• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ७: पूर्वनिर्धारण र ईश्वरीय चुनावको सिद्धान्तमा भ्रम

< 7-1 > भाग्यवाद र स्वर्गीय छनौटको सिद्धान्तमा पाइने भ्रम (रोमी ८ : २८—३०)

( रोमी ८ : २८—३० )
“तर हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरु र उहाँका इच्छाअनुसार बोलावट भएकाहरुका निम्ति पनि सब कुरा मिलेरनै तिनहिरुका भलाइको निम्ति काम गर्दछन् । किनभने ज—जसलाई उहाँले अघिबाटै चिन्नुभएको छ, उहाँले तिनीहरुलाई आफ्ना पुत्रको रुपमा बनाउनालाई पनि, र धेरै भाइहरुमध्ये उहाँ जेठो होऊन भनेर पनि, अघिबाटै नियुक्त गर्नुभयो । तर ज—जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरुलाई उहाँले बोलाउनु पनि भयो, र ज—जसलाई उहाँले बोलाउनुभयो, तिनीहरुलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र ज—जसलाई धर्मी ठहराउनुभयो तिनीहरुलाई उहाँले महिमित पनि तुल्याउनुभयो ।”
 
के परमेश्वरले हामीमध्ये केही व्यक्तिहरुलाई
मात्र छान्नु भएको छ ?
होइन । उहाँले येशू ख्रीष्टमा
हामी सबैलाई छान्नु भएको छ ।
 
भाग्यवाद र स्वर्गीय छनौटको धर्मविज्ञानको सिद्धान्त, जो आधारभूत धर्मविज्ञानहरुमध्ये एउटा हो जसले ईसाई सिद्धान्तलाई सिङ्गार्ने काम गरेको छ, त्यसले येशूमा विश्वास गर्न चाहनेहरु धेरैलाई परमेश्वरको वचन गलत प्रकारले बुझ्नमा नेत्रृत्व गरेको छ । यो गलत नेत्रृत्व गरेको सिद्धान्तले धेरै अन्योलता ल्याएको छ ।
असत्य सिद्धान्तले भाग्यवादको विषयमा के भनेको छ भने परमेश्वरले जसलाई प्रेम गर्नुभएको छ उसलाई छान्नुभएको छ जसलाई मन पराउनु हुन्न उसलाई रद्द तुल्याउनुभएको छ । यसको अर्थ चाँहि केही व्यक्तिहरु जसलाई छानिएको छ तिनीहरु पानी र आत्माले नयाँ गरी जन्मेकाछन् अनि स्वर्गको निम्ति ग्रहण गरिएको छ जबकि अन्यहरु जोहरु छानिएको छैन तिनीहरु नरकमा जल्नको निम्ति तयार पारिएको छ ।
यदि वास्तवमा नै परमेश्वरले केही व्यक्तिहरुलाई मात्र छान्नुभएको छ भने, हामीले आफ्नो निम्ति केही गर्न सक्तैनौ तर यो प्रश्नले पिडित हुनेछौं, “के म मुक्तिको निम्ति छानिएको छु ?” यदि हामीहरु छानिएको नभए, हामीले येशूमा विश्वास गरेको व्यर्थ हुने थियो । यसकारण यो सिद्धान्तले धेरै मानिसहरुलाई के तिनीहरुको विश्वासद्वारा भन्दा पनि परमेश्र आफैले तिनीहरुलाई छान्नुभएको छ त भन्ने कुरामा चासो राख्न लगाउँथ्यो ।
यदि हामीहरु यस कुरामा विश्वास गर्छौ भने हामी कसरी शंकाहरुबाट स्वतन्त्र हुनेछौं र परमेश्वरमा मात्र विश्वास गर्नेछौं । हामीलाई परमेश्वरले साँच्चै नै चुन्नुभएको कुरालाई कसरी निश्चित गराउनु ? उहाँ ती छानिएकाहरुको मात्र परमेश्वर हुनेछ, यध्यपि उसले भन्दछ, “के परमेश्वर केवल यहूदीहरुकै मात्र परमेश्वर हुनुहुन्छ र ? के उहाँ अन्यजातिहरुका परमेश्वर हुनुहुन्न ? अन्यजातिहरुका पनि हुनुहुन्छ ” ( रोमी ३ : २९ ) ।
किनभने धेरैजना मानिसहरुले भाग्यवाद र स्वर्गीय छनौटको अर्थलाई गलत प्रकारले बुझेकाछन्, तिनीहरुले येशूमा विश्वास गरेको भए तापनि तिनीहरु नाश हुनेछन् भन्ने कुराको डर तिनीहरुलाई छ ।
एफिसी १ : ३—५ ले भन्दछ, “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस्, जसले हामीलाई स्वर्गीय स्थानहरुमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ, जसरी उहाँले, हामी उहाँका सामुन्ने प्रेममा पवित्र र निष्कलङ्ग होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै चुन्नुभयो, त्यसरी हामीलाई उहाँको इच्छाको अभिप्रायअनुसार आफ्नो निम्ति ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनालाई उहाँले हामीलाई अघिबाटै नियुक्त गर्नुभयो ।”
यसकारण हामीले धर्मविज्ञानको भाग्यवाद र स्वर्गीय छनोंटको बिचारलाई दोहोराएर हेर्नु पर्ने हुन्छ । हामीले सबैभन्दा पहिला भाग्यवाद र स्वर्गीय छनौटबारे बाइबलले के भनेको छ बुझ्नुपर्छ अनि पानी र आत्माद्वारा प्राप्त हुने मुक्तिको विश्वासलाई बलियो बनाउनुपर्छ ।
रोमीको पत्रले हामीलाई के भन्दछ ? केही धर्मशास्त्रीय विद्वानहरुले “शर्तरहित छनौंट” को सिद्धान्तलाई अप्राप्य प्रकारले विकास गरेकाछन् । तब के त, धर्मविज्ञान परमेश्वर हो त ? धर्मविज्ञान परमेश्वर होइन ।
संसारको सृष्टि हुनुभन्दा पहिले, परमेश्वरले मानिसमा भएर सबै मानवजातिलाई छान्नुभयो अनि हामीलाई धर्मी ठहराएर उहाँको आफ्नै प्रजा बनाउने बिचार गर्नुभयो । येशूले हामीलाई शर्तरहित प्रेम गर्नुहुन्छ । उहाँलाई पक्षपाती परमेश्वर नबनाऊँ । अविश्वासीहरुको तिनीहरुको आफ्नै भावनामा विश्वास छ तर विश्वासीहरुको विश्वासको आधार परमेश्वरको लिखित वचनमा छ ।
 
 
पूरानो नियममा स्वर्गीय छनौट
 
शर्तबिहीन सिद्धान्तको सिद्धान्त
साँचो हो त ?
होइन । हाम्रो प्रभु संकुचित मन भएको परमेवर होइन
परमेश्वरले येशूमा सबै पापीहरुलाई छान्नुहुन्छ,
केवल थोरै मात्र छानिएको छैन ।
 
उत्पत्ति २५ : २१—२६ मा हामीहरु इसहाकको दुई छोराहरु एसाव र याकूब थिए भनी पढछौं । परमेश्वरले याकूबलाई छान्नुभयो जबकि इसहाकका दुवै छोराहरु आमाको गर्भमा थिए ।
ती जसहरुले परमेश्वरको वचनलाई गलत प्रकारले बुझ्छन् यस कुरालाई शर्तरहित छनौटको सिद्धान्तको आधारमा लिन्छन् । यो भाग्यको देवतालाई ईसाई सिद्धान्तमा मिसाउने काम हो ।
यदि परमेश्वरले “शर्तरहित छनौट” द्वारा हामीलाई छान्नुहुन्छ र येशू ख्रीष्टमा भएर होइन भन्ने कुरालाई विश्वास गर्छौं भने, तब यो भाग्यको देवतालाई उपासना गरे जस्तै हो । परमेश्वर भाग्यको देवता हुनुहुन्न । यदि हामीले भाग्यको देवतामा विश्वास गर्छौं भने, हामीले परमेश्वरले हाम्रो जीवनको निम्ति बनाउनुभएको योजनालाई तिरस्कार गरिरहेका हुन्छौं अनि शैतानको फन्दामा फस्दैं जानेछौं ।
यदि मानिसहरु परमेश्वरको इच्छाप्रति आज्ञाकारी छैन भने, तब उ पशु हो जो नाम हुनेछ । जबकि हामी विश्वासीहरु पशु होइनौ भने, हामीहरु साँचो विश्वासी हुनुपर्छ जसले बाइबलमा लेखिएको सत्य वचनलाई पढछ अनि विश्वास गर्छ । परमेश्वरको लिखित वचन हामीलाई शैतानबाट छुडाउनको लागि हो भनेर हामीले पहिला सोच्ँनु हुँदैन ।
हामीले साँचो विश्वास गर्नको निम्ति, सबैभन्दा पहिला बाइबलको लिखित सत्यतालाई विचार गर्नुपर्छ अनि ख्रीष्टमा नयाँ गरी जन्मने विश्वासलाई पक्ष्याउनुपर्छ ।
क्याल्विनवादले सीमित छुटकारालाई जोर दिन्छ । परमेश्वरको प्रेम र प्रभुको मुक्ति केही व्यक्तिहरुको निम्ति मात्र लागु हुन्छ भन्ने कुरालाई यसले औल्याउँछ । के यो सत्य हुनसक्छ त ?
बाइबलले भन्दछ, “सबै मानिसहरुले उद्धार पाऊन् र तिनीहरु सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ ” ( १ तिमोथी २ : ४ ) । यदि छुटकाराको आशिष केही व्यक्तिहरुको निम्ति मात्र लागुहुन्छ भने, धेरै विश्वासीहरुले येशूमा विश्वास गर्न छाडछ । यी सबै भएपछि, कसले यसप्रकारको सकुंचित विचार भएको परमेश्वरमा विश्वास गर्छ त ?
हाम्रो परमेश्वर संकुचित मन भएको परमेश्वर हुनुहुन्न भन्ने कुरामा हामी निर्धक्क हुनुपर्छ । उहाँ सत्य, प्रेम र न्यायको परमेश्वर हुनुहुन्छ । हामीले येशूमा, पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्नुपर्छ अनि त्यसै गरी हाम्रा सबै पापहरुबाट बचाइएको हुनुपर्छ । येशू ख्रीष्ट पानी र आत्माबाट नयाँ गरी जन्मने सबैको मुक्तिदाता हुनुहुन्छ ।
क्याल्विनवाद अनुसार, यदि १० जना मानिस छन् भने केही बचाइने छ जबकि अरु चाँहि नरकको आगोमा जलाइनको निम्ति छाडिने छ । यो असत्य हो ।
परमेश्वरले केही मानिसलाई प्रेम गर्नुहुन्छ अनि अरुलाई तिरष्कार गर्नुहुन्छ भने यसको केही अर्थ हुँदैन । कल्पना गर्नुहोस् आज परमेश्वर यहाँ हाम्रो साथमा हुनुहुन्छ । यदि उहाँले जोहरु उहाँको दाहिने हाततिर बसिरहनुभएको छ ती व्यक्तिहरुलाई मात्र छान्नु हुन्छ जबकि देब्रे हाततिर बसेकाहरुलाई चाँहि नरकको निम्ति छाडिदिनु हुन्छ भने, के हामीहरु उहाँलाई परमेश्वरको रुपमा व्यवहार गर्छौं र ?
के ती तिरस्कार गरिएको मानिसहरुले परमेश्वरको बिरुद्धमा आवाज उठाउँदैन र ? सबै सृष्टि कराई उठने छ, “परमेश्वर कसरी पक्षपाती हुनसक्छ र ? शर्तरहित छनौट असत्य छ किनभने परमेश्वरले सबै मानवजातिलाई येशू ख्रीष्टमा छान्नुभएको छ ।
यसकारण परमेश्वरले येशू ख्रीष्टको नाममा बोलाएको कुनै पनि व्यक्ति छानिएको व्यक्ति हो । तब, परमेश्वरले कसलाई बोलाउनुभएको छ ? उहाँले पापीहरुलाई बोलाउनुभएको छ, धर्मात्माहरुलाई होइन । जसले आफैलाई धर्मात्मा ठान्छन् परमेश्वरले तिनीहरुलाई बोलाउनु हुन्न ।
परमेश्वरको मुक्तिको आशिष पापीहरु र नरकको निम्ति रद्द तुल्याइएको मानिसहरुको निम्ति हो । छानिएको अर्थ परमेश्वरले पापीहरुलाई उहाँको छोराहरु बनाउनको निम्ति बोलाइएको हो ।
 
  
परमेश्वर धर्मी हुनुहुन्छ
 
के परमेश्वरले छानिएकोहरुलाई
मात्र प्रेम गर्नुहुन्छ ?
होइन, परमेश्वर संकुचित हृदयको हुनुहुन्न ।
परमेश्वर धर्मी हुनुहुन्छ ।
 
परमेश्वर धर्मी हुनुहुन्छ । उहाँ त्यौ परमैश्वर हौइन जसलै कैवल र्शतबिहीन छानिएकौ मानिसहरुलाई मात्र प्रैम गर्नुहुन्छ । उहाँलै ख्रीष्टकौ नाममा पापीहरुलाई बौलाउनुहुन्छ । यैशू ख्रीष्टकौ छुटकाराद्वाराकौ मुक्ति र उहाँकौ पापकौ क्षमाबिना हामीहरु कसरी परमैश्वरकौ प्रैम र मुक्तिलाई जान्न सक्छौं ? उहाँलाई कदापि अन्यायी परमैश्वर बनाउन सक्तैनौं ।
जब तपाईंलै एफिसी १ : ३—५ पढनु हुन्छ त्यहाँ कै कुरा लौप भएकौ त्यसलाई पाउनै प्रयास गर्नुहौस् । “हाम्रा प्रभु यैशू ख्रीष्टका परमैश्वर र पितालाई धन्यवाद हौस्, जसलै हामीलाई स्वर्गीय स्थानहरुमा हरैक आत्मिक आशिषलै ख्रीष्टमा आशीर्वाद दिनुभएकौ छ, जसरी उहाँलै, हामी उहाँका सामुन्नै प्रैममा पवित्र र निष्कलङ्क हौऔं भनैर संसारकौ उत्पत्तिभन्दा अघिबाटै चुन्नुभयौ, त्यसरी हामीलाई उहाँकौ इच्छाकौ अभिप्रायअनुसार आफ्नो निम्ति ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनलाई उहाँले हामीलाई अघिबाटै नियुक्त गर्नुभयो ।” के लोप भएको छ ? यैशू ख्रीष्टमा भन्नै वचन लौप भएकौ छ ।
क्याल्विनवादमा भएको शर्तबिहिन चुनावले बाइबलको वचनसित मेल खाँदैन । बाइबलले भन्दछ , “उहाँले हामीलाई संसारको उत्पत्तिभन्दा पहिलेनै येशू ख्रीष्टमा चुन्नुभएको छ ।”
परमेश्वरले सबै मावनजातिलाई ख्रीष्टमा नयाँ गरी जन्मनुको निम्ति चुन्नुभएको छ । जसले आपूmलाई बचाउने कुरामा मदत गर्न सक्तैन तर पापी भएर जन्मेको छ पापबाट छुटन सक्ने छ अनि उहाँको सन्तान हुन सक्नेछ । उहाँले सबै मानिसहरुलाई येशू ख्रीष्टमा बचाइन र छानिनको निम्ति समावेश गर्नुभएको छ ।
किनभने धेरै धर्मविज्ञानका बैज्ञानिकहरु जसले शर्तरहित छनौटमा जोर दिन्छन् यसरी भन्ने गर्छन् कि केवल केही व्यक्तिहरु मात्र चुनिएको छ, धेरै मानिसहरु अचेतनशील सिद्धान्तको गंजागोलमा मुछिएकाछन् । यी भूmटा धर्मबिज्ञानका बिद्वानहरु भन्छन् कि परमेशवरले केहीलाई मात्र चुन्नुभएको छ र अन्य मानिसहरुलाई चाँहि शर्तरहित छनौटद्वारा तिरस्कार गरेकाछन्, जबकि उहाँको वचनको सत्यता चाँहि परमेश्वरले येशूमा सबै पापीहरुलाई चुन्नुभएको छ । धेरै मानिसहरु तिनीहरुको अन्धविश्वासको कारण असत्य सिद्धान्तको शिकार हुन गएकाछन् ।
तर यदि परमेश्वरले येशूमा सबै मानवजातिलाई बचाउने निर्णय गर्नुभएको कुरा हामीहरु मानिलिन्छौं भने पापको क्षमा येशूमा विश्वास गर्नेहरु सबैको निम्ति लागु हुन्छ, हामीहरु सबै पापहरुबाट बचाइनेछौं, परमेश्वरको सन्तान हुन्छौं, धर्मी मानिस ठहरिन्छौं, अनन्त जीवन प्राप्त गर्छौं, अनि परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरामा भरोसा गर्न सक्छौं ।
 
 
याकूब र एसावको कथामा स्वर्गीय छनौट
 
परमेश्वरले कसलाई छान्नुभयो ?
के केवल चुनिएको व्यक्तिलाई मात्र ?
होइन । परमेश्वरले ख्रीष्टमा सबै मानिसहरुलाई छान्नुभयो ।
यसकारण, जसले ख्रीष्टमा विश्वास गर्छ अनि येशूको बप्तिष्माद्वारा
पाप धारण गरेको छैन तिनीहरु नै छानिएकाछन् ।
 
 उत्पत्ति २५ : १९—२८ मा एसाव र याकूब तिनीहरुको आमाको कोखमा संघर्ष गरिरहेका थिए । परमेश्वरले उत्पत्ति २५ : २३ मा भन्नुभयो, “औ ‘यसो हो भनेता मैले किन बाँच्नुप¥यो ?’ भनी तिनले परमप्रभुसगँ सोध्नलागिन् । हो परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो गर्भबाट जन्मँदाखेरिनै दुइ जाति छुट्टा—छुट्टै भएर जन्मनेछन् । एउटा अर्कोभन्दा बलवान हुनेछ, औ जेठाले कान्छाको सेवा गर्नेछ ।””
पापीहरुले यो वचनलाई धर्मशास्त्रीय भाग्यवाद र स्वर्गीय छनौटको सिद्धान्तमा घुमाइदिए, येशूमा विश्वास गर्नेहरु धेरैलाई तिनीहरु चुनिएका छन् वा छैनन् भन्ने जस्तो कुराको अन्योलतामा छाडिदिएकाछन् ! जब तिनीहरुले आपूmलाई चुनिएको व्यक्तिहरु मानिलिन्छन्, तिनीहरुले आपूmलाई वचाइएकाछन् भनी सोच्ँछन् अनि पानी र आत्माबाट नयाँ गरी जन्मने कुराको चाहनालाई हराइपठाउँछन् ।
शर्तरहित छनौटको सिद्धान्तले धेरै मानिसहरुलाई बङ्गाई दिएको छ, अनि जसहरुले येशूलाई विश्वास गर्छन् छुटकारादेखि अलग गरेर नरकको विनाशमा हालिदिएकाछन् । यसले पनि परमेश्वरलाई अधर्मी ठहराएको छ ।
किनभने धेरैजना धर्मविज्ञानका बिद्वानहरुले असत्य सिद्धान्तलाई सिकाएकाछन्, जो तिनीहरुको आफ्नै विचारको उपज हो, येशूमा विश्वास गर्नेहरु धेरैजना असुरक्षित बनेकाछन् अनि तिनीहरु चुनिएकाछन् वा तिनीहरुको छुटकारा भाग्यवादमा भरपर्छ भन्ने कुरामा अलमलिएकाछन् ।
याकूब र एसावमध्ये कसलाई छानिएको छ ? उहाँले याकूबलाई येशू ख्रीष्टमा छान्नु भएको छ । रोमी ९ : १०, ११ मा यसरी भनिएको छ कि परमेश्वरले दाज्युको सट्टामा याकूबलाई बोलाउनुभयो यध्यपि तिनीहरु दुवैलाई एउटै मान्छेले गर्भधारण गरेको थियो, नजन्मेको अवस्थामा, अनि तिनीहरुले असल र खराब केही गरेको थिएन ।
परमेश्वरको उदेश्य याकूबलाई छान्नु थियो, उसको कामको कारणले होइन, तर उहाँको छनौटको कारणले गर्दा हो । बाइबलले हामीलाई यो पनि भन्दछ कि येशू पापीहरुलाई बोलाउन आउनुभयो, ती मानिसहरु जसले असल जीवन जिएको कारणले होइन ।
मानिसहरु, आदमको सन्तान भएको कारण पापी भएर जन्मिए । दाऊदले भन्नुभयो कि जब तिनी आमाको र्गभदेखि नै पापी थिए अनि तिनी अपराधमा जन्मिए । “हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ । र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन् ” ( भजन ५१ : ५ ) ।
मानिस तिनीहरुको पूर्खाको कारण पापैमा जन्मे । यसकारण जो यस संसारमा जन्मन्छ अञ्जानमानै पापी भइहाल्छन्, पापी जस्तै व्यवहार गर्छ, अनि पापको फल फलाउँछ ।
एउटा बालक जसले पापै गरेको छैन उ अघिबाटनै पापी भइहाल्छ किनभने उ पापको बिऊद्वारा जन्मेको छ । उसित, उसको हृदयमा खराब विचार, व्यभिचार, अनैतिकता र हत्या छ । उ उसको पूर्खाको पापमा जन्मेको छ । मानिस जन्मनभन्दा पहिला नै पापी छ ।
परमेश्वरले हामीलाई दिनुभएको जानकारी चाँहि यसप्रकारको छ । मानिस परमेश्वरको सृष्टि हो, तर परमेश्वरमा हामीलाई पापबाट बचाएर उहाँको सन्तान बनाउने योजना छ । यसकारण परमेश्वरले आदमलाई पाप गर्ने अनुमति दिए ।
जब मानिस पापी बने त्यसको परिणाम चाँहि, परमेश्वरले येशूलाई यस संसारमा पठाउनुभयो, उहाँको पुत्रलाई मात्र बप्तिष्मा लिएर सबै मानवजातिको पाप उठाइलैजान अनुमति दिनुभयो ।
परमेश्वरको विचार चाँहि मानिस जातिलाई येशूको बप्तिष्मा र उहाँको क्रूसको रगतद्वारा बचाउनु थियो र येशूमा विश्वास गरेर उहाँको सन्तान हुने शक्ति दिनुभयो । उहाँले ख्रीष्टद्वारा सबै पापलाई धुने प्रतिज्ञा गरेर आदमलाई पाप गर्ने अनुमति दिनुभयो ।
भmूटा सिद्धान्तमा विश्वास गर्ने पापीहरुले यसो भन्छन्, “याकूब अनि एसावको समयको प्रभु । शर्तरहित उहाँले एउटालाई चुन्नुभयो अनि अर्कोलाई तिरस्कार गर्नुभयो ।” परमेश्वरले हामीलाई शर्तरहित चुन्नु भएन, तर येशू ख्रीष्टमा चुन्नुभयो । हामीले बाइबलमा लेखिएको वचनलाई मात्र हेर्नुपर्छ । रोमी ९ : १०, १२ ले भन्दछ, “औ केवल यति मात्र होइन, तर रेबिका पनि एकजना, अर्थात् हाम्रा पितापुर्खा इसहाकबाट गर्भवती हुँदा ‘जेठो चाहिँले कान्छोको सेवा गर्नेछ’ भनी तिनलाई भनिएको थियो ।”
परमेश्वरले याकूबलाई येशूमा छान्नुभयो । याकूब पापीको नमूना थियो जो अयोग्य थियो अनि आफ्नो धार्मिकता खोसिएको थियो । एफिसी १ : ४ ले भन्दछ कि परमेश्वरले हामीलाई उहाँमा चुन्नुभयो ।
परमेश्वरले कसलाई बोलाउनुभयो ? उहाँले याकूबलाई बोलाउनुभयो किनभने उहाँले जान्नुभयो कि तिनी परमेश्वरको अघि पापी र अधर्मी छ भनी जान्नुभयो तिनी परमेश्वरमा समावेश भए ।       परमेश्वरले याकूबलाई उहाँको पुत्र येशू ख्रीष्टको नाममा बोलाउनुभयो तिनलाई आफ्नो सन्तान बनाउनको निम्ति पानी र रगतको सुसमाचारद्वारा छुडाउनुभयो । यसकारण, परमेश्वरले याकूबलाई बोलाउनुभयो अनि छुटकाराद्वारा आशिष दिनुभयो ।
परमेश्वरले पापीहरुलाई येशूको छुटकाराद्वारा धर्मी ठहराउन बोलाउनुभयो । त्यो परमेश्वरको योजना हो ।
 
 
शर्तरहित छनौटको भूmटा सिद्धान्त
 
परमेश्वरले याकूबलाई किन प्रेम गर्नुभयो ?
किनभने याकूबले उसको अधार्मिकता
जानेका थिए ।
 
मैले भर्खरै शर्तरहित छनौटमा आधारीत एउटा किताब पढे । एउटा जवान मान्छेको एउटा सपना थियो । उसको सपनामा एउटी बुढी आइमाइ देखा परिन र उसलाई एउटा तोकिएको ठाऊँमा आउनलाई भनिन्, अनि उ गयो । तब त्यस बुढी आइमाइले त्यस जवानलाई भनिन् कि परमेश्वरले उसलाई चुन्नुभएको छ ।
त्यसले बुढी आइमाइलाई सोधिन, जबकि उसले परमेश्वरलाई विश्वासै गरेको छैन त परमेश्वरले कसरी उसलाई चुन्नुभयो ? त्यसबुढीले भनिन् कि परमेश्वरले उसको अविश्वासबाट नै शर्तरहित चुन्नुभएको छ ।
यो असत्य हो । परमेश्वरले कसरी स्वइच्छाले नै कसैलाई नरकको निम्ति रद्द तुल्याउनुहुन्छ अनि कसैलाई मुक्तिको निम्ति चुन्नुहुन्छ त ? परमेश्वरले प्रत्येकलाई येशूमा चुन्नुभएको छ ।
धर्मविज्ञानको छनौटले येशूलाई भूmटा सावित गरेर फालिदिएको छ । यो असत्य हो । तर धेरै धर्मविज्ञानका विद्वानहरुले जोर दिन्छ कि परमेश्वरले हामीमध्ये केवल थोरैलाई मात्र चुन्नुभएको छ । त्यो सत्य होइन । परमेश्वरले प्रत्येकलाई नै येशूमा बचाउन चाहनुहुन्छ । येशूमा पानी र आत्माको छुटकारालाई विश्वास नगर्नेहरु मात्र बचाइने छैन ।
परमेश्वरले उहाँको पुत्र येशूमा सबै मानिसजातिलाई मुक्तिको निम्ति भाग्य खोलिदिनुभएको छ अनि संसारको सृष्टि हुनभन्दा अघि नै उहाँले हामीलाई उहाँको सन्तान बनाउने योजना बनाउनुभएको छ । उहाँले येशू ख्रष्टिको छुटकाराबाट संसारको सबै पापीहरुलाई बचाउने योजना बनाउनुभएको छ । यो सत्य हो जो बाइबलमा लिखिएको छ ।
धर्मात्माहरु जो ख्रीष्टमा नयाँ गरी जन्मेकाछन् तिनीहरु चुनिएकाहरु हुन् । तर धर्मविज्ञानको विद्वानहरु चाँहि हामीमध्ये केहीलाई मात्र चुनेकाछन् भन्ने कुरामा जोर दिन्छन् । उदाहरणको निम्ति, तिनीहरु यसप्रकारले भन्छन्, बुद्धिष्ट लामाहरु चाँहि परमेश्वरले नचुन्नु भएकाहरुबाट हुन् । तर परमेश्वरले तिनीहरुलाई पनि येशूमा चुन्नुभएको छ ।
यदि परमेश्वरले येशूबिनानै केहीलाई मात्र छान्नुभएको भए, हामीले सुसमाचार प्रचार गर्नु पर्ने थिएन । यदि येशूबिना नै केहीलाई मात्र परमेश्वरको चुन्ने योजना थियो भने, पापीहरुलाई येशूमा विश्वास गर्नु आवश्यकता थिएन । तब कसरी उहाँले प्रेम, सत्यता र उद्वारको काम पुरा हुने थियो र ?
के यो संसारमा परमेश्वरको सेवकहरुलाई सुसमाचार प्रचार गर्नु कुनै औचित्य रहन्थ्यो र ? परमेश्वरले छुटकारा पाएकोहरुलाई पहिलेबाटनै शर्तरहित छनौट गर्नुभयो अनि येशूबिहीनहरुलाई चाँहि रद्द तुल्याउनुभयो भन्ने कुराले अर्थ दिन्छ र ?
परमेश्वरले याकूबलाई येशूमा चुन्नुभयो, उहाँले याकूबलाई प्रेम गर्नु र एसावलाई घृणा गर्नुको कारण चाँहि तिनीहरुको सृष्टि हुन अघि नै याकूबले येशूमा विश्वास गर्नेछ र एसावले येशूलाई विश्वास गर्ने छैन भनी परमेश्वरले जान्नुभएको थियो ।
यो संसारमा धेरै पापीहरु छन् जसहरुले येशूमा विश्वास गर्छन् । तीमध्ये केही एसाव जस्ता छन् अनि केही चाँहि याकूब जस्ता छन् । परमेश्वरले याकूबलाई किन प्रेम गर्नुभयो ? याकूब अधर्मी थिए र उसलाई उसको अयोग्यता थाहा थियो । यसकारण तिनी परमेश्वरको अघि पापी छु भन्ने कुरा मानिलिए अनि परमेश्वरको अनुग्रहको निम्ति प्रार्थना गरे । यसकारण परमेश्वरले याकूबलाई बचाउनुभयो ।
तर एसावले परमेश्वरमा भन्दा बढी आफैमा भर प¥यो अनि परमेश्वरको अनुग्रहको निम्ति भोकाएन । यसकारण परमेश्वरले भन्नुभयो कि उहाँले याकूबलाई प्रेम गरे अनि एसावलाई घृणा गरे । यो सत्य वचन हो ।
परमेश्वरले अघिबाट नै हाम्रो मुक्ति येशूमा निर्धारण गरिदिनुभएको छ । सबै पापीहरुले गर्ने काम चाँहि येशूमा विश्वास गर्नु हो । तब परमेश्वरको सत्यता र धार्मिकता उसको हृदयमा खिलिनेछ । हामी पापीहरुले केही पनि गर्न सक्तैनौ तर येशूद्वारा हामीहरु बचाइएकाछौं भन्ने कुरा हामीहरु हाम्रो सारा हृदयले मानिलिन सक्छौं । हामी सबैले गर्नु पर्ने काम चाँहि येशूद्वारा छुटकारा हुन्छ भन्ने कुरामा विश्वास गर्नु हो ।
 
 
सबिस्तार शुद्ध हुँदै जाने सिद्धान्त भूmटा हो
 
एउटा पापी सविस्तारै शुद्ध हुँदै जान्छ
भन्ने सिद्धान्त के सत्य हो ?
होइन । यो असम्भव छ । एकैचोटि सबै पापीहरुलाई
परमेश्वरले येशूको बप्तिष्मा र क्रूसको मृत्युको
छुटकाराद्वारा दोषरहित बनाउनुभयो ।
 
शैतानले सविस्तार शुद्ध हुँदै जाने सिद्धान्तद्वारा मानिसहरुलाई धोकामा पारेको छ ताकि तिनीहरु पापबाट बाँच्न नसकोस् । सविस्तार शुद्दिकरणको अर्थ पापीहरुले येशूमा विश्वास गरेपछि सविस्तार पवित्र बन्दै जानु हो ।
यो सिद्धान्त यसप्रकारको छ । पापीहरु एकैचोटि सँधैको निम्ति धर्मी ठहरिन्दैन तर जब तिनीहरुले येशूमा विश्वास गर्छन् तब सक्कली ( बशांनुगत ) पापबाट मात्र बचाइन्छ । वास्तविक पाप चाँहि दैनिक प्रायश्चितको प्रार्थनाद्वारा धोइएको छ अनि उ अब विस्तारै शुद्ध हुँदै जान्छ ।
यो सिद्धान्तको कठीन कुरा चाँहि सविस्तार शुद्ध हुनु हो । मानिसले येशूमा विश्वास गर्न सक्छ अनि सविस्तार पवित्र ईसाई बन्दै जान्छ भन्ने, कुरा राम्रो देखिन्छ । यो सिद्धान्तले धेरै ईसाईहरुलाई बर्षौंदेखि ठग्दै आएको छ र तिनीहरुलाई सुरक्षित छु भन्ने बनाएको छ । ईसाई जगतमा धेरै मानिसहरु अरु ईसाईहरुभन्दा किन बढी पवित्र छु भन्ने देखाउँछन् त्यसको कारण यही हो ।
तिनीहरु सोच्ँछन् कि एकदिन तिनीहरु त्यसरी परिवर्तन हुनेछन् र त्यहाँ पाप रहने छैन । तर तिनीहरु पापी जीवन नै जिइरहेका हुन्छन् अनि तिनीहरु मरेपछि परमेश्वरको अघि तिनीहरुको न्याय हुनेछ ।
बाइबलमा साँचो वचनलाई पढनुहोस् । रोमी ८ : ३० मा यसरी लेखिएकी छ, “तर ज—जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरुलाई उहाँले बोलाउनु पनि भयो, र ज—जसलाई उहाँले बोलाउनुभयो, तिनीहरुलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र ज—जसलाई धर्मी ठहराउनुभयो तिनीहरुलाई उहाँले महिमित पनि तुल्याउनुभयो ।”
अनि २९ पदमा यसरी लेखिएको निम्ति एकपछि अर्को प्रक्रिया छ भन्ने देखाउँछ । तर वचनले भन्दछ कि धार्मिकता एकैचोटि सँधैको निम्ति प्रदान गरिएको छ ।
“ज—जसलाई उहाँले बोलाउनुभयो उहाँले तिनीहरुलाई धर्मी पनि ठहराउनुभयो ।” येशूले पापीलाई बोलाउनुभयो अनि तिनीहरुलाई उहाँको यर्दन नदीमा भएको बप्तिष्मा र उहाँको क्रूसको मृत्युद्वारा धर्मी पनि ठहराउनुभयो ।
यसकारण जसले येशूको मुक्तिमा विश्वास गर्छ उ परमेश्वरको महिमित सन्तान बन्दछ । यो नाममा पापीहरुलाई छुटकारा दिनु र तिनीहरुलाई महिमित बनाउनु परमेश्वरको अनुग्रह हो ।
यही कुरो परमेश्वरले हामीलाई भन्नुभएको छ । तर केही ईसाईहरुले रोमी ८ : ३० मा हेर्नु भनी हामीलाई भन्छन् । शुद्धिकरण हुनको निम्ति प्रक्रिया छ । के त्यसको अर्थ हामीहरु सविस्तार परिवर्तन हुँदै जानु होइन र ?” यसप्रकारले तिनीहरुले हामीलाई धोका दिन्छन् । पापीहरु समयअनुसार धर्मी ठहरिने छ भनी तिनीहरुले भविष्यतकालमा भन्छन् ।
तर बाइबलले हामीलाई भविष्यतकालमा भन्नु हुन्न, तर भूतकालमा भन्नुभएको छ जबकि हामीहरु एकैचोटि सँधैको निम्ति धर्मी ठहराइएकाछौं । भविष्यकालको सिद्धान्त र भूतकालको सिद्धान्तमा निश्चित भिन्नता छ ।
हामीले पूर्णरुपमा बाइबलमा विश्वास गर्नुपर्छ । लेखिएअनुसार, हामीहरु एकैचोटि सँधैको निम्ति परमेश्वरको सन्तान बन्दछौं । यो सबिस्तार शुद्ध हुँदै जाने सिद्धान्तदेखि एकदमै भिन्न छ ।
सविस्तार शुद्धिकरणको सिद्धान्तले भन्दछ कि जब हामीले येशूमा विश्वास गर्छौं तब सक्कली पापहरु मात्र क्षमा हुन्छ । यसले हामीलाई यो सल्लाह दिन्छ कि धामीहरु धर्मको जीवन जिउनुपर्छ अनि प्रयेक दिनको पापको निम्ति प्रायश्चित गर्नुपर्छ । यसप्रकारले हामीहरु परमेश्वरको अघि खडा रहन सक्छौं अनि धर्मी ठहरिन्छौं ।
किनभने धेरै मानिसहरुले यो सिद्धान्तमा विश्वास गर्छन् कि तिनीहरुले येशूमा विश्वास गर्न थाले पनि तिनीहरु अझै पापी नै रहिरहन्छन् । यसकारण सबिस्तार शुद्धिकरण चाँहि असत्य हो ।
बाइबलले स्पष्ट रुपमा भन्दछ कि हामीहरु विश्वासद्वारा धर्मी र परमेश्वरको सन्तान ठहरिन्छौं । जसरी बालक संसारमा जन्मछन् त्यसरी नै, परमेश्वरको सन्तानले पनि जुन बेला थाहा गर्छ र येशूको मुक्तिमा विश्वास गर्छ तिनीहरु शुद्ध भइहाल्छन् । भूmटा सबिस्तार शुदिकरण सिद्धान्त भूmटाहरुको उपज हो ।
 
 
सबै पापहरुबाट पूर्ण छुटकारा
 
पूर्ण रुपमा शुद्ध हुनको निम्ति
हामीले के गर्नुपर्छ ?
हामीले पानी र आत्माको छुटकारामा
विश्वास गर्नुपर्छ ।
 
रोमी ८ : १—२ ले भन्दछ, “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन । किनभने ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गराएको छ ।” यो खण्डले भन्दछ कि परमेश्वरले सबै पापीहरुलाई धर्मी ठहराउनुभयो अनि जोहरु पाप र मृत्युको व्यवस्थाबाट येशूमा भए तिनीहरु सबैलाई छुटकारा दिइयौ । हिब्रू ९ : १२ मा बाइबलले हामीलाई पूर्ण छुटकाराको बारेमा बताएको छ । “बोकाहरु र बाछाहरुको रगत होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरेर एकैचोटि पवित्रस्थानभित्र पस्नुभयो ।” यसको अर्थ हामी येशूमा विश्वास गर्नेहरुलाई येशूको मुक्ति प्रदान गरिएको छ अनि स्वर्गमा भर्ना गरिएको छ ।
हामीले ख्रीष्ट येशूमा पानी र आत्माको मुक्तिको सुसमाचार सुन्यौं अनि विश्वास ग¥यौं अनि हाम्रा सबै पापहरुबाट क्षमा प्राप्त ग¥यौं । तर सक्कली पापहरु मात्र क्षमा गरिएको छ भन्ने कुरामा विश्वास गर्ने पापीहरु बचाइएको छैन । पापहरुबाट शुद्धहुनको निम्ति, तिनीहरुले येशूमा विश्वास गरेपछि गरेका पापहरुबाट शुद्ध हुनको निम्ति तिनीहरुले प्रत्येक दिन पश्चाताप गर्नुपर्छ ।
तिनीहरुको गलत अगुवाइ गर्ने विश्वासले तिनीहरुलाई नरकतिर डो¥याइरहेको छ । तिनीहरुको गलत विश्वासको कारण तिनीहरुले तिनीहरुको सबै अधर्मबाट छुटकारा प्राप्त गर्न प्रत्येक दिन प्रायश्चित गर्न लगाएको छ । त्यो सत्य विश्वास होइन जसले हामीलाई नरकबाट बचाउँछ ।
यदि तिनीहरुले येशूमा विश्वास गरेकाछन् भने अनि एकैचोटि सँधैको निम्ति छुटकारा पाएको छ भने तिनीहरु धर्मी ठहरिएकाछन् र परमेश्वरको सन्तान बनेकाछन् । साँचो छुटकाराले मानिसलाई एकैचोटि सँधैको निम्ति धर्मी ठहराउँछ अनि परमेश्वरको सन्तान बनाउँछ ।
यद्यपि विश्वासीहरुलाई संसारको सबै पापहरुबाट छुटकारा गरिएको छ, तर मृत्युको दिनसम्म तिनीहरुको शरीर भने परिर्वन भएको हुँदैन । तर तिनीहरुको हृदय चाँहि परमेश्वरको धार्मिकताले भिजेको छ । हामीले यो सत्यतालाई कहिले पनि गल्ती प्रकारले बुझ्नु हुँदैन ।
बाइबलले भन्दछ जब हामीले सुसमाचारमा विश्वास ग¥यौं हामीहरु शुद्ध भएकाछौं अनि धर्मी ठहरिएकाछौं ।
साँचो सुसमाचार देख्नलाई हिब्रू १० : ९—१४ लाई हेरौं, “अनि पछिबाट भन्नुभएको छ, ‘हेर्नुहोस्, तपाईकै इच्छा पूरा गर्नालाई म आएको छु ।’ दोस्रोलाई स्थापित गर्नालाई उहाँले पहिलो चाहिँलाई खारिज गर्नुहुन्छ । औ त्यही इच्छाबाट ता येशू ख्रीष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएकाछौं । औ हरेक पूजाहारी दिनहुँको सेवा गर्दैं पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमको बलिदानहरु बारंबार चढाउँदै खडा हुन्छन् । तर ख्रष्टिले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो, यसपछि उहाँका शत्रुहरु उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ । किनकि एउटै बलिदानले पवित्र भएकाहरुलाई उहाँले सर्धैको निम्ति सिद्ध गराउनुभएको छ ।”
“त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएकाछौं ” यो कुरा वर्तमान कालमा लेखिएको छ भविष्यत कालमा होइन भन्ने कुरालाई टिपोट गर्नुहोस् ।
पूर्णरुपमा छुटकारा प्राप्त गर्नको निम्ति येशूले दिनुभएको पानी र रगतको छुटकारामा विश्वास गर्नुपर्छ ।
 
 
येशूले एकैचोटि सँधैको निम्ति अनन्तको छुटकारा प्रदान
गर्नुभएकौ छ
 
मानिसलाई किन सँधैभरि आनन्द गर भनी
भनिएको छ ? ( १ थिस्स० ५ : १६ )
किनभने येशूले उसको सबै पापहरु उठाइलैजानुभएको छ,
उसले आपूmलाई बचाउन सक्तैन, उहाँको अघि नम्र
बन्नसक्छ अनि उहाँको अनुग्रहको निम्ति धन्यवादी
बन्नसक्छ ।
 
यदि हामीहरु येशूको अनन्तको छुटकारामा विश्वास गर्छौं भने, हामीहरु एकैचोटि सँधैको निम्ति धर्मी ठहरिन सक्छौं । बाइबलले भन्दछ, “सँधै आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो, सबै कुरामा धन्यावाद गर, किनकि प्रभु येशूमा तिमीहरुतर्फ परमेश्वरको इच्छा यही छ ” ( १ थिस्स० ५ : १६—१८ ) ।
सँधै आनन्द गर । मान्छेले कसरी सँधै आनन्द मनाउनसक्छ ? जसले एकैचोटि सँधैको निम्ति अनन्त छुटकारा प्राप्त गर्छ उसले सँधै आनन्द मनाउनसक्छ । किनभने उ पापबाट स्वतन्त्र भएको छ, येशूले उसको सबै पापहरु यर्दन नदीमा उठाइलैजानुभयो भन्ने ज्ञानमा सुरक्षित छ । उ परमेश्वरको अघि नम्र बनेको छ अनि उहाँको अनुग्रहको निम्ति धन्यवादी छ र ननिभाइकन आनन्द मनाउँदछ ।
“तिनीहरु धन्यका हुन्, जसका अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ ” ( रोमी ४ : ७ ) । यसको अर्थ यो होइन कि उसको हृदय शुद्ध पारिएको छ । येशूले पूर्णरुपमा उसको पापहरुलाई धोइदिएको छ अनि एकैचोटि सँधैको निम्ति बचाउनुभएको छ ।
यो अनन्तको छुटकारालाई नयाँ नियममा उदृत गरिएको छ । जब येशूले बप्तिष्मा लिनुभयो, त्यस समय उहाँले भन्नुभयो, “तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ । तब तिनले उहाँलाई मञ्जूर गरे ” ( मत्ती ३ : १५ ) ।
जसरी पूरानो नियममा बोका तथा थूमाको शिरमाथि हात राख्नाले मानिसको पापहरु उठाइलगिन्थ्यो, येशूले एकदमै सही ढंगले संसारको सबै पापहरुलाई उठाइलैजानुभयो अनि मानिसजातिलाई शुद्ध पार्नुभयो ।
“किनभने यसरीनै हामीले सबै धार्मिकता पूरा गर्नुपर्छ ” भनी येशूले भन्नुभयो । येशूको सही तरिकाले बप्तिष्मा भएको थियो, अनि मानवजातिको सबै पापहरुलाई आपूmमाथि लिनुभयो, यसरी उहाँले हामीलाई बचाउनुभयो ।
मत्ती ३ : १५ मा यसरी लेखिएको छ, येशूले संसारको सबै पापहरु उठाइलैजानुभयो । परमेश्वरको धार्मिकता पूर्ण थियो । हामीले अनन्तको मुक्तिलाई बुझ्ने प्रयास गर्नु हुँदैन । हामीले यसलाई उहाँको छुटकाराको वचनको रुपमा लिनुपर्छ, “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ ” ( भजन ३२ : १ ) ।
जब येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा यर्दन नदीमा बप्तिष्मा लिनुभयो हृदय र शरीरको सबै पापहरुलाई येशूले धोइदिनुभयो । हामीले यो भ्रष्ट अनि बिग्रेको संसारमा गरेका सबै पापहरुको निम्ति दण्ड भोग्नुभयो । उहाँले संसारका सबै पापहरु उठाइलैजानुभएपछि उहाँ क्रूसमा मर्नुभयो ।
जसले यो पापको छुटकारामा विश्वास गर्छ उ एकैचोटि सँधैको निम्ति धर्मी ठहरिनेछ अनि दोषरहित हुनेछ । किनकि येशू अनन्तको निम्ति जिउनुहुन्छ, जसले ख्रीष्टमा भएको छुटकारामा विश्वास गर्छ उ धर्मी ठहरिन्छ ।
अब हामीहरु परमेश्वरको अघि निर्धक्कसगँ खडा हुनसक्छौं अनि यसरी भन्न सक्छौं, “प्रभु, तपाईं कस्तो हुनुहुन्छ ? म तपाईंको एक मात्र पुत्र येशू ख्रीष्टमा विश्वास गर्छु अनि म पनि तपाईंको पुत्र हुँ । धन्यवाद पिता । मलाई तपाईंको पुत्रको रुपमा स्वीकार गर्नुभएको लागि धन्यवाद । यो मेरो आफ्नो कामबाट होइन, तर येशूमा पानी र आत्माबाट नयाँ गरी जन्मेको कुरामा विश्वास गरेको कारणले हो । तपाईंले मलाई संसारको सबै पापहरुदेखि बचाउनुभयो । तपाईंले जे भन्नुभयो म त्यसमा विश्वास गर्छु, “तर येशूले तिनलाई भन्नुभयो, “अहिले यसै हुनदेऊ । किनभने यसरीनै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ । तब तिनले उहाँलाई मञ्जूर गरे ” ( मत्ती ३ : १५ ) । येशूको बप्तिष्मा र क्ूसद्वारा, म तपाईंको सन्तान बनेको छु । त्यसको निम्ति तपाईंप्रति म अतिनै धन्यवादी छु ।”
के तपाईंको सबै पापहरु येशूमाथि लादिए त ? के उहाँद्वारा तपाईंको सबै पापहरु उठाइलगिए त ? बाइबलले भन्दछ कि येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युको निम्ति उहाँलाई धन्यवाद चडाव, पापीहरु यी कुरामा विश्वास गरेपछि शुद्ध ठहरिन्छ ।
 
 
येशूको बप्तिष्मा र छुटकारा बीचको सम्बन्ध
 
येशूको बप्तिष्मा र छुटकारामा के
सम्वन्ध छ ?
येशूको बप्तिष्मा पूरानो नियममा अगमवाणी
गरिएको हात राख्ने प्रक्रियाद्वारा छुटकारा
पाउने कुराको प्रतिरुप हो ।
 
मानिलिनुहोस् एउटा मान्छे छ तथापि उसले येशूमा विश्वास गर्छ र मण्डलीमा गएर यसरी प्रार्थना गर्छ, “प्यारो परमेश्वर, मैले गएको हप्ता गरेको पापको क्षमा दिनुहोस् । मेरो गएको ३ दिनको पाप क्षमा गरिदिनुहोस् । हे प्रभु, आजको पाप क्षमा गरिदिनुहोस् । म येशूमा विश्वास गर्छु ।”
मानिलिनुहोस् त्यो मान्छेको प्रार्थनाद्वारा उसले गरेको दैनिक पापहरु क्षमा गरियो । तर त्यसपछि, उ फर्केर उसको दैनिक जीवनमा नै जान्छ र फेरि पाप गर्छ । त्यसपछि, उ फेरि पापी बन्दछ ।
येशू परमेश्वरको थूमा बनिनुभयो अनि उहाँको बप्तिष्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो अनि क्रूसमा मरेर ती पापहरुबाट मानिसलाई छुडाउनुभयो । छुटकारा पाउनको निम्ति छुटकारा पाएको कुरालाई पक्ष्याएर विश्वास गर्नुपर्छ ।
जब येशूले यूहन्ना बप्तिष्मा दिनेको हातद्वारा बप्ष्मिा लिनुभयो सबै पापहरु उठाइलगियो, यसरी परमेश्वरको धार्मिकता पूरा भयो । संसारको सबै पापहरु धोइयो । जसले यो सत्यतामा विश्वास गर्छ उ छुडाइएको छ । जसरी मत्ती ३ :१३—१७ मा लेखिएको छ “यसप्रकार” ले यूहन्ना बप्तिष्मा दिनेद्वारा येशूको बप्तिष्मा भयो अनि सबै विश्वासीहरुको मुक्तिदाता हुनु भयो ।
सत्यको सुसमाचारले भन्दछ कि एकैचोटि सँधैको निम्ति येशूले संसारको पापहरु उठाइलैजानुभयो । तर भूmटा धर्मविज्ञानले हामीलाई भन्दछ कि हामीहरु प्रत्येक दिन छुटकारा पाउँदछौं । कसलाई हामीले विश्वास गर्ने ? के हामीहरु एकैचोटि सँधैको निम्ति मुक्त भएकाछौं वा प्रत्येक दिन छुटकारा पाउँछौं ?
यो स्पष्ट छ कि येशूले हामीलाई एकैचोटि सँधैको निम्ति मुक्त गर्नुभयो । साँचो विश्वास चाँहि पानी र आत्माको छुटकारा एकैचोटि सँधैलागि हो भनेर विश्वास गर्नु हो । हामीहरु प्रत्येक दिन मुक्त हुनुपर्छ भन्ने सिद्धान्तमा जसले विश्वास गर्छ तिनीहरु कहिले पनि मुक्त हुनेछैन ।
तिनीहरुले यो जान्नुपर्छ कि छुटकारा चाँहि येशूको बप्तिष्मा र क्रूसको मृत्युद्वारा प्राप्त हुने छुटकारामा विश्वास गरेर हुन्छ । हामी सबैले गर्नु पर्ने काम चाँहि साँचो सुसमाचारमा विश्वास गरेर परमेश्वरलाई धन्यवाद दिनु हो ।
तर जोहरु तिनीहरुको विश्वासमा गलत प्रकारले नेत्रृत्व गरिएको छ तिनीहरु भन्छन् कि हामीहरु सक्कली पापहरुबाट मात्र छुडाएकाछौं, अनि प्रत्येक दिन गरिने वास्तविक पापहरुबाट चाँहि प्रत्येक दिन नै छुटकारा पाउनुपर्छ, अनि त्यसरी हामीहरु “बिस्तारै” धर्मी ठहरिदैं जान्छौं । त्यो गलत हो ।
येशूको बप्तिष्मा र क्रूसको रगतले एकैचोटि सँधैको निम्ति पापको क्षमा दिने काम पूरा गरेको छ । यो सत्य हो । यूहन्नाको बप्तिष्माद्वारा हाम्रा पापहरु येशूमा लादिएको हुनुपर्छ अनि हामीलाई बचाउनको निम्ति येशू क्रूसमा मर्नुभयो ।
पाप गरेर “मलाई क्षमा गर्नुहोस्” भन्नु परमेश्वरको धार्मिकतामा शोभा दिँदैन । परमेश्वरको व्यवस्थाले भन्दछ कि पापको ज्याला मृत्यु हो । परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ भन्ने कुरा हामीले जान्नुपर्छ ।
जसले पाप गरेपछि परमेश्वरलाई, “म दु : खी छु, कृपया मलाई क्षमा गरीदिनुहोस् भनेर प्रार्थना गर्छु भने, तिनीहरुले परमेश्वरको धार्मिकतालाई जानेको छैन । तिनीहरुले पाप क्षमाको निम्ति प्रार्थना गर्छन्, केवल तिनीहरुको विवेकलाई शान्त्वना दिनको लागि मात्रै हो । कसैले प्रत्येक दिन पाप गर्छ अनि घरिघरि आफ्नो अपराधको निम्ति पश्चातापको प्रार्थना गरेर विवेकलाई शान्त पार्ने प्रयास गर्छ, के यो सही हो ? छुटकारा पाउने एउटै मात्र उपाय चाँहि येशूको बप्तिष्मामा र उहाँको क्रूसको रगतमा विश्वास गर्नु हो । यो कुरालाई हामी हाम्रो हृदयबाट विश्वास गर्नुपर्छ । परमेश्वरको न्यायबाट उम्कने यो मात्रै एउटा उपाय हो ।
पापको छुटकाराको विषयमा अरु बढी बिचार गरौं । हिब्रू ९ : २२ ले भन्दछ, “औ वास्तवमा व्यवस्थाअनुसार ता रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकनं पापमोचन हुँदै हुँदैन ।”
परमेश्वरको अन्तिम व्यवस्थाअनुसार, पाप रगतले मेटिनु पर्छ, अनि रगत नबगाई पापको क्षमा हुँदैन । यो परमेश्वरको व्यवस्था हो । पापको मोल नतिरी, पापको क्षमा हुनै सक्तैन ।
परमेश्वरको व्यवस्था सही छ । येशूको यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा भएको थियो अनि पापीहरुलाई छुटकारा दिन क्रूसमा रगत बहाउनुभयो । उहाँले बप्तिष्माद्वारा हाम्रा सबै अर्धमहरुमालाई उठाइलैजानुभयो अनि हाम्रो पापको मोल चुकाउन क्रूसमा रगत बहाउनुभयो । उहाँले हाम्रो निम्ति पापको मोल तिर्नुभयो ।
 
के छुटकारा एकैचोटि सँधैको निम्ति प्रदान
गरिएको छ वा प्रत्येक दिन ?
एकैचोटि सँधैको निम्ति । येशूले उहाँको बप्तिष्माद्वारा
पापीहरुको सबै पापलाई उठाइलैजानुभयो ।
 
मत्ती ३ : १५ मा, जब येशूले एकदमै उपयुक्त हुने प्रकारले बप्तिष्मा लिनुभयो, उहाँले आफ्नो बप्तिष्माद्वारा सबै पापहरुलाई उठाइलैजानुभयो अनि हामीलाई संसारको सबै पापहरुबाट छुटकारा दिनको निम्ति क्रूसमा मर्नुभयो ।
प्रत्येक दिन पापको क्षमा माग्ँनु र प्रत्येक दिन हाम्रा पापहरु उठाएर घरिघरि क्रूसमा मर्नु एउटै हो । हामीले साँचोरुपमा परमेश्वरको वास्तविक व्यवस्थालाई बुझ्नपर्छ । हामीलाई हाम्रो पापहरुबाट छुटकारा दिन येशूलाई घरिघरि मर्नु पर्दैन । जसले येशूमा विश्वास गर्छ अनि वास्तविक पापको निम्ति घरिघरि क्षमा माँग्छ भने परमेश्वरले यसलाई अनादर गरेको भनी भन्नु हुन्छ ।
“यो अनादर मूर्खता हो ! तिनीहरुले मेरो पुत्र येशूलाइृ दोस्रोचोटि बप्तिष्मा लिनको निम्ति र क्रूसमा मर्नको निम्ति मागिरहेको छ ! तिनीहरुले येशूको छुटकारामा विश्वास गर्छन् अनि अझै पापी छु भनी भन्छन् ! म मेरो व्यवस्थाअनुसार तिनीहरुको न्याय गर्छु अनि तिनीहरु सबैलाई जल्दै गरेको आगोमा फालिदिन्छु । के तपाईं आफ्नो एक मात्र पुत्रलाई दोस्रोचोटि मार्न चाहनु हुन्छ ? के तिमीहरुको पापको कारण मेरो पुत्रलाई फेरि मार्न भनी प्रार्थना गर्दछौ ? मैले तिनीहरुलाई एकैचोटि सँधैको निम्ति संसारको पापहरुबाट बचाउनलाई पहिलेबाट नै मेरो पुत्रलाई मारिसकेको छु । यसकारण घरिघरि तिमीहरुको वास्तविक पापलाई क्षमा गर्नको निम्ति मेरो कानलाई नझकझकाओ, केवल पानी र आत्माको छुटकाराको सुसमाचारमा विश्वास मात्रै गर ।”
जोहरु आपूmलाई पापी ठान्छन्, येशू तिनीहरुलाई यसरी भन्नुहुन्छ, तिनीहरु जहाँ साँचो सुसमाचार प्रचार गरिन्छ त्यहाँ जानुपर्छ, भूmटा विश्वासलाई त्यागि दिनुपर्छ अनि असत्य विश्वासमाथि विजय हासिल गरेर छुटकारा हासिल गर ।
यो समय तपाईंले हृदयमा विश्वास गरेर बाँच्नको लागि हो । के तपाईं विश्वास गर्नुहुन्छ ?
 
 
विश्वासको परिणाम सत्यतामा होइन, तर काममा छ
 
किन धेरै ईसाईहरु दृड विश्वासयोग्य जीवन
जिउनमा चुकेकाछन् ?
किनभने तिनीहरु आफ्नै काममा
भर पर्छन् ।
 
पापीहरु पनि जसले येशूमा विश्वास गर्छन् तर छुटकारा पाएका छैनन् तिनीहरु पनि ३—५ बर्षसम्म प्रकाशमान बन्छन् । शुरुमा तिनीहरु जोसमा हुन्छन्, तर तिनीहरुको विश्वास समयको गतिसँगै हराउँदै जान्छ । यदि तपाईं कामद्वारा येशूमा विश्वास गर्नुहुन्छ भने, तपाईंको जोस पनि चाँडै नै पतन भएर जानेछ ।
अन्धाले देख्न सक्तैन । यसकारण तिनीहरु अरुको विवेकमा भर पर्छन् र तिनीहरुले यसरी ज्ञान हासिल गर्छन् । जब तिनीहरुले आँशु बहाइरहेको अनुभव गर्छन्, यो चाँहि छुटकाराको चिन्ह हो भनेर बुझ्नुमा गल्ति गर्छन् । साँचो छुटकाराको अनुभव होइन ।
आत्मिक अन्धोहरुले तिनीहरुको पहिलो प्रेम ख्रोक्रो प्रकारले जाग्रतिसभामा भाग लिएर पुनः प्राप्त गर्न खोज्छन्, तर तिनीहरुले आफ्नो भावनालाई पूर्ति गर्न सक्तैनन् । त्यसैगरी पापको क्षमा प्राप्त गर्नु पनि असम्भव छ । यदि शुरुमा तिनीहरुले सही प्रकारले विश्वास गरेको भए, जसै दिनहरु बित्दै जान्छ मुक्ति र परमेश्वरको अनुग्रह अझ चम्किलो भएर जान्छ ।
तर असत्य मुक्ति केवल शुरुमा मात्रै चम्कन्छ अनि पछिबाट त्यसको चाहना हराउँदै जान्छ । जोसको चम्काहट चाँडै बिलय हुन्छ किनभने आत्मिक अन्धोहरुले शुरुबाट नै साँचो सुसमाचार सुन्न चुक्छन् ।
ढोंगीहरुले चिन्ह धारण गर्छन् अनि फरिसीहरुले काखीमा बाइबल च्यापेर हिडँछन्, प्रभुको प्रार्थना र प्रेरितहरुको शिक्षालाई कण्ठ गर्छन्, अनि सबै समय प्रार्थना गर्छन् ।
मण्डलीमा तिनीहरुको पदोत्नोती हुन्छ अनि आवेशमा बढछन् तर तिनीहरुको पाप थुप्रिदै जान्छ अनि अन्तमा परमेश्वरद्वारा तिरस्कृत हुन्छन् । बाहिरबाट सेतो, धार्मिक वस्त्रले आपूmलाई टालेको हुन्छ, तर भिन्न चाँहि तिनीहरुको मन पापले सडेको हुन्छ । यो विश्वासको परिणाम हो सत्यको होइन तर धर्म जो काममा आधारीत हुन्छ ।
 
 
विश्वासद्वारा हामी धर्मी ठहरिन्छौं
 
के यो संसारको सबै पापहरुको उद्धारकार्य
अघिबाट नै पूरा भएको छ त ?
हो । यो येशूको बप्तिष्मा र उहाँको क्रूसको
रगतद्वारा पूराभएको छ ।
 
आऊँ हामी हिब्रू १० : १६—१८ लाई पढौं । “‘तिनीहरुसँग मैले बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि, तिनीहरुका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, तिनीहरुका मनमा पनि म ती लेखिदिनेछु ।’ अनि उहाँ भन्नुहुन्छ, ‘औ तिनीहरुका पाप र तिनीहरुका अर्धम म फेरि सम्झनेछैन ।’ अब जहाँ यिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन ।”
अब हामीहरु येशूको बप्तिष्माको पानी र उहाँको क्रूसको रगतद्वारा मुक्त भएकाछौं, हामीले पापको निम्ति प्रायश्चित गर्नु आवश्यक छैन । जब तपाईंले यस कुरालाई पहिलोचोटि सुन्नुहुन्छ अनौठौ लाग्न सक्छ, तर यो बाइबलको वचनअनुसार छ । के ती मान्छेको वचन हो त ? बाइबल सबै कुरालाई नाप्ने औजार र चिन्ह लाउने बस्तु हो ।
“तिनीहरुसँग मैले बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि, तिनीहरुका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, तिनीहरुका मनमा पनि म ती लेखिदिनेछु ।’ अनि उहाँ भन्नुहुन्छ,” ( हिब्रू १० : १६ ) । छुटकारा पाएपछि तपाईंले कस्तो अनुभव गर्नुहुन्छ ? अब तपाईंको हृदय पापदेखि स्वतन्त्र बनेको छ, अनि तपाईंले ताजा अनुभव गर्नुभएको छ । तपाई धर्मी मानिस बनिनुभएको छ अनि ज्योतिमा जिउन सक्नुहुन्छ ।
अनि हिब्रू १० : १७ मा प्रभु भन्नुहुन्छ,“‘औ तिनीहरुका पाप र तिनीहरुका अर्धम म फेरि सम्झनेछैन ।’” उहाँ भन्नुहुन्छ कि छुटकारा पाएका मानिसहरुको पाप र अर्धमका कामहरुलाई उहाँ फेरि सम्झनु हुन्न । किन ? किनभने येशूले एकदमै ठीक प्रकारको बप्तिष्मा लिनुभयो, “यसैको निम्ति” । पापहरु उठाइलैजानुभएपछि, येशूले उहाँमा विश्वास गर्नेहरुको निम्ति दण्ड भोग्नुभयो ।
अब उहाँले हाम्रा सबै पापहरुको मुल्य चुकाउनुभयो, हामी ती पापहरुलाई सम्झन सक्छौं तर हामीले आपूmलाई दोषी ठान्नु पर्दैन । अब हामीले हाम्रो पापको निम्ति मर्नु पर्दैन किनभने येशूले हाम्रा सबै पापहरु धोइदिनुभयो अनि हाम्रो निम्ति क्रूसमा रगत बहाउनुभयो ।
हिब्रू १० : १८ ले भन्दछ, “अब जहाँ यिनीहरुका पाप क्षमा भयो, त्यहाँ अब फेरि पापको निम्ति बलिदान हुँदैन ।” यसको अर्थ उहाँले संसारको सबै पापहरुलाई मेटिदिनुभयो । यसको यो पनि अर्थ हुन्छ कि ती जोहरु येशूमा नयाँ गरी जन्मेकाछन् अब तिनीहरुले पापको निम्ति कुनै बलि चढाउनु पर्दैन ।
“हे परमेश्वर, कृपया मलाई क्षमा गर्नुहोस् । म येशूमा विश्वास गर्छु र पनि अझै कठिनाइको जीवन जिउनुपरेको कारण म अझैसम्म मुक्त भएको छुइन । म एउटा ईसाई हुँ तर मेरो मन पापले पूर्ण रुपमा सडेको छ ।” हामीले यसरी प्रार्थना गर्नु पर्दैन ।
पापीहरुले यी कुराहरुलाई नजानेको कारण पाप गर्छन्, पाप के हो तिनीहरुले जान्दैनन् किनभने तिनीहरुले परमेश्वरको सत्यताको व्यवस्था जान्दैनन् । तिनीहरुले यो मात्र जान्दछन् कि तिनीहरुको विवेकमा पाप गर्नु हुँदैन तर परमेश्वरको अघि पाप गर्नु भनेको के हो तिनीहरुले जान्दैनन् । येशूमा विश्वास नगर्नु पाप हो भनी परमेश्वरले हामीलाई देखाउनुभएको छ ।
यूहन्ना १६ : ९ मा परमेश्वरको अघि पाप गर्नु के हो भनी उहाँले भन्नुभएको छ । “पापको विषयमा, किनभने तिनीहरु मलाई विश्वास गर्दैंनन् ।” उहाँमा विश्वास नगर्नु परमेश्वरको अघि पाप हो । यूहन्ना १६ : १० ले धार्मिकता के हो भनी भनेको छ । “धार्मिकताको बिषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरु मलाई फेरि देख्तैनौ ।” अर्को शब्दमा, येशूले यो संसारलाई अघिबाट नै पापदेखि छुटकारा दिएको छ, अनि यस हेतुले उहाँले हामीलाई फेरि पनि उहाँको दोस्रो बप्तिष्मा र क्रूसको मृत्युले छुडाउनु पर्दैन ।
जसले उहाँको मुक्तिमा विश्वास गरेको छ शुद्ध गर्न र धर्मी ठहराउनको निम्ति उहाँले तिनीहरुलाई बोलाउनुभएको छ । यो संसारको छुटकाराको काम उहाँले आफ्नो बप्तिष्मा र क्रूसको मृत्युद्वारा पूरा गर्नुभएको छ । पापीलाई छुडाउनको निम्ति अब अर्को छुटकाराको आवश्यकता छैन ।
“तर जब तिनीहरुले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपलाई विश्वास गरे, तब पुरुष र स्त्रीहरु दुवैले बप्तिष्मा लिए ” ( प्रेरित ८ : १२ ) । सबै पापीहरुलाई तिनीहरुको पापबाट छुडाउनको निम्ति येशू यो संसारमा ओर्ली आउनुभयो, यूहन्ना बप्तिष्मा दिनेद्वारा बप्तिष्मा लिनुभयो अनि क्रूसमा रगत बहाउनुभयो । तपाईंको हृदयले यस कुरालाई विश्वास गर्नुहोस् अनि बाँच्नुहोस् । येशूले तपाईंलाई पानी र आत्माले शुद्ध पार्नुभयो ।
येशूले पानी र आत्माले हाम्रा पापहरुलाई हाम्रो शरीरबाट धोइदिनुभयो । हामीहरु विश्वासमा बचाइएकाछौं । यदि हामीहरु सत्यलाई विश्वास गर्छौं र हामीहरु येशू ख्रीष्टद्वाराको सुसमाचारमा विश्वास गर्छौं भने, हामीहरु एकैचोटि सँधैको निम्ति धर्मी ठहरिन्छौं । येशूको बप्तिष्मा र क्रूसको मृत्यु, यी दुई मौलिक सत्य हुन् ।
 
 
पापीहरुले तिनीहरुको घरमा प्रयोग गर्ने पदहरु
 
के हामीहरु प्रायश्चित गरेर साँच्चैनै पापबाट छुटकारा
पाउन सक्छौं वा हामीहरुले अघिबाटनै
छुटकारा पाइसकेकाछौं ?
परमेश्वरले एकैचोटि सँधैको निम्ति
मुक्ति प्रदान गर्नुभएको छ ।
 
१ यूहन्ना १ : ९ ले भन्दछ, “यदि हामीले आफ्ना पापको स्वीकार ग¥यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।”
यदि हामीले हाम्रो पाप क्षमाको निम्ति प्रायश्चित मात्र गर्नुपरेको भए राम्रो हुने थियो । यो कुराको आधारमा नै केही धर्मविज्ञानको विद्वानहरुले नयाँ सिद्धान्तको निम्ति एउटा ठूलो उपाय तयार गरेकाछन् । प्रत्येक समय कसैले प्रायश्चित गर्छ भने उसको पाप क्षमा भएको हुनेछ भन्ने कुरालाई जोर दिएकाछन् । के यो सुविधाजनक छैन र ? तर येशूले कहिले पनि भन्नु भएन कि हामीले परमेश्वरको अघि प्रायश्चित ग¥यौं भने हाम्रा पापहरु क्षमा हुनेछन् भनी ।
के हामीले हाम्रा पापहरु स्वीकार गरेर मात्र हामीले साँचो रुपमा क्षमा पाउँछौं र वा हामीहरुले अघिबाट नै छुटकारा पाइसकेकाछौं ? तपाईं कुन कुरालाई विश्वास गर्नुहुन्छ ? ती मानिसहरु जसले यो भूmटा सिद्धान्तलाई समर्थन गर्छन् तिनीहरु विश्वास गर्छन् कि तिनीहरुले प्रत्येक समय तिनीहरुको पापहरुको प्रायश्चित गरे ती पापहरु क्षमा हुनेछन्, तर यथार्थमा, पाप तिनीहरुको हृदयमा नै रहिरहन्छ, किनभने तिनीहरुले छुटकाराको साँचो वचन जान्दैनन् । येशूमा विश्वास गर्ने पापीहरुले जब जब वास्तविक पापको क्षमा पाउन प्रार्थना गर्छन् तब पाप क्षमा पाउँछ भन्ने कुराले कुनै अर्थ दिँदैन ।
यसको निम्ति, छुटकाराको निम्ति हामीले उहाँको वचनलाई ध्यान दिनुपर्ने हुन्छ अनि सत्य र भूmटको भिन्नतालाई छुटाउनु आवश्यक छ, हामीलाई के भन्न खोजेको छ त्यसलाई वेवास्ता गर्नुहुँदैन ।
पापीहरुले १ यूहन्ना १ : ९ लाई गल्ती बुझेकाछन् । यसले दैनिक पापसित सम्वन्ध राखेको छ भनी भूल बिचार गरेकाछन् । यहाँ सिकाएको कुरालाई ध्यानसित पढौं, “यदि हामीले आफ्ना पापको स्वीकार ग¥यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अर्धमबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।” के हामीहरु सक्कली पापबाट मात्र बचाइएकाछौं अनि त्यसै कारणले हामीले वास्तविक पापको प्रायश्चित गर्नुपर्छ किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ अनि ती पापहरुलाई क्षमा गरीदिनु हुन्छ ? यी केवल गलत नेत्रृत्व दिने विचार मात्रै हो जसले हाम्रो कमजोर शरीरलाई अझ ऋणी बनाउँछ ।
जब हामीहरु येशूको बप्तिष्मा र रगतलाई विश्वास गर्छौं यो साँचो होइन भनेर हामीहरु मानिलिन्छौ । लामो समय अघिनै उहाँको बप्तिष्मा र क्रूसको रगतद्वारा हाम्रा सबै पापहरु धोइएको छ ।
आत्माअनुसार विश्वास गर्नु र गलत नेत्रृत्वको सिद्धान्तअनुसार विश्वास गर्नु दुई बेग्लाबेग्लै कुरा हुन् । जसले आफ्नो बिचारअनुसार विश्वास गर्छन्, तिनीहरुले प्रत्येक दिन नै तिनीहरुको पाप धुन पर्ने खाँचोको अनुभव गर्छन्, तर जसले पानी र आत्माको छुटकारामा विश्वास गर्छन् तिनीहरुले जान्दछन् कि एकैचोटि सँधैको निम्ति येशू ख्रीष्टको बप्तिष्मा र रगतद्वारा तिनीहरुलाई छुटकारा दिएको छ ।
जसले छुटकारा पाउनको निम्ति प्रत्येक दिन प्रायश्चित गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् तिनीहरुले येशूको बप्तिष्मा र रगतद्वारा छुटकारा हुन्छ भन्ने कुरामा विश्वास नगरेको कारण वास्तवमा पाप गरेका हुन्छन् ।
के तपाईंले येशूको बप्तिष्मा र रगतद्वारा एकैचोटि सँधैको निम्ति छुटकारा पाउनुभएको छ ? ती जोहरुले छुटकारा पाएको छैन तिमीहरुले प्रत्येक दिन तिनीहरुको पाप क्षमाको निम्ति प्रायश्चित गरेर मुक्ति प्राप्त गर्ने कोशिश गर्छन् । यसले भविष्यमा गरिने वास्तविक पापको निम्ति चाँहि के गर्नुपर्छ भन्ने समस्यालाई अझै कायम राखेको हुन्छ ।
तिनीहरुले ती पापहरुको निम्ति अघिबाटनै प्रायश्चित गर्ने प्रयास गर्न सक्छन् । तर यसो गर्नाले तिनीहरुले विश्वासको कमीलाई देखाउँछन् । यी मानिसहरु छुटकाराको सुसमाचारप्रति अन्धो छन् । येशूले उहाँको बप्तिष्मा र रगतद्वारा आफैमाथि दण्ड बोकेर एकैचोटि सँधैको निम्ति हामीलाई हाम्रा पापहरुबाट छुटकारा दिनुभएको छ । हामीहरु उहाँमा विश्वास गरेर मात्रै मुक्त भएकाछौं ।
यदि तपाईंले भविष्यको पापहरुबाट पनि बाँच्नको निम्ति प्रायश्चित गर्नुपर्छ भन्ने विचार गर्नुहुन्छ भने, तपाईं अविश्वासीहरुभन्दा फरक हुनुहुन्न, जसहरुले पानी र आत्माबाट नयाँ गरी जन्मने कुराको बारेमा केही जानेको हुँदैन । पापीहरु प्रायश्चितको प्रार्थनाद्वारा मुक्त हुन सक्तैनन् ।
यसकारण यदि तपाईंले इमान्दारीसाथ प्रायश्चित गर्नुभयो भने, “म एउटा पापी हुँ जो अझैसम्म मुक्त भएको छैन” अनि यदि उहाँको बप्तिष्मा र क्रूसको मृत्युको सुसमाचार सुन्नुहुन्छ र विश्वास गर्नुहुन्छ भने, परमेश्वरले तपाईंलाई तपाईंको सबै पापहरुबाट छुटकारा दिनुहुन्छ ।
तर यदि तपाईंले छुटकाराको सुसमाचारमा विश्वास गर्नु हुन्न भने, अनि आपूmलाई प्रायश्चितको प्रार्थना मुनि लुकाउनुहुन्छ भने, जब येशू फेरि यो संसारमा न्यायकर्ता बनेर आउनुहुन्छ तपाईंले कठोर न्यायको सामना गर्नुपर्नेछ ।
जसले पानी र आत्माको छुटकाराको सुसमाचारमा विश्वास गर्दैन तिनीहरुको न्याय हुनेछ । यदि तिनीहरु प्रायश्चित प्रार्थना पछाडि लुक्छन् भने, तिनीहरुले न्यायको सामना गर्नु पर्ने हुन्छ । यसकारण न्यायको दिनलाई नपर्खनु होस् । अहिले नै पानी र आत्माको आशिषित सुसमाचारमा विश्वास गर्नुहोस् ।
 
 
सही प्रायश्चित र साँचो विश्वास
 
पापको सही प्रायश्चित के हो ?
जबसम्म उसले साँचो सुसमाचारमा विश्वास
गर्दैन उसित अझै पाप छ र नरक जानेछ भनी
प्रायश्चित गर्नु हो ।
 
परमेश्वरले हामीलाई एकैचोटि सँधैको निम्ति छुटकारा दिनुभएको छ । मैले जे भन्न खोजिरहेको छु त्यसलाई दृष्टिान्तित गर्न यहाँ एउटा वास्तविक जीवनको उदाहरण छ । मानिलिनुहोस् एकजना उत्तर कोरियाली जासुस दक्षिण कोरियामा आयो रे । उसले हामीहरु कतिको सम्पन्न छौं भन्ने कुरा देख्छ, त्यसपछि उ आफै ठगिएको छ भन्ने कुरा थाहा गर्छ अनि उसले आफैलाई समर्पण गर्दछ ।
एउटा प्रहरी चौकीमा गएपछि उसले यसप्रकारले भूल स्वीकार गर्छ, “म उत्तर कोरियाको जासुस हुँ, अथवा म दक्षिण कोरियामा फलानो, फलानो व्यक्तिको हत्या गर्न आको हुँ, अनि यो त्यो सबै कुराहरु उगाली दिन्छ, अनि मैले आफैलाई यो कामको निम्ति अर्पेको छु, तर अब म आपूmलाई आत्मा समर्पण गर्छु । यसकारण अब उसो म जासुस होइन ।
क्े यो सही प्रायश्चित हो ? यदि उसले वास्तवमा नै प्रायश्चित गर्न चाहन्छ भने, प्रष्ट पारीदिन्छ : उ खराब मान्छे रहेछ अनि दण्ड दिनुपर्छ । त्यो सानो बयानको कारण, उसको उत्तरदायित्वलाई वेवास्ता गरेर, क्षमा प्रदान गरिन्छ ।
त्यसरी नै, यदि एउटा पापीले परमेश्वरको अघि प्रायश्चित गर्छ भने, “म अहिलेसम्म पापमुक्त नभएको पापी हुँ । म नरकमा फालिने योग्यको छु र दण्डको योग्य छु । कृपया मलाई बचाउनुहोस् ” अनि येशूमा विश्वास गर्छ भने, उसको उद्धार हुनेछ । येशूले हाम्रो निम्ति बप्तिष्मा लिनुभयो र रगत बहाउनुभयो, अनि हामीले गर्नु पर्ने काम चाँहि उहाँद्वारा बचाइनको निम्ति उहाँको मुक्तिमा विश्वास गर्नु हो ।
प्रकाश २ : १७ ले भन्दछ, “जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ । जसले जित्छ, त्यसलाई गुप्तमा रहेको मन्न दिनेछु, र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेले बाहेक अरु कसैले जान्दैन ।” बाइबलले भन्दछ कि जसले साँचो सुसमाचारलाई स्वीकार गर्छ उसले येशू नाम चिन्दछ । केवल त्यही व्यक्ति जसले एकैचोटि सँधैको निम्ति छुटकारा पाएको छ धर्मात्मा बनेको रहस्यलाई जानेको छ ।
जसले यो कुरा जान्दैन उसले प्रत्येक दिनको प्रार्थनाद्वारा प्रायश्चित गरे पनि उ अझै पापी नै हुन्छ । प्रायश्चित गर्नु भनेको प्रत्येक दिन पाप क्षमाको निम्ति प्रायश्चित गर्नु भनेको होइन । यदि कुनै व्यक्ति १० बर्ष देखि ईसाई बनेको छ, तर उसले परमेश्वरलाई प्रत्येक दिन पापको क्षमा माँग्छ भने उ अझैसम्म पापी नै रहिरहन्छ । उ अझसम्म परमेश्वरको सन्तान बनेको छैन ।
बचाइनको निम्ति उ पापी हो भनी मानिलिनुपर्छ अनि येशूको छुटकारामा विश्वास गर्नुपर्छ । यो साँचो विश्वास हो ।
 
 
१ यूहन्ना १ : ९ ले प्रायश्चितको बारेमा भन्न खोजेको कुरा
चाँहि पापको सूची तयार पार्नु होइन
 
मुक्ति पाउनको निम्ति के हामीले प्रत्येक दिन
हाम्रो पापको निम्ति प्रायश्चित गर्नुपर्छ, वा
एकपल्ट मात्रै प्रायश्चित गर्नुपर्छ ?
केवल एकपल्ट मात्रै ।
 
के एउटा चोर र एउटा हत्याराले उसले गरेको कामहरुको प्रायश्चित गरेर छुटकारा पाउन सक्छ ? पापीहरुले केवल तिनीहरुको पापको प्रायश्चित गरेर मात्र छुटकारा पाउन सक्तैन । तिनीहरु येशूमा भएको पानी र आत्माबाटको नयाँ गरी जन्मने सुसमाचारद्वारा मात्रै छुटकारा पाउनसक्छ । कतिपय गलत नेत्रृत्वमा परेका ईसाईहरुले यसरी प्रायश्चित गर्छन् ।
“प्यारो परमेश्वर, मैले आज पनि कसैसगँ झगडा गरें । मैले पाप गरें । मैले कसैलाई धोका दिएँ । मैले केही चोरें ।”
यदि उसले त्यसरी प्रायश्चित गर्छ भने परमेश्वर भन्नुहुन्छ, “तँ पापी, चुप लाग ! के भयो त ?”
“कृपया मलाई सुन्नुहोस् । परमेश्वर, तपाईंले हामीलाई हाम्रो पापहरुको प्रायश्चित गर भन्नुभयो । म तपाईंको दयाको भीख माँग्छु ।”
परमेश्वरले सुन्न चाहेको यसप्रकारको प्रार्थना होइन । उहाँले ती मानिसहरुको प्रार्थना सुन्न चाहनुहुन्छ जसले पानी र आत्माको छुटकारामा विश्वास गर्छ : जसले आफ्नो पाप मानिलिन्छ अनि साँचो रुपमा नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्छ ।
अगष्टिनले भन्नुभएको छ कि उसले आमाको दुध चुसेको विषयमा पश्चाताप ग¥यो रे । तिनले बिचार ग¥यो कि त्यसप्रकारको प्रायश्चितले तिनलाई स्वर्गको राज्यमा डो¥याउनेछ । यो कुरामा हामीहरु केवल हाँस्ने मात्र छौं । प्रायश्चित गर्दैमा त्यसले केही गर्दैन ।
परमेश्वरले भन्नुभयो, शान्त हौ अनि यदि तिमीले पाप गरेका छौ भने मलाई भन । यदि तिमीसित पाप छ भने, त्यस विषयमा बोल्न बन्द गर । तिमीले अहिलेसम्म गलत प्रकारले विश्वास ग¥यौ, यसकारण मण्डलीमा जाऊ जहाँ सत्य सिकाइन्छ । सहीप्रकारको छुटकाराको सुसमाचारमा विश्वास गर अनि मुक्ति प्राप्त गर । यदि होइन भने, म आउनेछु र तिम्रो न्याय गर्नेछु ।
पाप क्षमाको निम्ति पश्चातापको प्रार्थना र प्रायश्चितद्वारा अर्कै प्रकारले मुक्ति प्राप्त गर्न प्रयास गर्नुले गलत नेत्रृत्व र असत्य विश्वासलाई औंल्याउँदछ ।
१ यूहन्ना १ : ९ मा यसरी लेखिएको छ कि जब हामीहरु हाम्रा सबै पापहरु मानिलिन्छौं पानी र आत्माको सुसमाचारले हामीलाई सबै पापहरुबाट छुटकारा दिन्छ ।
 
 
मबाट दुर भइहाल
 
अधर्म गर्नुको अर्थ के हो ?
यसको अर्थ हृदयमा पाप बोकेर
येशूलाई विश्वास गर्नु हो ।
 
पापी ईसाईहरुसित गलत नेत्रृत्वको विश्वास छ, येशूको अघि अधर्मको काम गर्छन् । “शरीरको ज्येति आँखा हो । यसकारण यदि तिम्रा आँखा निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो हुनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रा सारा शरीर अँध्यारो हुनेछ । यसकारण तिमीमा भएको उज्यालो चाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुनेछ !” ( मत्ती ७ : २२, २३ )
कल्पना गर्नुहोस् किन कुनै व्यक्ति जसले असत्यमा विश्वास गर्छ, उ म¥यो रे, अनि परमेश्वरको अघि खडा भएर भन्छ, “तपाईं कस्तो हुनुहुन्छ, प्रभु ? जब म तल पृथ्वीमा थिएँ त्यस समय तपाईं सुन्दर हुनुहुन्छ भनी मैले सोँचेको थिएँ, तर यहाँ त तपाईं त्योभन्दा पनि अझ सुन्दर हुनुहुँदोरहेछ । धन्यवाद, प्रभु । तपाईंले मलाई बचाउनुभयो । मेरो हृदयमा पाप भए तापनि तपाईंले मलाई पापरहित देख्नुभयो । तपाईंले मलाई स्वर्ग लैजान्छु भनी प्रतिज्ञा गर्नुभएको कारण अहिले म यहाँ आको छु । अब म त्यसै जानेछु जहाँ पूmलहरु ढकमक्क फुलिरहेकाछन् । अलबिदा अनि त्यतै कतै भेटने आशा गर्छु ।”
तिनी बघैँचातिर जानलाग्छ, तर येशूले तिनलाई त्यही रोक्नुहुन्छ । “पर्ख ! यो मान्छेको हृदयमा पाप छ कि छैन हेरौं । के तँ पापी होस् ?”
“निश्चय ममा पाप छ, तर के मैले तपाईंलाई विश्वास गरिन र ?”
“तिमीले मलाई विश्वास गरेको भए तापनि के तँसित पाप छ ?
“निश्चय, ममा पाप छ ।”
“के ? तँसित पाप छ ? जीवनको पुस्तक ल्याऊ । कामहरुको किताब पनि ल्याऊ । यसको नाम हेर । कुन किताबमा यसको नाम छ हेर ।” निश्चित हुनुहोस् कि, त्यसको नाम कामको किताबमा छ ।
अब तैँले पृथ्वीमा गरेको पापहरुको प्रायश्चित गर । मान्छेले प्रायश्चित गर्न प्रयास गर्दैन, तर परमेश्वरले त्यसको मुख खोल्ने प्रयास गर्नुहुन्छ र पापको प्रायश्चित गर्न लगाउँछ ।
“ज्यू, मैले यो, यो पाप गरेको छु ।”
उ अन्योलमा पर्छ र आफ्नो मुख बन्द गर्न सक्तैन ।
“ठीक छ, अब भयो ! उसले नरक जानको निम्ति पर्याप्त काम ग¥यो । यो काफी योग्यको छ ! यसलाई जलिरहेको ठाऊँमा पठाइदेऊ ।”
त्यसलाई त्यहाँ पठाइएन जहाँ पूmलहरु ढकमक्क पूmलिरहेछ, तर त्यो ठाऊँमा पठाइयो जहाँ जुन ठाउँ आगो र गन्धकले भरिएको छ । जब त्यसलाई नरकमा फालियो तब त्यसले दाह्रा किटन थाल्यो ।
”म तपाईंमा विश्वास गर्छु, तपाईंको नाममा अगमवाणी बोल्छु, तपाईंको नाममा प्रचार गर्छु, तपाईंको सेवा गर्नको निम्ति म मेरो घर बेच्छु, टुहुराहरुलाई सहायता गर्छु, म तपाईंको नाममा जिउँछु, घुँडा टेकेर प्रार्थना गर्छु, बिरामीको सेवा गर्छु । म स्वर्ग जाने योग्यको छु ।”
त्यसले अति नै दाँत किटछ, तर त्यसले उसलाई केही फायदा हुँदैन । जब उ नरकमा पुग्छ, उसले येशूमा मुक्तिको साँचो अर्थ नजानेका सबै ईसाईहरुलाई त्यहाँ देख्छ । ती जसहरुले मुक्तिको सुसमाचारलाई गलत प्रकारले बुझेको छ ती सबै परमेश्वरद्वारा तिरस्कृत भएको छ ।
 
 
भ्ूाmटा विश्वासीहरुको पापहरु कामको किताबमा
लेखिएको छ
 
सबै पापीहरुको पापहरु कहाँ
लेखिएको छ ?
ती सब तिनीहरुको आफ्नै हृदय र
कामको किताबमा लेखिएको छ ।
 
चाहे हामी येशूमा विश्वास गरौं वा नगरौं, जसको हृदयमा पाप छ ती सबैलाई परमेश्वरले नाश गर्नुहुनेछ । यदि उहाँले कसैको हृदयमा कण जस्तो मात्रै पनि पाप भेटाउनुभए, उ न्यायको दिनमा नरकको निम्ति रद्द गरिने छ । जसहरुले अझसम्म प्रायश्चित गरेको छैन र छुटकारा पाएको छैन भने यदि तिनीहरुले छुटकारा प्राप्त गर्ने इच्छा गर्छ भने परमेश्वरले तिनीहरुलाई आग्रह गरिरहनुभएको छ ।
पापीहरुको पाप तिनीहरुको हृदयमा लेखिएको छ । ती जोहरु पानी र आत्माले नयाँ गरी जन्मेकाछन् तिनीहरुले आफ्नो पापको सम्झना गर्न सक्छ तर ती पापहरु तिनीहरुको हृदयबाट भने मेटिएको छ । तिनीहरु धर्मी ठहरिएकाछन् ।
ती जुन मानिसहरु नयाँ गरी जन्मेका छैनन् तिनीहरुको हृदयमा भने पाप छ । यसकारण तिनीहरु परमेश्वरको अघि पापी ठहरिन्छन् । जब तिनीहरु प्रार्थना गर्न घुँडा टेक्छन्, तिनीहरुको पापले तिनीहरुलाई परमेश्वरबाट अलग गर्छ अनि परमेश्वरलाई तिनीहरुको प्रार्थना सुन्नमा रोकावट दिन्छ । तिनीहरुले यो अनि त्यो भनेर प्रार्थना गर्छन्, तर तिनीहरुको पाप रहिरहन्छ । तिनीहरु पापको प्रायश्चित गर्दा गर्दै मर्छन् १० बर्ष, ११ बर्ष यहाँसम्म कि २० बर्ष अघि गरेको अधर्महरुको निम्ति पश्चाताप गर्छन् ।
के साँच्चै नै तिनीहरुले घरिघरि प्रायश्चित गर्नुपर्छ र ? तिनीहरुले किन यसो गर्छन् ? तिनीहरुले सो गर्न चाँहदैनन्, तर जब तिनीहरुले प्रार्थना गर्न शुरु गर्छन्, तिनीहरु परमेश्वरको अघि दोषी छन् भन्ने कुरालाई सम्झन्छन् । यसकारण इमान्दारीसाथ प्रार्थना गर्नु अघि तिनीहरुले प्रायश्चित गर्नुपर्छ भन्ने सोँच्छन् ।
परमेश्वरले तिनीहरुको पापलाई फलामको कलमले तिनीहरुको हृदयको पातामा लेखिदिएकाछन्, यसकारण तिनीहरुको पाप कहिले पनि मेटिन्दैन । परिणाम स्वरुप, जब जब तिनीहरु परमेश्वरको अघि प्रार्थना गर्न आउँछन् तिनीहरुले तिनीहरुको पापको निम्ति पश्चाताप गर्नुपर्छ भन्ने सोचाँई राख्छन् । यसकारण ती जसहरुले येशूको पूर्ण सुसमाचारको आधा भागलाई मात्र विश्वास गरेकाछन् पापीझैं कष्टको जीवन जिउनुपर्छ र नरकमा नाश हुन पुग्छन् ।
यर्मियाह १७ : १ मा यसरी लेखिएको छ, “यहूदाको पाप फलामको कलमले लेखिएको छ । त्यो तिनीहरुका हृदयको पाटीमा र तिनीहरुका बेदीका सीङहरुमा हीराको टुप्पाले खोपिएको छ ।”
यहूदा इस्राएलको जातिहरुमा राजपरिवारको नाम हो । बाइबलले यहूदालाई सबै मानवजातिको प्रतिनिधि ठहराएको छ, यसकारण यहूदाको अर्थ सबै मानिसहरु हो ।
यहूदाको पापलाई फलामको कलमले लेखेको छ अनि हिराको धारले खोपिदिएको छ जसलाई केवल स्टीलले मात्र काटन सकिन्छ । हिरा संसारमा भएको धातुहरुमध्ये एकदमै बलियो धातु हो । फलामको कलम र हिराको टुप्पाले हाम्रा पापहरु लेखिएको छ ।
जब एकचोटि खोपिन्छ, त्यसलाई मेटाउन सकिन्दैन । जबसम्म हामीहरु पानी र आत्माको सत्यतामा विश्वास गर्दैनौ ती मेटिन्दैन।
 यदि हृदयमा पाप रहिरहन्छ भने भावनाले मुक्ति पाउनु, ईसाई सिद्धान्तमा विश्वास गर्नु, धर्मविज्ञान कण्ठ गर्नु, मण्डलीमा समर्पित हुनु बेकार छ ।
जसरी येशूको बप्तिष्माबिना तिनीहरुको पापहरु कहिले मेटिन्दैन भने, पापीहरुले त्यसको सम्झना गरिरहन्छ, अनि जब जब तिनीहरुले प्रार्थना गर्छन् यसरी भन्छन्, “प्रभु, म एउटा पापी हुँ ।” तिनीहरुले जतिनै बल लगाएर परमेश्वरसगँ संगति गर्ने प्रयास गरे पनि, मण्डलीमा थुप्रै जिम्मेवारी लिन समर्पित भए पनि अनि धर्मशास्त्र र सिद्धान्तको अध्ययन गरे पनि तिनीहरुको हृदयमा अझै पनि पाप रहिरहन्छ ।
यसकारण तिनीहरु पहाडमा जान्छन्, व्यर्थमा अन्य भाषा बोल्ने प्रयास गर्छन्, अनि बलिरहेको आगोको दर्शन देख्न चाहन्छन्, तर यी सबै व्यर्थ छन् । यदि तपाईंको हृदयमा पाप रहिरहन्छ भने तपाईंले कहिले पनि शान्ति पाउन सक्नु हुन्न ।
जसरी यर्मियाह १७ : १ मा लेखिएको छ, हाम्रा पापहरु बेदीको सिँङ्गहरुमा खोपिएको छ । स्वर्गमा जीवन र कामको पुस्तकहरु छन् । पापीहरुको पापहरु कामको किताबमा लेखिएको छ यसकारण मानिसहरु आफ्नो दण्डदेखि कहिले पनि उम्कन सक्तैनन् । ती कुराहरुलाई परमेश्वरले कामको किताब र हाम्रो विवेकको पातामा लेख्नुभएको छ अनि ती पापहरु उहाँले व्यवस्थाद्वारा हामीलाई देखाउनुहुन्छ ।
यी लेखिएका कुराहरुलाई हामीले येशूको बप्तिष्मा र उहाँले हाम्रो निम्ति बहाउनुभएको रगतद्वारा पखाल्नुपर्छ अनि बाँचेको हुनुपर्छ । तब हामीहरु अनन्त जीवनको निम्ति तयार हुन्छौं, अनि हाम्रो नाम जीवनको किताबमा लेखिने छ ।
 
 
के तपाईंको नाम जीवनको किताबमा छ ?
 
कसको नामहरु जीवनको किताबमा
लेखिएको छ ?
जसको हृदयमा पाप छैन तिनीहरुको नाम
जीवनको किताबमा लेखिएको छ ।
 
तपाईंको नाम जीवनको पुस्तकमा लेखिनु अति आवश्यक छ । यदि त्यहाँ तपाईको नाम लेखिएको छैन भने, येशूमा विश्वास गरेको के अर्थ हुन्छ र ? साँचो रुपमा छुटकारा पाउनको निम्ति तपाईले पानी र आत्माद्वारा नयाँ गरी जन्मने कुरामा विश्वास गर्नुपर्छ । यो संसारको पापहरु धुनको निम्ति येशू यो संसारमा वर्ली आउनुभयो अनि जब उहाँ ३० बर्षको हुनुहुन्थ्यो बप्तिष्मा लिनुभयो अनि हामीलाई छुटकारा दिनको निम्ति क्रूसमा मर्नुभयो । जसरी मत्ती ३ : १५ मा लेखिएको छ, “त्यसैको निम्ति” येशूको बप्तिष्मा भयो अनि क्रूसमा मारिनुभयो । हाम्रो नाम जीवनको पुस्तकमा लेखिनको निम्ति यस कुरामा हामीले विश्वास गर्नुपर्छ ।
जब मानिसहरु मर्छन् अनि परमेश्वरको अघि खडा हुन्छन्, तब परमेश्वरले सोध्नुहुन्छ, “यो मान्छेको नाम जीवनको पुस्तकमा छ कि छैन हेर ।”
“यहाँ लेखिएको छ, प्रभु”
“हो, तिमीले मेरो निम्ति पृथ्वीमा कष्ट भोगेकाछौ अनि रगत बहाएकाछौ, अब म यो काम पूरा गर्नेछु अनि तिमीले अब फेरि त्यसो गर्नु पर्ने छैन ।”
परमेश्वरले इनाम स्वरुप उसको शिरमा धार्मिकताको मकुट पहिराइदिनुहुन्छ ।
“धन्यवाद, प्रभु । म तपाईंप्रति सदाकृतज्ञ छु ।”
“स्वर्गदूतहरु हो, यो मानिसलाई मकुट पहिराई देऊ ।
“प्रभु, तपाईंले मलाई बचाउनुभएको नै मेरो निम्ति पर्याप्त छ । यो मकुट मेरो निम्ति बढी हुनेछ । धन्यवाद । म तपाईंप्रति अति धन्यवादी छु किनकि तपाईंले मलाई बचाउनुभयो । म तपाईंको उपस्थितिमा बस्न पाउनु नै म अति सन्तुष्ट छु ।”
“स्वर्गदूतहरु हो, घुँडा टेक र यी मेरा १०, ००० छोरा—छोरीलाई आफ्नो पिठमा बोक ।”
स्वर्गदूतहरुले उत्तर दिन्छन्, “ज्यू प्रभु ।”
“कृपया मेरो पिठमा आउनुहोस् ।”
“यो एकदमै आरामदायक हुन्छ । के मैले यो ठीक गरिरहेको छु ? आऊँ हामी अरु अघि बढौं ।”
स्वर्गदूतहरुले होशियारीसाथ कदम बढाउँछन् ।
“के तपाईं केही क्षण हिडँन चाहनुहुन्छ ?”
“ओ, यहाँ त अति नै सुन्दर रहेछ । यो ठाऊँ कति ठूलो रहेछ ?”
म अरौबौं बर्षसम्म एक ठाऊँदेखि अर्को ठाऊँ हुँदै घुमिरहें, तर यसको अन्त भने कतै पाइन ।
“के यो सत्य हो ? म तपाईंको निम्ति भारी बनेको छु होला । अब मलाई ओह्राल्नुहोस् ।”
“यहाँ कहिले पनि मेरो बल प्रयोग गर्नु परेन ।”
“धन्यवाद, तर म स्वर्गको राज्यको मैदानमा खडा हुन चाहन्छु । मभन्दा अघि यहाँ आउने धर्मात्माहरु कहाँ छन् ?”
“तिनीहरु त्यहाँ छन् ।”
“आऊ हामी त्यहाँ जाऊँ ।”
हल्लेलूयाह ! तिनीहरुले एक—अर्कासगँ अङ्कमाल गरे अनि मुस्कुराउँछन् अनि अनन्तसम्म एकसाथ खुशीको जीवन जिउँछन् ।
अब कल्पना गर्नुहोस् कि कुनै एकजना मानिस जसले येशूमा विश्वास गरे तर पापी जीवन जिएर नै मरे अनि परमेश्वरको अघि खडा भए । उसले पनि भन्यो, उसले पनि येशूमा विश्वास गरेको थियो अनि आपूmलाई उ एउटा पापी भनी मानिलियो ।
परमेश्वरले भान्नुभयो, “यसको नाम जीवनको किताबमा लेखिएको छ कि छैन सो हेर ।”
“उसको नाम जीवनको किताबमा लेखिएको छैन, प्रभु ।”
“त्यसो हो भने कार्यहरुको किताबमा हेर ।”
“उसको नाम र उसको पापहरु यहाँ लेखिएको रहेछ ।”
“तब यो मान्छेलाई त्यो ठाऊँमा पठाइदेऊ जहाँ उसले तेलको मुल्यको बारेमा कहिले पनि फिक्री लिनु पर्दैन, अनि उसलाई त्यहाँ सँधैलाई जिउन देऊ ।”
“हे प्रभु, यो त साह्रै नाइन्साफी भयो नि ———”
उसले भन्यो यो अन्याय भयो । उसले निरन्तर रुपमा येशूमा विश्वास गरेर पनि किन नरकमा पठाइयो ?
यसको कारण चाँहि उ शैतानद्वारा ठगिएको थियो अनि उसले सुसमाचारको आधा भागलाई मात्र सुन्यो । यदि हामीले येशूको साँचो छुटकारालाई गलत प्रकारले बुझ्यौं भने, हामीहरुको पनि अन्त नरकमा हुनेछ ।
यो मान्छेले येशूमा विश्वास ग¥यो, तथापि उ शैतानद्वारा ठगियो अनि उसले आपूm पापी छु भन्ने विचार ग¥यो । यदि उसले साँचो सुसमाचार सुनेको भए, उसको विश्वास गलत थियो भन्ने कुरा उसले मानिलिने थियो । तर उसले आफ्नो गलत विश्वासमा अहमपनालाई मुछेको कारण उ विश्वास गर्ने कुरामा चुक्यो ।
यदि तपाईं स्वर्गको राज्यमा जान चाहनुहुन्छ भने, तपाईले पानी र आत्माबाट नयाँ गरी जन्मने कुरामा विश्वास गर्नुपर्छ । जसरी मत्ती ३ : १५ मा लेखिएको छ, “अहिले यसै हुन देऊ । येशूले संसारका सबै पापहरुलाई उठाइलैजानुभयो । तपाईंले पानी र रगतको सुसमाचारमा विश्वास गर्नुपर्छ ।”
 
कार्यहरुको किताबमा कसको
नाम लेखिएको छ ?
जसको हृदयमा पाप छ तिनीहरुकंै नाम
त्यहाँ लेखिएको छ ।
 
यदि तपाईंले कुनै कुरालाई विश्वास गर्न रुचाउनुहुन्छ भने, जस्तै एउटा असल स्वभाव भएको मान्छे जसले कहिले पनि अरुको निवेदनलाई इन्कार गरेन, तपाईंको अन्त नरकमा हुनेछ । नरकमा धेरैजना असल स्वभाव भएका मानिसहरु छन्, तर स्वर्गमा भने, ती मानिसहरु हुनेछन् जसहरुले आफ्नो विश्वासको निम्ति असल लडन्त लडयो ।
स्वर्गमा जुन मानिसहरु हुनेछन् तिनीहरुलाई थाहा हुनेछ कि तिनीहरु पापी थिए र नरक जाने योग्यको व्यक्तिहरु थिएनन् अनि येशूको बप्तिष्मा र रगतद्वारा तिनीहरुको पापहरु धोइनु पर्थो भन्ने कुरामा कृतज्ञतासाथ विश्वास गर्नेछन् । यसरी भनिएको छ कि स्वर्गमा कान र मुखहरुको ठिकुरो हुनेछ । किनभने धेरै मानिसहरुले केवल तिनीहरुको कान र मुखले मात्र येशूको मुक्तिमा विश्वास गरेकाछन्, अनि शरीरका बाँकी भागलाई चाँहि परमेश्वरले गन्धकको बल्दै गरेको आगोमा फालिदिनुहुनेछ ।
कल्पना गर्नुहोस्, कसैले येशूमा विश्वास गर्छ तर तिनीहरुको हृदयमा भने अझैं पाप र परमेश्वरको अघि खडा हुन्छ अनि भन्छ, प्रभु, मानिसहरुले मलाई धर्मात्मा भनी पुकार्थे किनभने मैले येशूमा विश्वास गरें, तथापि मेरो हृदयमा भने अझै पनि पाप थियो । मैले विश्वास गरें कि तपाईंले मलाई अरु मानिसहरु सरह पापरहित देख्नुहुनेछ । यही कुरालाई मैले सिके र विश्वास गरें । मैले केवल अन्य मानिसहरुले गरेको कुरामा मात्रै विश्वास गरें । यो बृहत समुदायमा स्वीकार गरिए र विश्वास गरिएको कुरा हो जहाँबाट म आएँ ।
प्रभुले जवाफ दिनुभयो । “जसको हृदयमा पाप छ म तिनीहरुलाई क्षमा दिन सक्तिन । मैले पानी र रगतद्वारा नयाँ गरी जन्मने आशिषद्वारा तिमीहरुको सबै पापहरुलाई धोइदिएँ । तर तिमीहरुले यसमा विश्वास गर्न इन्कार गरी दियौ । स्वर्गदूतहरु हो ! यो मान्छेलाई नरकको आगोमा फालिदेऊ ।”
कुनै व्यक्ति जसले येशूमा विश्वास गर्छ तर उसको हृदयमा भने अझै पनि पाप छ भन्ने विचार गर्छ उसको अन्त नरकमा हुनेछ । छुटकाराको साँचो सुसमाचारलाई सुन अनि सबै पापबाट मुक्त भएका हौ । नत्रभने, तपाईं नरकमा जल्नु पर्नेछ ।
मानिलिनुहोस् तपाईं पापरहित हुनुहुन्छ जबकि परमेश्वरलाई धोका दिनको निम्ति तपाईंको हृदयमा पाप छ । अन्तमा पापीहरु र धर्मात्माहरुको माझमा कतिको भिन्नता रहेछ भन्ने कुरा हामीहरु देख्न सक्नेछौं । मैले तपाईंलाई मुक्ति प्राप्त गर्नुहोस् भनी किन भने सो थाहा पाउनेछौ ।
तपाईं जब स्वर्ग र नरकको दोबाटोमा खडा हुनुहुनेछ तब पूर्ण मुक्ति ( येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्यु ) पाएकाहरु र नपाएकाहरुको भिन्नतालाई देख्न सक्नुहुनेछ । यसले ठूलो भिन्नता देखाउनेछ । केही व्यक्तिहरु स्वर्गको राज्यमा प्रवेश गर्नेछ तर अरुहरु भने नरकमा जानेछ ।
के तपाईं येशूमा विश्वास गर्नुहुन्छ तर अझैसम्म पापी नै हुनुहुन्छ ? तब तपाईंले थाहा गर्नुपर्छ कि तपाईं पानी र आत्माले नयाँ गरी जन्मनुपर्छ । जसको हृदयमा पाप छ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनुहुनेछ । केवल ती व्यक्तिहरु मात्र जसले पापको पूर्ण क्षमादानमा विश्वास गर्छ स्वर्गको राज्यमा प्रवेश पाउनेछ ।
अब ठीक छ होला । यदि तपाईंले यसलाई मानिलिनु भएन भने, तपाईंको निम्ति धेरै ढिलो भइसकेको हुनेछ । स्वर्ग जानलाई तयार हुनुहोस् । तपाईंको अन्त नरकमा हुनअघि नै, पानी र आत्माको छुटकारामा विश्वास गर्नुहोस् र शुद्ध हुनुहुोस् ।
हाम्रो प्रभु येशूलाई महिमा होस् ! हामी पापीहरुलाई धर्मी ठहराउनुभएको निम्ति उहाँको अनुग्रहको निम्ति धन्यवाद दिन्छौं । हल्लेलुयाह !
 
 
येशू : धर्मात्माहरुको न्यायधिवक्ता हुनुहुन्छ
 
के पश्चातापको प्रार्थनाले हाम्रो
पापहरु धोइन्छ र ?
धोइन्दैन, यो सरासर असम्भव छ ।
यो शैतानले ठग्ने एउटा उपाय हो ।
 
आऊँ हामी १ यूहन्ना २ : १, २ लाई पढौं । “हे मेरा साना केटा—केटी हो, तिमीहरुले पाप नगर भनी यी कुराहरु म तिमीहरुलाई लेख्तछु । औ कुनै मानिसले पाप ग¥यो भने पनि पितासगँ हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि ।”
यसलाई हेर्नुहोस् । के त्यहाँ कुनै त्यस्तो व्यक्ति छ जसले विश्वास त गर्छ तर हृदयमा अझै पाप नै बोकेको हुन्छ ? यदि तपाईंको हृदयमा पाप छ तर परमेश्वरलाई भन्नुहुन्छ कि तपाईंको हृदयमा पाप छैन भनी, तब तपाईंले उहाँलाई धोका दिइरहनुभएको छ । अनि तपाईंले आफैलाई पनि धोका दिइरहनुभएको छ ।
तर तपाईंले साँचो प्रकारले येशूलाई बुझ्नुभएको छ अनि उहाँले यर्दन नदीमा तपाईंको पापहरुलाई धुनलाई के गर्नुभयो त्यसमा विश्वास गर्नुहुन्छ भने, तपाईं पापबाट पूर्ण रुपमा मुक्त हुनुभएको छ । तब तपाईं भन्न सक्नुहुन्छ, “प्रभु, म पानी र आत्माले नयाँ गरी जन्मेको थिएँ । ममा पाप छैन । म बिनालाज तपाईंको अघि खडा हुनसक्छु ।”
तब प्रभुले जवाब दिनुहुन्छ । “हो, तिमी ठीक छौ । जसरी अब्राहामले ममा विश्वास गरे अनि आपूm धर्मात्मा ठहरिएकोमा विश्वास गरे, तिमी पनि धर्मात्मा हौ किनभने मैले तिम्रो सबै पापहरु धोइदिएँ ।”
तर त्यो मान्छेलाई बिचार गर्नुहोस् जसको हृदयमा अझै पनि पाप छ तथापि उसले येशूलाई भने विश्वास गर्छ । उसले भन्छ, “किनभने मैले येशूलाई विश्वास गरेको छु, मेरो हृदयमा सानो मात्र पनि पाप किन नहोस् म स्वर्ग जानेछु ।”
उसले स्वर्गजाने कुरामा एकदमै अडान लिन्छ अनि परमेश्वरको न्याय आशनमा खडा हुने कुरालाई उसले पन्साउन खोज्छ, तर उसको अन्त नरकमा हुनेछ । किन ? किनभने उसले पानी र आत्माले नयाँ गरी जन्मने आशिषित सुसमाचारलाई जानेको हुँदैन ।
प्रत्येक मानिसले उ संसारमा हुँदा उ पापी हो भनेर मानिलिनुपर्छ । “म पापी हुँ । म नरक जानेछु । कृपया मलाई बचाउनुहोस् ।” पश्चातापको प्रार्थनाले पापी मान्छेले छुटकारा पाउँदैन । बरु, उसले म पापी हुँ भनेर मानिलिनुपर्छ अनि छुटकारा पाउनको निम्ति पानी र आत्माको छुटकारालाई स्वीकार गर्नुपर्छ । उ पानी र आत्माको छुटकाराद्वारा मात्र धर्मी ठहरिन सक्छ ।
येशूमा बशांनुगत पाप मात्र क्षमा गरिएको हुन्छ र मुक्ति पाउनको निम्ति हामीले स्वभाविक पापहरुको पश्चाताप गर्नुपर्छ भन्ने कुरामा जोर दिनु भूmटा सुसमाचार हो । यसले हामीलाई सीधा नरकमा लैजान्छ । यसकारण धेरै मानिसहरुले यसप्रकारको भूmटा सुसमाचारमा विश्वास गरेर आफैलाई नरकतिर धकेलिरहेको छ अनि यी दिनहरुमा यसप्रकारको भूmटा सुसमाचारमा विश्वास गरेर आफैलाई नरकतिर धकेलिरहेको छ अनि यी दिनहरुमा यसप्रकारको भूmकाव अझ बढी व्यापक भएर गइरहेको छ ।
तपाईं भूmटा सुसमाचारमा फँसेको कुरा के तपाईंलाई थाहा हुन्छ ? तपाईंले आफ्नो सबै ऋण भुक्तान गरेर पनि के तपाईं अझैं ऋणी नै रहिरहनु हुनेछ ? यस बिषयमा गौर गर्नुहोस् । येशूमा विश्वास गरेर पनि तपाईं अझै पापी नै छु भन्ने विचार गर्नु हुन्छ भने, के तपाईंले सहीप्रकारले विश्वस गर्नुभएको छ भनी भन्न सिकन्छ र ? के तपाईं विश्वासी र पापी दुवै हुनुहुन्छ, वा तपाईं विश्वासी र धर्मी मान्छे हुनुहुन्छ ?
तपाईंले आफ्नो निम्ति आफै रोज्न सक्नुहुन्छ । कि चाँहि तपाईंले तपाईंका सबै पापहरु क्षमा गरियो भनी विश्वास गर्न सक्नुहुन्छ, वा तपाईंले तपाईंको अपराधहरुको निम्ति प्रत्येक दिन पश्चाताप गर्नुपर्छ भनी विश्वास गर्न सक्नुहुन्छ । तपाईंको रोजाइले तपाईं स्वर्ग जाने र नरक त्यसको निर्णय गर्नेछ । जसले तपाईंलाई साँचो सुसमाचार सुनाउँछ उसैलाई तपाईंले पक्ष्याउनुपर्छ ।
जसले भूmटा सुसमाचारमा विश्वास गर्छ, तिनीहरुले अझै पनि प्रत्येक प्रार्थना संगतिमा, प्रत्येक बुधबारे सेवामा, प्रत्येक शुक्रबारे सङ्गोि रात्रीको प्रार्थना सेवामा थोरै थोरै गरी तिनीहरुको पापहरु धोइयोस् भनी पापहरुको पाप क्षमाको निम्ति प्रार्थना गर्छन् ।
प्रभु, मैले पाप गरेको छु । मैले यो सप्ताह यो पाप गरें, भनी तिनीहरु भन्दछन् । त्यसपछि एक बर्षअघि गरेको पापलाई स्मटरण गर्छन्, अनि फेरि उहाँबाटको पापक्षमाको निम्ति प्रार्थना गर्छन् । त्यो पानी र आत्माबाटको नयाँ गरी जन्मने आशिषित सुसमाचारलाई इन्कार गर्ने काम हो । हाम्रो पापहरुको मुल्य रगतले चुक्ता गरिनुपर्छ । हिब्रू ९ : २२ ले भन्दछ, “औ वास्तवमा व्यवस्थाअनुसार ता रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापमोचन हुँदै हुँदैन ।” यदि तपाईंले पाप गरेको छु भनी विचार गर्नुहुन्छ भने, के तपाईंले उहाँलाई फेरि रगत बहाइदिनुहोस् भनी बिन्ती गरिरहनुभएको छ ? जसले पूर्ण छुटकारामा विश्वास गर्दैन तिनीहरुले येशूको पूर्ण छुटकारालाई भूmटा कुरातिर मोडिरहेकाछन् । तिनीहरुले येशूले तिनीहरुलाई एकैचोटि सँधैको निम्ति छुटकारा दिनुभएको छैन भन्ने कुरालाई जोर दिइरहेकाछन् अनि उहाँलाई भूmटा ठहराइरहेकाछन् ।
येशूमा छुटकारा पाउनको निम्ति, तपाईंले पानी र आत्माको मुक्तिको सत्यतामा विश्वास गर्नुपर्छ । के सय, हजार, लाख बर्षसम्म तपाईंको पापहरु साँच्चै नै क्षमा भएको हुन्छ र ? साँचो सुसमाचारले एकैचोटि सँधैको निम्ति छुटकारा दिन्छ । सँधैको निम्ति धर्मी ठहरिन्छौं, स्वर्गको राज्यमा जान्छौं र धार्मिकताको जीवन जिउँछौं ।
♪म येशूमा नयाँ जीवन जिउँछु । भूतकाल अब बितेर गयो अनि अब म नयाँ सृष्टि बनेको छु । थोत्रो बिगत बितेर गयो, । अब, येशू मेरो साँचो जीवन हुनुहुन्छ । म येशूमा नयाँ जीवन जिउँछु ♪।
तपाईं येशूमा नयाँ जीवन जिउनुहुन्छ । चाहे तपाईं आपूmले चाहे जस्तै सुन्दर किन नभएको होस्, चाहे तपाईं एकदमै होँचो होस् वा होँचो र पुडको किन नहोस् त्यसको केही महत्व छैन, ती जोहरु पानी र आत्माले नयाँ गरी जन्मने सुसमाचारले आशिषित छन् र खुशीले भरेको जीवन जिउँछन् । तपाईंको नाक चाहे किन ठीक प्रकारले नबनेको होस्, वा तपाईं अतिनै पुडको किन नहोस् त्यसले के महत्व राख्छ र ? किनकि हामीहरु पूर्ण छैनौं, हामीहरु येशूमा पानी र आत्माबाट नयाँ गरी जन्मने कुरामा विश्वास गरेर बाँचेकाछौं । तर ती जोहरु अहङ्कारी छन् तिनीहरुको अन्त नरकमा हुनेछ ।
धन्यवाद, प्रभु । म प्रभुलाई सँधै धन्यवाद दिन्छु । किनभने हामीहरु पानी र आत्माबाट नयाँ गरी जन्मने कुरामा विश्वास गर्छौं, हामीलाई स्वर्गमा स्वागत गरिनेछ ।
 
 
असत्यले हामीलाई नरकमा लैजान्छ
 
अन्तमा कसले धार्मिकताको मकुट
प्राप्त गर्नेछ ?
जसले असत्यमाथि बिजय
प्राप्त गर्नेछ
 
असत्यले हामीलाई पाप क्षमाको निम्ति प्रत्येक दिन पश्चाताप गर्न लगाउँछ, तर पानी र आत्माको सुसमाचारले हामीलाई भन्दछ कि हामीहरुले अघिबाटनै पूर्णरुपमा क्षमादान पाइसकेकाछौं अनि हामी सबैले गर्नु पर्ने काम चाँहि विश्वास मात्रै हो ।
सत्य कुन हो ? के हामीले प्रत्येक दिन पश्चाताप गर्नुपर्छ ? वा जब येशूले हाम्रा सबै पापहरुलाई उठाइलैजानको निम्ति एकदमै सही तरिकाले बप्तिष्मा लिएर हामीलाई छुटकारा दिनुभयो भन्ने कुरामा विश्वास गर्नु ठीक हो ? सत्य चाँहि येशूले एकैचोटि सँधैको निम्ति हाम्रा पापहरु उठाइलैजानुभयो अनि यसप्रकारको सही तरिकाले हामीलाई मुक्ति प्रदान गर्दछ ।
हामीले आत्मिक युद्धमा असत्यमाथि बिजय हासिल गर्नुपर्छ, धेरै मानिसहरुले असत्यलाई पक्ष्याउँछन् । “अनि पर्गामममा भएको मण्डलीका दूतलाई लेख । यी कुरा धारिलो दुइ—धारे तरवार भएकोले भन्दछ । तिमी कहाँ रहन्छौ ? अर्थात् शैतानको सिंहासन भएकै ठाउँमा भन्ने म जान्दछु, औ तिमीले मेरो नाउँ स्थिर गराएर मेरो गवाही, मेरो विश्वासीजन एन्टिपासको दिनमा पनि, ममाथिको विश्वास इन्कार गरेनौ । तिनी तिमीहरुकै बीचमा मारिए, जहाँ शैतान बास गर्छ ” ( प्रकाश २ : १२, १३ ) ।
“जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ । जसले जित्छ, त्यसलाई गुप्तमा रहेको मन्न दिनेछु, र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेले बाहेक अरु कसैले जान्दैन ” ( प्रकाश २ : १७ ) ।
जहाँ असंख्य दुष्ट आत्माले बास गर्छ अनि असत्यले सत्यको ढोङ्ग रचेर खडा हुन्छ त्यहाँ शैतानले उज्वल स्वर्गदूतको ढोङ्ग रचेर आफ्नो दर्शन दिन्छ । जसले पानी र आत्माको मुक्तिको सत्यतालाई सुन्छ र बुझ्छ तर विश्वास गर्दैन परमेश्वरले उसलाई सहायता गर्न सक्तैन । उसको नरकमा अन्त हुन्छ ।
प्रत्येकले येशूको मुक्तिमा विश्वास गर्नु कि नगर्नु भन्ने कुरामा आफैले निर्णय गर्नुपर्छ । कोही पनि तपाईंको अघि, झुकेर, विश्वास र छुटकारा हासिल गर भनी अनुरोध गर्दैन ।
यदि तपाईं पापबाट बाँच्न चाहनुहुन्छ भने, तब पानी र आत्माको सुसमाचारमा विश्वास गर । यदि तपाईं उहाँको मुक्तिको प्रेमप्रति र हामीलाई बचाउनुहुने उहाँको अनुग्रहको निम्ति धन्यवादी हुनुहुन्छ भने, यसलाई विश्वास गर्नुहोस् । यदि तपाईं पापी हुनुहुन्छ र नरक जान योग्यको हुनुहुन्छ भने, तब पानी र आत्मा, येशूको बप्तिष्मा र उहाँको क्रूसको मृत्युमा विश्वास गर । तब तपाईं धर्मी ठहरिनुहुनेछ ।
यदि तपाईंले आपूmलाई पापी छुइन भनी सम्झनुहुन्छ भने, तपाईंले येशूमा विश्वास गरेर छुटकारा पाउनु आवश्यक छैन । केवल पापीहरु मात्र पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचार विश्वास गरेर सबै पापहरुबाट मुक्त हुनसक्छन् । येशू पापीहरुको मुक्तिदाता र कष्ट भोग्नेहरुको सहायक हुनुहुन्छ । उहाँ सृष्टिकर्ता हुनुहुन्छ । उहाँ प्रेमको मालिक हुनुहुन्छ ।
पानी र आत्माबाट नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्नुहोस् भनी म इमान्दारीसाथ आग्रह गर्दछु । विश्वास गर्नुहोस् । येशू तपाईंको मुक्तिदाता, मित्र, गोठालो र परमेश्वर हुनुहुनेछ भन्ने कुरामा तपाईं निश्चित हुनुहुनेछ । पापीले येशूमा विश्वास गर्नुपर्छ । यदि तपाईंको अन्त नरकमा नहोस् भन्ने चाहनुहुन्छ भने, तपाईंले यसलाई विश्वास गर्नैपर्छ । मुक्तिको सुसमाचारमा विश्वास गर्नुपर्छ भनेर परमेश्वरले अनुरोध गर्नु हुन्न ।
के तपाईं स्वर्गमा भर्ना भएको चाहनुहुन्छ ? तब पानी र आत्माबाटको नयाँ गरी जन्मने सुसमाचारमा विश्वास गर्नुहोस् । येशू भन्नुहुन्छ, “म बाटो, सत्य र जीवन हुँ । मलाई विश्वास गर ।” तपाईंले भनिरहनुभएको छ कि तपाईंलाई नरकमा फालेको तपाईं चाहनुहुन्छ भनी । तब विश्वास नगर्नुहोस् । उहाँ भन्नुहुन्छ कि तिम्रो निम्ति पहिलेबाटनै नरकमा ठाऊँ तयार गरिएको छ ।
परमेश्वरले कर गर्नु हुन्न । एउटा पसले पसलमा भएको सानो तारको टुक्रा बिक्री गर्नलाई बडो बिन्ति भावसित मानिसहरुलाई निम्तो गर्छन्, तर परमेश्वरले केवल विश्वास गर्नेहरुलाई मात्र सित्थैमा स्वर्गको राज्य दिनुहुन्छ । परमेश्वर न्यायी हुनुहुन्छ ।
मानिसहरु भन्छन् कि संसारको अन्त नजीक छ । हो, म पनि त्यही सोच्ँछु । तर पानी र आत्माबाटको नयाँ गरी जन्मने साँचो सुसमाचारमा विश्वास नगर्नु चाँहि मूर्खता हो ।
पानी र आत्माबाटको नयाँ गरी जन्मने आशिष्ति सुसमाचारको मुक्तिमा विश्वास गर्नुहोस् । आऊँ हामी एकसाथ स्वर्गको राज्यमा जाऔं । के मसित येशूले राज गर्ने ठाऊँमा जानु हुन्न ?
 
के तपाईं पापी वा धर्मी
व्यक्ति हुनुहुन्छ ?
धर्मात्मा तिनै हुन् जसको
हृदयमा पाप छैन ।
 
हामी रोमी ८ : १, २ लाई पढौं । “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन । किनभने ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गराएको छ ।”
येशूले उहाँको बप्तिष्मा र क्रुसको मृत्युद्वारा हाम्रा सबै पापहरुलाई उठाइलैजानुभयो । येशूले सबै पापीहरुलाई बचाउनुभयो जोहरुले तिनीहरुको पापको निम्ति दण्ड भोग्नु पर्ने थियो ।
परमेश्वरको मुक्तिले दुईवटा कुराहरुलाई जोर दिन्छ । एउटा व्यवस्था हो अनि अर्को चाँहि उहाँको प्रेम । व्यवस्थाले हामीहरु पापी छौं भनी सिकाउँछ । व्यवस्थाअनुसार, पापको ज्याला मृत्यु हो । हामीहरु व्यवस्थाद्वारा बचाइँदैनौं । यसले केवल हाम्रो पापी स्वभाव र नतिजालाई सिकाउँछ । यसले हामीहरु पापी छौ भन्ने कुराको ज्ञान दिन्छ ।
पापको मोल चुकाउन, येशू यो संसारमा ओर्ली आउनुभयो, हाम्रा सबै पापहरु उठाइलैजानुभयो अनि हामीलाई दण्डबाट बचाउन उहाँको जीवनद्वारा मुल्य चुकाउनुभयो । यो परमेश्वरको प्रेम हो जसले हामीलाई हाम्रा सबै पापहरुबाट बचाउँछ ।
हामीले असत्यमाथि बिजय हासिल गर्नैपर्छ । असत्यमाथि बिजय हासिल गर्नेहरुलाई परमेश्वरले पानी र आत्माबाट नयाँ गरी जन्मने आशिष दिनुहुन्छ । हामीहरु येशूमा विश्वास गरेर बचाइएकाछौं । उहाँको वचनमा विश्वास गरेर, हामीले धार्मिकता प्राप्त गरेकाछौ अनि सत्यलाई बुझेकाछौं । पानी र आत्माबाट नयाँ गरी जन्मने सत्यतालाई तपाईं आफ्नो हृदयमा विश्वास गर्नुहोस्, अनि बचाइनुहुनेछ ।