( यशैया २८ : १३—१४ )
“यसकारण परमप्रभुको वचन तिनीहरुलाई यस्तो हुनेछ : गरिबस्, गरिबस्, शासन गर्, अलिकति यहाँ, अलिकति त्यहाँ । यसरी तिनीहरु अगि बढून् र लोटून् र घाइते होऊन् र पासोमा परुन् । यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरुशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन ।”
बाइबलिय पाखण्डीपन
बाइबलले कसरी “पाखण्डीपनलाई
परिभाषित गरेको छ ?”
जसको हृदयमा पाप छ तथापि उसले येशूलाई
विश्वास गर्छ त्यसप्रकारले बाइबलले
पाखण्डीपनलाई परिभाषित गरेको छ ।
यी दिनहरुमा धेरै कृत्रिम समाचार लेखकहरु छन्, बिशेष गरेर बिकाशोन्मुख देशहरुमा । तिनीहरुनै समाचार लेखकहरु हुन् तर प्राय : गरेर तिनीहरुको पिडित मानिसहरु बाटनै तिनीहरु पैसा कमाउँछन्, तिनीहरुको पिडित मानिसहरुलाई डर देखाएर केही गर्न लगाउँछन् । कृत्रिम भनेको वास्तविक देखिने तर त्यो साँचो होइन । यसले भित्र जे छ त्यसको बाहिरपट्टि चाँहि एकदमै बेग्लै देखाउँछ ।
ईसाई मण्डलीहरुमा “पाखण्डीपन” र “कृत्रिम” शब्द प्राय : गरेर प्रयोग गरिन्छ ।
तर “पाखण्डीपन” के हो र “कृत्रिम” के हो त्यसबारे केवल थोरै मात्र स्पष्ट परिभाषाहरु छन्, धेरैजना मानिसहरुले यसबारे बाइबलको आधारमा नता सही बिचारनै सिकाउँछन् ।
यसप्रकारको परिस्थितिमा, बाइबलले परिभाषित गरेको ‘पाखण्डी’ शब्दलाई राम्ररी नबुझाएको मैले अनुभव गरेको छु अनि यो बिषयलाई प्रकाश पार्ने कुरामा छाँया पारेको देखेको छु । म पनि वास्तविक जीवनमा हुने पाखण्डीपनलाई केही उदाहरणहरु दिएर औल्ंयाउन चाहन्छु ताकि हामीहरु एकसाथ यसबारे बिचार गर्नसकौं, जसले परमेश्वरमा विश्वास गर्छ उसले आफ्नो जीवनमा कमसे कम एकचोटि यस पाखण्डीमनबारे बिचार गरोस् ।
तितस ३ : १०—११ ले पाखण्डीपनलाई छली मान्छेको रुपमा परिभाषित गरेको छ जो चाँहि आफैद्वारा रद्द गरेर बङ्गाएको छ र पाप गरिरहन्छ । पाखण्डी भनेको एउटा पापीको रुपमा आफैद्वारा रद्द तुल्याइएको हो । यसकारण जसले येशूलाई विश्वास गर्छ तर आफ्नो हृदयमा चाँहि पाप बोकेकाछन् तिनीहरुनै परमेश्वरको अघि पाखण्डीहरु हुन् ।
येशूले उहाँको बतिष्माद्वारा सबै पापहरुलाई उठाइलैजानुभयो । तर पाखण्डीहरुले पापीहरुको जविनमा मुक्ति प्रदान गर्ने सुसमाचारलाई विश्वास गर्न इन्कार गर्छन् अनि आफैलाई पापीहरुसँग सहभागी गराउने कुरामा आफैलाई रद्द तुल्याउँछन् ।
के तपाईं पाखण्डी हुनुहुन्छ ? यदि हामीहरु ठीक प्रकारको विश्वासयोग्य जीवन जिउन चाहन्छौं भने यसबारे हामीले सोच्ँनु पर्ने हुन्छ ।
तपाईंले पानी र आत्माको सुसमाचार सुन्नुभएको छैन तथापि तपाईं येशूमा विश्वास गर्नुहुन्छ भने के तपाईंले आफैलाई रद्द तुल्याउनुभएको छैन र ? यदि तपाईं आपूmलाई पापी मानिलिनु हुन्छ भने तपाईंले उहाँको पूर्ण मुक्ति अनि पानी र आत्माको सुसमाचारलाई कमजोर बनाएर येशूलाई अपमान गरिरहनुभएको छ ।
आपूmलाई परमेश्वरको अघि पापी घोषणा गर्नु भनेको आपूmलाई परमेश्वरको सन्तान होइन भनी साबित गर्नु हो । जसले येशूको अघि ‘प्रभु, म पापी हुँ ; भनेर स्वीकार गर्छ भने उसले आफ्नो विश्वासलाई फेरि बिचार गर्नु पर्ने हुन्छ ।
जबकि येशूले संसारको सबै पापहरुलाई उठाइलैजानुभयो र तपाईंलाई अनन्तको दण्डबाट बचाउनु भयो भने आपूmलाई पापी मानिलिएर पनि तपाईं कसरी येशूमा विश्वास गर्नसक्नु हुन्छ ? जबकि येशूले उहाँको बप्तिष्माद्वारा तपाईंको सबै पापहरुलाई उठाइलैजानुभयो र ती सबै पापहरुको दण्ड क्रूसमा भोगिसक्नुभयो भने तमाईं कसरी उहाँको सित्थैको मुक्तिको बरदानलाई इन्कार गर्नसक्नुहुन्छ अनि आपूmलाई म पापी हुँ भनी परिभाषित गर्नु हुन्छ ?
यस्ता मानिसहरुनै पाखण्डी हुन् किनभने तिनीहरुले परमेश्वरको वचनलाई पन्साएर आपूmलाई पापी बनाउँछन् । परमेश्वरको अघि आपूmलाई पाखण्डी बनाउने कुरालाई त्याग्नको निम्ति तपाईंले पानी र आत्माको सुसमाचारलाई जान्नु आवश्यक छ ।
यदि कोही नयाँ गरी जन्मेको छैन तर येशूमा विश्वास गर्छ भने उ पाखण्डी हो किनभने उसको हृदयमा अभैm पनि पाप छ ।
किनभने परमेश्वरले हाम्रो आफ्नै पाप लगायत संसारको पापहरुलाई उठाइलैजानुभयो तर यदि हामीहरु मुक्तिको आशिषलाई इन्कार गर्छौं भने हामीहरु परमेश्वरको अघि पाखण्डीहरु हौं । किनभने परमेश्वर पवित्र हुनुहुन्छ, तर यदि हाम्रो हृदयमा पाप छ भने हामीहरु पाखण्डीहरु हौं । यदि हामीहरु साँच्चैनै धर्मी ठहरिन चाहन्छौं भने हामीले येशूको बत्तिष्मा र उहाँको क्रूसको रगतको सुसमाचारमा विश्वास गर्नुपर्छ ।
बाइबलमा पाखण्डीपनको शुरुआत
एउटा पूजाहारीगिरीको महत्वपूर्ण
योग्यता के हो ?
उ नयाँ गरी जन्मनुपर्छ ।
आऊँ, हामी १ राजा १२ : २५, २६ लाई हेरौं । “त्यसपछि यारोबामले एप्रैमको पहाडी देशमा भएको शकेमलाई पुनर्निर्माण गरे, र त्यहीनै आफ्नो निवासस्थान बनाए । त्यहाँबाट गएर तिनले पनूएल शहर बनाए । तिनले आफ्नो मनमा यस्तो बिचार गरे, “यस्तै भयो भनेता यो राज्य दाऊदको घरनातिरै फर्किजान्छ होला ।”
यरोबाम सुलेमानको बिशेष कार्यकर्ता थिए । पछिबाट जब राजा सुलेमान भ्रष्ट बने तब यरोबामको बिद्रोह गरे, अनि पछिबाट सुलेमानको छोरा रेहोबामको समयमा तिनी इस्राएलको दश कुलको राजा बने ।
यरोबाम जब इस्राएलको राजा बने तब तिनको पहिलो काम चाँहि तिनको मानिसहरुलाई यहूदामा फर्काउनु थियो जहाँ मन्दिर थियो ।
यसकारण तिनले यसप्रकारको काम हुनदेखि रोक्ने योजना तयार गरे । उसले बेथेल अनि दानमा दुईवटा सुनको बाछाहरु बनाएर आफ्नो मानिसहरुलाई ती बाछाहरु पुज्न लगाए ।
१ राजा १२ : २८ ले भन्दछ, “तब यस बिषयमा बिचार गरेर तिनले सुनका दुइवटा बाछा बनाएर मानिसहरुलाई भने, तिमीहरुलाई यरुशलेममा जान अति कष्ट हुन्छ । हे इस्राएली हो, तिमीहरुलाई मिश्र देशबाट निकालेर ल्याउने देवताहरु यहाँ छन् ।” एउटा बेथेलमा राखे अनि अर्कोलाई चाँहि दानमा अनि आफ्ना मानिसहरुलाई ती बाछाहरुको उपासना गर्न लगाए, यसो गर्नु भयानक पाप थियो । यहाँसम्म कि तिनले ती बाछाहरुको उपासना गर्नको निम्ति पूजाहारीहरु पनि लापरवाहीसगँ नियुक्त गरे ।
“त्यसपछि पनि यारोबामले आफ्ना दुष्ट चालहरु त्यागेनन्, तर तिनले सबै जातिहरुका मानिसहरुदेखि डाँडा डाँडाहरुमा भएका पूजा गर्ने थानहरुको निम्ति पूजाहारीहरु नियुक्त गर्दैरहे । औ कुनै पनि मानिस जो यस्ता कामको निम्ति अघि सर्थे त्यसलाई कुनै एउटा डाँडामा पूजा—थानको पूजाहारी तिनले नियुक्त गर्थे ” ( १ राजा १३ : ३३ ) । त्यो पाखण्डीपनको शुरुआत हो ।
अहिले पनि, पाखण्डीहरुले जस कसैलाई पूजाहारीको निम्ति नियुक्त गर्छन् जसले परमेश्वरको काम गर्न सहयोग गरेकाछन् । धर्मशास्त्रीय सेमिनारीबाट शिक्षा आर्जन गरेर आएका जो कोही पनि पाष्टर, प्रचारक, मिशनरी र एल्डर बन्छन् यद्यपि उ पानी र आत्माले नयाँ गरी जन्मेको नै छैन ।
जो चाँहि नयाँ गरी नै जन्मेका छैनन् उ कसरी पाष्टर हुनसक्छ ? यदि यसप्रकारको मान्छेलाई पूजाहारीको रुपमा नियुक्त गरियो भने, उसलाई नियुक्त गर्ने मण्डली पाखण्डीहरु उत्पादन गर्ने कारखाना बन्न जानेछ ।
आऊँ हामी फेरि पनि पाखण्डीको वास्तविकता बारे बिचार गरौं । यरोबामले आफ्नो राजनैतिक शक्ति कायम गर्न सबैभन्दा पहिला परमेश्वरको साटो सुनको बाछाहरु खडा गरे । दोस्रो, उसले पूजाहारीको काम गर्नको निम्ति जोसुकैलाई नियुक्त गरे । अनि त्यही कुरो आज पनि भइराखेको छ ।
यरोबामको समयपछि पाखण्डीको इतिहास निरन्तर रुपमा अघि बढेर गइराखेको छ । ती जोहरु पानी र आत्माले नयाँ गरी जन्मेका छैनन् तिनीहरुलाई कदापि पूजाहारी बन्न दिनु हुँदैन ।
जसले धर्मशास्त्रीय सेमिनारीबाट शिक्षा आर्जन गरेको छ के उसलाई त्यसैको भरमा मात्र पाष्टर वा प्रचारक बनाउन मिल्छ ? परमेश्वरद्वारा मान्यता नपाएको ब्यक्तिहरुले परमेश्वरको सेवा गर्न के उपयुक्त ठहरिन्छ र ? कदापि ठहरिन्दैन । केवल परमेश्वरद्वारा स्वीकार गरिएको ब्यक्तिहरुलाई मात्र परमेश्वरको दास हुने अनुमति दिइएको छ । परमेश्वरद्वारा स्वीकार गरिएको ब्यक्तिहरु भनेको पानी र आत्माले नयाँ गरी जन्मेका ब्यक्तिहरु हुन् ।
१ राजा १२ : २५—२६ र १ राजा १३ अध्यायमा लेखिएको छ कि यरोबामको पापले परमेश्वरको क्रोधलाई भडकायो । हामी सबैले यो कथालाई जान्नुपर्छ, अनि यदि कोही यस कुरासित परिचित छैनन् भने उ बाइबलमा फर्केर जाओस् र यस कुरालाई पता लगाओस् ।
यदि तपाईंले आफ्नो सेवकाइमा परमेश्वरको सट्टा सुनको बाछोलाई राख्नुभएको छ भने यस बिषयमा बिचार गर्नुहोस् । के तपाईंले त्यसै गर्नु भएको छ, कुनै दुर्घटनाबस्, के संसारको आशिषहरुलाई तपाईंले मान्यता दिनुभएको छ ? यदि त्यसो हो भने तपाईंको अनुयायीहरुलाई पानी र आत्माको नयाँ गरी जन्मने सुसमाचारमा फर्किन दिनुहोस् ।
यदि येशूमा विश्वास गरे उनीहरुको रोग निको हुन्छ भनेर के तपाईंले आफ्नो अनुयायीहरुलाई भन्नुभएको छ ? उनीहरु सम्पन्नताले आशिषित हुनेछन् भनी के तपाईले उनीहरुलाई भन्नुभएको छ ? के नयाँ गरी नजन्मेकाहरुलाई तपाईंले मण्डलीको पाष्टर तथा सहकर्मी सदस्यहरुमा नियुक्त गर्नुभएको छ अनि तपाईंको सम्प्रदाय मात्र परम्परागत सम्प्रदाय हो भनी दाबी गर्नुभएको छ ? त्यसो हो भने तपाईंले यरोबामले झैं परमेश्वरको अघि पाप गर्नुभएको छ अनि परमेश्वरको क्रोधलाई भडकाउनु भएको छ ।
पाखण्डीहरुले सुनको बाछाको ईश्वरलाई पुज्छन्
यहाँसम्म कि आज पनि, धेरैजना पाखण्डीहरु छन् जसहरुले सुनको बाछाको उपासना गर्छन् । तिनीहरु भन्ने गर्छन् कि जब सुलेमान राजाले परमेश्वरलाई हजारौं होमबलिहरु चढाए तब परमेश्वरले तिनलाई आशिष दिए । १ राजा ३ : ३—५ ले भन्दछ, “सुलेमान आफैले चाँहि आफ्ना पिता दाऊदले बनाएका धार्मिक बिधानहरुको पालन गर्दै परमप्रभुलाईनै प्रेम गर्थे । तर तिनले पनि डाँडाहरु हुँदो पूजा गर्ने थानहरुमा पशुहरु मारेर बलिदान चढाउँथे र धूप बाल्थे । एकपल्ट सुलेमान राजा गिबोनमा बलिदान चढाउनलाई गए, किनभने डाँडाको सबैभन्दा मुख्य पूजा गर्ने थान त्यही थियो । औ त्यहाँ बेदीमा तिनले एक हजार होमबलि चढाउने गर्दथिए । त्यस रात त्यहाँ परमप्रभु परमेश्वर सपनामा देखा परेर तिनलाई भन्नुभयो, “म तँलाई के दिऊँ ? मलाई भन् ।””
सुलेमानले हजारौं होमबलिहरु परमेश्वरलाई चडाएका थिए भन्ने जस्ता जालसाजीका प्रतिज्ञाहरु गरेर तिनीहरुले आफ्नो अनुयायीहरुबाट पैसा धुत्ने गर्छन् । ती मूर्ख अनुयायाीहरुले तिनीहरुको पैसा चढाउँछन् । अनि जसहरुले सुनको बाछाको उपासना गर्छन् तिनीहरु आफ्नो पैसामा ठगिन्छन्, जुन पैसा चाँहि भब्य मण्डली भवन निर्माण गर्नको निम्ति चन्दाको रुपमा प्रयोग गरिन्छ । यो तिनीहरुको मण्डली भवन निर्माण गर्नको निम्ति चन्दाको रुपमा प्रयोग गरिन्छ । यो तिनीहरुको मण्डली भवन सानो भएको कारणले होइन, तर तिनीहरुले आफ्नो अनुयायीहरुबाट पैसा असुल्नको निम्ति गरेको हो ।
सुनको बाछा बनाएर मण्डलीका सदस्यहरुलाई त्यसको पूजा गर्न लगाउने काम चाँहि तिनीहरुबाट पैसा असुल्ने आधार मात्रै हो । हामी परमेश्वरमा विश्वास गर्नेहरु कदापि मूर्खहरुको निम्ति प्रयोग गरिनु हुँदैन । यदि सुनको बाछा पुज्नको निम्ति तपाईं आफ्नो पैसा चढाउनु हुन्छ भने त्यो परमेश्वरलाई चढाइएको होइन, तर कृत्रिम पूजाहारीहरुको गोजी भर्नकोलागि हो जोहरु यरोबामझैं लोभले भरिएकाछन् । तपाईं त्यस्ता पाखण्डीहरुको पञ्जामा फस्ँनु हुँदैन ।
तब के परमेश्वर सुलेमानद्वारा चढाइएको हजारौं होमबलिद्वारा प्रसन्न हुनुभयो त ? किनभने सुलेमानले उसको आफ्नो पापहरु थाहा पाए, अनि उसले ती पापहरुको निम्ति मर्नु पर्ने कुरा मानिलिए र विश्वासअनुसार बलि चढाए । पानी र आत्माको मुक्तिलाई सम्झेर सुलेमानले प्रत्येक दिन परमेश्वरलाई हजारौं होमबलि चढाए ।
अब, तपाईले पाखण्डीको साँचो अर्थलाई याद गर्नुपर्छ ताकि तपाईं कृतिम पाखण्डीहरुबाट नठगियोस् ।
नयाँ गरी नजन्मीकन परमेश्वरको सेवा गर्नेहरु पाखण्डी हुन्
पाखण्डीहरुले नयाँ गरी जन्मने
कुराको बिषयमा के भन्छन् ?
तिनीहरु भन्छन् कि तिनीहरु दर्शन देखेर, सपना देखेर,
अनि बिभिन्न प्रकारको आत्मिक अनुभवहरुको कारण
नयाँ गरी जन्मेका हुन् भनी भन्छन्
जसले अरुलाई चाँहि नयाँ गरी जन्मनु भन्छ तर आफै चाँहि नयाँ गरी जन्मेका छैनन् भने तिनीहरु पाखण्डीहरु हुन् । तिनीहरुले अरुलाई चाँहि नयाँ गरी जन्मनु भन्छन् तर आफै चाँहि नयाँ गरी जन्मेका छैनन् भने तिनीहरु पाखण्डीहरु हुन् । तिनीहरुले अरुलाई चाँहि नयाँ गरी जन्मनु भन्छन् तर तिनीहरु आफै चाँहि नयाँ गरी जन्मन असक्षम छन् किनभने तिनीहरुले पानी र आत्माको सुसमाचारलाई जान्दैनन् । हामी त केवल हाँस्न मात्र सक्छौं ।
कृत्रिम पूजाहारीले पानी र आत्माको सुसमाचारलाई बङ्गाएर भूटा सुसमाचार प्रर्चाछन् । प्रत्येक दिन आफ्नो पाप पखाल्नु भनी तिनीहरु मानिसहरुलाई भन्छन् ।
तिनीहरु भन्छन्, “पहाडमा गएर प्रार्थना गर, उपवास बस्ने प्रयास गर, परमेश्वरको कामको निम्ति आफैलाई अर्पण गर, मण्डली भवनहरु बनाउन प्रशस्त पैसा चढाओ, तर तपाईं आफ्नो पापहरुप्रति सजग बन्नुहोस् ।”
एकचोटि, एकजना मान्छेले नयाँ जन्म पाएको साक्षी दिइरहेको थियो । उसले भन्यो कि सपनामा उ एउटा पक्तिंमा उभिएको थियो अनि जब उसको पालो आयो येशूले उसको नाम पुर्कानुभयो । उसले भन्यो कि यो उसको नयाँ जन्मको साक्षी हो । तर के उसको निश्चयता सही हो ? येशूले त्यसो भन्नु भएन ।
यूहन्ना ३ मा उहाँले भन्नुभयो, “येशूले जवाफ दिनुभयो, ‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्नसक्तैन ।” परमेश्वरले भन्नुभयो कि केवल जोहरु पानी र आत्माले नयाँ गरी जन्मेकाछन् तिनीहरु मात्र साँचो पूजाहारी बन्न सक्छन् । सपना, अचम्भको आत्मिक उन्माद, तथा प्रायश्चितको प्रार्थनाबाट जन्मने कुरामा विश्वास गर्नेहरु सबै पाखण्डीहरु हुन् ।
यी दिनहरुमा धेरै मानिसहरुले परमेश्वरको लिखित वचनमा विश्वास गर्दैनन् अनि पानी र आत्माले नयाँ गरी जन्मनुको सट्टा तिनीहरुको सम्प्रदायिक सिद्धान्तलाई बढावा दिन्छन् । ती पानी र आत्माद्वारा नयाँ गरी जन्मने सुसमाचारलाई इन्कार गर्नेहरु कृत्रिम ईसाई र पाखण्डीहरु हुन् ।
सुधारकहरु र पुर्नस्थापित ईसाईहरु
कहिलेदेखि साँचो सुसमाचार मिश्रित हुन
गयो अनि अरु धर्महरुद्वारा बङ्गाइन थाले ?
जब रोमी सम्राट कन्स्टान्टाइनले सन् ३१३ ख्रीष्टाब्दमा
मिलान इस्तिहारको घोषणा
गरे त्यस समयदेखि ।
ईसाई मण्डलीको सम्प्रदाय कहिलेबाट गठन हुन शुरु भयो ? कहिलेदेखि बिभिन्न प्रकारको सम्प्रदायहरु जस्तै प्रेस्विटेरियन, मेथोदिस्ट, ब्याप्टिष्ट, लुथरन, होलिनेस्, पूmल गोस्पेल शुरु भयो ? केवल पछिल्लो ५०० बर्षदेखि मात्र सुधार अभियान शुरु भएको हो ।
प्रारम्भिक ईसाईहरुले येशू संसारमा हुँदा गरिएको कामहरुलाई पक्ष्याएका थिए । “ईसाई” को अर्थ “जसले ख्रीष्टलाई पक्ष्याउँछ” हो
प्रथम ईसाईहरु प्रेरित र तिनीहरुका चेलाहरु थिए । प्रेरित र मण्डलीका पिताहरुले सन् ३१३ मा साँचो सुसमाचारलाई पक्ष्याए । तर महान कन्स्टान्टाइनको मिलान इस्तिहारको घोषणापछि ईसाई र अन्यजातिहरु मिश्रित बन्न गए, परिणामत् १००० बर्षसम्म अन्धकारको युग कायम बन्यो ।
पछिबाट १६ औं शताब्दीमा, मार्टिन लुथरले यसो भनेर सुधारवादको घोषणा गरे, “केवल धर्मात्माहरु मात्र विश्वासद्वारा जिउँछन् ।” केही समयपछि, सन् १५०० —१६०० को मध्यभागबाट जोहन क्याल्विन र जोहन नोक्सले सुधारबादलाई क्याथोलिकबाट अलग गरे । सुधारवादले बिजय हासिल गरेका नै यही हो ।
नयाँ मण्डलीहरुलाई क्याथोलिक मण्डलीबाट अलग गर्ने प्रयास मात्र सुधारवाद हो । सुधारवादीहरुले क्याथोलिकवादलाई अस्वीकार गरेनन् ।
तिनीहरुको उदेश्य पानी र आत्माको नयाँ, गरी जन्मने कुरालाई बढावा दिनु थिएन तर रोमन क्याथोलिक मण्डलीको क्रियाकलाप र रुढीवादबाट आपैmलाई अलग गर्नु मात्र थियो । रोमन क्याथोलिक मण्डलीले त्यस अभियानलाई प्रोटेस्टेन्ट ( प्रतिवादी ) भनेर सम्बोधन गरे । यसको अर्थ प्रतिवादीहरु ।
त्यस समय, रोमन क्याथोलिक मण्डलीले मानिसहरुलाई प्रतिज्ञा पत्र किन्न लगाए, जुन प्रतिज्ञा पत्रमा यदि तिनीहरुले धेरै पैसा तिरेर प्रतिज्ञा पत्र किने तिनीहरुको मृतक पूर्खाहरुलाई स्वर्ग पठाउनसक्छन् भनी लेखिएको थियो । क्याथोलिक मण्डली गलत थियो भन्ने कुरा लुथरले बुझ्न सकेन । तिनले रोमन क्याथोलिक मण्डलीलाई प्रेरित पत्रुसको मण्डली भवन निर्माण गर्नको निम्ति प्रतिज्ञा पत्र बेच्ने कामदेखि रोक्न मात्र प्रयास गरे ।
परिणाम स्वरुप, बर्तमान प्रतिवादी मण्डलीमा क्याथोलिक मण्डलीको धेरै अवशेषहरु अझै पनि पाउँछौं : बाल बप्तिष्मा, पश्चातापको प्रार्थना, जुन रोमन क्याथोलिक मण्डलीमा पाइने पश्चातापसगँ मिल्दो जुल्दो छ, पवित्र बिधि, केवल ती ब्यक्तिहरुलाई मात्र स्वीकार गरिन्छ जोहरु धर्मशास्त्रीय बिद्यालयहरुबाट उतिर्न भएर आएकाछन् जस्तै पादरी, बिशप अनि मण्डलीहरुको बिशेष ब्यक्ति ।
१५०० ख्रीष्टाब्दको सुधारीकरणको समयबाट गन्दै ल्याउने हो भने प्रतिवादी मण्डलीको इतिहास अहिले केवल ५०० बर्ष मात्र पूरानो भएको छ । यो बर्ष प्रतिवादी मण्डलीले ४८१ बर्षगाँठ मनायो । मार्टिन लुथरले केवल ४८१ बर्षअघि मात्र तिनको आमा मण्डलीको बिरुद्धमा प्रतिवाद गरेको कुरा तपाईं मानिलिनु हुन्न होला । प्रतिवादको सिद्धान्त यसको तुल्नात्मक युगमा खडा हुन सकेको छैन । ईसाई सिद्धान्तको सुधार कार्य अझै पनि भइरहेको छ । अनि यो निरन्तररुपमा भइरहनेछ । तर हामीले एउटा कुरा चाँहि मनमा राख्नुपर्छ । ती जोहरु पानी र आत्माबारे नयाँ गरी जन्मेकाछन् तिनीहरु मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछन् भन्ने कुरालाई हामीले कदापि भुल्नुहुँदैन । अनि हामीहरु त्यसैलाई प्रचार गरौं । के तपाईं येशू, पानी र आत्माले नयाँ गरी जन्मने सुसमाचार प्रचार गर्नु हुन्छ ? यदि होइन भने, तपाईं परमेश्वरको सेवक हुनु हुन्न । “पानी र आत्माबाटको नयाँ जन्ममा” हामीले विश्वास गरोस् भन्ने परमेश्वर चाहनु हुन्छ । यही कुरो येशूले निकोदेमसलाई यूहन्ना ३ अध्यायमा सिकाउनुभयो ।
के बाइबलले पानी र आत्माबाटको नयाँ गरी जन्मने कुरा सिकाउनु हुन्छ, तथा यसले अरु कुराहरु पनि जस्तै समाजको निम्ति राम्रो काम गर्ने अनि पवित्र जीवन जिउने जस्ता कुरा पनि सिकाउँछ ? हो, पछिबाट आउने कुराहरु पनि मुख्य छन् । तर तपाईं पानी र आत्माले नयाँ गरी जन्मेपछि तपाईंले यो गर्न सक्नुहुन्छ । हामीले सुसमाचारमा विश्वास गर्नुनै परमेश्वरको इच्छा हो ।
स्व—धर्म भ्रष्ट शिक्षाहरु
स्व—धर्म बिरोधी के हो ?
जो पापी भएर पनि येशूमा
विश्वास गर्छ ।
संसारमा कहिलेदखि र्कत्रिम ईसाई र स्व—धर्मभ्रष्ट विश्वास फैलिन शुरु ग¥यो १ राजा १२ अनि १३ अध्यायमा लिखित यरोबामको समयमा राज्यहरु दुई भागमा बिभाजन नभएसम्म इस्राएलका मानिसहरुले एउटै परमेश्वरलाई पुजिरहेका थिए । त्यो समयदेखि, येशू यो संसारमा आउन अघिदेखिनै स्व—धर्मभ्रष्ट विश्वास फैलिन शुरु भइसकेको थियो । अनि यी दिनहरुमा धेरैजना स्व—धर्मभ्रष्टहरु छन्
बाइबलले तिनीहरुको कृत्रिम ईसाई शिक्षाहरुलाई यशैया २८ अध्याय र तितस ३ : १०, ११ मा उल्लेख गरेको छ । बाइबलले भन्दछ कि स्व—धर्मभ्रष्टहरु तिनै हुन् जसले येशूलाई त विश्वास गर्छ तर तिनीहरुको हृदयमा भने अझैं पनि पाप लुकेर बसेको छ । त्यस्ता जो कोही व्यक्ति पनि स्व—धर्मभ्रष्ट हुन् ।
अनि तिनीहरुले यशैया २८ : ९, १० मा लेखिएका कुराहरु सिकाउँछन्, “त्यसले कसलाई ज्ञान सिकाउला ? औ कसलाई त्यसले सुसमाचारको अर्थ बुझाउला ? के हामीहरु भर्खर दूध छोडेका बालकहरु हौं र ? भर्खर स्तनबाट अलग गरिएका हौं र ? किनभने आदेशमाथि आदेश, आदेशमाथि आदेश, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ अलिकति त्यहाँ सिक्नुपर्छ र ?”
स्व—धर्मभ्रष्टहरुले एकपछि अर्को कुरा थप्छन्, एउटा पंित्तंmपछि अर्को पत्तिंm थप्छन् । यसको अर्थ के हो ? यसको अर्थ होशियार हौ, होशियार हौ, ती व्यक्तिहरुसित होशियार हौ जसहरुले भन्दछन् कि तिनीहरुको येशूमा विश्वास भएको कारण तिनीहरु नयाँ गरी जन्मेकाछन् । जे सुकै कुरा होस् तर होशियार हौ भनी तिनीहरु भन्दछन् । तिनीहरु तपाईंलाई यसरी भन्दछन्, नसुन्नु, नजानु, नत्र तपाईं स्व—धर्मभ्रष्ट बन्नुहुनेछ ।
तर यदि तिनीहरु परम्परागत विश्वास छ भन्ने कुरामा निश्चित छन् भने, तिनीहरुको विश्वास परमेश्वरको वचनभन्दा बेग्लै छ भन्नेहरुलाई तिनीहरुले किन हटाउन सकिरहेको छैन ? यो अतिनै दुःखको कुरा हो । तिनीहरु आपूmलाई परम्परागत ईसाईहरु हौं भनी भन्छन्, तर स्व—धर्मभ्रष्ट भनिने कुराहरुमाथि बिजय हासिल गर्ने वचन भने तिनीहरुसित छैन । साँचो ईसाईले परमेश्वरको वचनद्वारा स्व—धर्मभ्रष्टमाथि बिजय हासिल गर्न सक्छन् ।
यी दिनहरुमा, परम्परावादी ईसाईहरुले तिनीहरुको विश्वास भिन्न भएको कारण नयाँ गरी जन्मने कुरालाई स्व—धर्मभ्रष्ट भनेर भन्छन् भने तिनीहरु पक्का परम्परावादी ईसाईहरु हुन् । त्यसै गरी, यदि परम्परावादी ईसाईहरुले पानी र आत्माको सुसमाचार प्रचार गर्दैनन् भने तिनीहरु “स्व—धर्मभ्रष्ट” हुन् ।
“परम्परावादी” र “स्व—धर्मभ्रष्ट” को भिन्नता यिनै हुन्, कि चाँहि तिनीहरु पानी र आत्माको सुसमाचार प्रचार गर्छन् अनि कि चाँहि येशूमा विश्वास गरेर पनि हृदयमा पाप राख्नेहरु हुन् । यदि तिनीहरु पानी र आत्माद्वारा नयाँ गरी जन्मने कुरामा विश्वास राख्छन् भने तिनीहरु कसरी स्व—धर्मभ्रष्ट भए त ?
येशूको बप्तिष्मा, उहाँको क्रूसको रगत अनि पूर्णरुपमा पापबाट शुद्ध हुने कुरामा विश्वास गर्नेहरु के स्व—धर्मभ्रष्ट हुन् त ? पानी र आत्माको सुसमाचारमा विश्वास नगर्नेहरु के परम्परावादी हुन् ? धेरैजना सम्प्रदायवादीहरु छन् जोहरु बाइबलदेखि टाडिएर गएको छ अनि आपूmलाई चाँहि “परम्परावादी” ईसाईहरु हौं भनी दाबी गर्छन् । तिनीहरु पानी र आत्माद्वारा नयाँ गरी जन्मने कुरा जसलाई बाइबलले विशेष जोर दिएकाछन् बाट टाडिएर गएकाछन् किनभने तिनीहरुले येशूको बप्तिष्मा ( पानी ) लाई इन्कार गरेर क्रूसको रगतलाई मात्र प्रचार गर्छन् ।
ती दिनहरुमा तिनीहरुले रोमन क्याथोलिक मण्डलीको विरुद्धमा विद्रोह गरे, तिनीहरु रोमन क्याथोलिक मण्डलीबाट निस्किएर आए अनि प्रोटेष्टेन्टवाद खडा गरे, हामीहरुले पनि अन्धो ईसाईहरु र कृत्रिम धर्मगुरुहरुको बिरुद्धमा बिद्रोह गर्नुपर्छ । तब मात्र साँचो सुसमाचारप्रति हाम्रो आँखा खोलिनेछ, अनि पानी र आत्माको सुसमाचारद्वारा पूर्णरुपमा हामीहरु बचाइनेछौं ।
स्व—धर्मभ्र्ष्ट हुनेदेखि बाँच्नलाई
हामीले के गर्नुपर्छ ?
हामीहरु पानी र आत्माले नयाँ
गरी जन्मनुपर्छ ।
बाइबलले भन्दछ कि ज—जसले येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्छन् तिनीहरुले मात्र साँचो विश्वासलाई पक्ष्याउन सक्छन् । जसरी येशूले निकोदेमसलाई यूहन्ना ३ : १—१२ मा भन्नुभयो । स्व—धर्मभ्रष्टहरुले तिनीहरुको अनुयायीहरुलाई तिनीहरुको विश्वासमा समर्पित हुन सिकाउँछन् । तिनीहरुले उनीहरुलाई निरन्तर रुपमा प्रार्थना गर्न लगाउँछन् अनि कडा परिश्रम गर्न लगाउँछन् । यो अन्धो मानिसलाई दौडन लगाए जस्तो हो ।
तपाईंले जतिनै कठिनाइसित प्राथर्ना गर्नुहोस्, तर यदि तपाईं पानी र आत्माले नयाँ गरी जन्मनु भएन भने त्यसको केही महत्व हुँदैन । जब हामीहरु भन्छौं कि जोहरु पानी र आत्माले नयाँ गरी जन्मेकाछन् तिनीहरु धर्मी छन्, यस्ताहरुलाई रोमी ३ : १० ले स्व—धर्मभ्रष्टहरुलाई यसरी प्रहार गरेको छ, “धर्मी कोही छैन, अँह कोही पनि छैन ।” यो पदको आधारमा तिनीहरुले विश्वासीहरुसगँ बिद्रोह गर्छन् । तर तिनीहरु धर्मभ्रष्ट हुन् । यो पदको साँचो अर्थ जस्तो छ त्यतिको सरल छैन । यी स्व—धर्मभ्रष्टहरुले पूरा बाइबल पढेका छैनन् । पावल प्रेरित भन्नुहुन्छ कि संसारभरमा कोही पनि धर्मी छैन । तिनले पूरानो नियमको केवल एउटा मात्र पदलाई उर्र्दृत गर्नुभएको छ, येशू ख्रीष्ट यो संसारमा आएर परमेश्वरको मुक्तिद्वारा मानिसहरुलाई तिनीहरुको पापहरुबाट बचाउन अघि कोही पनि धर्मी थिएन । तर जोहरु येशूद्वारा बचाइएको छ तिनीहरु धर्मी ठहरिएकाछन् ।
यदि हामीले पूरा अध्याय पढयौं भने सत्य कुरो देख्न सक्नेछौं । स्व—धर्मभ्रष्टले मात्र तिनीहरुको अनुयायीहरुलाई चेतावनी दिन सक्छन् जसहरुको विश्वास तिनीहरुको विश्वासभन्दा भिन्न छ । केवल तिनीहरुले परम्परावादी मण्डली भनेर स्वीकारेको मण्डली बाहेकहरुलाई मात्र, तिनीहरुले आफ्ना अनुयायीहरुलाई अरुहरुले गर्ने उपासनामा सहभागी हुन रोक लगाउँछ । ताकि तिनीहरुको सदस्यहरु पानी र आत्माको सुसमाचार प्रचार गर्ने मण्डलीमा जाने इच्छा नगरोस् ।
तिनीहरु सुसमाचारको निम्ति बहिरो बनेकाछन् अनि नयाँ गरी जन्मन सक्तैनन् । यी भूmटा अगुवाहरुको शिक्षाहरु हुन् जसले नरकको पुत्रहरु पैदा गरिरहेकाछन् । अनि परमेश्वरद्वारा तिनीहरुको न्याय गरिनेछ । स्व—धर्मभ्रष्टहरु परमेश्वरतिर फर्केर आउनुपर्छ ।
स्व—धर्मभ्रष्टहरु को हुन् ? के तिनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गरेर बचाइएकाहरु हुन् वा येशूमा विश्वास गरेको दावी गर्छन् तर पानी र आत्माबाट प्राप्त हुने नयाँ गरी जन्मने कुरोमा चुक्नेहरु हुन् ?
तितस ३ : ११ ले भन्दछ कि ज—जसले येशूमा चाँहि विश्वास गर्छन् तर आफैद्वारा नयाँ गरी जन्मने र आत्माका कुराहरु सिकाउँछ, अनि यो कुरा खतरनाक छ भनी भन्छन् । परम्परावादीहरु कसरी विवादास्पत विश्वाससित डराउँछन् ? तिनीहरु यसकारण डराउँछन् कि किनभने तिनीहरुको पक्षमा सत्यता छैन । “नैतिकता नैतिकतामाथि अडेको हुनुपर्छ, नैतिकता नैतिकतामाथि हुनुपर्छ ।” स्व—धर्मभ्रष्टको शिक्षा त्यसप्रकारको छ ।
स्व—धर्मभ्रष्ट धर्मगुरुहरुले यो किताबबाट थोरै लिन्छन् अर्को किताबबाट थोरै निकाल्छन्, दार्शनिकको भनाई र पत्र—पत्रिकाबाट पनि निकाल्छन् अनि ती सबैलाई आफ्नो बिचारसँग मिसाउँछन् अनि सबैलाई राम्रो देख्न सक्ने बनाउँछन् ।
तिनीहरुको आफ्ना अनुयायीहरुलाई अन्योलमा पार्छन् अनि सांसारीक कुराहरुबाट शिक्षित बनाउँन खोज्छन् । साँचो मण्डलीले परमेश्वरको वचनबाट सिकाउँछन् अनि विश्वासीहरुलाई परमेश्वरको वचनबाट शिक्षित बनाउँछन् । मानिसहरु संसारको कुराहरुबाट शिक्षित हुनको निम्ति मण्डलीमा आउँदैनन् । बरु, तिनीहरु मण्डलीमा स्वर्गीय कुराहरु सुन्न आउँछन् जुन कुराहरु संसारमा सुन्न पाइन्दैन । तिनीहरु येशूको वचन सुन्न आउँछन् ।
मानिसहरु मण्डलीमा पापी अवस्थामा प्रवेश गर्छन् तर तिनीहरु मण्डलीमा आएर धर्मी विश्वासी बन्न चाहन्छन् जससित कुनै पाप छैन । तर स्व—धर्मभष्ट धर्मगुरुले तिनीहरुलाई के सिकाउँछ ? तिनीहरु आफ्ना अनुयायीहरुलाई जागृति सभामा नजाऊ भनी भन्छन् जहाँ परमेश्वरको सेवकहरुले साँचो सुसमाचार प्रचार गर्छन् । तिनीहरु आफ्ना अनुयायीहरुलाई पानी र आत्माको नयाँ जन्म प्राप्त गर्नमा रोक लगाउँछन् ।
यो अतिनै मूर्खता हो । तिनीहरु आफ्ना अनुयायीहरुलाई धोका दिन सक्छन् तर परमेश्वरलाई कदापि धोका दिन सक्तैन ।
के कृत्रिम धर्मगुरुहरुले आफ्ना अनुयायीहरुलाई
पानी र आत्माको नयाँ जन्म दिन सक्छन् ?
सक्तैनन् । केवल नयाँ गरी जन्मेकाहरुले
मात्र अरुलाई नयाँ गरी जन्मनमा
मदत गर्नसक्छन् ।
स्व—धर्मभ्रष्टहरु हो, यदि तिमीहरु परमेश्वरको साँचो सेवकहरु हौ भने, के पवित्र आत्माले भनिरहेको कुराहरु सुन्न सक्तैनौं ? तिमीहरु फर्की आउनुपर्छ । तिमीहरुले आफ्ना अनुयायीहरुलाई जागृति सभाहरुमा जानदेखि रोक लगाउने कामलाई बन्द गर्नुपर्छ जहाँ परमेश्वरका साँचो सेवकहरुले पानी र आत्माद्वारा नयाँ गरी जन्मने सुसमाचार प्रचार गर्छन् ।
स्व—धर्मभ्रष्टहरुले आफ्ना अनुयायीहरुलाई केवल धर्मबिज्ञान मात्र सिकाउँछन्, यसकारण, जब तिनीहरुले अरु सिद्धान्तको सामना गर्नुपर्छ, तब मार खान्छन् । यो दुःखपूर्ण कुरा हो । कृत्रिम धर्मगुरुहरु परमेश्वरको वचनबिना सिकाउने कुरामा निपुण छन् । तिनीहरुले तिनीहरुको गलत निर्देशन दिने विश्वासको आधारमा प्रचार गर्छन्, तर्क गर्छन् अनि सैवकाई गर्छन् ।
ती जोहरु परमेश्वरको वचनविना नै प्रचार गर्छन् तिनीहरु स्व—धर्मभ्रष्ट र ज्यालादारी मानिसहरु हुन् ( यूहन्ना १० : १३ ) ।
कृत्रिम सेवकहरु स्व—धर्मभ्रष्टहरु हुन् किनभने तिनीहरुको भित्री र बाहिरी स्वभाव बेग्ला बेग्लैहुन्छ । कतिपय मानिसहरुले मण्डलीलाई स्व—धर्मभ्रष्ट मण्डलीहरुको रुपमा स्थापित भइसकेको सम्प्रदायहरुसगँ मेल नखाने भनी परिभाषित गर्छन् । तर यीमध्ये कतिपय मण्डलीहरुले आपूmलाई सम्प्रदायिक मण्डलीहरुसगँ मिसाउन चाँहदैनन् किनभने धेरै मण्डलीहरु बाइबलदेखि टाडा छन् ।
स्व—धर्मभ्रष्टले आफ्ना अनुयायीहरुलाई मुक्ति हासिल गर भनी भन्छन् जबकि तिनीहरु आपैm तिनीहरुको पापको समस्याहरुलाई कहिले पनि समाधान गर्न सक्तैनन् । तिनीहरुले यरोबामको पाप गरेकाछन् । यदि कुनै त्यस्तो व्यक्ति छ जसको हृदयमा अझै पनि पाप छ तर परमेश्वरको काम गर्न चाहन्छन् भने उसको पापहरु र परमेश्वरको पवित्रता एकदमै अमिल्दो छ भनी मानिलिनु पर्छ । उ स्व—धर्मभ्रष्ट छ भन्ने कुरा थाहा गर्नुपर्छ ।
यसकारण, यदि कसैले मण्डलीमा प्रचार गर्छ र मण्डलीको आफ्नो कत्र्तव्य निभाउने काम गर्छ भने उ अझै पापीनै छ, उसले आपूm स्व—धर्मभ्रष्ट छु भन्ने कुरा मानिलिनुपर्छ । उ स्व—धर्मभ्रष्ट छ किनभने उसले ख्रीष्टको मुक्तिको सुसमाचार, पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारलाई बुझेको छैन । यदि कसैले स्व—धर्मभ्रष्टबाट बाइबल सिक्छ र अरुहरुलाई पनि त्यही कुरा सिकाउँछ भने, उ स्व—धर्मभ्रष्ट बन्छ । हामीले पूmलद्वारा रुख चिन्छौं । जोहरु येशूको बप्तिष्मा र उहाँको रगतमा विश्वास गरेर धर्मी ठहरिएको छ, धार्मिक ठहरिन्छ, जब कि जोहरु अझै पापीनै छन् अध्यारोमानै जिउँछन् र पापीहरु पैदा गर्छन् । “त्यसैगरी हरेक असल रुखले बढिया फल फलाउँछ । तर बिग्रेको रुखले खराब फल फलाउँछ ( मत्ती ७ : १७ ) ।”
स्व—धर्मभ्रष्ट धर्मगुरुहरुले तिनीहरुको प्रवचनमा के प्रचार
गर्छन् ?
स्व—धर्मभ्रष्ट धर्मगुरुले तिनीहरुको
प्रवचनमा के प्रचार गर्छन् ?
सांसारीक धर्मबिज्ञान र
मान्छेको बिचार
भूmटा धर्मगुरुहरुले यो अनि त्यो कुराको खोजी गर्छन् । किन त्यति धेरै होशियार हुनु परेको ! अन्यथा तिनीहरुले तिनीहरुको भूmटा कुरा खोलिन्छ कि भनेर ख्याल गर्नु पर्ने हुन्छ किनकि तिनीहरुमा पानी र आत्माबारे नयाँ गरी जन्मेको असल विश्वास नभएर हो ।
स्व—धर्मभ्रष्टले यहाँबाट अलिकति र त्यहाँबाट अलिकति मसला बटुल्छन् । तिनीहरुले मानिसहरुलाई धोका दिन्छन् अनि साँचो सुसमाचारको अर्थ नजानीकन सिकाउँछन् ।
“यसकारण तिनीहरु अघि बढून् र लोटून् र घाइते होऊन् र पासोमा परेर पक्राउ परुन् भनेर परमप्रभुको वचन तिनीहरुको निम्ति आदेशमाथि आदेश, आदेशमाथि आदेश, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ ।”
गरिवस्, गरिवस् भनी तिनीहरु भन्छन्, “इत्यादि यो शब्दको ग्रीक अनि हिब्रू अर्थ आदि, आदि हो । अनि त्यहाँ त्यसप्रकारको सिद्धान्तहरु छन् ।” यदि तिनीहरुले स्पष्ट रुपमा बताएको मुक्तिको सिद्धान्तलाई हनन गर्छ भने त्यस्तो कुरादेखि होशियार बन्न पनि चेतावनी दिएको छ । तिनीहरु भन्छन्, “मार्टिन लुथरले यसरी भनेकाछन् अनि क्याल्विनले यसरी भनेकाछन् जबकि जोहन नोक्सले यस्ता यस्ता कुरा, हामी सोच्ँछौं ।”
तिनीहरुले जे भनिरहेकाछन् त्यसबारे नता तिनीहरुले जानेकाछन् न तिनीहरुले त्यसमा विश्वासनै गरेकाछन् । जससित साँचो विश्वास छ तिनीहरुले सत्यतालाई जस्ताको त्यस्तै प्रकट गरेकाछन् । साँचो विश्वासीले नयाँ जन्म पाएको र नपाएको कुराको भिन्नतालाई स्पष्ट रुपमा बताउन सक्छन् । हामीहरु पानी र आत्माको नयाँ गरी जन्मने सुसमाचारलाई स्पष्टरुपमा बताउन सक्छौं ।
तर स्व—धर्मभ्रष्टहरु अन्योलमा छन् । तिनीहरुको विश्वास लाठी जस्तो छ । जसरी लाठी दिनमा ओडारभित्र बस्न रुचाउँछ अनि रातमा मात्र बाहिरी संसारमा आउन रुचाउँछ । स्व—धर्मभ्रष्टहरुले यसप्रकारको सिद्धान्तलाई मन पराउँछन् अनि त्यसै गरी यो अनि त्यो कुरामा विश्वास गर्छन् । सत्य के हो तिनीहरुले कहिले पनि जान्दैन । जब स्व—धर्मभ्रष्ट धर्मगुरु नरक जानेछ, उसको अनुयायीहरुले तितो समाप्तीको साथमा साथ दिनेछ । यसकारण धेरै मानिसहरुको अन्त नरकमा हुनेछ किनभने तिनीहरुले भूmटा अगमवक्तामा विश्वास गरेकाछन् ।
के तपाईंको पाष्टर पानी र आत्माले नयाँ गरी जन्मेको छ ? के तिनीहरुले बाइबलमा लेखेअनुसार पानी र आत्माले नयाँ गरी जन्मने सुसमाचारलाई प्रचार गरेकाछन् ? यदि उसले सो गर्छ भने, तपाईं साँच्चै नै भाग्यशाली हुनुहुन्छ, यदि उसले सो गर्दैन भने तपाईं रद्द हुनुभएको छ । यदि तपाईं नयाँ गरी जन्मनु भएको छैन भने, तपाईंले पानी र आत्माको सुसमाचारलाई सुन्नुपर्छ, यस्तो कुरा बताउने किताब पढनु होस् अनि नयाँ गरी जन्मनु होस् ।
स्व—धर्मभ्रष्टले पानी र आत्माले नयाँ गरी जन्मने सुसमाचारलाई घृणा गर्छन् । येशू ख्रीष्ट हाम्रो पापलाई धुन आउनुभयो, र उहाँले त्यही काम गर्नुभयो भनी तिनीहरु प्रर्चाछन् । उहाँले आज पनि हाम्रो पापहरु धोइरहनु भएको छ अनि भविष्यमा पनि उहाँले त्यही काम गरिरहनु हुनेछ ।” यो कसरी सत्य ठहरिन्छ ? तिनीहरु भन्छन् कि तिनीहरु धर्मी छन्, तर तिनीहरु पापै गरिरहन्छन् । तिनी एक पलको निम्ति धर्मी छन्, अर्को समय पापी बन्छन् ।
तिनीहरुको भूmटा धर्मविज्ञान छ । यो बनावटी हो । अहिले धर्मी बन्ने र केही क्षणपछि पापी ठहरिने जो कोही पनि स्व—धर्मभ्रष्ट, भूmटा अगमवक्ता हुन् । जसले आफैलाई रद्द तुल्याउँछ, जसले आफैलाई छल गर्दछ उ पनि त्यही ब्यक्ति हो ।
स्व—धर्मभ्रष्टका अनुयायीहरुमाथि परमेश्वरको श्राप छ
स्व—धर्मभ्रष्टहरुले के कुरालाई
बढी जोर दिन्छन् ?
काममाथि
स्व—धर्मभ्रष्टहरु स्थिर छैनन् । यसकारण जब तिनीहरुको अनुयायीहरु तिनीहरुकहाँ गएर कसरी नयाँ गरी जन्मने सो बारे प्रश्न गर्दा तिनीहरुले पानी र आत्माबाटको नयाँ गरी जन्मने कुरामा नेत्रृत्व गर्न सक्तैनन् । बरु, तिनीहरुले तिनीहरुको अनुयायीहरुलाई हाँस उठदो उपाय बताउँछन्, मानिस अचम्भ प्रकारले नयाँ गरी जन्मछन् अनि उ कहिले नयाँ गरी जन्मन्छ त्यसको ज्ञानै हुँदैन । यो अतिनै हाँस उठदो कुरा हो ।
येशूले यूहन्ना ३ अध्यायमा यसरी भन्नुभएको छ, “येशूले तिनलाई भन्नुभयो, ‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैन ।” तर यी दिनहरुमा धर्मी मानिसहरु जोहरु नयाँ गरी जन्मेकाछन् ढीठ स्व—धर्मभ्रष्टहरु हुन् ।
स्व—धर्मभ्रष्ट पूजाहारीहरु आपूmलाई धार्मिक मानिस भनेर दाबी गर्न सक्तैनन्, किनभने तिनीहरु बिनम्र छन् । तिनीहरुले आफ्ना अनुयायीहरुलाई भन्छन् कि, “जागृति सभामा भाग नलिनु जहाँ प्रचारकहरुले पानी र आत्माको नयाँ जन्मको आशिषको बारेमा बोल्ने योजना बनाएकाछन् । यदि तपाईं नयाँ गरी जन्मनु भएको छ भने, तपाईं स्व—धर्मभ्रष्ट हुनुहुनेछ । तपाईं यो मण्डलीद्वारा बहिस्किृत हुनेछ । यदि तपाईं हामीहरुसगँ हुन चाहनुहुन्छ भने, पापी भएर बस्नु होस् अनि जब समय आउँछ तब परमेश्वरले तपाईंलाई धर्मी ठहराउनु हुनेछ ।” तिनीहरुले यही भन्नेछ । तिनीहरुले वास्तवमा भन्न खोजेको चाँहि नयाँ गरी जन्मने वा नजन्मने त्यो तपाईंमा निर्भर छ ।
स्व—धर्मभ्रष्टहरुले आफ्ना अनुयायीहरुलाई यसरी भन्छन्, “तपाईंहरु हामीसगँ बस्नुपर्छ, तर नयाँ गरी जन्मने कुरा चाँहि तपाईंको जिम्मामा छ । यसकारण तपाईं आफ्नै प्रकारले प्रयास गर्नुहोस् । तपाईं अहिले जस्तो हुनुहुन्छ त्यस्तै बस्नुहोस्, अनि परमेश्वरकहाँ जानुहोस्,जब समय आउँछ, तब तपाईंले सत्यलाई जान्नुहुनेछ । त्यसपछि के हुनेछ मलाई थाहा छैन । तर यो परम्परावादी मण्डली हो, यसकारण तपाईं हामीहरुसगँ बस्नुपर्छ ।” के तपाईं यो साँचो हो भनी सोच्ँनु हुन्छ ?
यी स्व—धर्मभ्रष्टहरुले केही कुरा यहाँबाट अनि केही कुरा त्यहाँबाट लिएर सिद्धान्त खडा गर्छन् । त्यसपछि मात्र ती कुरा तिनीहरुको निम्ति सत्य बन्न जान्छ । तिनले परमेश्वरको वचनलाई जान्दैनन् जसले हामीलाई पानी र आत्माको बारेमा बताउँदछ ।
स्व—धर्मभ्रष्टहरुले बाइबललाई आफ्नै भावना अनुरुपमा अनुवाद गर्छन् । हामीले बाइबललाई जस्ताको त्यस्तै अनुवाद गर्नुपर्छ, तर तिनीहरुले तिनीहरुको आफ्नै प्रकारले बाइबललाई अनुवाद गर्छन् । त्यसकारण आज ईसाई समाजमा धेरै प्रकारको धर्मशास्त्रीय बिद्वान र सम्प्रदायहरु पैदा भएको छ ।
धेरै प्रकारको स्व—धर्मभ्रष्ट धर्मशास्त्रीय बिद्वान र सम्प्रदायहरु भएको कारण असंख्य स्व—धर्मभ्रष्ट किताबहरु पनि प्रकाशनमा आएको छ । कृत्रिम धर्मगुरुले केही कुरा यो किताबबाट र केही कुरा त्यो किताबबाट लिएर प्रचार गर्छन् । तर साँचो धर्मगुरुहरुले बाइबलबाट प्रचार गर्छन् ।
स्व—धर्मभ्रष्टहरुले तिनीहरुको अनुयायीहरुबाट बिभिन्न उपायहरु लगाएर पैसा वसुल्छन् । तिनीहरु यो संसारमा मिठो मिठो भोजनहरु सेवन गर्छन् तर तिनीहरुको जीवनको अन्त भने नरकमा हुन्छ किनभने तिनीहरु नयाँ गरी जन्मने कुरामा चुकेको हुन्छ । यसप्रकारको अन्त परमेश्वरले तिनीहरुको निम्ति तयार गरेको छ ।
शुरुमा परमेश्वर तिनीहरुको साथमा रहनुहुन्छ । तर जसले पानी र आत्माबाट नयाँ गरी जन्मने कुरालाई सरासर इन्कार गर्छन्, परमेश्वरले तिनहिरुलाई नरकमा पठाउनुहुन्छ ।
परमेश्वरले स्व—धर्मभ्रष्टहरुको न्याय गर्नु हुन्छ । स्व—धर्मभ्रष्टहरुले दृडताको साथमा परमेश्वरमा विश्वास गर्छन् अनि ठेलीका ठेली बाइबलको टिप्पनी र धर्मशास्त्रीय कामहरुलाई शूरुबाटनै कण्ठ गर्छन् । तर बिस्तार बिस्तार मानिसको सिद्धान्तहरुलाई प्रचार गर्न थाल्दछन्, जसको कारण तिनीहरुको अनुयायीहरु कदापि नयाँ गरी जन्मन सक्तैनन् । स्व—धर्मभ्रष्टहरुले तिनीहरुको कामलाई बढी जोर दिन्छन् । जुन पास्टरले पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारलाई प्रचार गर्दैन उ परमेश्वरको अघि स्व—धर्मभ्रष्ट ठहरिन्छ ।
तिनीहरुले आफ्ना अनुयायीहरुलाई नटुङ्गिनको निम्ति दबाव दिन्छन् । तिनीहरुले आफ्ना अनुयायीहरुलाई ४० दिनसम्म रातभरि प्रार्थना गर्न कर लगाउँछन् । सय दिन प्रभातकालिन प्रार्थना, पहाडी प्रार्थना गर्न लगाउँछन् अनि यहाँसम्म कि कसले कति चन्दा दिएछ सो देखाउनलाई विश्वासीहरुको नामको सुची तयार पार्छन् । केवल तिनीहरुको कामको फल मात्र हेर्छन्, तिनीहरु स्व—धर्मभ्रष्ट हुन् भन्ने कुरा हामी देख्दछौं ।
परमेश्वरको श्राप तिनीहरुको अनुयायीहरुमाथि पनि पर्छ । नयाँ गरी नजन्मेका पाष्टर र तिनीहरुको अनुयायीहरु सबै परमेश्वरको श्रापमुनि पर्नेछन् ।
स्व—धर्मभ्रष्टहरुले तिनीहरुको अनुयायीहरुको मनको
अध्ययन गर्छन्
स्व—धर्मभ्रष्टहरुले किन तिनीहरुको
अनुयायीहरुको मनको अध्ययन गर्छन् ?
किनकि तिनीहरु नयाँ गरी जन्मेका छैनन्
तर ढोङ्गी तालले र हृदयमा पवित्र आत्मालाई
स्थान नदिएर सेवकाई गर्छन्
स्व—धर्मभ्रष्टहरु प्रत्येक दिन रुन्छन् । तिनीहरु आफ्ना मुख्य डिकनहरु तिनका पत्नीहरु सहायक डिकनहरु यहाँसम्म कि बिशेषहरुलाई खुशी पार्ने कुरामा निश्चित हुनुपर्छ । यही काम तिनीहरुले प्रत्येक दिन गर्नुपर्छ ।
तिनीहरु प्रत्येक दिन ढोङ्गीहरुले जस्तो भरिएकाछन्, तर तिनीहरुले पवित्र कुरा गर्नुपर्छ, ताकि प्रत्येक दिनहरु नै तिनीहरु ढोङ्गी बन्न सकोस् ।
एउटा प्रचारकले एकदिन यसरी भन्नुभयो, “भित्री हृदयमा पवित्र आत्मा भएबिना सेवकाई गर्नु श्रापको कारण हो ।” यसको अर्थ स्व—धर्मभ्रष्टले मुक्ति प्राप्त नगरीकन परमेश्वरको काम गर्नु हो ; यो श्रापित जीवन हो । यदि तपाईं यस्ता स्व—धर्मभ्रष्टहरुमध्येबाटको एउटा व्यक्ति हुनुहुन्छ भने, तपाईं पानी र आत्माले नयाँ गरी जन्मनुपर्छ ।
यदि कसैले येशूमा विश्वास गर्छ तर नयाँ गरी जन्मेको छैन भने स्व—धर्मभ्रष्ट हो । अनि सबैजना पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा फर्केर आउनुपर्छ । केवल पानी र आत्माबाट नयाँ गरी जन्मेका धर्मीजनले अन्य मानिसहरुलाई सुसमाचार प्रचार गर्नसक्छन् ।
स्व—धर्मभ्रष्टहरु केवल शान्तिको निम्ति मात्र आवाज्
उठाउँछन्
स्व—धर्मभ्रष्टहरुले कसरी आफ्ना
अनुयायीहरुलाई सन्तुष्ट पार्छन् ?
तिनीहरुको अनुयायीहरुलाई पापीनै छन्
भने पनि स्वर्ग जान सक्छन् भनी घोषणा
गर्छन् र तिनीहरु सँधै शान्तिको निम्ति
आवाज उठाउँछन्
यशैया २८ : १४, १५ ले भन्दछ, “यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरुशलेममा यस प्रजालाई शासन गर्दछन्, परमप्रभुको वचन सुन, किनभने तिमीहरुले भनेका छौ, ‘हामीले मृत्युसित करार बाँधेकाछौं, र पातालसित हाम्रो मतो भएको छ, बिपत्तिको बाढ आए तापनि त्यो हामीसम्म आउँदैन, किनकि हामीले भूmटको शरण लिएकाछौं, ।”
कोहरु खिसीको पात्र हुन् ? ती जोहरु आफ्नो गल्तीलाई समावेश गराएर परमेश्वरको वचन प्रचार गर्छन् । प्रचारकहरुको विचार जस्तै किन नहोस्, धर्मशास्त्रले जस्तै किन नभनोस्, उसले बाइबलको सही अर्थ लगाउनुपर्छ । तर स्व—धर्मभ्रष्टले जुन कुरा मिल्दो जुल्दो छ त्यही जोरेर बाइबललाई प्रचार गर्छ । यिनीहरुनै हाँसउठदो मानिसहरु हुन् ।
“बिपत्तिको बाढ आए तापनि त्यो हामीसम्म आउँदैन, किनकि हामीले भूmटको शरण लिएकाछौं, र असत्यको आडमनि हामी लुकेका छौं ( १५ को २ वाक्य ) ।”
स्व—धर्मभ्रष्टहरु भन्दछन् कि तिनीहरुले सजाय भोग्नु पर्दैन । मानिसलाई फिक्री नगर भनी तिनीहरु भन्छन् । बिनाश र नरकले तिनीहरुलाई पर्खिरहेका छन्, तर तिनीहरु भन्छन् कि फिक्री नगर, बिनाश र नरक तिनीहरुको निम्ति होइन भनी तिनीहरु भन्छन् । तर यदि तपाईं जीवित रहन चाहनुहुन्छ भने यस्ता स्व—धर्मभ्रष्टहरुबाट अलग्ग रहनुहोस् ।
तपाईंले पानी र आत्माबाट नयाँ गरी जन्मनु आवश्यक छैन भनी यी स्व—धर्मभ्रष्टहरु भन्छन् । के यो सत्य हो ? होइन । कदापि होइन । जबसम्म तपाईं पानी र आत्माले नयाँ गरी जन्मनु हुन्न परमेश्वरको राज्यमा प्रवेश पाउनु हुन्न ।
स्वर्गको राज्यमा प्रवेश नगर्नु के उचित छ ? के नरकमा जल्नु असल हो भने झैं यो पनि हो । यो भनिरहनु आवश्यक छैन, दुवैवटा प्रश्नहरुको उत्तर बेठीक हो । आऊँ हामीहरु पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गरौं अनि एकसाथ स्वर्गको राज्यमा प्रवेश गरौं ।
तिनहिरुले येशूलाई विश्वास गरिहालेका छन् र तिनीहरुको निम्ति पापी भएर जिउनुमा राम्रै छ र तिनीहरु नरक जानेछैन भनी स्व—धर्मभ्रष्ट धर्मगुरुहरु मानिसलाई बहकाउँछन् ।
तपाईं पापी हुनुहुन्छ भने के येशूले तपाईंको वास्ता गर्नु हुन्छ ? के पापी स्वर्ग जान्छ ? के तपाईं पापी भएर पनि नरकबाट उम्कन सक्नु हुन्छ ? जब तपाईं येशूमा विश्वास गर्नु हुन्छ, तपाईंमा पापै भए पनि नरक जानु पर्दैन भनेर के बाइबलमा लेखिएको छ ?
स्व—धर्मभ्रष्टहरुले भनेकाछन् कि तिनीहरुले मृत्युसगँ करारनामा गरेकाछन्, यसकारण तिनीहरुमाथि मृत्यु छाँउदैन । तिनीहरु भन्छन् यदि तिनीहरुको हृदयमा पापै भए पनि नरकको दण्डदेखि बाँच्नेछन् । के यो सम्भव छ भनी तपाईं भन्न सक्नु हुन्छ ?
मृत्यु र नरकले तिनीहरुलाई पर्खन्दैनन् भनी स्व—धर्मभ्रष्टहरु मानिसहरुलाई प्रभाव पार्छन् । स्व—धर्मभ्रष्टहरुले नयाँ जन्म नपाएका मानिसहरुलाई डिकन, एल्डर, पाष्टरमा नियुक्त गर्छन् । तर तिनीहरु सबैजनाको अन्त नरकमा हुनेछ भन्ने कुरा तिनीहरुले जान्नुपर्छ किनभने तिनीहरुले पानी र आत्माको सुसमाचारलाई विश्वास गर्दैनन् । तिनीहरुले गर्न पर्ने कुरा चाँहि तिनीहरुको अनुयायीहरुलाई पानी र आत्माको सुसमाचारमा विश्वास गर्न लगाउनुपर्छ ।
त्यस्ता विश्वासीहरु, यद्यपि तिनीहरु पापीनै भए पनि, के स्वर्गको निम्ति योग्यकाछन् ? के कुनै पापी स्वर्ग जानसक्छ ? पापी मानिस पापसगँ प्रवेश गर्नसक्छ ? सक्तैन । यसप्रकारको शिक्षा स्व—धर्मभ्रष्ट र कृत्रिम धर्मशास्त्रीहरुको हो ।
बाइबलले भन्दछ, “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको बरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ( रोमी ६ : २३ ) ।” यो परमेश्वरको व्यवस्था हो । उहाँले सबै पापी मानिसहरुलाई नरकमा पठाउनु हुनेछ । तर पानी र आत्माले नयाँ गरी जन्मेकाहरु सबैलाई स्वर्गमा स्वागत छ ।
“हामीले मृत्युसित करार बाँधेकाछौं, र पातालसित हाम्रो मतो भएको छ, बिपत्तिको बाढ आए तापनि त्यो हामीसम्म आउँदैन, किनकि हामीले भूmटको शरण लिएकाछौं, र असत्यको आडमनि हामी लुकेकाछौं ( यशैया २८ : १५ ) ।” स्व—धर्मभ्रष्ट धर्मगुरुको हृदयमा पापै भए पनि प्रभाव पार्न र पक्का विश्वास दिलाउनको निम्ति तिनीहरु नरक जानेछैन भनी भन्छन् । किनभने तिनीहरु भूmटा धर्मशास्त्रको पछाडि पट्टि लुकेर बसेकाछन्, परमेश्वरले तिनीहरुलाई मदत गर्नको निम्ति केही गर्न सक्नुहुन्न । तिनीहरुले आफ्नो धर्मविज्ञानमा मात्र विश्वास गर्छन् । तिनीहरुले परमेश्वरको वचनको सट्टा तिनीहरुको आफ्नै धर्मविज्ञानमा विश्वास गर्छन्, तिनीहरु स्व—धर्मभ्रष्ट र पापीहरु हुन् अनि नरक जानलाई तयार छन् । यो कति दु : खको कुरा हो जबकि यस्ता मानिसहरु थुप्रै छन् ।
स्व—धर्मभ्रष्टहरु केवल पैसामा मात्र चासो राख्छन्
स्व—धर्मभ्रष्ट धर्मगुरुहरुको लक्ष्य के हो ?
तिनीहरुको अनुयायीहरुबाट धेरैभन्दा
धेरै पैसा वसुल्नु
स्व—धर्मभ्रष्ट र कृत्रिम धर्मगुरुहरु केवल पैसामा मात्र चासो राख्छन् । तिनीहरु कपटीहरु हुन् । “यदि उ मेरो मण्डलीमा आए उसले कति पैसा चडाउँछ ?” उसले दिने दशांश मात्र उसले सोच्ँछ । “कृपया मलाई सफल हुन दिनुहोस, कृपया मलाई प्रशस्त पैसा कमाउन दिनुहोस्, प्रभु ।” कृत्रिम मानिसहरुले यसरी प्रार्थना गर्न सिकाउँछ ।
तिनीहरु भन्ने गर्छन्, “यदि तिमीले येशूमा विश्वास ग¥यौ भने, तिमीले प्रशस्त पैसा कमाउनेछौं, जब तपाईं बाँझी हुनुहुन्छ, गर्भवती हुनेछौं, अनि तपाईं आफ्नो व्यापारमा सफल हुनुहुनेछ ।”
धेरैजना मानिसहरु यसप्रकारको कृत्रिम धर्म गुरुहरुबाट धोकामा परेका छन्, अनि तिनीहरुले आफ्नो पैसा लुटाएकाछन् अनि तिनीहरुले भोग्न पर्ने कष्टको निम्ति नरकमा जाकिने छन् । यो कतिको अन्यायी हो ! जो मानिस यसप्रकारको स्व—धर्मभ्रष्टको जनजालमा पर्छ अनि चेतनामा आउछ, उसले त्यसप्रकारको ठगाहालाई कति धेरै पैसा चढाएछु भनी छक्क पर्न जान्छ । त्यसप्रकारको मान्छेलाई पछाएकोमा र त्यस्ता व्यक्तिको निम्ति कठीन परिश्रम गरेकोमा आफ्नो मूर्खताप्रति उ आफैले कोस्नेछ ।
स्व—धर्मभ्रष्टहरु तिनीहरुको आफ्नो परम्परागत धर्मलाई मान्य ठानेर निरन्तर रुपमा अभ्यासशील बनिसकेका हुन्छन् । तिनीहरुका अनुयायीहरुले तिनीहरुको निम्ति प्रभातकालिन प्रार्थना, पहाडी प्रार्थना, बिशेष भेटि, दशांश, साप्ताहीक भेटि आदिमा इमान्दारी पूर्वक समर्पण गरेका हुन्छन् । तिनीहरुबाट पैसा वसुल्नुको धेरैवटा कारण हुन्छ ।
तिनीहरुको अनुयायीहरुले कठीन परिश्रम गर्छन्, तर तिनीहरुको हृदयमा अझै पनि पाप हुन्छ, किनकि तिनीहरुलाई कसैले पनि पानी र आत्माको सुसमाचार प्रचार गरेको छैन । कसैले यस कामको निम्ति माग्ँछन्, तर तिनीहरुले कहिले पनि उत्तर पाउँदैन । पानी र आत्माले नयाँ गरी नजन्मेका जो कोही पनि स्व—धर्मभ्रष्ट हो ।
स्व—धर्मभ्रष्ट र तिनीहरुका अनुयायीहरुलाई नाज छ
संसारमा सबैभन्दा बढी नाज भएका
मानिसहरु को हुन् ?
ती जोहरु पानी र आत्माले नयाँ गरी नजन्मी
सेवकाई गर्छन्
“ओ, नाजले भरिएका स्व—धर्मभ्रष्टहरु हो । तिमीहरु सबैभन्दा पहिला आफ्नो रोटीको निम्ति काम गर्छौं ! स्व—धर्मभ्रष्टहरुको सबैभन्दा ठूलो चिन्ह चाँहि यरोबामको सुनको बाछो पुज्नु हो । पूरानो नियमको समयमा स्व—धर्मभ्रष्टहरुले गरेको सबैभन्दा पहिलो कुरा चाँहि मन्दिर बनाएर त्यसलाई सुनको बाछोले भर्नु हो ( १ राजा १२ : २५—३३ ) ।”
यी दिनहरुमा, तिनीहरुले विशाल मण्डली भवन बनाउँछन् र आफ्ना अनुयायीहरुबाट पैसा वसुल्छन् । विशाल भवन निर्माण गर्नको निम्ति व्याङ्गबाट पैसा ऋणमा लिएर भेटि चढाउ भनी तिनीहरु आफ्ना अनुयायीहरुलाई भन्छन् । तिनीहरुले आफ्ना मण्डली भूmण्डलाई भावनामा ल्याउँछन् र भेटि उठाउने भाँडो थमाइदिन्छन् । पैसा, औंठी, सुन, घडी जे जे छ ती सबैले भाँडा भरिदेऊ नत्र समय छैन । स्व—धर्मभ्रष्टहरु यसप्रकारको काम गर्छन् । यो हरेक स्व—धर्मभ्रष्ट मण्डलीको निम्ति लाजमर्दो कुरा हो ।
वाह्य रुपमा तिनीहरु सेवकाइको निम्ति चासो राख्नेहरु देखिन्छन् तर वास्तवमा भित्र चाँहि पैसामा चासो राख्छन् । पैसाको निम्ति मात्र चासो राख्ने मण्डलीहरुदेखि होशियार । केवल धनी मानिसहरुलाई मात्र राम्रो व्यवहार गर्ने मण्डलीमा कृपया नजानु होस् । प्रत्येक व्यक्तिले चढाएको भेटि जनसमुहमा बताउनु गलत हो, तिनीहरुले यो काम अरु बढी वसुल्ने आशामा गर्छन् ।
स्व—धर्मभ्रष्टहरुले आफ्ना अनयायीहरुलाई प्रलोभनमा पार्ने शब्दहरु प्रयोग गर्छन् ।
“यदि तिमीले येशूमा विश्वास ग¥यौ भने तिमी आशिषित हुनेछौ ।” “परमेश्वरको कामको निम्ति आफैलाई अर्पण गरिदेऊ तिमी जति धेरै काम गर्छौ त्यति धेरै तिमीले आशिष पाउनेछौ ।”
“यदि तिमीले एल्डर भएर सेवा ग¥यौ भने, तिमी भौतिक कुराहरुबाट आशिषित हुनेछौ ।”
यसकारण तिनीहरुका अनुयायीहरु एल्डर हुनको निम्ति एक—अर्कामा प्रतिस्पर्धा गर्न लाग्नेछन् । यदि कुनै प्रकारको इनाम नभएको भए कसले एल्डरझैं सेवा गर्न चाहने थियो ? अनि त्यसै गरी एल्डरहरुले आर्थिक रुपमा सहयोग पु¥याउन पनि अपेक्षा गरिन्छ ।
तिनीहरुले सप्प्रदायको सिद्धान्तमा कति गहिरो विश्वास गरेको छ, समाजमा कतिको प्रतिष्ठा खडा गरेको छ अनि मण्डलीको निम्ति कति धेरै अर्थ जुटाउनसक्छ आदि कुराहरुको आधारमा तिनीहरुको छनौट हुन्छ । यो साँचो हो ।
स्व—धर्मभ्रष्टहरुले केवल पैसाको मात्र वास्ता गर्छ । तिनीहरु बिशाल मण्डलीहरु खडा गर्नमा चासो राख्छन् । जबसम्म तिनीहरुको अनुयायीहरुले जति धेरै पैसा दिन्छन् तिनीहरु यदि नरकै गए पनि त्यसको वास्ता गरिन्दैन ।
स्व—धर्मभ्रष्टहरु तिनै हुन् जसले रोटीको निम्ति सेवा गर्छन् । तिनीहरुले आफ्ना अनुयायीहरुलाई छद्मभेदी नाम दिन रुचाउँछन् । तिनीहरुले लापरवाहीसित आफ्ना अनुयायीहरुलाई ठूलो ठूलो नामको पद दिन्छन् ( इजकिएल १३ : १७—१९ ) । यसको अर्थ तिनीहरुलाई मण्डलीमा बाँधेर राख्नु र मण्डलीको पुञ्जी बढाउनलाई हो । अझै अरु भन्नु हो भने, यदि उ मण्डलीको सिद्धान्तमा एकदमै समर्पित छ अनि आर्थिक रुपमा सम्पन्न छ भने उ एल्डर हुने योग्यको हुन्छ । यो यरोबामको पापको लज्जास्पद परम्परा हो जसले परमेश्वरलाई सुनको बाछामा परिणत गरे ।
स्व—धर्मभ्रष्टहरुले सुनको बाछाको पूजा गर्छन् । तिनीहरुले आफ्ना मानिसहरुलाई नयाँ गरी जन्मन दिँदैन । तिनीहरुले आफ्ना अनुयायीहरुलाई भौतिक आशिषको प्रतिज्ञाहरुद्वारा परीक्षा गरेर पैसा वसुल्छन् । जबसम्म तिनीहरुको मण्डलीहरु राम्रो प्रकारको आर्थिक अवस्थामा छन् यदि तिनीहरुको अनुयायीहरु रद्द तुल्याइए पनि त्यसको वास्ता गरिन्दैन ।
स्व—धर्मभ्रष्टहरु तिनीहरुको प्रवचनमा निश्चितरुपले अडेका हुँदैनन् स्व—धर्मभ्रष्टहरु “सम्भवत” तथा “हुनसक्छ” जस्ता कुराहरुमा निरन्तरता दिन्छन्, किनभने तिनीहरुले के भनिरहेकाछन् त्यसमा निश्चित हुँदैनन् । तिनीहरुसगँ परमेश्वरको वचनमा विश्वास हुँदैन अनि तिनीहरुले जे प्रचार गर्छन् त्यसलाई साँचो रुपमा विश्वास गर्दैनन् । तिनीहरुको विश्वास गर्ने तरिका परमेश्वरको वचनमा विश्वास गरिने कुरामा अडेको हुँदैन । तिनीहरु भन्छन्, यसलाई यसो भन्न सकिन्छ ———। तिनीहरु स्पष्टरुपमा र निश्चयताको साथमा कहिले पनि बोल्दैनन् । तिनीहरुले आफ्ना अनुयायीहरुलाई भूmटा कुरा सिकाउनुभन्दा बरु केही पनि नसिकाएकै राम्रो हुन्छ ।
स्व—धर्मभ्रष्टहरुले मानिसहरुलाई पानी र आत्माको नयाँ गरी जन्मने कुरामा कहिले पनि नेत्रृत्व दिन सत्तैmन । तिनीहरुले धेरैभन्दा धेरै मानिसहरुलाई नरकको निम्ति रद्द तुल्याउँछन् ।
स्व—धर्मभ्रष्टहरुले भूmटा अगमवक्ताहरुको भूमिका निभाउँछन्
आत्माको बिरुद्धमा कुन सम्बिधानले
भूmटा बोल्नसक्छ ?
जसले येशूको बप्तिष्मामा विश्वास गर्दैन
अनि येशूमा मात्रै विश्वास गरेर
पापमा जिउँछ
मत्ती ७ अध्यायले येशूमा मात्रै विश्वास गरेर उसको जीवन चाँहि नरकमा टुङ्गयाउँछ भन्ने कुरालाई पुष्टि गरेको छ । अन्तको दिनमा स्व—धर्मभ्रष्टहरुले परमेश्वरको अघि प्रतिवाद गर्नेछ । जसरी बाइबलमा लेखिएको छ, “त्यो दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु, हे प्रभु के हामीले तपाईको नाउँमा अगमवाणी बोलेनौं, र तपाईको नाउँमा सामथ्र्यका काम गरेनौं र ? अनि म तिनीहरुलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरुलाई कहिले चिनेकै छैनँ । ए अर्धम काम गर्ने हो, मबाट दूर होओ ( मत्ती ७ : २२, २३ ) ।”
येशूले मानिसहरुको सबै पापहरुलाई धोइदिनुभयो भनी विश्वास गर्दैनन् ; तिनीहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गर्दैनन् ।
तिनीहरुले अनैतिकताको अभ्यास गर्छन् । यसको अर्थ के हो ? यसको अर्थ जबकि तिनीहरु पापी नै छन् र पनि येशूमा विश्वास गर्नु भनी भन्छन् । यो, कुरामा के गलत छ भनी तपाईं चकित हुनुहुन्छ होला तर यो परमेश्वरको बिरुद्धमा गम्भीर पाप हो ।
जसले अरु मानिसहरुलाई नेत्रृत्व गर्न येशूमा विश्वास गनु अनिवार्य छ भनी प्रचार गर्छन् तर उसले नयाँ गरी जन्मेको छैन । यसकारण स्व—धर्मभ्रष्टहरुले मात्र पापीहरु जन्माउँछन् जसले येशूमा मात्रै विश्वास गर्छन् । यो आत्माको बिरुद्धको पाप हो जसले अधर्म अभ्यास गर्छन् ।
स्व—धर्मभ्रष्टहरुले परमेश्वरको वचनमा चाँहि विश्वास गर्छन् तर लेखिएको कुरालाई चाँहि प्रचार गर्दैनन् । तिनीहरु आफ्ना अनुयायीहरुबाट केवल पैसा मात्रै लुट्छन् । यध्यपि तिनीहरुले येशूमा विश्वास गर्छन् तरै पनि तिनीहरु पापी हुन् । जबकि तिनीहरु आफै नयाँ गरी जन्मेको छैन तर अरुहरुलाई चाँहि नेत्रृत्व गर्न खोज्छन् । यसरी तिनीहरुले अधर्मको अभ्यास गर्छन् ।
स्व—धर्मभ्रष्टहरु धर्मात्माहरुको फिका नक्कल गर्नेहरु हुन्
नयाँ गरी जन्मने र नयाँ गरी नजन्मेको बीचको
अन्तरलाई कसरी छुट्याउने ?
तिनीहरुमा पाप छन् कि छैनन् भनी
हामीहरु त्यस्ता व्यक्तिहरुलाई
छुट्याउन सक्छौं
जसले आपूmमा पाप छ भनी भन्छन् त्यस्ता भूmटा प्रचारकहरुबाट हामीहरु ठगिनु हुँदैन । त्यस्ताहरुलाई तपाईंको पैसा नचढाउनुहोस् । तपाईंले कठीनतासाथ कमाएको तपाईंको पैसा त्यस्ता मानिसहरुलाई नदिनु होस् ।
जसले तपाईंमा भएको पापको समाधान गर्न कुनै मदत गर्दैन त्यस्ता प्रचारकहरुलाई तपाईं आफ्नो पैसा किन दिनु हुन्छ ? यदि तपाईं आफ्नो पैसा मण्डलीलाई दिन चाहनु हुन्छ भने पानी र आत्माको सुसमाचारद्वारा तपाईंको पापहरु नधोइएसम्म पर्खिनुहोस् ।
जसरी कलाको नक्कल गर्नेहरु छन् त्यसरी नै जीवनको नक्कल गर्नेहरु पनि छन् । उदाहरणको निम्ति धर्मको नक्कल गर्नेहरु पनि छन् जसले हाम्रा हृदयको पापहरुलाई धुन सक्तैन । नक्कल गर्ने धर्मलाई कसरी चिन्ने ? नक्कल गर्ने भनेको त्यो हो जसलाई बाहिरबाट हेर्दा सक्कली देखिन्छ तर वास्तविक रुपमा भित्र चाँहि त्यस्तो हुँदैन ।
आफ्नो निर्णय तपाईं स्वंयले गर्नुपर्छ । साँचो प्रचारकहरु को हुन् ? स्व—धर्मभ्रष्टहरु को हुन् ? परम्परागत विश्वास के हो ? परम्परावादी विश्वासीहरुले येशू र उहाँको मुक्ति दिने शक्तिमा विश्वास गर्छन् । तिनीहरुको हृदयमा पाप हुँदैन । तर स्व—धर्मभ्रष्टहरुको हृदयमा भने पाप हुन्छ ।
तब के त, सबै मानिसहरु ती स्व—भ्रष्टहरु झैं छन् त ? यो हुनसक्छ । तर हामीहरु बाइवलमा फर्केर जाऊँ । जो कोही येशूमा विश्वास गर्छन् तर नयाँ गरी नजन्मेकाहरु चाँहि स्व—धर्मभ्रष्ट हुन् । यो स्पष्ट छ कि नयाँ गरी जन्मेकाहरु परम्परावादी हुन् । त्यसो हो भने, नयाँ गरी नजन्मेकाहरु स्व—धर्मभ्रष्ट हुन् जसले येशूमा विश्वास त गर्छ तर हृदयमा पाप छ भने त्यो स्व—धर्मभ्रष्टहरु धर्मात्माहरुको नक्कल गर्नेहरु हुन् । येशूलाई विश्वास गरेपछि शुद्धिकरण हुने कुरा सायद तिनीहरुलाई थाहा छ तर अभाग्यवस तिनीहरुको हृदयमा भने अझै पनि पाप छ । तिनीहरुले आपूmलाई अझै पापी छु भन्ने कुरामा विश्वास गर्छन् । अझ पनि तिनीहरु स्वर्ग जाने कुरालाई दावी गर्छन् अनि भन्ने गर्छन् कि तिनीहरुले परमेश्वरको उपासना गरिरहेको छ । तिनीहरुलाई अतिनै धर्मात्मा देखिन्छ, तर हामीहरु त्यस्ता नक्कल गर्नेहरुद्वारा धोकामा नपरौं ।
परमेश्वरको न्यायले स्व—धर्मभ्रष्टहरुलाई पर्खिरहेको छ
शिद्ध सुसमाचार किन परिर्वतन
भएको थियो ?
किनकि भूmटा पूजाहारीहरु र स्व—धर्मभ्रष्टहरुले
मानिसको गलत विश्वासलाई शिद्ध
सुसमाचारसित मिसाइदिए
“यसैकारण परमप्रभु, सेनाहरुका परमप्रभु, इस्राएलका शक्तिशाली परमप्रभु भन्नुहुन्छ, म मेरो क्रोध मेरा बिरोधीहरुमाथि खन्याउनेछु, र मेरा शत्रुहरुसित साटो लिनेछु । मेरो हात तेरो बिरुद्धमा फर्काउनेछु, तेरो कसर जम्मै जलाइदिनेछु, र तेरा सबै मिश्र—धातु निकालिदिनेछु । म तेरा न्यायकत्र्ताहरुलाई पहिलेजस्तै र तेरा सल्लाहकारहरुलाई शुरुजस्तै फेरि नियुक्त गर्नेछु । त्यसपछि तँ न्यायले भरिएको शहर र विश्वासयोग्य शहर कहलाइनेछस् । न्यायसाथ सियोनको उद्धार हुनेछ, र पश्चाताप गर्ने त्यहाँका बासिन्दाहरुको उद्धार धार्मिकताले हुनेछ । तर बागीहरु र पापीहरुको एकैसाथ सर्वनाश हुनेछ, र परमप्रभुलाई त्याग्नेहरु चाहिँ भस्म हुनेछन् । किनकि तिमीहरुले अति इच्छा गरेका फँलाटका रुखहरुको कारण तिमीहरु शर्ममा पर्नेछौ, र तिमीहरुले चुनेका बगैंचाको कारण तिमीहरु लज्जित हुनेछौ । किनकि पात ओइलाइसकेका फँलाटका रुख र पानी नभएको बगैंचाजस्तै तिमीहरु हुनेछौ । बलियो मानिस सुनका धुस्नु जस्तै, र त्यसको काम आगोको झिल्का जस्तै हुनेछ । ती दुवै एकैसाथ जल्नेछन्, र कसैले तिनलाई निभाउनेछैन ( यशैया १ : २४—३१ ) ।”
परमेश्वर हामीलाई भन्नु हुन्छ कि यदि हामीले मानिसमा विश्वास ग¥यौं भने, मानिसको कारणले हामीहरु शर्ममा पर्नेछौं । उहाँ हामीलाई भन्नु हुन्छ कि हामीले रोजेको मण्डलीको कारण हामीहरु शर्ममा पर्नेछौं अनि यो शर्ममा पर्ने कुरा चाँहि त्यो रुख जस्तो हो जसको पातहरु ओइलाएको छ अनि त्यो बघैंचा जस्तो हो जहाँ पानी छैन ।
उहाँ हामीलाई भन्नु हुन्छ कि भूmटा पूजाहारीहरु र त्यस्ताहरुको अनुयायीहरुले परमेश्वरको वचनको सट्टा मानिसको विचारमा विश्वास गर्छन् त्यस्ताहरु चाँडै पतन हुन्छन् अनि तिनीहरुको कामहरु आगोको फिलिङ्गो जस्ता छन् । ती दुवै नरकमा जल्ने छन् । भूmटा पूजाहारीहरु र स्व—धर्मभ्रष्टहरु जोहरु नयाँ गरी जन्मेका छैनन् त्यसैगरी पापीहरु र धर्मात्माहरुको शत्रुहरु परमेश्वरको आगोद्वारा दण्डित हुनेछन् ।
धर्मशास्त्रीय विज्ञानले निर्माण भएको मण्डलीहरु बाहिरबाट हेर्दा भव्य देखिन्छ, तर भित्र भने केही हुँदैन । कुनै पनि मण्डली जो परमेश्वरको वचन र पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा निर्माण भएको छैन त्यो पानी नभएको बघैँचा जस्तो हो ।
यो रुखै किन नहोस् तर यो मरेको रुख हो जो चाँहि फल फलाउन असक्षम छ । जब एउटा तलावमा पानी हुँदैन तब त्यो तलावलाई तलाव भनिन्दैन ।
“बलियो मानिस सुनका धुस्नु जस्तै, र त्यसको काम आगोको झिल्का जस्तै हुनेछ । ती दुवै एकैसाथ जल्नेछन्, र कसैले तिनलाई निभाउनेछैन ( यशैया १ : ३१ ) ।” जससित आत्मा हुँदैन उसलाई अरु मानिसले हेर्दा बलियो देखिन्छ, तर परमेश्वरको दृष्टिमा भने त्यो सुकेको घाँसझैं हो जो नरकको आगोमा फालिनको निम्ति मूठा पारेर राखिएको छ ।
परमेश्वर ज्योति हुनुहुन्छ अनि शैतान अन्धकार हो । परमेश्वरले मानिसलाई धार्मिकतामा डो¥याउँछ अनि शैतानले चाँहि मानिसहरुलाई भद«गोल र भूmटा धर्मशास्त्रीय सिद्धान्तको मन्दिरतिर डो¥याउँछ ।
अगमवक्ता यशैयाको समयमा, आजझैं मानिसहरुको विश्वास भद्रगोल अवस्थामा थियो । तिनीहरुले पनि परमेश्वरको वचनलाई धर्मशास्त्रीय सिद्धान्त र मान्छेको विचारसित मिसाएको थियो । तिनीहरुले इस्राएलका मानिसहरुलाई मानिसद्वारा सृजना गरेको भद्रगोल सिद्धान्ततिर गलत प्रकारले डोहोराएका थिए जसहरुलाई परमेश्वरले त्यागिदिन निश्चय गरे । “र तेरो सबै मिश्रधातु निकालिदिनेछु । म तेरा न्यायकर्ताहरुलाई पहिले जस्तै र तेरा सल्लाहकारहरुलाई शुरु जस्तै फेरि नियुक्त गर्नेछु । त्यसपछि तँ न्यायले भरिएको शहर र विश्वासयोग्य शहर कहलाइदिनेछु । परमेश्वरले ग्रहण नगर्नु हुने भेटि अशुद्धताझैं हुन्, जो परमेश्वरको सत्यता र मान्छेको सिद्धान्तसित मिश्रित छ ।
परमेश्वरले त्यसप्रकारको मिश्रित भेटिलाई कदापि ग्रहण गर्नु हुन्न । ती मानिसको दृष्टिमा शुद्ध देखिन्छ, तर यदि त्यो मान्छेको गलत विश्वासको बिचारमा मिश्रित छन् साथै तिनीहरु अशुद्धतामा मिश्रित छन् भने परमेश्वरले ग्रहण गर्नु हुन्न ।
परमेश्वरले इस्राएलका मानिसहरुलाई हपार्नु भयो, विशेष गरेर स्व—धर्मभ्रष्टहरु कृत्रिम प्रचारकहरु र पापीहरुलाई ।
यदि हामीले प्रस्थान र गन्तिको पुस्तकहरुलाई पढयौं भने परमेश्वरले शुरुमा नहपार्नु भएको कुरा पाउँछौं । परमेश्वरले इस्राइलका मानिसहरुलाई सहायता गर्नुभयो र तिनीहरुमाथि आशिष खन्याउनु भयो । तर न्यायकर्ताको पुस्तकपछि यहोशूको मृत्युदेखि चाँहि इस्राएलका मानिसहरुमाथि आक्रमण शुरु भएको कुरा पाउँछौं ।
तरै पनि, तिनीहरुले आफ्नै बाटोतिर लाग्ने निर्णय गरे । त्यस समय, परमेश्वरले यर्मियाह अगमवक्तालाई पठाउनुभयो र इस्राएललाई बेबिलोनको अघि आत्मा समपर्ण गर्न लगाए ।
यर्मियाहले मानिसहरुलाई बेबिलोनको अघि आत्मा समर्पण गर्न लगाए । यसको आत्मिक अर्थ छ जसद्वारा धर्मात्माहरुले स्व—धर्मभ्रष्ट पक्ष्याउनेहरुलाई पानी र आत्माको सुसमाचारको अघि समर्पण गर्न लगाउने कुराको सत्यतालाई चित्रण गर्दछ ।
परमेश्वरले स्व—धर्मभ्रष्टहरुलाई पुन जाँच्नु हुन्छ
परमेश्वरले स्व—धर्मभ्रष्टहरुलाई
किन जाँच्नु हुन्छ ?
किनकि तिनीहरुले परमेश्वरको सट्टामा
मुर्तिलाई पुजेकाछन्
परमेश्वरको सेवकहरुले किन इस्राएलका मानिसहरुलाई हपारे ? किनकि तिनीहरुले साधारण मानिसहरुलाई पूजाहारी हुनको निम्ति नियुक्त गरेर बलिको बिधिलाई उल्टाइदिए अनि बलि चढाउने मिति पनि बदली गरे ।
तिनीहरुले प्रायश्चितको मितिलाई सातौं महिनाको दशौं दिनलाई आठौं महिनाको पाचौं दिनमा परिणत गरे अनि लेवी कुलदेखि बाहिरको मानिसलाई पूजाहारी हुनको निम्ति नियुक्त गरे । तिनीहरुले त्यसप्रकारले नयाँ गरी जन्मने कुरामा बाधा खडा गरे ।
परमेश्वरले भूmटा प्रचारकहरुलाई हपारे । परमेश्वरको सट्टामा सुनको बाछा पुज्नेहरु स्व—धर्मभ्रष्ट पूजाहारीहरु बने ।
वास्तवमा, तिनीहरुले मूर्तिपूजा गरेको कारणले परमेश्वरले हपार्नु भएको होइन । के हामीले पनि कहिले काँही मूर्तिपूजा गर्दैनौं र ? हामीहरु प्राय : पाप गरिरहन्छौं, तर हाम्रो अधर्मलाई गम्भीर पापको रुपमा लिइन्दैन, यो हामीहरु परमेश्वरको अनुग्रहमा भएको कारणले हो । तर परमेश्वरलाई सुनको बाछामा परिणत गर्ने पापलाई चाँहि कदापि क्षमा गरिन्दैन । बलिदानको बिधि र साधारण मानिसहरुलाई पूजाहारीको पदमा नियुक्ति गर्नु पनि त्यही समान हो ।
यी पापहरु कति भयानक छन् ? तिनीहरु गम्भीर पापहरु हुन् । परमेश्वरलाई सुनको बाछामा परिणत गर्ने पापलाई परमेश्वरले कसरी क्षमा दिन सक्नु हुन्छ र ! बाइबलमा यसरी लेखिएको छ कि यो यरोबामको पाप हो, जसले परमेश्वरको क्रोध ल्याएको छ ।
परमेश्वरले जसरी पूरानो नियममा आफ्नो क्रोध देखाउनु भयो, अहिले पनि उहाँले उहाँको बिरुद्धमा हुनेहरुलाई भष्म पार्नु हुन्छ । सुनको बाछा पुज्नेहरुलाई श्राप दिनेछु भनी परमेश्वरले इस्राएललाई भन्नु भयो ।
स्व—धर्मभ्रष्टहरुले अधर्ममा बलि चडाउँछन्
परमेश्वरको सेवा गर्न अघि हामीले
के गर्नुपर्छ ?
हाम्रा सबै पापहरु क्षमा
भएको हुनुपर्छ ।
इस्राएलका राजाहरु र स्व—धर्मभ्रष्ट पूजाहारीहरु परमेश्वरको बिरोधी थिए अनि जसले पूजाहारीले चढाउने बलिदानको बिधिलाई अनादर गरे तिनीहरुलाई नै नियुक्त गरे । यरोबाम, जो टेडो मनको राजा थिए, उसैले त्यस्ता मानिसलाई पूजाहारीको पदमा नियुक्त गरे जो लेवीको कुलबाट थिएन ।
केवल लेवीको कुलमा जन्मेको मानिस मात्र पूजाहारी हुन सक्तछ र बेदीमा काम गर्न सक्तछ । अझ जोर दिएर भन्नु हो भने, पूजाहारी हारुनको कुलबाट हुनुपर्छ । यो परमेश्वरको अनन्तको व्यवस्था हो । तर यरोबामले लेवी कुलदेखि बाहिरको मानिसलाई नियुक्त गरे अनि तिनीहरुलाई सुनको बाछाको अघि बलि चढाउन लगाए । यसले कसरी परमेश्वरको क्रोध ल्याए भन्ने कुरा तपाईंले जान्नु आवश्यक छ ।
आज पनि जोहरु नयाँ गरी जन्मेका छैनन् मण्डलीमा पाष्टर, एल्डर र डिकन बन्न सक्छन् । यो परमेश्वरको व्यवस्थाको बिरोधमा छ अनि परमेश्वरको क्रोधलाई निम्त्याउँदछ । के परमेश्वर अधर्ममा चढाएको भेटिबाट प्रसन्न हुनुहुन्छ ? स्व—धर्मभ्रष्टहरुले तिनीहरुको सुनको बाछालाई नाश गर्नुपर्छ र परमेश्वरमा फर्केर नयाँ गरी जन्मुपर्छ ।
यशैया १ : १०—१७ ले भन्दछ, “हे सदोमका शासकहरु हो, परमप्रभुको वचन सुन ! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको शिक्षामा कान थाप ! परमप्रभु भन्नुहुन्छ, तिमीहरुका बलिदानहरुको थुप्रो मेरो निम्ति के काम लाग्छ ? म ता भेँडाहरुका होमबलि र पालेका पशुहरुका बोसोदेखि अघाएको छु । म गोरु, थूमा र बाख्राहरुका रगतदेखि प्रसन्न हुन्न । जब तिमीहरु मेरो सामने आउँछौ, तिमीहरुले चढाएका यी थोकहरु कसले चाहन्छ र ? तिमीहरु केवल मेरा आँगनहरु खुट्टाले धलीमली गर्न मात्र आउँछौ । अबदेखि व्यर्थका अन्नबलि नल्याऊ । धूप ता मेरो निम्ति घिनलाग्दो छ । औंसी र बिश्रामको दिन, र सभा बोलाउने काम पवित्र सभाको साथसाथै अधर्म म सहनसक्तिन । तिमीहरुका औंसीका दिनहरु र ठहराएका चाडहरुलाई मेरो हृदयले घृणा गर्छ । ती ता मेरो निम्ति भार भएकाछन् । बोक्दा म थाकेको छु । तिमीहरुले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरो मुख तिमीहरुदेखि अर्कोतिर फर्काउनेछु । तिनीहरुले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैन । तिमीहरुका हात रगतले भरिएकाछन् । आपूmलाई धोएर चोखो पार । मेरो सामनेबाट तिमीहरुका दुष्ट्याइँ फालिदेऊ, खराबी गर्न छोड । भलाई गर्न सिक, इन्साफ खोज, अत्याचारलाई दमन गर, टुहुरा—टुहुरीको न्याय गर, बिधवाहरुको पक्षमा बोलिदेऊ ।”
यदि हामीले यो खण्डलाई राम्ररी पढ्यौं भने इस्राएलका धार्मिक अगुवाहरु अतिनै समर्पित भएको कुरा देख्न पाउँछौं । तर तिनीहरुमा त्यसप्रकारको समर्पणता हुँदा—हुँदै पनि, तिनीहरु नाश पारिए किनकि तिनीहरुले गलत बलिदान चढाए अनि परमेश्वरको व्यवस्थाको उलघंन गरे ।
तिनीहरुले जब बलिदान चढाए नता परमेश्वरको व्यवस्था पालन गरे न परमेश्वरको वचनलाई नै वास्ता गरे । यी अगुवाहरु अतिनै समर्पित थिए जसहरुले परमेश्वरको अघि असंख्य बलिदानहरु चढाए । बाइबलले भन्दछ, बेदीभित्र नदी जस्तो रगतको खोलो बग्यो ।
जब परमेश्वरले तिनीहरुले गरेको काम देखे, उहाँले भन्नु भयो यो गमोराको पाप जस्तो थियो । उहाँले देख्नुभयो, तिनीहरुले उहाँको अघि बलि चढाइरहेका थिए, तर वास्तवमा, तिनीहरुले पाप गरिरहेका थिए । उहाँले भन्नु भयो, बरु बलि नचडाउनु नै असल हो । उहाँले ती कुराहरु मन पराउनु भएन ।
जसै तिनीहरुले सुनको बाछाको अघि बलिदान चढाइरहनुभएको देख्नु भयो, परमेश्वरले तिनीहरुको पापलाई क्षमा गर्न सक्नु भएन । उहाँ त्यस ठाऊँमा एकक्षण पनि अडिन सक्नु भएन । तिनीहरुले उहाँको आज्ञाअनुसार बलि चढाउनुपर्छ भनी तिनीहरुलाई भन्नु भयो । यदि होइन भने, तिनीहरुले बलि नचढाउनु नै उतम हो ।
तिनीहरुले परमेश्वरको अघि ठीक प्रकारले बलिदान चडाएका थिएनन्, अनि परिणाम स्वरुप, पूजाहारीहरुले परमेश्वरको बिरुद्धमा पाप गरे । तपाईंले जान्नु पर्ने कुरा चाँहि तपाईंको पापहरु नधोइकन परमेश्वरको सेवा गर्नु र उहाँको काम गर्नु चाँहि उहाँको अघि गम्भीर पाप हो ।
स्व—धर्मभ्रष्टहरु पाठशालाका शिक्षकहरु जस्ता हुन्
स्व—धर्मभ्रष्टहरुले के सिकाँउछन् ?
तिनीहरुले नैतिकता सिकाउँछन्, कसरी
नयाँ गरी जन्मने कुरा होइन
स्व—धर्मभ्रष्टहरु बाह्यरुपमा पवित्र देखिन्छन् । जब तिनीहरुले मञ्च कब्जा गर्छन् तिनीहरु अतिनै आकर्षक देखिन्छन् जसको कारण धेरै मानिसहरु तिनीहरुको स्वभावको कारण धोकामा पर्छन् । तिनीहरु अतिनै तार्किक देखिन्छन् । मानिसहरु एक हुनु राम्रो हो भन्दै तिनीहरु आफ्नो प्रवचनलाई टुङ्गयाउँछन् । त्यो कस्तो प्रकारको प्रवचन हो । तिनीहरुको प्रवचन र पाठशालाको शिक्षकको शिक्षामा के भिन्नता छ ?
परमेश्वरको मण्डली त्यो हो जहाँ नयाँ गरी जन्मेकाहरु एकसाथ परमेश्वरको उपासना गर्छन् । यसप्रकारको मण्डली मात्र साँचो मण्डली हो । साँचो परमेश्वरको मण्डलीले परमेश्वरको अघि कस्तो प्रकारको व्यवहार गर्नुपर्छ भनी सिकाउँदैन । साँचो मण्डलीको प्रचारकहरुले पानी र आत्माको सुसमाचारलाई प्रचार गर्छन् । तपाईं जतिकै कमजोर किन नहोस्, परमेश्वरले तपाईंको सबै पापहरु धोइदिनुभएको छ ।
स्व—धर्मभ्रष्ट प्रचारकहरुले तिनीहरुको अनुयायीहरुलाई यसरी भन्ने गर्छन्, “यो गर, अनि त्यो गर,” तिनीहरुमाथि कठोर भारी लाद्छन्, तर तिनीहरु आफै चाँहि आफ्नो एउटा औंली पनि खडा गर्न चाँहदैनन् ।
एउटा स्व—धर्मभ्रष्ट प्रचारकले आफ्नो छोराको निम्ति अति नै महङ्गो दामको भायलोन किनिदिन्छ उसलाई बिदेशमा पढाउन पठाउँछ । एउटा पूजाहारीले कसरी ती सबै गर्न सक्छन् ? उसले कहाँवाट पैसा पाउँछ ? यदि उसित त्यसप्रकारको पैसा छ भने, के उसले त्यो पैसा सुसमाचार प्रचार गर्नलाई खर्च गर्नु पर्दैन र ? के एउटा प्रचारकले महङ्गो दामको गाडी हाक्नुपर्छ ? आपूmलाई ठूलो देखाउनको निम्ति के उसले सौखिन गाडी चडनुपर्छ र ? महङ्गो दामको गाडीमा चडने प्रचारक चोर हो । जबकि उसको अनुयायीहरुले सस्तो दामको गाडी किन्न सक्तैनन् भने, उसले उच्चस्तरको गाडी हाक्नु कतिको न्यायोचित छ ? हामीले स्व—धर्मभ्रष्टहरुको कामलाई हेरेर नै यो भन्न सक्छौं ।
स्व—धर्मभ्रष्ट प्रचारकहरुले ठूलो रकम माग्ँछन् । कतिपय मण्डलीले आफ्ना प्रचारकलाई प्रति महिना दश हजार अमेरिकी डालर बेतन दिन्छन् । अनि यो केवल आधिकारीक रुपमा दिइने बेतन मात्रै हो । तिनीहरुको निम्ति शैक्षिक भत्ता किताब किन्ने भत्ता, शिशु स्याहार भक्ता, भ्रमण गर्ने भत्ता आदि केवल नामको निम्ति मात्र भनेर दिन्छन् ।
र पनि तिनीहरुले पर्याप्त मात्रामा सहयोग पाएनन् भनी उजुर गर्छन् । तिनीहरुले मासिक दश हजार डालर बेतन पाउँछन् र पनि अरु ज्यादा पैसा माग्ँछन् । दश हजार डालर के कुखुराको चारो हो एउटा प्रचारकले जतिको पानी र आत्माको सुसमाचार प्रचार गर्छ, त्यतिकै मुल्यमा बेतन पाउनुपर्छ ।
एउटा साँचो प्रचारकले परमेश्वरबाट सान्तवना र शान्ति प्राप्त गर्नुपर्छ । तर एउटा शान्ति नपाएको स्व—धर्मभ्रष्टले आर्थिक सहुलियत माँग्छन् । यसप्रकारको मानिसहरुले वास्तवमा सुनको बाछा पुजिरहेकाछन् ।
कहिले काँही परमेश्वरको मण्डलीलाई सियोन भनेर सम्बोधन गरिन्छ । सियोनभन्दा सुन्दर अरु कुनै मण्डली छैन । परमेश्वरको मण्डली त्यो ठाऊँ हो जहाँ पानी र आत्माको सुसमाचार प्रचार गरिन्छ । यशैया १ : २१ ले भन्दछ,“विश्वासयोग्य शहर कसरी बेश्या बनिन् ! त्यो न्यायले पूर्ण थियो । त्यसमा धार्मिकताले बास गरेको थियो, तर अब ता त्यो हत्याराहरुले भरिएको छ ।” यशैयाले परमेश्वरको मण्डलीलाई “न्यायले पूर्ण थियो” भनी बयान गर्नुभएको छ ।
परमेश्वर धर्मी र सिद्ध हुनुहुन्छ । किनभने हामीहरु अपूर्ण छौं, किनभने हामीहरु आदमको सन्तान हौं अनि पापमा जन्मिएका छौं, येशू यो संसारमा पानी र आत्माले हाम्रा पापहरु धुनलाई आउनु भयो । यसैले परमेश्वर कति सिद्ध हुनुहुन्छ ।
पूरानो नियममा मानिसहरुले जब आपूm कमजोर भएको थाहा पाउँथे, तब तिनीहरु परमेश्वरकहाँ आउँथे र बलिदान चढाउँथे । “मैले यसप्रकारले पाप गरें । म गलत थिएँ ।” त्यसपछि तिनीहरुको दैनिक पापहरु क्षमा गरिन्थ्यो त्यसपछि तिनीहरु प्रायश्चितको दिनमा बर्षेनी पापहरुबाट पनि क्षमा प्राप्ती योग्यको ठहरिन्थे ।
ठीक त्यसरी नै, नयाँ नियममा, येशू यो संसारमा आउनु भयो, बप्तिष्मा लिनुभयो अनि एकैचोटि सबै मानिसहरुको पापलाई धुनको निम्ति क्रूसमा मारिनु भयो ।
तर नयाँ बर्षको सेवामा धेरै मानिसहरु रुन्छन् र आ—आफ्नो पापको प्रायश्चित गर्छन् अनि भन्छन्, “प्यारो परमेश्वर दयागरी मैले गत बर्ष गरेको पापहरु क्षमा गरिदिनुहोस् । अनि दया गरी मलाई यो नयाँ बर्षमा आशिष दिनुहोस् । यस्ता मानिसहरु स्व—धर्मभ्रष्ट हुन् ।
तब, पानी र आत्माबाट नयाँ गरी जन्मेको सत्यता कता गयो त ? येशू २००० बर्ष अघि यो संसारमा आउनुभयो, एकैचोटि सबै मानिसहरुको पापलाई धोइदिनु भयो अनि त्यसै गरी सँधैको निम्ति हाम्रा पापहरुबाट हामीलाई बचाउनु भयो । उहाँले पानी र रगतद्वारा हामीलाई संसारको सबै पापहरुदेखि बचाउनु भयो । तर यदि हामीलै प्रत्यैक दिन पापकौ क्षमा माग्यौं भने, उहाँले के भन्नु हुनेछ ?
“परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरु चट्टानका ध्वान्द्राहरु र चटानका चिराहरुभित्र जानेछन्, जब पृथ्वीलाई भयभीत तुल्याउन परमप्रभु उठ्नुहुन्छ” ( यशैया १ : २१ ) ।
स्व—धर्मभ्रष्ट धर्मगुरुहरुले पानी र आत्माबाट नयाँ गरी
जन्मने सुसमाचारलाई प्रचार गर्दैनन्
के परमेश्वरले पापीहरुको प्रार्थना सुन्नुहुन्छ र ?
हुन्न । उहाँले तिनीहरुको प्रार्थना सुन्नु हुन्न
किनकि तिनीहरुको पापले तिनीहरुलाई
परमेश्वरदेखि अलग गरेको छ ।
जसले परमेश्वरलाई विश्वास गरेको छ र पनि पाप क्षमा माग्ँछन् भने त्यस्ताहरुलाई हाम्रो परमेश्वरले हत्यारा भनी सम्वोधन गर्नु हुन्छ । जबकि तिनीहरुले पापको क्षमा माग्ँछन् र भन्छन् कि म पापी छु, त्यसो हो भने के येशू दोस्रोचोटि फेरि संसारमा आएर तिनीहरुको पापको निम्ति दोस्रोचोटि मरोस् भनी अपेक्षा गरेका हुन् ता ? येशूको बप्तिष्मा र क्रूस मुक्तिको वास्तविकता हो ।
१ पत्रुस ३ : २१ मा यसरी भनिएको छ, येशूको बप्तिष्मा मुक्तिको प्रतिरुप हो । येशू ख्रीष्ट मानिसहरुलाई पापबाट बचाउन एकचोटि मर्नुभयो । उहाँले एकैचोटि सबै मानिसहरुको पापलाई धोइदिनुभयो अनि तीन दिनपछि मृत्युबाट बौरी उठनुभयो । अहिले उहाँ पिताको दाहिने हातपट्टि बस्नुभएको छ ।
येशू ख्रीष्टले हामीलाई सँधैको निम्ति पापबाट बचाउन एकचोटि बप्तिष्मा लिनुभयो र एकचोटि क्रूसमा मर्नुभयो । जब उहाँ ३० बर्षको हुनुभयो यूहन्ना बप्तिष्मा दिनेको हातबाट बप्तिष्मा लिनुभयो । उहाँले हामीलाई संसारको सबै पापहरुबाट बचाउन एकचोटि मर्नुभयो । यसको अर्थ के उहाँले सँधैको निम्ति दण्ड भोग्नुभएको होइन र ?
यदि स्व—धर्मभ्रष्टहरुले तिनीहरु अझै पानी छन् भनी भन्छन् भने, तिनीहरुले उहाँलाई फेरि दोस्रोचोटि संसारमा आएर फेरि क्रूसमा मर्नको निम्ति बिन्ति गरिरहेकाछन् । वास्तवमा तिनीहरुले जब—जब पाप क्षमा माग्ँछन् उहाँले घरि—घरि पाप क्षमाको काम गरोस् भन्ने चाहन्छन् ।
जसले आफ्नो हृदयमा पानी र आत्माको सुसमाचारलाई विश्वास गर्छन् सँधैको निम्ति पापबाट बचाइएकाछन्, धर्मी ठहरिएकाछन्, अनि परमेश्वरको आशिष र अनन्त जीवन प्राप्त गर्न स्वर्ग जानेछन् । जसले धार्मिकता प्राप्त गर्छ पानी र आत्माद्वारा बचाइनेछ अनि परमेश्वरको आशिषित मानिसमध्ये एउटा ठहरिने छन् । जसले परमेश्वरलाई धार्मिताको मुक्ति माग्ँछन् तिनीहरु धन्यका हुन् ।
यशैया १ : १८—२० लाई पढौं,“परमप्रभु भन्नुहुन्छ, आऊँ, हामी बसेर आफ्ना कुरा छलफल गरौं । तिमीहरुका पाप सिन्दूरे रङ्गका भए, तापनि ती ऊन जस्तै हुनेछन् । तिमीहरु राजी र आज्ञाकारी भयौं भने, तिमीहरुले यस देशका असल असल कुरा खान पाउनेछौं । तर अस्वीकार गरेर तिमीहरु बागी भयौं भनेता, तिमीहरु तरवारले काटिनेछौ, किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो ।”
परमेश्वरले हामीलाई भनिरहनुभएको छ कि यदि हामीहरु पानी र आत्माको सुसमाचारमा आज्ञाकारी भयौं भने, हामीहरुले भूमिको असल कुरा खान पाउनेछौं, तर यदि हामीले इन्कार ग¥यौं र बिद्रोह ग¥यौं भने तरवारद्वारा मारिनेछौं ।
हाम्रा परमेश्वरले भन्नुभयो, “अहिले नै आऊ, अनि एकसाथ छलफल गरौं । बातचीत गरौं । के तपाईंलाई अपर्याप्त छ ? के तपाईं अधर्मी हुनुहुन्छ ? के तपाईंले व्यवस्थाले भनेअनुसार गर्न सक्नुहुन्न ? तपाईंलाई थाहा छ तर गर्नु हुन्न ? तब, मकहाँ आऊ । चाहे तिनीहरुको पाप जतिकै गाडेरङ्गको किन नहोस्, ती सब हिऊँभन्दा सेतो हुनेछ ; चाहे ती पापहरु सिन्दूरे रङ्गको नै किन नहोस्, ती सब ऊन जस्तो हुनेछ ।” यसको अर्थ परमेश्वरले मानिसहरुलाई धार्मिकतामा बचाउनु भयो र धर्मी ठहराउनु भयो । जब परमेश्वरले आदम र हवालाई सृष्टि गर्नु भयो त्यहाँ कुनै पापै थिएन । तर तत्कालै शैतान प्रकट भयो । उसले मानिसहरुलाई परमेश्वरको आज्ञा उलङ्घन गर्न परीक्षा गरे अनि तिनीहरुलाई पाप गर्न लगाएर सबै मानवजातिलाई पापी तुल्याए । शैतान मानिसको पतनको कारण हो । शुरुमा आदम र हवा परमेश्वरको अघि पापी थिएनन् । तिनीहरु अदनको बधैँचामा परमेश्वरको साथमा रहन्थे । तर तिनीहरु पापी बने । यसकारण अहिले, परमेश्वरले हामीलाई बोलाइरहनुभएको छ । आऊँ हामी एकसाथ छलफल गरौं । एकसाथ छलफल गरौं ।
तपाईंले यो संसारमा कति पाप गर्नुभएको छ ? अनि तपाईं मर्नभन्दा अघि कति पाप गर्नु हुनेछ ?
“हे परमेश्वर ! पाप नगर्नु असम्भव छ । हामीले जतिनै प्रयास गरे पनि सिद्ध हुन सक्ने छैनौं ।”
“प्रभु, म सबै कुरा राम्ररी सम्झिन सक्तिन, तर केही चाँहि मेरो मनमा खिलिएको छ । के तपाईंले त्यो समयलाई सम्झिनुभयो ? म के भनिरहेछु सो तिमीलाई थाहा छ अनि त्यसपछिको समयहरु, तपाईंलाई नै थाहा छ ।”
तब परमेश्वर भन्नु हुन्छ, “अब अरु कुरा मलाई भन । त्यति मात्रै हो भन्ने तिमी सम्झन्छौं ? ती बाहेक पनि अरु कति पापहरु छन् ? तर सबै पापहरु तिमी सम्झन्छौ, सबै पापहरु जो तिमीले भुलेका छौ, अनि भविष्यमा गर्ने सबै पापहरु पनि, मैले ती सबै पापहरु सँधैको निम्ति धोइदिएको छु । अनि केवल तिम्रो मात्र होइन, तर तिम्रो छोरा छोरी अनि नाता—नातिनी, अनि पुस्ता—पुस्तासम्मको पापहरु पनि । म धर्मी परमेश्वर हुँ । मैले एकैचोटि सँधैको निम्ति तिम्रा पापहरु धोइदिएको छु ।”
परमेश्वर, जसले आदमदेखि संसारको अन्तसम्मको सबै मानिसहरुको पापहरु धोइदिनुभएको छ उहाँ अल्फा र ओमेगा, आदि र अन्त हुनुहुन्छ ।
“म मुक्तिदाता र सर्वशक्तिमान परमेश्वर हुँ ।”
“म यहवे, दयालु परमेश्वर हुँ ।”
“म तिनीहरुमाथि आफ्नो दया खन्याउछु जोहरु दया पाउने योग्यका छन् अनि म ती मानिसमाथि कृपा खन्याउँछु जोहरु कृपा पाउने योग्यका छन् ।”
यदि हामीले उहाँको दया माग्यौं भने र उहाँसित खुलस्त छौं भने हामीहरु परमेश्वरको दया पाउनेछौं । हाम्रा पिताले हामी सबैलाई आशिष दिनुहुन्छ । हामीहरु सबैजना धर्मी ठहरिएको परमेश्वर चाहनु हुन्छ । उहाँको प्रेम र अनुग्रहमा, हामी सबै उहाँको सन्तान बनेको उहाँ चाहनुहुन्छ ।
हामीहरु नयाँ गरी जन्मेपछि हामीले
के चढाएको परमेश्वर चाहनुहुन्छ ?
सारा संसारभरि सुसमाचार प्रचार गरोस्
भन्ने उहाँ चाहनु हुन्छ ।
हामी हिऊँझैं सेतो भएको उहाँ चाहनु हुन्छ । येशूले उहाँको बप्तिष्मा र रगतद्वारा सबै मानिसजातिको पापहरुलाई सँधैको निम्ति एकैचोटि धोइदिनुभयो । यदि मण्डलीले पाप र सबै विश्वासीहरुको जीवनको समस्या समाधान गर्न सक्तैन भने, त्यस मण्डलीलाई परमेश्वरको साँचो मण्डली भनेर पुकार्न सक्तैन ।
मानिसहरु पूजाहारीहरुकहाँ आउँछन् र सोध्छन्, “ममा पाप छ । म के गरौं ? मैले पश्चाताप गरेको छु अनि धेरैचोटि गरिसकेकोछु, तर मेरा पापहरु हटेर गएको छैन । अब अरु बढी पाप गर्न चाहन्न । म मेरो धार्मिक जीवन अब अरु जिउन सक्तिन होला ।” यदि प्रेरितले उसको समस्याको सही उत्तर दिन सक्तैन भने, उ स्व—धर्मभ्रष्ट हो । उसले भन्नसक्छ, “यो तिमी आफैमा भर पर्ने कुरा हो । पहाडमा जानुहोस् र प्रार्थना गर्नुहोस् । ४० दिन उपवास बस्ने प्रयास गर्नुहोस् ।”
स्व—धर्मभ्रष्ट र धार्मिक अगुवाहरु पूर्णरुपमा अशुद्धताले भरिएकाछन् जबकि तिनीहरुले पानी र आत्माको सुसमाचारलाई नै जान्दैनन् । तिनीहरुको जीवनको अन्त नरकमा हुन्छ कि स्वर्गमा हुन्छ त्यो धरि तिनीहरुलाई थाहा छैन ।
ती अगुवाहरु परमेश्वरको अघि ठीक छैनन् । तिनीहरु कृत्रिम र स्व—धर्मभ्रष्ट हुन् । तिनीहरुलाई बाहिरबाट हेर्दा येशूमा विश्वास गर्नेहरु जस्तो देखिन्छ, तर तिनीहरुको हृदय भने अझैं पनि पापले पूर्णरुपमा ढाकेको छ । तिनीहरुको पापहरु धोइएको छैन । तिनीहरुले पानी र आत्माको सुसमाचारलाई प्रचार गर्न सक्तैनन् जसले सबै पापहरुलाई धुनसक्तछ । त्यस्ताहरुद्वारा धोका नखाऊँ ।
तितस ३ : १०, ११ ले स्व—धर्मभ्रष्टहरुको बारेमा यसरी भनेको छ, “पाखण्डी मानिसलाई पहिलो र दोस्रो जनाउपछि अलग गरिदेऊ । यो जानेर, कि यस्तो मानिस आफैले आपूmलाई दोषी ठहराएर धर्म उल्टयाउँछ, र पाप गर्दछ ।” तिनीहरुले येशूमा विश्वास गर्छन् तर नयाँ गरी भने जन्मेका छैनन्, तिनीहरुले आफैलाई पापी मानेर रद्द तुल्याएका छन् । तिनीहरुले तिनीहरु पापी छन् र बचाइन् सक्तैन तर नरकमा जानेछौ भन्दै पानी र आत्माको सुसमाचारलाई तिरस्कार गरेर पैतालाले कुल्चेकाछन् ।
तिनीहरु ईसाई जगतका स्व—धर्मभ्रष्टहरु हुन् । जसले येशूमा त विश्वास गर्छ तर पाप बोक्छ भने उ स्व—धर्मभ्रष्ट हुन् । स्व—धर्मभ्रष्टहरु परमेश्वरदेखि अलग्गिएकाछन् । परमेश्वर पवित्र हुनुहुन्छ । तर तिनीहरु पवित्र छैनन् । पानी र आत्माको सुसमाचारमा विश्वास गर्नेहरु सबै पापबाट शुद्ध पारिएकाहरु हुन् ।
यसर्थ जसहरुले येशूमा चाँहि विश्वास गर्छ तर पाप धारण गर्छन् ती सबै स्व—धर्मभ्रष्टहरु हुन् । जसले म परमेश्वरमा विश्वास गर्छु तर पापीनै छु भन्छन् त्यस्ताहरुदेखि टाडा रहनुपर्छ ।
जसहरुले सुसमाचार सुनेका छैनन् अनि विश्वास गर्न चाहन्छन् तर सुसमाचार जानेका छैनन् त्यस्ताहरुलाई सुसमाचार प्रचार गरौं । तिनीहरुलाई नयाँ गरी जन्मनमा सहायता गरौं । पानी र आत्माको सुसमाचारको बिरोधमा उठेकाहरुलाई हामी पक्ष्याऊँ ।
हामीले सारा संसारलाई पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारलाई प्रचार गर्नुपर्छ । आमेन !