• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

विषय ३: पानी र पवित्र आत्माको सुसमाचार

< 3-7 > परिवर्तित पूजाहारीपन (हिब्रू ७ : १—२८)

( हिब्रू ७ : १—२८ )
“किनभने राजाहरुलाई मारेर फर्केका अब्राहामलाई यी मल्कीसेदेक, शालेमका राजा सर्वोच्च परमेश्वरको पूजाहारीले भेटेर तिनलाई आशिष दिए । उनैलाई अब्राहामले सबै थोकको दशांश बाँडी पनि दिए, ( उनी उनको नाउँको अर्थअनुसार पहिले शालेमका राजा पनि, अर्थात् शान्तिका राजा हुन् । बिना पिता, बिना माता, बिना बंशावली, नता दिनको आदि, न जीवनको अन्त भएका, तर परमेश्वरका पुत्रजस्तो तुल्याइएका ) उनी निरन्तर पूजाहारी भइरहन्छन् । अब विचार गर त, उनी कस्ता महान् पुरुष थिए, जसलाई अब्राहाम कुलपतिले पनि लूटका बढिया चीजहरुका दशाँश दिए । औ साँच्चिनै पूजाहारी काम पाउने लेवीका सन्तानहरु, अर्थात् तिनीहरुकै दाज्यू—भाइहरुबाट दशांश पाउने तिनीहरुलाई आज्ञा छ, तर तिनीहरुका बंशावलीमा नगनिएका यी मानिसले अब्राहामसगँ दशांश लिएका हुन्, र जसले प्रतिज्ञाहरु पाउनेलाई नै आशीर्वाद दिएका हुन् । औ यसमा केही बिवाद गर्ने कुरै छैन, कि सानाले ठूलाबाट आशिष पाउँछ । यहाँ मर्नु पर्ने मानिसहरुले दशांश लिन्छन्, तर त्यहाँ उही एकजनाले, जसको बिषयमा व्यवस्थाले सँधै बाँचिरहने भन्ने पुष्टि गरेको छ । अब यसरी पनि भन्नसकिन्छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारै दशांश दिए । किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्ता तिनी ता आफ्नो पिताको शरीरमै थिए । अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो ता ( किनभने यसैको बेलामा मानिसहरुलाई व्यवस्था मिलेको हो ), हारुनको दर्जाबमोजिमनै कायम नभएर, फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खडा हुनालाई के जरुरत पथ्र्यो ? किनकि पूजाहारी पदको जरुरत हुँदा व्यवस्थाको पनि अदल—बदल हुँदा व्यवस्थाको पनि अदल—बदल हुने आवश्यकता हुन्छ । किनभने जसको बिषयमा यी कुराहरु भनिएका हुन्, उहाँ त अर्कै कुलको हुनुहुन्छ, जसबाट भएको कसैले पनि कहिल्यै बेदीको सेवा गरेका थिएनन् । किनभने यो प्रष्टै छ, कि हाम्रा प्रभु ता यहूदाको कुलबाट उदय हुनुभएको हो । जुन कुलको सम्वन्धमा मोशाले पूजाहारीहरुका बिषयमा केही पनि भनेका छैनन् । यदि मल्कीसेदेकजस्तै गरी अर्को पूजाहारी खडा हुने हो भनेता हामीले भनेको कुरा झन् बढता प्रष्टै हुन्छ । जो शारीरिक आज्ञाको व्यवस्थाबमोजिम होइन, तर अविनाशी जीवनको शक्तिअनुसार पूजाहारी बनिनुभएको हो । किनकि उहाँको बिषयमा यो गवाही दिइएको छ, ‘मल्कीसेदेकको दर्जाबमोजिम, तिमी सधँैभरिको निम्ति पूजाहारी हौ ।’ किनभने त्यो पहिलो चाँहि आज्ञा निर्बल र बेफायदाको भएको हुनाले खारिज भएको छ, ( किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन ) र त्यसको ठाउँमा त्यसभन्दा उत्तम आशा ल्याइएको छ, जसद्वारा हामी परमेश्वरको नजीक पुग्दछौं । औ यतिसम्म कि, यो चाँहि ता बिना शपथ होइन । – किनभने तिनीहरु ता साँच्चिनै बिना शपथ पूजाहारी भएका हुन् । तर उहाँ चाँहि उहाँको बिषयमा यसो भन्ने शपथ हो, ‘परमप्रभुले शपथ हाल्नुभयो, र आफ्नो मन बदल्नुहुने छैन तिमी सँधैभरिको निम्ति पूजाहारी हौ ।’ ) यतिलेनै पनि येशू उत्तम करारको जमानी बनिनुभयो । मृत्युले तिनीहरुलाई रहिरहन नदिएकोले साँच्चिनै धेरै संख्यामा पूजाहारी बनेका थिए, तर उहाँ चाँहि सँधैभरि रहिरहनुहुने भएको हुनाले उहाँको पूजाहारी पद अटल रहन्छ । यसैकारण पनि उहाँद्वारा परमेश्वरको नजीक आउनेहरुलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ । किनभने तिनीहरुका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सँधैभरि रहनुहुन्छ । किनभने यस्तै प्रधान पूजाहारी हाम्रा निम्ति उचित थियो, जो पवित्र, निष्कपट, निष्कलङ्क पापीहरुबाट अलग हुनुभएको, र स्वर्गहरुभन्दा उच्च बनिनुभएको छ । उहाँलाई, अरु पूजाहारीहरुलाई जस्तोगरी, पहिले आफ्नै निज पापका, अनि मानिसहरुका पापका निम्ति बलिदान दिनदिनै चढाइरहनु आवश्यक छैन । किनकि यो ता उहाँले आफैलाई अर्पण गर्नुहुँदा एकैचोटि गरी सक्नुभयो । किनभने व्यवस्थाले निर्बल मानिसहरुलाई प्रधान पूजाहारीहरु नियुक्त गर्छ, तर व्यवस्थाभन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्त गर्छ ।”
 
 
परमेश्वरले स्वर्गीय पूजाहारीपनको सेवाकाई गर्नुभयो
 
महान के हो, महापूजाहारी मल्किसेदेक वा
हारुनबाट शूरु भएको सांसारीक महापूजाहारी
महापूजाहारी मल्किसेदेक
 
पूरानो नियममा, मल्किसेदेक नामको एकजना महापूजाहारी थिए । अब्राहामको समयमा, चेदोरलामोर र राजाहरुले तिनीसगँ सम्झैता गरे अनि सदोम र गमोराको सबै असल—असल कुराहरु र खानेकुराहरु लिएर आफ्नो बाटो लागे । अब्राहामले आफ्ना तालिम प्राप्त नोकरहरुलाई हतियार बोकाए, एलामको राजा र अन्य राजाहरुले तिनीसगँ सम्झैता गरे अनि आफ्नो भतिजो लुत र आफ्ना बालबच्चालाई फर्काई ल्याए । अब्राहामले आफ्ना शत्रुहरुलाई परास्त गरेर फर्कि आएपछि, मल्किसेदेक, एलामको राजा र महान परमेश्वरको मल्किसेदेकले रोटी र दाखरस ल्याएर अब्राहामलाई आशिर्वाद दिए । अनि अब्राहामले तिनलाई आपूmसगँ भएको प्रत्येक कुराको दशांश चडाए ( उत्पत्ति १४ अध्याय ) ।
बाइबलमा, महापूजाहारी मल्किसेदेक र महापूजाहारीहरुको स्तरलाई सविस्तार रुपमा वर्णन गरिएको छ । महापूजाहारी मल्किसेदेक “शान्तिको राजा”, “धार्मिकताको राजा”, पिता बिहीन, माता बिहीन, बिना बशंजका थिए । न ता दिनको शुरुआत थियो, नता जीवनको अन्त, तर परमेश्वरको पुत्रझैं बनाइएका थियो तिनी लगातार रुपमा पूजाहारी बनिरहे ।
बाइबलले येशूको महानतालाई होशियारीसाथ स्वीकार्नु भनेको छ, जो मल्किसेदेकझैं महापूजाहारी थिए, जसलाई नयाँ नियमको येशूको पूजाहारीपन र पूरानो नियमको हारुनको महापूजाहारीपनसित तुलना गर्न सकिन्छ ।
लेवीको सन्तानहरु पूजाहारी बने र तिनीहरुको मानिसहरुबाट दशांश बटुले, जोहरु तिनीहरुको आफ्नो मानिस थिए । तथापि तिनीहरु अब्राहामका सन्तान थिए । तर जब अब्राहामले महापूजाहारी मल्किसेदेकलाई दशांश दिए, जुनबेला लेवी आफ्नो पिताको हड्डीमानै थिए ।
के पूरानो नियमका पूजाहारीहरु येशूभन्दा महान थिए ? यो कुरा बाइबलमा वर्णन गरिएको छ । के येशू सांसारीक महापूजाहारीभन्दा ठूलो थिए ? को कसबाट आशिषित हुनु पर्ने थियो ? हिब्रूको लेख कार्य यसबारेमा शूरुदेखिनै वर्णन गरिएको छ । “यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशिर्वाद पाउँछ ।” अब्राहाम महापूजाहारी मल्किसेदेकद्वारा आशिषित भएका थिए ।
हामीहरु हाम्रो विश्वासमा कसरी जिउनु ? के हामीहरुले पूरानो नियमको पवित्र बेदीमा चडाउने बलिको बिधिद्वारा परमेश्वरको आज्ञा पालन गर्ने, वा येशूमा रहने जो उहाँको पानी र आत्माको बलिद्वारा स्वर्गीय महापूजाहारी बनेर आउनुभयो ?
कुन कुरामा भरोसा गरेर हामीले छान्ने हो, हामीहरु आशिषित हुन चाहन्छौं वा श्रापित । के हामीहरु परमेश्वरको वचनअनुसार जिउँछौं अनि प्रत्येक दिन बलि चढाउँछौ वा येशूले आफैलाई हाम्रो निम्ति पानी र रगतद्वारा प्रदान गर्नुभएको मुक्तिमा विश्वास गर्ने कुरालाई छान्छौं ? हामीले यी दुईमध्ये एउटालाई रोप्नुपर्छ ।
पूरानो नियमको समयमा इस्राएलका मानिसहरुले हारुन र लेवीका कुललाई हेर्थे । नयाँ नियमको समयमा, महान को हो, येशू वा हारुनको वशंजअनुसारको पूजाहारी, तब बिना प्रश्न हामीहरु उत्तर दिन सक्छौं कि येशू महान हुनुहुन्छ । तर मानिसहरुले यो कुरालाई बुझे तापनि, केवल केही मानिसहरुलै मात्र यौ विश्वासलाई पक्ष्याउँछन् ।
बाइबलले यो प्रश्नको सही उत्तर दिदँछ । यसले यो भन्दछ कि येशू, जो भिन्न कुलबाट थिए जसको कुलले कहिले पनि बेदीमा काम गरेको थिएन, तिनैले स्वर्गीय पूजाहारीपनकौ काम गर्नुभयौ । “किनकि पूजाहारीपद बदलिदाँ व्यवस्था पनि बदलिनैपर्छ ।”
परमेश्वरले इस्राएलका मानिसहरुलाई आज्ञा र ६१३ वटा व्यवस्थाको सूची मोशाद्वारा दिनुभयो । मोशाले व्यवस्था र आज्ञाअनुसार जिउनु भनी मानिसहरुलाई भने, अनि मानिसहरु सो गर्न राजी भए ।
 
परमेश्वरले किन एउटा करारलाई फालिदिनु
भयो र अर्को करारको स्थापना गर्नुभयो ?
किनकि पहिलो करारअनुसार जिउनलाई
मानिसहरु अति कमजोर थिए ।
 
बाइबलको पाँच पुस्तकहरु, उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाअनुसार इस्राएलका मानिसहरुले परमेश्वरको आज्ञाअनुसार जिउने शपथ खाएका थिए । परमेश्वरले प्रत्येक आज्ञाको घोषणा गर्नुभयो अनि तिनीहरुले नहडबडाई प्रत्येक आज्ञा पालन गर्नेछौं भनी भने ।
तर व्यवस्थाबिबरनपछि येशूको समयदेखि तिनीहरु परमेश्वरको आज्ञाअनुसार कहिले पनि जिएनन् । अनि न्यायकर्तादेखि १ अनि २ राजाको पुस्तकहरुमा तिनीहरुले आफ्ना अगुवालाई नमानेको कुरा पाउँदछौं, अनि त्यसपछि प्रत्येक दशकमानै पवित्र बेदीको बलिको बिधिलाई परिवर्तन गर्दै लगेको कुरा हामीहरु देख्न पाउँछौं ।
अनि अन्तमा मलाकीको पुस्तकमा, परमेश्वरले निर्देशन दिएअनुसार खोटरहित बलि चडाउनु भनिएको नियम बिरुद्ध तिनीहरुले मेल नखाने बलि चडाए । तिनीहरुले पूजाहारीहरुलाई भने, ‘कृपया राम्ररी हुर्नुहोस् । कृपया यसलाई स्वीकार गर्नुहोस् ।” परमेश्वरको व्यवस्थाअनुसार बलि चडाउनुको सट्टा, तिनीहरुले स्वइच्छाले त्यसलाई परिवर्तन गर्दै लगे ।
इस्राएलका मानिसहरुले पूरानो नियमको समयमा एकैपल्ट पनि परमेश्वरको व्यवस्थालाई पूर्णरुपमा पालन गरेन । बिधिअनुसार दिइएको मुक्तिलाई तिनीहरुले बिर्सिदिए अनि तिरस्कार गरे । यसकारण परमेश्वरले बलिको बिधिलाई परिवर्तन गर्नुप¥यो । यर्मियाहमा परमेश्वरले भन्नुभयो, “म इस्राएलको घराना र यहूदाको घरानामा नयाँ करार निर्माण गर्नेछु ।”
यर्मियाह ३१ : ३१—३४ लाई हेरौं, “परमप्रभु भन्नुहुन्छ, ‘हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरुका पिता—पुर्खाहरुलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्याएको बेलामा तिनीहरुसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरुले भङ्ग गरे, यद्यपि म तिनीहरुका स्वामी थिएँ, परमप्रभु भन्नुहुन्छ । तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु,त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरुको अन्तस्करणमा हालिदिनेछु तिनीहरुको हृदयमा म त्यो लेखिदिनेछु । औ म तिनीहरुका परमेश्वर हुनेछु, तिनीहरु मेरा प्रजा हुनेछन् ।”
एउटा नयाँ करार निर्माण गर्नेछु भनी परमेश्वरले भन्नुभयो । उहाँले अघिबाटनै इस्राएलका मानिसहरुसित करार निर्माण गरी सक्नुभएको थियो, तर तिनीहरु परमेश्वरको वचनअनुसार जिउनु असफल बने । यसैकारण, उहाँले आफ्ना मानिसहरुसित मुक्तिको नयाँ करार निर्माण गर्ने निर्णय गर्नुभयो ।
तिनीहरुले परमेश्वरको अघि एउटा शपथ हालेका, “हामी केवल तपाईंलाई मात्रै पुज्नेछौं अनि तपाईंको वचन र आज्ञाअनुसार जिउनेछौं ।” परमेश्वरले तिनीहरुलाई भन्नुभएको थियो, “तिमीहरुले मेरो अघि कुनै देवी देवता नपुज्नु ।” अनि इस्राएलका मानिसहरुले भनेका थिए, “निश्चय, हामी कदापि अन्य देवी देवतालाई पुज्ने छैनौं । हाम्रो निम्ति केवल तपाईं मात्र परमेश्वर हुनुहुन्छ । हाम्रो निम्ति अन्य कुनै देवी देवता हुनेछैन ।” तर तिनीहरुले आफ्नो शपथ पूरा गर्न सकेन ।
व्यवस्थाको मुख्य केन्द्रविन्दु दश आज्ञा हो : “मेरो अघि तिमीहरुले अरु कुनै देवी देवता नपुज्नु । तिमीहरुको निम्ति कुनै प्रकारको खोपेको प्रतिमा नबनाउनु, तथा कुनै कुराको नक्सा बनाएर तिनीहरुको अघि ननिहुरनु नता सेवा नै गर्नु । बिश्राम दिनलाई पवित्र राख्ने कुरा याद गर्नु । तिमीहरुले तिमीहरुको परमेश्वरको नाम व्यर्थमा नलिनु । तिम्रो माता पितालाई आदर गर्नु । हत्या नगर्नु । व्यभिचार नगर्नु । चोरी नगर्नु । तिमीहरुको छिमेकीको बिरुद्धमा भूmटो गवाही नदिनु । तिम्रो छिमेकीको घरको कुनै पनि कुराको लालच नगर्नु ( प्रस्थान २० अध्याय ) ।
यसलाई ६१३ वटा अन्य नियमहरुमा पनि बाँटेको थियो जुन कुरा तिनीहरुले आफ्नो जीवनकालभरि पालन गर्नु पर्ने थियो । “छोरीहरुलाई के नगर्नु, छोराहरुलाई के नगर्नु, सानी आमालाई के नगर्नु ————।” परमेश्वरको व्यवस्थाले तिनीहरुलाई के असल कुराहरु मात्र गर्नु भनी भनिएको थियो अनि कुनै प्रकारको खराबी नगर्नु भनी भनिएको थियो । यी दश आज्ञा र ६१३ वटा नियमहरु हुन् ।
तर सबै मानवजातिमा, उहाँको नियमहरुमध्ये एउटै नियम पनि तिनीहरुले पालन गरेनन् । यसकारण तिनीहरुलाई तिनीहरुको पापबाट बचाउनको निम्ति परमेश्वरले अर्कै उपाय निकाल्नुभयो ।
पूजाहारीपन कहिले परिवर्तन भयो ? येशू यो संसारमा आएपछि पूजाहारीपन परिवर्तन भयो । येशूले हारुनको बशंको सबै पूजाहारीपनलाई आपूmमाथि लिनुभयो । उहाँले बेदीमा चडाउने बलिलाई हटाइदिनुभयो जो लेवीको कुलको पूजाहारीहरुलाई दिएको बशंगत अधिकार थियो । उहाँले मात्र स्वर्गीय महापूजाहारीपदको सेवा गर्नुभयो ।
उहाँ संसारमा, हारुनको कुलबाट आउनुभएन, तर यहूदाको कुलको राजपरिवारबाट, आउनुभयो । उहाँले बप्तिष्मा र क्रूसद्वारा आफैलाई बलि दिनुभयो अनि सबै मानवजातिलाई तिनीहरुको पापबाट बचाउनुभयो ।
आफैलाई बलि चडाएर, उहाँले हामीलाई पापको समस्या समाधान गर्न सम्भव बनाउनुभयो । उहाँले आफ्नो बप्तिष्मा र रगतद्वारा बलि चडाएर सबै मानवजातिको पापलाई धोइदिनुभयो । उहाँले पापको निम्ति सँधैको लागि अनन्तको बलिदान चढाउनुभयो ।
 
 
पूजाहारीपनको परिवर्तन सगँगँगै व्यवस्थालाई पनि परिणत
गर्नुभयो ।
 
मुक्तिको व्यवस्थाको
परिवर्तन के हो ?
येशू ख्रीष्टको एउटै मात्र
अनन्तको बलिदान
 
प्रिय मित्रहरु, पूरानो नियमको पूजाहारीपन नयाँ नियममा परिणत भएको थियो । पूरानो नियमको समयमा, हारुनको बशंमध्येबाट र लेवीको कुलबाटको महान पूजाहारीले सारा इस्राएलीहरुको बितेको बर्षको पापहरुको निम्ति प्रायश्चितको बलि चढाउँथे । महान पूजाहारी महापवित्रस्थानमा प्रवेश गर्थे । तिनी बलिको पशुको रगत लिएर अनुग्रहको बैठकमा जान्थे । केवल महापूजाहारी मात्र पर्दाभित्र जान पाउँथे, जुन चाँहि अतिनै पवित्र ठाउँ थियो ।
तर येशू आउनुभएपछि, हारुनको बशंको पूजाहारीपन उहाँमाथि सर्न गयो । येशूले अनन्तको पूजाहारीपनलाई लिनुभयो । अनि उहाँले आफैलाई बलि चढाएर अनन्तको पूजाहारीपनको सेवा गर्नुभयो ताकि सबै मानवजाति तिनीहरुको पापबाट बाँच्न सकोस् ।
पूरानो नियममा, महापूजाहारीले इस्राएलका सबै मानिसहरुको पापको बलि चढाउनअघि गोरुको शिरमाथि हात राखेर आफ्नै निम्ति पनि प्रायश्चित गर्नुपथ्र्यो । तिनले यसो भन्दै आफ्नो हात बलिको पशुमाथि राख्थे, “परमेश्वर, मैले पाप गरेको छु ।” त्यसपछि तिनले पशु मार्थे र त्यसको रगतलाई सातचोटि अनुग्रहको बैठकमा छर्की दिन्थे ।
यदि महापूजाहारी हारुन आफै सिद्ध बनेको छैन भने, अन्य मानिसहरु कसरी अशुद्ध थिए भन्ने कुरालाई तपाईं कल्पना गर्न सक्नुहुन्छ । लेवीको छोरा, महापूजाहारी हारुन आफै एउटा पापी थिए यसकारण उसले आफ्नै पाप र आफ्नो परिवारको पापको निम्ति गोरुलाई प्रायश्चितको निम्ति बलि चढाउँथे ।
यर्मियाह ३१ अध्यायमा परमप्रभुले भन्नुभयो, “म मेरो करार भङ्ग गर्नेछु । मैले तिमीहरुसित करार बाँधे तर तिमीहरुले पालन गरेनौं । यसकारण म करार गर्नेछु जसले तिमीहरुलाई शुद्ध पार्न सकेन र तिमहिरुलाई मुक्ति प्रदान गर्न सकेन ।
अब उसो मेरो आज्ञाले तिमीहरुलाई बचाउने छैन, बरु त्यसको सट्टामा पानी र आत्माको सुसमाचारले तिमीहरुलाई बचाउनेछ ।”
परमेश्वरले हामीलाई नयाँ करार दिनुभएको छ । जब समय आयो, येशू मानिसको स्वरुपमा यस संसारमा आउनुभयो, अनि विश्वास गर्नेहरुको निम्ति संसारको सबै पापहरु उठाइलैजानुभयो र हामीलाई बचाउनको निम्ति रगत बहाउनुभयो । उहाँले बप्तिष्माद्वारा सबै मानवजातिको पापहरुलाई उठाइलैजानुभयो ।
परमेश्वरको व्यवस्था भङ्ग गरियो र बदली गरियो । यदि इस्राएलका मानिसहरु परमेश्वरको व्यवस्थाअनुसार जिएको भए तिनीहरु बाँच्ने थिए, तर तिनीहरुले त्यो काम गर्न सकेन । “यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको सामने धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारानै पापको ज्ञान हुन्छ ” ( रोमी ३ : २० ) ।
इस्राएलीहरु पापी थिए अनि व्यवस्थाले तिनीहरुलाई बचाउन सकेन भन्ने कुरा तिनीहरुले थाहा गरोस् भनी परमेश्वरले बताउन चाहनु हुन्थ्यो । उहाँले तिनीहरुलाई पानी र आत्माको मुक्तिको व्यवस्थाद्वारा बचाउनुभयो, कामबाट होइन । उहाँको असिमित प्रेममा, परमेश्वरले हामीलाई नयाँ करार दिनुभयो अनि येशूको बप्तिष्मा र रगतद्वारा हामीहरु संसारको सबै पापहरुदेखि बाँच्न सक्यौं ।
यदि हामीले येशूको बप्तिष्मा र रगतको अर्थ नबुझी येशूमा विश्वास ग¥यौं भने, तपाईंको सबै विश्वास व्यर्थ हुनेछ । जब तपाईं त्यसो गर्नुहुन्छ, तपाईंको अवस्था येशूलाई विश्वास गर्नभन्दा अघिको अवस्थाभन्दा गाह्रो हुनेछ ।
परमेश्वरले भन्नुभयो, मानवजातिलाई तिनीहरुको पापबाट बचाउन नयाँ करार खडा गर्नेछु । परिणामत्, अब हामीहरु बचाइएकाछौं र त्यो चाँहि कामबाट होइन, तर पानी र आत्माद्वारा मुक्तिको धार्मिक व्यवस्थाबाट ।
जसले येशूमा विश्वास गर्छ उहाँले उहाँको प्रतिज्ञा पूरा गर्न प्रतिज्ञा गर्नुभएको छ । अनि उहाँले हामीलाई येशूको महानताको बारेमा बताउनुभएको छ । उहाँ पूरानो नियमको हारुनलाई दिएको पूजाहारीपनभन्दा कति महान हुनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई बताउनुभएको छ ।
हामीहरुले येशूको पानी र आत्माबाटको मुक्तिमा विश्वास गरेको कारण बिशेष व्यक्तिहरु ठहरिन गएकाछौं । यस बिषयमा बिचार गर्नुहोस् । तपाईंको पाष्टर जतिकै दक्ष र प्रवक्ता किन नहोस्, उ परमेश्वरभन्दा महान कसरी बन्न सब्छ र ? कुनै उपाय छैन । हामीहरु केवल पानी र आत्माको सुसमाचारद्वारा बाँच्न सक्छौ, केवल परमेश्वरको आज्ञा पालन गरेर मात्र होइन । किनभने पूजाहारीपन बदली भएको छ, मुक्तिको व्यवस्था पनि बदलेको छ ।
 
 
परमेश्वरको प्रेमको महानता
 
कुन चाँहि महान छ, परमेश्वरको प्रेम
कि परमेश्वरको व्यवस्था ?
परमेश्वरको प्रेम
 
जब हामीहरु परमेश्वरमा विश्वास गर्छौं तब मात्र बाच्ँछौं । परमेश्वरले हामीलाई कसरी बचाउनुभयो भन्ने कुरा जानेर मात्र, हामीप्रति परमेश्वरको प्रेम कति महान रहेछ भन्ने कुरा जान्नसक्छौं । तब आज्ञामा हाम्रो विश्वास र परमेश्वरको प्रेमको महानता हाम्रो विश्वास बीच के भिन्नता छ ?
नैतिकवादले परमेश्वरको वचनलाई भन्दा आफै सम्प्रदायको सिद्धान्त र व्यक्तिगत अनुभवलाई बढी महत्व दिन्छन् । जबकि येशूमा भएको आत्मिक विश्वास चाँहि पानी र आत्माद्वारा पूरा गरिएको मुक्तिको महानतामा विश्वास गर्नु हो ।
आज पनि धेरै मानिसहरुले केवल बशंगत पापहरु मात्र क्षमा गरिएको छ भनी भन्ने गर्छन्, त्यसैले तिनीहरुले प्रत्येक दिन तिनीहरुको दैनिक पापको प्रायश्चित गर्छन् । धेरै मानिसहरुले यस कुरामा विश्वास गर्छन् र पूरानो नियमको आज्ञाअनुसार तिनीहरुको जीवन जिउने प्रयास गर्छन् । तिनीहरु येशूको मुक्तिको महानताप्रति अझै अनभिज्ञ छन् जो चाँहि पानी र आत्माबाट आए ।
पूरानो नियममा, इस्राएलका मानसिहरु तिनीहरुको पापबाट बाँच्नको निम्ति परमेश्वरको व्यवस्थाअनुसार जिउनुपथ्र्यो । किनभने परमेश्वरले हाम्रो कमजोरी र अशुद्धपनलाई जान्नुहुन्छ, यसैले उहाँको आज्ञाहरु भङ्ग गर्नुभयो । हामीहरु कदापि हाम्रो कामहरुद्वारा बचाइन सक्तैनौं । येशूले भन्नुभयो कि उहाँले हामीलाई पानी र आत्माको सुसमाचारद्वारा बचाउनुभयो । उहाँले भन्नुभयो, “म आफै तिमीहरुलाई तिमीहरुको सारा पापहरुबाट बचाउनेछु ।”
उत्पत्तिको किताबमा नै परमेश्वरले यो कुराको भविष्यवाणी गर्नुभएको छ ।
“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ” ( उत्पत्ति ३ : १५ ) । आदम र हवाले पाप गरेर पतन भएपछि, तिनीहरु परमेश्वरको अघि आफ्नो पापहरु ढाग्नको निम्ति नेभाराको पातहरु गाँसेर लुगा तयार गरे । तर परमेश्वरले तिनीहरुलाई बोलाउनुभयो र मुक्तिको चिन्हको रुपमा छालाको लुगा बनाइदिनुभयो । उत्पत्तिले दुई प्रकारको मुक्तिको वस्त्रको वर्णन गरेको छ । एउटा नेभाराको पातबाट तयार पारिएको वस्त्र अनि अर्को चाँहि छालाद्वारा तयार पारिएको वस्त्र । कुन चाँहि एकभन्दा अर्को उत्तम छ ? निश्चय छालाको वस्त्र चाँहि उत्तम छ किनकि पशुको जीवन मानिसलाई सुरक्षा प्रदान गर्नको निम्ति चढाइएको थियो ।
नेभाराको पातको वस्त्र चाँडै फाडछ । जबकि तपाईं जान्नुहुन्छ कि नेभाराको पात पाँच औंलाले बनेको हात जस्तो हुन्छ । यसकारण नेभाराको पातको वस्त्र चाँहि कसैको पातलाई असल कामको पछाडि लुकाउनु बुझिन्छ । यदि तपाईंले नेभाराको पातको वस्त्र धारण गरेर बस्नुभयो भने त्यो पात तत्कालै टुक्रा टुक्रा बन्नेछ । जब म बालक थिएँ, सिपाही बनेर खेल्नको निम्ति मैले अरारुट पातहरुबाट हतियार बनाउने गर्थें । मैले जतिकै राम्रो गरेर तयार गरेको भए पनि, त्यसै दिन त्यो हतियार टुक्रा—टुक्रा भएर जान्थ्यो । यसकारण मानिसको क्षणभुङ्गर शरीरबाट शुद्धिकरण प्राप्त गर्नु असम्भव छ ।
तर परमेश्वरको प्रेमको महानताको साक्षी दिन पानी र रगतको मुक्ति, येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युले मानिसलाई उसलाई चाहिएको भन्दा बढता गरेर बचाउँछ भन्ने कुराले दिन्छ । त्यसरी परमेश्वरको व्यवस्थाभन्दा परमेश्वरको प्रेम महान छ ।
 
 
जसहरुको विश्वास अझै पनि परमेश्वरको व्यवस्थामा छ
 
किन नैतिकवादीहरुले प्रत्येक दिन तिनीहरुको
कामद्वारा नयाँ वस्त्र तयार गर्छन् ?
किनभने तिनीहरुको कामले तिनीहरुलाई धर्मी
ठहराउँछ भन्ने कुरा तिनीहरुलाई थाहा छैन ।
 
जसले आफ्नो वस्त्र नेभाराको पातद्वारा बनाइरहेकाछन् तिनीहरु नैतिकताको जीवन जिइरहेकाछन् । यी गलत प्रकारले नेत्रृत्व गरिएका विश्वासीहरुले दैनिक रुपमा तिनीहरुको वस्त्र फेर्नुपर्छ । “प्यारो परमेश्वर, गएको हप्ताह मैले धेरै पाप गरेको छु । तर प्रभु, म विश्वास गर्छु कि तपाईंले मलाई क्रूसद्वारा बचाउनुभएको छ । प्रभु, दया गरी क्रूसको रगतद्वारा मेरो सबै पापहरुलाई धोइदिनुहोस् !” त्यसपछि त्यही नै तिनीहरुको नयाँ वस्त्र सिलाउने काम गर्छन् । “ओ, प्रभुको स्तुति होस् ! हल्लेलुयाह !”
तर तत्कालै तिनीहरुले घरमा पुगेर अर्को वस्त्र तयार गर्नुपर्ने हुन्छ । किन ? किनकि तिनीहरुको पुरानो वस्त्र फाटिसकेको छ । “प्यारो परमप्रभु, मैले गएको तीन दिनमा फेरि पाप गरें । कृपया मलाई क्षमा गरिदिनुहोस् ।” तिनीहरुले घरिघरि प्रायश्चितको नयाँ वस्त्र तयार पार्छन् र फटाउँछन् ।
शुरुमा, त्यसरी तयार पारिएको वस्त्र धेरै दिनसम्म खप्थे तर केही समयपछि, तिनीहरुलाई प्रत्येक दिन नै नयाँ वस्त्र तयार पार्नु पर्ने आवश्यकता भयो । जसरी तिनीहरु परमेश्वरको व्यवस्थाअनुसार कहिले पनि जिउन सकेन, तिनीहरु आफै शर्मिन्दा हुनुप¥यो । “ओ, यो अतिनै व्याकुल पार्ने खालको छ । प्रभु, हे प्रभु, मैले पाप गरेको छु !” अनि तिनीहरुले फेरि पनि प्रायश्चितको नयाँ वस्त्र तयार पार्नु पर्ने हुन्छ । “हे प्रभु आज नेभाराको पातको नयाँ वस्त्र तयार पार्नु अति नै गाह्रो भयो ।” तिनीहरुले नयाँ वस्त्र तयार पार्न अतिनै गाह्रो अवस्थाको सामना गर्नुपर्छ ।
जँही कँही याी मानिसहरुले प्रभुलाई पुकार्छन्, तिनीहरुले आफ्नो पापको प्रायश्चित गर्छन् । तिनीहरुले आफ्नो ओँठै टोक्छन् र परमेश्वरलाई पुकार्छन्, “परमेश्वर ——— !” अनि प्रत्येक दिन नयाँ वस्त्र तयार पार्ने काम गरिरहन्छ । अनि जब तिनीहरु थाक्छन् तब के हुन्छ त ?
सालमा एक वा दुईचोटि पहाडको चुचुरामा जान्छन् र प्रभुलाई पुर्काछन् र उपवास बस्छन् । तिनीहरुले अझ अरु बलियो वस्त्र बनाउने प्रयास गर्छन् । “प्रभु, कृपया मेरो पापहरु धोइदिनुहोस् । कृपया मलाई नयाँ बनाउनुहोस् । प्रभु, म तपाईंमा विश्वास गर्छु ।” रातमा प्रार्थना गर्नु अझ राम्रो हुन्छ भनी तिनीहरु ठान्छन् । यसकारण, तिनीहरु दिउँसो आराम गर्छन् अनि जसै रात पर्छ तिनीहरु आफ्नो शक्तिको साथमा रुखमा झुण्डिन्छन्, वा अन्ध्यारो कोठामा गएर परमेश्वरलाई पुकार्छन् । “प्रभु, म विश्वास गर्छु ।” म पश्चाताप गर्छु । अनि मेरो हृदय पश्चातापको मनले भरेको छ । तिनीहरु जोरसित प्रार्थना गर्छन् र ‘म विश्वास गर्छु ’ भन्दै कराउँछन् । यसरी तिनीहरुले बिशेष प्रकारको वस्त्र तयार गर्छन्, जुन वस्त्र चाँहि धेरै दिनसम्म खपोस् भन्ने तिनीहरु चाहन्छन्, तर त्यस्तो हुँदैन ।
ओ, पहाडको चुचुराको प्रार्थनाबाट और्ली आएपछि कतिको बलियो महसुस गरिन्छ ! ताजापन ल्याउने बतास जस्तो, तथा बसन्त ऋतुको बर्षा जस्तो जो रुख र पूmलहरुमाथि सिमसिम गरेर बर्षन्छन्, तिनीहरुको आत्मा सर्वशक्तिमानको परमेश्वरको शान्ति र अनुग्रहले भरिएको हुन्छ । पहाडको आत्माको भन्दा पनि शुद्ध, तिनीहरुले संसारले बिशेष प्रकारले वस्त्र धारण गरेको जस्तो अनुभुति र छुवाई पाउँछन् ।
तर जसै तिनीहरु घर वा मण्डलीमा पुग्छन्, अनि जीवन जिउन शुरु गर्छन्, त्यो वस्त्र फोहोर बन्दै जान्छ र फाटन थाल्छ ।
तिनीहरुको साथीहरुले सोध्छन्, “तपाईं कहाँ हुनुहुन्थ्यो ?”
“अँ, म केही समयको लागि बाहिर गएको थिएँ ।”
“तपाईंको केही ओजन घटे जस्तो देखिन्छ ?”
“अँ, हो त, तर त्यसको अर्कै कथा छ ।”
तिनीहरुले उपवास बसेको कुरा कहिले पनि बताउँदैन, तिनीहरु केवल मण्डलीमा जान्छन् र प्रार्थना गर्छन् । “म कुनै पनि स्त्रीको पछि लाग्दिन । म कदापि भूmट बोल्दिन । म मेरो छिमेकीको घरमा भएको कुनै पनि कुराको लालज गदिर्न । म सबै मानिसहरुलाई प्रेम गर्छु ।”
तर जसै तिनीहरुले सुन्दर स्त्रीलाई जसको छरितो खुट्टाहरु छन्, तिनीहरुको हृदयको पवित्रता तत्कालै शुद्ध अभिलाषामा परिणत हुन्छ । “हेर, त्यसको जामा कति छोंटो छ ! जामा छोंटो, छोंटो हुँदै गइरहेको छ ! मैले ती खुट्टाहरु फेरि देख्न पाएँ ! उफ होइन, होइन, प्रभु ! मैले फेरि पाप गरें ।
नैतिकवादीहरु धार्मिक देखिन्छ, तर तपाईंलाई ज्ञात होस् कि तिनीहरुले फेरि पनि प्रत्येक दिन नयाँ वस्त्र तयार गर्नुपर्छ । नैतिकवादीहरुको विश्वास नेभाराको पातको वस्त्रमा हुन्छ, जुन चाँहि गलत विश्वास हो । परमेश्वरको व्यवस्थाअनुसार धेरै मानिसहरु धार्मिक जीवन जिउने कठीन प्रयास गर्छन् । तिनीहरु पहाडको चुचुरामा फोक्सोबाट लामो लामो श्वास तान्छन्, ताकि तिनीहरुको आवाज एकदमै धार्मिक प्रकारले सुनाइमा आउन सकोस् ।
नैतिकवादीहरुले जब मण्डलीमा प्रार्थना सभा सञ्चालन गर्छन् तब प्रभावकारी शरीरको गठन बनाउँछन् । “स्वर्गमा हुनुहुने पवित्र पिता ! हामीले गएको हप्ता पाप ग¥यौ । कृपया हामीलाई माफ गरीदिनुहोस् ———— ।” तिनीहरुले आशुँ बहाउँछन् अनि बाँकी मानिसहरुलाई एकदमै रमाइलो लाग्छ । तिनीहरु आफै सोच्ँछन्, “उसले पहाडी प्रार्थना र उपवासमा धेरै समय बिताएको थियो । उ एकदमै धर्मी र विश्वासी देखिन्थ्यो ।” तर उसको विश्वास नैतिकवादी छ, प्रार्थना सिद्धाउनअघि, उसको हृदय घमण्ड र पापले भरिएको हुन्छ ।
जब मानिसहरुले नेभाराको पातहरुले बिशेष प्रकारको नयाँ वस्त्र तयार पार्छन्, ती वस्त्रहरु दुई वा तीन महिना खप्न सक्छन् । तर चाँडै वा ढिलो, ती वस्त्रहरु भूmत्रो हुन पुग्छन् । अनि तिनीहरुले नयाँ वस्त्र तयार पार्नु पर्ने हुन्छ अनि ढोङ्गी जीवनलाई ढाग्ने काम गर्छन् । यो नैतिकवादीहरुको जीवन हो जोहरु बचाइनको निम्ति व्यवस्थाको जीवन जिउने प्रयास गर्छन् । तिनीहरुले लगातार नेभाराको पातहरुको नयाँ वस्त्र तयार पार्छन् ।
नैतिकवाद नेभाराको पातमा विश्वास गर्नेहरु हुन् । नैतिकवादहरुले तपाईंलाई भन्छन्, “तिमीहरुले गएको हप्ताभरि पाप ग¥यौं, हो कि होइन ? त्यसो हो भने पशचाताप गर ।”
तिनीहरुले तपाईंको अघि यसो भन्दै जोरसित कराउँछन् : “पश्चाताप गर ! प्रार्थना गर ! ”
नैतिकवादीहरुले तिनीहरुको आवाजलाई कसरी पवित्र बनाउनु सो जानेका हुन्छन् ।
“प्रभु, म दु : खी छु । म व्यवस्थाअनुसार जिएको छुइन । मैले तपाईंको आज्ञा पालन गरिन । मलाई माफ गरिदिनुहोस् प्रभु, कृपया एकचोटि क्षमा गरिदिनुहोस् ।” तिनीहरुले जति नै प्रयास गरे पनि त्यसप्रकारको व्यवस्थाको जीवन जिउन सक्तैनन् । वास्तवमा तिनीहरुले परमेश्वरको व्यवस्था र परमेश्वर आफैलाई चुनौती दिइरहेका हुन्छन् । तिनीहरु परमेश्वरको अघि घमण्डी छन् ।
 
 
चुडाल बे जस्तो
 
परमेश्वरले व्यवस्थालाई किन
हटाउनुभयो ?
किनकि यो हामीलाई पापबाट बचाउने
काममा प्रयाग गरिने खालको थिएन ।
 
एक समयमा एकजना चुडाल बे नाम भएको व्यक्ति थियो । सन् १९५० को कोरियाली युद्धको समयमा कम्यूनिष्ट सेनाहरु आएर उसको बलियो धार्मिक विश्वासलाई मेटाएर कम्यूनिष्ट बनाउनको निम्ति बिश्रामबारको दिनमा बरण्डा सफा गर्न लगाए । तर यो धार्मिक मानिसले तिनीहरुको हुकुम पालन गर्न अस्वीकार गरिदिए । तिनीहरुले कर गरिरहे, तर फेरि पनि जवान मान्छेले सो गर्न इन्कार गरे ।
अन्तमा, ती सेनाहरुले उसलाई एउटा रुखमा बाँधे र उसको अनुहारमा बन्दुक तेर्साइदिए अनि प्रश्न गरे, “तिमी के चाहन्छौ, बरण्डा सफा गर्न चाहन्छौ वा मर्न चाहन्छौ ?”
जब उसलाई निर्णय दिन कर लगाइरहे, तब उसले भन्यो, “म बरु पवित्र बिश्रामबारको दिन काम नगरेरनै मर्छु ।”
“तिमीले तिम्रो निर्णय ग¥यौ, अनि हामीहरु तिमीलाई करमा पारेकोमा खुशी हुनेछौं ।
अनि तिनीहरुले उसलाई गोली हानेर मारिदिए । मण्डलीका अगुवाहरुले तिनले गरेको मरण अवस्थासम्मको अवर्णनिय धार्मिक विश्वासको निम्ति डिकन घोषणा गरिदिए ।
तर तिनको धार्मिक विश्वास गलत प्रकारले नेत्रृत्व गरिएको थियो । तिनले किन वरण्डा सफा गरेन र सेनाहरुलाई सुसमाचार प्रचार गरेन ? उ किन त्यति धेरै ढीट बनेर त्यस कार्यको निम्ति मुर्न प¥यो ? के उसले बिश्रामको दिनमा काम नगरेकोमा परमेश्वरले प्रशंसा गर्नुहुन्छ ? हुन्न ।
हामीले आत्मिक जीवनको नेत्रृत्व गर्नुपर्छ । हाम्रो काममा होइन तर परमेश्वरको उपस्थितिमा हुनु पर्ने हम्रो विश्वासको महत्वमा हुनुपर्छ । मण्डलीका अगुवाहरुले चुडाल बे जस्तो मानिसको नाममा खुशीयाली मनाउन चाहन्छन् किनभने तिनीहरुले तिनीहरुको आफ्नै सम्प्रदायको महानता र परम्परावादलाई देखाउन चाहन्छन् । यो ढोङ्गी फरिसीहरु जस्तो हो जसले येशूलाई चुनौती दिए ।
हामीले नैतिकवादीहरुबाट केही पनि सिक्नु छैन । हामीले आत्मिक विश्वासबाट सिक्नुपर्छ । येशूले किन बप्तिष्मा लिए अनि क्रूसमा रगत बहाए भन्ने कुरालाई मनन गर्नु आवश्यक छ, अनि पानी र आत्माको सुसमाचारको स्वभावलाई छानबिन गर्नुपर्छ ।
सबैभन्दा पहिला हामीले ती प्रश्नहरुको उत्तर पाउने कोसिस गर्नुपर्छ अनि संसारको सबै मानिसहरुकहाँ सुसमाचार फैलाउनुपर्छ, ताकि तिनीहरुले नयाँ जन्म प्राप्त गरुन । हामीले हाम्रो जीवनलाई आत्मिक कामको निम्ति समर्पण गर्नुपर्छ ।
यदि एउटा प्रचारकले तपाईंलाई “तिमी यो चुडाल बे जस्तो हौ, विश्रामबारलाई पवित्र राख ” भनी भन्छ भने, उसले तपाईंलाई केवल आइतबारको दिन मात्र मण्डली आऊ भनी भन्छ ।
यहाँ अर्को एउटा कथा छ । एकजना स्त्री थिइ जसलाई प्रत्येक आइतबार मण्डली जानेबेलामा बिभिन्न प्रकारको परीक्षाहरु आउँथ्यो । उसको सासु—ससुराहरु ईसाई थिएनन्, तिनीहरुले उसलाई मण्डलीमा जान नदिनको निम्ति बिभिन्न प्रकारको लाञ्छनाहरु लगाउँथे । तिनीहरुले उसलाई प्रत्येक आइतबार काम गर्न कर गर्थे । तर उ चाँहि शनिबार नै खेतमा गएर आधा रातीसम्म जुनको उज्यालोमा काम गर्थिन् ताकि उसलाई आइतबारको दिन मण्डली जानमा परिवारले छुट देओस् ।
निश्चय, मण्डली आवश्यक छ, तर के हामीले हामीहरु कतिको विश्वासी छौं भन्ने कुरा देखाउनको निम्ति मात्र आइतबारको दिन मण्डली जानु काफी छ र ? साँचो विश्वासी चाँहि जो साँचो रुपमा पानी र आत्माले जन्मेको छ त्यही व्यक्ति हो । जब कोही साँचो रुपमा नयाँ गरी जन्मेको छ तब साँचो विश्वासको शुरुआत हुन्छ ।
के तपाईं परमेश्वरको व्यवस्थामा जीवन जिएर तपाईंको पापहरुबाट बाच्ँन सक्नुहुन्छ ? सक्नुहुन्न । व्यवस्थालाई तिरस्कार गर्नुहोस् भनेर मैले भन्न खोजेको होइन, तर हामी सबैलाई थाहा छ कि मानव शरीरमा सबै व्यवस्था पालन गर्नु असम्भव छ ।
याकूब २ : १० ले भन्दछ, “किनभने जोसुकैले पनि व्यवस्थाको सबै वचन पालन गरेर एक कुरामा मात्र पनि चुक्यो भने, त्यो सब कुरामा दोषी ठहर्छ ।” यसकारण सबैभन्दा पहिला पानी र आत्माले सुसमाचारले कसरी नयाँ गरी जन्मन सक्छ भन्ने कुरालाई विचार गर । त्यसपछि, मण्डलीमा जाऊ जहाँ तपाईंले सुसमाचार सुन्न सक्नुहुन्छ । तपाईं नयाँ गरी जन्मेपछि विश्वासयेग्य जीवनको नेत्रृत्व गर्न सक्नुहुन्छ । तब, जुन बेला परमेश्वरले तपाईंलाई बोलाउनुहुन्छ खुशीसाथ उहाँको सन्मुखमा जान सक्नुहुन्छ ।
भूmटा मण्डलीमा गएर तपाईंको समय खेर नफाल्नुहोस्, गलत प्रकारले नेत्रृत्वमा तपाईंको पैसा खर्च नगर्नुहोस् । भूmटा प्रचारकले तपाईंलाई नरक जानदेखि रोक्न सक्तैन । सबैभन्दा पहिला पानी र आत्माको सुसमाचार सुन्नुहोस् अनि नयाँ गरी जन्मनुहोस् ।
येशू यो संसारमा आउनुभएको कारणलाई बिचार गर्नुहोस् । यदि हामीहरु व्यवस्थाअनुसार स्वर्ग जान सक्छौं भने, उहाँ यो संसारमा आउनु पर्ने थिएन । उहाँ आउनु भएपछि पूजाहारीपन परिवर्तन भयो । नैतिकवाद विगतको कल्पना मात्रै हो । हामीहरु बाच्ँनभन्दा पहिले हामीलाई बाँच्नको निम्ति व्यवस्थाअनुसार जिउनु पथ्र्यो । तर यो साँचो विश्वासको चिन्हको रुपमा रहेन ।
येशूले हामीलाई उहाँको प्रेम, उहाँको बप्तिष्माको पानी, उहाँको रगत र आत्माले संसारको सबै पापहरुबाट बचाउनुभयो । उहाँले यर्दन नदीको उहाँको बप्तिष्मा, उहाँको क्रूसको रगत र उहाँको पुनरुत्थानद्वारा हाम्रो मुक्तिलाई पूरा गर्नुभयो ।
परमेश्वरले पहिलेको नियमलाई हटाइदिनुभयो किनकि तिनीहरु कमजोर र काम नलाग्ने थियो । “किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन र त्यसको ठाउँमा त्यसभन्दा उत्तम आशा ल्याइएको छ, जसद्वारा हामी परमेश्वरको नजीक पुग्दछौं । औ यतिसम्म कि, यो चाहिँ ता बिना शपथ होइन ” ( हिब्रू ७ : १९, २० ) । परमेश्वरले एउटा शपथ खानुभयो अनि उहाँको बप्तिष्मा र रगतद्वारा हामीलाई हाम्रा सबै पापहरुबाट बचाउनुभयो । नैतिकवादको बलिदान फलरहित मृत्यु हो, अनि उउटै मात्र साँचो विश्वास चाँहि पानी र आत्माको सुसमाचारमा विश्वास गर्नु हो ।
हामीमा फलदायक विश्वास हुनुपर्छ । तपाईंको आत्माको निम्ति कुन चाँहि असल हो ? के निरन्तररुपमा मण्डली जानु र व्यवस्थाअनुसार जिउनु, वा परमेश्वरको मण्डलीमा जानु जहाँ पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचार प्रचार गरिन्छ त्यहाँ जानु उत्तम हो, ताकि तपाईं नयाँ गरी जन्मोस् ? तपाईको आत्माको निम्ति कुन मण्डली र प्रचारक एकदमै फायदाजनक छ ? यस विषयमा बिचार गर्नुहोस् अनि तपाईंको आत्माको निम्ति कुन ठीक हुन्छ त्यसलाई रोज्नुहोस् ।
परमेश्वरले तपाईंलाई एकजना प्रचारकद्धारा बचाउनुहुन्छ जससित पानी र आत्माको सुसमाचारको वचन छ । प्रत्येकले आफै आफ्नो आत्माको जिम्मेवारी लिनुपर्छ । एउटा साँचो बुद्धिमानी विश्वासी त्यही हो जसले आफ्नो आत्मा साँचो परमेश्वरको वचनमा समर्पण गर्छ ।
 
 
येशू एउटा शपथद्वारा पूजाहारी बन्नुभयो
 
के शपथअनुसार लेवीको कुलको मान्छेलाई
पूजाहारी बनाउनुभयो ?
होइन । शपथद्वारा केवल येशूलाई पूजाहारी
बनाउनुभयो ।
 
हिब्रू ७ : २०, २१ ले भन्दछ, “औ यतिसम्म कि, यो चाहिँ ता बिना शपथ होइन । किनभने तिनीहरु ता साँच्चिनै बिना शपथ पूजाहारी भएका हुन् । तर उहाँ चाहिँ उहाँको बिषयमा यसो भन्ने शपथ हो, ‘परमप्रभुले शपथ हाल्नुभयो, र आफ्नो मन बदल्नुहुने छैन तिमी सधैंभरिको निम्ति पूजाहारी हौ ।’” परमप्रभुले एउटा करार बनाउनुभयो । उहाँले हामीहरुसँगै एउटा करार बाध्ँनुभयो र यसलाई आफ्नो वचनद्वारा देखाउनुभयो । “म मल्किसेदेकको रुपमा एकजना अनन्तको महान पूजाहारी बन्नेछु । मल्किसेदेक धार्मिकताको राजा शान्तिको राजा र सँधैको महापूजाहारी हुनुहुन्छ । म तिम्रो मुक्तिको निम्ति मल्किसेदेकको रुपमा अनन्तको महापूजाहारी बन्नेछु ।
येशू यो संसारमा आउनुभयो अनि उत्तम करारको पक्का व्यक्तित्व ठहरिनुभयो ( हिब्रू ७ : २२ ) । गोरु र बोकाको सट्टा हाम्रो पापहरु धुनको निम्ति बप्तिष्मा लिनुभयो र क्रूसमा रगत बहाएर आफैलाई बलि दिनुभयो ।
पूरानो नियमको समयमा, जब महापूजाहारी मथ्र्यो, तब उसको छोरा जसको उमेर ३० बर्ष पुगेको छ पूजाहारीपदको भार सम्हाल्थ्यो । जब महापूजाहारी बृद्ध हुन्थ्यो तब उसको ३० बर्ष पुगेको छोरालाई आफ्नो महापूजाहारी पद सुम्पिदिन्थ्यो ।
महापूजाहारीको थुप्रै सन्तान हुन्थे । यसकारण दाऊदले एउटा नियम बसालिदिएका थिए र त्यसै नियमअनुसार बारी बारी गरेर आफ्नो पालो पर्खन्थे । जब कि हारुनको सबै सन्तानलाई पूजाहारीको रुपमा नियुक्त गरिन्थ्यो, तिनीहरुलाई पूजाहारीपदको काम गर्न अधिकार दिइन्थ्यो अनि बाध्य बनाइन्थ्यो । लुकाले भन्दछ, “जकरियाको अविजाहको बशंज । यसरी यो हुन आयो, यसरी तिनले आफ्नो अधिकारअनुसार परमेश्वरको अघि पूजाहारीको रुपमा सेवा गरे ।”
येशू यो संसारमा आउनुभयो अनि सँधैको निम्ति महापूजाहारीको सेवा गर्नुभयो । उहाँ हुन आउने असल कुराको पूजाहारी बनेर आउनुभयो । उहाँले पानी र आत्माले नयाँ गरी जन्मने मुक्तिको काम पूरा गर्नुभयो ।
हारुनको सन्तान कमजोर र अपूर्ण थियो । जब महापूजाहारी मर्छ तब के हुन्छ ? उसको छोराले महापूजाहारीको जिम्मेवारी सम्हाल्छ, तर यस प्रकारको बलिदान मानवजातिको पापको निम्ति कदापि पर्याप्त हुनसक्तैनथ्यो । मानिसमा भएको विश्वास कहिले पनि पूर्ण हुँदैन । नयाँ नियमको समयमा, येशू यो संसारमा आउनुभयो । तर उहाँले निरन्तर रुपमा बलि चडाइरहन आवश्यक थिएन, किनभने उहाँ सँधैभरि रहिरहनुहुन्छ । उहाँले उहाँको बप्तिष्माद्वारा सँधैको निम्ति हाम्रा पापहरुलाई उठाइलैजानुभयो । उहाँले आफैलाई सुम्पिदिनुभयो अनि उहाँमा विश्वास गर्नेहरुलाई तिनीहरुको पापबाट पूर्णरुपमा स्वतन्त्र गराउन क्रूसमा बलिदान दिनुभयो ।
अहिले, उहाँ जिवीत हुनुहुन्छ अनि हाम्रो निम्ति गवाही दिन उहाँ परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ । “प्यारो पिता, तिनीहरु अझैं पनि अपूर्ण छन्, तर तिनीहरुले मलाई विश्वास गरेकाछन् । के मैले धेरै समय पहिले तिनीहरुको पापहरु उठाइ लगिन र ?” येशू हाम्रो पापको निम्ति अनन्तको महापूजाहारी हुनुहुन्छ ।
सांसारीक पूजाहारी कहिले पनि पूर्ण थिएन । जब तिनीहरु मरे, तिनीहरुको छोराहरुले महापूजाहारीको भार सम्हाले । हाम्रा प्रभु सँधैभरि रहिरहनुहुन्छ । उहाँले यो संसारमा आएर, बप्तिष्मा दिने यूहन्नाद्वारा बप्तिष्मा लिनुभयो, अनि हाम्रो सबै पापहरुको निम्ति क्रूसबाट रगत बहाएर हाम्रो निम्ति अनन्तको मुक्तिको काम पूरा गर्नुभयो ।
“अब जहाँ तिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन” ( हिब्रू १० : १८ ) । येशूले अन्तिम समयसम्म हाम्रो निम्ति गवाही दिनुहुन्छ । के तपाई पानी र आत्माले नयाँ गरी जन्मनु भयो ?
“किनभने यस्तै प्रधान पूजाहारी हाम्रा निम्ति उचित थियो, जो पवित्र, निष्कपट, निष्कलङ्क पापीहरुबाट अलग हुनुभएको, र स्वर्गहरुभन्दा उच्च बनिनुभएको छ ” ( हिब्रू ७ : २६ ) । “किनभने व्यवस्थाले निर्बल मानिसहरुलाई प्रधान पूजाहारीहरु नियुक्त गर्छ, तर व्यवस्थाभन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्त गर्छ ” ( हिब्रू ७ : २८ ) ।
म तपाईंलाई के भन्न चाहन्छु भने, येशू ख्रीष्ट दोषरहित हुन्थ्यो, उहाँको बप्तिष्माको पानी र क्रूसको रगतद्वारा हाम्रा सबै पापहरुलाई एकैचोटि सँधैको निम्ति धोइदिनुभयो । उहाँले कामको व्यवस्थाद्वारा हामीलाई हाम्रा सबै पापहरुबाट बचाउनुभएको होइन, तर सँधैको निम्ति हाम्रा सबै पापहरु उठाइलैजानु भई दण्ड भोगेर बचाउनुभयो ।
के उहाँले अनन्तको मुक्तिद्वारा सबै पापहरुबाट हामीलाई बचाउनुभयो भन्ने कुरामा तपाईं विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने, तपाई बचाइनुभएको छ । यदि गर्नु हुन्न भने, तपाईंले अझै पनि येशू ख्रीष्टको अनन्त मुक्तिको बारेमा धेरै कुराहरु सिक्नु बाँकी नै छ ।
साँचो विश्वास पानी र आत्माको सुसमाचारद्वारा आउँछ जो कडाइको साथमा वचनमा आधारीत छ । अनन्तको स्वर्गीय महापूजाहारी, उहाँको बप्तिष्मा र क्ूसको रगतद्वारा हाम्रौ अनन्तकौ मुक्तिदाता बन्नुभयौ ।
 
 
हामीले हाम्रो विश्वासलाई पूर्णरुपमा बुझ्नुपर्छ
 
येशूमा विश्वास गर्नुको अर्थ के हो ?
येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा
विश्वास गर्नु हो ।
 
हामीले सही तरिकाले कसरी येशूमा विश्वास गर्न सक्छौं अनि सही विश्वास निमार्ण गर्न सक्छौ त्यस विषयमा सोच्ँनुपर्छ । हामीले कसरी सही तरिकाले येशूमा विश्वास गर्नसक्छौं ? येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतको सुसमाचारमा विश्वास गरेर हामी यो गर्न सक्छौं ।
सही विश्वास चाँहि हाम्रो आफ्नै गलत भावनालाई नथपीकन येशूको काम, उहाँको बप्तिष्मा र रगतमा विश्वास गर्नु हो । के तपाईं विश्वास गर्नु हुन्छ ? तर तपाईंको आत्मिक अवस्था कस्तो छ ? के तपाई आफ्नै काम र प्रयासमा भर पर्नुहुन्छ ?
मैले येशूमा विश्वास गरेको धेरै समय बितेको थिएन, तर नैतिकवादको कारण मैले लगभग १० बर्षसम्म सर्घंष गर्नु प¥यो । तर अन्तमा म त्यसप्रकारको जीवनले थकित बने । म आफै ती समयलाई सम्झन चाहन्न । मेरी श्रीमति अहिले मेरो छेऊमा बसिरहेकी छे । हाम्रो निम्ति त्यो समय कतिको कठीन थियो भन्ने कुरा उसलाई थाहा छ ।
आइतबार, मैले भन्ने गर्थे, “हनी आज हामी आफै आनन्द मनाऊँ ।”
“तर आज आइतबार हो !”
उसले आइतबारको दिन लुगासम्म धुँदैन । एक आइतबार, मेरो शुरुवाल फाटेको थियो । तर उसले सोमबारसम्म पखिर्न लगाए । वास्तवमा, बिश्रामबारलाई पालन गर्ने कुरामा म अझ बढी सम्वेदनशील थिएँ । तर यो अति गाह्रो थियो । हामीले आइतबार कहिले पनि आराम गरेनौं किनकि हाम्रो निम्ति बिश्रामबारलाई सही तरिकाले पालन गर्नु गाह्रो थियो । म ती दिनहरुलाई अझै पनि सम्झ्ने गर्छु ।
प्रिय मित्रहरु, येशूमा साँचो प्रकारले विश्वास गर्नुको निम्ति हामीले उहाँको बप्तिष्मा र क्रूसको रगतद्वारा गरिएको प्रायश्चितमा विश्वास गर्नु आवश्यक छ । साँचो विश्वास चाँहि येशूको दैविय र मानवियलाई अनि उहाँले संसारमा गर्नु भएको कुराहरुलाई विश्वास गर्नु हो । साँचो विश्वासले उहाँको सबै वचनलाई विश्वास गर्छन् ।
“येशूमा विश्वास गर्नु” भनेको के हो ? यो येशूको बप्तिष्मा र रगतमा विश्वास गर्नु हो । यो कति सरल छ । हामी सबैले गर्नु पर्ने कुरा चाँहि बाइबललाई हेर्नु र सुसमाचारमा विश्वास गर्नु हो । हामी सबैले सही तरिकाले विश्वास गर्नुपर्छ ।
“धन्यवाद, प्रभु । मैले जाने कि यी सब मेरो प्रयासद्वारा भएको होइन रहेछ । व्यवस्थाद्वारा चाँहि कामद्वारा हो ( रोमी ३ : २० ) । अब मैले यी सब कुराहरु बुझें । व्यवस्था ठीक रहेछ भनी मैले सोचेंको थिएँ, किनकि यो परमेश्वरको आज्ञा हो, मैले प्रयास गर्नु पर्ने थियो र त्यसअनुसार जिउनु पर्ने थियो । अहिलेसम्म नै मैले धेरै प्रयास गरें, तर व्यवस्थाअनुसार जिउन खोज्नु चाँहि मेरो गलत सोचाँई थिएछ । अब मैले बुझें कि, मैले कहिले पनि परमेश्वरको आज्ञाहरु पालन गर्न सक्ने छुइन रहेछु ! यसकारण, परमेश्वरको व्यवस्थाद्वारा चाँहि मेरो हृदय खराब बिचार र अर्धमले भरिएको रहेछ भन्ने थाहा पाएँ । अब मैले बुझें कि व्यवस्था चाँहि हामीलाई पापको ज्ञान दिनलाई दिइएको रहेछ । ओ, धन्यवाद, प्रभु । मैले तपाईंको इच्छालाई गल्ती बुझेछु अनि व्यवस्था पालन गर्न कठीन परिश्रम गरेछु । प्रयास गर्नु चाँहि मेरो अहङ्कार मात्र रहेछ । म पश्चाताप गर्छु । अब मैले बुझें कि येशूले मेरो मुक्तिको निम्ति बप्तिष्मा लिनुभएको रहेछ र रगत बहाउनुभएको रहेछ ! म विश्वास गर्छु ।”
तपाईंले खुला रुपमा र शिद्धतामा विश्वास गर्नुपर्छ । तपाईंले केवल बाइबलमा लेखिएको वचनमा मात्रै विश्वास गर्नुपर्छ । यो मात्र तपाईं पूर्ण रुपमा नयाँ गरी जन्मने मार्ग हो ।
येशूमा विश्वास गर्नु भनेको के हो ? के यो हामीले निश्चित समयभित्र पूरा गर्ने कत्र्तव्य हो ? के हाम्रो विश्वास धर्म हो जसको कारण तपाईंले काम गर्नुपर्छ ? मान्छेले देवी देवता बनाए, अनि तिनीहरुले ती देवी देवतालाई सुहावँदो धर्म बनाए । धर्म एउटा प्रतिक्रया हो जसद्वारा मानिसहरु एउटा लक्ष्यमा पुग्छन् — मानिसको भलोपन ।
तब विश्वास के हो त ? यसको अर्थ परमेश्वरमा विश्वास गर्नु हो अनि परमेश्वरलाइ हेर्नु हो । हामीले येशूको मुक्तिलाई हेर्नुपर्छ र उहाँलाई यस आशिषको निम्ति धन्यवाद दिनुपर्छ । यो साँचो विश्वास हो । यो नै धर्म र विश्वासको भिन्नता हो । जब एकचोटि तपाईंले यी दुई कुराहरुको भिन्नतालाई छुटाउनु हुन्छ तब तपाईंले तपाईंको विश्वासलाई १०० संख्याले बुझ्न सक्नुहुनेछ ।
धर्मविज्ञानका बिद्वानहरु जोहरु नयाँ गरी जन्मेका छैनन् तिनीहरु भन्छन् कि हामीले येशूमा विश्वास गर्नुपर्छ र धार्मिक जीवन जिउनुपर्छ । के धार्मिक जीवन जिएर मात्र पर्याप्त छ ? निश्चय हामीहरु भलो हुनुपर्छ । हामी नयाँ जीवन पाउनेहरुभन्दा बढी धार्मिक जीवन कसले जिउनसक्छ ?
तर कुरा चाँहि यो कुरा पापीहरुलाई भनिएको हो । प्राय : मानिसहरुमा १२ प्रकारको पापहरु छन् । हामीहरु कसरी धार्मिक जीवन जिउन सक्छौं ? निश्चय, उसले के गर्नुपर्छ सो कुरा बुझ्न सक्छ, तर उसको हृदयले यो गर्न सक्तैन । जब एउटा पापीले मण्डली बाहिर कदम राख्छ, धार्मिक जीवन जिउने कुरा सिद्धान्त मात्र बन्न जान्छ, अनि उसको अन्तरआत्माले उसलाई पापतिर डो¥याइहाल्छ । यसकारण हाम्रो हृदयले निर्णय गर्दछ कि हामीहरु व्यवस्थाअनुसार जिउन गइरहेकाछौं कि चाँहि स्वर्ग राज्यको अनन्तको महापूजाहारीमा विश्वास राखेर येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास राखेर बचाइनुपर्छ ।
याद गर्नुहोस्, विश्वास गर्नेहरुको निम्ति येशू साँचो महापूजाहारी हुनुहुन्छ । आऊँ हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा प्राप्त हुने मुक्तिलाई बुझौं र विश्वास गरेर बाचौं ।
 
 
नयाँ गरी जन्मेकाहरु संसारको अन्तसगँ डराउँदैनन् ?
 
किन नयाँ गरी जन्मेकाहरु संसारको
अन्तसगँ डराउँदैनन् ?
किनकि तिनीहरुको विश्वास पानी र आत्माको
सुसमाचारमा छ जसले तिनीहरुलाई
पापबाट मुक्त गर्दछ ।
 
जब तपाईं नयाँ गरी जन्मनुहुन्छ, संसारको अन्तसगँ तपाईं डराउनुपर्दैन । कोरियाका धेरै मानिसहरु २८ अक्टूबर १९९२ मा संसारको अन्त हुन्छ भनेर डराएका थिए । तिनीहरुले भने, यो कति भयानक र दर्दनाक दिन हुनेछ । तर तिनीहरुको दाबी भूmटा सावित भए । साँचो रुपमा नयाँ गरी जन्मेकाहरु अन्तिम घडीसम्मै सुसमाचार फैलाउँदै धार्मिक जीवन जिउँछन् । जब यो संसार अन्तिम अवस्थामा आउँछ हामीले गर्नु पर्ने काम चाँहि पानी र आत्माको सुसमाचार प्रचार गर्नु हो ।
जब दुल्हा आउँछ, तब नयाँ गरी जन्मेका दुलहीले आफ्नो दुल्हालाई बडो आनन्दको साथमा भेटने छन् र भन्ने छन्, “ओ, तपाईं अन्तमा आउनुभयो ! मेरो शरीर अझै अपूर्ण छ, तर तपाईंले मलाई प्रेम गर्नुहुन्छ अनि मलाई सबै पापहरुबाट बचाउनुहुन्छ । यसकारण मेरो हृदयमा पाप छैन । धन्यवाद, प्रभु ! तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ !”
येशू सबै धर्मात्माहरुको दुल्हा हुनुहुन्छ । विवाह हुनेनै छ, किनभने दुल्हाले दुल्हीलाई प्रेम गर्नुहुन्छ, त्यसबाहेक अरु केही कुराले होइन । म जान्दछु कि यो संसारमा कहिले काँही अरु कुरा पनि हुन आउँछ, तर स्वर्गमा चाँहि विवाह हुनुपर्छ वा पर्दैन त्यसको निर्णय दुल्हा स्वयंले गर्नुहुनेछ । यो दुल्हानै हो जसले आफ्नो प्रेम र मुक्तिको आधारमा विवाह गर्नुहुनेछ । बेहोलीबाट होइन ।
दुल्हाले दुल्हीको बारेमा सबै कुरा जान्नुहुन्छ । किनकि उहाँको प्रिय दुलहीहरु पापी थिए, उहाँले तिनीहरुमाथि दया गर्नुभयो, अनि बप्तिष्मा लिनु भई क्रूसबाट रगत बहाएर तिनीहरुलाई सबै पापबाट बचाउनुभयो ।
हाम्रा प्रभु येशू हारुनको बशंज बनेर यो संसारमा आउनु भएन । उहाँ यो संसारमा सांसारीक बलिदान दिन आउनु भएन । काम गर्नलाई त धेरै लेवीहरु र हारुनको सन्तानहरु थिए ।
वास्तवमा पूरानो नियमको बलिदानको मुख्य चरित्र ता येशू बाहेक अरु केही थिएन यसकारण, यो संसारमा जब वास्तविक कुरा हुन आए, जे भयो ती सबै छाँया मात्रै थियो । छाँया हटेर गयो ।
जब येशू यो संसारमा आउनुभयो, उहाँले हारुनले गरे जस्तो बलिदान चडाउनु भएन । उहाँले पापीहरुको मुक्तिको निम्ति बप्तिष्मा लिनुभयो र रगत बगाएर सबै मानवजातिको निम्ति आफै बलि हुनुभयो । उहाँले मुक्तिको काम क्रूसमा पूरा गर्नुभयो । जसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छ, तिनीहरुको निम्ति मुक्ति अनिश्चित प्रक्रिया होइन । येशूले स्पष्टरुपमा हाम्रो पापको निम्ति प्रायश्चित गर्नु भएन । उहाँले यो काम स्पष्ट रुपमा गर्नुभयो । “येशूले तिनलाई भन्नुभयो, ‘बाटो, सत्य, र जीवन मै हुँ, मबाहेक अरु कोहीद्वारा पिताकहाँ जानसक्तैन ” ( यूहन्ना १४ : ६ ) । येशू यो संसारमा उहाँको बप्तिष्मा, उहाँको मृत्यु र उहाँको पुनरुत्थानको साथमा आउनुभयो ।
 
 
पूरानो नियम येशूको नमूना थियो
  
अर्को करार निर्माण गर्नुको
कारण के थियो ?
किनकि पहिलो करार कमजोर र
काम नलाग्ने थियो ।
 
पूरानो नियम नयाँ नियमको छाँया हो । तथापि येशूले पूरानो नियमको महापूजाहारीले जस्तो बलिदानहरु भने चडाएनन्, उहाँले अझ उत्तम पूजाहारीपनको काम गर्नुभयो, अनन्तको स्वर्गीय पूजाहारीपनको काम गर्नुभयो । किनभने यो संसारको मानिसहरु जन्मैदेखि पापमा जन्मन्छन्, तिनहिरु पापी हुन्छन्, अनि तिनीहरु परमेश्वरको व्यवस्थाद्वारा कदापि धर्मी ठहरिन सक्तैनन् । यसकारण परमेश्वरले अर्को करार खडा गर्नुभयो ।
हाम्रा स्वर्गीय पिताले उहाँको एक मात्र पुत्रलाई यस संसारमा पठाउनुभयो अनि हामीलाई उहाँको बप्तिष्मा, रगत र पुनरुत्थानमा विश्वास गर्न लगाउनुभयो । यो परमेश्वरको दोस्रो करार हो । दोस्रो करारले हामीलाई पानी र आत्माको सुसमाचारमा विश्वास गर्न लगाउँछ ।
प्रभुले अब उसो हामीलाई असल काम गर्न लगाउनुभएको छैन । उहाँले हामीलाई जिउनको निम्ति कस्तो प्रकारको जीवन जिउनुपर्छ भनी भन्नुभएको छैन उहाँले हामीले उहाँको बप्तिष्मा, र उहाँको क्रूसको रगतमा सबै कुरामा भन्दा माथि राखेर विश्वास गर्न लगाउनुभएको छ । अनि हामीले हुन्छ मात्र भन्नु पर्छ ।
बाइबलमा, यहूदाको परिवारले राजत्वलाई पूरा गरेको छ । सुलेमान राजाको समयसम्म इस्राएलको सबै राजाहरु यहूदा कुलमा जन्मेका थिए । राज्यको बिभाजन काल, ५८६ ख्रीष्टपूर्वसम्म दक्षिणी राज्यको सिहांसन यहूदाको परिवारमा कायम रहे । यसकारण यहूदाको मानिसहरुले इस्राएलमा प्रभुत्व जमाए । लेवीको कुल पूजाहारीहरुमध्ये एक थिए । इस्राएलको प्रत्येक कुलको आफ्नो भूमिका थियो परमेश्वरले यहूदाको कुललाई येशूले त्यसै कुलमा जन्म लिन्छ भनी प्रतिज्ञा गर्नुभएको थियो ।
परमेश्वरले किन यहूदाको कुलमा यो करार खडा गर्नुभयो ? यो कुलमा करार खडा गर्नु नै संसारको सबै मानिसहरुको निम्ति करार खडा गर्नु हो । किन इस्राएलले सारा संसारको मानिसहरुको प्रतिनिधित्व गर्दछ । येशूले नयाँ करार पूरा गर्नुभयो, जुन चाँहि येशूको बप्तिष्मा, उहाँको क्रुसको मृत्यु र उहाँको पुनरुत्थानद्वारा सबै मानवजातिको मुक्ति हो ।
 
 
पश्चातापद्वारा मानिसको पाप धोइन्दैन
 
के पश्चातापद्वारा मानिसको
पाप धोइन्छ ?
धोइन्दैन
 
यर्मियाह १७ : १ ले भन्दछ कि मानिसको पाप दुई ठाऊँमा लेखिएको छ । “यहूदाको पाप फलामको कलमले लिखिएको छ । त्यो तिनीहरुका हृदयको पाटीमा र तिनीहरुका बेदीका सीङहरुमा हीराको टुप्पाले खोपिएको छ ।”
हाम्रो पापहरु हाम्रै हृदयमा लेखिएको छ । यसरी हामीहरु पापी छौं भन्ने कुरा जान्दछौं । येशूलाई कसैले विश्वास गर्नभन्दा पहिले, उ पापी थियो भन्ने कुरा उसलाई थाहा थिएन । किन ? किनकि उसको हृदयमा व्यवस्था थिएन । यसकारण जब कसैले एकचोटि येशूमा विश्वास गर्छ, उ परमेश्वरको अघि पापी छ भन्ने कुरा उसलाई थाहा हुन्छ ।
कतिले चाँहि येशूमा आको १० बर्षपछि मात्र उ पापी छ भन्ने कुरा थाहा पाउँछ । “हे, प्रिय हो ! म पापी हु ! मैले सोँचेको थिए कि म बचाइएको छु, तर अहिलेसम्म म त पापी नै रहेछु !” तर यो कुराको ज्ञान त त्यतिबेला मात्र उसले पाउँछ जुन बेला उसले म को हुँ भन्ने कुरा जान्दछ । उ १० बर्षसम्म अति नै खुशी थियो, तर अचानक उसले सत्यता थाहा पाउँछ । यो किन हो, के तपाईंलाई थाहा छ ? उसले परमेश्वरको व्यवस्थाद्वारा उभित्र भएको पाप अधर्मलाई अन्तमा देख्न सक्षम भएपछि मात्र उ पापी रहेछ भन्ने कुरा थाहा पाउँछ । उसले नयाँ जन्म नपाइकन १० बर्षसम्म येशूमा विश्वास गरेको थियो । जबसम्म उसले उसको हृदयको पापलाई धुन सक्तैन, उ परमेश्वरको अघि पापी नै रहिरहन्छ ।
यो कुरा थाहा पाउन कतिलाई पाँच बर्ष लाग्छ अनि कतिलाई १० बर्ष लाग्छ । कतिले अन्तसम्म पनि सत्यतालाई थाहा गर्न सक्तैन । कतिले ३० बर्षपछि मात्र थाहा गर्छ, कतिले ५० बर्षपछि, अनि कतिले चाँहि अन्तसम्म पनि सत्यतालाई थाहा गर्न सक्तैन । “प्यारो परमेश्वर, मैले पहिले असल बन्ने प्रयास गर्थे, किनकि मेरो मनमा आज्ञाहरु थिए । म व्यवस्थालाई राम्ररी पालन गर्ने कुरामा निश्चित थिएँ, तर अब मैले थाहा पाएँ कि मैले प्रत्येक दिन पाप गरेको रहेछु । जसरी पावलले भन्नुभएको छ, “औ एकपल्ट ता म व्यवस्थाबिना जिउँदै थिएँ, तर आज्ञा आएपछि पाप जीवित भयो, र म चाहिँ मरें,” ( रोमी ७ : ९ ) । मैले ख्रीष्टमा विश्वास गरेको भए पनि म पापी नै छु ।
परमेश्वरको वचनअनुसार जिउन तपाईंकै पापले तपाईंलाई रोकीराखेको छ । तपाईंको पापहरु तपाईंको हृदयमा लेखिएको छ । किनकि परमेश्वरले पापहरुलाई त्याहाँ लेखेर राख्नुहुन्छ, जब तपाईं प्रार्थना गर्न निहुरनुहुन्छ तब तपाईंको पापहरु त्यहाँ पोखिन्छ । “अचम्म !” म तिमीले गरेको पाप हुँ ।
“तर मैले २ बर्षअघि तिम्रो निम्ति प्रायश्चित गरेको छु । तर अचानक किन तिमीले आपूmलाई देखाउन लागेकाछौ ? तिमी किन हटेको छैनौं ?”
“ओ, दुष्ट नबन ! म तिम्रो हृदयमा अकिंत छु । तिमीले जेसुकै सोँचे म पनि, तिमी पापी नै हौ ।”
“होइन ! होइन !”
यसकारण, उसले फेरि २ बर्षअघि गरेको पापको प्रायश्चित गर्छ । क्रृपया मलाई माफ गरिदिनुहोस्, प्रभु । म पहिले गरेको पापहरुको कारण कष्टमा छु । मैले मेरो पापहरुको पश्चाताप गरें, तर अझै पनि ती पापहरु मसित छन् । कृपया मलाई क्षमा गरिदिनुहोस्, किनकि मैले पाप गरेको छु ।” तर के ती पापहरु पश्चातापद्वारा जान्छन् त ? किनकि मानिसले गरेको पापहरु तिनीहरुको हृदयमा लेखिएको छ, ती पापहरु पानी र आत्माको सुसमाचारबिना मेटिन्दैन । केवल पानी र आत्माको सुसमाचारले मात्र साँचो प्रायश्चित हुनसक्छ । हामीहरु येशूको साँचो सुसमाचारमा विश्वास गरेर मात्र बाच्ँन सक्छौं ।
 
 
म तिम्रो मुक्तिदाता हुनेछु
 
 
हामीले नयाँ करारलाई कसरी
स्वीकार गर्ने ?
हामीले यसलाई हाम्रो हृदयमा विश्वास गर्नुपर्छ
र सारा संसारलाई प्रचार गर्नुपर्छ
 
हाम्रा स्वर्गमा हुनुहुने प्रभुले हामीसगँ यो करार निर्माण गर्नुभएको छ । “म तिम्रो मुक्तिदाता हुनेछु । म पानी र आत्माद्वारा तिनीलाई संसारको सबै पापहरुबाट स्वतन्त्र गराउनेछु । मलाई विश्वास गर्नेहरुलाई सगँमा भएर यो नयाँ करारलाई विश्वास गर्छौं ? हामीहरु जब पानी र रगतद्वारा प्राप्त हुने मुक्ति अनि उहाँको करारको सत्यतामा विश्वास गर्छौं तब बचाइनेछौं ।
यदि डाक्टरले ठीक प्रकारले रोग खुटयाउन सकेन भने हामी त्यस डाक्टरलाई विश्वास गर्दैनौं । एउटा डाक्टरले सबैभन्दा पहिला उसको बिरामीको रोगलाई ठीकप्रकारले खुटयाउनुपर्छ अनि तब मात्र सही औषधी लेखिदिन्छ । यो संसारमा धेरै प्रकारको औषधीहरु छन्, तर उसलाई थाहा हुनुपर्छ कि कुन चाँहि औषधी चाँहि प्रयोग गर्ने भनी । एकचोटि डाक्टरले आफ्नो बिरामीको रोगलाई राम्ररी खुटयाएपछि, उसको त्यो रोगलाई निको पार्ने थुप्रै प्रकारका औषधीहरु छन् । तर गलत प्रकारले रोग खुटयाउने काम गरे, ती सबै प्रकारको औषधीले बिरामीलाई अझ बिगारी दिन्छ ।
त्यसरी नै, जब तपाईंले येशूमा विश्वास गर्नुहुन्छ, तपाईंले परमेश्वरको वचनको आधारमा तपाईंको आत्माको अवस्थालाई खुटयाउन सक्नुपर्छ । जब तपाईंले परमेश्वरको वचनमा भएर तपाईंको आत्मालाई जाच्ँनुहुन्छ, तपाईंको आत्माको अवस्था कस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ । आत्माको डाक्टरले उसको बिरामीको रोगहरुलाई कुनै अपवादबिना नै निको पारी दिन्छ । ती सबै नयाँ गरी जन्मन सक्छन् ।
“मैले मुक्ति पाएको कुरो मलाई थाहा छैन” भनी तपाईं भन्नुहुन्छ भने, यसको अर्थ तपाईं बाच्ँनुभएको छैन । यदि एउटा पाष्टर राम्ररी येशूमा अनुशासित छ भने, उ आफ्नो अनुयायीहरुको पापको समाधान गर्न सक्षम हुनुपर्छ । तब उसले आफ्नो विश्वासको समस्या समाधान गर्नसक्नेछ अनि त्यसलाई आत्मिक तौरले डो¥याउन सक्नेछ । उ आफ्नो अनुयायीहरुको आत्मिक समस्या जान्न सक्ने हुनुपर्छ ।
येशू यो संसारमा संसारको सबै पापहरुलाई उठाइलैजान आउनुभयो । उहाँ आउनुभयो, बप्तिष्मा लिनुभयो अनि क्रुसमा मर्नुभयो । जब उहाँले सबै पापहरुको प्रायश्चित गर्नुभयो, के उहाँले तपाईंको पाप चाँहि छोडि राख्नुभयो त ? पानी र आत्माको वचनले सबै पापीहरुको पापलाई धोइदिन्छ ।
सुसमाचार डायनामाइट जस्तै हो । यसले बिशाल महलदेखि लिएर सम्पूर्ण पहाडलाई नै उडाइदिन्छ । येशूको काम पनि त्यस्तै हो । जसले उहाँको पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ तिनीहरुको सबै पापहरुलाई मेटाई दिन्छ । बाइबलमा लेखिएको पानी र आत्माको सुसमाचारलाई हेरौं ।
 
 
पूरानो नियमको हात राख्ने सुसमाचार
 
पूरानो नियममा हात राख्नुको
उदेश्य के थियो ?
यसको उदेश्य बलिमाथि
पाप खन्याउनु हो
 
लेवी १ : ३, ४ को छुटकाराको सुसमाचारको सत्यतालाई हेरौं । “यदि त्यसको बलि गाई—गोरुको होमबलि हो भने, त्यसले निष्खोट नरचाहिँ चढाओस् । भेट हुने पालको ढोकामा त्यसले त्यो चढाओस्, र परमप्रभुको सामने त्यो ग्रहणयोग्य हुनेछ । अनि त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ ।” यो खण्डले भन्दछ कि बलिको शिरमाथि हात राखेर परमेश्वरलाई भेट गर्नअघि बेदीको ढोकामा चडाइन्थ्यो, अनि बलि चाँहि खोटरहितको जीवित पशु हुनु पथ्र्यो ।
पूरानो नियमको समयमा पापीहरुले आफ्नो दैनिक पापको प्रायश्चित गर्नको निम्ति बलिमाथि हात राख्नुपथ्र्यो । उसले प्रभुको अघि पापबलिलाई मार्नुपथ्र्यो अनि पूजाहारीले होमबलिको रगतलाई बेदीको सिङ्गहरुमा छर्कि दिनुपथ्र्यो । बाँकी रगत चाँहि बेदीको वरिपरि छर्कि दिनुपथ्र्यो अनि पापीको त्यो दिनको पाप क्षमा हुन्थ्यो । बर्षेनी पापको निम्ति चाँहि लेवी १६ : ६—१० मा लेखिएको छ, “त्यसपछि हारुनले आफ्नो पापबलिको साँढे चढाएर आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस् । त्यसले ती दुवै बोकाहरु लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामने राखिदेओस् । त्यसपछि हारुनले दुवै बोकामा चिट्टा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ अजाजेलको निम्ति । तब चिट्टामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारुनले नजीक ल्याएर पापबलिको निम्ति त्यो चढाओस् । तर चिट्टामा अजाजेलको भागमा परेको बोका चाहिँ जिउँदै परमप्रभुको सामने ल्याइओस् । त्यसपछि त्यसमाथि प्रायश्चितको बिधि गरेर अजाजेलको निम्ति बनमा पठाइओस् ।” बाइबलमा वर्णन गरेअनुसार, अजाजेलको अर्थ निकाल्नु हो । यसकारण बर्षेनी पाप चाँहि सातांै महिनाको दशौं दिनमा क्षमा गरिन्थ्यो ।
लेवी १६ : २९, ३० मा यसरी लेखिएको छ, “तिमीहरुका निम्ति यो अनन्तको बिधि होस् । सातौं महीनाको दशौं दिनमा तिमीहरुले आपूm आपूmलाई दीन तुल्याओ । चाहे घरमा जन्मेको होस्, चाहे तिमीहरुका बीचमा बास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नु, किनभने त्यसै दिन तिमीहरुलाई शुद्ध पार्नलाई तिमीहरुका निम्ति प्रायश्चित गरिन्छ, र परमप्रभुको सामने सबै पापबाट तिमीहरु श्ुद्ध हुनेछौ ।”
यसै दिन इस्राएलीहरुले तिनीहरुको बर्षेनी पापको प्रायश्चित गर्थे । यो कसरी गरिन्थ्यो ? सबभन्दा पहिला पूजाहारी हारुन बलि भएको ठाऊँमा आउँथे । कसले इस्राएलका मानिसहरुको प्रतिनिधित्व गरेको हुन्थ्यो ? हारुनले । परमेश्वरले हारुन र तिनका बशंजलाई महापूजाहारीको निम्ति तयार पार्नुभएको थियो । हारुनले आपूm र आफ्नो परिवारको निम्ति गोरु चडाएर प्रायश्चित गर्थे । तिनले गोरु मार्थे र सातचोटि त्यसको रगतलाई कृपा—आसनमाथि छर्कि दिन्थे । सबैभन्दा पहिला तिनले आपूm र आफ्नो परिवारका मानिसहरुको निम्ति प्रायश्चित गर्नुपथ्र्यो ।
प्रायश्चितको अर्थ एउटाको पापलाई पापबलिमाथि सार्नु अनि त्यसको साटोमा मर्नु हो । पापी आफै मर्नु पर्ने हो, तर उसले आफ्नो पापको प्रायश्चित अरु कसैमाथि सार्नुसक्छ र उसको साटोमा अरु कोही मर्न सक्छ ।
तिनको र तिनको परिवारको पापहरु प्रायश्चित भइसकेपछि, तिनले परमेश्वरको अघि एउटा बोका चडाउँथे जबकि अर्को बोकालाई चाँहि अजाजेलको रुपमा इस्राएलका मानिसहरुको सामने उजाड स्थानमा छाडि दिन्थ्यो ।
एउटा बोका पापबलिको रुपमा चढाइन्थ्यो । हारुनले आफ्नो हात पापबलिको शिरमा राखिदिन्थे अनि यसरी प्रायश्चित गर्थे, “हे परमेश्वर, तपाईंका मानिसहरु इस्राएलीहरुले तपाईंको दश आज्ञा र ६१३ वटा नियमहरुलाई बिथोलेकाछन् । इस्राएली पापी भएका छन् । अब म बर्षभरिको पापहरु सार्नको निम्ति यो बोकाको शिरमाथि हात राख्दछु ।”
त्यसपछि तिनले बोकाको घाँटी छिनाली दिन्थे र त्यसको रगत लिएर बेदी भित्रको महापवित्रस्थानमा जान्थे । त्यसपछि तिनले केही रगत चाँहि त्यही छर्किदिन्थे अनि कृपा—आसनमा चाँहि सातचोटि छर्कि दिन्थे ।
महापवित्रस्थानमा चाँहि करारको सन्दुक राखिएको हुन्थ्यो । त्यसलाई कृपा—आसनले ढाकिएको हुन्थ्यो ; अनि त्यहाँ दुईवटा करारको पाटीहरु हुन्थ्यो, एउटा मन्नाको सुनको भाँडो र अर्को चाँहि चित्र अघि हारुनको लौरो ।
हारुनको लौरोले पुनरुत्थानलाई देखाउँछ, करारको दुईवटा पाटीहरु चाँहि परमेश्वरको न्याय, मन्नाको सुनको भाँडा चाँहि परमेश्वरको जीवनको वचन हो ।
करारको सन्दुकलाई ढाकिएको हुन्थ्यो । कृपा—आसनको अघि सातचोटि रगत छर्किन्थ्यो । जब रगत छर्किन्थ्यो तब महापूजाहारी बस्ने ठाऊँमा डोरीमा भूmन्डयाएर राखिएको सुनको घण्टी बजाइन्थ्यो ।
लेवी १६ : १४, १५ मा यसरी लेखिएको छ, “त्यसपछि त्यसले साँढेको रगतबाट लिएर त्यसको र्औलाले कृपा —आसनमाथि पूर्वतिर छर्कोस्, र कृपा—आसनको सामने आफ्नो औंलाले त्यो रगत सातपल्ट छर्कोस् । तब त्यसले मानिसहरुका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत छेल्ने पर्दाभित्र ल्याएर साँढेको रगतजस्तै कृपा—आसनमाथि र कृपा—आसनको सामने छर्कोस् ।”
जब—जब बोकाको रगत छर्किन्थ्यो त्यो घण्टी बजाइनु पथ्र्यो, अनि भेला भएका सबै इस्राएलीहरुले त्यस घण्टीको आवाज सुन्नु पथ्र्यो । जब महापूजाहारीद्वारा तिनीहरुको पापको प्रायश्चित गरिन्थ्यो, तब घण्टीको आवाजले चाँहि तिनीहरुको पापको क्षमा भएको सकेंत दिन्थ्यो । यो सबै इस्रालीहरुको निम्ति आशिषको आवाज थियो ।
जब सातचोटि घण्टी बजिसक्थ्यो तब तिनीहरुले भन्थे, “अब म शुद्ध भएको छु । म बर्षभरिको पापको निम्ति चिन्तित थिएँ, अब म स्वतन्त्र भएको अनुभव गर्छु ।” अनि मानिसहरु फेरि तिनीहरुको दैनिक जीवनमा नै फर्केर जान्थे र अपराधबाट स्वतन्त्र भएको अनुभव गर्थे । त्यस समयको घण्टीको आवाज पानी र आत्माबाट नयाँ गरी जन्मेको झै थियो ।
जब हामीहरु पानी र आत्माको छुटकाराको सुसमाचार सुन्छौं, अनि हामीहरु हृदयले विश्वास गर्छौं र मुखले स्वीकार गर्छौं, त्यही नै पानी र आत्माको सुसमाचार हो । जब सातचोटि घण्टी बज्थ्यो, इस्राएलीहरुको बर्षभरिको पापहरु मेटिन्थ्यो । यसरी तिनीहरुको पाप परमेश्वरको अघि धोइन्थ्यो ।
इस्राएलीहरुको निम्ति एउटा बोका चढाएपछि, महापूजाहारी अर्को बोका लिएर बेदीमा पर्खिरहेको मानिसहरुकहाँ जान्थे । जसै तिनीहरुले हेरिरहेको हुन्थ्यो महापूजाहारी हारुनले त्यो बोकाको शिरमाथि हात राखिदिन्थे ।
लेवी १६ : २१, २२, “त्यसपछि हारुनले आफ्नो दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरुका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर त्यसमाथि राखिदेओस् । उसले ती पाप बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ बनमा पठाइदेओस् । यसरी त्यस बोकाले तिनीहरुका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई बनमा छोडिदेओस् ।”
महापूजाहारी हारुनले बोका अजाजेलको शिरमाथि हात राख्थे अनि परमेश्वरको अघि इस्राएलीहरुले गरेको बर्षभरिको पापको प्रायश्चित गर्थे “हे परमेश्वर, इस्राएलीहरुले तपाईंको अघि पाप गरेको छ । हामीले १० आज्ञा र व्यवस्थाको ६१३ वटा नियमहरु उलङ्घन गरेकाछन् । हे परमेश्वर अब म इस्राएलीहरुले गरेको बर्षभरिको सबै पापहरु यस बोकामाथि खन्याउँछु ।” यर्मियाह १७ : १ अनुसार पापहरु दुई ठाऊँमा लेखिएको छ । एउटा कामको किताब, अनि अर्को चाँहि तिनीहरुको हृदयको पाटामा ।
यसकारण, यदि मानिसहरुले तिनीहरुको पापको प्रायश्चित गर्नु प¥यो भने, तिनीहरुको पाप कामको किताबबाट मेटिनु पथ्र्यो अनि हृदयको पाताबाट पनि । प्रायश्चितको दिनमा बोका चाँहि न्यायको किताबमा लेखिएको पापको निम्ति र हृदयको पातामा खोपिएको पापको निम्ति थियो ।
 
पूरानो नियममा बलिको बिधिद्वारा
परमेश्वरले के देखाउन चाहेका थिए ?
मुक्तिदाता आइकन सही ढंगले तिनीहरुको
पापलाई मेटाइदिनु हुन्छ भन्ने कुरा ।
 
महापूजाहारीले बोकामाथि हात राखेर इस्राएलीहरुलाई तिनीहरुको पापहरु बोकामाथि खनिए भनी देखाउँथे । जब बोकाको शिरमाथि पाप खन्याइन्थ्यो, योग्य मान्छेले त्यो बोकालाई उजाडस्थानमा छोडिदिन्थे ।
पलिस्ती मरुभूमि हो । इस्राएलीहरुको बर्षेनी पापलाई आपूmमाथि बोक्ने बोकालाई एकजना नियुक्त गरिएको मान्छेलाई त्यो मरुभूमिमा पु¥याउन लगाइन्थ्यो जहाँ नता पानी हुन्थ्यो न घाँस । मानिसहरुले अजाजेलको बोकालाई मरुभूमि लैजाँदै गरेको हेर्थे ।
तिनीहरुले आफैलाई भन्थे, “म मर्नु पर्ने थियो, तर मेरो पापको साटोमा यो बोका म¥यो । पापको ज्याला मृत्यु हो, तर मेरो साटोमा बोका म¥यो । धन्यवाद, बोका । तिमी मर्नु नै म जिउनु हो ।” बोकालाई टाडाको मरुभूमिमा लगिन्थ्यो र इस्राएलीहरुको बर्षेनी पाप क्षमा गरिन्थ्यो ।
जब तपाईंको पापहरु पापबलिमाथि खन्याइन्छ, तपाई शुद्ध बनिनुहुन्छ । यो सरल छ । एकचोटि बुझेपछि सत्यता सरल छ ।
क्षितिजमा बोका बिजय भएर जान्छ । बोका छाडने मान्छे बोकालाई छाडेपछि एकलै फर्किएर आउँछ । इस्राएलीहरुको बर्षेनी सबै पापहरु मेटिए । बोका पानी र घाँसबिना भडकिरहन्छ, अनि इस्राएलीहरुको बर्षभरिको पापको भार बोकेर मर्छ ।
पापको ज्याला मृत्यु हो, परमेश्वरको धार्मिकताको काम पूरा भयो । परमेश्वरले बोकालाई बलि चढाउनुभयो ताकि इस्राएलका मानिसहरु बाचुँन् । इस्राएलका मानिसहरुले बर्षभरि गरेको पापहरु धोइए । जसरी दैनिक अनि बर्षेनी पापहरु पूरानो नियमको समयमा क्षमा गरिन्थ्यो, त्यो परमेश्वरको करार थियो ताकि त्यसै गरी हामीहरुको पापहरु पनि एकैचोटि सँधैको निम्ति क्षमा गरियोस् । यो उहाँको करार थियो कि उहाँले एकजना मसीहा पठाउनुहुनेछ अनि हामीलाई हाम्रो जीवन भरिको पापहरुबाट छुडाउनुहुनेछ । करार येशूको बप्तिष्माद्वारा पूरा भयो ।
 
 
नयाँ नियममा पानी र आत्माबाट नयाँ गरी जन्मनु
 
येशूले किन यूहन्ना बप्तिष्मा दिनेको
हातद्वारा बप्तिष्मा लिनुभयो ?
ससांरको सबै पापहरुलाई उठाइलगेर धार्मिकता
पूरा गर्नको निम्ति । नयाँ नियममा येशूको बप्तिष्मा
पूरानो नियममा हात राखे सरह हो ।
 
मत्री ३ : १३—१५ लाई पढौं । “तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिष्मा लिनालाई आउनुभयो । तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बप्तिष्मा लिनु आवश्यक छ, र के तपाई मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” तब तिनले उहाँलाई मञ्जूर गरे ।”
येशू यर्दन नदीमा जानुभयो र यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभयो अनि त्यसै गरी, उहाँले सबै धार्मिकता पूरा गर्नुभयो । उहाँको यूहन्नाद्वारा बप्तिष्मा भयो । यूहन्ना स्त्रीहरुमध्येबाट जन्मेकाहरुमा श्रेष्ठ हुनुहुन्थ्यो ।
मत्ती ११ : ११, १२ ले भन्दछ, “म तिमीहरुलाई साँच्चै भन्दछु, मानिसमध्ये बप्तिष्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन । तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो । औ बप्तिष्मा दिने यूहन्नाको दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरुले जबरदस्तसगँ खोस्तछन् ।”
यूहन्ना बप्तिष्मा दिने मानवजातिको प्रतिनिधि हुनलाई परमेश्वरद्वारा छानिएको व्यक्ति हुनुहुन्थ्यो अनि ख्रीष्टभन्दा छ महिना पहिले पठाइएको थियो । तिनी हारुनको बशंज र अन्तिम महापूजाहारी हुनुहुन्थ्यो ।
जब येशू तिनीकहाँ आउनुभयो तब यूहन्ना बप्तिष्मा दिनेले सोध्नुभयो, “मलाई पो तपाईंद्वारा बप्तिष्मा लिनु आवश्यक छ, तर तपाईं पो मकहाँ आउनुहुने ?”
“अहिलेलाई यसै हुन देऊ यसरीनै हामीले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” उहाँको उदेश्य मानिसहरुलाई पापबाट स्वतन्त्र बनाउनु थियो ताकि तिनीहरु परमेश्वरको सन्तान हुन सकोस् । येशूले यूहन्नालाई भन्नुभयो, “हामीले पानी र आत्माबाट नयाँ जन्मने सुसमाचारलाई पूरा गर्नुपर्छ । यसकारण अब मलाई बप्तिष्मा देऊ ।”
यूहन्नाले येशूलाई बप्तिष्मा दिए । संसारको सबै पापहरु उठाइलैजानको निम्ति येशूलाई बप्तिष्मा लिनु अति आवश्यक थियो । किनकि उहाँले एकदमै उपयुक्त प्रकारले बप्तिष्मा लिनुभयो, हामीहरु सही तरिकाले सबै पापहरुबाट बाँचेकाछौं । येशूले बप्तिष्मा लिनुभयो ताकि हाम्रा पापहरु उहाँमाथि लादियोस् ।
येशू यो संसारमा आउनुभयो र जब उहाँ ३० बर्षको हुनुभयो तब बप्तिष्मा लिनुभयो । यो उहाँको पहिलो सेवाकाई थियो । येशूले संसारको सबै पापहरु मेटेर सबै धार्मिकताको काम पूरा गर्नुभयो, यसरी सबै मानिसहरुलाई पुनर्जीवित बनाउनुभयो ।
येशू हामीलाई हाम्रा पापहरुबाट छुडाउन यो संसारमा आउनुभयो अनि सही तरिकाले बप्तिष्मा लिनुभयो । “यसरी” सबै धार्मिकता पूरा गर्नुभयो ।
परमेश्वरले भन्नुभयो, “औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, “यिनी मेरो प्यारो पुत्र हुन्, जोसगँ म खुशी छु ” ( मत्ती ३ : १७ ) । येशू ख्रीष्टलाई थाहा थियो कि उहाँले सबै मानवजातिको पापहरुलाई उठाइलैजानु पर्ने छ र क्रूसको मृत्युद्वारा रगत बहाउनु पर्नेछ, तर उहाँले पिताको इच्छा पालन गर्नुभयो र भन्नुभयो, “तर मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्” ( मत्ती २६ : ३९ ) । पिताको इच्छा सबै मानवजातिको पापहरु उठाइलैजानु र त्यसै गरी संसारको मानिसहरुलाई मुक्ति प्रदान गर्नु हो । यसकारण, येशू, आज्ञाकारी पुत्रले, पिताको इच्छा पालन गर्नुभयो, अनि यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो ।
यूहन्ना १ : २९, “भोलिपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थूमा !” येशूले सबै पापहरु उठाइलैजानुभयो र गलगथामा क्रूसबाट रगत बहाउनुभयो । “हेर ! संसारको पाप उठाइलैजाने परमेश्वरको थूमा,” यूहन्ना बप्तिष्मा दिनेले यसरी गवाही दिए ।
के तपाईंसित पाप छ वा छैन ? के तपाईं धर्मी हुनुहुन्छ वा पापी ? सत्यता चाँहि येशूले संसारका पापहरु उठाइलैजानुभयो र हाम्रो साटो क्रूसमा मारिनु भयो ।
 
यो संसारमा कहिले पापीहरुको
पापहरु येशूमाथि खन्याइए ?
जब येशूले यर्दन नदीमा यूहन्ना बप्तिष्मा दिनेको
हातद्वारा बप्तिष्मा लिनुभयो त्यस समय
येशूले हाम्रा पापहरु उठाइलैजानुभयो ।
 
हामीहरु यो संसारमा जन्मिसकेपछि, १ देखि १० बर्षको बीचमा पनि पाप गर्छौ । येशूले ती पापहरु उठाइलैजानुभयो । हामीले ११ देखि २० बर्षको बीचमा पनि पाप गर्छौं । जुन पापहरु हामी हृदय र व्यवहारले गर्छौं, ती सबै उहाँले उठाइलैजानुभयो ।
हामीहरु २१ देखि ४५ बर्षको बीचमा पनि पाप गर्छौं । उहाँले ती पापहरुलाई पनि उठाइलैजानुभयो । उहाँले संसारको सबै पापहरु उठाइलैजानुभयो अनि क्रूसमा मर्नुभयो । हामीहरु जन्मेदेखि मृत्युसम्मै प्रेम गर्छौं । तर उहाँले ती सबै पापहरु उठाइलैजानुभयो ।
“हेर ! ससांरको पाप उठाइलैजाने परमेश्वरको थूमा !” सबै पाप, पहिलो मानिसदेखिको सबै, आदमदेखि लिएर यो संसारको अन्तिम अवस्थासम्म जन्मने मान्छेहरु — त्यो जहिले सुकै होस् — उहाँले ती सबै पापहरु उठाइलैजानुभयो । उहाँले कसको चाँहि पाप उठाइलैजाऊँ भनेर छान्नु भएन र कसको चाँहि उठाइ नलैजाऊँ भनेर छाडनु भएन ।
उहाँले हामीमध्ये केहीलाई मात्र प्रेम गर्न चाहनु भएन । उहाँ शरीरमा आउनुभयो अनि संसारको सबै पापहरुलाई उठाइलैजानुभयो अनि क्रूसमा मुर्नुभयो । उहाँले हामी सबैको दण्ड भोग्नुभयो अनि सँधैको निम्ति ससांरको पापहरु मेटाइदिनुभयो ।
उहाँको मुक्तिदेखि कसैलाई पनि पन्साइएको छैन । “ससांरको सबै पापहरु,” हाम्रो पाप लगायत । येशूले ती सबै उठाउनुभयो ।
उहाँको बप्तिष्मा र रगतले, ससांरको सबै पापहरु धोइदिनुभयो । उहाँले उहाँको बप्तिष्माद्वारा सबै पापहरु उठाइलैजानुभयो अनि हाम्रो पापको निम्ति क्रूसमा दण्ड भोग्नुभयो । क्रूसमा मर्नभन्दा अघि, उहाँले भन्नुभयो, “पूरा भयो ” ( यूहन्ना १९ : ३० ), यसको अर्थ मानिसको मुक्तिको काम पूरा भयो ।
येशू किन क्रूसमा भूmण्डि मर्नुभयो ? किनकि शरीरको प्राण रगतमा छ, अनि रगतले मात्र मानिसको जीवनको प्रायश्चित गर्न सक्छ ( लेवी १७ : ११ ) । येशूले किन बप्तिष्मा लिनु प¥यो ! किनकि उहाँले संसारको सबै पापहरु लिन चाहनुभयो ।
“त्यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो, ‘मलाई तिर्खा लाग्यो ।’ ( यूहन्ना १९ : २८ ) ।” येशूले यर्दन नदीको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा पूरानो नियमको सबै करारहरु पूरा भयो भन्ने कुरा जानेपछि, येशू मर्नुभयो ।
येशूले उहाँद्वारा उद्धारको कार्य पूरा भइसक्यो भन्ने कुरा जानेपछि भन्नुभयो, “पूरा भयो ।” उहाँ क्रूसमा मर्नुभयो । उहाँले हामीलाई शुद्ध पार्नुभयो, ३ दिनपछि मृत्युबाट बौरी उठनुभयो र स्वर्गमा उडिजानुभयो, जहाँ अहिले उहाँ पिताको दाहिने हातपट्टि बस्नुभएको छ ।
उहाँको बप्तिष्मा र क्रूसको मृत्युद्वारा सबै पापहरु धोइनु भनेको पानी र आत्माबाट नयाँ गरी जन्मने आशिषित सुसमाचार हो । विश्वास गर्नुहोस्, अनि तपाईंको सबै पापहरु क्षमा गरिनेछ ।
हामीले प्रत्येक दिन प्रायश्चितको प्रार्थना गरेर पापको प्रायश्चित पाउन सक्तैनौं । केवल येशूको बप्तिष्मा र उहाँको क्रुसको रगतद्वारा एकैचोटि सँधैको निम्ति मुक्ति प्रदान गरिएको छ । “अब जहाँ यिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन” ( हिब्रू १० : १८ ) ।
अब हामीले गर्नु पर्ने काम चाँहि येशूको बप्तिष्मा र क्रूसको मृत्युद्वारा प्राप्त हुने मुक्तिमा विश्वास मात्रै गर्नु हो । विश्वास गर्नुहोस् तब तपाईं बचाइनुहुनेछ ।
रोमी ५ : १, २ ले भन्दछ, “यसैकारण विश्वासबाट धर्मी ठहरिएका भएर, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा, हामी परमेश्वरमा मिलाप राखौं, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहमा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ, र परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौं ।”
धर्मी ठहराइनुको लागि अर्को उपाय छैन तर पानी र आत्माबाट नयाँ गरी जन्मने आशिषित सुसमाचारमा मात्र विश्वास गर्नुहोस् ।
 
 
परमेश्वरको व्यवस्थाद्वारा उदेश्य
 
के हामीहरु व्यवस्थाद्वारा
शुद्ध हुन सक्छौं ?
सक्तैनौं, हामी सक्तैनों । व्यवस्थाले हामीलाई
केवल पापको चेतना
मात्र दिनसक्तछ ।
 
हिब्रू १० : ९ मा यसरी लेखिएको छ, “अनि पछिबाट भन्नुभएको छ, ‘हेर्नुहोस्, तपाईकै इच्छा पूरा गर्नालाई म आएको छु ।’ दोस्रोलाई स्थापित गर्नालाई उहाँले पहिलो चाँहिलाई खारिज गर्नुहुन्छ ।” हामीहरु व्यवस्थाद्वारा शुद्ध हुन सक्तैनौं । यसले हामीलाई पापी मात्र ठहराउँछ । परमेश्वरको भनाई हामीले व्यवस्था पालन गर्नु होइन ।
रोमी ३ : २० ले भन्दछ, “यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको सामने धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारानै पापको ज्ञान हुन्छ ।” अब्राहामले करार प्राप्त गरेको ४३० बर्षपछि मात्र परमेश्वरले मोशाद्वारा इस्राएलीहरुलाई व्यवस्था दिनुभयो । उहाँले तिनीहरुलाई यसकारण व्यवस्था दिनुभयो कि तिनीहरुले परमेश्वरको अघि पाप के रहेछ भन्ने कुरा थाहा पाओस् । परमेश्वरको व्यवस्थाको अनुपस्थितिमा मानिसलाई पापको ज्ञान थिएन । परमेश्वरले हामीलाई यसकारण व्यवस्था दिनुभयो ताकि हामीले पाप के हो भन्ने कुरा बुझ्न सकौं ।
यसकारण व्यवस्थाको एउटै मात्र उदेश्य चाँहि हामीहरु परमेश्वरको अघि पापी छौं भन्ने कुराको ज्ञान दिनु हो । यो ज्ञानद्वारा, हामीले पानी र आत्माबाटको नयाँ गरी जन्मने आशिषित सुसमाचारमा विश्वास गरेर येशूमा फर्किआउनु हो । यो व्यवस्थाको उदेश्य हो जो परमेश्वरले हामीलाई दिनुभयो ।
 
 
प्रभु परमेश्वरको इच्छा पूरा गर्न आउनुभयो
 
हामीले परमेश्वरको अघि के गर्नुपर्छ ?
हामीले येशूद्वारा परमेश्वरको छुटकारामा
विश्वास गर्नुपर्छ ।
 
“अनि पछिबाट भन्नुभएको छ, ‘हेर्नुहोस्, तपाईकै इच्छा पूरा गर्नालाई म आएको छु ।’ दोस्रोलाई स्थापित गर्नालाई उहाँले पहिलो चाँहिलाई खारिज गर्नुहुन्छ ” ( हिब्रू १० : ९ ) । किनभने हामीहरु व्यवस्थाद्वारा शुद्ध हुनसक्तैनौं, परमेश्वरले हामीलाई उहाँको व्यवस्थाद्वारा छुडाउनु भएन, तर उहाँको पूर्ण मुक्तिद्वारा । परमेश्वरले हामीलाई उहाँको प्रेम र धार्मिकताद्वारा बचाउनुभयो ।
“औ त्यही इच्छाबाट ता येशू ख्रीष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएकाछौं । औ हरेक पूजाहारी दिनहुँको सेवा गर्दै पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमको बलिदानहरु बारम्बार चढाउँदै खडा हुन्छन् । तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो, ” ( हिब्रू १० : १०—१२ ) ।
उहाँ अहिले परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ किनकि उहाँले मुक्तिको काम पूरा गर्नुभएको थियो र अब उहाँले गर्नु पर्ने कुनै पनि काम बाँकी थिएन । हामीलाई बचाउनको निम्ति उहाँले नता बप्तिष्मा लिनुपर्छ न बलिदान नै दिनुपर्छ ।
अब ससांरको सबै पापहरु धोइएको छ, उहाँले जति गर्नु परेको थियो ती सब उहाँमा विश्वास गर्नेहरुलाई अनन्त जीवन जुटाउनको लागि थियो । अब उहाँले पानी र आत्माको मुक्तिमा विश्वास गर्नेहरुलाई छाप लगाउनुहुन्छ ।
येशू यो ससांरमा आउनुभयो अनि ससांरको सबै पापहरु उठाइलैजानुभयो अनि क्रूसमा मर्नुभयो, यसरी काम पूरा गर्नुभयो । अब प्रभुको काम पूरा भएको छ, उहाँको पिताको दाहिने हातपट्टि बस्नुभएको छ ।
येशूले सबै समयको पापबाट हामीलाई बचाउँछ भन्ने कुरामा हामीले विश्वास गर्नुपर्छ । उहाँले उहाँको बप्तिष्मा र रगतद्वारा हामीलाई सँधैको निम्ति शिद्ध बनाउनुभएको छ ।
 
 
जोहरु परमेश्वरको शत्रु बन्छन्
 
परमेश्वरको शत्रुहरु को हुन् ?
जसले येशूलाई त विश्वास गर्छ तर
हृदयमा पाप राख्छ ।
 
हिब्रू १० : १२, १३ मा प्रभु भन्नुहुन्छ, “तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो, यसपछि उहाँका शत्रुहर उहाँको पाउदान नहोउञ्जेल उहाँलाई पर्खिरहनुहुन्छ ।” तिनीहरुको भाग्यको निर्णय गर्न न्यायको दिनसम्मलाई उहाँले पर्खनुहुन्छ भनी भन्नुभयो ।
उहाँको शत्रुहरुले अझै पनि भन्छन्, “परमेश्वर, कृपाया मेरो पापहरु क्षमा गरीदिनुहोस् ।” शैतान र त्यसको अनुयायीहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गर्दैनन् र निरन्तर रुपमा पापको क्षमा माग्ँछन् ।
हाम्रा परमप्रभु परमेश्वरले अहिले तिनीहरुको न्याय गर्नु हुन्न । तर येशू ख्रीष्टको दोस्रो आगमनको समयमा, तिनीहरुको न्याय हुनेछ र सँधैको निम्ति नरकमा फालिदेछ । तिनीहरुले पश्चाताप गरोस् र मुक्तिद्वारा धर्मी ठहरियोस् भनी परमेश्वरले त्यो दिनसम्म आशा गरेर पर्खिनुहुन्छ ।
जसले येशूमा विश्वास गर्छ तिनीहरुको सबै पापहरु उहाँले उठाइलैजानुभयो र मर्नुभयो । येशूमा विश्वास गर्नेहरुलाई उठाइलैजानको निम्ति कुनै दिन दोस्रोचोटि आउनुहुनेछ । “हे, प्रभु, कृपया चाँडै नै हामीकहाँ आउनुहोस् ।” उहाँ दोस्रोचोटि पापरहितहरुलाई आपूmसगँ रहनको निम्ति सँधैको लागि स्वर्गको राज्यमा लैजानुहुनेछ ।
जसले आपूm पापी छु भन्ने कुरामा जोर दिन्छ प्रभु आउनु हुँदा स्वर्गमा तिनीहरुको निम्ति ठाऊँ हुनेछैन । अन्तिम दिनमा, तिनीहरुको न्याय हुनेछ र नरकको आगोमा फालिनेछ । यो दण्डले पानी र आत्माबाट नयाँ गरी जन्मने कुरालाई इन्कार गर्नेहरुको लागि पर्खिरहनेछ ।
हाम्रो प्रभु येशूले असत्यमा विश्वास गर्नेहरुलाई शत्रुको संज्ञा दिनुहुन्छ । यसकारण हामीले असत्यको विरुद्धमा युद्ध गर्नुपर्छ । यसकारण हामीले पानी र आत्माबाट नयाँ गरी जन्मने आशिषित सुसमाचारमा विश्वास गर्नुपर्छ ।
 
 
हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ
 
हाम्रो पापको पूरा मुल्य चुकाउनको निम्ति
 के त्यहाँ कुनै प्रायश्चित गर्नु बाँकी छ ?
 छैन । एउटै पनि छैन ।
 
हिब्रू १० : १५, १६ ले भन्दछ, “औ पवित्र आत्मा पनि हामीलाई गवाही दिनुहुन्छ । किनभने पहिले यसो भनेपछि, ‘तिनीहरुसगँ मैले बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि, तिनीहरुका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, तिनीहरुका मनमा पनि म ती लेखिदिनेछु ।’”
सबै पापहरु मेटिसकेपछि उहाँले भन्नुभयो, “यो करार म तिनीहरुसित गर्नेछु ।” यो करारको अर्थ के हो ? “म तिनीहरुको हृदयमा मेरो व्यवस्था खन्याउनेछु, अनि म तिनीहरुको मनमा लेखिदिनेछु ।” उहाँको व्यवस्थाअनुसार हामीले सबैभन्दा पहिला नैतिकताको जीवन जिउनुपर्छ, तर व्यवस्थाद्वारा बाँच्न सक्तैन ।
पछिबाट हामीहरुले जान्न सक्यौं कि जसले पानी र आत्माबाटको नयाँ गरी जन्मने आशिषित सुसमाचारलाई हृदयमा विश्वास गर्छन् येशूले तिनीहरुलाई अघिबाट नै बचाइ सक्नुभएको छ । जसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ उ बचाइएको छ ।
येशू मुक्तिको प्रभु हुनुहुन्छ । “औ नता अरु कसैबाट मुक्ति छ, किनकि स्वर्गमनि मानिसहरुमा अर्को नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं ” ( प्रेरित ४ : १२ ) । उहाँ यो ससांरमा मुक्तिदाता भएर आउनुभयो । किनकि हामीहरु हाम्रो कामद्वारा बाँच्न सक्तैन थियौं, येशूले हामीलाई बचाउनुभयो अनि उहाँको प्रेम र मुक्तिको व्यवस्थाले हाम्रो हृदयको पातामा लेखिदिनुभयो ।
“‘औ तिनीहरुका पाप र तिनीहरुका अधर्म म फेरि सम्झनेछैन ।’ अब जहाँ यिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन” ( हिब्रू १० : १७, १८ ) ।
अब उसो उहाँले हाम्रो अधर्मका कामहरुलाई सम्झनु हुन्न । अब उसो उहाँले हाम्रा सबै पापहरुलाई उठाइलैजानुभयो, अब हामी विश्वासीहरुसगँ कुनै पाप छैन जसको निम्ति पाप क्षमा गरिनुपर्छ । हाम्रो ऋण पूर्णरुपमा चुक्ता भएको छ अनि अब मुल्य चुकाउनको निम्ति केही पनि बाँकी छैन । येशूको सेवकाइमा मानिसले विश्वास गरेर बचाइएकाछौं, जसले उहाँको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा हामीलाई बचाउनुभयो ।
अब हामीले गर्नु पर्ने काम चाँहि पानी र येशूको रगतमा विश्वास मात्रै गर्नु हो । “औ तिमीहरुले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ” ( यहून्ना ८ : ३२ ) । येशूको मुक्तिमा विश्वास गर । मुक्ति प्राप्त गर्नु श्वास फेर्नुभन्दा सजिलो छ । तपाईंहरुले गर्नु पर्ने काम चाँहि ती भएको कुरामा विश्वास गर्नु हो । मुक्ति चाँहि परमेश्वरको वचनमा विश्वास गर्नु मात्रै हो ।
येशू मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नुहोस् ( येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा ), अनि मुक्ति तपाईंसगँ भन्ने कुरामा विश्वास गर्नुहोस् । म प्रार्थना गर्छु कि तपाईंले येशूमा विश्वास गर्नुहुनेछ अनि उहाँसगँ अनन्त जीवन जिउन तयार हुनुहुनेछ भनी ।