालाई मनमा राख्नुहोस् । येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गरेर आत्मिक दियो ( मण्डली ) अनि तेल ( आत्मा ) त्यसैगरी कन्या ( मत्ती ) (२५ : ४ ) लाई तयार गरेको कुरो तपाईंलाई थाहा भएको होस् भन्ने म चाहन्छु । जसले येशूमा विश्वास गर्छ हृदयमा आत्मा बोकेर मण्डलीमा जादँछ ।
 
 
कसको निम्ति येशूले बप्तिष्मा लिनुभयो ?
 
केको निम्ति येशूले बप्तिष्मा
 लिनुभयो ?
मानवजातिको सबै पापहरुलाई
धुनको निम्ति
 
“तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बप्तिष्मा लिनु आवश्यक छ, र के तपाई मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे” ( मत्ती ३ : १४—१५ ) ।
सबै मानवजातिको पापहरु धुनको निम्ति येशूको बप्तिष्मा भयो ? येशू ख्रीष्ट परमेश्वरको पुत्र र हाम्रा मुक्तिदाता हुनुहुन्छ । उहाँ सृष्टिकर्ता हुनुहुन्छ जसले हामीलाई बनाउनुभयो । हामीलाई परमेश्वरको सन्तान बनाउनको निम्ति येशू ख्रीष्ट परमेश्वर पिताको इच्छाअनुसार आउनुभयो ।
कसको निम्ति सबै अगमवक्ताहरुले पूरानो नियममा बोल्नुभयो ? तिनीहरुले येशू ख्रीष्टको बारेमा बोल्नुभयो । पूरानो नियमको सबै अगमवक्ताहरुले येशू ख्रीष्ट यो संसारको हाम्रा सबै पापहरुलाई उठाइलैजान र सँधैको निम्ति हामीहरुलाई पापबाट स्वतन्त्र गराउन यो संसारमा आउनु हुनेछ भनी बोले ।
पूरानो नियममा भविष्यवाणी गरेअनुसार येशू यो संसारमा आउनुभयो अनि आदम र हवादेखि लिएर यो संसारको अन्तिम मानिससम्मको पापहरु उठाइलैजानुभयो ।
अब, येशूको बप्तिष्मा र उहाँको रगतद्वारा प्रदान गरिएको मुक्तिलाई तपाईं आफ्नो हृदयमा लिनुहोस् । यो सत्य हो भन्ने कुरामा के तपाईं अनिश्चित हुनुहुन्छ ? के तपाईंको हृदयमा अझै पनि पाप छ ? “यसरी नै सबै धार्मिकता पूरा हुनुपर्छ ।” धार्मिकता पूरा गर्नलाई येशूले यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो ।
‘बप्तिष्मा’ शब्द यो आफैमा ‘धोइनु’ हो । पूरानो नियममा बर्णन गरेअनुसार हात राखेर येशूको बप्तिष्मा भएको थियो ।
मानवजातिको सबै पापहरु उठाइलगिएपछि, उहाँ यर्दन नदीमा डुब्नुभयो । नदीले मृत्यु र पापीहरुको दण्डलाई पुष्टि गर्दछ । ख्रीष्टको पानीमा डुबाइले उहाँको क्रूसको मृत्युलाई चित्रण गर्दछ । उहाँको पानीबाट निस्किने कामले पुनरुत्थानलाई बुझाउँछ । क्रूसमा मरेको तेस्रो दिनपछि येशू बौरी उठनुभयो ।
येशू हाम्रो परमेश्वर र मुक्तिदाता हुनुहुन्छ । येशू यो संसारमा आउनुको खास कारण चाँहि बप्तिष्मा लिनु, क्रूसमा रगत बहाउनु, तेस्रो दिनमा बौरी उठनु, अनि अहिले पिताको दाहिने हाततर्फ बस्ने कुराले चाँहि यो कुराको प्रमाण गर्दछ कि उहाँले सबै मानवजातिलाई मृत्युबाट बचाउनुभयो । के तपाईं यस कुरालाई विश्वास गर्नुहुन्छ ?
येशूको बप्तिष्मा नयाँ नियमको आत्मिक खतना हो । “हृदयको खतना ।” जब हामीले येशूको बप्तिष्मामा, हाम्रा पापहरु येशूमाथि लादिए भन्ने सत्यतामा विश्वास गर्छौं तब हाम्रो हृदयमा खतनाको काम पूरा हुन्छ । हृदयको खतना येशूको बप्तिष्मालाई मानिलिनु हो जसद्वारा हामी हाम्रा सबै पापहरु येशूमाथि लादिदिन्छौं ।
के तपाईंको हृदयमा खतना भएको छ ? यदि तपाईं हृदयको खतनामा विश्वास गर्नुहुन्छ भने, तपाईंको पापहरु एकैचोटि सँधैको निम्ति धोइएको छ । यसै : उदेश्यको निम्ति येशूले सबै धार्मिकता पूरा गर्नुभयो अनि सबै पापीहरुलाई मुक्तिको निश्चयता प्रदान गर्नुभयो ।
प्रिय ईसाईहरु हो, यो मुक्तिको प्रमाणलाई तपाईं आफ्नो हृदय र मनमा लिनुहोस् । यो सत्य हो । एकचोटि येशूको मुक्तिलाई तपाईंले आफ्नो हृदयमा लिइसकेपछि, तपाईं तपाईंको पापहरुबाट स्वतन्त्र हुनुहुनेछ । “तर जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरुलाई ” ( यूहन्ना १ : १२ ) ।
येशू यो संसारमा बप्तिष्मा लिनको निम्ति किन आउनुभयो के तपाईंले त्यसबारे बुझ्नुभयो त ? के तपाईं अब यसमा विश्वास गर्नु हुन्छ ? मानिसहरुको पाप उठाइलैजानको निम्ति येशूले बप्तिष्मा लिनुभयो । यो खतनाको बप्तिष्मा थियो । येशूको बप्तिष्माले हामीलाई आत्मिक खतना प्रदान गर्छ । यसैकारण प्रेरित पावलले हामीलाई हाम्रो हृदयमा आत्मिक खतना प्रदान गर्छ । यसैकारण प्रेरित पावलले हामीलाई हाम्रो हृदयमा आत्मक खतना गर्नको निम्ति भन्नुहुन्छ । येशूले उहाँको बप्तिष्मा र रगतले हामीलाई स्पष्ट रुपमा बचाउनुभएको छ जसको निम्ति हामीले हाम्रो हृदयमा विश्वास गर्नु बाहेक अर्को बिकल्प छैन । हामीले हाम्रो हृदयमा “हो, आमेन” भनी भन्नुपर्छ । के यो सत्य होइन ? के तपाईं यस कुरालाई विश्वास गर्नुहुन्छ ?
 
 
के तपाईं आफ्नो हृदयमा यो सत्यतालाई स्वीकार गर्नुहुन्छ ?
 
येशूको उपासना गर्नअघि हामीले
के गर्नुपर्छ ?
पानी र रगतको सत्यतालाई हामीले
हाम्रो हृदयमा लिनुपर्छ ।
 
येशू यो संसारमा आउनुभएको लगभग २००० बर्ष बितिसक्यो । यी दिनहरु अनि परमेश्वरको अनुग्रहको युगमा हामीले हाम्रो हृदयमा सत्य, पानी र येशूको रगतलाई लिनुपर्छ । त्यसबाहेक हामीले गर्नु पर्ने अर्को कुरा छैन ।
“हृदयको खतना ।” हाम्रो हृदयको विश्वासद्वारा हामीले खतना गर्नुपर्छ । विश्वासद्वारा मात्रै हामीहरु बाँच्न सक्छौं । पूरानो नियममा इस्राएलीहरु खतना र निस्तार चाडमा चढाएको रगतद्वारा बाँच्दथे जो चाँहि ढोकाको संघार र घरको चौकसमा लगाइएको हुन्थ्यो ।
जसले येशूको बप्तिष्मा र उहाँको रगतलाई तिनीहरुको मुक्तिको रुपमा विश्वास गर्छ परमेश्वरको दण्डदेखि डराउनु पर्दैन किनकि यसले तिनीहरुलाई नाघेर जानेछ । तर जसले आफ्नो हृदयमा यो सत्यतालाई ग्रहण गर्दैन तिनीहरुमाथि भने परमेश्वरको दण्ड आउनेछ । धेरैजना मानिसहरुले व्यर्थमा येशूलाई विश्वास गरेकाछन् अनि तिनीहरु अझै पनि पापको दास बनेकाछन् ।
तिनीहरु कसरी यस्तो अवस्थामा आइपुगे ? तिनीहरुले अझै पनि किन पापमा दु : ख भोगिरहेकाछन् ; यो यसकारणले मात्रै हो किनभने तिनीहरुले येशूको बप्तिष्मा र उहाँको रगतको सत्यतालाई विश्वास गरेका छैनन् । तिनीहरुले येशूको बप्तिष्मालाई पन्साएर केवल येशूको रगतलाई मात्र विश्वास गर्छन् ।
के येशूको रगतमा साधारण प्रकारले विश्वास गरेर मात्र हामीहरु मुक्ति प्राप्त गर्न सक्छौं ? के हामीलाई बाइबलले सो गर्न लगाएको छ ? यसबारेमा पूरानो अनि नयाँ नियम बाइबलले के भन्दछ ? बाइबलअनुसार, यो परमेश्वरको थूमाको रगतले मात्र होइन, तर येशूको बप्तिष्माद्वारा पनि मुक्ति प्राप्त गर्न सकिन्छ ( १ यूहन्ना ५ : ३—६ ) ।
के तपाईं येशूको रगतमा मात्र विश्वास गर्नु हुन्छ ? जसले यो गर्छन् तिनीहरुको हृदयमा अझै पनि पाप छ । तिनीहरुले तिनीहरुको गलत विश्वासमाथि बिजय हासिल गरेर साँचो सुसमाचारमा फर्किनुपर्छ ।
अविश्वासीहरुले यो कुरा थाहा गर्नुपर्छ कि येशूले यर्दन नदीमा उहाँको बप्तिष्माद्वारा सबै पापहरुलाई उठाइलैजानु भएको कुरा नजानेको कारण, तिनीहरुलाई गलत प्रकारले नेत्रृत्व गरिएको छ । येशूको बप्तिष्मालाई स्वीकार गर्न इन्कार गरेको कारण तिनीहरु गलत छन् भन्ने कुरालाई तिनीहरुले स्वीकार गर्नुपर्छ । येशूले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानु भयो भन्ने कुरालाई तिनीहरुले आफ्नो हृदयमा लिनुपर्छ । जब हामी येशूको बप्तिष्मा र रगत दुवैमा विश्वास गर्छौं तब मात्र मुक्ति प्राप्त हुन्छ । अर्को शब्दमा, पानी र आत्माको सुसमाचारद्वारा मात्र हामीहरु अनन्त जीवन आर्जन गर्न सक्छौं ।
प्रिय ईसाईहरु हो, के तपाईं अहिलेसम्म येशूको रगतमा मात्र विश्वास गरेको कुरामा भर गरेर बस्नुभएको छ ? त्यसो हो भने निश्चय पनि तपाईंको हृदयमा पाप छ । यदि तपाईंले पाप गर्नुहुन्छ भने, तपाईंको हृदयमा पाप छ । जब तपाईं परमेश्वरको व्यवस्थामा जिएर तपाईं पापबाट स्वतन्त्र हुनुभएको कुरालाई सोँच्नु हुन्छ, यो केवल तपाईंको आवेशपनाबाट आएको भावना मात्रै हो । यो निश्चयता परमेश्वरको वचनअनुसारको होइन ।
 
 
अझै पनि ढिलो भएको छैन
 
सत्यताले केबाट हामीलाई
स्वतन्त्र गराउँछ ?
पापको व्यवस्था र मृत्युबाट
 
अझसम्म पनि भएको छैन । येशूको बप्तिष्मा र उहाँको रगतमा मात्रै विश्वास गर्नुहोस्, तपाईंको हृदयमा खतना भएको हुनेछ अनि सबै पापहरुबाट स्वतन्त्र हुनुहुनेछ । सबै पापहरुबाट स्वतन्त्र हुनु भनेको अर्थ येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गरेर बचाइनु हो ।
तपाईं तपाईंको पापहरुबाटको मुक्तिमा विश्वास गर्नको निम्ति येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्न चाहनु हुन्छ ? तपाईंले एकपल्ट विश्वास गरिसकेपछि मुक्ति कस्तो हुन्छ भन्ने कुरा तपाईंले सिक्नु हुनेछ । तपाईंले मनमा शान्ति प्राप्त गर्नु हुनेछ । तब, अरु त्यसपछि मात्र, तपाईं धर्मी ठहरिनु हुनेछ । तपाईंको आफ्नो कामबाट होइन, तर परमेश्वरको वचनमा विश्वास भएको कारणले । तपाईंहरुमध्ये यदि कसैले अझै पनि मुक्तिको निम्ति केवल येशूको रगतमा मात्रै विश्वास गर्छ र त्यसमा भर पर्छ भने, म तपाईंलाई बिन्ति गर्दछु कि तपाईंले येशूको बप्तिष्मा र रगत दुवैमा विश्वास गर्नुहोस् ।
प्रिय ईसाईहरु हो, येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारद्वारा मात्र मानिसजातिको पापको मुक्तिको कार्य पूर्णरुपमा पूरा भएको हुन्छ । आत्मा परमेश्वर हुनुहुन्छ । परमेश्वर मानिसको शरीरमा भएर यो संसारमा आउनुभयो ।
परमेश्वरले अगमवक्ताहरुद्वारा भन्नुभयो कि हामीले उहाँको नाम येशू भनेर पुकार्नेछौं, किनकि उहाँले आफ्नो मानिसहरुलाई तिनीहरुको पापबाट बचाउनेछ । परमेश्वरले भन्नुभयो, “हेर, कन्या गर्भवती हुनेछन्, र एउटा पुत्र जन्माउनेछन्, र तिनीहरुले उहाँको नाउँ इम्मानुएल राख्नेछन्, जसको अर्थ हो परमेश्वर हामीहरुसित ” ( मत्ती १ : २३ ) ।
परमेश्वर पापीहरुलाई बचाउन भनी यो संसारमा आउनुभयो । संसारको सबै पापहरुलाई उठाइलैजानको निम्ति उहाँले बप्तिष्मा लिनुभयो अनि त्यसै गरी सबै पापीहरुलाई बचाउनुभयो । यो सत्य हो अनि पानी र रगतको मुक्ति हो । तपाईंलाई यो कुरा भन्न म यहाँ छु । के हामीहरु येशूको रगतद्वारा बचाइएकाछौं ? कदापि होइन । हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा बचाइएकाछौं ।
यी दिनहरुमा धेरैजना भूmटा अगमवक्ता र स्व—धर्मभ्रष्टहरु छन् जसहरुले येशूको बप्तिष्मामा विश्वास गर्दैनन् । येशूले भन्नुभयो, “औ तिमीहरुले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ” ( यूहन्ना ८ : ३२ ) ।
हामीले सत्यलाई जान्नुपर्छ । येशूले किन उहाँको बप्तिष्माको बारेमा बोल्नुभयो, अनि हामीले किन यसमा विश्वास गर्नुपर्छ यी कुराहरुलाई हामीले जानेको हुनुपर्छ । पूरानो नियममा इस्राएलका मानिसहरुले किन खतना गर्नुपर्छ भनी परमेश्वरले भन्नुभयो अनि उहाँले किन निस्तार चाडको थूमाको रगतको बारेमा कुरा गर्नुभयो भन्ने कुरा हामीले जान्नुपर्छ ।
जब हामीहरु कथाको केही भागलाई मात्र जान्दछौं भने, हामीले कदापि सत्यलाई बुझ्न सक्तैनौं । येशूले भन्नुभयो, “येशूले जवाफ दिनुभयो, ‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्नसक्तैन ” ( यूहन्ना ३ : ५ ) ।
 
 
ख्रीष्टमा बप्तिष्मा लिनु
 
हामीहरु कसरी ख्रीष्टको मृत्युमा
एकिकृत हुनसक्छौं ?
उहाँको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु
येशूमा लादेर
 
बाइबलले मुक्तिको रहस्यबारे साक्षी दिनुभएको छ । के यो येशूको रगतद्वारा मात्रै हो त ? होइन । यो उहाँको रगत र बप्तिष्मासँगै भएको हो । यस बारेमा पावल प्रेरितले रोमी ६ अध्याय अनि अन्य भागहरुमा घरिघरि भन्नुभएको छ ।
हामी रोमी ६ : ३—८ लाई पढौं, “अथवा के तिमीहरु अजान छौ, हामी सबै, जत्तिजनाले ख्रीष्टमा बप्तिष्मा लियौं, उहाँकै मृत्युमा बप्तिष्मा लिएका थियौं ? यसकारण त्यस बप्तिष्माद्वारा हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्ट मरेकोबाट पिताको महिमाद्वारा बिउँताइनुभयो, त्यसरीनै हामी पनि नयाँ जीवनको चालामा हिँडौं । किनकि यदि उहाँको मृत्यु जस्तैगरी हामी उहाँसँग सम्मिलित भएकाछौ भने, उहाँको पुनरुत्थानमा पनि त्यसरीनै हुनेछौं, पापको शरीर रद्दी तुल्याउन हाम्रो पुरानो मानिस उहाँसँग क्रूसमा टाँगिएको जानेर, हामी फेरि पापको बन्धनमा नहोऔं, किनकि उहाँ, जो मर्नुभयो, पापबाट धर्मी ठहरिनुभएको छ, तर यदि हामी ख्रीष्टसँग म¥यौं भनेता, उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं ।”
५ पदलाई हेरौं । यसलाई हामीहरु यसरी पढन सक्छौं, “किनकि यदि उहाँको मृत्यु जस्तैगरी हामी उहाँसँग सम्मिलित भएकाछौ भने, उहाँको पुनरुत्थानमा पनि त्यसरीनै हुनेछौं ।”
उहाँको मृत्यु हाम्रो मृत्यु थियो किनभने उहाँको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उहाँमाथि लादिए । यसकारण हामीसगँ उहाँको बप्तिष्मा र उहाँको क्रूसको रगतको बलियो सम्वन्ध छ ।
येशूको बप्तिष्मा र उहाँको रगतमा भएको विश्वासले हामीलाई येशूसगँ एकीकृत गराउँदछ । “पापको ज्याला मृत्यु हो” ( रोमी ६ : २३ ) । यसकारण येशूको क्रूसको मृत्यु हाम्रो मृत्यु थियो । उहाँ आफैमाथि हाम्रा पापहरु लिएर उहाँको बप्तिष्मा भएको थियो । यो सत्यतामा विश्वास गर्नु येशू ख्रीष्ट, हाम्रो मुक्तिदातामा एकीकृत हुनु हो ।
 
 
धर्म मान्ने प्रकारको जीवन जिउनलाई हामीले येशूमाविश्वास गर्नु हुँदैन
 
“उहाँ विश्वासयोग्य धर्मी हुनुहुन्छ”
भनेको अर्थ के हो ?
यसको अर्थ येशूले एकैचोटि सबै मानिसहरुको
पापलाई धोइदिनु भयो अनि यो सत्यतामा विश्वास
गर्ने जो कोही पनि बाँच्न सक्तछ ।
 
धेरै मानिसहरुले येशूलाई धर्मको रुपमा विश्वास गर्छन्, यसकारण तिनीहरु मण्डली जान्छन् अनि प्राथर्ना गर्दा र पश्चाताप गर्दा तिनीहरु आफ्ना आँखाबाट आँशु झार्छन् । तिनीहरु प्रत्येक दिन आफ्नो पापको प्रायश्चित गर्छन् र पापको क्षमा माग्ँछन् । तिनीहरु यसरी प्रार्थना गर्छन्, “येशू, तपाईं मेरो निम्ति क्रूसमा मर्नुभयो भन्ने कुरा म जान्दछु र विश्वास गर्दछु । हो, म विश्वास गर्छु ।”
तिनीहरुले निम्न खण्डलाई गलत प्रकारले बुझेकाछन् भन्ने कुरा स्पष्ट छ । “यदि हामीले आफ्ना पाप स्वीकार ग¥यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ” ( १ यूहन्ना १ : ९ ) । पश्चातापको प्रार्थनाद्वारा तिनीहरुको प्रत्येक दिनको पापहरु क्षमा हुनेछन् भन्ने कुरालाई तिनीहरु दाबी गर्छन् । तर माथिको खण्डमा भएको पापहरुको अर्थ प्रत्येक दिनको अपराधहरु तुच्छ छन् भन्न खोजेको होइन । यो खण्डको अर्थ के हो, त भनेदेखि एकैचोटि सबैको निम्ति हाम्रा पापहरु क्षमा भएको छ र जब हामीले ती पापहरुको प्रायश्चित ग¥यौं त्यस समय क्षमा भएको होइन ।
“यसैले विश्वास सुनाइबाट, र सुनाइचाहिँ ख्रीष्टको वचनबाट आउँछ ।” ( रोमी १० : १७ ) । “औ तिमीहरुले सत्य के हो, सो जान्नेछौं, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ” ( यूहन्ना ८ : ३२ ) ।
प्रिय ईसाईहरु हो, सत्यता स्पष्ट छ । येशूले यर्दनको नदीमा लिएको बप्तिष्माद्वारा हाम्रा पापहरु आपूmमाथि नलिइ क्रूसको मृत्यु मर्नु भएको हो भन्ने कुरामा यदि विश्वास गर्छौ भने, तपाईंको विश्वास व्यर्थ छ । यदि कुनै ईसाई उसको सबै पापहरुबाट बाँच्न चाहन्छ भने, येशूले यर्दन नदीमा बप्तिष्मा लिएर एकैचोटि सबै पापहरु उहाँमाथि लादिए अनि त्यसै गरी सबैको दण्डलाई उहाँले क्रूसमा बोक्नुभयो भन्ने कुरालाई विश्वास गर्नुपर्छ । अर्को शब्दमा, हामीले येशूको बप्तिष्मा र उहाँको रगत दुवैमा विश्वास गर्नुपर्छ ।
“औ नता अरु कसैबाट मुक्ति छ, किनकि स्वर्गमनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं” ( प्रेरित ४ : १२ ) । येशू ख्रीष्टले हाम्रा सबै पापहरुलाई आपूmमाथि लिनुभयो अनि हाम्रो मुक्तिदाता बन्नुभयो । हामीलाई अनन्तको बिनाशबाट बचाउन येशू पानी र आत्माबाट आउनुभयो । “किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ ” ( रोमी १० : १० ) । के तपाईं पापी हुनुहुन्छ वा धर्मी व्यक्ति ?
गलाती ३ : २७ ले भन्दछ, “किनकि ख्रीष्टमा बप्तिष्मा भए जति तिमीहरु सबैले ख्रीष्टलाई धारण गरेका छौ ।” येशू उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरुलाई लिएर क्रूसमा मारिनु भयो भन्ने सत्यतालाई यो पदले भन्दछ । उहाँ ३ दिनपछि मृत्युबाट बौरी उठनुभयो अनि अहिले पिताको दाहिने हाततिर बस्नुभएको छ । उहाँ उहाँलाई विश्वास गर्नेहरु सबैको निम्ति मुक्तिको प्रभु बन्नुभयो ।
यदि येशूले बप्तिष्मा नलिनुभएको भएदेखि, यदि उहाँले हाम्रो निम्ति क्रूसमा रगत नबहाउनुभएको भए, उहाँ हाम्रो मुक्तिदाता बन्न सक्नु हुने थिएन । जब हामीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गर्छौं तब मात्र हामीहरु बचाइएका हुन्छौं ।
 
 
यहाँसम्म कि मोशाको छोरा पनि
 
मिश्रको बाटोमा परमेश्वरले किन
मोशालाई मार्ने प्रयास गर्नुभयो ?
किनकि तिनले आफ्नो छोराको
खतना गरेको थिएन
 
प्रिय मित्र, तपाईंले येशूको पानी र रगतद्वारा पापहरुको क्षमा हुने रहस्यलाई सुनिरहनुभएको छ । यी परमेश्वरको वचनहरु सुन्नु पाउनु अचम्भको आशिष हो । के यो येशू ख्रीष्टको रगत मात्र हो ? पूरानो नियमको समयमा, खतना र निस्तार चाडको थूमाको रगतद्वारा मानिसहरु अब्राहामको सन्तान बन्न सक्थे । अहिले चाँहि हामीहरु येशूको बप्तिष्मा र रगतमा विश्वास गरेर परमेश्वरको सन्तान बन्छौं । यो सत्यताको प्रमाण परमेश्वरले हामीलाई पूरानो नियममा मोशाद्वारा देखाउनुभएको छ ।
इस्राएलका मानिसहरुलाई बचाउनको निम्ति, परमेश्वर मोशासगँ बोल्नुभयो अनि उहाँको मानिसहरुलाई मिश्र देशबाट निकाल्नको निम्ति मोशालाई भन्नुभयो । यसकारण मोशाले, आफ्नो ससुरा जेथ्रोको अनुमति लिएर आफ्नो श्रीमतितिर बालबच्चाको साथमा मिदानको भुमि छाडनुभयो अनि मिश्र देशतिर जानुभयो । जब तिनले आफ्ना परिवारलाई गधामाथि बसाल्नुभयो, प्रभुले तिनलाई बाटोमा भेटनुभयो र मार्नको निम्ति कराई उठनुभयो ।
तर तिनको बुद्धिमति श्रीमति सिफोराले कारण जान्नुभयो । तिनले एउटा धारिलो ढुंगा उठाउनुभयो अनि आफ्नो छोराको खलडी काटेर मोशाको पावनेर फालेर भन्नुभयो, “निश्चय तपाईं मेरो निम्ति रगतको पति हुनुहुन्छ ।” यसरी परमेश्वरले तिनलाई जान दिनुभयो ।
उहाँको भनाइको अर्थ यो थियो कि यदि कसैेले खतना गरेको छैन भने, त्यो व्यक्ति जोसुकै किन नहोस्, यहाँसम्म कि मोशाको छोरा नै भए पनि उ निश्चय मारिने छ । इस्राएलको मानिसहरुको निम्ति, खतना परमेश्वरको करारको चिन्ह थियो । तिनीहरुले जानेकि खतना नगरिएको जो कोहीलाई पनि उहाँको प्रजाहरुबाट बहिस्कार गरिनेछ, यहाँसम्म कि अगुवाको छोरा पनि । यसकारण, मोशाको छोरालाई बहिस्कार गर्न अघि परमेश्वरले मोशालाई त्यसप्रकारले सावधान गराउनुभयो ।
बाइबलले भन्दछ कि सिफोराले कारण जानेपछि आफ्नो छोराको खलडी काटेर मोशाको पावनेर फालिदिनुभयो र भन्नुभयो “तपाईं मेरो रगतको पति हो !” ले खतनाको निम्ति परमेश्वरको माँगलाई पूरा गर्नुभयो ( प्रस्थान ४ : २६ ) ।
इस्राएलका समुदायमा जसको खतना गरिएको थियो उसलाई मात्र निस्तार चाडको थूमाको मासुबाट खान दिइन्थ्यो अनि परमेश्वरको प्रजाको रुपमा सेवामा भाग लिन पाउँथे ।
प्रेरित पावल हिब्रू थिए । तिनको जन्म भएको ८ दिनपछि तिनको खतना भएको थियो, प्रसिद्ध गुरु गमलिएलबाट शिक्षा आर्जन गरेका थिए, अनि येशू ख्रीष्टले किन यर्दन नदीमा बप्तिष्मा लिनुभयो, उहाँ किन क्रूसमा मारिनुभयो ती कुराहरु बुझेका थिए । यसकारण प्रेरित पावलले आफ्नो पत्रहरुमा येशूको बप्तिष्माको बारेमा लेख्नुभयो ।
प्रेरित पावलले येशूको रगतलाई मुक्तिको पूर्णताको रुपमा घरिघरि उल्लेख गर्नुभएको छ । रगत उहाँको मुक्तिको अन्तिम काम थियो जब कि साँचो आत्मिक खतना चााहि येशूको बप्तिष्मा थियो । येशूको बप्तिष्माबिना उहाँको रगतलाई मात्र जोर दिनु चाँहि अर्थ बिहीन हुन्छ ।
प्रेरित पावलले सधिा रुपमा येशूको क्रूसको बारेमा घरिघरि कुरा गर्नु भएको छ । किन ? किनकि यो हाम्रो मुक्तिको अन्तिम प्रमाण हो । यदि येशूले आपूmमाथि संसारको सबै पापहरुलाई लादनुभएको भए तर हाम्रो दण्ड भोग्नको निमित क्रूसमा रगत बहाउन चुकेको भएदेखि, हामीहरु पूर्णरुपमा बचाइएको हुने थिएनौं । यसकारण, प्रेरित पावलले घरिघरि क्रूसको बारेमा चर्चा गर्नु हुन्छ । क्रूस हाम्रो मुक्तिको अन्तिम कदम हो ।
यदि मुक्तिको सत्यतालाई नभत्काइकन यो पुस्तालाई प्रदान गरिएको भएदेखि आज धेरैजना मानिसहरु पापरहित हुने थिए । तर अभाग्यवश, धेरै समयदेखि सत्यता लोप भएर गएको छ र धेरै मानिसहरुले उहाँको बप्तिष्माको साँचो अर्थबिनानै क्रूसको बारेमा जानेकाछन् ।
किनकि तिनीहरुसित सुसमाचारको खाली कोठामा मात्र विश्वास छ, यद्यपि तिनीहरुले धेरै बर्षसम्म नै निरन्तररुपमा येशूमा विश्वास गरेको किन नहोस् तिनीहरु पापीनै रहनेछन् । तिनीहरु १० बर्षपछि पनि पापीनै रहने छन्, ५० बर्षसम्मको धर्म मान्ने जीवन जिए तापनि तिनीहरु पापी नै रहनेछन् ।
 
 
मेरो साक्षी
 
के परमेश्वरले पापीहरुलाई
धर्मी मानिलिनुहुन्छ ?
हुन्न । उहाँ न्यायी हुनुहुन्छ । तिनै व्यक्तिहरु धर्मी हुन्
जोहरु पापबाट स्वतन्त्र छन्, येशूको बप्तिष्माद्वारा
तिनीहरुको पाप उहाँमाथि लादिएको छ ।
 
जब म २० बर्षको थिए तब मैले येशूमा विश्वास गर्न शुरु गरें । त्यो समयभन्दा पहिले, मैले मेरो जीवनमा कति पाप गरें त्यसबारेमा ज्ञानै थिएन किनभने मैले परमेश्वरको व्यवस्था जानेको थिइन । त्यस समयसम्म परमेश्वरलाई नजानेको कारण मैले मेरो आफ्नै प्रकारको जीवन जिइरहेको थिएँ ।
त्यसपछि म बिरामी परें । म यति धेरै बिरामी परें कि अब म मर्नेरहेछु भनी सोँचे । यसकारण, मैले निर्णय गरे कि अब म मर्नभन्दा पहिले म मेरो सबै पापहरुबाट कमसे कम मुक्ति प्राप्त गर्न सकुँ भनी । किनभने मैले सुनेको थिएँ कि येशू ख्रीष्ट म जस्तै पापीहरुको निम्ति मर्नुभएको थियो र मैले उहाँमा विश्वास गर्ने निर्णय गरें । शुरुमा, म आनन्द र कृतज्ञताले अतिनै प्रफुल्लित बनेंको थिएँ ।
तर केही समयपछि मेरो सोँचाई ओइलाएर गयो । केही बर्षपछि, म पापरहित हुन सकिन तर प्रत्येक दिन नयाँ पापहरु गर्दै गएँ । म घरिघरि पापी बन्दै गएँ । १० बर्षपछि पनि म पापी नै थिएँ, पहिलेको भन्दा पनि घिनौनी पापी बनें । मैले येशूमा १० बर्ष विश्वास गरें, अनि यथार्थ चाँहि म कहिले पनि परिवर्तन नभएको पापी थिएँ । म विश्वासी र पापी दुवै थिएँ ।
तथापि मैले यसरी गीत गाउँथे, “मैले पाप गरें भनी प्रत्येक समय कराउँथे ।”
“प्रिय परमेश्वर, कृपया यो एउटा पापको निम्ति क्षमा गरी दिनुहोस् । केवल यो एकपल्टको निम्ति क्षमा गरी दिनुहोस्, अनि अब फेरि म पाप गर्दिन ।” मैले पाप गरें भने म तीन दिनसम्म प्रार्थना गर्ने गर्थें । मैले म आफैलाई एउटा कुनाको कोठामा बन्द गर्थें अनि उपवास बसेर ३ दिनसम्म प्रार्थना गर्थें । किनभने मेरो बिवेक एकदमै भारी थियो, मैले परमेश्वरबाटको क्षमा मागे अनि रोएँ । ३ दिनपछि मैले आपूmलाई राम्रो बनेको अनुभव गरें अनि सोँचे अब म उहाँको उपस्थितिमा सामेल बनेको छु ।
“फेरि, मैले मेरो पापहरु धोएँ । हल्लेलुयाह !” यसकारण म कोठाबाट निस्कन्थे अनि केही समयसम्म लगनशील भएर रहन्थे । तर तत्कालै फेरि पाप गरी हाल्थें र ममा निराशा बढेर जान्थ्यो । मैले घरिघरि यसप्रकारको मलिन प्रक्रियालाई दोहो¥याउँथे । शुरुमा येशूमा विश्वास गर्नु एकदमै महत्वको ठाने, तर मैले विश्वास गरे जति लामो समय बितेर जान थाल्यो मेरो पापहरु सफा नगरिएको कोठाको धुलो सरह थाक लागेर गयो ।
१० बर्षपछि, म ईसाई बन्नुकौ अघिकौ अवस्थाभन्दा अरु घिनलाग्दौ पापी बनैं । “मैलै मैरौ जीवनमा किन यति चाँडौ यैशूमा विश्वास गरैं ? यदि मैलै ८ै बर्षकौ समयसम्म, मर्नभन्दा कैही अघिसम्म पर्खिएर बसैको भए मेरो निम्ति येशूमा विश्वास गर्नु अति सजिलो हुनेथियो । त्यसपछि मलाई पापको ज्ञान हुने थियो अनि मैले प्रत्येक दिन पापको पश्चाताप गर्नु पर्ने थिएन ।” मैले सोँचे कि म परमेश्वरको इच्छाअनुसार जिउनुपर्छ, तर यो असम्भव थियो । मैले मेरो होस उढेको अनुभव गरें !
मैले परमेश्वरलाई घरिघरि खोज्न थालें । मैले धर्मबिज्ञान अध्ययन गर्नमा प्रशस्त समय फालें तर केही बर्षपछि, मेरो हृदय अरु बढी खाली भएर गयो । मैले धार्मिक सिद्धान्तहरुको किताब पढन शुरु गर्नअघि, मैले भन्ने गर्थे कि कहिले पनि न्यानो ओक्ष्यानमा आरामसगँ नसुतिकन सन्त दामिएन जस्तो जीवन जिउँछु । म मेरो खाँचोहरु पूरा गर्न म आपूmलाई सर्मपन गर्दिन र म कहिले पनि आपूmलाई खुशी पार्दिन भनी शपथ खाएँ ।
जसै मैले यो सन्तको जीवनी पढें, मैले उ जस्तै भएर जिउने शपथ खाएँ । मैले आफैलाई जोगी बनाउने प्रयास गरें । म कडा सिमेन्टले बनाएको जमीनमा घुडाँ टेकेर बस्थे अनि घण्टौंसम्म बसेर प्रार्थना गर्थें । तब, मैले मेरो प्रार्थना अझ बढी अर्थपूर्ण भएको अनुभव गरें अनि त्यसपछि मैले आफैलाई राम्रो बनेको अनुभव गरें ।
तर १० बर्षपछि, म एकक्षण पनि खडा रहन सकिन । यसकारण मैले परमेश्वरसगँ यसरी प्राथना गरें । प्यारो स्वर्गीय परमेश्वर, कृपया मलाई बचाउनुहोस् । म मेरो सारा हृदयले तपाईंलाई विश्वास गर्छु । यदि कसैले मेरो घाँटीमा छुरा राखिदिए पनि मैले तपाईंप्रति गरेको मेरो समर्पणतालाई म परिवर्तन गर्दिन भन्ने कुरा म जान्दछु । यद्यपि मैले मेरो सारा हृदयले तपाईंलाईं विश्वास गरेको भए तापनि, मैले आफैलाई भित्रबाटनै किन खाली अनुभव गरिरहेको छु ? म किन यति धेरै उदास छु ? म किन पहिलेको भन्दा अझ बढी पापी बनिरहेछु । योभन्दा बढी पाप मैले योभन्दा पहिले सोँचेकै थिइन । मैले तपाईंलाईं विश्वास गरें तर अहिले म छक्क परिरहेछु । मैले तपाईंमा यति लामो विश्वास गरेपछि म किन अहिले यति धेरै घिनलाग्दो पापी बनेको छु । मसित के भएको छ ?
त्यसपछि मैले कारण पता लगाएँ । म मेरो पापहरुदेखि नबचाइकन नै परमेश्वरमा विश्वास गरिरहेछु । मैले त्यस समय सत्यता थाहा पाइन, अनि यो नै मलाई मूर्ख बनाउने पर्याप्त कुरा थियो ।
मैले मेरो हृदयमा पाप बोकेर, अरु मानिसहरुलाई म कसरी परमेश्वरको अनुग्रहको मुक्तिको बारेमा बताउन सक्छु ? मैले घरिघरि प्रार्थना गरें । “प्यारो परमेश्वर, म चाँडै नै सेमिनारीबाट उर्तिण हुनसकुँ अनि सेवकको रुपमा नियुक्ति पाउनसकुँ । तर यदि म पापसँगै सेवक बने भने, म पापीहरुलाई कसरी मुक्तिको बारेमा बताउन सक्षम हुनेछु ? म आफै पापी छु अनि जब मैले प्रेरित पावलको पत्र पढें तब मैले पाएँ कि जोसित ख्रीष्टको आत्मा छैन, उ परमेश्वरको सन्तान होइन । तर ममा आत्मा छैन भन्ने कुरा मैले कसरी जोसको साथमा खोंजे त्यसमा केही फरक पर्दैन । मैले यो कुरा शुरुमा थियो भन्ने अनुभव गरें, तर यो हराएर गएको छ । के भयो त ? प्रभु, यो किन भयो ?”
यथार्थमा, कारण चाँहि येशूमा साधारण विश्वास गरेको कारण मैले छुटकारा पाएँ भन्ने कुरालाई सोँचेको कारण मैले आफैलाई धोका दिएछु । म धेरै समयसम्म चिन्तित बनें ।
परमेश्वरलाई भित्री चाहनाको साथमा खोज्ने मानिसहरुलाई परमेश्वरले आपूmलाई देखाउने कुराको प्रतिज्ञा गर्नुभएको छ । अन्तमा उहाँले मलाई उहाँको सत्यतामा भेटाउनुभयो । मैले येशूलाई विश्वास गर्न थालेको १० बर्षपछि म अझै पापी रहेछु, तर जब मैले येशूको बप्तिष्मा र उहाँको रगतको रहस्य थाहा पाएँ, जब मैले पूरानो नियमको खतना र नयाँ नियमको आत्मिक खतनाको अर्थ लगाएँ, जब मैले येशूको बप्तिष्माद्वारा मुक्तिको रहस्यलाई थाहा गरें अनि विश्वास गरें, मेरो सबै कठिनाई हटेर गयो । मेरो प्राण हिऊँझैं सेतो बन्यो ।
तपाईंको निम्ति पनि त्यही हुनेछ । यदि तपाईंले येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गर्नुहुन्छ भने, तपाईं पनि पापरहित बन्नुहुनेछ । हुनसक्छ तपाईं अझै अपूर्ण हुनुहुन्छ, तर तपाईं धर्मी ठहरिनुहुनेछ । जब तपाईंले आफ्नो हृदयमा यो सत्यतालाई लिनुहुन्छ, अनि अरुलाई बताउनुहुन्छ, तिनीहरु पनि बचाइने छ अनि ‘हल्लेलुयाह ।’ भन्दै प्रशंसा गरेर कराइउठने छ ।
मुक्ति प्राप्त गर्ने सबै दाज्यु—भाइलाई म बधाइ दिन चाहन्छु । हामीलाई सबै पापहरुबाट बचाउनुभएको लागि येशूलाई प्रशंसा चढाउन चाहन्छु । हल्लेलुयाह ! हामीहरु खुशीसाथ सबै पापहरुबाट मुक्त भएकाछौं ।
यो साँचै नै ठूलो आशिष हो जसलाई हामीले साधारण शब्दले मात्र खुशीको साथमा प्रकट गर्नु असक्षम छौं । आऊँ हामी एकसाथ गीत गाऊँ, “♪उहाँको नाम रहस्यको बनेको छ, तर अहिलेसम्म हामीले प्रत्येक सृष्टिलाई यो रहस्य बताएका छैनौं । उहाँ डकर्मीले रद्द तुल्याएर फालेको ढुङ्गा जस्तो फालिएको थियो, तर मेरो हृदयमा उहाँको नाम अति नै मुल्यवान मोती बन्न गएको छ ♪”
 
 
येशूको बप्तिष्मा र उहाँको रगतपापीहरुलाई तिनीहरुको सबै पापहरुबाटबचाउन पर्याप्त छ ।
 
येशू ख्रीष्टले उहाँको बप्तिष्मा र रगतद्वारा संसारको सबै पापहरुलाई धोइदिनुभयो । उहाँले आत्मिक तौरले हाम्रो खतना गरिदिनुभएको छ अनि उहाँको प्रजा बनाउनुभएको छ । उहाँ नयाँ गरी जन्मेकाहरुको परमेश्वर हुनुहुन्छ ।
पापको सँधै न्याय गरिन्छ । तर येशू ख्रीष्टले हामीलाई बचाउनको निम्ति बप्तिष्मा लिनुभयो, अनि क्रूसमा दण्ड भोग्नुभयो । उहाँको रगतले हामी सबैलाई बचाउनुभयो अनि ३ दिनपछि उहाँ बौरी उठनुभयो । यो पिता परमेश्वर हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बिउँताउनुभयो ।
येशूको जीवन हाम्रो जीवन हो हामी परमेश्वरको सन्तान बन्ने कुराको छाप हो । उहाँको बप्तिष्माले हाम्रा सबै पापहरु उठाइलैजानुभयो येशूको क्रूसको बहुमुल्य रगत चाँहि त्यो प्रमाण हो कि उहाँले हाम्रो सट्टामा दण्ड भोग्नुभयो ।
प्रिय मित्रहरु, के तपाईंको हृदयमा येशूको बप्तिष्मा र उहाँको रगतको प्रमाण छ ? म फेरि पनि तपाईंलाई सोध्दैछु । के येशूको रगतद्वारा मात्र हामीले मुक्ति पाउँछौं त ? होइन । यो येशूको बप्तिष्मा र उहाँको रगत दुवैबाट एकसाथमा आउँछ ।
 
 
स्व—धर्मभ्रष्ट के हो ?
 
स्व—धर्मभ्रष्ट को हो ?
जसले येशूको बप्तिष्मामा विश्वास गर्न असफल
बनेर आफैलाई रद्द तुल्याउँछ ।
 
प्रिय मित्रहरु हो, के तपाईंले प्रत्येक दिन तपाईंको जीवनको पापहरुको प्रायश्चित गरेर पनि अझै तपाईं पापीनै हुनुहुन्छ ? येशूमा विश्वास गरेर पनि तपाईं पापीनै हुनुहुन्छ भने, तब तपाईं स्व—धर्मभ्रष्ट हुनुहुन्छ । परमेश्वरको सत्यतामा विश्वास नगर्नेहरु स्व—धर्मभ्रष्ट हुन् । तितस ३ : १० ले स्व—धर्मभ्रष्टको बारेमा बताएको छ, “पाखण्डी मानिसलाई पहिलो र दोस्रो जनाउपछि अलग गरिदेऊ ।”
आफैलाई रद्द तुल्याउने मान्छेले भन्दछ, “प्यारो परमेश्वर ! म पापी हुँ । म तपाईंमा विश्वास गर्छु, तर अझैं पनि म पापीनै छु । जो सुकैले जे सुकै भनोस् त्यसले केही फरक पर्दैन, म पापी हुँ अनि यो सत्य हो भन्ने कुरा म जान्दछु ।”
परमेश्वर त्यस्ता व्यक्तिलाई भन्नुहुन्छ, “के तिमी अझैं पापीनै छौ अनि अझसम्म मेरो सन्तान बनेका छैनौ ? तब, तिमी एउटा स्व—धर्मभ्रष्ट हौ, अनि तिमी नरकको आगोमा फालिनेछौ ।”
यदि तपाईंले आफ्नो हृदयले येशूको बप्तिष्माको सुसमाचारमा विश्वास नगरी येशूलाई विश्वास गर्नुभएको छ, आफैलाई पापीको रुपमा रद्द तुल्याउनुभएको छ तपाईंको आत्मा पापले भरिएको छ र परमेश्वरको अघि प्रायश्चित गर्नु हुन्छ भने, तब तपाईं परमेश्वरको अघि स्व—धर्मभ्रष्ट हुनुहुन्छ ।
 
 
सही विश्वासीहरु को हुन् ?
 
मुक्तिको बारेमा परमेश्वरको
साक्षी के छ ?
पानी, रगत र आत्मा हो
 
जसले येशूको बप्तिष्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गर्छ, जोहरु परमेश्वरको प्रजा बनेकाछन्, अनि जसहरुको सबै पापहरु धोइएको छ तिनीहरु नै धार्मिक मानिसहरु हुन् । येशूमा विश्वास गरेर पनि तपाईं कसरी अझै पनि पापी हुनुहुन्छ ? एउटा पापी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन ।
जोहरु येशूमा विश्वास गरेर धर्मी ठहरिएकाछन् तिनीहरुको हृदयमा परमेश्वरको गवाही छ । गवाही चाँहि येशूको बप्तिष्मा र उहाँको रगत हो । येशू ख्रीष्टले यो संसारमा जे गर्नुभयो त्यही नै मुक्तिको कार्य हो ।
यसकारण जसले येशूको बप्तिष्माको सुसमाचारलाई विश्वास गर्न इन्कार गर्छ जसद्वारा येशूले सबै पापहरु उठाइलैजानु भयो तिनीहरु परमेश्वरबाट बहिष्कार गरिनेछ ।
विश्वासमा प्यारो भाइ अनि बहिनीहरु हो, पापीहरुको मुक्ति केवल येशूको रगतमा मात्र होइन, तर पानी जो चाँहि येशूको बप्तिष्मा हो भन्ने सुसमाचारलाई के तपाईं आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ ?
येशूले यो संसारमा गर्नुभएको कामलाई जसले विश्वास गर्छ अनि जसले पानी, रगत र आत्मालाई स्वीकार गर्छ, तिनीहरुनै पापबाट बचाइनेछ । यो सत्यता हो अनि पानी, रगत र आत्माको ज्ञान हो ।
येशूको बप्तिष्माले हामीलाई पूर्णरुपमा धुँदछ, ताकि सबै मानवजाति उहाँद्वारा बचाइन सकोस् । अब, तपाईंले साँचो रुपमा येशूलाई विश्वास गर्नुभयो भने, अब तपाईं पापी हुने कुनै कारण छैन ।
येशूले हामीलाई मृत्युबाट बौरी उठाउनुभयो । उहाँले सबै मानिसहरुलाई बचाउनुभएको छ जोहरु अलमलिएकाछन् अनि शैतानद्वारा धोका दिइएर परमेश्वरदेखि टाडिएकाछन् । येशू सबै हराएका मानिसहरुलाई प्राप्त गर्न चाहनु हुन्छ । परमेश्वरले येशूद्वारा पानी, रगत र आत्माको सुसमाचारमा भएर काम गर्नुहुन्छ । उहाँले हामीलाई बोलाउनु भएको छ अनि अब हामीहरु उहाँद्वारा छुडाइएका र बचाइएकाछौं ।
के तपाईं विश्वास गर्नुहुन्छ ? म तपाईंलाई भन्दैछु कि मुक्ति केवल येशूको रगतद्वारा मात्र होइन, तर येशूको बप्तिष्मा र उहाँको क्रूसको रगत दुवैबाट हो । ती जोहरु केवल येशूको रगतले मात्र बचाइएकाछन् भनी भन्छन् उसले तिनीहरुको हृदयमा अझै पनि पाप छ भन्ने कुरा थाहा गर्नुपर्छ ।
हामी सबैले पनि यही सोच्ँने गथ्र्यौं कि हाम्रो मुक्तिको निम्ति येशूको रगतमा मात्र बिश्वास गर्नु नै पर्याप्त छ भनी । हामीले पहिले यही कुरा सोँचेका थियौं, तर यो अपर्याप्त छ भन्ने कुरा अब हामीले थाहा गर्नुपर्छ । हामीहरु येशू ख्रीष्टमा विश्वास गरेर बचाइएकाछौं अनि नयाँ गरी जन्मेकाछौं, जो पानी, रगत र आत्माबाट आउनुभयो ।
प्रत्येक पापीहरु येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गरेर नयाँ गरी जन्मन सक्तछ ( १ यूहन्ना ५ : ५—१० ) ।
आऊँ हामी परमेश्वरको प्रशंसा गरौं । हल्लेलुयाह !