( प्रेरित १ : ४–८ )
तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, “तिमीहरू यरुशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतिक्षा गर । यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ ।” किनभने यूहन्नाले त पानीले बप्तिष्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरुको बप्तिष्मा हुनेछ ।” यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राइल राज्यको पुनस्र्थापन गरिदिनुहुनेछ ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन । तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरु यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।”
पवित्र आत्माको बास परमेश्वरको उपहार हो
या आफ्नै प्रयासको फल ?
यो ती व्यक्तिलाई उपहार हो जसको पाप क्षमा भएको छ,
र परमेश्वरको वचनको पूर्णता हौ ।
कुनैबेला मैले प्रार्थनाद्वरा पवित्र आत्माको ज्वाला जस्तो चीज प्राप्त गरेको अनुभव गरेको थिए । तर त्यो ज्वाला धेरै बेर टिकेन, र संग्रहित पापले गर्दा चाँडै निभ्यो । तर, अब म तपाईंलाई पवित्र आत्माको बारेमा सत्य कुरा बताउने छु, जुन हामीमा अनन्त कालसम्म बास गर्नुहुनेछ, कुनै झुटो आत्माद्वारा होइन जुन पापले सजिलै निभ्दछ, तर साँचो सुसमाचारद्वारा । यो सन्देश मार्फत तपाईंलाई जुन पवित्र आत्माको परिचय गराउँछु त्यो कुनै प्रार्थनाद्वरा प्राप्त हुँदैन, तर पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा मात्र हुन्छ ।
यो पुस्तक मार्फत म तपाईंलाई पवित्र आत्माको बास प्राप्त1 गर्न डो¥याउन चाहन्छु । तपाईंले महसुस गर्नुहुनेछ कि मैले दिएको सन्देश पवित्र आत्माद्वारा प्रेरित छ । यो समयमा हामी सबैले पवित्र आत्माको बास पाऔं भन्ने परमेश्वरको प्रबल चाहना छ । यो एउटै किताबद्वारा तपाईं पवित्र आत्माको बासको बारेमा जान्नु हुनेछ र प्राप्त गर्नु हुनेछ । यदि यो पुस्तक पर्याप्त छैन भने, म तपाईंलाई मेरो पहिले प्रकाशित भएको दुईवटा पुस्तकहरू पढ्न सुझाव दिन्छु । यी पुस्तकहरू मार्फत तपाईंले परमेश्वरप्रति बलियो आस्था प्राप्त गर्नुहुनेछ ।
|
1पवित्र आत्मा पून : जन्मेको मानिसको हृदयमा बास गर्नुहुन्छ, जसको सम्पूर्ण पाप पानी र आत्माको सुसमाचारमा विश्वास गरेकोले क्षमा गरिएको हुन्छ । जब वहाँ सन्तकोमा आउनुहुन्छ, सदाका लागि बास गर्नुहुन्छ, र कहिल्यै जानु हुन्न, जबसम्म ऊ सुसमाचारमा विश्वास गर्छ । वहाँले सन्तहरुलाई बलियो आस्था दिनुहुन्छ, र प्रभुको इच्छा जान्न डो¥याउनु हुनछ , संसारका अप्ठ्याराहरुमाथि विजय पाउन बल प्रदान गर्नुहुन्छ, र आत्माको अथाह फल फलाउनु हुन्छ । प्रभुले सन्तको शरीरलाई पवित्र आत्माको बासद्वारा गरिमामय पार्नुहुन्छ । (पे्ररित २:३८–३९, यूहन्ना १४:१६, १६:८–१०, १ कोरिन्थी ३:१६, ६:१९, गलाती ५:२२–२३)
|
यो पुस्तक मार्फत म तपाईंलाई पवित्र आत्माको बास प्राप्त गर्न डो¥याउँन चाहन्छु । तपाईंले महसुस गर्नुहुनेछ कि मैले दिएको सन्देश पवित्र आत्माद्वारा प्रेरित छ । यो समयमा हामी सबैले पवित्र आत्माको बास पाऔं भन्ने परमेश्वरको प्रबल चाहना छ । यो एउटै किताबद्वारा तपाईं पवित्र आत्माको बासको बारेमा जान्नुहुनेछ र प्राप्त गर्नुहुनेछ । यदि यो पुस्तक पर्याप्त छैन भने, म तपाईंलाई मेरो पहिले प्रकाशित भएको दुईवटा पुस्तकहरू पढ्न सुझाव दिन्छु । यी पुस्तकहरू मार्फत तपाईंले परमेश्वरप्रति बलियो आस्था प्राप्त गर्नुहुनेछ ।
धेरै ईसाईहरु पवित्र आत्मा त्यसरी नै पाउन चाहन्छन जसरी वहाँ येशूका चेलाहरुमाथि पेन्टेकोस्टको दिनमा अवतरित हुनुभएको थियो । केहि मानिसहरुले यो विधि प्रयोग गरेर धेरै धन कमाएका छन् । उनीहरु के ठान्छन् भने पवित्र आत्मा त्यस्तो चीज हो जुन मानव प्रयत्नद्वारा प्राप्त हुन्छ । उनीहरु दृश्य हेर्न चाहन्छन्, चमत्कार गर्न चाहन्छन्, येशूको वाणी सुन्न चाहन्छन्, अनौठो भाषामा बोल्न चाहन्छन्, रोगहरु निको पार्न चाहन्छन् र दुष्टात्मालाई बाहिर निकाल्न चाहन्छन् । तथापि, उनीहरको हृदयमा पाप हुन्छ, दुष्टात्माको प्रभाव भित्र हुन्छन् (एफिसी २:१–२) । अहिले पनि धेरै मानिसहरु आफू दुष्टात्माको शक्ति भित्र रहेको जान्दैनन् र यसरी नै बाँचिरहेछन् । यसैकारणले शैतानले उनीहरुलाई सबै प्रकारको तरिका, जस्तै चमत्कार र अनौठो कुराद्वारा लोभ्याउँछ र झुक्याउँछ जुन वास्तबमा भ्रममात्र हो ।
येशूले आदेश दिनुभयो “तिमीहरू यरुशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतिक्षा गर (प्रेरित १::४)। प्रेरितमा प्रकट गरिएको पवित्र आत्माको प्राप्ति कुनै “अनुभव,” “समर्पण” अथवा “पश्चातापको प्रार्थनाद्वारा,” हँुदैन तर परमेश्वरको उनीहरुलाई “पवित्र आत्मा दिने प्रतिज्ञाको प्रतिक्षाद्वारा” हुन्छ । हामीले यस खण्डबाट के सिक्नु पर्छ भने पवित्र आत्माको बास मानिसहरुको हताश प्रार्थनाद्वारा हुँदैन । यो त प्रभुको उपहार हो, जुन परमपिता र पुत्र येशू द्वारा मानवजातिलाई प्रदान गरिएको पानी र आत्माको सुन्दर सुसमाचारमा पूर्ण विश्वास गर्नाले पाइन्छ । साँचो पवित्र आत्माको बास येशू ख्रीष्टद्वारा प्रदान गरिएको सुसमाचारमा आस्थाद्वारा मात्र हुन्छ । प्रभुले हामीलाई पानी र आत्माको सत्य दिनुभएको छ ताकि हामी पवित्र आत्माको बास प्राप्त गर्न सकौं (१ यूहन्ना ३:३–५)
यो वाक्यांश “पवित्र आत्माको प्रतिज्ञा” धेरै चोटि नयाँ करारमा देखा पर्छ । पत्रुस आफ्नो प्रवचनमा ( प्रेरित २:३८–३९) पेन्टेकोस्टको दिनमा पवित्र आत्माको बप्तिष्माको सम्बन्धमा भन्छन्, “यो परमेश्वरको प्रतिज्ञा हो कि उनीहरुलाई पवित्र आत्मा प्रदान गर्ने जसको सम्पूर्ण पाप सुन्दर सुसमाचारमा विश्वास गरेकोले क्षमा भएको छ ।
पवित्र आत्माको बास उपहार हो जुन उनीहरुलाई प्रदान गरिन्छ जसको पाप क्षमा भएको छ, र परमेश्वरको प्रतिज्ञा पूरा हुन्छ । नयाँ करारमा उल्लेखित पवित्र आत्मा त्यस्तो चीज होइन जुन परमेश्वर र मानिस बीच लेनदेनबाट प्राप्त हुन्छ, तर परमेश्वरद्वारा प्रतिज्ञा गरिएको उपहार हो । त्यसकारण, पवित्र आत्मा, जसरी पे्ररितमा प्रकट भएको छ, त्यस्तो चीज होइन जुन प्रार्थनाद्वारा प्राप्त हुन्छ (प्ररित ८:१९–२०) ।
पवित्र आत्मा उनीहरुमा मात्र आउनुहुन्छ जो येशूले दिनुभएको पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् । येशूले आफ्ना चेलाहरुलाई पवित्र आत्मा पठाइदिने प्रतिज्ञा गर्नुभयो ताकि उनीहरुले पवित्र आत्माको बास पाऊँन् । “किनभने यूहन्नाले त पानीले बप्तिष्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरुको बप्तिष्मा हुनेछ”(पे्ररित १:५)। त्यसैले वहाँका चेलाहरुले परमेश्वरको प्रतिज्ञाको पूर्णताको प्रतिक्षा गरे ।
बाइबलमा जसले पवित्र आत्मा प्राप्त गरे उनीहरुको आस्था हेर्दा, हामी के महसुस गर्छौं भने त्यो उनीहरुका प्रयासले नभई परमेश्वरको इच्छाले सम्पन्न भयो । पे्ररितमा उल्लेखित चेलाहरुमा भएको पवित्र आत्माको बास कुनै मानवीय प्रयास अथवा आध्यात्मिक उपलब्धिबाट भएको थिएन
पवित्र आत्माको चेलाहरुमा अवतरण, जसरी पे्ररितमा लेखिएको छ, चाँडै भयो । यो येशूले भने झैं, “अबका थोरै दिनमा,” सम्पन्न भयो । प्रारम्भिक मण्डलीको समयमा यो नै पहिलो आशिष् थियो । धर्मशास्त्रमा हेर्दा, हामी के देख्न सक्छौ भने, परमेश्वरको प्रतिज्ञा उपवास, प्रार्थना अथवा आत्मबलिदानबाट पूरा भएन, तर येशूमा विश्वास गर्नाले भयो । येशूको स्वर्गारोहण पछि, विश्वासीहरुले पापको क्षमा र पवित्र आत्माको बास एकै चौटि पाए ।
पवित्र आत्मा येशूका चेलाहरुमा स्वर्गबाट अकस्मात् आउनुभयो !
“जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए (पे्ररित २:१) ।” येशूका चेलाहरु एकै ठाउँमा भेला भए जब उनीहरु पवित्र आत्मा पाउन परमेश्वरको प्रतिज्ञाको सम्पन्नताको प्रतिक्षामा थिए । र पवित्र आत्मा अन्ततः उनीहरुमा आउनु भयो ।
“अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरुजस्ता तिनीहरुकहाँ देखा परे, र भाग–भाग भएर तिनीहरु हरेकमाथि बसे । अनि तिनीहरु सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे” (प्रेरित २:२–४) ।
पवित्र आत्मा उनीहरुमा ‘स्वर्गबाट अकस्मात् आउनुभयो ।’ यहाँ “अकस्मात्” भन्ने शब्दले के जनाउँछ भने यो मानिसको इच्छाबाट भएको थिएन । यसका अतिरिक्त, “स्वर्गबाट” भन्ने वाक्यांशले पवित्र आत्मा कहाँबाट आउनुहुन्छ भन्ने बुझाउँछ, र पवित्र आत्माको बास मानवीय प्रयासबाट प्राप्त हुन्छ भन्ने कुरालाई गलत सिद्ध गर्दछ । “स्वर्गबाट” भन्ने वाक्यांशले के देखाउँछ भने पवित्र आत्मा प्रार्थनबाट पाइन्छ भन्ने कुरा मिथ्या दाबी हो ।
अर्को शब्दमा, पवित्र आत्मा स्वर्गबाट अकस्मात् आउनुभयो भन्नुको अर्थ वहाँको बास सांसारिक विधि, जस्तै अनौठो भाषामा बोल्नु अथवा आत्म–बलिदानबाट सम्पन्न हुँदैन । येशूका चेलाहरुले शुरुमा अन्य भाषामा बोले ताकि उनीहरु सुन्दर सुसमाचार प्रत्येक देशका मानिसलाई सुनाउन सकून् । यसको कारण के थियो भने उनीहरु विदेशी भाषा बोल्ने यहूदीहरुलाई पनि उनीहरुकै भाषामा पवित्र आत्माको मद्दतद्वारा सुसमाचार सुनाउन समर्थ भए। प्रत्येक देशका मानिसहरु छक्क परे जब चेलाहरुले उनीहरुकै भाषामा बोल्न थाले, जबकि अधिकांश चेलाहरु गालीलका बासिन्दा थिए ।
“आगोका जिब्राहरुजस्ता तिनीहरूकहाँ देखा परे, र भाग–भाग भएर तिनीहरु हरेकमाथि बसे । अनि तिनीहरु सबै जना पवित्र आत्माले भरिए” (पे्ररित २:३–४) । यहाँ हामीले यो वाक्यांशमा विशेष ध्यान दिनुपर्छ, पवित्र आत्मा “ तिनीहरू हरेकमाथि बसे ।” चेलाहरु पवित्र आत्माको आगमनको प्रतिक्षामा एकै ठाउँमा भेला भए, उनीहरु पहिले नै पानी र आत्माको सुसमाचारद्वारा पूनः जन्मिनुमा विश्वास गर्थे ।
धेरै ईसाईहरु अचेल यस खण्डको अंशलाई गलत बुझ्छन्, उनीहरु प्रार्थना गर्दा पवित्र आत्मा आउँनुहुँदा हावा चलेको जस्तो आवाज आउँछ भनी सोच्छन् । तर, यो पवित्र आत्माको बारेमा गलत बुझाइ हो जुन अज्ञानता र अन्योलबाट उत्पन्न हुन्छ । के पवित्र आत्माले त्यस्तो आवाज बनाउनुहुन्छ जब वहाँ मानिसमा आउनुहुन्छ ? अहँ, होइन ।
मानिसहरुको कानले जे आवाज सुन्छ त्यो आवाज शैतानले मानिसको आत्मा निल्दा उत्पन्न भएको आवाज हो । उसले पवित्र आत्माको जस्तै रुप धारण गर्दछ र यो आवाज तब निकाल्छ जब ऊ भ्रम फैलाउँदछ, आवाज नक्कल गर्दछ र झुटा चमत्कारहरु गर्दछ ताकि मानिसहरु अन्योलमा हामफालून् । मानिसहरु यी कुराहरुलाई पवित्र आत्माको आगमनको प्रमाण ठान्ने भूल गर्छन् । उनीहरु के पनि सोच्छन् भने पवित्र आत्मा आउनुहुँदा ठूलो हुरीको जस्तो आवाजमा आउनुहुन्छ । उनीहरु शैतानद्वारा भ्रमित छन् । पवित्र आत्माको प्राप्ति जसरी प्रेरितमा अभिलेख गरिएकौ छ, मात्र सुन्दर सुसमाचारमा आस्थाद्वारा हुन्छ ।
पत्रुसको आस्था (१ पत्रुस ३:२१) उसलाई पवित्र आत्माकौ बास
प्राप्त गराउन पर्याप्त थियो
प्रेरित २ मा पहिलो पेन्तिकोसको घट्नालाई अभिलेख गरेर, परमेश्वरले पानी र आत्माको सुुुसमाचारमा पहिले नै विश्वास गरेकोले उनीहरुले पवित्र आत्माको बास प्राप्त गर्न सके भन्ने सत्य कुरामा जोड दिन खोज्नु भएको छ । तर मानिसहरु प्रायः के सोच्छन् भने “पेन्तिकोस” चाहिं त्यो दिन हो जुन दिन पवित्र आत्मा अलौकिक चमत्कार र तुफान सहित स्वर्गबाट तल झर्नुहुन्छ ।
यसैकारणले अचेल रिभाइभल मिटिङ्गमा, यो विश्वास गरिन्छ कि पवित्र आत्मा प्रार्थनाद्वारा, उपवासद्वारा, अथवा शिरमा हात राखेर पाउन सकिन्छ । यस्ता घटनाहरु जस्तै दुष्टात्माको प्रवेश, धेरै दिनसम्म सम्मोहित हुनु, अनियन्त्रित रुपले काम्नु पवित्र आत्माको काम होइन ।
पवित्र आत्मा विवेकशील हुनुहुन्छ र मानिसको व्यक्तित्वलाई बेवास्ता गर्नुहुन्न । वहाँ मानिससित दुव्र्यवहार गर्नुहुन्न किनकि वहाँ प्रभु हुनुहुन्छ र वहाँसित बुद्धि, संवेग, र इच्छाशक्ति छ । वहाँ मानिसमा तब मात्र आउनुहुन्छ जब उनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् (पे्ररित २ : ३८) ।
पत्रुसले गवाही दिए कि पवित्र आत्मा अगमवक्ता योएलले भनेझैं चेलाहरुमा आउनु भयो । यो परमेश्वरको प्रतिज्ञाको सम्पन्नता थियो, जसले भन्थ्यो पवित्र आत्मा उनीहरुमा आउनुहुनेछ जसले पापबाट मुक्ति पाउँछन् । अर्को शब्दमा, पवित्र आत्माको बास उनीहरुले पाउँछन् जो यस सत्यमा विश्वास गर्छन् कि येशूले यूहन्नाद्वारा बप्तिष्मा पाउनुभयो र क्रूसमा टाँगिनु भयो र सम्पूर्ण मानवजातिलाई पापबाट बचाउनु भयो । पत्रुसको प्रवचनले, योएलको अगमवाणीसँगै, के देखाउँछ भने हामीले येशूले किन बप्तिष्मा पाउनु भयो र हामीले किन यसमा विश्वास गर्नुपर्छ भन्ने कुरा जान्नुपर्दछ । यो सत्यलाई जान्नाले ईसाईहरुलाई पवित्र आत्मा प्राप्त गर्न डो¥याउने छ ।
के तपाईं त्यो सुन्दर सुसमाचारमा विश्वास गर्नुहुन्छ जसको गवाही पत्रुस दिन्छन् ? (१ पत्रुस ३:२१)अथवा तपाईं अझैं पनि काम नलाग्ने र असान्दर्भिक अन्धविश्वासमा हुनुहुन्छ ? के तपाई परमेश्वरको योजनालाई खयाल नगरी आफ्नै कार्यद्वारा पवित्र आत्मा पाउन चाहनुहुन्छ? यदि कसैले परमेश्वरमा विश्वास गरेर पाप पखाल्ने आशाले प्रायश्चितको प्रार्थना गरे पनि पवित्र आत्माको बास प्राप्त गर्न पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुको विकल्प छैन ।
के अझै पवित्र आत्माको बास प्राप्त गर्न प्रतिक्षारत हुनुहुन्छ, जबकि तपाईंलाई पानी र आत्माको सुसमाचारको कुनै ज्ञान छैन? के तपाईंलाई येशूको बप्तिष्मा र वहाँको क्रूसमा बगेको रगतको साँचो अर्थ थाह छ, जसले तपाईंको हृदयमा पवित्र आत्माको बास गराउँदछ ? तपाईंले के जान्नुपर्छ भने पवित्र आत्माको बास त्यतिबेला मात्र सम्भव छ जब तपाईं पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुहुन्छ । साँचो अर्थमा पवित्र आत्माको बास उनीहरुलाई मात्र प्रदान गरिन्छ जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दछन् । हामी परमेश्वरलाई वहाँको पानी र आत्माको सुसमाचार प्रदान गर्नुभएकोमा धन्यवाद दिन्छौं, जसले हामीलाई पवित्र आत्माको बास गराउँछ ।