( मत्ती ७ : २१—२३ )
“मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन । तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामथ्र्यका काम गरेनौं र ? अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैन । ए अधर्म काम गर्ने हो, मबाट दूर होओ ।”
हुनसक्छ म तीमध्ये एउटा हुँ
के ‘प्रभु, प्रभु’ भन्नेहरु सबै स्वर्गको
राज्यमा पस्नसक्छ ?
सक्तैन । केवल तिनीहरु जोहरुले परमेश्वरको
इच्छाअनुसार गर्छन्
येशू ख्रीष्टले भन्नुभयो, “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन । तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ ।” यो वचनले धेरै ईसाईहरुको हृदयमा डर पैदा गरेको छ, परमेश्वरको इच्छा पूरा गर्नलाई कठीन परिश्रम गर्न बाध्य बनाएकाछन् ।
धेरै इसाईहरुले सोच्ँछन् कि स्वर्ग राज्य प्रवेश गर्नको निम्ति तिनीहरुले केवल येशूमा विश्वास मात्र गरे पुग्छ भनी, तर मत्ती ७ : २१ ल्ो भन्दछ कि जसले उहाँलाई ‘प्रभु, प्रभु’ भनेर पुकार्छ ती सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन ।
यो पद पढनेहरु धेरैजना “हुनसक्छ तीमध्ये म एउटा हुँ” भनी चिन्तित बनेकाछन् । तिनीहरुले आफैलाई विश्वास दिलाउने प्रयास गरिरहेकाछन्, “होइन, येशूले यो अविश्वासीहरुलाई भन्न खोजेको हो ।” तर यो बिचार तिनीहरुकै मनमा अडेर बसेको छ अनि आपूmलाई दोष लगाइरहेकाछन् ।
यसकारण, तिनीहरु अर्को पदमा गएर अडिन्छ जुन पदले यसरी भनेको छ, “तर जसले स्वर्गमा हुने पिताको इच्छा पूरा गर्छ ।” तिनीहरु यो वचनमा अडिन्छन्, “मेरो पिताको इच्छा” अनि सोच्ँछन् कि तिनीहरुले त्यो काम विश्वास योग्यसित दशांश तिरेर, घुँडा टेकेर प्रार्थना गरेर, प्रचार गरेर, असल काम गरेर, अनि पाप नगरेर ———अनि तिनीहरुले खुबै परिश्रम गर्छन् । यस्ताहरुलाई देख्दा मलाई अति दु : खी तुल्याउँछ ।
धेरै मानिसहरुले गल्ती गरिरहेकाछन् । किनकि तिनीहरुले यो पदलाई बुझेका छैनन् । यसकारण म यो पदलाई स्पष्ट रुपमा व्याख्या गर्न चाहन्छु ताकि हामी सबैले परमेश्वरको इच्छा जान्न सकौं अनि यसअनुसार गरौं ।
प्रथम, हामीले जान्नुपर्छ कि परमेश्वरको इच्छा चाँहि उहाँको पुत्रले सबै मानिसको पापहू उठाइलैजानु र त्यसैगरी हामीलाई स्वतन्त्र बनाउनु हो ।
एफिसी १ : ५ मा यसरी लेखिएको छ, “त्यसरी हामीलाई उहाँको इच्छाको अभिप्रायअनुसार आफ्नो निम्ति ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनालाई उहाँले हामीलाई अघिबाटै नियुक्त गर्नुभयो ।”
अर्को शब्दमा, हामीप्रति उहाँको उदेश्य चाँहि हामीले साँचो सुसमाचार जान्नु हो किनकि येशू ख्रीष्टले हाम्रा सबै पापहरुलाई उठाइलैजानुभयो अनि हामीलाई नयाँ गरी जन्मन दिनुभयो । उहाँ चाहनुहुन्छ कि हामीले हाम्रा सबै पापहरु येशूमाथि खन्याएर पानी र आत्माद्वारा नयाँ गरी जन्मोस् भन्ने । यो परमेश्वरको इच्छा हो ।
“प्रभु, प्रभु” मात्र भन्नु !
जब हामीहरु येशूमा विश्वास गर्छौं
तब हामीले के कुरा जान्नुपर्छ ?
पिताको इच्छा
“मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन । तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ ” ( मत्ती ७ : २१ ) ।
हामीले पिताको इच्छालाई दुई प्रकारले जान्नुपर्छ । प्रथम, हामीले जान्नुपर्छ कि उहाँको इच्छा चाँहि हामीले हाम्रो पापको क्षमा प्राप्त गर्नु अनि पानी र आत्माले नयाँ गरी जन्मनु । दोस्रो, हामीले हाम्रो विश्वासअनुसार काम गर्नुपर्छ ।
सबै मानिसहरुको पाप मेटाउनु उहाँको इच्छा हो । शैतानले पापद्वारा हाम्रो पूर्वज आदमलाई फँसाए । तर हाम्रो पिताको इच्छा चाँहि मानिसजातिको सबै पापलाई नामेट पार्नु हो । हामीले जान्नुपर्छ कि विश्वासयोग्यताको साथमा दशाँश दिनु, अनि घुँडा टेकेर प्रार्थना गर्नु पिताको इच्छा होइन, तर हामीलाई हाम्रा पापहरुकाट बचाउनु हो ।
बाइबलले भन्दछ कि “प्रभु, प्रभु” भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्न सक्तैन । यसको अर्थ केवल येशूमा विश्वास गर्नु मात्र होइन, तर पिताले हामीप्रति के चाहनुहुन्छ सो जान्नु हो । आदम र हवाको परिणामले ल्याएको अवस्थाले हामीलाई केही मदत गर्न सक्तैन तर पापमा जिउन बाध्य तुल्याउँछ भन्ने कुरा जानेर हामीलाई पाप र नरकको दण्डबाट बचाउनु परमेश्वरको इच्छा हो ।
परमेश्वरको इच्छा
परमेश्वरको इच्छा के हो ?
हामीलाई पापबाट छुडाएर उहाँको
सन्तान बनाउनु हो ।
मत्ती ३ : १५ ले भन्दछ, “तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे ।” परमेश्वरको इच्छा पूरा गर्नको निम्ति येशू हामीलाई पापबाट बचाउन यो संसारमा आउनुभयो । जब येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभयो तब परमेश्वरको योजना पूरा गर्नभयो ।
उहाँले हामीलाई बचाउन र परमेश्वरको सन्तान बनाउन चाहनुभयो । त्यो काम गर्नको निम्ति, उहाँको पुत्रले हाम्रा सबै पापहरु उठाइलैजानु पथ्र्यो । सबै मानवजातिलाई उहाँको सन्तान बनाउनु उहाँको इच्छा थियो । यसकारण उहाँले सबै मानिसको पापहरु उठाउन आफ्नो पुत्रलाई पठाउनुभयो जोहरु शैतानको बन्धनमा फँसेको थियो । सबै मानिसहरुको निम्ति उहाँको पुत्र दिनु उहाँको इच्छा थियो ताकि तिनीहरु उहाँको सन्तान हुन सकोस् ।
जब येशूले बप्तिष्मा लिनु र क्रूसमा मर्नुभयो, परमेश्वरको इच्छा पूरा भयो । उहाँको इच्छा यो पनि थियो कि जब येशूले बप्तिष्मा लिनुभयो हाम्रा सबै पापहरु उहाँमाथि खनिए र उहाँको क्रूसको मृत्युद्वारा हाम्रो सबै अधर्मको दण्ड उहाँले उठाइलैजानुभयो भन्ने कुरामा विश्वास गर्नु हो ।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ” ( यूहन्ना ३ : १६ ) । परमेश्वरले उहाँको मानिसहरुलाई पापबाट बचाउनुभयो । सो काम गर्न, येशूले सबैभन्दा पहिला जनसमुदायमा गर्नुभएको सेवकाई चाँहि यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्तिष्मा लिनुभएको थियो ।
“तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब तिनले उहाँलाई मञ्जूर गरे ।” ( मत्ती ३ : १५ ) । यो परमेश्वरको इच्छा थियो जसको कारण येशू संसारमा आउनुभयो, उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो, क्रूसमा मर्नुभयो अनि बौरी उठनुभयो ।
हामीले यो कुरा स्पष्टरुपमा बुझ्नुपर्छ । धेरे मानिसहरुले मत्ती ७ : २१ लाई पढछन् अनि सोच्ँछन् कि उहाँको सेवा गर्नु उहाँको इच्छा हो, मृत्युको सन्र्दभमा पनि हामीले हाम्रो सबै सम्पत्तिहरु बेचेर मण्डली भवन बनाउनुपर्छ भनी भन्छन् ।
ईसाई मित्रहरु, हामी जतिले येशूमा विश्वास गर्छौं सबैभन्दा पहिले हामीले परमेश्वरको इच्छा बुझ्नुपर्छ अनि त्यसअनुसार गर्नुपर्छ । उहाँको इच्छा नजानीकन आफैलाई मण्डलीको निम्ति अपर्ण गर्नु गलत हो ।
धेरै मानिसहरुले आफैलाई प्रश्न गर्छन् कि तिनीहरुले आफ्नो परम्परागत मण्डलीमा येशूलाई विश्वास गर्नुबाहेक अरु के गर्नु आवश्यक छ र भनी । तर म आफैले प्रेस्बिटेरियन मण्डलीमा क्याल्विनवाद सम्वन्धी अध्ययन गरे अनि एकजना दक्ष पाष्टर सरहको धर्म माताको अधीनतामा हुर्किएको थिएँ । मैले परम्परागत मण्डली भनिनेबाट सिकें ।
प्रेरित पावलले पनि भन्नुभयो कि तिनले पनि घमण्ड गर्न सक्थ्यो किनकि तिनी बेन्यामीनको कूलबाट थिए अनि गमलिएलबाट व्यवस्थाको अध्ययन गरे, जो त्यस समयको एकजना महान गुरु थिए । तर तिनले दमशकसको बाटोमा येशूमा विश्वास पाए अनि पानी र आत्माबाट नयाँ गरी जन्मने आशिषद्वारा धर्मी ठहरिए ।
हामीले यो काम गर्नभन्दा पहिले परमेश्वरको
इच्छालाई जान्नुपर्छ
येशूमा विश्वास गर्नुभन्दा पहिले हामीले
के गर्नु आवश्यक छ ?
पहिला हामीले उहाँको इच्छा
जान्नुपर्छ ।
हाम्रो शुद्धिकरण परमेश्वरको इच्छा हो । “किनकि परमेश्वरको इच्छा, अर्थात तिमीहरुको पवित्रतानै यही हो, व्यभिचारबाट अलग बस ” ( १ थिस्स० ४ : ३ ) । पानी र आत्माद्वारा पूर्णरुपमा सिद्ध हुनु हाम्रो जीवनकालभरि विश्वासमा जिउनु परमेश्वरको इच्छा हो भनी हामी जान्दछौं ।
यदि कसैले येशूमा विश्वास गर्छ तर अझै हृदयमा पाप छ भने उ परमेश्वरको इच्छाअनुसार जिएको छैन । उहाँको इच्छालाई पक्ष्याउने कुराले येशूमा पाइने मुक्तिले हामीहरु सिद्ध हुनुपर्छ । यो कुरा जान्नु नै परमेश्वरको इच्छा पूरा गर्नु हो ।
जब म तपाईंलाई प्रश्न गर्दछु, “तपाईंले येशूलाई विश्वास गरेर पनि के तपाईंको हृदयमा अझै पनि पाप छ ?” अनि तपाईंको उत्तर हुनेछ, ‘हो, तब तपाईंले परमेश्वरको इच्छालाई राम्ररी बुझ्नुभएको छैन । हामीहरु सिद्ध हुनु र पानी र आत्मामा विश्वास गरेर हाम्रा सबै पापहरुबाट बचाइनु परमेश्वरको इच्छा हो ।
एक जमानामा एकजना मानिस थियो जसको एउटा आज्ञाकारी छोरा थियो । एकदिन तिनले ठूलो छोरालाई बोलायो र त्यो पनि आज्ञाकारी थियो, र भन्नुभयो, “छोरा, यो ठाऊँदेखि अर्को ठाऊँमा भएको गाऊँमा जाऊ —————”
उसले भनिसिध्याउन अघिनै, छोराले भन्यो, “हुन्छ पिताजी” अनि गइ हाल्यो । उसले के चाँहि गर्नु पर्ने हो सो कुरा जान्नको निम्ति उसले पर्खेन । उ गयो भित्र ।
उसको पिताले उसलाई पुका¥यो, छोरा, तिमीले जे ग¥यौ त्यो ठीक ग¥यौ किनकि तिमी आज्ञाकारी छौ तर तिमीले मैले के गर्न चाहेको थिएँ तिमीले सो जान्नु पर्ने थियो ।”
तर छोराले भन्यो “ठीकै छ पिताजी । म तपाईको आज्ञा पालन गर्छु । मैलेभन्दा असल प्रकारले कसले आज्ञापालन गर्न सक्छ र ?”
तर यो कुरा साँचो हो कि तिनी खाली हात आयो । तिनको पिताले के गर्न चाहेको छ सो नजानीकन पिताको इच्छाअनुसार गर्नु अर्को उपाय थिएन । तिनले अन्धानधुन्धमा आज्ञापालन ग¥यो ।
यदि हामीले येशूलाई चिन्दैनौं भने हामी पनि त्यो छोराझैं ठहरिनेछौं ( धेरैले आफैलाई अपर्णगर्छन्, धर्मविज्ञानको सिद्धान्तलाई पक्ष्याउँछन्, विश्वासयोग्य भइकन दशांश चढाउँछन्, रातभर प्रार्थना गर्छन्, उपवास बस्छन् ———— सबै कुरा परमेश्वरको इच्छा नजानीकन गर्छन् ।
जब तिनीहरु हृदयमा पाप बोकेर मर्छन्, तिनीहरु स्वर्गको ढोकाबाट फर्कन्छन् । तिनीहरु परमेश्वरको इच्छाअनुसार गर्न अति व्याकुल त थिए तर परमेश्वरले के गर्न चाहनुभएको थियो त्यो जानेका थिएनन् ।
अधर्म गर्नु भनेको अर्थ के हो ?
पानी र आत्माको सुसमाचार
नजानीकन पापीको रुपमा
येशूमा विश्वास गर्नु हो ।
“त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामथ्र्यका काम गरेनौं र ? अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैन । ए अधर्म काम गर्ने हो, मबाट दूर होओ ।” ( मत्ती ७ : २२, २३ ) ।
केही कुराहरु छन् जो हामीले गरोस् भन्ने परमेश्वर चाहनुहुन्छ अनि विश्वास चाँहि उहाँको माँग हो । येशूले हाम्रा सबै पापहरु उठाइलैजानुभयो भन्ने कुरामा विश्वास गरोस् भन्ने उहाँ चाहनुहुन्छ । पानी र आत्माको सत्यतालाई नजानीकन धेरैले अगमवाणी गर्छन् भूतहरु धपाउँछन्, अनि उहाँको नाममा अचम्भका कामहरु ग्र्छन् ।
अचम्भको काम गर्नु भनेको थुप्रै मण्डलीहरु निमार्ण गर्नु हो, मण्डलीलाई दान दिनको निम्ति आफ्नो सबै सम्पत्ति बिक्री गर्नु हो प्रभुको निम्ति आफ्नो सम्र्पूण जीवन अपणर््ा गर्नु, तिनीहरुसँग भएका कुराहरुबाट दिनु ।
उहाँको नाममा अगमवाणी बोल्नु भनेको अगुवा हुनु । यस्ता मानिसहरु फरिसी जस्ता हुन् जसहरुले येशूलाई चाँहि बिरोध गरेर व्यवस्थाअनुसार जिउने कुरामा घमण्ड गर्छन् । यस कुराले परम्परागत ईसाई भएर जिउने कुरामा पनि लागु हुन्छ ।
भूत धपाउनु शक्तिको अभ्यास गर्नु हो । तिनीहरु आफ्नो विश्वासमा अति नै जोशिला हुन्छन्, तर अन्तमा प्रभुले तिनीहरुलाई भन्ने छन्, उहाँले तिनीहरुलाई चिन्दैनन् भनी । उहाँले तिनीहरुलाई सोध्नेछन्, जबकि उहाँले तिनीहरुलाई चिन्दैनन् भने तिनीहरुले उहाँलाई कसरी चिन्नेछन् ।
प्रभु भन्नुहुन्छ, “अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैन । ए अधर्म काम गर्ने हो, मबाट दूर होओ ।” ( मत्ती ७ : २३ ) । त्यस दिनमा, मानिसको भीँडले उहाँलाई यसरी कराएर भन्नेछन्, “प्रभु म विश्वास गर्छु । म विश्वास गर्छु कि तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ ।” तिनीहरुले भन्नेछन् कि तिनीहरुले उहाँलाई प्रेम गर्छु भनी तर तिनीहरुको हृदयमा पाप हुनेछ । प्रभुले तिनीहरुलाई अधर्मको अभ्यास गर्नेहरु भनी सम्वोधन गर्नु हुनेछ ( छुटकारा नपाएको पापीहरु ) अनि तिनीहरुलाई मबाट दुर भई जाऊ भनी भन्नुहुनेछ ।
त्यस दिनमा, नयाँ जन्म नपाई मर्नेहरु यसो भन्दै येशूको अघि कराई उठनेछन्, “मैले तपाईंको नाऊँमा अगमवाणी बोले, मण्डली भवन बनाए अनि ५० जना मिशनरीहरु पठाएँ तर येशूले ती पापीहरुलाई यसो भनेर घोषणा गर्नुहुनेछ, “अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैन । ए अधर्म काम गर्ने हो, मबाट दूर होओ ।” ( मत्ती ७ : २३ ) ।
”तपाईंले भन्नु खोजेको के हो ? मैले तपाईंको पाऊँमा अगमवाणी बोलेको के ताईंलाई थाहा छैन ? मैले मण्डलीमा धेरै बर्ष सेवा गरें ————मैले अरुलाई तपाईंमा विश्वास गर भनी सिकाएँ । तपाईंले मलाई कसरी चिन्नु हुन्न भन्नु हुन्छ ?”
उहाँले जवाफ दिएर भन्नु हुन्छ, “मैले तिमीलाई कहिले पनि चिनिन । तिमी जसले मलाई चिन्छु भनी भन्छौ तिम्रो हृदयमा अझै पाप छ, मबाट दुर भइ जाऊ !”
हृदयमा पाप राखेर येशूमा विश्वास गर्नु वा उद्धारको व्यवस्थाअनुसार विश्वास नगर्नु परमेश्वरको अघि अधर्म हो । उहाँको इच्छा नजान्नु अधर्म हो । पानी र आत्माबाट नयाँ गरी जन्मने आशिषलाई नजान्नु र नजानीकन उहाँको इच्छाअनुसार गर्नु खोज्नु अधर्म हो । उहाँको इच्छा पालन नगरी उहाँलाई पक्ष्याउनु पनि अधर्म हो । अधर्म एउटा पाप हो ।
बाइबलमा भएको परमेश्वरको इच्छा
कोहरु परमेश्वरको सन्तान हुन् ?
धर्मात्माहरु जससित पाप छैन ।
पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्नु उहाँको इच्छा हो । साँचो सुसमाचारले हाम्रो नयाँ जन्मलाई बृद्धि गर्छ । यो पनि उहाँको इच्छा हो कि उहाँको सन्तानझैं बनेर सुसमाचारको निम्ति जिउनु । हामीले परमेश्वरको इच्छालाई जान्नुपर्छ, तर धेरैले पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारलाई जान्दैनन् ।
जब मैले धेरै मानिसहरुलाई तिनीहरुले किन येशूमा विश्वास गर्नुहुन्छ भनी सोधे, धेरैले भने तिनीहरुको पापबाट बाच्ँनको निम्ति तिनीहरुले येशूमा विश्वास गरेका हुन् भने ।
मैले प्रश्न गरे, “तब के तपाईंहरुको हृदयमा पाप छ ?”
तिनीहरुले जवाफ दिए, “निश्चय, मसित छ ।”
“तब, के तपाईंहरु बचाइनुभएको छ त ?”
“निश्चय, म बचाइएको छु ।”
“के एउटा पापी जसको हृदयमा पाप छ स्वर्गकौ राज्यमा प्रवैश गर्न सक्छ त?”
“सक्तैन, उ प्रवेश गर्न सक्तैन ।”
“तब, तपाईं स्वर्गको राज्यमा जानु हुँदैछ कि नरकको आगोमा ?”
तिनीहरुले भने, तिनीहरु स्वर्गको राज्यमा गइरहेकाछन् । तर के तिनीहरु जान सक्छन् त ? तिनीहरु नरकमा जानेछन् ।
कतिले सोच्ँछन् कि तिनीहरुले येशूमा विश्वास गरेको कारण तिनीहरु स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् तथापि तिनीहरुको हृदयमा पाप छ र यो गर्नु तिनीहरुको निम्ति परमेश्वरको इच्छा हो । तर परमेश्वरले पापीहरुलाई स्वर्गको राज्यमा स्वीकार गर्दैनन् ।
परमेश्वरको इच्छा के हो ? बाइबलमा यसरी भनिएको छ कि येशू परमेश्वरको पुत्रमा विश्वास गर्नु, येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा प्राप्त गर्ने छुटकाराको आशिषमा विश्वास गर्नु परमेश्वरको इच्छा हो ।
जसले पानी र आत्माद्वारा नयाँ गरी जन्मने आशिषमा विश्वास गर्छन् तिनीहरु परमेश्वरको सन्तान बन्छन् । उहाँको सन्तान बन्न पाउनु हाम्रो निम्ति महिमाको कुरा हो । उहाँको सन्तान धर्मात्मा हुन् ।
जब परमेश्वरले हामीलाई धर्मात्मा भनेर पुकार्नु हुन्छ, के उहाँले पापी ईसाईलाई धर्मात्माको संज्ञा दिनु हुन्छ ? परमेश्वरले कहिले पनि भूmट बोल्नु हुन्न । यसकारण, उहाँको अघि कि चाँहि तपाईं धर्मात्मा हुनुहुन्छ कि चाँहि पापी । त्यहाँ कसैलाई पनि ‘पापरहित छौं’ भनेर माफी दिइन्दैन । उहाँले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नेहरुलाई मात्र सिद्ध भनेर पुकार्नु हुन्छ ।
हामीहरु कसरी परमेश्वरको
सन्तान बन्न सक्छौ ?
पानी र आत्माको सुसमाचारलाई
ग्रहण गरेर
किनकि परमेश्वरले सारा मानवजातिको पापहरुलाई उहाँको पुत्रमाथि खन्याउनुभयो, यहाँसम्म कि उहाँको आफ्नै पुत्रले पनि क्रूसमा दण्ड भोग्नु प¥यो । परमेश्वरले कहिले पनि झुट बोल्न सक्नु हुन्न । उहाँले भन्नुभयो, “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको बरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।” ( रोमी ६ : २३ ) । जब उहाँको पुत्र मर्नुभयो, तीन घण्टासम्म पृथ्वीमा अन्धकारले छायो ।
“औ तेस्रो पहरतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “एली, एली, लामा सबखथनी ? अर्थात्, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नुभयो ?” ( मत्ती २७ : ४६ ) ।
मानिसहरुलाई तिनीहरुको पापबाट बचाउनको निम्ति येशूले बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो । उहाँले क्रूसमा मारिनुपर्छ र परमेश्वर उहाँको पिताद्वारा त्यागिनु पर्छ भन्ने कुरा जान्दा—जान्दै पनि मानिसको सबै पापहरुलाई आपूmमाथि उठाउनुभयो । यसकारण परमेश्वरको पुत्रले यर्दन नदीमा पापहरु उठाइलैजानुभएको कारण आफ्नै पुत्रलाई दण्ड दिनुभयो र ३ घण्टासम्म आफ्नो पुत्रदेखि उहाँको चेहरा हटाउनुभयो ।
“तर जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरुलाई ” ( यूहन्ना १ : १२ ) ।
के तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ ? हामीहरु नयाँ गरी जन्मेका छौं किनकि हामीले पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारलाई ग्रहण गरेकाछौं । ती जोहरु पानी र आत्माबाट नयाँ गरी जन्मेकाछन् तिनीहरु धर्मात्मा हुन् । अब हामी सबै धर्मात्मा ठहरिएकाछौं ।
“अब हामीले यो कुरालाई के भनौं ? यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने, हाम्रो बिरुद्ध को हुनसक्छ ?” ( रोमी ८ : ३१ ) जब धर्मात्माले परमेश्वर र मानिसहरु, जोहरुले मुक्ति पाएका छैनन् तिनीहरुको अघि आपूmलाई धर्मात्मा भनेर सम्वोधन गर्छन् उसले न्याय गर्न सक्छ । यसकारण प्रेरित पावल भन्नुहुन्छ, “परमेश्वरका चुनिएकाहरुको बिरुद्धमा कसले अभियोग लाउनसक्छ ? धर्मी ठहराउने परमेश्वरनै हुनुहुन्छ भने, ” ( रोमी ८ : ३३ ) । परमेश्वरले येशूद्वारा हाम्रा सबै पापहरुलाई धोइदिनुभयो र हामीलाई सिद्ध, धर्मात्मा र उहाँको सन्तान भनी पुकार्नुभयो । उहाँले हामीलाई महिमित परमेश्वरको सन्तान भनी पुकार्नुभयो ।
जोहरु पानी र आत्माबाट नयाँ गरी जन्मेकाछन् तिनीहरु परमेश्वरको सन्तान हुन् । तिनीहरु उहाँसगँ अनन्तसम्म जिउनेछन् । तिनीहरु यो संसारमा केवल सृष्टिको रुपमा मात्र गनिने छैन तर परमेश्वरको सन्तानको रुपमा जोहरु स्वर्गको नागरीक हुन् ।
अब तिनीहरु परमेश्वरको धार्मिक सन्तान हुन्, तिनीहरुको बिरुद्धमा बोल्ने, न्याय गर्ने वा परमेश्वरदेखि अलग गर्ने कोही पनि छैन ।
येशूमा विश्वास गर्नको निम्ति हामीले पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ । हामीले बाइबल जान्नुपर्छ । यो काम गर्नको निम्ति हामीले परमेश्वरको इच्छा जान्नु र विश्वास गर्नु आवश्यक छ ।
पापीहरु पनी र आत्माले नयाँ गरी जन्मनु परमेश्वरको
इच्छा हो
परमेश्वरले आफ्नो पुत्रलाई किन पापी
मानिसको स्वरुपमा पठाउनु भयो ?
सबै पापहरु उहाँमाथि लादनको निम्ति
परमेश्वरको इच्छा यो हो कि हामीहरुले छुटकारा पाएको होस् र पानी र आत्माबाट नयाँ गरी जन्मेको होस् “किनकि परमेश्वरको इच्छा, अर्थात् तिनीहरुको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस ।” ( १ थिस्स० ४ : ३ ) ।
परमेश्वरको इच्छा यो थियो कि उहाँले आफ्नो पुत्र पठाएर सबै पापहरु उहाँमाथि लादियोस् र हामीहरु बाँच्न सकेको होस् । यो आत्माको व्यवस्था हो जसले हामीलाई पानी र आत्माबाट नयाँ गरी जन्मन दिन्छ । यसले हाीलाई सबै पापहरुबाट स्वतन्त्र बनाउँछ ।
हामीहरु मुक्त भएकाछौं । अब तपाईंहरु सबैले परमेश्वरको इच्छालाई बुझ्नुभयो ? हामीलाई छुटकारा दिनु उहाँको इच्छा हो । उहाँले हामीलाई संसारसित सम्झौता गरेको चाहनु हुन्न तर उहाँको वचनमा विश्वास गरेको र उहाँलाई मात्र उपासना गरेको चाहनु हुन्छ ।
परमेश्वरको इच्छा यो पनि हो कि हामी नयाँ गरी जन्मेकाहरुले सुसमाचारको साक्षी देओस् र मण्डलीको सदस्य भइ जिओस्, अनि अरु मानिसहरुलाई परमेश्वरमा फर्काई ल्याउने काममा समर्पण गरोस् ।
हामीले चाहेर पाप गरेका होइनौं, तर हामीहरु कमजोर भएर पाप गरेका हौं । तर येशूले ती खन्याउनुभयो । उहाँले त्यही उदेश्यको निम्ति आफ्नो पुत्रलाई पठाउनुभयो अनि यूहन्नाद्वारा बप्तिष्मा लिन लगाउनुभयो । हामीहरु यस कुरामा विश्वास गरेर बाँचेकाछौं । यो परमेश्वरको इच्छा हो ।
हाम्रो निम्ति परमेश्वरको इच्छा यही हो कि
हामीले येशूमा विश्वास गरौं, जसलाई उहाँले पठाउनुभयो ।
येशू किन पापी मानिसको
स्वरुपमा आउनुभयो ?
मानवजातिको सबै पापहरु
उठाइलैजानको निम्ति
बाइबलले भन्दछ कि परमेश्वरको इच्छा पालन गर्नु भनेको उहाँलाई विश्वास गर्नु हो जसलाई उहाँले पठाउनुभयो । “यसकारण तिनीहरुले उहाँलाई भने, ‘परमेश्वरका काम गर्नलाई हामीले के गर्नुपर्छ ?’ येशूले तिनीहरुलाई जवाफ दिई भन्नुभयो, ‘परमेश्वरको काम यो हो, कि जसलाई उहाँले पठाउनुभयो उसलाई विश्वास गर ।’ यसैले तिनीहरुले उहाँलाई भने, ‘तपाई के चिन्ह गर्नुहुन्छ, र हामी हेरौं, र तपाईंलाई विश्वास गरौं ? तपाईं के काम गर्नुहुन्छ ? हाम्रा पिता—पुर्खाहरुले बनमा मन्न खाए जसरी लेखिएको छ, ‘उहाँले तिनीहरुलाई खानालाई स्वर्गबाट रोटी दिनुभयो ।’ ” ( यूहन्ना ६ : २८—३१ ) ।
मानिसहरुले येशूलाई भने कि जब मोशा कनानको बाटोमा थिए तब परमेश्वरले चिन्ह दिनुभयो, इस्राएलीहरुलाई स्वर्गबाट मन्ना दिनुभयो, परिणामत् तिनीहरुले परमेश्वरमा विश्वास गरे ( यूहन्ना ६ : ३२—३९ ) । मानिसहरुले येशूलाई सोधे, “हामीले परमेश्वरको कामहरु गर्नलाई के गर्नुपर्छ ?”
येशूले तिनीहरुलाई जवाफ दिनुभयो, परमेश्वरको काम गर्नको निम्ति तिनीहरुले येशूमा विश्वास गर्नुपर्छ भनी । यदि हामीले परमेश्वरको काम गर्नु हो भने, हामीले येशूले गर्नुभएको कामहरुमा विश्वास गर्नुपर्छ । हाम्रो निम्ति परमेश्वरको इच्छा यही हो कि हामीले विश्वास गरेर सुसमाचार प्रचार गर्ने मात्र होइन त्यो अनुसार जिउनु पनि पर्छ ।
परमेश्वरले हामीलाई आज्ञा गर्नुहुन्छ, “यसकारण गएर सबै देशका जातिहरुलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिष्मा देओ । जे जे मैले तिमीहरुलाई आज्ञा गरें, तिनीहरुलाई ती सबै गर्नालाई सिकाओ । र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरुका साथमा छँदैछु । ” ( मत्ती २८ : १९, २० ) ।
येशूले स्पष्ट रुपमा हामीलाई पिता अनि पुत्र अनि पवित्र आत्माको नाऊँमा बप्तिष्मा दिनको निम्ति भन्नुभएको छ । उहाँले पिताको निम्ति प्रत्येक कुरा गर्नुभयो र पवित्र आत्मा पनि उहाँको बप्तिष्मामा समावेश हुनुहुन्थ्यो । जब हामीहरु त्यो कुरा बुझ्छौं, हामीहरु परमेश्वरलाई विश्वास गर्न सक्छौं अनि येशूले यो संसारमा गर्नुभएको प्रत्येक कुरालाई देख्छौं अनि आत्माले कसरी त्यस बारेमा साक्षी दिनुभयो सो जान्न सक्छौं ।
परमेश्वरले येशूलाई पानी र आत्माको सुसमाचारको साक्षी दिन पठाउनुभयो । यसकारण जब हामीहरु परमेश्वरको वचन र उहाँको सेवकमा विश्वास गर्छौं तब मात्र हामीहरु बचाइएका हुन्छौं ।
परमेश्वरको काम गर्नको निम्ति
हाम्रो जीवनको उदेश्य के हो ?
यो संसारभरि सुसमाचार फैलाउनु परमेश्वरको
इच्छा पालन गर्नु हो ।
यदि हामीले परमेश्वरको काम गर्नु हो भने, सबैभन्दा पहिला हामीले येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युको सुसमाचारमा विश्वास गर्नुपर्छ । उहाँमा विश्वास गर्नु नै परमेश्वरको काम हो जसलाई उहाँले पठाउनुभयो । येशूमा विश्वास गर्नको निम्ति हामीले सबैभन्दा पहिला यो कुरामा विश्वास गर्नुपर्छ कि उहाँले हामीलाई पानी र रगतले बचाउनुभयो । जब हामीहरु येशूमा विश्वास गर्छौं र प्रचार गर्छौं तब परमेश्वरको इच्छा पूरा हुन्छ । यसरी हामीहरु परमेश्वरको काम गर्छौं । उहाँले हामीलाई भन्नुभयो कि जसले पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्छ उ मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
हामीले परमेश्वरको साँचो इच्छालाई थाहा गरेर, येशूको बप्तिष्माद्वारा हाम्रा सबै पापहरु उहाँमाथि खनिए भन्ने कुरालाई जानी त्यसमा विश्वास गरेर, उहाँको राज्य बिस्तार गर्नको निम्ति जिएर अनि जबसम्म हामीहरु मर्दैनौं तबसम्म सुसमाचार प्रचार गरेर हाम्रो ठाऊँ स्वर्गको राज्यमा सुरक्षित राखौं ।
ईसाई मित्रहरु ! जसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ उसैले परमेश्वरको काम गर्छ । उहाँमा विश्वास गर्नु परमेश्वरको काम हो जसलाई उहाँले पठाउनुभयो । जसलाई उहाँले पठाउनुभयो उहाँमा हाम्रो पापहरु लादिए भनी विश्वास गर्नु नै उहाँको इच्छा पालन गर्नु हो र येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ ।
जब येशूले यर्दन नदीमा बप्तिष्मा लिनुभयो र क्रूसमा मर्नुभयो तब मानिसलाई पापबाट छुडाउने काम पूरा गर्नुभयो । परमेश्वरको कामको दोस्रो भाग चाँहि उहाँमा विश्वास गर्नु हो जसलाई परमेश्वरले पठाउनुभयो, मुक्तिदातामा विश्वास गर्नु जसले संसारको सबै पापहरु उठाइलैजानुभयो अनि संसारभरि सुसमाचार प्रचार गर्नु हो ।
अब हामी जतिजना नयाँ गरी जन्मेकाछौं उहाँमा जिउनुपर्छ अनि संसारकौ अन्तसम्म सुसमाचार प्रचार गर्नुपर्छ ।
परमेश्वरको इच्छालाई नबुझी येशूमा
विश्वास गर्नेहरु कहाँ जान्छन् ?
तिनीहरु नरक जान्छन्
“त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामथ्र्यका काम गरेनौं र ? अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैन । ए अधर्म काम गर्ने हो, मबाट दूर होओ ।” ( मत्ती ७ : २२, २३ ) ।
परमेश्वरको अघि को पापी छन् र कसले अधर्म गरेकाछन् यो खण्डले स्पष्ट रुपमा बताएको छ । ‘प्रभु, प्रभु’ भन्नेहरुमध्ये धेरैजना नयाँ गरी जन्मेका छैनन् । तिनीहरु कष्टमा छन् किनभने तिनीहरुको हृदयमा पाप छ । यसकारण तिनीहरुले ‘प्रभु, प्रभु’ भनेर परमेश्वरलाई पुकारीरहेकाछन् र यो अर्ध उजुरी हो ।
यदि तिनीहरुले प्रार्थनामा यसरी करायो भने तिनीहरुको विवेक शुद्ध हुनेछ भनी तिनीहरु विश्वास गर्छन्, तर यो असम्भव छ किनभने तिनीहरुको हृदयमा पाप रहिरहन्छ । तिनीहरु पहाडमा गएर प्रार्थना गर्छन्, बेदनाले भरिएको आवाजमा कराउँछन्, मानव परमेश्वर टाडा जानुभएको छ । जब हामीसँग पूर्ण विश्वास हुँदैन, हामीहरु ‘प्रभु, प्रभु’ भनेर घरिघरि कराई उठछौं ।
कतिपय नयाँ गरी नजन्मेका विश्वासीहरु भएको मण्डलीहरुमा, मञ्च भत्किने हिसाबले बढो जोसको साथमा प्रार्थना गर्छन् ।
तर ‘प्रभु, प्रभु’ भनेर पुकार्नेहरु सबैजना स्वर्गको राज्यमा प्रवेश गर्ने छैन भनी लेखिएको कुरो हामीहरु बाइबलमा देख्न पाउँछौं । के ती जसहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् त्यस विश्वासले तिनीहरुलाई परमेश्वरको काम गर्न डो¥याउँछ ?
हृदयमा पाप बोकेर परमेश्वरको नाऊँलाई पुकार्नु अधर्म हो भनीकन बाइबलले भन्दछ । के तपाईं कहिले पहाडमा प्रार्थना सभाको निम्ति जानुभएको छ ? केही बृद्ध डिकनहरुले उहाँको नाऊँलाई रुँदै—रुँदै उहाँको नाऊँलाई पुकार्छन्, किनकि तिनीहरुले येशूलाई कहिले पनि सत्यतामा भेटेको छैन, नता तिनीहरुको हृदयमा आत्मालाई ग्रहण गरेकाछन्, न पानी र आत्माले नयाँ गरी जन्मेकाछन् । तिनीहरुले परमेश्वरको नाऊँलाई हतारसित पुकार्छन्, किनभने तिनीहरु नरक जानुपर्छ भनी डराउँछन् ।
मानिलिनुहोस् कसैले आपूmलाई मिशनरीको रुपमा मण्डलीको सेवा गर्न, वा पाष्टर भएर काम गर्न अर्पेको छ र अन्तमा प्रभुबाट तिरस्कृत भयो । आमा—बाबु वा पति पत्निबाट त्यागिनाले हृदय मात्र तोडिन्छ, तर परमेश्वर, राजाहरुका राजा, हाम्रो आत्माको न्याय कताबाट त्यागिए उ कहाँ जाने ?
म आशा गर्छु तपाईंमध्ये कसैलाई पनि यस्तो हुन नपरोस् । कृपया पानी र आत्माको सुसमाचारलाई सुन्नुहोस् र विश्वास गर्नुहोस् । हामीहरु नयाँ गरी जन्मनु र पानी र आत्माको सुसमाचारमा जिउनु परमेश्वरको इच्छा हो ।
हामी ईसाईहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ अनि बाइबलको सत्यताबाट शक्ति आर्जन गर्नुपर्छ । तबमात्र हामीहरु परमैश्वरकौ न्यायबाट बाँच्न सक्नैछौं ।