• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

विषय ३: पानी र पवित्र आत्माको सुसमाचार

< 3-8 > येशूको बप्तिष्मा मुक्तिको निम्ति अपरिहार्य प्रकृया हो (मत्ती ३ : १३—१७)

( मत्ती ३ : १३—१७ )
“तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिष्मा लिनालाई आउनुभयो । तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बपितष्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” तब तिनले उहाँलाई मञ्जूर गरे । अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघि«यो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदैगर्नुभएको औ आपूmमाथि आउँदैगर्नुभएको देख्नुभयो । औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, “यिनी मेरो प्यारो पुत्र हुन्, जोसगँ म खुशी छु ।”
 
 
यूहन्ना बप्तिष्मा दिनेको बप्तिष्मा
 
पश्चाताप के हो ?
पापमय जीवनबाट फर्किनु र शुद्ध हुनको
निम्ति येशूमा विश्वास गर्नु हो ।
 
ससांरका धेरै मानिसहरुले येशू यो ससांरमा किन आउनुभयो र यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो भन्ने कुरालाई जान्दैनन् । यसकारण आउनुहोस् हामीहरु येशूको बप्तिष्मा र यूहन्ना बप्तिष्मा दिने जसले उहाँलाई बप्तिष्मा दिनुभयो त्यसको उदेश्यको बारेमा हेरौं ।
सबैभन्दा पहिला के कुराले यूहन्ना बप्तिष्मा दिनेलाई यर्दन नदीमा मानिसहरुलाई बप्तिष्मा दिन कर लगाए भन्ने कुरामा हामीले विचार गर्नुपर्छ । यस कुरालाई मत्ती ३ : १—१२ मा यसरी बयान गरिएको छ कि यूहन्ना बप्तिष्मा दिनेले मानिसहरुलाई तिनीहरुको पापको प्रायश्चित गर्दै परमेश्वरतर्फ फर्काउनुको निम्ति बपितष्मा दिए ।
“म चाँहि ता तिमीहरुलाई पश्चातापको लागि बप्तिष्मा दिन्छु, मपछि आउने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जूत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरुलाई पवित्र आत्मा र आगोले बप्तिष्मा दिनुहुनेछ । किनभने यी उही हुन् जसका विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको छ, जङ्गलमा एकजना कराउनेको शब्द, परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरु सोझ्याऊ ।” यहून्ना बप्तिष्मा दिने जसले ऊँटको रौको बस्त्र पहिरन्थे अनि कम्मरमा छालाको पटुका बाँध्थे, बनमा कराउँथे अनि पापको क्षमाको निम्ति पश्चातापको बप्तिष्माको निम्ति प्रचार गर्थे ।
तिनले यसो भनेर मानिसहरुको अघि कराउँथे, “पश्चाताप गर मानवजातिको मुक्तिदाता आउनुहुँदैछ ; उहाँको निम्ति बाटो तयार गर, उहाँको मुक्तिको बाटो सोझो बनाऊ । अन्यजातिको देवताहरु पुज्न बन्द गर अनि तिमीहरुको हृदयमा प्रभुलाई ग्रहण गर ।
केबाट फर्किनु ? मुर्तिपूजा र पापमय जीवनको खराब कामबाट । यसकारण हामीले के गर्नुपर्छ ? शुद्ध हुनको निम्ति येशूमा विश्वास गर्नुपर्छ । यूहन्ना बप्तिष्मा दिनेले बनमा यसो भनेर कराउनुभयो, “मद्वारा बप्तिष्मा लेऊ । तिम्रो पापहरु धुअ । तिमीहरुको मुक्तिदाता, तिमीहरुको मसीहा, यो ससांरमा आउनुहुँदैछ । उहाँले तिमीहरुको पापलाई पूरानो नियमको बलिदानको थूमाको रुपमा उठाइलैजानुहुनेछ अनि तिमीहरुको सबै पापलाई धोइदिनुहुनेछ ।”
पूरानो नियममा, दैनिक पापहरु पापबलिको शिरमाथि हात राखेर सार्ने काम गरिन्थ्यो । इस्राएलीहरुको बर्षेनी पापहरु चाँहि प्रायश्चितको दिनमा महापूजाहारीद्वारा बोकामाथि खन्याइन्थ्यो, जो चाँहि प्रत्येक बर्षको सातौं महिनाको दशौं दिनमा चढाइन्थ्यो ( लेवी १६ : २९—३१ ) ।
त्यसरी नै, मानवजातिको पापहरु येशूको बप्तिष्माद्वारा उहाँमाथि खन्याइन्थ्यो ताकि उहाँद्वारा ती पापहरु धोइयोस् । यसकारण यूहन्ना बप्तिष्मा दिनेले मानिसहरुलाई येशूकहाँ फर्कि आएर उहाँद्वारा बप्तिष्मा लिनको निम्ति आग्रह गरे ।
यूहन्ना बप्तिष्मा दिनेद्वारा प्राथमिक महत्व चाँहि पश्चातापलाई दिइएको थियो, जुन कुराले इस्राएलका मानिसहरुलाई येशूकहाँ फर्काईल्याउनु थियो जो पछिबाट आइरहनुभएको थियो । पश्चातापको अर्थ पापमय जीवनबाट फर्कनु अनि सबै पापहरु क्षमा गरिनको निम्ति मसीहामा विश्वास गर्नु ।
इस्राएलका मानिसहरुले मसीहामा विश्वास गरेर मुक्ति प्राप्त गर्थे जो चाँहि पछिबाट तिनीहरुको पापलाई धुनको निम्ति आइरहनुभएको थियो । त्यसरी नै, हामीहरु पनि येशूमा विश्वास गरेर मुक्त हुन सक्छौं, जो २००० बर्षअघि स्वर्गबाट ओर्ली आउनुभयो अनि ससांरको सबै पापहरुलाई धोइदिनुभयो । तर पूरानो नियममा इस्रालीहरुले परमेश्वरको व्यवस्थालाई त्यागिदिए, गलत बलिदान चढाए अनि मसीहालाई बिर्सी दिए ।
किनभने यूहन्ना बप्तिष्मा दिनेलाई तिनीहरुको अघि परमेश्वरको व्यवस्था जनाई दिन आवश्यक प¥यो अनि मसीहा चाँहि पछिबाट आउनु पर्ने थियो, तिनले मानिसहरुलाई बप्तिष्मा दिए अनि अन्तमा येशूलाई पनि यर्दनमा बप्तिष्मा दिए । धेरै मानिसहरु यूहन्नाकहाँ आए अनि मुर्ति पुजेको र परमेश्वरको व्यवस्थालाई त्यागेको पापको निम्ति प्रायश्चित गरे । बलि चढाउने बिधिमा तीनवटा अपरिहार्य तत्वहरु छन् — एउटा जीवित पशु, हात राख्नु र रगत । ससांरका सबै मानिसहरु येशूमा विश्वास गरेर बाँच्छन् ।
जब सदुकी र फारिसीहरु बप्तिष्मा लिनलाई आए, यूहन्ना बप्तिष्मा दिने यसो भनेर कराउनुभयो, “तर तिनले फरिसीहरु र सदुकीहरुमध्ये धेरैजनालाई तिनका बप्तिष्मामा आइरहेका देखेर तिनीहरुलाई भने, “ए सर्पका सन्तान हो, आउनलागेका क्रोधबाट भाग्न कसले तिमीहरुलाई चेताउनी दियो ? यसकारण पश्चाताप लायकको फल फलाओ । औ अब्राहामनै हाम्रा पिता हुनुहुन्छ भन्ने आपसमा बिचार नगर । किनभने म तिमीहरुलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामको लागि सन्तान खडा गर्न सक्नुहुन्छ ” ( मत्ती ३ : ७—९ ) ।
यी फरिसी, सदुकी, राजनीतिक भूmण्ड र मुर्तिपूजकहरुले सम्झे कि तिनीहरु परमेश्वरका मानिसहरु हुन् जबकि वास्तविकता चाँहि तिनीहरुले परमेश्वरको वचनमा विश्वास गरेनन् । तिनीहरुले आफ्नो विचारले अन्य देवी—देवतालाई विश्वास गरे ।
जब तिनीहरु यूहन्ना बप्तिष्मा दिनेकहाँ बप्तिष्मा लिनलाई आए, तिनले तिनीहरुलाई भने, “तिमीहरुले गलत बलिदान नचढाऊ तर पापबाट फर्क अनि साँचो प्रकारले विश्वास गर कि मसीहा आउनुहुनेछ र तिमीहरुको पापहरु धोइदिनुहुनेछ । तिमीहरुले यस कुरालाई हृदयमा विश्वास गर्नुपर्छ ।” पश्चाताप गर्नु भनेको गलत मार्गबाट फर्किनु हो । साँचो पश्चाताप चाँहि पापबाट अनि गलत विश्वासबाट मोडिनु र येशूमा फर्किनु हो । यो चाँहि येशूको बप्तिष्माको छुटकारा र क्रूसको दण्डमा विश्वास गर्नु हो ।
त्यसैगरी, ती मानिसहरुलाई परमेश्वरतिर फर्काई ल्याउनको निम्ति विश्वास दिलाउन यसो भनेर हपार्नुभयो, कसले परमेश्वरको व्यवस्था र बलिदानको बिधिलाई त्यागिदियो ? यो मानिसहरुलाई येशूमा फर्काई ल्याउने यूहन्ना बप्तिष्मा दिनेको भूमिका थियो ताकि तिनीहरुले येशूमा विश्वास गर्न सकोस् र तिनीहरुको पापबाट बाँच्न सकोस् ।
 
 
येशूको बप्तिष्माद्वारा हुने छुटकारालाई विश्वास गर्नुहुन्छ ?
 
सबै मानिसहरुले येशूको
अघि के गर्नुपर्छ ?
तिनीहरुको सबै पापहरुबाट बाच्ँनको निम्ति
येशूमा विश्वास गर्नुपर्छ
 
येशूले जनसाधारणको बीचमा गर्नुभएको पहिलो सेवकाई नै यूहन्ना बप्तिष्मा दिनेको हातबाट बप्तिष्मा लिने काम थियो । यसरी संसारको सारा पापहरु येशूमाथि लादिए ।
यसकारण येशूको बप्तिष्मा मानवजातिको मुक्तिको निम्ति परमेश्वरको कामको शुरुआत र येशूको धार्मिकताको काम थियो जुन कामद्वारा संसारको सबै पापहरु धोइदिनुभयो । येशूको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलौनुभयो भन्ने सत्यतामा जसले विश्वास गर्छ तिनीहरुलाई परमेश्वरले मुक्त गर्नुभएको छ ।
जब येशू यो संसारमा आउनुभयो र यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो, तब स्वर्गको राज्यको सुसमाचार शुरु भयो । अनि मत्ती ३ : १५ मा बर्णन गरेअनुसार उहाँको बप्तिष्माद्वारा स्वर्ग खोलियो, यो पूरानो नियमको लेवी १ : १—५, ४ : २७—३१ मा बर्णन गरेअनुसार प्रायश्चितको बलिदान जस्तै थियो ।
पूरानो नियममा भएको कुराले नयाँ नियममा मेल खाएको छ र प्रक्रियामा परिवर्तन आएको छ । “परमप्रभुको पुस्तक खोजेर पढ । यिनमा एउटै पनि हराउनेछैन । कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि परमेश्वर आफैले यो गर्नुभएको छ, औ उहाँको आत्माले तिनीहरुलाई जम्मा गर्नुभएको छ ” ( यशैया ३४ : १६ ) ।
 
 
पूरानो अनि नयाँ नियम दुवैले सबै मानवजातिको पापहरुकोप्रायश्चित बारेमा कुरा गरेको छ ।
 
के हामीले हाम्रो दैनिक पापको
निम्ति पश्चाताप गर्नुपर्छ ?
छैन । साँचो पश्चातापले पाप मानिलिन्छ र
मुक्ति प्राप्त गर्नको निम्ति येशूको
बप्तिष्मामा मन फिराउँछ ।
 
पूरानो नियममा दैनिक पापलाई पापबलिमाथि हात राखेर खन्याइन्थ्यो । त्यसपछि बलिको रगत बहाइन्थ्यो र पापीको साटोमा दण्ड दिइन्थ्यो । अनि त्यसैगरी बर्षभरिको पापहरु पनि एकमुष्ठ गरेर पापबलिमाथि हात राखेर खन्याइन्थ्यो, ताकि सारा मानवजातिको बर्षेनी पापहरु क्षमा हुन सकोस् ।
नयाँ नियममा, ठीक त्यही प्रकारले, येशू ख्रीष्ट आउनुभयो र सारा मानवजातिको पापहरु उठाइलैजानको निम्ति यर्दन नदीमा बप्तिष्मा लिनुभयो । यसरी पूरानो नियममा भविष्यवाणी गरिएको परमेश्वरको वचन पूरा भयो ।
यूहन्ना बप्तिष्मा दिने, जसले येशूलाई बप्तिष्मा दिए, परमेश्वरको सेवक थिए जसलाई येशू ख्रीष्टभन्दा छ महिना पहिले पठाइएको थियो । तिनले यूहन्ना १ : २९ अनुसार येशूले संसारको सबै पापहरु उठाइलैजानुभयो भनी साक्षी दिए । “भोलिपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थूमा !”
यूहन्ना बप्तिष्मा दिनेले येशूलाई बप्तिष्मा दिएर संसारको सबै पापहरु उहाँमाथि खन्याए । यसप्रकारले, प्रभुले सबै मानवजातिको पापहरुको प्रायश्चित गर्नुभयो । अब हामी सबैले गर्नु पर्ने काम चाँहि विश्वास गर्नु हो ।
संसारको सबै पापहरु येशूमाथि खनिए । येशूमा चेलाहरुले प्रेरित ३ : १९ मा यसरी भन्नुभएको छ, “यसकारण पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईहरुका पाप मेटिओस्, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्, ।”
यूहन्ना बप्तिष्मा दिनेले किन येशूलाई बप्तिष्मा दिए, तिनले किन मानिसहरुलाई येशूको पछि लाग्नु भने भन्ने कुरा बुझ्नको निम्ति हामीलाई आग्रह गरिरहनुभएको छ । तिनले भने, “पश्चाताप गर र पाप क्षमा प्राप्त गर । येशूको बप्तिष्माको छुटकारामा विश्वास गर । तिम्रो पापहरु धोऊ ।”
मसीहा आउनुभयो अनि बप्तिष्माद्वारा मानिसजातिको सबै पापहरुलाई एकैचोटि सँधैको निम्ति धोइदिनुभयो । यसप्रकारले संसारको सबै पापहरु उहाँमाथि खनिए । मत्ती ३ : १३—१७ मा लेखिएअनुसार येशूको बप्तिष्माले परमेश्वरको करारलाई पूरा गर्नुभयो ।
“तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिष्मा लिनालाई आउनुभयो । तर यूहन्नाले यसो भनेर उहाँलाई रोके, “मलाई बरु तपाईबाट बपितष्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” तब तिनले उहाँलाई मञ्जूर गरे । अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदैगर्नुभएको औ आपूmमाथि आउँदैगर्नुभएको देख्नुभयो । औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, “यिनी मेरो प्यारो पुत्र हुन्, जोसगँ म खुशी छु ।”
परमेश्वरको मुक्तिको काम पूरा गर्न येशू यूहन्नाकहाँ बप्तिष्मा लिनको निम्ति आउनुभयो । यूहन्ना बप्तिष्मा दिने परमेश्वरको बिशेष सेवक थिए । लूका १ अध्यायले भन्दछ कि यूहन्ना बप्तिष्मा दिने हारुन प्रथम महापूजाहारीको बंशजबाटको थिए । परमेश्वरले यूहन्नालाई छान्नुभयो, जो हारुनको बंशजबाट थिए, किनभने उहाँलाई सबै धार्मिकता पूरा गर्नको निम्ति सबै मानवजातिका प्रतिनिधिको आवश्यकता थियो ।
यसकारण, परमेश्वरले येशू जन्मनुभन्दा ६ महिना पहिला यूहन्नालाई महापूजाहारीको घरमा जन्मनलाई पठाउनुभयो । यूहन्ना बप्तिष्मा दिनेले बनमा यसो भनेर कराउँदै येशूको निम्ति बाटो तयार गर्नुभयो, “हे शर्पको सन्तान हो, पश्चाताप गर !” पश्चाताप गर र मन फिराऊ । मसीहा आउनुहुनेछ । उहाँमा मन फिराऊ नत्र भने उहाँले तिमीहरुलाई छाटँनुहुनेछ र आगोमा फाल्नुहुनेछ । उहाँ बप्तिष्मा र क्रूसको रगतमा विश्वास गर । पश्चाताप गर र बप्तिष्मा लेऊ, तर तिमीहरुले मुक्ति पाउनेछौं ।
प्रेरित ३ : १९ मा छुटकाराको सुसमाचारलाई स्पष्टरुपमा वर्णन गरिएको छ । जब यूहन्ना बप्तिष्मा दिनेले मानिसजातिको पापको विषयमा प्रचार गरे, धेरैले मन फिराए ।
किनभने यूहन्नाले मानवजातिको पापलाई येशूमा खन्याइदिए, सबै पापहरु उठाइलैजानुभएको कुराको साक्षी दिए । हामी जान्दछौं कि छुटकाराको सुसमाचार, पानी र रगतको सुसमाचारले हामी बचाइन सक्छौं ।
 
 
यूहन्ना बप्तिष्मा दिने येशूभन्दा पहिला आउनुको कारण
 
“यसै हुन देऊ” को अर्थ के हो ?
१. सही तरिकाले
२. सुहाउँदो
३. यसप्रकारले मात्र हुन आवश्य
( अर्को विकल्प छैन )
 
येशू मुक्तिदातामा विश्वास गरेर जसको पापहरु धोइएको छ तिनीहरुले मत्तीको साक्षीद्वारा येशूको बप्तिष्माको मुक्तिलाई निश्चित गर्न सक्छन् । मत्ती ३ : १५, १६ अनुसार येशू यूहन्नाकहाँ आउनुभयो र भन्नुभयो, तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” तब तिनले उहाँलाई मञ्जूर गरे । अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदैगर्नुभएको औ आपूmमाथि आउँदैगर्नुभएको देख्नुभयो ।
येशू को हुनुहुन्छ भन्ने कुरो जानेर बप्तिष्मा दिने यूहन्ना जसले येशूलाई बप्तिष्मा दिए । यूहन्ना परमेश्वरको सेवक थिए जसलाई सारा मानवजातिको पापहरु येशूमा खन्याउन भनी पठाइएको थियो किनकि येशू मुक्तिदाताको रुपमा पूरानो नियमको भविष्यवाणीलाई पूरा गर्न आउनुभयो, उहाँले आफ्नो शिरमा उठाइलैजानको निम्ति आपूmलाई बप्तिष्मा दिन यूहन्नालाई हुकुम गर्नुभयो ।
किन ? किनकि येशू सर्वशक्तिमान, सृष्टिकर्ता र मुक्तिदाता परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँ हाम्रा सबै पापहरु धुनको निम्ति हामीकहाँ आउनुभयो । यसकारण सबै मानिसहरुलाई बचाउनको निम्ति उहाँले बप्तिष्मा लिनुप¥यो ।
“अहिलेलाई यसै हुन देऊ” येशूले बप्तिष्मा दिने यूहन्नाद्वारा बप्तिष्मा लिनुभयो र हाम्रा सबै पापहरु धोइदिनुभयो । उहाँले हाम्रो पक्षमा भएर क्रूसमा दण्ड भोग्नुभयो । येशूको बप्तिष्मा हाम्रो मुक्तिको साक्षी हो । जसरी परमेश्वरले पूरानो नियममा भविष्यवाणी गर्नुभएको छ कि सबै पापहरु बलिको थूमामा खन्याइनुपर्छ, परमेश्वरको पुत्र थूमा बन्नुभयो र हाम्रा सबै पापहरुलाई आपूmमाथि लिनुभयो ।
यसकारण पूरानो नियमको हात राख्ने काम र नयाँ नियमको येशूको बप्तिष्मा दुवै पापहरु खन्याइने काम हो, अनि जसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ तिनीहरुलाई मुक्ति र अनन्त जीवन प्रदान गरिन्छ ।
 
 
येशूको बप्तिष्माले हाम्रा सबै पापहरुलाई धुदँछ
 
हामीहरु कसरी येशूमा मिल्न सक्छौं ?
ख्रीष्टमा बप्तिष्मा भएर ।
 
जब येशूले बप्तिष्मा लिन चाहनुभयो, यूहन्नाले उहाँलाई रोक्ने प्रयास गरे र भन्नुभयो, “मलाई पो तपाईंबाट बप्तिष्मा आवश्यक छ, के तपाईं मकहाँ बप्तिष्मा लिन आउने ?”
तर येशूले जवाफ दिएर भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ, किनभने यसरी नै हामीले सबै धार्मिकता पूरा गर्नुपर्छ ।” अहिलेलाई यसै हुन देऊ । हुन देऊ । उहाँले यूहन्नालाई भन्नुभयो, “तिमीले मानिसहरुको पाप ममाथि खन्याइदेऊ ताकि जतिले छुटकाराको पानीमा विश्वास गर्छ तिनीहरुलाई मकहाँ ल्याउन सकुँ । त्यसपछि म तिनीहरु सबैको निम्ति दण्ड भोग्नेछु जसद्वारा जतिले मेरो बप्तिष्मामा विश्वास गर्छ तिनीहरुको सबै पापहरुबाट मुक्ति पाउनेछ । बप्तिष्माद्वारा संसारको सबै पापहरु ममाथि खन्याइदेऊ ताकि पछिबाट आउनेहरु सबैले ममाथि विश्वास गरेर एकैचोटि सँधैको निम्ति तिनीहरुको पापबाट छुटकारा प्राप्त गरोस् । यसकारण अहिलेलाई यसै हुन देऊ ।
येशूको यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा भएको थियो अनि येशूको बप्तिष्मा परमेश्वरको मुक्तिको व्यवस्थाअनुसार भएको थियो । किनकि जब येशूले बप्तिष्मा लिए सबै पापहरु उहाँमाथि खन्याइएको थियो । जब हामीहरु येशूमा विश्वास गर्छौं र बप्तिष्मा लिन्छौं एकैचोटि सँधैको निम्ति छुटकारा प्राप्त गर्छौं । किनकि उहाँको शिरमाथि हात राखिएको कारण हाम्रा सबै पापहरु उठाइलगियो अनि हाम्रो साटो क्रूसमा मर्नुभयो र अहिले परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ, र हामीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गरेर बाँच्न सक्छौं ।
उहाँ येशू नै हुनुहुन्छ, जसले हामीलाई संसारको सबै पापहरुबाट बचाउनुभयो । येशूले हाम्रा सबै पापहरु उठाइलैजानुभयो र क्रूसमा हाम्रो पापको मोल तिरिदिनुभयो भन्ने कुरामा विश्वास गरेर हामीहरु बाच्ँन सक्छौं । येशूको बप्तिष्मा मुक्तिको सुसमाचारको आरम्भ थियो ।
मुक्तिको बप्तिष्मालाई घरिघरि बाइबलमा उल्लेख गरेको छ अनि प्रेरित पावलले पनि गलातीको मण्डलीमा भन्नुभएको छ कि तिनी येशूसँगै क्रूसमा चढाइएको छ किनकि तिनको येशूमा बप्तिष्मा भएको थियो र येशूमा मिलाप भएको थियो । प्रेरित पावलले येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा मुक्तिमा विश्वास थियो भन्ने बारेमा कुरा गरेको छ ।
 
 
“अहिलेलाई यसै हुन देऊ”
 
यूहन्ना बप्तिष्मा दिनेको भूमिका के थियो ?
तिनको भूमिका महापूजाहारीको रुपमा
येशूमाथि संसारको सबै पापहरु
खन्याउनु थियो
 
येशूले भन्नुभयो, “हामीले यसरी नै सबै धार्मिकता पूरा गर्नुपर्छ ।” सबै धार्मिकताको अर्थ उहाँको बप्तिष्माद्वारा सबै पापहरु मेटिदिनु र सबै मानिसहरुलाई तिनीहरुको हृदयमा पापरहित बनाउनु हो । “त्यसपछि तिनले अनुमति दिए ।” येशूले यर्दनमा बप्तिष्मा लिनुभयो ।
जसरी महापूजाहारीले आफ्नो हात बोकाको शिरमाथि राख्ने यूहन्ना बप्तिष्मा दिनेले आफ्नो हात येशूको शिरमाथि राखे अनि संसारको सबै पापहरु उहाँमाथि खन्याइदिए । यूहन्ना बप्तिष्मा दिने महापूजाहारी थिए र मानवजातिको प्रतिनिधिको रुपमा संसारको सबै पापहरु येशूमाथि खन्याउनु उसको काम थियो । “परमेश्वर, म संसारको सबै पापहरु तपाईंको थूमा येशूमाथि खन्याउँछु ।” यसरी सबै मानवजातिको पापहरु येशूमा सरे ।
यूहन्ना बप्तिष्मा दिनेले आफ्नो हात येशूको शिरमाथि राखे, उहाँलाई पानीमा डुबाए अनि जब येशू पानीदेखि बाहिर निस्कनुभयो आफ्नो हात हटाए । येशूको बप्तिष्माले धार्मिक मुक्ति खडा गरे । यसरी जसले येशूको बप्तिष्मा विश्वास गर्छ, येशूले ती सबै मानिसहरुलाई बचाउनुहुन्छ ।
 
 
स्वर्ग उघ्रियो र स्वर्गबाट एउटा आवाज आयो
 
कुन समयदेखि स्वर्गको राज्य उघ्रियो ?
यूहन्नाको बप्तिष्माको दिनदेखि
( मत्ती ११ : १२ )
 
“अनि येशू बप्तिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लदैगर्नुभएको औ आपूmमाथि आउँदैगर्नुभएको देख्नुभयो । औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, “यिनी मेरो प्यारो पुत्र हुन्, जोसगँ म खुशी छु ।”
जब येशूले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो, उहाँको निम्ति स्वर्ग उघ्रियो । यसरी यर्दन नदीमा येशूको बप्तिष्माद्वारा हजार बर्षअघि परमेश्वरले गर्नुभएको करार पूरा भयो ।
यसरी येशू, परमेश्वरको थूमाले संसारको सबै मानिसहरुलाई तिनीहरुको पापदेखि बचाउनुभयो । संसारको सबै पापहरु येशूमाथि खन्याइए अनि उहाँले परमेश्वरको इच्छा पूरा गर्नुभयो ।
यूहन्ना १ : २९ मा यसरी गवाही दिइएको छ, “भोलिपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थूमा !”
किनकि सबै पापहरु येशू परमेश्वरको थूमामाथि खन्याइए, अनि त्यो बोक्नलाई आफ्नो काँधमाथि लिएर तीन बर्षपछि गलगथाको क्रूसतिर बढनुभयो । उहाँले बप्तिष्माद्वारा सबै पापहरुलाई आपूmमाथि लिएर उहाँ जहाँ जहाँ जानुभयो, उहाँमाथि विश्वास गरेर ग्रहण गर्नेहरुलाई तिनीहरुको पाप क्षमा भयो भनी उहाँले तिनीहरुलाई भन्नुभयो ।
यूहन्ना ८ : ११ मा उहाँले व्यभिचारमा पक्रा परेकी एकजना स्त्रीलाई भन्नुभयो, “म पनि तिमीलाई दोष लगाउँदिन ।” उहाँले त्यस स्त्रीलाई दोष लगाउन सक्नुभएन । यसकारण उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा उहाँले सबैलाई बताउनुभयो ।
किनकि, उहाँ, परमेश्वरको पुत्रले हाम्रा सबै पापहरुलाई उठाइलैजानुभयो, संसारका प्रत्येक विश्वासी सिद्ध हुन सक्तछन् । जब उहाँले बप्तिष्मा लिनुभयो स्वर्ग उघारियो । स्वर्गको राज्यको ढोका उघारियो अनि जसले येशूको बप्तिष्मामा विश्वास गर्छ तिनीहरु स्वतन्त्र रुपमा स्वर्गमा प्रवेश गर्न सक्छन् ।
 
 
येशूले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरुउठाइलगेर क्रूसमा मारिनुभयो
 
येशूले कसरी शैतानको शिर कुल्चनुभयो ?
हामी सबैको पापहरुको निम्ति दण्ड भोगेर
मृत्युबाट बौरी उठेपछि ।
 
किनकि सबै पापहरु येशूको शिरमाथि लादिएको थियो र येशूले क्रूसको दण्ड भोग्नुप¥यो । उहाँले क्रूसमा खप्नु पर्ने दु : खलाई सम्झिनु भएपछि उहाँ अति दु : खित र पिडित हुनुभयो । उहाँले आफ्नो पसिना रगतमा परिणत भइञ्जेलसम्म प्रार्थना गर्नुभयो । जब उहाँ आफ्ना चेलाहरुसगँ गेतसमनी भन्ने ठाऊँमा जानुभयो, उहाँ यसो भनेर कराउनुभयो, “हे मेरो पिता, यदि सम्भव छ भने यो कचौरा मबाट हटाइदिनुहोस् ।” ( मत्ती २६ : ३९ ) मैले बप्तिष्मा लिएँ र संसारको सबै पापहरु उठाएँ, तर मलाई यसको निम्ति मर्न नदिनुहोस् । तर परमेश्वरले उत्तर दिनु भएन ।
पूरानो नियमको प्रायश्चितको दिनमा पापबलि मारिनु पथ्र्यो ताकि त्यसको रगत महापूजाहारीद्वारा कृपा आसनअघि छर्कियोस् । त्यसरी नै, येशू क्रूसमा मारिनु पथ्र्यो, अनि परमेश्वरले यसबाहेक अर्को उपाय छैन भनी निर्णय गर्नुभयो ।
बेदी परमेश्वरको न्याय गर्ने ठाऊँ हो अनि पापबलिको रगत जीवन हो । बेदीको अघि र कृपा आसनको अघि सातचेटि रगत छर्कनु चाँहि सबै दण्ड खन्याइनु हो ( लेवी १६ : १—२२ ) ।
येशूले परमेश्वरको अघि कचौरा हटाइदिनुहोस् भनी प्रार्थना गर्नुभयो । तर उहाँको पिताले सो गर्न दिनु भएन र अन्तमा येशूले भन्नुभयो, तब उहाँ अलि अगाडि गएर घोप्टो पर्नुभयो, र यसो भनेर प्रार्थना गर्नुभयो, ‘हे मेरा पिता, हुनसक्छ भने, यो कचौरा मबाट हटिजाओस् । तरैपनि मेरो इच्छाबमोजिम होइन, तर तपाईको इच्छा बमोजिम होस् ( मत्ती २६ : ३९ ) । परमेश्वरको निम्ति जे गर्नु उचित छ सो गर्नलाई उहाँले परमेश्वरसगँ प्रार्थना गर्नुभयो । उहाँले प्रार्थना गरेर सिध्याउनुभयो र पिताको इच्छा पक्ष्याउनुभयो ।
येशूले आफ्नै इच्छा त्यागिदिनुभयो अनि पिताप्रति आज्ञाकारी बन्नुभयो । किन ? यदि उहाँले संसारको सबै पापहरु उठाइलगेपछि दण्ड नभोग्नु भएको भए मुक्तिको काम पूरा हुने थिएन । उहाँ यसकारण क्रूसमा मारिनुभयो कारण उहाँले बप्तिष्माद्वारा मानिसजातिको सबै पापहरु उठाइलैजानुभएको थियो । “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको बरदान प्रभु येशू ख्रीष्टबाट अनन्त जीवन हो ” ( रोमी ६ : २३ ) ।
परमेश्वरले करार पूरा गर्नुभयो जसको बारेमा उहाँले मुक्तिदाता पठाउने छु, अनि उहाँमाथि हात राखेर येशूको बप्तिष्माद्वारा सबै मानवजातिलाई बचाउने छु भनी भन्नु भएको थियो । येशूले परमेश्वरको इच्छा पालन गर्नुभयो अनि हाम्रो निम्ति दण्ड भोग्नुभयो ।
यो उत्पत्ति ३ : १५ को भविष्यवाणी पूरा हुने काम पनि थियो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।” परमेश्वरले आदमलाई मसीहा हवाको सन्तान पठाउँछु भनी प्रतिज्ञा गर्नुभएको थियो र जसले शैतानको शक्तिलाई जित्ने छ जसले मानिसलाई पाप गर्न लगाएर नरक पठायो ।
जब हामीहरु येशूको बपितष्मा र क्रूसको मृत्युलाई विश्वास गर्छौं, हाम्रा सबै पापहरु धोइन्छ र हामीहरु दण्डदेखि बाच्छौं ।
जब हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतलाई बिचार गर्छौं, तब हामीले हाम्रो हृदयमा स्वस्थ्य विश्वास राख्नुपर्छ । तपाईंको हृदयमा विश्वास गर्नुहोस् र तब बचाइनुहोस् ।
 
 
येशूको बप्तिष्मा स्वर्गीय आशिषको शुरु हो
 
प्रभु स्वर्गारोहण हुनअघि उहाँले दिनुभएको
अन्तिम आज्ञा के हो ?
पिता, पुत्र र पवित्र आत्माको नाऊँमा बप्तिमा
दिएर चेला बनाऊ भनी आफ्ना
चेलाहरुलाई आज्ञा गर्नुभयो ।
 
येशूको बप्तिष्मा सुसमाचारको शुरुआत थियो, र उहाँले आफ्ना चेलाहरुलाई बप्तिष्मा र रगतले बचाउनुभयो । मत्ती २८ : १९ मा यसरी लेखिएको छ, “यसकारण गएर सबै देशका जातिहरुलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिष्मा देओ ।” येशूले आफ्ना साक्षी दिनुभयो कि पिता पुत्र अनि पवित्र आत्माले मानिसहरुलाई तिनीहरुको पापबाट बचाउँछ र येशूको बप्तिष्मा र रगतले तिनीहरुको पापलाई धोइदिन्छ ।
येशूले तिनीहरुलाई सबै देशका मानिसहरुलाई चेला बनाउनु, पिता, पुत्र अनि पवित्र आत्माको नाऊँमा मुक्तिको बप्तिष्मा दिन लगाउनुभयो, बप्तिष्मा जसले संसारको सबै पापहरुलाई धोइदिन्छ ती सबको बिषयमा सिकाऊनलाई शक्ति दिनुभयो ।
२००० बर्षअघि येशू यो संसारमा शरीर धारण गरेर आउनुभयो अनि यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभयो । येशूको बप्तिष्माद्वारा हाम्रो पापहरु लगायत संसारको सबै पापहरु येशूमाथि लादियो ।
उहाँमाथि कति पापहरु लादियो ? भोलीको पाप चाँहि नि त ? उहाँले भन्नुभयो कि भोलिको पाप पनि उहाँमाथि लादियो । हाम्रो छोरा — छोरीको पाप पनि, सबै पुस्ताको, भूत, बर्तमान र भविष्यको यहाँसम्म कि आदमको पाप पनि येशूमाथि लादियो ।
अब हाम्रो जीवनमा कसरी पाप हुँदैन ? हामीहरु कसरी पापरहित हुन्छौं ? किनकि येशूले उहाँको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उठाइलैजानुभयो, संसारको पापहरु पनि ताकि सबै विश्वासीहरु आफै पापबाट स्वतन्त्र हुन सकोस् अनि स्वर्गको राज्यमा प्रवेश गर्न सकोस् ।
“तर त्यसका काम परमेश्वरमा भएका हुन् भनी प्रकट होस् भनेर सत्य काम गर्ने चाँहि ज्योतिमा आउँछ ?” ( यूहन्ना ३ : २१ ) ।
येशूले उहाँको बप्तिष्मा, उहाँको क्रूसको रगत, मृत्यु र पुनरुत्थानले हाम्रा सबै पापहरुलाई धोइदिनुभयो । यसकारण उहाँको बप्तिष्मा र क्रूसको मृत्युमा विश्वास गर्नु भनेको नै सबै पापहरुबाट बचाइनु हो । यो मुक्तिको विश्वास हो ।
जब हामीहरु बप्तिष्मा र ख्रीष्टको रगतमा विश्वास गर्छौं हामी बाँचेका हुन्छौं । जब हामीहरु येशूमा सही तरिकाले विश्वास गर्छौं, हामीहरु धर्मी ठहरिन्छौं कि पापी ? हामी धर्मी ठहरिन्छौं । यध्यपि हामीहरु अपूर्ण प्राणी भएर पनि के हामीहरु पापरहित छौं ? हो हामी पापरहित छौं । येशूको बप्तिष्मा र क्रूसको दण्डमा विश्वास गर्नु भनेको पूर्ण र सही विश्वास धारण गर्नु हो ।
 
 
बप्तिष्मा लिनु र येशूको नाऊँमा बप्तिष्मा हुनु
 
स्वर्गीय सुसमाचारको शुरुआत
के हो ?
येशूको बप्तिष्मा
 
किनकि मानिस अपूर्ण प्राणी हो, जसले येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्छन् तिनीहरुको विश्वासलाई पक्का गर्नको निम्ति सेवकहरुले तिनीहरुलाई बप्तिष्मा दिनुपर्छ । नयाँ गरी जन्मेकाहरु तिनीहरु नयाँ गरी जन्मेकाछन्, बाँचेकाछन् भन्ने कुरालाई प्रमाणित गर्नको निम्ति येशूले लिनुभएको बप्तिष्मा जस्तै गरी बप्तिष्मा लिएर निश्चित हुन्छन् ।
सेवकले सबैभन्दा पहिला नयाँ गरी जन्मेको शिरमाथि हात राखेर प्रार्थना गर्छन् र परमेश्वरको आशिष माँग्छन्, ताकि त्यो व्यक्तिले उसको जीवनको अन्तिम घडीसम्म सही तरिकाले परमेश्वरको उपासना गरोस् । त्यसपछि तिनले पिता,पुत्र अनि पवित्र आत्माको नाउँमा बप्तिष्मा दिन्छन् ।
हामीले येशूको बप्तिष्मा र उहाँको रगतमा भएको विश्वासको आधारमा बप्तिष्मा लिन्छौं । यो बप्तिष्माले यो कुरा देखाउँदछ कि हाम्रो सबै पापहरु येशूमा खनिए, बप्तिष्मा लिने व्यक्ति येशूसँगै मरेको छ, र उहाँसँगै बौरी उठेको छ ।
बप्तिष्माले येशूको बप्तिष्माद्वारा हाम्रा पापहरु येशूमाथि खनियो येशूसँगै पापको दण्ड भोग्यो र येशूसँगै बौरी उठयो भन्ने कुराको विश्वासको घोषणा गर्नलाई हो । यो पिता, पुत्र, पवित्र आत्मा, शैतान र मानिसको बीचमा आफ्नो विश्वासको घोषणा गर्नलाई पनि हो । यो पानी र आत्माले नयाँ गरी जन्मेको कुरा स्वीकार्नलाई पनि हो । जसले येशूमा बप्तिष्मा र उहाँको कस्रूको रगतको साँचो अर्थलाई बुझेर येशूमा विश्वास गर्छ तिनीहरु संसारको सबै पापहरुबाट बचाइएकाछन् । त्यसकारण तिनीहरुले पिता, पुत्र अनि पवित्र आत्माको नाममा बप्तिष्मा लिएकाछन् ।
“यसरी कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ । पूराना कुराहरु बितिसके, हेर, ती नयाँ भइसकेकाछन् ” ( २ को० ५ : १७ ) । हाम्रा पूराना कुराहरु बितिगए, अनि हामीहरु विश्वासका मानिसहरु झैं नयाँ गरी जन्मेकाछौं । हाम्रो यो कुरा पक्का गर्नलाई हामीले बप्तिष्मा लिएकाछौं । हामीले येशूको बप्तिष्मामा विश्वास गरेर येशूमा बप्तिष्मा लिएकाछौं ।
 
 
येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतबाट नयाँ गरीजन्मेपछि
 
नयाँ गरी जन्मेकाहरु केको निम्ति जिउँछन् ?
तिनीहरु परमेश्वरको राज्यको निम्ति उहाँकोे
धार्मिकताको निम्ति र सारा संसारमा सुसमाचार
प्रचार गर्नको निम्ति जिउँछन् ।
 
मुक्ति र नयाँ जन्म पाएपछि ती मानिसहरु परमेश्वरको वचनको विश्वासमा जिउनुपर्छ । यसप्रकारको जीवन भावनामा भर पर्ने हुनु हुँदैन, जसको निम्ति मानिसले प्रत्येक दिन नै दैनिक पापको निम्ति पश्चाताप गर्छन् । बरु, यो विश्वासयोग्य जीवन हुनुपर्छ जसले येशूले उहाँको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उठाइलैजानुभएको कुराको निश्चयता दिन्छ ।
जब येशूले बप्तिष्मा लिनुभयो हाम्रा सबै पापहरु येशूमाथि खनिए । उहाँले दण्ड नभोगिञ्जेलसम्म ती पापको भारी बोकेर ३ बर्षसम्म उहाँ जिउनुभयो अनि क्रुसमा मारिनुभयो ।
यसकारण हामी विश्वासीहरुले परमेश्वरको लिखित वचनमा विश्वास गर्नुपर्छ, भावनामा होइन । यदि हामी त्यसो गर्न असफल हुन्छौं भने, हामीहरुले छुटकारा र नयाँ जीवन पाएर पनि दैनिक पापको निम्ति फिर्की मात्र बोकिरहेका हुन्छौं ।
हामीले पापको विषयगत भनाइलाई निकाली फ्याँक्नुपर्छ अनि पानी र रगतको सुसमाचारलाई विश्वास गर्नुपर्छ । यही जीवनलाई मुक्ति पाएकाहरुले धारण गर्नुपर्छ ।
यूहन्ना बप्तिष्मा दिनेले येशूको बारेमा के भन्नुभएको छ ? तिनले भन्नुभयो, “भोलिपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर,संसारको पाप उठाइलैजाने परमेश्वरको थूमा !” ( यूहन्ना १ : २९ ) । तिनले आज, भोली र पर्सी साथै बंशगत पापहरुलाई पनि येशूले उठाइलैजानुभयो भनी गवाही दिनुभयो ।
के उहाँले ती सबै पापहरु उठाइलैजानु भएन र ? के ती सबै पापहरु उहाँमाथि खनिएन र ? हाम्रा भूत, बर्तमान र भविष्यका पापहरु लगायत संसारको सबै पापहरु । हामीले येशूको बप्तिष्माद्वारा मुक्तिको सुसमाचारलाई पक्का गर्नुपर्छ ।
जसले येशूको बप्तिष्मा र उहाँको रगतको सत्यतालाई विश्वास गर्छन् तिनीहरु बचाइएकाछन् । जसले येशूको बप्तिष्मालाई विश्वास गर्छन् तिनीहरुको हृदयमा पाप छैन ।
तथापि, धेरै मानिसहरुले सोच्ँछन् कि तिनीहरुसित अझैं पनि पाप छ किनकि तिनीहरुलाई तिनीहरुको पापहरु अघिबाट नै येशूको बप्तिष्माद्वारा येशूमा लादिए भन्ने कुराको ज्ञान छैन । तिनीहरु शैतानद्वारा ठगिएकाछन् । शैतानले तिनीहरुलाई तिनीहरुको शारीरीकपनले गर्दा बहकाएकाछन् । “तिमीले प्रत्येक दिन पाप गरेकाछौं । तिमी कसरी पापरहित हुनसक्छौं ?”
तिनहिरु पापरहित छन् भन्ने कुराको निम्ति केवल परमेश्वरमा मात्र विश्वास गर्नुपर्छ । तर शैतानले तिनीहरु अझै पापी छन् भन्ने कुराको बहाना बनाएर षडयन्त्र गर्छन्, किनकि तिनीहरुले अझै पाप गर्छन् । यदि हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास ग¥यौं भने हामीहरु कोही पनि पापमा हुँदैनौं ।
किनकि हामीहरु यस संसारमा अपर्याप्त र कमजोर प्राणीको रुपमा जिइरहेकाछौं, हामीहरु हाम्रो कामद्वारा धर्मी ठहरिएकाछौं भनी कहिले पनि भन्न सक्तैनौं । तर हामीहरु विश्वासद्वारा भन्न सक्छौं कि हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतको सत्यतामा विश्वास गरेर बचाइएकाछौं । एकचोटि हामीले येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गरेपछि हाम्रो हृदय सिद्ध हुन्छ भन्ने कुरालाई बुझेपछि हामीमा कुनै पाप हुँदैन ।
“♪म मुक्त भएको छु । तपाईं मुक्त हुनुभएको छ । हामी सबै मुक्त भएकाछौं ♪”। सुसमाचार प्रचार गर्ने इच्छा र आत्माको नियन्त्रणमा जिउनु आनन्द र खुशीको अनुभवको जीवन हो ।
हो, हामी विश्वासीहरुले प्रत्येक दिन पाप गर्छौं तर हामीमा पाप छैन । हाम्रो हृदयमा येशूको बप्तिष्मा र उहाँको रगत छ । हाम्रो हृदय पापले भरिने गथ्र्यो, तर अब येशूको बप्तिष्मामा विश्वास गरेको कारण हामीहरु पापरहित छौं ।
“‘तिनीहरुसँग मैले बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि, तिनीहरुका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, तिनीहरुका मनमा पनि म ती लेखिदिनेछु ।’ अनि उहाँ भन्नुहुन्छ,” ( हिब्रू १० : १६ ) ।
हाम्रो हृदय पापदेखि मुक्त छ । येशूले उहाँको बप्तिष्मा र क्रूसको मृत्युद्वारा पूर्णरुपमा मुक्त हुनको निम्ति सम्भव गराउनुभयो । पापको मुक्तिको निम्ति परमेश्वरको वचनमा विश्वास गर्नुले मेरुदण्डको काम गर्छ ।
 
 
ज—जसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमाविश्वास गर्छन् तिनीहरु कहिले पनि फेरि पापीबन्न सक्तैनन् ।
 
जब हामीहरु पाप गर्छौं के
फेरि पापी बन्छौं ?
बन्दैनौं, हामीहरु कदापि फेरि पनि
पापी बन्दैनौं ।
 
हामीले जतिनै पाप क्षमाको निम्ति प्रार्थना गरे पनि यदि हामीहरु येशूको बप्तिष्मा र रगतमा विश्वास गर्दैनौं भने हाम्रो हृदयमा पाप रहिरहन्छ । तर जब हामीहरु साँचो सुसमाचारमा विश्वास गर्छौं हाम्रा पापहरु धोइएको हुन्छ ।
“औ, आजभोली त तपाईं अति चम्किलो र दयालु देखिन्छ ?”
“हेर्नुहोस्, अब मेरो हृदयमा पाप छैन ।”
“साच्ँचैं ? त्यसो हो भने म अनुमान गर्छु कि तपाईंले अब जतिसुकै पाप गरे पनि हुन्छ, होइन ?”
“हेर्नुहोस्, मानिसले आपूmलाई नियन्त्रण गर्न सक्तैन, तर पाप मात्र गरिरहन्छ । मानिस त्यस्तो छ । तर येशूले उहाँको बप्तिष्माद्वारा सबै पापहरु उठाइलैजानुभयो अनि ती पापको निम्ति क्रूसमा दण्ड भोग्नुभयो । यस हेतुले अब मैले मण्डलीमा सुसमाचारको सेवकाइको निम्ति आफैलाई दिएको छु । रोमी ६ अध्यायले भन्दछ कि हामी सबैले यसप्रकारको जीवन जिउनुपर्छ । मेरो हृदयमा पाप छैन, म केवल धार्मिक कार्यहरु मात्र गर्न चाहन्छु । हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्नुपर्छ अनि संसारभरि सुसमाचार प्रचार गर्नुपर्छ ! जब हामीहरु हाम्रो मुक्तिको मालिकमा विश्वास गर्छौं, हामी फेरि कदापि पापी बन्न सक्तैनौं । हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतको अनन्त मुक्तिमा विश्वास गर्नुपर्छ । म अति नै कृतज्ञ छु !”
 
 
कसले आत्मा प्राप्त गर्छ ?
 
यूहन्ना बप्तिष्मा दिनेले येशूको
बारेमा के भनेर साक्षी दिए ?
येशू परमेश्वरको थूमा हुनुहुन्छ, जसले संसारको
सबै पापहरु उठाइलैजानुभयो, भूत बर्तमान र भविष्यका
पापहरु, यहाँसम्म कि बंशगत पापहरु पनि
भनेर तिनले साक्षी दिए ।
 
जसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छ उसले मुक्ति प्राप्त गर्छ । हामीले कसरी आत्मा पाउँछौं ? प्रेरित २ : ३८, ३९ ले यसको उत्तर दिन्छ । “पत्रुसले तिनीहरुलाई भने, ‘पश्चाताप गर, र तिमीहरु हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिष्मा लेऊ, र तिमीहरुले पवित्र आत्माको बरदान पाउनेछौ । किनकि प्रतिज्ञा तिमीहरुका निम्ति, र तिमीहरुका सन्तानको निम्ति, र टाढा टाडामा रहेका सबैका निम्ति हो, ज—जसलाई परमप्रभु हाम्रा परमेश्वरबाट आह्वान हुन्छ ।’ ”
येशूको नाममा बप्तिष्मा लिनुको अर्थ येशूको बप्तिष्मामा विश्वास गर्नु र मुक्ति प्राप्त गर्नु हो । त्यसपछि बरदानको रुपमा हामीलाई आत्मा दिइने छ ।
येशू ख्रीष्टको नाममा बप्तिष्मा पाउनुको अर्थ पनि येशू ख्रीष्टको बप्तिष्मा र रगतमा विश्वास गरेर सिद्ध हुनु हो । जब हामीहरु यो विश्वासलाई धारण गर्छौं, हामीले मुक्ति पाउँछौं र धर्मी ठहरिन्छौं ।
“तब तिमीहरुले पवित्र आत्माको बरदान पाउनेछौ ।” जब येशूको बप्तिष्माद्वारा हाम्रा पापहरु उहाँमाथि खनिए र ती पापहरुको निम्ति उहाँले क्रूसको मृत्युद्वारा दण्ड भोग्नुभयो भन्ने कुरालाई दृडताको साथमा विश्वास गर्छौं तब हाम्रो हृदय धोइएर शुद्ध हुनेछ । जब हामीहरु येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्छौं तब हाम्रो नयाँ जन्म शुरु हुन्छ अनि पवित्र आत्माको बरदान पाउँछौं र परमेश्वरको सन्तान बन्छौं ।
“औ तिमीहरुले सत्य के हो, सो जान्नेछौं, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ । ” ( यूहन्ना ८ : ३२ ) । हामीले येशूको क्रूसको दण्डको साँचो अर्थलाई बुझ्नुपर्छ । सत्य चाँहि येशूले उहाँको बप्तिष्मा र क्रुूसको मृत्युद्वारा हाम्रा सबै पापहरुलाई मेटाइदिनुभयो । जब हामीहरु सत्यलाई विश्वास गर्छौं तब हामीलाई मुक्ति प्रदान गरिन्छ ।
 
 
येशूको बप्तिष्माले हामीलाई छुटकारा प्रदान गर्छ
 
कसले आत्मा प्राप्त गर्छ ?
जसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा
विश्वास गर्छ उसले छुटकारा
प्राप्त गर्छ ।
 
पूरानो नियमको बलिदानको बिधिद्वारा पापको प्रायश्चितले नयाँ नियममा येशूको बप्तिष्मालाई प्रतिनिधि गर्छ । येशूको बप्तिष्मा पूरानो नियमको सबै भविष्यवाणीहरुको जड हो । पूरानो नियममा हात राख्ने बिधि नयाँ नियममा येशूको बप्तिष्मामा पाउँछौं ।
जसरी पूरानो नियममा अजाजेलमा हात राखेर इस्राएलको पापहरु खन्याइन्थ्यो त्यसै गरी येशूको बप्तिष्माद्वारा संसारको सबै पापहरु उहाँमाथि खनिए ।
हामीले हाम्रा सबै पापहरुबाट बचाइनको निम्ति के येशूको बप्तिष्मामा विश्वास गर्नुपर्छ ? हो ? हामीले विश्वास गर्नुपर्छ ! येशूले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो भन्ने सत्यतालाई स्वीकार गर्नुपर्छ यदि हामीले येशूको बप्तिष्मालाई विश्वास गर्दैनौं भने हाम्रा पापहरु उहाँमाथि लादिन्दैन । हामीले हाम्रो मुक्तिको कामलाई पूरा गर्नको निम्ति विश्वास गर्नुपर्छ । नत्रभने हामीहरु धर्मी ठहरिन सक्तैनौं ।
येशूले उहाँको बप्तिष्माद्वारा एकदमै सही तरिकाले र धार्मिक तरिकाले संसारको पापीहरुबाट हामीलाई बचाउनुभयो । यसको निम्ति अरु उपाय थिएन । किनकि येशूको बप्तिष्मा प्रक्रिया थियो जसद्वारा सबै पापीहरुले आफ्ना पापहरु उहाँमाथि खन्याउन सक्तछ, हामीले हाम्रो पापहरु पूर्णरुपमा शुद्ध पार्नको निम्ति यसमा विश्वास गर्नुपर्छ ।
हामीले यो पनि विश्वास गर्नुपर्छ कि येशूको रगत हाम्रो पापहरुको निम्ति दण्ड थियो भनेर । यसकारण, जतिले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छ तिनीहरु सबै पापहरुबाट बचाइएको छ ।
हामीले स्वर्गको राज्यमा प्रवेश पाउनको निम्ति येशूको बप्तिष्मामा विश्वास गर्नुपर्छ । यो मात्र पापबाट बाच्ँने अनि दण्डबाट उम्कने एउटै उपाय हो ।
नयाँ नियममा येशूको बप्तिष्मा र पूरानो नियममा हात राख्नु समान छ । ती दुवै पूरानो नियम र नयाँ नियमलाई जोडने साँघु हुन् ।
नयाँ नियममा यूहन्ना बप्तिष्मा दिने येशू ख्रीष्टभन्दा छ महिनाअघि आउनुभयो । जब येशूले बप्तिष्मा लिनुभयो, यो, “येशू ख्रीष्टको सुसमाचारको आरम्भ थियो” ( मर्कूस १ : १ ) । सुसमाचारको प्रारम्भ येशूले बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभएपछि भयो ।
मानिसजातिको मुक्तिको सेवकाई घटनाहरुको साङ्गलाद्वारा पूरा गर्ने काम भएको थियो : येशूको जन्म, उहाँको बप्तिष्मा उहाँका क्रूसको मृत्यु, उहाँको पुनरुत्थान, अनि उहाँको स्वर्गारोहन । जब हामीहरु यी घटनाहरुको साङ्गलाद्वारा मुक्तिको प्रक्रियालाई बुझ्छौं र विश्वास गर्छौं, हामीहरु सबै पापहरुबाट बचाइएका हुन्छौं । येशूको बप्तिष्मा सुसमाचारको शुरु थियो भने क्रूसको रगत चाँहि यसको समाप्ति थियो ।
“येशू ख्रीष्टको सुसमाचारको आरम्भ” ( मर्कूस १ : १ ) । हामीहरु यी धार्मिक कार्यहरुमध्ये एउटैलाई पनि घटाउन सक्तैनौं — उहाँको बप्तिष्मा, उहाँको क्रूसको रगत, उहाँको पुनरुत्थान, उहाँको स्वर्गारोहन, अनि उहाँको दोस्रो आगमन — परमेश्वरको पुत्रको सुसमाचार ।
येशू यो संसारमा देह धारण गरेर आउनुभयो अनि उहाँको बप्तिष्माद्वारा मानवजातिको सबै पापहरुलाई धोइदिनुभयो, यो स्वर्गीय सुसमाचारको प्रारम्भ थियो । यदि यीमध्ये एउटै मात्र पनि घटायौं भने, स्वर्गीय सुसमाचार पूरा हुँदैन ।
यसकारण, यदि एउटा मान्छे नयाँ गरी जन्मनु हो भने उसले ख्रीष्टको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नुपर्छ । यी दिनहरुमा धेरै मानिसले येशूको बप्तिष्मा केवल संस्कार मात्रै हो भन्ने प्रकारले लिएकाछन् । यो गम्भीर गलत धारण हो । जसले येशूमा विश्वास गर्छ उसले येशूको बप्तिष्मा र उहाँको रगतमा पनि विश्वास गर्नुपर्छ ।
पाप क्षमाको निम्ति पश्चातापको प्रार्थना गरेर मात्र कसरी हाम्रो पापहरु धुन सकिन्छ र ? जब येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभयो हाम्रा सबै पापहरु येशूमाथि खनिए । त्यसबाहेक मानिसजातिको पापहरु उठाइलैजाने अरु उपाय थिएन ।
स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ति मानिसले पानी र आत्माबाट नयाँ गरी जन्मनु आवश्यक छ । बप्तिष्माको पानी, क्रूसको रगत र आत्माबिना मुक्ति छैन । येशूले यूहन्ना ३ : ५ मा निकोदेमसलाई भने झैं नयाँ गरी जन्मेपछि मात्रै कुनै पनि व्यक्तिले परमेश्वरलाई देख्न सक्तछ । जब हामीहरु येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्छौं तब मात्र साँचो मुक्ति हाम्रो जीवनमा प्राप्त भएको हुन्छ ।
 
 
के येशूको बप्तिष्माबिना हामीहरु बचाइन सक्छौं ?
 
कसरी येशू हाम्रो मुक्तिदाता बन्नुभयो ?
उहाँको बप्तिष्माद्वारा हाम्रा सबै
पापहरु उठाइएर ।
 
येशू यो संसारमा आउनुभयो र हाम्रा सबै पापहरुलाई उठाइलैजानुभयो, तथा येशूको पवित्रतालाई ध्यान दिएर हेर्ने काम, जो कन्या मरियमबाट जन्मनुभयो, तथा येशूको क्रूसलाई विश्वास गर्ने कुरामा लापरवाही ग¥यौं भने हामीले प्रभुको मानविय सेवकाइलाई लत्याएका हुन्छौं, र जसको कारण बर्तमान ईसाई जगत अन्धविश्वासको धर्म हुन गएको छ र जसले बौद्ध धर्मावलम्वीहरुले गुम्वामा मन्त्र पढे झैं विश्वासीहरुलाई “मलाई क्षमा गर्नुहोस्, मलाई क्षमा गर्नुहोस् ” भन्ने जस्ता मन्त्रणा जप्ने काममा मात्र डो¥याएर लगेकाछौं ।
येशूको बप्तिष्मालाई बेवास्ता गर्नु भनेको हाम्रा पापहरु उहाँमाथि नलादिनु हो । हाम्रो विश्वास व्यर्थ हुन्छ, जसले ऋण तिरेकै छैन तर मैले ऋण तिरिदिएको छु भनी दावी गर्छ भने त्यसमा केही भिन्नता हुँदैन । यसले हामीलाई भूmटा ठह¥याउँछ । यदि ऋणीले मैले ऋण तिरिदिएको छु भनी भन्छ तर वास्तवमा ऋण चाँहि तिरेको छैन भने उ अझै ऋणी हुन्छ र उसको विवेकले पनि उ ऋणी भएको कुरा ठहर गर्छ ।
येशूले विश्वासीहरुलाई उहाँको बप्तिष्माको पापले शुद्ध पारेर धोइदिनुभएको छ अनि तिनीहरुलाई परमेश्वरको सन्तान बनाउनुभएको छ । येशूले यूहन्ना बप्तिष्मा दिनेद्वारा संसारका सबै पापहरु उठाइलैजानुभयो, जसद्वारा सबै विश्वासीहरु शुद्ध हुन सक्यो । जब हामीहरु यो कुरा जान्दछौं र विश्वास गर्छौं, हाम्रो हृदय सँधैको निम्ति शुद्ध हुँदछ ।
परमेश्वरलाई उहाँको अुनग्रहको निम्ति धन्यवाद । लूका २ : १४ ले भन्दछ, “‘परमधाममा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरुलाई शान्ति ।’ ”
येशूको पानी र रगतमा भएको हाम्रो विश्वासले पूर्ण मुक्ति प्रदान गर्छ अनि हामीलाई परमेश्वरको सन्तान बनाउँछ । येशूको बप्तिष्मा र उहाँको रगतले हामीलाई बचाउँछ अनि जसले यी दुईवटा कुराहरुमा विश्वास गर्छन् तिनीहरु बचाइएका हुन्छन् ।
उहाँले गर्नुभएको कुनै पनि कामलाई घटाउन सकिन्दैन । कतिले केवल रगतमा मात्र विश्वास गर्छ, र भन्छन् कि प्रेरित पावलले केही कुरामा घमण्ड गरेन तर क्रूसमा मात्रै घमण्ड गर्नुभयो । तर येशूको बप्तिष्मा उहाँको क्रूसमा समावेश गरिएको छ ।
हामीहरु रोमी छ अध्यायमा हेर्न सक्छौ कि पावलको ख्रीष्टमा बप्तिष्माभएको थियो अनि ख्रीष्टसँगै मरेका थिए । गलाती २ : २० मा पनि भन्नुहुन्छ, “अब मध्यस्थ एउटैको मात्र मध्यस्थ हुँदैन, तर परमेश्वर ता एउटै हुनुहुन्छ ।”
अनि गलाती ३ : २७—२९ ले भन्दछ, “किनकि ख्रीष्टमा बप्तिष्मा भए जति तिनीहरु सबैले ख्रीष्टलाई धारण गरेकाछौ । अब यहूदी, ग्रीक, कमरा, फुक्का, नर नारी छैन, किनभने तिमीहरु सबै ख्रीष्ट येशूमा एउटै छौ । औ यदि तिमीहरु ख्रीष्टका हौ भनेता तिमीहरु अब्राहामका बंश हौ, र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ ।”
ख्रीष्टमा बप्तिष्मा हुनु भनेको उहाँले संसारमा गर्नुभएको सबै प्रकारको कामहरुमा विश्वास गर्नु हो, उहाँको बप्तिष्मा र उहाँको क्रूसको रगत । येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्नु भनेको येशूले लगभग २००० बर्षअघि सबै पापहरुलाई मेटिदिनुभयो भन्ने सत्यतामा विश्वास गर्नु हो । यसबाहेक हामीलाई मुक्ति दिने अरु केही उपाय छैन ।
 
 
जब हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमाविश्वास ग¥यौं हामीहरु परमेश्वरबाट बचाइएकाछौं
 
पाप क्षमाको निम्ति प्रार्थना गरेर मात्र
के हाम्रा पापहरु क्षमा हुन्छ र ?
हुँदैन । जब येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभयो
तब हाम्रा सबै पापहरु येशूमा लादियो भन्ने कुरालाई विश्वास गरेर
मात्र हाम्रो पापको क्षमा हुनु सम्भव छ ।
 
“किनभने मानिसले हृदयबाट धार्मिकतालाई बिश्वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।”
“किनकि ख्रीष्टमा बप्तिष्मा भए जति तिनीहरु सबैले ख्रीष्टलाई धारण गरेकाछौ” ( गलाती ३ : २७ ) । हाम्रो विश्वासले ख्रीष्टमा बप्तिष्मा लिन, ख्रीष्टमा बिलय हुन, र परमेश्वरको सन्तान हुनमा नेतृत्व गर्छ । जब येशू यो संसारमा आउनुभयो, बप्तिष्मा लिनुभयो, हाम्रा सबै पापहरु र संसारका पापहरु उहाँमाथि लादिए ।
हाम्रा विश्वासले हामीलाई ख्रीष्टमा एक हुनलाई डो¥याउँछ । जब उहाँ मर्नुभयो, हामी पनि म¥यौं । जब उहाँ बौरी उठनुभयो हामीहरु पनि बौरी उठयौं । अब हामीले येशूको बप्तिष्मामा उहाँको रगतमा, उहाँको पुनरुत्थानमा, उहाँको स्वर्गारोहणमा र उहाँको आगमनमा विश्वास गरेको कारण हामीहरु सँधैलाई स्वर्गको राज्यमा प्रवेश गर्नेछौं ।
जब मानिसहरुले केवल येशूको रगतमा मात्र विश्वास गर्छ, तिनीहरु बाँचेका हुँदैनन् तर तिनीहरुको हृदयमा भएको पापको कारण सघंर्ष गरिरहेका हुन्छन् । किन ? तिनीहरुले येशूको बप्तिष्माको अर्थलाई नता जानेका छन् न स्वीकार नै गरेकाछन्, जुन बप्तिष्माले तिनीहरुको सबै पापहरुलाई उठाइलगिएको छ अनि तिनीहरुको पापमय हृदयलाई अनन्तको निम्ति हिऊँ जस्तो सेतो पारेर शुद्ध बनाएकाछन्
तपाईंको सबै पापहरुबाट तपाईंलाई बचाउने येशूको बप्तिष्मा र उहाँको रगतलाई के तपाई विश्वास गर्नु हुन्छ ? कृपया विश्वास गर्नुहोस् । येशूको बप्तिष्मामा विश्वास गर्नु हुन्न भने तपाईको विश्वास व्यर्थ ठहरिन्छ । येशूको बप्तिष्मामा विश्वास नगरे तपाई तपाईको पापहरुबाट मुक्त हुन सक्नु हुन्न : तपाई अपुरस्कृत प्रेममा व्यस्त हुनुहुन्छ । जसले केवल क्रूसमा मात्र विश्वास गर्छन् यसरी भन्ने गर्छन्, “येशू मेरो प्रभु हुनुहुन्छ, मेरो मुक्तिदाता हुनुहुन्छ, जो मेरो निम्ति क्रूसमा मर्नुभयो । उहाँको मृत्युबाट बौरी उठनुभयो अनि स्वर्ग जानुभन्दा ४० दिनअघिसम्म पुनरुत्थानको बारेमा साक्षी दिनुभयो अनि अहिले परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ । उहाँ हामीलाई न्याय गर्न दोस्रो चोटि आउनुहुनेछ अनि म प्रार्थना गर्दछु कि येशूले मलाई पूर्णरुपमा बदली गर्नुहुनेछ र म उहाँलाई भेट गर्नसक्नेछु । हे मेरो प्रेमी येशू, मेरो प्रभु ।”
तिनीहरु तिनीहरुले गरेको पापको क्षमा माग्छन् अनि पापरहित भएको अपेक्षा गर्छन्, तर तिनीहरुको पाप तिनीहरुकै हृदयमा हुन्छ । “म येशूमा विश्वास गर्छु तर पाप मेरो हृदयमा नै छ । म येशूलाई प्रेम गर्छु तर पाप मेरो हृदयमा नै छ । “मेरो दुल्हा, कृपया आउनुहोस् ” भनी म भन्न सक्तिन किनकि पाप मेरो हृदयमा नै छ र म मेरो मुक्तिमा निश्चित छुइन । जब म पूर्णरुपमा तयार भएको हुन्छु अनि जब म कठीनताको साथमा प्रार्थना गर्छु र कठीनताको साथमा प्रायश्चित गर्छु त्यतिबेला मात्र येशू आउनुहुनेछ भनी म अपेक्षा गर्छु । मे मेरो सारा हृदयले येशूलाई प्रेम गर्छु तर मेरो हृदयमा पाप भएको कारण म उहाँको सामना गर्न सक्तिन ।”
येशूले त्यस्ता मानिसहरुलाई यसरी प्रश्न गर्नुहुन्छ, “तिमी पूर्ण भएका छैनौं भनी किन सोच्ँनु हुन्छ ?” तिनीहरुले उत्तर दिनेछन्, प्रभु, मलाई थाहा छ कि म धर्मी छुइन किनकि म प्रत्येक दिन प्रेम गर्छु । यसकारण जब तपाई पापीहरुलाई बोलाउनुहुन्छ कृपया मलाई पनि बोलाउनुहोस् ।
स्रष्टिकर्ता र न्याय कर्दा परमेश्वरले तिनीहरुलाई नता तिनीहरुलाई स्वीकार गर्नेछन् न परमेश्वरको सन्तान बनाउनुहुनेछ भन्ने कुरालाई तिनीहरुले जान्दैनन् ।
दुल्हा आइसक्नुभयो र दुलहीहरुको पापको सबै समस्याहरु समाधान गरी सक्नुभयो, तर दुल्हीले यो कुरा बुझेनन्, उ सताइएको थियो । हामीलाई शरीरमा पाएको कारण र परमेश्वरमा विश्वास नभएको कारण हामी पापी छौं भन्ने कुरा सोच्छौं जब हामीहरु परमेश्वरको वचनको सत्यतालाई जान्दैनौं र बुझ्दैनौं, हाम्रो हृदयमा पाप बढदै जान्छ ।
 
किन कतिपय मानिसहरु तिनीहरुको हृदयमा
पाप भएको कारण संघर्षरत छन् ?
किनकि तिनीहरुले येशूको बप्तिष्मा जसले तिनीहरुको
सबै पापहरुलाई उठाइलैजानुभएको छ त्यस कुराको अर्थ
नजानेको कारण र ग्रहण नगरेको कारणले हो ।
 
दुल्हाले संसारको सबै पापहरु उठाइलैजानुभयो । कहाँ ? यर्दन नदीमा जब उहाँले बप्तिष्मा लिनुभयो । जसले यो कुरामा विश्वास गर्दैनन् तिनीहरु अझै पापी नै छन् । तिनीहरु अपवित्र दुलहीहरु हुन् ।
दुल्हाले दुल्हीलाई सोध्ने छ, “जब कि तिमी दुलही नै होइनौ भने तिमीले मलाई कसरी प्रेम गर्न सक्छौ ? मलाई तिम्रो दुल्हा भनेर पुकार्नभन्दा पहिले, तिम्रो सबै पापहरु धोइएको हुनुपर्छ ।”
के येशूको बप्तिष्माबिना हामीहरु छुटकारा पाउन सक्छौं ? सक्तैनौं । हामीहरु परमेश्वरको स्वरुपमा सृजिएका हौ, यसकारण हामीले हाम्रो हृदयमा धार्मिकताको खोजी गर्नुपर्छ अनि हाम्रो विवेकले पनि धर्मी बन्ने प्रयास गर्नुपर्छ । तर यदि हाम्रो हृदय पापको कारण अशुद्ध नै रहिरहन्छ भने हामीहरु पापरहित छौं भनेर सोच्ँनु असम्भव छ । जब हामीहरु येशूको बप्तिष्मामा विश्वास गर्छौं र स्वीकार गर्छौं तब मात्र हामीमा पाप छैन र हामीहरु धर्मी छौं भन्ने कुरा साँचो प्रकारले मानिलिन सक्छौं ।
वास्तविकता चाँहि हाम्रो हृदयमा पाप भएर पनि हामीमा पाप छैन भनी हामी भन्छौ भने हाम्रो विवेक कदापि सिद्ध भएको हुँदैन । यो परिस्थितिमा परमेश्वरले हामीलाई नता स्वीकार नै गर्न सक्नुहुन्छ । परमेश्वरले कदापि झुट बोल्नु हुन्न ।
परमेश्वरले मोशालाई इस्राएलीहरुको जनगणना लिन र तिनीहरुको जीवनको निम्ति परमेश्वरलाई भेटि चढाउनु भनी आदेश दिए । धनी मानिसले आधा सेकेलभन्दा बढी होइन अनि गरीबलाई त्यसभन्दा कम्ती नदिनु भनी भनियो । प्रत्येकले भेटि चढाउनु पर्ने थियो ।
यसकारण, कुनै पनि व्यक्ति कसरी सिद्ध हुनसक्छ जब कि उसले येशूमा विश्वास गरेकै छैन भने कसले तिनीहरुको मोल तिरिदिनुभयो ? जससित पाप छ ।
जब हामीहरु केवल येशूको रगतमा मात्र विश्वास गर्छौं, हाम्रो हृदयमा पाप हुन्छ र हामी पापी छौं भनी स्वीकार गर्नुपर्छ । तर जब हामीहरु उहाँको बप्तिष्माको सुसमाचार र क्रूसमा एकसाथ विश्वास गर्छौं हामीमा पाप छैन भनी हामीहरु स्पष्ट रुपमा भन्न सक्छौं मुक्ति र अनन्त जीवन हाम्रो हो ।
 
 
आत्माको विरुद्धमा निन्दा
 
कस्तो प्रकारको पापले मानिसलाई
नरकको निम्ति रद्द तुल्याउँदछ ?
आत्माको बिरुद्धको पाप, अर्को शब्दमा भन्नु हो
भने येशूको बपितष्मामा विश्वास नगर्नु ।
 
रोमी १ : १७ ले भन्दछ, “किनकि परमेश्वरको धार्मिकता विश्वासद्वारा विश्वासकै निम्ति त्यसमा प्रकट गरिन्छ, जसो लेखिएको छ, ‘तर धर्मात्मा चाँहि विश्वासबाटै जिउनेछ ।’ ” परमेश्वरको धार्मिकता सुसमाचारमा प्रकट गरिएको छ । येशू यो संसारमा आउनुभयो र उहाँको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा हाम्रा पापहरुलाई उठाइलैजानुभयो । येशूको बप्तिष्मा र उहाँको क्रूसको रगत सुसमाचारको शक्ति हो । येशूले एकैचोटि सँधैको निम्ति हाम्रा पापहरु धोइदिनुभयो ।
विश्वास गर्नु भनेको मुक्ति हासिल गर्नु हो र अविश्वास गर्नु भनेको अनन्तको नरकमा जानु हो । हाम्रा स्वर्गमा हुनुहुने पिताले उहाँको एक मात्र पुत्र येशूलाई यो संसारमा पठाउनुभयो र हाम्रो पापहरुको निम्ति बप्तिष्मा लिन लगाउनुभयो । यसकारण, जसले उहाँमा विश्वास गर्छ सबै अधर्मबाट शुद्ध हुनसक्नेछ ।
यो संसारमा बाँकी रहेको पाप चाँहि उहाँको बप्तिष्मा र रगतमा विश्वास नगर्नु हो । विश्वास नगर्नु चाँहि आत्माको विरुद्धमा निन्दा गर्नु हो र त्यस पापलाई परमेश्वरद्वारा न्याय गरिनेछ, र विश्वास नगर्नेहरुलाई नरकमा फालिदिनुहुनेछ । यो सबैजनाको गम्भीर पाप हो । तपाईंहरुमध्ये जसले यो पाप गर्नुभएको छ उसले पश्चाताप गर्नैपर्छ अनि येशूको बप्तिष्मामा विश्वास गरेर मुक्ति हासिल गर्नुपर्छ । यदि गर्नु भएन भने, तपाईंले अनन्तसम्म बिनाशको सामना गर्नुपर्ने छ ।
के तपाईं येशूको बप्तिष्मा र रगतद्वाराको मुक्तिको साक्षीले बचाइनुभएको छ ? के तपाईंले यूहन्नाको साक्षीलाई प्राप्त गर्नुभयो जसको बारेमा यूहन्ना १ : २९ मा यसरी लेखिएको छ, “भोलिपल्ट उनले येशूलाई आपूmकहाँ आउँदैगर्नुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थूमा !” के तपाईंले हिब्रू १० : १८ मा लेखिएअनुसार येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नुभयो, “अब जहाँ यिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन ।”
जसले आफ्नो हृदयमा येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गरेको छ परमेश्वरले तिनीहरुलाई मान्यता दिनुहुन्छ । परमेश्वरले तिनीहरुलाई उहाँको सन्तान बनाउनुहुन्छ । जसले येशूको बप्तिष्मा र क्रूसको रगतमा विश्वास गर्छ तिनीहरु येशूको धार्मिक प्रेमद्वारा बचाइएको छ ।
जसलाई परमेश्वरले पठाउनुभयो परमेश्वरको वचन बोल्नुहुन्छ, तर जो संसारको छ, जसलाई परमेश्वरले पठाउनुभएको छैन, उसले आफ्नै बिचारअनुसार प्रचार गर्छ । यो संसारमा धेरै मानिसहरु छन् जसले परमेश्वरको वचन प्रचार गर्छ, अनि ती जोहरु परमेश्वरद्वारा पठाइएको छ तिनीहरुले मात्र येशूको बप्तिष्मा र उहाँको रगतको बारेमा बोल्छ ।
तर जसले आफ्नै वचन प्रचार गर्छ उसले आफै आफ्नो बिचारलाई पोखाउने काम गर्छ । तिनीहरु भन्छन्, “हामीहरु बंशगत पापबाट छुडाइएकाछौं, तर प्रत्येकले दैनिक पापको निम्ति पश्चाताप गर्नुपर्छ ।” तिनीहरु भन्छन् कि हामीहरु बिस्तारै सिद्ध हुँदै जान्छौं । तर के कुनै मानिस आफ्नै प्रयासमा सिद्ध हुन सक्छ ? के हामीहरु हाम्रो आफ्नै असल गुण र प्रयासको शक्तिले सिद्ध बन्न सक्छौं ? के हामीहरु परमेश्वरले हाम्रा सबै पापहरु धोइदिनुभएको कारण सिद्ध भएकाछौं, वा हामीले आफ्नै प्रयासले मुक्ति प्राप्त गर्न प्रयास गरेको कारणले ?
साँचो विश्वास त्यही हो जसले हामीलाई सिद्ध बनाउँछ । के हामीले कोइलालाई हजारैंचोटि धोएर सेतो बनाउन सक्छौं ? के हामीहरु कालो छालालाई धुने झोलले सेतो पार्न सक्छौं ? साबुन वा धुने झोलले हाम्रो पापको सानो अशं पनि धुन सक्तैनौ अनि हाम्रो आफ्नै धार्मिकता चाँहि मैलो भाँडो जस्तो हो । के हामीहरु येशूको बपितष्मा र उहाँको रगतमा विश्वास गरेर धर्मी ठहरिन सक्छौं वा केवल क्रूसको रगतमा विश्वास गरेर ?
साँचो विश्वास येशूको बप्तिष्माको पानी र क्रूसको रगतमा विश्वास गरेर आउँछ । मुक्ति हाम्रो आफ्नै प्रयासबाट आउने परिणाम होइन । केवल येशूको बप्तिष्मा र उहाँको रगतमा भएको विश्वासले मात्र हामीलाई पापबाट स्वतन्त्र बनाउँछ र धर्मी ठहराउँछ ।
पिताले सबै मानिसहरुलाई उहाँको पुत्रको हातमा सुम्पिदिनुभएको छ, अनि जसले उहाँमा विश्वास गर्छ अनन्त जीवन पाउनेछ । पुत्रमा विश्वास गर्नु भनेको उहाँको बप्तिष्मा र रगतद्वारा प्राप्त हुने छुटकारामा विश्वास गर्नु हो । जसले विश्वास गर्छ परमेश्वरको सन्तानको रुपमा अनन्त जीवन प्राप्त गर्नेछ । जो बचाइएको छ अनन्तसम्म परमेश्वरको दाहिने हातपट्टि बस्न पाउनेछ ।
येशूको बप्तिष्मा र उहाँको पितासँगको मिलापमा विश्वास गर्नु भनेको आत्मामा विश्वास गर्नु पनि भनेको हो । सत्यको वचनले हामीलाई नयाँ गरी जन्मन अनुमति दिन्छ । तपाईंले येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नुहोस् । येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गर्नु भनेको मुक्ति आर्जन गर्नु हो । साँचो सुसमाचारमा विश्वास गर्नु भनेको पापको क्षमा हाँसिल गर्नु हो ।