( प्रेरित १९ : १–३ )
“अपोल्लोस कोरिन्थमा हँुदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए । त्यहाँ उनले कुनै–कुनै चेलाहरुलाई भेट्टाए । तिनले उनीहरूलाई भने, “जब तिमीहरुले विश्वास ग¥यौ के तिमीहरुले पवित्र आत्मा पायौ ?” उनीहरुले तिनलाई भने, “पवित्र आत्मा छ भन्ने त हामीले सुनेका पनि छैनौं ।” अनि तिनले उनीहरूलाई भने, तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ ?” उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा ।”
बाइबलले किन भन्छ, “बप्तिस्मा–दिने
यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड्ले
अगि बढिरहेको छ, अनि शक्तिशाली मानिसहरू
बलजफतीसँग यसलाई पक्रन्छन् ?”
किनकि मानिसहरू पानी र आत्माको सुन्दर सुमाचारमा
आस्थाद्वारा स्वर्गको राज्यमा प्रवेश गर्न सक्दछन् जसले भन्दछ
कि येशूले आफ्नो बप्तिस्मा र क्रुसको रगतद्वारा
संसारको पाप पखाल्नुभयो ।
पावलले कस्तो प्रकारको सुसमाचार प्रचार गर्नुभयो ? उहाँले येशूको बप्तिस्मा र रगतको सुसमाचारको प्रचार गर्नुभयो । प्रेरित १९:१ ले भन्छ, “अपोल्लोस कोरिन्थमा हँुदा पावल भित्री इलाकाहरु भएर एफिससमा आए । त्यहाँ उनले कुनै–कुनै चेलाहरुलाई भेट्टाए । तिनले उनीहरुलाई भने, “जब तिमीहरुले विश्वास ग¥यौ के तिमीहरुले पवित्र आत्मा पायौ ?” तथापि, यी मानिसहरु येशूको बप्तिस्मालाई छोडेर येशूमा विश्वास गर्थे । उनीहरुलाई त्यो सुन्दर सुसमाचारको बारेमा थाह थिएन जस्ले पवित्र आत्माको बास प्राप्त गर्न डो¥याउँछ । त्यसकारण पावलको प्रश्न, “जब तिमीहरूले विश्वास ग¥यौ के तिमीहरूले पवित्र आत्मा पायौ ?” एफिससमा केही चेलाहरुको लागि धेरै परिचित थियो । अरू मानिस भए उनीहरुलाई सोध्ने थिए, “तिमीहरुले येशूमा विश्वास ग¥यौ ?” तर पावलले अनौठो ढङ्गले प्रश्न गरे ताकि उनीहरुको आस्था पानी र आत्माको सुन्दर सुसमाचरमा नविकरण होस् र उनीहरुले पवित्र आत्मा प्राप्त गरून् । पावलको काम येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारको प्रचार गर्नुथियो । पावल, पत्रुस र यूहन्नाले पनि यूहन्नद्वारा भएको येशूको बप्तिस्मालाई गवाही दिए ।
हामी प्रेरितहरुको बप्तिस्माको सुसमाचारको गवाहीलाई हेरौं । पहिले पावलले गवाही दिए, “त्यसो नहोस् ! हामी जो पापको लागि म¥यौं त कसरी हामी त्यसैमा जिउनु ? के तिमीहरु जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं ?” (रोमी ६:२–३) र “किनकि तिमीहरुमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरु सबैले ख्रीष्टलाई धारण गरेका छौ” (गलाती ३:२७) ।
प्रेरित पत्रुसले पनि येशूको बप्तिस्माको सुसमाचारको गवाही दिएका छन्, १ पत्रुस ३:२१ मा, उनी भन्छन्, “यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरुलाई बचाउँछ । यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो । यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ । उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ ।”
प्रेरित यूहन्नाले पनि यो सुन्दर सुसमाचारको गवाही दिनुभएको छ, १ यूहन्ना ५:५–८ मा, “संसारमाथि विजय प्राप्त गर्ने को हो ? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ । उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो । गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ । किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन् ।”
यो सुन्दर सुसमाचार सम्पन्न गर्न बप्तिस्मा–दिने यूहन्नाले महत्वपूर्ण भूमिका खेले । बप्तिस्मा–दिने यूहन्नाको बारेमा बाइबलले मलाकी ३:१–३ र मत्ती ११:१०–११ मा निम्न कुरा भन्दछ । बप्तिस्मा–दिने यूहन्ना मानवताका प्रतिनिधि थिए र भविष्यवाणी गरिएको आउनुहुने एलिया थिए, जसरी पुरानो करारमा लेखिएको छ । पुरानो करारमा, होमबलिको टाउकोमा हात राखेपछि पाप सथ्र्यो र रगत बगाउन त्यसलाई मारिन्थ्यो । नयाँ करारमा, तथापि, येशू नै होमबलि हुनुहुन्थ्यो जसले आफ्नो बप्तिस्माद्वारा संसारको सारा पाप लिनुभयो र क्रूसमा मरेर पापको ज्याला तिर्नुभयो । येशूले मानवतालाई बचाउँनुभयो किनकि यर्दन नदीमा बप्तिस्मा–दिने यूहन्नाले येशूलाई बप्तिस्मा दिएर संसारको सारा पाप उहाँमा सारिदिनुभयो ।
परमेश्वरले मानवतालाई बचाउँन दुई प्रकारको महान कामको योजना बनाउनुभयो र त्यसलाई सम्पन्न गर्नुभयो । पहिलो चाहिं येशूलाई कुमारी मरियमको शरीरद्वारा यस संसारमा पठाउनुभयो, उहाँलाई बप्तिस्माद्वारा र क्रूसमा टाँगेर संसारको पाप हटाउनुभयो । दोश्रो चाहिं एलिजाबेथद्वारा बप्तिस्मा–दिने यूहन्नालाई जन्म दिनु थियो । परमेश्वरले यी दुई घटनाद्वारा मानवतालाई पापबाट बचाउँनुभयो । परमेश्वरले त्रिएकमा योजना गर्नुभएको कार्य यही नै थियो । परमेश्वरले बप्तिस्मा–दिने यूहन्नालाई यस संसारमा छ महिना पहिले पठाउनुभयो, त्यसपछि येशूूलाई, जो उद्धारक हुनुहुन्छ, यस संसारमा पठाउनुभयो, ताकि मानवताले पापके सजायबाट छुटकारा पाऊन् ।
येशूले मत्ती ११:९ मा बप्तिस्मा–दिने यूहन्नाको गवाही दिनुभयो, “तिमीहरु किन निस्क्यौ त ? के अगमवक्ता हेर्नलाई ? हो, म तिमीहरुलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान व्यक्तिलाई ।” यस बाहेक, बप्तिस्मा–दिने यूहन्नाले, जसले संसारको सारा पाप येशूमा सारिदिए, जब येशूलाई अर्को दिन देखे, उनले यसो भनेर गवाही दिए, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा !” (यूहन्ना १:२९) ।
बाइबलमा यूहन्नाको धेरै अभिलेख छ, जसले येशूलाई बप्तिस्मा दिए, र हामीले उनको बारेमा राम्रो ज्ञान हासिल गर्ने प्रयत्न गनुपर्छ । बप्तिस्मा–दिने यूहन्ना येशूभन्दा पहिले संसारमा आए । उनको भूमिका सुन्दर सुसमाचार सम्पन्न गर्नु थियो, जुन परमेश्वरको योजना थियो । बाइबल भन्छ कि येशूले संसारको सारा पाप यूहन्नामार्फत आफूमा स्वीकारनुभयो र यूहन्नाले नै परमेश्वरको इच्छा पुरा गर्नलाई त्यसो गरे ।
हामी उनलाई बप्तिस्मा–दिने यूहन्ना भन्छौं किनभने उनले येशूलाई बप्तिस्मा दिए । येशूको यूहन्नाद्वारा भएको बप्तिस्माको के अर्थ छ ? “बप्तिस्मा” शब्दले “पखालिनु” भन्ने जनाउँछ । येशूको बप्तिस्माद्वारा संसारको सारा पाप उहाँमा सारिएकोले ती पखालिएका छन् । येशूको बप्तिस्माको त्यही अर्थ छ जुन पुरानो करारमा होमबलिमा “हात राख्दा” हुन्छ । बप्तिस्माको आध्यात्मिक अर्थ हुन्छ, “सारिदिनु”, “पखालिनु”, अथवा “पुरिनु” । येशूको बप्तिस्मा संसारका सबै मानिसको पाप लिने मुक्तिको कार्य थियो ।
येशूको बप्तिस्माको त्यही महत्व छ जसरी हात राख्ने विधिको छ, जुन पुरानो करारमा होमबलिमा पाप सार्न प्रयोग गरिन्थ्यो । अर्को शब्दमा, इसा्रएलका जनताहरु प्रायश्चितको दिनमा आफ्नो पाप मुख्य पुजाहारीमार्फत होमबलिमा सार्थे । पुरानो करारमा यस बलिदानको त्यही कार्य थियो जुन येशूको बप्तिस्मा र क्रूसमा मृत्यले गरेको छ ।
परमेश्वरले प्रायश्चितको दिनलाई इस्राएलीहरुको पाप हरण गर्ने दिनको रूपमा लिनुभएको थियो । सातौं महिनाको दसौं दिनमा, मुख्य पूजाहारीले इस्राएलीहरुको सम्पूर्ण वार्षिक पापको प्रायश्चितको निम्ति होमबलिको टाउकोमा हात राखेर त्यसमा सारिदिन्थे । यो परमेश्वरले स्थापना गर्नुभएको बलिदानको व्यवस्था थियो । मानिसहरुको पाप होमबलिमा सार्ने यो एक मात्र विधि थियो, र हात राख्ने विधिद्वारा पाप सार्ने तरिका परमेश्वरले सदाका लागि तोक्नुभएको व्यवस्था थियो ।
“अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदिओस् । त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड–स्थानमा पठाइदिओस् । यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड–स्थानमा छोडिदिओस्” (लेवी १६:२१–२२) ।
पुरानो करारमा, एउटा पापीले क्षमा पाउनको लागि आफ्नो हात पाप बलिको टाउकामा राख्थ्यो र आफ्नो पाप त्यसमा साथ्र्यो । र प्रायश्चितको दिनमा, मुख्य पूजाहारी हारून, सम्पूर्ण इस्राएलीको प्रतिनिधिको रूपमा, पाप सार्नको लागि बलिको टाउकामा आफ्नो हात राख्थे । अनि पाप सारिसकेपछि त्यो बलिलाई मारिन्थ्यो ।
यसको आध्यात्मिक अर्थ बप्तिस्माकै जस्तो छ (ग्रीक भाषामा, बप्तिस्माको अर्थ हुन्छ, “पखालिनु”, “पुरिनु”, “सार्नु”) जुन नयाँ करारमा येशूले यूहन्नाबाट प्राप्त गरे । जसरी पुरानो करारमा मुख्य पूजाहारीले पापबलिमा हात राखेर इस्राएलीहरुमो पाप सार्दथे, त्यसरी नै मानवका सम्पुर्ण पापहरु बप्तिस्मा–दिने यूहन्नाले येशूमा सारिदिए । त्यसपछि येशू हाम्रो पापको प्रायश्चितको लागि क्रूसमा मर्नुभयो । यही नै सत्यको सुन्दर सुसमाचार हो ।
जसरी मुख्य पूजाहारी हारूनले इस्राएलीहरुको सट्टामा बलि अपर्ण गर्थे, बप्तिस्मा दिने यूहन्ना, जो हारूनका एक वंशज थिए, मानवताको प्रतिनिधिको रूपमा येशूलाई बप्तिस्मा दिएर मानवका सम्पूर्ण पाप उनमा सारिदिए । परमेश्वरले आफ्नो अनुपम प्रेमको योजनालाई बाइबलमा भजनसंग्रहमा ५०:४–५, यसरी व्याख्या गर्नुभएको छ, “आफ्ना प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथवीलाई बोलाउनुहुन्छ्ः ममा समर्पित हुने, अनि बलि चढाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरुलाई मकहाँ भेला गर ।” आमिन, हल्लेलूयाह ।
चर्चको इतिहासले बताउँछ कि प्रारम्भिक चर्चको पहिले दुई शताब्दीसम्म कुनै क्रिसमस थिएन । प्रारम्भिक चर्चका ईसाईहरु र येशूका प्रेरितहरुले जनवरी ६ लाई बप्तिस्मा–दिने यूहन्नद्वारा यर्दन नदीमा भएको येशूको बप्तिस्मालाई “येशूको बप्तिस्माको दिन” भनेर स्मरण गरेका थिए । उनीहरुले किन आफ्नो आस्थामा येशूको बप्तिस्मालाई त्यति धेरै जोड दिए ? यसको उत्तर नै प्रेरितहरुको परम्परामा आधारित ईसाई धर्मको मुख्य साँचो हो । तर म तपार्इंको लागि के आशा गर्छु भने विश्वासीहरुको पानी–बप्तिस्मा र येशूको बप्तिस्मामा तपार्इं नझुक्किनुहोस् ।
विश्वासीहरुको बप्तिस्मा जुन अहिले अस्तित्वमा छ त्यसको यूहन्नाद्वारा भएको येशूको बप्तिस्माको भन्दा भिन्दै अर्थ छ । त्यसकारण, हामी सबैले येशूका चेलाहरुको जस्तै आस्था राख्नुपर्छ यदि हामी पवित्र आत्मा प्राप्त गर्न चाहन्छौं भने । हामी सबैले येशूको बप्तिस्मा, जुन वहाँले यूहन्नाबाट प्राप्त गर्नुभयो, र वहाँको क्रूसको रगतमा विश्वास गर्नुपर्दछ र पवित्र आत्माको बास प्राप्त गर्नुपर्छ ।
यदि प्रारम्भिक चर्चले येशूको बप्तिस्मालाई अति नै महत्वपूर्ण कार्य मानेको थियो भने त्यो उनीहरुको येशूको बप्तिस्मामा भएको अति महत्वपूर्ण आस्थाको फल थियो, र हामीले पनि अहिले यूहन्नाद्वारा भएको येशूको बप्तिस्मालाई हाम्रो मुक्तिको अभिन्न अंश बनाउनुपर्छ । यस बाहेक, हामीले आस्थाको श्रेष्ठ ज्ञानमा पुग्नुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ, जसले भन्छ कि येशूले यूहन्नाबाट बप्तिस्मा पाएकोले गर्दा क्रूसमा टाँगिनु प¥यो । हामीले के दिमागमा राख्नुपर्छ भने जब हामी विश्वास गर्छौं कि येशूले बप्तिस्मा पाउनुभयो, क्रूसमा मर्नुभयो र हाम्रो उद्धारक हुनको निम्ति पुनरुत्थान हुनुभयो तब पवित्र आत्मा हामीमा बास गर्न शुरु गर्नुहुनेछ । यूहन्नद्वारा येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको यस सुन्दर सुसमाचारमा विशेष अर्थ छ ।
येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारमा विश्वास गर्नु नै हाम्रो निम्ति पवित्र आत्मा प्राप्त गर्ने स्वत–सुरक्षित उपाय हुनेछ । येशूको बप्तिस्माले मानवताको सम्पूर्ण पाप एकैचोटिमा पखालिदियो । यो मुक्तिको बप्तिस्मा थियो जसले हामीलाई पवित्र आत्मा प्राप्त गर्नतर्फ डो¥याउँछ । केही मानिसहरु येशूको बप्तिस्माको शक्तिलाई महसुस गर्दैनन् र यसलाई एउटा सामान्य चलनको रूपमा लिन्छन् ।
येशूको बप्तिस्मा सुन्दर सुसमाचारको एउटा अंश हो, जसले कसरी वहाँले संसारको पाप लिनुभयो र क्रूसमा रगत बगाएर त्यसको सजाय भोग्नुभयो भन्ने कुरा बताउँछ । जो कोही पनि यस सुन्दर सुसमाचारको वचनमा विश्वास गर्दछ भने, ऊ चर्चको सदस्य हुनेछ, जुन परमेश्वरको अधिनमा छ, र पवित्र आत्माको आशिष्ले उल्लसित हुनेछ । पवित्र आत्मा उनीहरुका लागि परमेश्वरको वरदान हो जसका पापहरु क्षमा गरिएका छन् ।
आफ्नो बप्तिस्माद्वारा येशू साँच्चै“संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा” हुनुभयो (यूहन्ना १:२९) । यूहन्ना १:६–७ ले भन्छ, “परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो । उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए ।” हामीले येशूलाई आफ्नो उद्धारकको रूपमा विश्वास गर्न, जसले हाम्रो सम्पूर्ण पाप उठाइलैजानुभयो, हामीले यूहन्नाको प्रचारलाई र गवाहीलाई बाइबलमा लेखिएअनुसार बुझ्नुपर्छ । अनि हामी येशूमा विश्वास गर्न सक्छौं आफ्नो उद्धारकको रूपमा । पवित्र आत्मा प्राप्त गर्न, हामीलाई हाम्रो बलियो आस्थाको आवश्यक्ता पर्छ जुन यस गवाहीद्वारा बलियो बनाइएको हुनुपर्छ । त्यसकारण, यो सुन्दर सुुुसमाचारलाई पूरा गर्न, हामीले येशूको यूहन्नाद्वारा भएको बप्तिस्मा र उहाँको क्रूसमा बगेको रगतमा विश्वास गर्नुपर्छ ।
मत्ती ११:१२ मा यस्तो लेखिएको छ,“बप्तिस्मा–दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड्ले अगि बढिरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन् ।” यो खण्ड बाइबलका अप्ठ्यारा खण्डहरुमध्ये एक हो । तथापि हामीले यो वाक्यंशमा विशेष ध्यान दिनुपर्छ “बप्तिस्मा–दिने यूहन्नाको समयदेखि ।” यसले प्रष्ट घोषण गर्छ कि हाम्रो मुक्तिको लागि यूहन्नाको प्रचार येशूको प्रचारसँग सम्बन्धित थियो ।
येशू चाहनुहुन्छ कि हामी परमेश्वरको राज्यमा साहसिलो आस्थाले प्रवेश गरौं, शक्तिशाली मानिसझैं बलजफती प्रवेश गरौं । हामी हरेक दिन पाप गर्छौं, हामी दुर्बल छौं तर उहाँ आफ्नो राज्यमा हामीलाई हाम्रो दुष्टताको बावजुद साहसिक आस्थाको कारणले गर्दा प्रवेश गर्ने अनुमति दिनुहुन्छ । त्यसकारण यस खण्डले के भन्छ भने मानिसहरुले पानी र आत्माको सुन्दर सुसमाचारमा आस्था राखेर, जसले यो भन्छ कि यूहन्नाको बप्तिस्माद्वारा र क्रूसमा आफ्नो मृत्युद्वारा येशूले संसारको सम्पूर्ण पाप मेटाउनुभयो, स्वर्गको राज्य लिन सक्छन् । अर्को शब्दमा, यसको अर्थ के हुन्छ भने हामी येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचरमा साहसिलो आस्था राखेर स्वर्ग प्राप्त गर्नसक्छौं ।
येशूको बप्तिस्माले हाम्रो सबै पाप उठाइलग्यो, र यसमा आस्था राख्यौं भने हामी निश्चित रूपले पवित्र आत्मा प्राप्त गर्छौ । हामीले यो सुसमाचार हाम्रो छिमेकीलाई, नातागोतालाई, परिचितहरुलाई, र संसारका सबैलाई सुनाउनुपर्छ । हामीले यस सुन्दर सुसमाचारमा आस्था राख्नैपर्छ जसले भन्छ संसारका पापहरु येशूले बप्तिस्माद्वारा आफूमा लिनुभयो । हाम्रो आस्थाद्वारा हामी मुक्तिको आनन्द र पवित्र आत्माको बास प्राप्त गर्दछौं ।
येशूको बप्तिस्माले हाम्रो सम्पूर्ण पाप उठाइलग्यो र उहाँको रगत उक्त पापको लागि सजाय थियो । हामीले अविश्वासीहरुलाई पानी र आत्माको सुन्दर सुसमाचार व्याख्या गरिदिनुपर्छ । यसो गरे मात्र, उनीहरु पनि यो सुसमाचारमा विश्वास गर्न आउँछन् र पवित्र आत्मा प्राप्त गर्छन् । म चाहन्छु कि तपाईं यसमा विश्वास गर्नुहोस् । यूहन्नद्वारा भएको येशूको बप्तिस्मा र उहाँको क्रूसमा बगेको रगतमा आस्थाद्वारा मात्र मानिसका सबै पापहरु क्षमा हुन्छन् र पवित्र आत्माको बास प्राप्त हुन्छ ।
जो कोही पनि पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा र पवित्र आत्माको बासद्वारा परमेश्वरको सन्तान हुन सक्छ, र हाम्रा भाइबहिनीहरुमध्ये एक हुनसक्छ । तपाईंले यस सुन्दर सुसमाचारमा पावलको जस्तै आस्था राख्नुपर्छ । म परमेश्वरलाई हामीलाई यस्तो सुन्दर सुसमाचार दिनुभएकोमा धन्यवाद दिन्छु र उहाँको प्रशंसा गर्छु । आमिन ।