• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ८: पवित्र आत्मा

< 8-2 > के साँच्चै कसैले पवित्र आत्मालाई आफ्नो प्रयासद्वारा किन्न सक्छ ? (प्रेरित ८ : १४ –२४)

( प्रेरित ८ : १४ –२४ )
“सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरुले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए । उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन भनेर तिनीहरूका निम्ति प्रार्थना गरे । किनकि त्यतिन्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन । तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो । तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए । अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस् ।” तर पत्रुसले भने, “तेरा रुपियाँ तसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस् । यस विषयमा न ता तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ । यसकारण तेरो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढा, र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला । किनकि म देख्तछु, तँ तिक्ताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस् ।” तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस् ।”
 
के शिरमा हात राख्ने क्रियाद्वारा
व्यक्तिले पवित्र आत्मा प्राप्त गर्न सक्छ ?
अहँ,सक्तैन । उसले पानी र आत्माको
सुसमाचारमा विश्वास गर्नुपर्छ ।
 
मुख्य खण्डमा आधारित भएर, म यसमा सन्देश दिन चाहन्छु कि “के कसैले पवित्र आत्माको बास आफ्नै प्रयासद्वारा पाउन सक्छ ।” प्रेरितहरुले चर्चको प्रारम्भिक कालमा परमेश्वरबाट शक्ति प्राप्त गरे र उनीहरु विभिन्न ठाउँमा पठाइए । प्रेरितमा थुप्रै अलौकिक घट्नाहरु छन्, ती मध्ये एउटा पवित्र आत्माको विश्वासीहरुमा अवतरण हो जब प्रेरितहरुले उनीहरुको शिरमा हात राखे । बाइबल भन्छ,“जब प्रेरितहरूले उनीहरूको शिरमा हात राखे जसले येशूमा विश्वास गरे पनि अझै पवित्र आत्मा प्राप्त गरेका थिएनन्, उनीहरूले पवित्र आत्मा प्राप्त गरे ।”
त्यसो भए कसरी उनीहरुले हात राख्दा पवित्र आत्मा प्राप्त भयो त ? त्यो बेलामा परमेश्वरको वचन लेखिदैं थियो र काम सम्पन्न भएको थिएन, त्यसैले यसको लागि परमेश्वरले प्रेरितहरुलाई विशेष शक्ति प्रदान गर्नुभयो । वहाँ प्रेरितहरुको साथमा हुनहुन्थ्यो र उनीहरुद्वारा धेरै चमत्कार र अनौठो कुराहरु गर्नुभयो । त्यो बेला एउटा विशेष समय थियो जब परमेश्वरले धेरै चमत्कार र अनौठों कामहरु गर्नुभयो ताकि मानिसहरुले देखून र येशू परमेश्वरको पुत्र र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरामा विश्वास गरून् । पवित्र आत्माको कामलाई सशक्त ढङ्गले देखाउनु परमेश्वर र प्रेरितहरुलाई आवश्यक थियो ताकि मानिसहरुलाई प्रमाणि गर्न सकियोस कि येशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ र वहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, एउटा उद्धारक । यदि चर्चको प्रारम्भिक कालमा पवित्र आत्माले चम्तकार र अनौठा कामहरु नगर्नुभएको भए, कसैले पनि येशू उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्दैन थिए ।
तथापि, हामीले पनि पवित्र आत्मा दृश्य चमत्कार र अनौठो घट्नाद्वारा प्राप्त गर्नुपर्छ भन्ने जरुरी छैन, किनकि बाइल पूरा भैसकेको छ । बरु, पवित्र आत्माको बास अब आस्थामा निर्भर हुन्छ । अर्को शब्दमा, सत्यको सुसमाचारमा विश्वास गर्नाले हुन्छ । परमेश्वरले पवित्र आत्माको बास उनीहरुलाई दिनुहुन्छ जो परमेश्वरको अगाडि सत्यको सुसमाचारमा विश्वास गर्छन् । पवित्र आत्माको बास तब मात्र हून्छ जब परमेश्वरको वचनमा विश्वास गरिन्छ, जुन येशूको यस संसारमा आगमन र वहाँको बप्तिस्मा र रगतद्वारा सम्पन्न भएको छ ।
अचेल, धेरै पास्टरहरुले विश्वासीहरुलाई के सिकाउँछन् चमत्कारका दृश्य घट्नाहरु पवित्र आत्माको बासको चिन्हहरु हुन् । र विश्वासीहरुलाई सोही किसिमले पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछन् । उनीहरु मानिसहरुलाई झूटा शिक्षा प्रदान गरेर ठग्दछन्, जस्तै अनौठो भाषामा बोल्नु पवित्र आत्माको चिन्ह हो भन्दछन् । यी पास्टरहरु आफूलाई प्रेरित ठान्दछन् जो ठूला चमत्कार र अनौठा कार्यहरु गर्दछन्, र उनीहरु धार्मिक कट्टरपन्थीहरुको ध्यान आकृष्ट गर्दछन् जो परमेश्वरलाई आफ्नो संवेगद्वारा अनुभूति गर्न चाहन्छन् ।
यो कट्टरवाद संसारभरिको ईसाईमा फैलिएको छ, र धेरैजसो यसमा विश्वास गर्छन् र अलौकिक माध्यमबाट दुष्टात्मा पाउँछन् । अहिले पनि, ती मानिसहरु जो धार्मिक कट्टरवादबाट प्रभावित छन् के सोच्छन् भने उनीहरु हात राखेर अरूमा पवित्र आत्माको बास गराउँन सक्छन् ।
तथापि, सिमोनझैं भ्रमित, उनीहरु जादुगर जस्तै हुन् जो यस खण्डमा प्रकट हुन्छ । उनीहरु आत्मसन्तुष्टि र भौतिक लोभले मात्तिएका छन्, तर उनीहरुका कार्यले मानिसहरुमा भ्रम मात्र उत्पन्न गराउँछ । यस किसिमको झूटो शिक्षाले परमेश्वरको अगाडि पवित्र आत्मा प्राप्त गर्ने सही मार्गबाट विमुख गराउँछ ।
अहिले पनि, धेरै झूटा अगमवक्तहरु आफ्ना गलत धार्मिक अभ्यासद्वारा शैताको काम गर्छन्, तर पवित्र आत्माको काम गरेजस्तो देखाउँछन् । सच्चा ईसाईहरुले परमेश्वरको वचनमा ध्यान दिनुपर्छ, र यसको ज्ञान नै पवित्र आत्माको बास प्राप्त गर्ने एक मात्र उपाय हो । तथाकथित पेन्टेकोस्टलिस्टहरु, जो शारीरिक अनुभवमा अति जोड दिन्छन्, उनीहरुले आफ्नो वाहियात आस्थालाई मिल्काउनुपर्छ, परमेश्वरको वचनमा फर्किनुपर्छ र सत्यमा विश्वास गर्नपर्छ, जसले निश्चित रुपले पवित्र आत्माको बास प्राप्त गर्न उनीहरुलाई डो¥याउँछ ।
त्यो बेला सिमोन सामरियाको एक प्रसिद्ध जादुगर थियो । येशूका चेलाहरूले मानिसहरुलाई पवित्र आत्मा प्रदान गरेको देखेर, उसले रुपियाँ दिएर पवित्र आत्मा किन्न खोज्यो । यस किसिमको विश्वास हुने मानिसहरु निश्चित रुपले शैतातको दास बन्दछन्, र शैताले आफ्नो काम गर्न उनीहरुलाई प्रयोग गर्छ । सिमोन पवित्र आत्मा प्राप्त गर्न चाहन्थ्यो तर उसको चाहना लोभभन्दा बढ्ता केहि थिएन । हामी हेर्न सक्छौं कि यस किसिमको आस्था साँचो आत्मा–प्राप्तिको आस्था होइन ।
सिमोन रुपियाँ दिएर पवित्र आत्मा किन्न चाहन्थ्यो किनभने उसलाई आफ्नै शक्ति बढाउने इच्छा थियो । यसको लागि उनलाई परमेश्वरका सेवक, पत्रुसले बेस्सरी हकारे । यद्यपि यो भनिन्छ कि सिमोन येशूमा विश्वास गथ्र्यो, तर ऊ पापको क्षमाद्वारा पवित्र आत्मा प्राप्त गरेको मानिस थिएन । अर्को शब्दमा, ऊ के सोच्थ्यो भने परमेश्वरलाई सांसारिक वस्तु दिएर पवित्र आत्माको बास पाउन सकिन्छ ।
बाहिरबाट उसको रूप हेर्दा ऊ येशूमा विश्वासी भएता पनि, उसका भित्री विचारहरू येशूको साँचो वचनसँग असम्बन्धित थिए । ऊ सांसारिक लोभले भरिएको थियो । पत्रुस, सिमोनको विचारलाई जान्दथिए, र उसलाई पवित्र आत्मा, जुन परमेश्वरको उपहार हो, मात्र रुपियाँले किन्न खोजेकोमा बेस्सरी हप्काए भयो । उनले सिमोनलाई रुपियाँसँगै तिमी पनि नाश हुनेछौ भन्न्ुभयो ।
अचेल, दुष्टात्माद्वारा बास गरिएका झूटा अगमवक्ताहरु मानिसहरुलाई सारा चमत्कार र अनौठा कार्यहरु पवित्र आत्माद्वारा गरिन्छन् भन्ने कुरा विश्वास गर्न लगाएर ठग्न चाहन्छन्। हामी अक्सर यस्ता मानिसहरु देख्न सक्छौं जो यस किसिमको शक्तिको प्रशंसा गर्छन् र पवित्र आत्मा प्राप्त गर्नको लागि अभिरूचिपूर्ण प्रार्थना गर्छन् । तथापि, हामीले के दिमागमा राख्नु पर्छ भने सांसारिक लोभद्वारा गरिको प्रार्थनाले हामी पवित्र आत्माको बास प्राप्त गर्न सक्दैनौ ।
के तपाईंको माझमा पनि संयोगवस कुनै करिज्मेटिक व्यक्तिहरु छन् ? तपाईं यस्ता व्यक्तिहरुदेखि चनाखो हुनुपर्छ । उनीहरु कट्टर आस्था भएका हुन्छन् र अरुलाई यसै गर्न भन्छन् । उनीहरु दुष्टात्मालाई बाहिर निकाल्न सक्छौं भन्छन् र हात राखेर मानिसहरुलाई पवित्र आत्मा पनि दिलाउन सक्छौं भन्छन् । तथापि, उनीहरुसँग शक्ति त हुन्छ, तर पवित्र आत्माको होइन, दुष्टात्माको । जसले शिरमा हात राख्ने क्रियाद्वारा पवित्र आत्मा प्राप्त भएको ठोकुवा गर्छ उसले आफू र अरूलाई पनि मात्र दुष्टात्मा प्राप्त गर्न डो¥याउँछ ।
पवित्र आत्माको साँचो अर्थमा बास उनीहरुमा हुन्छ जो पानी र आत्माको वचनमा विश्वास गर्दछन् (यूहन्ना ५:३–७) । पानी र आत्माको सुसमाचार बाइबलमा प्रष्ट लेखिए पनि मानिसहरु हृदयमा पाप भएको कारणले, उनीहरु अलौकिक शक्ति र अनुभव जस्तै सम्मोहन, अनौठो भाषामा बोल्नु, दिव्य दृष्टि र दुष्टात्मालाई बाहिर निकाल्ने आदि विधिद्वारा प्रभुकहाँ पुग्न चाहन्छन् । यहि कारणले झूटा अगमवक्ताहरुले मानिसहरुलाई झुक्याउन सकेका छन् र शैतानद्वारा उत्पन्न अन्धविश्वासले भरिएको ईसाईयतमा विश्वास गराउन सफल भएका छन् । पत्रुसले सिमोनलाई यसो भनेर हपारे, “तेरा रुपियाँ तसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस् । यस विषयमा न ता तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ । किनकि म देख्तछु, तँ तिक्ताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस् । तँ शैतानको छोरो होस् ।” हामीले अफ्सोस मान्नु पर्छ कि यस्ता किसिमका पास्टरहरु अचेल धेरै छन् । तिनीहरुमध्ये धेरै जना आकर्षणयुक्त हुन्छन् । यिनीहरु भीडबाट रुपियाँ माग गर्दछन् । हामी यस प्रकारको आस्थादेखि टाढा रहनुपर्छ र पवित्र आत्माको बास पानी र आत्माको साँचो सुसमाचारमा विश्वासद्वारा प्राप्त गर्नुपर्छ (मत्ती ३:१५, १ पत्रुस ३:२१, यूहन्ना १:२९, यूहन्ना १९:२१–२३) ।
 
 
करिज्मेटिक मानिसहरु हात राखेर काम गर्छन् !
 
हामी यस किसिमको आस्थादेखि टाढा रहनुपर्दछ । केहि मानिसहरु अचेल कस्तो वाहियात आस्था राख्छन् भने पवित्र आत्मा प्राप्त गर्न शक्ति पाएकाहरुले उनीहरुको शिरमा हात राखिदिनुपर्छ । उनीहरु किन यस्तो सोच्छन् भने शास्त्रमा पनि जब प्रेरितहरुले मानिसहरुका शिरमा हात राखिदिन्थे उनीहरुले पवित्र आत्मा प्राप्त गर्दथे, र यस्तै अहिले पनि हुनुपर्छ भन्ठान्छन् । केही ठगहरु यस्तो पनि वाहियात आस्था राख्छन् कि उनीहरु हात राखेर अरूलाई पवित्र आत्माको बास प्रदान गर्न सक्छन् । हामीले यस्ता व्यक्तिहरुको उपस्थितिदेखि होशियार हुनुपर्छ ।
तथापि, हामीले दिमागमा के राख्नुपर्छ भने उनीहरुको आस्था चर्चको प्रारिम्भक कालको प्रेरितहरुको भन्दा धेरै भिन्न छ । अहिले केही ईसाईहरुको आस्थाको सबैभन्दा गम्भीर चुनौती के हो भने उनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गर्दैनन् । उनीहरु परमेश्वरमा विश्वास गर्छौ भन्छन्, तर उनीहरु परमेश्वरलाई प्रेम गर्दैनन् बरू आफैलाई र अरूलाई धोका दिन्छन् । तथापि, एउटा पापीले न त पवित्र आत्माको बास प्राप्त गर्न सक्छ न त अरूलाई प्राप्त गराउन सक्छ । यदि कसैले पापीमा पवित्र आत्मा आएको भन्छ भने, यो आत्मा साँच्चै पवित्र आत्मा होइन; बरू शैतानको आत्मा हो जो साँचो आत्माको जस्तो ढोङ्ग गर्दछ ।
चर्चको प्रारम्भिक कालका प्रेरितहरु यो जान्दथे र विश्वास गर्थे कि येशू नै उद्धारकर्ता हुन्, जसले मानवजातिको सम्पूर्ण पाप यूहन्नाद्वारा आफ्नो बप्तिस्मा र क्रूसमा मृत्यु मार्फत हटाए । उनीहरु पवित्र आत्माको बास पाउन सफल भए किनभने उनीहरुले येशूको बप्तिस्मा र क्रूसमा बगेको रगतको सत्यतामा विश्वास गरे । उनीहरुले अरूलाई पानी र आत्माको सुसमाचारको सन्देश सुनाए, र उनीहरुलाई पनि पवित्र आत्माको बास पाउन मद्दत गरे ।
तर अचेल, धेरै ईसाईहरुसँग गलत र कट्टर आस्था छ । के यो साँच्चै सम्भव छ एउटा पापीले अर्को पापी मिनिस्टरबाट हात राखेर पवित्र आत्मा पाउनलाई ? यो पूर्णत वाहियात हो । यस्ता मानिसहरु पनि छन् जो हृदयमा पाप भए पनि, पवित्र आत्माको बास प्राप्त भएको कुरा गर्छन् । आफ्ना चेलाहरुको आँखामा कोही असल गोठालो जस्तो देखिए पनि उसले पवित्र आत्माको बास प्राप्त गराउन सक्दैन यदि उसको हृदयमा पाप छ भने ।
तैपनि, धेरै मानिसहरुसँग यस्तो गलत आस्था छ । यहि त कारण हो कि यति धेरै झूटा अगमवक्ताहरु मानिसहरुलाई नर्कमा डो¥याउन सक्षम छन् । तपाईंले यो तथ्यलाई जान्नुपर्छ कि जसले यस्तो खालको आस्था सिकाउँछन् उनीहरु झूटा अगमवक्ता हुन् । यी त्यस्ता व्यक्तिहरु हुन् जो पहिले नै शैतानद्वारा कब्जा पारिएका छन् ।
यदि कुनै व्यक्तिको हृदयमा पाप छ भने, के पवित्र आत्मा उसकोमा बास गर्नुहुन्छ ? यसको उत्तर हो, गर्नुहुन्न । त्यसो भए के यो सम्भव छ एउटा व्यक्ति जसको हृदयमा पाप छ उसले अरू व्यक्तिलाई पवित्र आत्माको बास प्राप्त गराउन सक्छ ? फेरि, उत्तर हुन्छ, सक्दैन । त्यसो भए केले अचेल करिज्मेटिक व्यक्तिलाई ईसाईयतमा चम्तकार र अनौठा कुराहरु गर्न सघाउँछ त, जबकि उनीहरुको हृदयमा पाप हुन्छ ? उनीहरुलाई दुष्टात्माले सघाउँछ । पवित्र आत्मा पापीमा कदापि बास गर्नुहुन्न । वहाँ उनीहरुकोमा बास गर्नुहुन्छ जो पानी र आत्माको सुसमाचारमा आस्था राख्दछन् । के तपाईं ढुक्क हुनुहन्छ तपाईंकोमा बास गर्ने आत्मा पवित्र आत्मा नै हो भनेर ?
यूहन्ना ३:५, मा येशू भन्नुहुन्छ, “कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन ।” यसो हो भने, पवित्र आत्माको बास पानी र आत्माको साँचो सुसमाचारमा विश्वास गर्नाले मात्र प्राप्त हुन्छ । अचेल धेरै ईसाईहरुले गर्ने गल्ती के हो भने उनीहरु पापी मिनिस्टरहरुले पनि हात रा।खिदिए पवित्र आत्माको बास प्राप्त हुन्छ भनेर ठान्छन् । यो भयंकर गल्ती हो । हिजोआज, धेरै ईसाईहरु र मिनिस्टरहरु हात राखैर पवित्र आत्माकौ बास प्राप्त हुन्छ भन्नै कुरामा विश्वस्त छन् ।
 
 
साँचो अर्थमा पापबाट मुक्ति र हात राख्नु बीचको सम्बन्ध
 
“हात राख्नु” एउटा त्यस्तो माध्यम हो जसद्वारा आफूसँग भएको केही कुरा अरुलाई हस्तान्तरण गर्न सकिन्छ ।” यसलाई यसरी बुझ्नुहोसः जब हामी माइक्रोफोनमा बोल्छौ, ध्वनि तार मार्फत एम्प्लीफायरमा प्रसारित हुन्छ र लाउड स्पिकरबाट निस्कन्छ अनि सबैले सुन्छन् । यसरी नै, पुरानो करारमा, जब एउटा पापीले आफ्नो हात होमबलिको टाउकोमा राख्थ्यो, उसको पाप त्यस्मा हस्तान्तरण हुन्थ्यो र उसले क्षमा पाउँथ्यो । यसै प्रकारले, जब परमेश्वरका सेवकहरुले मानिसको शिरमा हात राख्थे परमेश्वरको शक्ति हस्तान्तरण हुन्थ्यो । यस प्रकार, हात राख्नुको अर्थ “दिनु, हस्तान्तरण गर्नु ”भयो ।
करिज्मेटिक व्यक्तिहरुले हात राखेर पवित्र आत्माको बास गराउँदैनन्, बरू दुष्टात्मा प्रवेश गराइदिन्छन् । तपाईंले के याद राख्नुपर्छ भने दुष्टात्माको शक्ति पाएको व्यक्तिले अरूमा पनि हात राखेर दुष्टात्मा प्रवेश गराइदिन्छन् । जब एउटा दुष्टात्मा प्रवेश गरेको व्यक्तिले अरूको शिरमा आफ्नो हात राख्दछ, उसमा भएको दुष्टात्मा त्यो व्यक्तिमा सर्दछ, किनभने शैतानले पापीहरुद्वारा काम गर्दछ । यस कारण, सबैले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ यदि उनीहरु पवित्र आत्माको बास प्राप्त गर्न चाहन्छन् भने । येश्ूमा विश्वास गरेर पनि जो पापमा छन् उनीहरुमाथि शैतानले राज गर्दछ, यदि उनीहरु पापको क्षमा पाउन असफल भए भने ।
यदि कसैले शैतानले बास गरेको व्यक्तिबाट आफ्नो शिरमा हात राख्न लगाउँछ भने उसकोमा त्यो शैतान प्रवेश गर्दछ र झूटा चमत्कारहरु गर्न थाल्दछ । हामीले के बुझ्नु पर्छ भने हात राख्ने क्रियाद्वारा शैतानको बास हुन्छ, पवित्र आत्माको बास तब मात्र सम्भव हुन्छ जब हामी पानी र आत्माको सुसमाचारमा आस्था राख्दछौं ।
हात राख्ने विधि परमेश्वरद्वारा केही कुरा अरूमा हस्तान्तरण गर्न स्थापित भएको हो । तर शैतानले धेरै मानिसहरुलाई यो विधिद्वारा दुष्टात्मा प्रवेश गराउँदछ । अझ ठूलो समस्या त के छ भने अचेल धेरै मानिसहरु रुपियाँद्वारा पवित्र आत्मा किन्न चाहन्छन् ।
 
 
अधिकांश ईसाईहरु पवित्र आत्माकौ बासकौ सत्यलाई गलत
बुझ्दछन्
 
जब उनीहरुलाई पवित्र आत्माको बास कसरी प्राप्त गरिन्छ भनेर सोधिन्छ, धेरै जना मानिसहरु प्रायश्चितको प्रार्थना र उपवासद्वारा यो सम्भव हुन्छ भनेर भन्छन् । यो साँचो होइन । के पवित्र आत्मा तपाईंमा तब आउनुहुन्छ जब तपाईं परमेश्वरसँग विशेष प्रार्थना गर्नुहुन्छ ? होइन । पवित्र आत्माको बास उनीहरुमा मात्र हुन्छ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् ।
किनकि परमेश्वर सत्य हुनुहुन्छ, पवित्र आत्माको बासको लागि व्यवस्था स्थापित गर्नुभएको छ । के पवित्र आत्मा त्यो व्यक्तिको हृदयमा बास गर्नुहुन्छ जहाँ पाप छ ? यसको उत्तर निश्चित नै होइन हुन्छ । कसैले हात राखेर पवित्र आत्मा प्राप्त हुँदैन । यदि कोही रिभाइभल मिटिङ्गमा जान्छ र रोईकराई गरेर पवित्र आत्माको शक्ति पाउन परमेश्वरसँग प्रार्थना गरे पनि, पवित्र आत्मा उसको मुठ्ठिभन्दा बाहिर हुनुहुन्छ । प्रष्टै छ, पापीहरुले पवित्र आत्माको बास पाउन सक्दैनन् । पापीहरुले साँच्चै उपहारको रुपमा पवित्र आत्मा पाउन सक्छन, तर तब मात्र जब उनीहरुले पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा पापको क्षमा पाउँछन् ।
जसले पानी र आत्माको सुसमाचारको बारेमा जानेको छैन उसले पवित्र आत्माको बास पाउन सक्दैन । अचेल पानी र आत्माको सुसमाचार ईसाई साहित्य, चर्च मिटिङ्ग, इनटरनेट, र ईबुकमार्फत व्यापक रुपले प्रचार भइरहेको छ। त्यसकारण, जो साँचो सुसमाचारलाई खोज्दछ उसले यसमा विश्वास गर्दछ र पवित्र आत्माको बास प्राप्त गर्दछ । यदि तपाईंले अहिलेसम्म पवित्र आत्मा पाउनु भएको छैन भने, तपाईलें के महसुस गर्नुपर्छ भने सो पाउनको लागि तपाईंले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ ।
 
 
झूटा आस्थाको मुख्य उदाहरण !
 
अचेल जब हामी झूटा आत्मा प्राप्त गरेका मानिसहरुको लक्षण जाँच्दछौं हामी शैतानको वास्तविक अस्तित्व देख्न सक्छौं । “पवित्र आत्माको लागि रिभाइभल मिटिङ्ग”यस्तो जमघट हो जहाँ मानिसहरु पवित्र आत्मा प्राप्त गर्न व्यग्र हुन्छन् । यस्तो सभामा मानिसहरु थपडी मार्दै गरेको देख्न सकिन्छ र रुँदै अनि उपवास बस्दै प्रायश्चित्तको प्रार्थना गरिरहेका देखिन्छन् । प्रवचनकर्ता प्रार्थना गर्नेलाई उत्साही र उत्तेजित हुन सुझाव दिइरहेको हुन्छ किनकि उसको भनाइअनुसार यसो नगरिकन पवित्र आत्मा आउनुहुन्न । अनि मानिसहरु चिच्याउँछन्, “प्रभु” र उनीहरुको उत्तेजित प्रार्थना सुरु गर्छन् ।
के यस्ता धर्मान्धहरुले यस प्रकारले पवित्र आत्माको बास प्राप्त गर्दछन् ? अहँ । त्यस्ता सभाहरुमा तपाईं मानिसहरु चिच्याएको देख्नुहन्छ र उनीहरु लड्छन्, अनि काम्न थाल्छन्, साथै अनौठो आवज निकाल्छन् । कोही पछाडि लड्दै हुन्छन् र भुइँमा यता र उति काम्दै हुन्छन्, र हामी देख्न सक्छौ उनीहरु चिच्याउँछन् र अनौठो भाषामा बोल्न थाल्छन् । कोही सभामा जोडले कराउँछ र भीड संवेगले भरिभराउ हुन्छ । कसैलाई कम्पन हुनथाल्छ, र पुरै शरीर हल्लिन्छ र अनौठो भाषामा बोल्न थाल्छन् । मानिसहरु भन्छन् यस्तो घट्ना उनीहरुमा पवित्र आत्माको बासको प्रमाण हो । तर सोच्नुस् त शैतानले काम गर्दा के हुन्छ? के यस्तो पवित्र आत्माको काम हुन्छ ? निश्चित रुपले हुँदैन ।
 
 
शैतानले धेरै ईसाईहरुलाई झुक्याउँछ
 
अचेल धेरै ईसाईहरु, त्यस्तो धार्मिक जीवन जिउँछन् जस्तो शैतान चाहन्छ । शैतानले उनीहरुलाई के भनेर झुक्याउँछ भने कुनै शक्तिसाली मिनिस्टरलाई हात राख्न दिएर उनीहरुले पवित्र आत्मा प्राप्त गर्नुपर्छ । धेरै ईसाईहरु यसलाई औपचारिक सिद्धान्तको रुपमा स्वीकार गर्छन् । शैतानले पनि यस्तो धारणा मानिसको दिमागमा रोप्दछ कि धेरै प्रार्थना गर्नाले पवित्र आत्मा प्राप्त हुन्छ । ऊ यस्तो आस्था हुने मानिसको संख्या दोब्बर र तेब्बर बनाउन प्रयासरत छ ।
त्यसकारण धेरै मानिसहरुलाई पानी र आत्माको सुसमाचारको बारेमा थाह छैन, र जान्न पनि चाहँदैनन् । हामीले शैतानको विचार जुन ऊ हाम्रो मस्तिष्कमा राख्न चाहन्छ त्यस विरुद्ध संघर्ष गर्नुपर्छ र पानी र आत्माको सुसमाचारलाई जान्नु पर्छ र विश्वास गर्नपर्छ । पवित्र आत्माको बास उनीहरुमा मात्र हुन्छ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् ।
 
 
पवित्र आत्माको बास सम्बन्धमा ईसाईहरुको गलत धारणा
 
सबभन्दा पहिले, करिज्मेटिक ईसाईको विश्वासीहरुमा ठूलो गलत धारणा छ । उनीहरु आफ्नो हृदयमा पापसहित पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् । उनीहरुको बझाइ गलत छ, किनभने उनीहरु पवित्र आत्माको बास पाउन चाहन्छन् , यद्यपि उनीहरुको हृदयमा पाप छ । तथापि, पानी र आत्माको सुसमाचारमा आस्था नभईकन कसैले पवित्र आत्माको पूर्णता पाउन सक्दैन ।
दोश्रो, मानिसहरुको अहंकारले उनीहरुलाई पवित्र आत्माको बास प्राप्त गर्नबाट रोक्छ । त्यसो भए अहंकार नगर्दा पवित्र आत्मा प्राप्त हुन्छ त ? के यो संसारमा त्यस्तो व्यक्ति छ जो अलिकता पनि अहंकारी छैन ? त्यस्तो अहंकारी व्यक्तिलाई परमेश्वरले क्षमा गर्नुहुन्न जो परमेश्वरको वचनमा आफ्नो विचार जोड्दछ । धेरै मानिसहरु पानी र आत्माको साँचो सुसमाचारलाई अस्वीकार गर्छन् र आफ्नै विधिद्वारा पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् । तथापि, पवित्र आत्माको बास उनीहरुमा मात्र हुन्छ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्दछन् ।
तेश्रो, यो भनिन्छ कि जब कसैले आफ्नो सम्पूर्ण पाप परमेश्वरसामु स्वीकार गर्छ उसले पवित्र आत्माको बास प्राप्त गर्दछ । त्यसैले उनीहरुलाई पापको प्रायश्चित गर्न भनिन्छ जब उनीहरु पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् । तर तपाईंले के सम्झिनु पर्छ भने, खालि पापलाई स्वीकार गरेर मात्र पवित्र आत्माको बास हुँदैन । अधिकांश ईसाईहरु अचेल पवित्र आत्माको बास र वहाँको पूर्णता प्राप्त गर्न इच्छुक छन् तर उनीहरु पवित्र आत्माको बास प्राप्त गर्न सक्दैनन् किनकि उनीहरुको हृदयमा अझै पनि पाप छ । यस किसिमको व्यग्र इच्छा हुने व्यक्ति सजिलै शैतानद्वारा कब्जामा लिइन्छ ।
चौथौ, कोही भन्छन् कि पवित्र आत्माको बास परमेश्वरसँग विशेष आग्रह गर्नाले प्राप्त हुन्छ । तर यो मागेर प्राप्त हुँदैन । यो खालि गलत सोचाइ हो ।
पाँचौ, कोही पवित्र आत्माको बास भएपछि विशेष आध्यात्मिक शक्ति प्राप्त हुन्छ भन्छन् । अनौठो भाषामा बोल्नुलाई पवित्र आत्माको बासको सामान्य प्रमाणको रुपमा लिइन्छ । तर पवित्र आत्मा हामीमा खालि येशूको नाममा शैतानलाई भगाउन र अनौठो भाषामा बोल्नको लागि बास गर्नुहुन्न । पाप शैतानको हो । के कसैले भन्न सक्छ कि उसको हृदयमा पाप भए पनि पवित्र आत्मा बस्नु भएको छ किनभने उसित विशेष शक्ति छ ? फेरि पनि, यो शैतानको बदमासी हो ।
पानी र आत्माको सुसमाचार जुन येशूद्वारा हामीलाई प्रदान गरिएको छ यो नै एकमात्र साँचो सुसमाचार हो जसले हामीलाई पवित्र आत्मा प्राप्त गर्नतर्फ डो¥याउँछ । यदि तपाईं अझै पनि पवित्र आत्माको प्राप्ती र पापबाट मुक्ति अन्य कुनै विधिबाट हुन्छ भनेर सोच्नुहुन्छ भने तपाईं गहिरो भ्रममा हुनुहुन्छ । म आशा गर्छु तपाईं आफूलाई आफ्नो गलत आस्थाबाट अलग गर्नुहुनेछ र वास्तवमै साँचो आध्यात्मिक विचार र आस्था प्राप्त गर्नुहुनेछ ।
यसो भन्नु अतिशयोक्ति हुँदैन कि आजका धेरै ईसाईहरुमा शैतानको बास छ । संसारभरिका धेरै ईसाईहरु शैतानको शक्तिको अधिनमा छन् किनभने उनीहरु विशेष रिभाइभल मिटिङ्गद्वारा र हात राख्ने विधिद्वारा पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् । उनीहरु विशिष्ट व्यक्तिहरुकहाँ जान्छन् जस्तै प्रार्थना घरको सुपरिन्टेन्डेन्ट, सिनियर डेकन, रिभाइभलिस्ट, अथवा पास्टरहरु जोसँग पवित्र आत्माको शक्ति हुन्छ भन्ने मान्यता छ । उनीहरु हात राखेर पवित्र आत्मा प्राप्त हुन्छ भन्ने सोचेर जान्छन् । तथापि, कसैले पनि यस्तो आस्थाद्वारा पवित्र आत्मा प्राप्त गर्न सक्दैन चाहे ऊ येशूमा जति नै कट्टर भएर विश्वास गरोस् । अर्को शब्दमा, परमेश्वरदेखि बाहेक अर्को कोही छैन जसले पवित्र आत्माको बास प्रदान गर्न सक्छ ।
सिमोनले जस्तै, आज पनि धेरै मानिसहरु पवित्र आत्मालाई रुपियाँले किन्न खोज्छन् । उनीहरु सांसारिक शिक्षामा विश्वास गरेर पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् न कि सुुुसमाचरमा । संसारका अधिकांश ईसाईहरुको यस्तै मानसिक अवस्था छ । पवित्र आत्मा उनीहरुमा आउनुहुन्छ जसमा वहाँलाई प्राप्त गर्ने आवश्यक योग्यता छ । पवित्र आत्मा प्राप्त गर्ने एउटै सूत्र पानी र आत्माको सुसमाचार हो र यही नै सत्यको एक मात्र उत्तर हो (प्रेरित २:३८) ।
हात राखेर पवित्र आत्माको प्राप्ति चर्चको प्रारम्भिक कालमा मात्र सम्भव थियो त्यो पनि छोटो समयको लागि मात्र । यसपछि मानिसहरुमा पवित्र आत्माको बास त्यही बेला हुन थाल्यो जति बेला पानी र आत्माको सुसमाचारलाई जान्दथे र विश्वास गर्दथे । त्यसकारण, परमेश्वरको वचनमा आस्थाद्वारा आउने पवित्र आत्मादेखि बाहेक जम्मै कार्य दुष्टात्माको हो । परमेश्वर भन्नुहुन्छ दुष्टात्माहरु शैतानका सेवक हुन्, र शैतानले यस्तो चलाखीपूर्ण तरिकाले काम गरेको छ कि मानिसहरुले जति नै येशूमा विश्वास गरे पनि पापबाट मुक्ति पाउन सक्दैनन् । शैतानले मानिसलाई पवित्र आत्मा दिन्छु भन्छ यदि उनीहरु येशूमा विश्वास गर्छन् र हात राखेर पवित्र आत्मा प्राप्न हुन्छ भन्ने कुरा मान्छन् भने, तर उसले त ठग्ने मात्र काम गर्छ । शैतानले संसारभरि यसरी नै छलद्वारा आफ्नो क्षेत्र विस्तार गर्छ ।
अब हामी दुष्टात्माद्वारा बास गरिएका व्यक्तिहरूको लक्षण हेर्नेछौं । पहिलो, जब हामी भविष्यवक्ता अथवा धामीका लक्षणहरु हेर्दछौं उनीहरु काम्दछन्, सम्मोहित हुन्छन् र बेहोश पनि हुन्छन् । अनि उनीहरुको जिब्रो बटारिन्छ र उनीहरुको इच्छा विपरित अनौठा शब्दहरु मुखबाट बाहिर आउँछ । उनीहरु अनौठो भाषामा बोल्छन् ।
जादुगर र ईसाई जो हात राखेर दुष्टात्माको प्रवेश पाएका छन्, दुबै समान अनुभव गर्दछन् । जब करिज्मेटिक रिभाइभलिस्ट आफ्नो माइक लिन्छ र कराउँछ, “अझै तीब्रताले, अझै तीब्रताले, ” भीड उत्तेजित हुन्छ र आत्मनियन्त्रण गुमाउँदछ । मानिस जो आफ्नो शिरमा हात रखाउन चाहन्छन् अगाडि आउँछन् । तिनीहरु अनियन्त्रित कम्पन अनुभव गर्छन् र अनौठो भाषामा बर्बराउन थाल्छन् । यी लक्षणहरु दुष्टात्माको काम हुन् जो आफूलाई पवित्र आत्माको काम गरेको देखाउन चाहन्छ ।
मानिसहरु जसमा दुष्टात्मा प्रवेश गरेको हुन्छ, जुन प्राचिन धर्मका धामी र जोखाना हेर्नहरुले पनि बोलाउन सक्छन्, उस्तै लक्ष्ण देखाउँदछन् जुन हात राख्ने क्रियाद्वारा दुष्टात्मा प्रवेश गरेका ईसाईहरुले देखाउँछन् । तथापि, मानिसहरु यस्तो प्रमाणका बावजुद पनि यसलाई बुझ्दैनन् । ती ईसाईहरु गहिरो अन्योलमा जाकिन्छन् किनभने उनीहरु आफूले पवित्र आत्मा पाएको ठान्छन् जब उनीहरु यस्तो लक्षण अनुभव गर्दछन् ।
 
 
शैतानले भविष्यवक्ताले जस्तै ईसाईहरुमार्फत काम गर्दछ
 
शैतानले दुष्टात्मा प्रवेश गरेको मानिसलाई भविष्यवाणीको प्रार्थना गर्न लगाउँछ । उनीहरु यसो भनेर भविष्यवाणी गर्छन्, “तपाई महान नेता हुनुहुनेछ । हजारौ भेडाहरु तपाईको अगाडि चर्नेछन् । परमेश्वरले तपाईंलाई भविष्यमा तालिम दिनुहुनेछ र एउटा महान नेता बनाउनुहुनेछ ।” अरुलाई चाहिं यस्तो भनेर भ्रममा पार्छन्, “तपाईं परमेश्वरको बहुमुल्य सेवक बन्नुहुनेछ । तपाईं अति सम्मानित सेवक बन्नुहुनेछ,” ताकि मानिसहरुले आफूलाई पछ्याऊन र जीवनभरि शैतानको दासको रूपमा काम गरिरहूँ ।
जोखाना हेर्नेले पनि अरू मानिसको भविष्यको बारेमा बताउँछन् । “तपाईं भविष्यमा पानीदेखि होशियार हुनुपर्छ ।” तपाईंले धेरै पैसा कमाउनु हुनेछ ।” “एउटा उदार मानिस पूर्वबाट आउनेछ र तपाईंलाई मद्दत गर्नेछ ।” यी सब उनीहरुले भन्ने कुराहरुका उदाहरण हुन् । दुष्टात्मा प्रवेश गरेको मानिसको पहिले लक्षण के हो भने ऊ झूटा भविष्यवाणी गर्न थाल्छ ।
अनि उनीहरु अनौठो भाषामा बोल्छन् जुन उनीहरु आफैं बुझ्दैनन् । उनीहरु कम्पन अनुभव गर्छन् र व्यक्तित्य असन्तुलनको लक्षण पनि देखाउँदछन् । जब तपाईं धामी अथवा जोखाना हेर्नेलाई भेट्नुहुन्छ के तपाईं भन्न सक्नुहुन्छ उनीहरुको व्यक्तित्व स्वस्थ छ भनेर? उनीहरु अक्सर आफूभन्दा ठूलासँग पनि दुव्र्यवहारपूर्ण तरिकाले बोल्छन् ।
तथापि, जो मानिसमा साँचो पवित्र आत्माको बास हुन्छ, उनीहरुले वहाँलाई बाइबलको सत्यमा विश्वास गरेर पाएका छन् जसले के भन्छ भने येशूले आफ्नो बप्तिस्मा र कू्रसमा मृत्युद्वारा सारा संसारको पाप पखाल्नुभयो । यी मानिसहरु अरूलाई पनि पानी र आत्माको सुसमाचारलाई जान्न र यसमा विश्वास गर्न मद्दत गर्छन्, ताकि उनीहरुले पनि पापबाट मुक्ति पाऊन र पवित्र आत्माको बास पाऊन । उनीहरु धार्मिकतामा जिउँन चाहन्छन् , उनीहरुको व्यक्तित्व यति स्वस्थ र प्रिय हुन्छ कि उनीहरु अरूलाई पनि परमेश्वरको आशिषित् आस्थातर्फ र वहाँले चाहनुभएको जीवनतर्फ डो¥याउँछन् । बेलाबेलामा उनीहरुलाई परमेश्वरले हप्काउनु पनि हुन्छ जब उनीहरुको मन संसारतिर फर्किन खोज्छ ।
धर्मी जसले सम्पूर्ण पापबाट मुक्ति पाएका छन् निश्चित रूपले ती मानिसहरुभन्दा भिन्न हुन्छन् जसको व्यक्तित्य दुष्टात्माद्वारा नष्ट पारिएको छ । साँचो व्यक्तित्व तब झल्किन्छ जब उसले पापबाट मुक्ति पाउँछ र यसकारण पवित्र आत्माको बास प्राप्त गर्दछन् । यस अतिरिक्त, धर्मीजन अरूको बारेमा पनि निकै चिन्तित हुन्छन् जो असामन्य परिस्थितिमा छन्, उनीहरुलाई परमेश्वरको वचनमा साँच्चै के आवश्यक छ, उनीहरुको मुक्तिको लागि प्रार्थना पनि गर्छन्, र वास्तविक रूपले उनीहरुलाई मद्दत गर्न आत्मबलिदान दिन्छन् । अर्कातर्फ, हामी हेर्न सक्छौं कि दुष्टात्मा प्रवेश गरेका मानिसहरुको व्यक्तित्य पूर्ण रूपले ध्वस्त पारिएको हुन्छ । शैतानले उनीहरुलाई नियन्त्रण गर्दछ र आफ्नो इच्छाअनुसार बङ्ग्याउँदछ किनकि उनीहरु काम्नु, अनौठो भाषामा बोल्नु जस्ता लक्षणहरुलाई पवित्र आत्माको उपहार ठान्छन् । तथापि, यी लक्षणहरु निश्चितरूपले पवित्र आत्माको उपहार होइनन् ।
यहाँ धेरै मिनिस्टरहरु छन् जो आफ्नो शक्तिको, जस्तै परमेश्वरको नाउँमा भविष्यवाणी गर्ने, अनेक चमत्कारहरु गर्ने र अनौठो भाषाहरुमा बोल्ने, घमण्ड गर्छन् । तर यदि उनीहरुमा अझै पनि पाप छ भने त्यस्ता शक्तिहरु दुष्टात्मा भएको पक्का प्रमाण हो । त्यसकारण, उनीहरु अरूलाई पवित्र आत्मा दिन सक्दैनन् , बरू तिनीहरुले दिन सक्ने भनेको दुष्टात्मा मात्र हो । र शैतान ठग भएकोले उनीहरुले गर्ने चमत्कार छोटो समयमै बिलाउँछ ।
पवित्र आत्माको काम र दुष्टात्माको काम बीच प्रष्ट भिन्नता हुन्छ । यद्यपि पवित्र आत्माको कामले शुरुमा कुनै ठोस अनुभवहरु अथवा अनौठा वरदान हरु देखाउँदैन, तर जब समय बित्दै जान्छ, धर्मीजनको हृदयमा परमेश्वरको शक्ति बिहानीको झुल्किदों सूर्य जस्तै बढ्दै जान्छ ।
 
 
शैतान प्रवेश गरेका ईसाईहरू
 
यस्तो किन हुन्छ कि धेरै मानिसहरु
दुष्टात्माको प्रवेश पाउँछन् यद्यपि उनीहरु
पवित्र आत्मा प्राप्त गर्न प्रयास गर्छन् ?
किनभने उनीहरु भूटा अगमवक्ताहरुबाट हात राखेर
दुष्टात्मा प्राप्त गर्दछन् ।
 
आश्चर्यजनक रूपले, हामी देख्दछौं कि येशूमा विश्वास गर्नेहरुका शरीर र आत्मा रुग्ण बनेका छन् किनभने उनीहरुले झूटा अगमवक्ताद्वारा हात राखेर दुष्टात्मा प्राप्त गरेका छन् । उनीहरुलाई परमेश्वरसँग केही मतलब छैन किनभने उनीहरुको आस्था बाइबलको वचनमा भर पर्दैन । उनीहरु आफ्नो शक्ति प्रयोग गर्न व्यस्त छन् र उनीहरुलाई थाह छैन कि उनीहरुको सेवाले धेरै मानिसहरुलाई शैतानको दास बनाइरहेको छ । उनीहरु किन ईसाईयतमा आफ्नो शक्ति प्रयोग गर्न यति परिश्रम गर्छन् ? किनभने उनीहरुको तथाकथित शक्ति प्रयोग गरेन भने चाँडै बिलाउँछ । यहि कारणले उनीहरु यति व्यस्त हुन्छन् ।
उनीहरुले निरन्तर रूपले प्रार्थना गर्नुपर्छ र येशूको नाउँमा चमत्कार र चिन्हहरु गरिरहनु पर्छ । जो मानिस यसो भन्छ,“मैले सुसमाचार प्रचार गर्ने उपहार पाएको छु,”उसले निरन्तर रुपले सुसमाचार प्रचार गर्नु पर्छ किनभने यसो गरेन भने, झूटो–सुख चाँडै हराउँछ । यदि यी मानिसहरु अनौठो भाषामा बोल्ने, निको पार्ने, अथवा भविष्यवाणी गर्ने, जस्ता दुष्टात्माका वरदान प्रति वफादार भएनन् भने, अर्को शब्दमा, यिनीहरु शैतानको कामप्रति वफादार भएनन् भने, शैतानले उनीहरुलाई अकारण बिरामी पार्न सक्छ । यो त्यस्तै प्रकारको हुन्छ जब एउटा जोखाना हेर्न अथवा धामीले शैतानको दासको भूमिकालाई बेवास्ता गर्छ र उनीहरुलाई रोगले सताइरहन्छ । यहि कारणले उनीहरुले शैतानबाट प्राप्त उपहार उत्साहपूर्वक प्रयोग गरिरहनु पर्छ अन्यथा उनीहरुले शक्ति गमाएपछि दुःखी हुनुपर्दछ ।
म कुनै बेला एक जनालाई चिन्दथे जो येशूमा कट्टर विश्वासी थिए र उनी यस्तो देखिन्थे लाग्छ उनमा परमेश्वरको धेरै शक्ति छ । ऊ मानिसहरुलाई पवित्र आत्माको पूर्णता पाउनको लागि उत्साहित पार्दथियो र रिभाइभल मिटिङ्गको नेतुत्व गर्दथ्यो जहाँ ऊ हात राखेर दुष्टात्माहरु बाहिर निकाल्थ्यो, र अचम्मका कार्यहरु जस्तै अनौठो भाषामा बोल्ने र निको पार्ने गथ्र्यो । आफ्नो आश्चर्यजनक कार्यहरुद्वारा ऊ ईष्र्या र सम्मानको पात्र बनेको थियो । हजारौं मानिसहरु उसलाई पछ्याउँथे । तथापि, चाँडै ऊ येशूलाई यसो भनेर इन्कार गर्न थाल्यो, “येशू ख्रीष्ट असफल हुन् ।” उसले येशूलाई सराप्यो र आफैंलाई भगवान हुँ भनेर दाबी पनि ग¥यो । अन्ततः उसले आफ्नो र धेरै ईसाईहरुको हृदयमा येशू ख्रीष्टको हत्या ग¥यो ।
यस्ता मानिसहरु पानी र आत्माको सुसमाचारलाई अस्वीकार गर्दछन् किनभने उनीहरुको पथप्रदर्शक शैतान हो । उनीहरुमा शुरुदेखि नै गलत आस्था हुन्छ किनभने उनीहरुमा भ्रम हुन्छ । त्यो के भने उनीहरु आफूमा प्रेरितहरुको जस्तै शक्ति भएको ठान्छन् र उनीहरु मानिसहरुलाई अनौठो भाषामा बोल्न लगाउँछन् र हात राखेर दुष्टात्मालाई बाहिर निकाल्छन् । उनीहरु आफूमा पवित्र आत्माको बास भएको दृढ विश्वास गर्दछन् ।
उनीहरु मानिसहरुलाई पवित्र आत्मा प्राप्त गर्ने विधि सिकाउँछन्, प्रायश्चित्तको प्रार्थनाद्वारा पवित्र आत्मा प्राप्त गर्न सकिन्छ भन्ने सोचेर । तथापि, पवित्र आत्मा प्राप्त गर्ने यो विधि परमेश्वरको वचनमा आधारित छैन । यसो भएता पनि, उनीहरु के भन्छन् भने यदि येशूमा विश्वासी कुनै व्यक्तिले अनौठो भाषाहरुमा बोल्दछ र भविष्यवाणी गर्दछ भने यो उसमा पवित्र आत्माको अवतरणको प्रमाण हो । किनभने धेरै मानिसहरु पवित्र आत्माको साँचो बास जान्दैनन्, उनीहरु के विश्वास गर्छन् भने झूटा अगमवक्तहरुको शिक्षाबाट सिकेर र त्यसलाई मानेर उनीहरु पनि पवित्र आत्मा प्राप्त गर्न सक्छन् । यसरी नै शैतानले ईसाईहरुमा दुष्ट आत्मा भर्न सक्यो र उनीहरुमाथि राज गर्न सक्यो । यी सबे विधिहरु शैतानको पासो हुन् । झूटा अगमवक्ताहरुको शिक्षाले गर्दा धेरै मानिसहरुमा दुष्टात्माको प्रवेश भएको छ । सामान्य विश्वासीहरु पट्याइलाग्दो धार्मिक जीवन बिताउँछन्, तर दुष्टात्मा प्रवेश गरेको व्यक्ति दुष्टात्माको शक्ति प्रयोग गर्दछन् र बाहिरबाट हेर्दा उत्साहजनक धार्मिक जीवन जिउँदछन् । उनीहरुले प्रदर्शन गर्ने खुबीहरु के के हुन् ? उनीहरुसँग निको पार्ने, अनौठो भाषाहरुमा बोल्ने र अरुलाई पनि हात राखेर दुष्टात्मा प्राप्त गर्न डो¥याउँने खुबी हुन्छ । हामीले के बुझ्नुपर्छ भने हात राख्ने भनेको एउटा विधि हो जसबाट केही कुरा अरूलाई प्रदान गर्न सकिन्छ र यही माध्यमद्वारा शैतानको राज्य व्यापक रूपले फैलिरहेको छ ।
 
 
दुष्टात्माले मानवीय लोभद्वारा काम गर्दछ !
 
शैतानले मुख्य खण्डमा उल्लेख भएको सिमोनले जस्तै मानिसमा काम गर्छ । यी मानिसहरु के भन्छन् भने उनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास नगरिकनै, हात राखेर पवित्र आत्मा प्राप्न गर्न सक्छन् । अचेल धेरै मानिसहरु शैतानद्वारा ठगिएका छन्, र उनीहरु पश्चातापको प्रार्थना, उपवास, आत्मबलिदान अथवा हात राखेर पवित्र आत्मा प्राप्त गर्ने प्रयत्न गर्छन् । तथापि, उनीहरुमा दुष्टात्मा प्रवेश गरेको हुन्छ र श्रापित जीवन बाँच्दछन् ।
हामीले के कुरामा सचेत हुनुपर्छ भने आजको ईसाईयतले शैतानलाई “हात राख्ने” विधिद्वारा सबैको आत्मामा काम गर्न मद्दत गर्छ । यी मानिसहरु, जो सिमोनको जस्तै गुण भएका हुन्छन्, परमेश्वरको अगाडि झूटा अगमवक्ता हुन् । येशूमा विश्वासी भएर पनि, यदि उनीहरुको हृदयमा पाप छ भने, शैतान प्रवेश गर्न सक्छ । यी मानिसहरु दुष्टात्माको कामले गर्दा चमत्कार गर्न सक्षम हुन्छन् । शैतानले मानिसहरुलाई आफ्ना दासहरुमाफर्त हात राख्न लगाएर उनीहरुमा दुष्टात्मा प्रवेश गराउँदछ र संसारमा आफ्नो राज्य विस्तार गदर्छ । अचेल, पेन्टेकोस्टल करिज्मेटिक मुभ्मेन्ट2 का चर्चहरु औपचारिक ईसाई हाँगाको रूपले चिनिन्छ ।
 
2पश्चिमा ईसाईको प्रभाव २०औं शाताब्दीको मध्यतिर भौतिक सम्पन्नता र वृहत उपभोगको माझमा हराउन थाल्यो । त्यही समयमा, यसको कारणले गर्दा, ती ईसाईहरु जो येशूसँगै हिँड्न चाहन्थे , पहिलेको चर्चको सुख्खापनदेखि असन्तुष्ट थिए । अरू चाहिँ आध्यात्मिक वृद्धिको मन्द गति, अथवा कमीको कारणले पीडित थिए, झन अरू चाहिँ आफ्नो आस्थालाई येशूसँग व्यक्तिगत प्रेममा बदल्न असमर्थ भएकोले असन्तुष्ट थिए ।
तथाकथित पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्ट यसै परिस्थितिको मुनि उत्पन्न भयो । यस अभियानमा लाग्नेहरु उत्साही अनुभव र अभ्यासहरु गर्न चाहन्छन् जस्तै अनौठो भाषामा बोल्नु, भविष्यवाणी गर्नु, चमत्कार र अनौठा कार्यहरु गर्नु, र पहिलो पेन्टेकोस्टल घटनाको प्रशंसा गर्छन् । उनहिरुको उत्साहमा, आफैलाई तथाथित पवित्र आत्माको प्रभाव क्षेत्रमा समर्पण गर्दछन्, तर साँच्चै भन्ने हो भने उनीहरुका अधिकांश शिक्षा र अभ्यास बाइबलमा आधारित छैनन् ।
विकासशील देशहरुमा, यो अभियानले त्यहाँको आवश्यक्ताको प्रसंगमा निकै प्रगति गरेको छ । उनीहरुका नेताले विकासशील देशका ईसाईहरुलाई धन र स्वास्थ्यको आशिष् अनि धार्मिक उत्साहले आकर्षण गरेका छन् । सो अभियानको केही विस्थापित अभियान जस्तै ‘नियो–पेन्टेकोस्टलिजम’ ले त ‘न्यु एज मुभ्मेन्ट’ कै जस्तो शिक्षा बाँड्दछ ।
 
यो संसार विस्तारै अन्त्यतिर आउँदैछ । यदि हामी यी अन्तिम दिनहरुमा पुनःजन्मिन चाहन्छौं भन,े हामीले यो जान्नुपर्छ कि कसरी शैतानले काम गर्छ र उसको योजना विरुद्ध दुढ भएर उभिनुपर्छ । हामी आफ्नो पापबाट एकै चाटि र सदाको लागि बचाइनुपर्छ र पानी र आत्माको सुसमाचारमा विश्वास गरेकोले उपहारको रूपमा पवित्र आत्माको बास प्राप्त गर्नुपर्दछ । हामीले परमेश्वरको आत्मा कसरी हामीमा आउनुहुन्छ भन्ने श्रेष्ठ ज्ञानद्वारा सत्यमा फर्किनुपर्छ ।
जसरी परमेश्वरले भन्नुभयो,“मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्”(होशे ४:६), यसरी नै धेरै सत्यका खोजीहरु नष्ट हुन्छन् जब, उनीहरुको अज्ञानतामा, करिज्मेटिक व्यक्तिहरुले उनीहरुलाई पथभ्रष्ट गराउँछन् । मानिसहरु के सम्म भन्छन् भने, यदि तथाथित पेन्टेकोस्टल–करिज्मेटिक चर्चहरु मरूभूमिमा पनि स्थापना गर्ने हो भने, मानिसहरु त्यहाँ जम्मा हुन्छन् । किन यस्तो हुन्छ त ? करिज्मेटिक व्यक्तिहरु आफ्नो झूटो–शक्तिद्वारा मानिसहरुलाई अन्योलमा पार्छन्, र आफ्नो चर्चहरुलाई फैलाउँछन्, उनीहरुलाई हात राखेर दुष्टात्मा प्राप्त गर्न डो¥याउँछन् । उनीहरुको एउटा विशेष प्रतिभा के हो भने जब मानिसहरु हात राख्ने विधिद्वारा दुष्टात्मा प्राप्त गर्दछन्, उनीहरु धार्मिक जीवन बिताउन उत्साही हुन्छन् ।
करिज्मेटिक व्यक्तिहरुको अर्को विशेषता के हो भने उनीहरु ठूलो धनराशी आफ्नो चर्चलाई अनुदान दिन्छन् र निस्वार्थ भएर कट्टर विश्वासी बन्दछन् । अझ धेरै ईसाईहरु शैतानको शक्तिले गर्दा “इभान्जेलिजम” प्रति उत्साही छन्, तर उनीहरुलाई पुग्नुपर्ने ठाँउ थाह नभए पनि निश्चित रूपले नर्कमा गइरहछेन् । यी व्यक्तिहरु, जो कट्टर भएर शैतानको शक्तिलाई आफ्नो मुक्तिको प्रमाण ठान्छन्, निसन्देह स्वर्गको आश गरिरहेछन् । तथापि, उनीहरुको हृदयमा पाप छ र नाश हुनको लागि छुट्याइएका छन् ।
यदि उनीहरुलाई यो प्रश्न सोधियो भने,“तपाईंको हृदयमा पाप छ, यद्यपि तपाईं प्रभुमा विश्वास गर्नुहुन्छ ?” उनीहरु निश्चित उत्तर दिन्छन् कि उनीहरुलाई पापमा हुनु स्वाभाविक हो । उनीहरु सोच्छन् कि व्यक्तिको हृदयमा पाप नहुनु असम्भव हो, यद्यपि ऊ येशूमा विश्वास गर्छ ।
मानिसहरु सोच्छन् कि उनीहरु त स्वर्गमा प्रवेश गर्न लायक छन्, यद्यपि उनीहरुको हृदयमा पाप हुन्छ किनभने उनीहरु झूटो–शक्ति प्राप्त भएको प्रमाणले गर्दा येशूमा विश्वास गर्न सुविधा महसुस गर्छन् ।
कस्तो वाहियात आशा हो यो ! उनीहरुको दृढ विश्वासको कारण के हो भने उनीहरुसँग कुनै किसिमको अलौकिक क्षमता हुन्छ । उनीहरुसँग अनौठो भाषामा बोलेको, दृश्यहरु प्राप्त गरेको र बिरामीलाई निको पारेको अनुभव हुन्छ, र उनीहरु यस्ता अनुभवहरु पवित्र आत्माको काम हो भन्ने सोच्छन् र दृढ विश्वास गर्छन् । त्यसकारण उनीहरु आफैंलाई यस्ता अनुभवद्वारा निश्चित रूपले मुक्ति पाएको र पवित्र आत्मा प्राप्त गरेको भन्छन् ।
यस्ता व्यक्तिहरुमा मुक्तिको वचनको अस्पष्ट ज्ञान भएको कारणले गर्दा, उनीहरुलाई आफ्नो मुक्तिमा विश्वास हुँदैन जब कुनै दृश्य क्षमता प्राप्त हुँदैन । त्यसकारण, यिनीहरु मुक्तिको दृश्य आश्वासन पाउनको लागि कठिन परिश्रम गर्छन् र अन्त्यमा शैतानको काममा उपयोग हुन्छन् । किनभने यिनीहरु परमेश्वरको उत्तर प्रायश्चितको प्रार्थना अथवा आत्मबलिदानद्वारा पाउन खोज्छन् न कि पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा, अन्ततः तिनीहरु पवित्र आत्माको सट्टमा दुष्टात्मा प्राप्त गर्दछन् ।
शैतान मानिसलाई उनीहरुको कानमा साउती गर्दै दोष लगाउँछ,“तैंले पाप गरिस्, होइन त ?”र उनीहरुलाई आत्म–दोष तर्फ डो¥याउँछ । एउटा व्यक्ति छ मैले चिनेको जसले अब चाहिं पापबाट मुक्ति र पवित्र आत्मा पाएको छ । उसलाई यस्तै केही भएको थियो जब ऊ पुनः जन्मेको थिएन, ऊ येशूमा उत्साहित र निडर भएर विश्वास गथ्र्यो । यो व्यक्ति अनौठो भाषामा पनि बोल्थ्यो र चमत्कार पनि गथ्र्यो । यद्यपि ऊ रुन्थ्यो र रातभरि प्रायश्चितको प्रार्थना गथ्र्यो, उसको हृदयमा भएको पापले उसलाई निरन्तर सताउँथ्यो । यही बेला शैतानको साउती शुरु भयो,“तैंले पाप गरिस, त्यसैले तैंले बाँच्नुभन्दा मर्नु नै राम्रो हुन्छ ।” शैतान उसलाई सताउन र पापको स्मरण गराउन उसकोमा अक्सर आउँथ्यो । शैतानले उसलाई आत्म–दोष र आत्म–न्याय तर्फ डो¥यायो । तथापि, उसले गर्न सक्ने भनेको आफ्नो हृदयमा भएको पापको स्वीकारोक्ति नै थियो । उसले आफूलाई शैतानको दोषबाट छुटाउन सकेन जबसम्म ऊ सुन्दर सुसमाचार सुन्न र विश्वास गर्न आएन ।
तपाईंले के बुझ्नुपर्छ भने जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्दैनन् उनीहरु शैतानको शिकार बन्दछन् । के तपाईं सोच्नुहुन्छ जसले पापको क्षमा पाएको छैन उसित शैतानलाई इन्कार गर्ने शक्ति हुन्छ ? जोसुकै पनि यदि पानी र आत्माको साँचो सुसमाचारसँग सहमत हुँदैन भने शैतानद्वारा कब्जा पारिनेछ र सताइने छ । शैतानलाई बाहिर धपाउन परमेश्वरको पानी र आत्माको सुुुुसमाचार अति नै जरुरी छ । त्यसकारण, जो येशूमा विश्वास गर्छ, उसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ, यसलाई संसारका सबै मानिसहरुमा प्रचार गर्नुपर्छ । जसले यसलाई सुन्छ उसले मान्नु र विश्वास गर्नुपर्छ ।
 
 
अव्यवस्थाको रहस्यले पहिलेदेखि नै संसारमा काम गर्दैछ !
 
संसार अहिले शैतानको कामद्वारा भरिएको छ । यदि हामी त्यो सुसमाचार प्रचार गर्न चाहन्छौं जसले मानिसलाई पवित्र आत्मा प्राप्त गर्नतर्फ डो¥याउँछ भने, हामीले पवित्र आत्माको बाससँग सम्बन्धित गहिरो गलत धारणा हटाउनुपर्छ ।
सबभन्दा पहिले हामीले यो प्रष्ट पार्नुपर्छ कि हात राखेर पवित्र आत्मा प्राप्त हुन्छ भन्ने कुरा असत्य हो । हामीले प्रष्ट गवाही दिनुपर्छ कि त्यस्ता अनुभवहरु जस्तै “हात राखेपछि अनौठो भाषामा बोल्नु, प्रायश्चित र उपवासपछि केही तातो अनुभव गर्नु, र येशूबाट प्रत्यक्ष सन्देश प्राप्त गर्नु” शैतानका काम हुन् । पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा मात्रै मानिसहरु शैतानको छलबाट मुक्त हुनसक्छन् । पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा मात्र हामी हाम्रो पापबाट बच्न सक्छौं ।
हामीले शैतानलाई, “झूटको पितालाई,” पानी र आत्माको सुसमाचारद्वारा परास्त गर्नुपर्छ । शैतानले संसारभरिका मानिसलाई आत्म–दोषले बन्धनमा पारेको छ, त्यसकारण हामीले यी मानिसहरुलाई उनीहरुको भ्रामक अनुभव र संवेग शैतानको छल हो भन्ने महसुस गराएर सत्यमा फर्काउनु पर्छ ।
हिजोआज, सामरियाको सिमोन जस्ता मानिसहरु, जसले पवित्र आत्मा रुपियाँले किन्ने कोसिस गरेको थियो, चर्चमा प्रवचन गर्दछन् । उनीहरु अन्धा हुन् र अन्धालाई नै डो¥याउँदछन् । उनीहरु मानिसलाई उत्कृष्ठ मुक्तिको बाटो देखाउन सक्दैनन् किनभने तिनीहरु पानी र आत्माको सुसमाचार जान्दैनन्, र उनीहरुको हृदयमा पाप हुन्छ । त्यसैले उनीहरु रातभरि प्रार्थना सत्र सञ्चालन गर्छन्, प्रायश्चितको प्रार्थना आव्हान गर्छन् र हात राख्ने विधिको प्रयोग गर्छन् र आफ्ना चेलाहरुकोे हृदयमा शैतानलाई बास गराउन मद्दत गर्छन् । त्यसैले यी मानिरहरुमा वास्तवमा शैतानको बास हुन्छ, र यदि हामी उनीहरुलाई परमेश्वरको वचनमा फर्काउन चाहन्छौ भने उनीहरुलाई पानी र आत्माको श्रेष्ठ ज्ञान प्रदान गनुपर्दछ । यदि मानिसलाई शैतानको रणनीतिको बारेमा थाह छैन भने, उनीहरुसँग लाचारीमा तड्पिनुदेखि बाहेक अरू विकल्प हुँदैन ।
जसरी अहिले मैले भनेको थिए, कि चमत्कार गर्नु , हात राखेपछि अनौठो भाषामा बोल्नु र भविष्यवाणी गर्नु, यस्ता सबै कामहरु शैतानका हुन् । अर्को शब्दमा, करिज्मेटिक व्यक्तिहरुको शक्ति शैतानको कार्यद्वारा प्रकट हुन्छ । हामीले उनीहरुलाई सिकाउनु पर्छ, “यदि तिमीमा पाप छ भने शैतानले तिमीद्वारा काम गर्दछ । यदि तिमी सोच्छौ कि पवित्र आत्मा तिमीमा बास गर्नुहुन्छ, यद्यपि तिम्रो हृदयमा पाप छ भने तिमी ठगिएका छौ ।”
प्रेरित ८ को मुख्य खण्डमा, प्रेरितहरुको आस्था र ती मानिसहरुको आस्था जसले हात रखाए, एउटै स्तरमा राखिएको छ, किनभने दुवै येशू ख्रीष्टको पानी र आत्माको सुसमाचारको बारेमा जान्दथिए । प्रेरितहरुको आस्था अहिलेका अधिकांश ईसाईहरुको, जो मात्र हात राख्ने विधिद्वारा पवित्र आत्मा प्राप्त हुन्छ भनी विश्वास गर्छन्, भन्दा पूर्णतः भिन्न थियो ।
के पापबाट क्षमा पाएको व्यक्तिले कसैमा हात राख्दा उसले पवित्र आत्मा प्राप्त गर्छ ? अहँ, गर्दैन । बाइबल भन्दछ कि परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो (उत्पत्ति १:२) । यसको अर्थ के हो भने पापबाट मुक्ति पाउन र पवित्र आत्मा पाउनको लागि, उसले पानी र आत्माको सुसमाचार सुन्नु पर्छ र यसमा विश्वास गर्नुपर्छ । परमेश्वरले पुनःजन्मिएको ईसाईलाई, जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छ, पवित्र आत्मालाई उपहारको रूपमा पठाउनुहुन्छ ।
हामीले के दिमागमा राख्नुपर्छ भने यदि हामी कसैलाई पवित्र आत्मा पाउन हात राख्नुपर्छ भनेर सिकाउँछौं भने त्यो पानी र आत्माको सुसमाचारको विरुद्धमा उभिनु जस्तै हुनेछ, जुन परमेश्वरले हामीलाई पापबाट बचाउनको निम्ति दिनुभयो । एउटा मानिसले अर्को मानिसलाई पवित्र आत्मा दिन सक्छ भनेर सोच्नु परमेश्वरलाई चुनौती दिनु सरह हो, र यस प्रकारको आस्था हुने मानिस सजिलै शैतानको फन्दामा पर्दछ । यस्तो कदापि हुन दिनु हुँदैन ।
हाम्रो सम्पूर्ण पाप क्षमा हुनेछन् जब हामी पानी र आत्माको सुसमाचारमा विश्वास गर्दछौं, र यसलाई पवित्र आत्माले पनि गवाही दिनुहुन्छ । जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्दछ उसको हृदयमा पाप रहँदैन । यस्तो उसले पाप नगरेकोले हुने होइन, बरु पानी र आत्माको सुसमाचारको शक्तिमा विश्वास गरेकोले हो । उसको हृदयमा पाप छैन भन्ने कुराको गवाही पानी र आत्माको सुसमाचारले दिन्छ, र पवित्र आत्माले पनि त्यसलाई गवाही दिनुहुन्छ । परमेश्वरको आत्मा आफूमा नभइकन कसैले पनि येशूलाई आफ्नो उद्धारक भन्न सक्दैन ।
दुष्टात्मा प्रवेश गरेको मानिसलाई पानी र आत्माको सुसमाचारको बारेमा थाह हुँदैन, र उनीहरु कहिले पनि यसलाई चर्चाको विषय बनाउँदैनन् । उनीहरुलाई पानी र आत्माको सुसमाचारबारे पत्तै हुँदैन, झन उनीहरु त सत्यलाई चिन्नै सक्दैनन् । उनीहरु के भन्छन् भने पवित्र आत्मा तब मात्र आउनुहुन्छ जब उनीहरुमा हात राखिन्छ । तथापि, पवित्र आत्मा हात राखेर कदापि आउँनुहुन्न । तपाईंले के महसुस गर्नुपर्छ भने शैतानको कामले संसारभरि चर्चमा मानिसहरुमाथि झूटा शिक्षाद्वारा ठूलो प्रभाव राख्दछ । यसकारण, पानी र आत्माको सुसमाचारमा विश्वास गरीकन साँचो पवित्र आत्माको बास प्राप्त गर्नु अति आवश्यक छ ।