(१ यूहन्ना १ : ९)
“यदि हामीले आफ्ना पापको स्वीकार ग¥यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।”
रगतको सुसमाचार अर्ध सुसमाचार हो
हामीहरु के रगतको सुसमाचारले मात्र
स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौ ?
कदापि सक्तैनौं । हामीले पूर्ण
सुसमाचारमा विश्वास गर्नुपर्छ
( पानी र आत्माको सुसमाचार ) ।
१ यूहन्ना १ : ९ के धर्मात्माहरुको निम्ति मात्र लागु हुन्छ । यदि कुनै पापी जसको पाप क्षमा भएको छैन यो पदको वचनअनुसार उ आफ्नो दैनिक पापको प्रायश्चित गर्न चाहन्छ अनि उसको अपराधको पश्चाताप गर्छ भने उसको पापहरुको प्रायश्चित भएको छैन । मैले के भनिरहेछु बुझ्नुभयो त ? यो पद ती पापीहरुको निम्ति लागु हुँदैन जोहरु नयाँ गरी जन्मेका छैनन् ।
यो संसारमा धेरै मानिसहरु छन् जोहरु नयाँ गरी जन्मेका छैनन्, तर तिनीहरुले १ यूहन्ना को १ अध्यायको यो पदलाई लिएर पाप क्षमाको आशा गर्दै तिनीहरुको पापको निम्ति प्रार्थना गर्छन् र पश्चाताप गर्छन् ।
तर नयाँ गरी नजन्मेको मानिसको पापहरु पश्चातापको प्रार्थनाले पूर्णरुपमा क्षमा हुन्छ र ? अरु अघि पढन अघि, प्रेरित यूहन्ना धर्मात्मा थिए वा पापी सो बारे तपाईंले निर्णय गर्नुपर्छ । मलाई प्रश्न गर्न दिनुहोस् । के प्रेरित यूहन्ना धर्मात्मा थिए जो चाँहि पानी र आत्माको सुसमाचारमा विश्वास गरेर नयाँ गरी जन्मेका थिए वा उ पापी थियो ?
यदि तपाईं प्रेरित यूहन्ना पापी थिए भनी भन्नु हुन्छ भने, तपाईं आफ्नो विश्वासमा बाइबलिय सिद्धान्तअनुसार गलत हुनुहुन्छ । यदि प्रेरित यूहन्ना धर्मात्मा थिए अनि येशूमा विश्वास गरेर नयाँ गरी जन्मेका थिए भने, यो स्पष्ट छ कि तिनको विश्वास तपाईंको विश्वासभन्दा भिन्न थियो । यसकारण, तपाईंको पनि प्रेरित यूहन्नाको जस्तै विश्वास हुनुपर्छ ।
मलाई अर्को प्रश्न गर्न दिनुहोस् । प्रेरित यूहन्नाको त्यो पत्र धर्मात्माको निम्ति थियो कि पापीको निम्ति ? प्रेरित यूहन्नाले यो पत्र धर्मात्माहरुलाई लेख्नुभएको हो ।
यसकारण, यदि पापीहरु जोहरु नयाँ गरी जन्मेका छैनन् १ यूहन्ना १ : ८, ९ लाई उल्लेख गर्छन् र ती पदहरुलाई तिनीहरुको आफ्नो निम्ति प्रयोग गर्छन् भने, यो गलत ठहरिनेछ । यदि तपाईं धर्मी ठहरिन चाहनु हुन्छ भने, परमेश्वरको अघि पश्चाताप गर्नुहोस् अनि पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुहोस् । तब प्रभुले अघिबाट नै संसारको पापहरुलाई धोइ सिध्याउनुभएको सुसमाचारले तपाईंको पापहरुलाई धोइदिनु हुनेछ ।
प्रेरित यूहन्नाको विश्वास यसप्रकारको छ । १ यूहन्ना ५ अध्यायमा तिनी भन्नुहुन्छ कि “पानी, रगत र आत्मा” मा तिनको विश्वास थियो । के तपाईं येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ जो पानी, रगत र आत्माबाट आउनुभयो ? के तपाईं क्रूसको रगतबाट मात्र आउनु हुने येशूमा विश्वास गर्नुहुन्छ वा उहाँको बप्तिष्मा, उहाँको रगत र आत्मामा आउनु हुने येशूमा विश्वास गर्नुहुन्छ ?
के तपाईं रगतको सुसमाचारमा मात्र विश्वास गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्नु हुन्छ र ? यदि तपाईंको विश्वास क्रूसको रगतको सुसमाचारमा मात्र छ भने, तपाईंले केवल सुसमाचारको आधा भाग मात्र जान्नुभएको छ । यदि तपाईंले क्रूसको रगतमा मात्र विश्वास गर्नुहुन्छ भने, तपाईंले प्रत्येक दिन पाप क्षमाको प्रार्थना गरिरहनुभएको छ भन्ने कुरामा कुनै शंका छैन । पश्चातापको प्रार्थनाद्वारा मात्र तपाईंको पापहरु धोइएको छ भन्ने कुरामा विश्वास गरेको कुरामा मौका छ ।
तर जब तपाईंले केवल क्रूसको रगतमा मात्र विश्वास गर्नुहुन्छ, तब के तपाईंको दैनिक पापको निम्ति पाप क्षमाको पश्चाताप र प्रार्थना गरेर तपाईंको पापहरु धोइन्छ त ? यदि तपाईं यस्ता व्यक्तिहरुमध्ये एउटा हुनुहुन्छ भने, तपाईंको पापहरु तपाईंकै हृदयमा रहिरहनेछ किनभने कसैले पनि क्रूसको रगतमा मात्र विश्वास गरेको कारण र दैनिक पश्चातापको प्रार्थनाले तपाईंको पापहरु धुन सक्नेछैन । यदि तपाईं ती व्यक्तिहरुमध्ये एउटा हुनुहुन्छ भने, तपाईंले अझैसम्म पानी र आत्माको सुसमाचारलाई जान्नुभएको छैन अनि तपाईंको विश्वास अधुरो छ ।
प्रेरित यूहन्ना नयाँ गरी जन्मेका थिए किनभने तिनले पानी, रगत र आत्माको ससमाचारमा विश्वास गरे । तर तपाईंले केवल क्रूसको रगतमा मात्र विश्वास गर्नुभयो । जब तपाईं आफैलाई सुसमाचारको ज्ञान छैन भने तपाईंले अन्य मानिसहरुलाई कसरी मुक्तितर्फ डो¥याउन सक्नुहुन्छ त ? तपाईं आफै नयाँ गरी जन्मनुभएको छैन, तर पश्चातापको प्रार्थनाद्वारा तपाईंले पापको क्षमा पाउने प्रयास गरिरहनुभएको छ । यसले कहिले पनि काम गर्ने छैन ।
मानिसले जतिनै कठिनाइको साथमा प्रार्थना र पश्चाताप किन निगरोस्, उसको हृदयबाट उसको पापहरु धुन सकिने छैन । तपाईंको पापहरु धोइएको छ भन्ने कुरालाई तपाईंले कहिले काँही अनुभव गर्नुहुन्छ, यो केवल तपाईंको कल्पना र भावनाको शक्ति मात्रै हो । यदि तपाईं प्रार्थना गर्नुहुन्छ र पश्चाताप गर्नुहुन्छ भने, तपाईंले एकदिन वा त्योभन्दा बढी ताजापनको अनुभव गर्न सक्नुहुन्छ । तर यसप्रकारले तपाईं कहिले पनि तपाईको पापहरुबाट मुक्त हुन सक्नु हुन्न ।
पापीहरुले तिनीहरुको पापहरुबाट बाँच्ने आशा राखेर प्रार्थना गर्छन् र पश्चाताप गर्छन् । यसकारण तिनीहरुले येशूमा लामो समयदेखि विश्वास गरेर पनि पापी नै रहिरहन्छन् । तिनीहरुले पानी र आत्माको सुसमाचार जान्दैनन् । यदि तपाईं येशूमा विश्वास गर्नुहुन्छ तर नयाँ गरी जन्मनुभएको छैन भने, तपाईं ती व्यक्तिहरुमध्ये एउटा हुनु हुनेछ । यदि तपाईंले प्रत्येक दिन प्रार्थना र पश्चाताप गरेर तपाईंको पापको क्षमा आर्जन गर्न प्रयास गरिरहनुभएको छ भने त्यो तपाईं नयाँ गरी नजन्मनु भएको स्पष्ट गवाही हो । तपाईंले प्रेरित यूहन्नाले गरेको विश्वास जस्तो पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुहुन्छ कि तपाईं आफ्नै बिचार र भावनामा विश्वास गर्नुहुन्छ, त्यसको निर्णय तपाईंकै हातमा छ । एउटा स्पष्ट रुपमा सत्य छ, र अर्को स्पष्ट रुपमा असत्य छ ।
बाइबलअनुसार साँचो सुसमाचार चाँहि येशूले बप्तिष्मा लिनुभयो र एकैचोटि सँधैको निम्ति संसारको सबै पापहरु उठाइलैजानु भयो अनि क्रूसमा सबै पापीहरुको निम्ति दण्ड भोग्नुभयो । यदि मानिसले येशूको बप्तिष्मा र क्रूसमा उहाँको मृत्युमाथि विश्वास गर्छ भने, उ एकैचोटि सबै पापहरुबाट बचाइएको छ । अर्को पक्षमा चाँहि, यदि मानिसले प्रार्थना र पश्चातापद्वारा उसको अधर्महरु धुने प्रयास गर्छ भने, उ पापहरुबाट कहिले पनि स्वतन्त्र हुन सक्तैन । के तपाईं तपाईंका सबै पापहरुलाई सम्झन सक्नुहुन्छ ? के परमेश्वरले तपाईले पश्चाताप नगरेका पापहरुको ख्याल गर्नुहुन्छ ? के पश्चातापको प्रार्थना दैनिक पापहरुको समस्याको स्पष्ट समाधान हो त ? होइन ।
साँचो पश्चाताप र प्रायश्चितको उदेश्य
प्रायश्चित र असल कामहरुको
सीमाङ्कन के हो ?
यध्यपि हामीले हाम्रो जीवनभरि प्रायश्चित गर्न परेको होस्,
हामीहरु केवल अपराधहरुको प्रायश्चित गरेर र असल
काम गरेर मात्र कदापि बचाइन सक्तैनौं ।
बाइबलमा पश्चातापको अर्थ गलत विश्वासदेखि साँचो विश्वासमा फर्की आउनु हो, अनि धर्मात्माहरुको निम्ति चाँहि कसैले गरेको गलत कार्यलाई मानिलिनु हो अनि सुसमाचारको ज्योतिमा फर्की आउनु हो ।
अब तपाईं पापी हुनुहुन्छ भने, तपाईंले यसरी प्रायश्चित गर्न सक्नुहुन्छ, “प्यारो परमेश्वर, मैले पाप गरेको छु अनि म नरकमा फालिन तयार छु । तर म मेरो पापहरुबाट बचाइन चाहन्छु । कृपया मलाई मेरा सबै पापहरुबाट बचाउनुहोस् । म अहिलेसम्म नयाँ गरी जन्मेको छुइन, अनि म जान्दछु कि म नरकको निम्ति बन्धनमा बाधिएँको छु ।” यो सही प्रायश्चित हो ।
तब नयाँ गरी जन्मेकाहरुले कस्तो प्रकारको प्रायश्चित गर्नुपर्छ ? “प्यारो परमेश्वर, मैले मेरो शरीरलाई पक्ष्याएर पाप गरेको छु । म विश्वास गर्नेछु कि येशूको यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा भएको थियो, अनि मलाई मेरो सबै पापहरुबाट बचाउनुभयो, यहाँसम्म कि भर्खरै गरेको पाप पनि, यद्यपि म मेरो पापको निम्ति मर्नु परेको भए तापनि । म प्रभुलाई धन्यवाद दिन्छु किनभने उहाँले मलाई पानी र रगतद्वारा बचाउनुभयो ।” नयाँ गरी जन्मेको र नयाँ गरी नजन्मेको मानिसको प्रायश्चितमा भिन्नता छ ।
प्रेरित यूहन्नामा भएझैं हामीहरु सबैमा एउटै विश्वास हुनुपर्छ । यदि तपाईंले आफ्नो धार्मिकताको निम्ति पापलाई लुकाएर प्रायश्चित गर्नुहुन्छ भने, तपाईं मृत्युदेखि कहिले पनि बचाइनु हुनेछैन, जुन चाँहि पापको ज्याला हो ।
सबै पापीहरु जोहरु नयाँ गरी जन्मेका छैनन् प्रायश्चितको प्रार्थनालाई लुकाउनदेखि रोक्नुपर्छ अनि पानी, रगत र आत्माको साँचो सुसमाचारमा विश्वास गर्न शुरु गर्नुपर्छ । तिनीहरुले प्रेरित यूहन्नाको विश्वासबाट सिक्नुपर्छ र त्यसरी नै मुक्ति हासिल गर्नुपर्छ ।
पापीहरुलाई तिनीहरुको पापको दण्ड कति भयानक हुनेछ भन्ने कुरा थाहा छैन । परमेश्वरको अघि सबैभन्दा भयानक पाप पानी र आत्माको नयाँ गरी जन्मने सुसमाचारमा विश्वास नगर्नु हो ।
ती सबैजना जसहरुले येशूमा विश्वास त गरेकाछन् तर नयाँ गरी नजन्मेकाहरुले परमेश्वरको अघि यसप्रकारले प्रायश्चित गर्नुपर्छ, “प्रभु, म नरकको आगोमा फालिने योग्यको पापी हुँ, तर प्रभु, कृपया मेरो पापहरुलाई धोइदिनुहोस् ” भन्ने प्रार्थना चाँहि गर्नुपर्छ । जब येशूको यर्दन नदीको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा येशूले हामीलाई बचाउनुभयो भन्ने सुसमाचारलाई पापीहरुले आफ्नो हृदयमा लिन्छन्, उ उसको जीवनको सबै पापहरुबाट स्वतन्त्र हुन्छ । परमेश्वरको अघि सबै पापहरुबाट बाच्ँनको निम्ति एउटा पापीले यसप्रकारको प्रायश्चितको प्रार्थना गर्नुपर्छ ।
एउटा पापीले यसप्रकारले मात्र प्रायश्चित गर्नुपर्छ कि उसले पानी र आत्माको सुसमाचारमा विश्वास गरेको छ तर अहिलेसम्म नयाँ गरी जन्मेको छैन भनी । त्यसपछि उ एकैचोटि बचाइने छ । पानी र आत्माको सुसमाचारद्वारा पापीहरुको मुक्तिको काम पूरा हुन्छ । “औ नता अरु कसैबाट मुक्ति छ, किनकि स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं ” ( प्रेरित ४ : १२ ) । परमेश्वरले उहाँको पुत्र येशूलाई पठाउनु भई, यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिएर क्रूसमा मर्नु भई पापीहरुलाई तिनीहरुको सबै पापबाट बचाउनुभयो ।
प्रभुले मानिसहरुको सबै पापहरुलाई धोइदिनुभयो जुन पापहरु मानिसले तिनीहरुको शरीर अनि हृदयद्वारा जन्मदेखि लिएर मृत्युसम्म गर्छन् । हामीले हामीलाई बचाउने साँचो सुसमाचारमा विश्वास गर्नुपर्छ । यो मात्र हामीहरु हाम्रो पापहरुबाट स्वतन्त्र हुने र पूर्णरुपमा शुद्ध हुने उपाय हो । जब हामीहरु पानी र आत्माको साँचो सुसमाचारमा विश्वास गर्छौं तब एकैचोटि सँधैको निम्ति धर्मी ठहरिन्छौं ।
येशूले बप्तिष्मा लिनुभयो, संसारको पापहरु उठाइलैजानु भयो, ती पापहरुको निम्ति क्रूसमा प्रार्थना गर्नुभयो अनि अहिले परमेश्वरको दाहिने हातनिर बस्नुभएको छ । यो अन्तिम सत्य हो ।
हामीले यसप्रकारको प्रायश्चित गर्नुपर्छ, “प्रभु, म आपूmलाई सहायता गर्न सक्तिन तर म मेरो मृत्युसम्म नै पाप गरिरहन्छु । म मेरो आमाको कोखदेखि पापैमा जन्मिए, अनि मैले गरेको सबै पापहरुको जिम्मेवार म छु, म नरकको बलिरहेको आगोमा फालिनुपर्छ । यसकारण, म येशूमा विश्वास गर्न चाहन्छु, जो पानी, रगत र आत्माद्वारा आउनुभयो अनि मेरो मुक्तिदाता बन्नुभयो ।”
जसरी मत्ती ३ अध्यायमा लेखिएको छ, जब येशूले यर्दन नदीमा बप्तिष्मा लिनुभयो, मैले मेरो मृत्युसम्म गर्ने पापहरु लगायत संसारको सबै पापहरु उठाइलैजानु भयो । “औ तिमीहरुले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ” ( यूहन्ना ८ : ३२ ) ।
यदि येशूले हाम्रा सक्कली पापहरुबाट मात्र बचाउनुभएको भए अनि हामीलाई हाम्रो आफ्नो पापहरुको समस्या आफै समाधान गर्नु भनी भन्नुभएको भए, हामीहरुलाई निरन्तर रुपमा कष्ट भइरहने थियो । तर येशूले उहाँको बप्तिष्मा र रगतद्वारा हाम्रा सबै पापहरुबाट हामीलाई स्वतन्त्र तुल्याउनुभयो । हामी केको निम्ति चिन्तित हुनुपर्छ ? जब हामीहरु येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छौं, अनि प्रभुलाई धन्यवाद दिन्छौं, हाम्रो हृदयमा आत्माले बास गर्नुहुनेछ ।
के तपाईं येशूमा विश्वास गर्नुहुन्छ ? तपाईंमा आत्मा बास गर्नुहुन्छ भन्ने कुरामा के तपाईं विश्वास गर्नुहुन्छ ? जब येशूले उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानु भयो तब तपाईंको सबै पापहरु उहाँमाथि लादिए । त्यसपछि उहाँले हामीलाई अनन्तको बिनाशबाट बचाउन हाम्रो पापहरुको निम्ति क्रूसमा दण्ड भोग्नुभयो । यो साँचो सुसमाचार हो ।
धर्मात्माहरुको प्रायश्चित
धर्मात्माहरुको प्रायश्चित के हो ?
तिनीहरुले प्रत्येक दिन पाप गर्छन्
तर तिनीहरुले यर्थाथमा विश्वास गर्नु चाँहि येशूले
आजभन्दा २००० बर्षअघि तिनीहरुको दैनिक पापहरुलाई
धोइदिनु भयो भनी प्रायश्चित गर्नुपर्छ ।
१ यूहन्ना १ : ९ ले भन्दछ, “यदि हामीले आफ्ना पापको स्वीकार ग¥यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।” यसको अर्थ एउटा मानिस जसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्ने निर्णय गर्छ उसले यसो भनेर उसको पापहरुको प्रायश्चित गर्नुपर्छ, “प्रभु ! म आफैलाई रोक्न सक्तिन तर म मेरो जीवनभरि पाप गर्छु तर पाप क्षमाको प्रार्थनाद्वारा म मेरो पापहरुद्वारा आपूmलाई बचाउन सक्तिन भन्ने कुरो म जान्दछु । पापको ज्याला मृत्यु हो भन्ने कुरा म जान्दछु तर येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युबाहेक अरु केही कुराले मेरो पापहरु धुन सक्तैन । मैले आज पाप गरें भन्ने कुरो म स्वीकार गर्छु तर म विश्वास गर्छु कि मैले आज गरेको पापलाई आजभन्दा २००० बर्षअघि येशूले यर्दन नदीमा धोइदिनु भएको छ ।” यदि उसले यसप्रकारले प्रार्थना गर्छ भने, उसको बिवेकमा भएको पापको समस्या एकैचोटि समाधान हुनेछ ।
ती पहिलेबाट नै नयाँ गरी जन्मेकाहरुले तिनीहरुको पापको प्रायश्चित मात्रै गर्नुपर्छ । तिनीहरुले गर्नु पर्ने निश्चयता चाँहि तिनीहरुले जेसुकै पाप गरेको भए तापनि येशूले अघिबाट नै ती पापहरु धोइदिनु भयो । किनभने येशूले आजभन्दा २००० बर्षअघि पापीहरुको निम्ति बीप्तष्मा लिनुभयो । मर्नु भयो, तिनीहरु जतिनै कमजोर किन नहोस्, तिनीहरुको सबै पापहरु पूर्णरुपमा धोइएको छ ।
हामीले आज पढेको पद धर्मात्माको निम्ति अति राम्रो छ । तर यदि एउटा पापीले यो पद लिन्छ र गलत प्रकारले प्रयोग गर्छ भने, उसको अन्त नरकमा हुनेछ । अरु केही पनि होइन, यो एकदमै गलत प्रकारले प्रयोग गरिएको बाइबलको पद हो । यो धेरै लामो समयदेखि ईसाईहरुको बीचमा गलत प्रकारले बुझिएको ठूलो गल्तीले गर्दा हो ।
एउटा भनाई छ, नजान्ने डाक्टरले उसको बिरामीलाई मार्न सक्छ । जब एउटा नजान्ने डाक्टरले उसको योग्यताभन्दा बढीको उपचार बिरामीको जीवनमा गर्न खोज्छ भने उसले आफ्नो बिरामीलाई मारीदिन सक्छ ।
यो जीवनको नियम हो कि कुनै पनि मानिसले राम्रो तालिम लिएको हुनुपर्छ अनि उसले आफ्नो कर्तव्य निभाउनको निम्ति राम्रो अनुभव बटुलेको हुनुपर्छ । विश्वासको वचनमा पनि त्यही नियम लागु हुन्छ । जसले परमेश्वरको वचन सिकाउँछ उसले लिखित वचनलाई सही प्रकारले र स्पष्ट रुपमा सत्यतालाई प्रसार गर्नुपर्छ, अनि जसले तिनीहरुबाट सिक्छन् तिनीहरुले सिकाएको कुरामा विश्वास गर्नुपर्छ ।
यदि प्रचारकहरुले तिनीहरुको अनुयायीहरुलाई गलत सिद्धान्त सिकाउँछ भने, तथा यदि विश्वासीहरुले गलत प्रकारले बाइबल सिक्छन् भने, ती दुवैको निम्ति यसको परिणाम चाँहि दण्ड र नरक हुनेछ । केवल नयाँ गरी जन्मेकाहरुले मात्र सही प्रकारले बाइबल सिकाउन सक्छ । यदि गलत प्रकारले लेखिएको छ भने असल बैद्यले पनि आफ्नो बिरामी मानिसलाई मारिदिन सक्छ, अनि परमेश्वरको वचनबाट सिकाउने र सिक्ने कुरामा पनि त्यही नियम लागु हुन्छ । यो हाम्रो जीवनमा नभै नहुने कुरा हो । तर यदि हामीले बालकको हातमा आगो थमाउँछौं भने त्यसले सकंष्ट ल्याउने छ, त्यसरी नै परमेश्वरको वचन गलत मान्छेको हातमा प¥यो भने त्यसले सकंष्ट ल्याउने छ ।
हामीले धर्मात्माले गर्ने प्रायश्चित र पापी मानिसले गर्ने प्रायश्चितको भिन्नता छुटयाउन सक्नुपर्छ । १ यूहन्ना १ : ९ धर्मात्माहरुको निम्ति हो । जब धर्मात्माले विश्वाससाथ परमेश्वरको अघि प्रायश्चित गर्छ, उ ती पापहरुबाट स्वतन्त्र बन्दछ किनकि येशूले लगभग २००० बर्षअघि नै सबै पापहरुलाई धोइदिनुभएको छ ।
पापीहरुले प्रत्येक दिन तिनीहरुको पापहरुको निम्ति पाप क्षमाको प्रार्थना गरेर तिनीहरुको पाप धोइन्छ भनी विश्वास गर्नु तिनीहरुको निम्ति सरासर गल्ती कार्य हो । जब कोही नयाँ गरी जन्मेको छैन, के केवल प्रायश्चितद्वारा मात्रै तिनीहरुको पाप धोइन्छ र ?
परमेश्वर न्यायी हुनुहुन्छ । उहाँले आफ्नो एकलौते पुत्रलाई यस संसारमा पठाउनु भयो अनि उहाँको बप्तिष्माले संसारको पापहरु उठाइलैजानु भयो अनि जसले उहाँको बप्तिष्माको पानी र उहाँको क्रूसको रगतमा विश्वास गर्छ ती सबैलाई बचाउनु भयो । यसकारण, जब एउटा धर्मात्माले उसको पापको प्रायश्चित गर्छ, परमेश्वर उसलाई भन्नुहुन्छ कि येशूले लगभग २००० बर्षअघि नै उसको सबै पापहरु धोइदिनुभयो । उसले यसप्रकारले निश्चयता दिनुहुन्छ कि, यध्यपि उसको शरीरले अझै पाप गरे तापनि, उसको जीवनमा पाप छैन ।