( प्रेरित ३:१९ )
“यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरुका पाप मेटिऊन्, र परमप्रभुको उपस्थ्तििबाट आनन्दको समय आओस् ।”
प्रेरितहरुको आस्था कस्तो थियो?
उनीहरु येशूको बप्तिस्मा र क्रूसको रगत
दुवैमा विश्वास गर्दथे ।
येशूका चेलाहरुलाई हेर्दा, पवित्र आत्मा प्राप्त भएपछिको आस्था र नपाउँदाको आस्था बीच प्रष्टै भिन्नता पाइन्छ । उनीहरुको शरीरमा कुनै परिवर्तन देखिएन, तर पवित्र आत्मा प्राप्त भएपछि, उनीहरुको जीवन येशूको प्रकाशले गर्दा पूर्णरूपले परिवर्तन भयो ।
म बसेको शहरमा सुन्दर हिमाल र तालहरु छन् । यस्तो सुन्दर दृश्यलाई हेर्दा, म सन्तुष्टि र अचम्मले भरिन्छु र परमेश्वरलाई यस्तो सुन्दर सृष्टिको लागि धन्यवाद नदिईकन रहन सक्दिन । सूर्यको किरणमा कञ्चन पानीको चमकले मेरो हृदय पूर्ण बनाउँछ र मेरो वरिपरिको संसार सूनझैं लाग्दछ ।
तर यस्ता ठाउँहरु पनि छन् जहाँ त्यस्तो सुन्दर दृश्य प्रकट हुुुुुँदैन । यहाँ यस्ता ठाउँहरु छन् जहाँ आकाश सफा हुन्छ, तर सूर्यको किरण तल पानी धमिलो हुन्छ । त्यस्तो दृश्यमा कुनै चमक हुँदैन । ताललाई यसरी हेर्दा, म परमेश्वरलाई वहाँको सुन्दर सुसमाचारको लागि धन्यवाद दिन्छु जसले मेरा पापहरुलाई पखालिदियो र ममा पवित्र आत्माको बास गरायो ।
जसरी धमिलो तालको सतहले प्रकाशलाई परावर्तन गर्न सक्दैन, त्यसरी नै हामी पनि परमेश्वरको प्रकाशदेखि टाढा हुनसक्छौं, र आफ्नो पापपूर्ण प्रकुतिले गर्दा थाहै नपाईकन अज्ञात भविष्यतर्फ अघि बढ्दछौं । तर यदि हाम्रो हृदयमा पवित्र आत्मा बास गर्नुहुन्छ भने हामी परमेश्वरको सन्तानको रूपमा प्रकट हुन्छौं र अरुलाई पनि सुसमाचारको शिक्षा दिन डो¥याइन्छौं । किनकि हामीले वहाँको प्रकाशलाई स्वीकार्यौं, हामी प्रकाशझैं चम्किने छौं ।
यसप्रकार, येशूको पुनरुत्थानपछि, वहाँका चेलाहरुले पवित्र आत्मा प्राप्त गरे र ज्यातिको सन्तान र प्रेरित भए । पवित्र आत्माको ज्योति सबैका लागि ठूलो आशिष् हो र त्यसकारण अधिकांश मानिस पवित्र आत्मा प्राप्त गर्ने चाहना राख्छन् ।
प्रेरित पावलको आस्था
पावलको आस्था कस्तो थियो ? पावलले, आफ्नो आस्थाको स्वीकारोक्तिमा के भने भने, उनले गामालिएलबाट शिक्षा र राम्रो तालिम पाएका थिए जो त्यो बेला व्यवस्थाका महान शिक्षक थिए, आफ्ना पुर्खाहरुको व्यवस्थाको कडारूपमा ज्ञान लिएका थिए । तर उनले के स्वीकारे भने व्यवस्थाले उनलाई पापबाट बचाउँन सक्दैन र उनी, वास्तवमा, हाम्रा उद्धारक, येशूका विरोधी थिए । एक दिन उनले दमस्कसको बाटो हँदा येशूलाई भेटे र वहाँको सुसमाचारको प्रचारक भए । उनले येशू ख्रीष्टमा परमेश्वरको पुत्रको रूपमा आस्था राखे, जो यस संसारमा आउनुभयो, संसारको पाप पखाल्नको लागि यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो, र ती पापहरुको सजाय भोग्नको लागि क्रूसमा रगत बहाउनुभयो । अर्को शब्दमा, पावलको हृदयमा पापको क्षमाप्रति आस्था थियो ।
येशूका चेलाहरु विश्वास गर्थे कि वहाँको यूहन्नाद्वारा बप्तिस्मा र क्रूसको रगत उनीहरुको सम्पूर्ण पापको क्षमाको लागि थियो । पावलले पनि चेलाहरुकै जस्तो आस्था राखे र त्यसकारण आफ्नो सम्पूर्ण पापबाट बचाइए ।
पावलले गलाती ३:२७ मा भने, “किनकि तिमीहरुमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरु सबैले ख्रीष्टलाई धारण गरेका छौ,” र येशूको बप्तिस्मा नै आफ्नो मुक्ति हो भनेर आस्था राखे । पत्रुसले पनि, १ पत्रुस ३:२१, मा भने, “यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरुलाई बचाउँछ । यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो । यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरुलाई बचाउँदछ,” र यो पदमार्फत उनले येशूको बप्तिस्माको सुन्दर सुुुसमाचारलाई प्रदर्शित गरे । येशूका चेलाहरुले यो विश्वास गरे कि वहाँको यूहन्नाद्वारा भएको बप्तिस्मामार्फत संसारको सबै पाप धोइयो । उनीहरुका पाप क्षमा गरिए, र यो सत्यमा विश्वास गरेकाले अब उनीहरु व्यवस्थाको श्रापको अधिनमा छैनन् ।
उनीहरु येशूको बप्तिस्मा र क्रूसको रगत दुवैमा विश्वास गर्दथे । यो प्रष्ट छ कि सफल चेला हुनको लागि यसमा विश्वास हुनु अति आवश्यक योग्यता हो । प्रेरित १:२१–२२, ले भन्छ, “अर्थात् यस्तो व्यक्ति जो यूहन्नको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो । त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ ।” येशूको यूहन्नाद्वारा भएको बप्तिस्मामा विश्वासपछि येशूको चेला हुन शुरु हुन्थ्यो । (हिब्रू १० :: २२) ।
हामीलाई हाम्रो पापबाट क्षमा पाउनको लागि चाहिने सत्य भनेको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा आस्था हो । “किनकि तिमीहरुमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरु सबैले ख्रीष्टलाई धारण गरेका छा ” (गिलाती ३:२७)।
त्यसैले पावल पनि यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वास गर्थे ।
तीतस ३:५ मा हेरौं “तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कुपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,” यहाँ, “पुनर्जीवनको स्नानद्वारा” भन्नाले संसारका सबै पापहरु पखालियो जब यूहन्नाले येशूलाई बप्तिस्मा दिए । यस्तै प्रकारले, यदि तपाईं आफ्नो सम्पूर्ण पापबाट क्षमा पाउन चाहनुहुन्छ भने, तपाईंले यो सुन्दर सुसमाचारमा विश्वास गर्नुपर्छ, जसले भन्छ कि तपाईंका पापहरु यूहन्नाको बप्तिस्माद्वारा येशूमा सारियो । येशूले क्रूसमा टाँगिनु र रगत बहाउनुको कारण यो थियो कि वहाँले हाम्रा सम्पूर्ण पापहरु यूहन्नाको बप्तिस्मा द्वारा लिनुभयो । यो तथ्यमा विश्वास गर्नु पवित्र आत्माको बास प्राप्त गर्नलाई पर्याप्त हुन्छ । पावलले पनि स्वीकारनु भयो कि उहाँ येशूको यूहन्नाद्वारा भएको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वास गर्नुहुन्छ ।
हिब्रू १०:२१–२२ मा हेरौं, यसले भन्छ, “परमेश्वरको घरानमा हाम्रा एक जना महान् पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं ।” यहाँ,“ शुद्ध पानीले हाम्रो शरीरलाई धोएर” भन्नाले यूहन्नाद्वारा भएको येशूको बप्तिस्मालाई जनाउँछ, जसले मानवताका सम्पूर्ण पाप धोइदियो ।
त्यसकारण, पुरानो र नयाँ करार दुवैमा, हामी भेट्टाउँछौं कि सुन्दर सुसमाचारको मुख्य अंश भनेको येशूको बप्तिस्मा र वहाँको क्रूसमा भएको मृत्यु हो । तपाईंले पनि, पावलको जस्तै आस्था राख्नुपर्दछ ।
आज, अधिकांश ईसाईहरु वहाँमा व्यर्थै आस्था राख्छन् किनकि उनीहरुलाई थाह छैन जब यूहन्नाले येशूलाई बप्तिस्मा दिए, संसारका सारा पापहरु धोइए । केही धर्मशास्त्रीहरु पपबाट क्षमा पाउनको लागि मानिसहरु आफैले पानीमा बप्तिस्मा लिनुपर्छ भनेर तर्क गर्छन् । यो भनाइ, बाइबलमा लेखिएको साँचो र सुन्दर सुसमाचारको बारेमा थाह नभएकोले भनेको हुनुपर्छ । हाम्रो पाप मात्र देखावटी चलनले जब हामी पानीमा बप्तिस्मा लिन्छौ क्षमा हुनसक्दैन । येशूको बप्तिस्मा र वहाँको रगतमा विश्वासले मात्र हाम्रो सम्पूर्ण पाप पखाल्दछ । उनीहरुको मात्र पाप क्षमा हुन्छ जो यस सुन्दर सुसमाचारमा विश्वास गर्दछन् । र वहाँको रगतमा विश्वासद्वारा, उनीहरुले आफ्नो सम्पुर्ण न्याय तिरेका छन् । उनीहरुले मात्र जोसँग यो आस्था छ पवित्र आत्मा प्राप्त गर्दछन् ।
“हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं (हिब्रू १०::२२) । हिब्रूका लेखकले हामीलाई साँचो हृदयले सम्पूर्ण भरोसाका साथ परमेश्वरको समीप हुन भन्दछन् । तपाईंले पनि साँचो हृदय र सुन्दर सुसमाचारमा सम्पूर्ण भरोसाका साथ परमेश्वरको समीप जानुपर्छ ।
आज, ईसाईहरु साँच्चै पवित्र आत्माको बासको प्राप्तिको आशा गर्दछन् । तर पवित्र आत्मा उनीहरुमा मात्र बास गर्नुहुन्छ जसको पाप क्षमा भएको छ । धेरै जनालाई यो थाह छैन र त्यसकारण येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारमा विश्वास नगरिकन पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् । जो येशूमा विश्वास गर्छन् तर वहाँको बप्तिस्मा र क्रूसको रगतमा विश्वास गर्दैनन् भने उनीहरुले पवित्र आत्मा प्राप्त गर्न सक्दैनन् । यसको कारण के हो भने उनीहरुको हृदय शुद्ध छैन ।
पावल, येशूको बप्तिस्मा र वहाँको क्रूसको रगत दुवैमा विश्वास गर्थे र त्यसकारण पवित्र आत्मा प्राप्त गरे । यसबाहेक, उनी यो सुसमाचारलाई प्रचार गर्थे र गलत विश्वासी भएको ठानेर सताइए । तर उनको हृदयमा पवित्र आत्मा बास गर्नुभएकोले, उनले पानी र आत्माको सुसमाचार आफ्नो जीवनको अन्त्यसम्म प्रचार गर्नसके । “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु” (फिलिप्पी ४:१३) । पवित्र आत्माको बासलाई धन्यवाद, उनले परमेश्वरको सेवा गरे र स्वर्गे नभएसम्म पवित्र आत्माको सङ्रक्षणमा रहे । जोसँग पावलको जस्तो आस्था हुन्छ उसले मात्र पवित्र आत्मा पाउन सक्छ ।
पावलको आस्थालाई हेरौं । कलस्सी २:१२, ले भन्छ, “बप्तिस्मामा तिमीहरु उहँसँग गाडिएका थियौ । मरेकाहरुबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरु पनि उहाँसँगै जीवित पारियौ ।” येशूमा, जसले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए, विश्वास गर्नाले उनी आफ्नो सम्पूर्ण पापबाट क्षमा गरिए ।
प्राचिन समयदेखि ईसाई धर्म कसरी परिवतर्न भएको छ ?
अब, एकजना बहिनीको स्वीकारोक्ति हेरौं जो पवित्र आत्माको प्राप्तिद्वारा येशूको चेला भइन् ।
“म बुढी हुँदैथिएँ तर मैले बच्चा पाउन सकिन, त्यसकारण प्राथर्नाद्वारा प्रभुको आशिष पाउन म एक चर्चबाट अर्को चर्च धाउँथे । जब म घरमा एक्लै हुन्थे म कम्तीमा पनि एक दुई घण्टा प्रार्थना गर्थे र यो धामिर्क ढाँचा मेरो दैनिक जीवनको अंश बन्यो ।
जब म आफैं यस्तो धार्मिक जीवन बिताउँदै थिए, मैले एकजना वृद्ध आईमाई भेटें । उनले मलाई भनिन् कि यदि म परमेश्वरसँग सन्तान माग्न चाहन्छु भने, मैले उनीबाट हात रखाउनको लागि प्रार्थना गनुपर्छ । मैले कतै सुनेकी थिए कि यी महिला परमेश्वरबाट पठाइएको दूत थिइन त्यसैले मैले उनलाई आफ्नो शिरमा हात राख्न दिए । त्यस क्षणमा मैले यस्तो अनुभव गरे जुन मैले पहिले कहिल्यै गरेकी थिइन । मेरो जिब्रो चल्न थाल्यो र म अर्कै भाषामा बोल्न थाले र मैले केही अनौठो र तातो शक्तिले मलाई तानेको जस्तो महसुस गरे ।
मैले यस अनुभवलाई पवित्र आत्मा प्राप्त गरेको भन्ठाने र यो प्रभुको मेरो प्रार्थनाको उत्तर थियो । ती महिला जसले मेरो शिरमा हात राखिन् पवित्र आत्माबाट वरदान पाएको जस्तो लाग्थिन् र उनी भविष्यवाणी गर्न र निको पार्न सक्थिन् । उनले कहिले पनि परमेश्वरको वचनको शिक्षा पाएकी थिइनन्, तर पवित्र आत्माको शक्तिको उपयोगद्वारा, उनले धेरै पास्टरहरुलाई र शिक्षित मानिसहरुलाई आफ्नो हात राखेर पवित्र आत्मा प्राप्त गर्न सघाएकी थिइन् ।
त्यहाँदेखि, म सभाहरुमा जान थाले, जसमध्ये एउटा तथाकथित “ नविकरण/पुनरुत्थान अभियान थियो ।3” यो सभामा मेरो एउटा प्रार्थनाको बेलामा, मैले मेरो शरीरभरि कम्पन महसुस गरे र मेरो हृदय परमेश्वर र मेरा छिमेकीहरुप्रति प्रेमले भरियो । यस्तै अरूलाई पनि भयो र मानिसहरु बेहोश हुँदैथिए र अनौठो भाषामा बोल्दैथिए । त्यहाँ दुुष्टात्माद्वारा बास गरिएका मानिसहरु थिए, र यो सभाको नेताले दुुष्टात्माहरुलाई बाहिर निकाल्थ्यो । यस नविकरण÷पुनरुत्थान अभियानको उद्देश्य मानिसहरुलाई कम्पन, भविष्यवाणी, दुष्टात्मा बाहिर निकाल्ने, र अनौठो भाषामा बोल्ने जस्ता कार्यद्वारा पवित्र आत्माको अनुभव गराउनु हो । तर यी अनुभवहरुका बावजुद पनि, मसँग अझै पाप थियो, र मेरो हृदयमा भएको पापले मलाई भय र लज्जा महसुस गराउँथ्यो ।
|
3साँचो नविकरण ईसाई जीवनको स्वाभाविक र आवश्यक अंश हो, र यसले आध्यात्मिक परिपक्वता ल्याउँछ, र यो पवित्र आत्माको फलको प्रमाण हो । तर हालका वर्षहरुमा, केही अभियानहरूले “नविकरण” शब्दलाई यसरी पुनपरिभाषित गरेका छन् कि धर्मशास्त्रमा व्याख्या गरिएको आध्यात्मिक परिपक्वताको विधिसँग यसको कुनै सम्बन्ध छैन। उनीहरुको “नविकरण” जसले अनियन्त्रित संवेगहरु उत्पन्न गराउँछ, त्यसमा सबै प्रकारका शङ्कास्पद अभिव्यक्तिहरु हुन्छन्, र बाइबलभन्दा बाहिरको अथवा बाइबलमा आधारित नभएका शिक्षा र अभ्यासहरु हुन्छन् ।
यी केही त्यस्ता भ्रामक सिकाइ र अभ्यासहरु हुन् जुन त्यो विवादस्पद नविकरण र पुनरुत्थान अभियानमा प्रचार गरिन्छः धर्मशास्त्रमा भन्दा आकर्षक अनुभवहरुमा बढि जोड, झूटा अभिव्यक्तिहरु, झूटा शिक्षा, झूटा भविष्यवाणी, झूटा चिन्ह र चमत्कारहरु, आदि । तथापि, यी अभियानहरूका सबैभन्दा खतरनाक पाटो चाहिं के हो भने यिनीहरुले गर्दा मानिसहरुले पवित्र आत्माको प्राप्तिसँग सम्बन्धित सत्यलाई गलत बुझेका छन् र सुन्दर सुसमाचारलाई बेवास्ता गरेका छन् ।
|
त्यसकारण, जब म प्रार्थना गर्थे, म अभिरूचिपूवर्क गर्थे ताकि मेरो पापको समस्या समाधान होस् । म स्वीकार्थे कि मैले पाप गरेको छु तर मानिसहरु अझै पनि मलाई परी ठान्थे । म सोच्थें कि मसँग राम्रो आस्था छ, तर म गलत थिए । यदि मैले आफ्नो गल्ती नचिनेको भए, मैले पवित्र आत्मा प्राप्त गर्ने मौकै पाउने थिइन ।
त्यसपछि, मैले पानी र आत्माको सुसमाचार प्रचार गर्नेहरुलाई भेटें र परमेश्वरको वचनमा विश्वासद्वारा मैले आफ्नो सम्पूर्ण पापको क्षमा पाए । अब म साँच्चै खुशी छु । म पानी र आत्माको सुसमाचारमा विश्वास गर्छु र पवित्र आत्मा पाएकी छु । म परमेश्वरलाई धन्यवाद दिन्छु । म चाहन्छु कि संसारका सबै ईसाईहरुले यो सुन्दर सुसमाचारमा विश्वास गर्नेछन्, पवित्र आत्माको बास प्राप्त गर्नेछन् । म हाम्रो परमेश्वरलाई धन्यवाद दिन्छु ।”
यहाँ हामीले के सिक्यौं भने पवित्र आत्मा प्राप्त गर्नको लागि, हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ । यदि तपाईं आफ्नो सम्पूर्ण पापको क्षमा पाउन चाहनुहुन्छ भने, तपाईंले यूहन्नाद्वारा भएको येशूको बप्तिस्मामा आस्था राख्नै पर्छ । एफिसी ४:५ मा हेरौ । “एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा ।” यहाँ यसले के भन्छ भने एउटै परमेश्वर हुनुहुन्छ र एउटै बप्तिस्मा, जसमा हामी विश्वास गर्छांै । हामी सबैले पवित्र आत्माको बास पाउनको लागि यूहन्नद्वारा भएको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वास गर्नुपर्छ । यदि हामी गर्दैनौ भने, पवित्र आत्माले हामीमा कदापि बास गर्नुहुने छैन ।
कुनै बेला केही मानिसहरु थिए जो पवित्रता र शुद्धता अभियानले उनीहरुलाई पवित्र आत्मा प्राप्न गर्न सघाउँछ भनेर शिक्षा दिन्थे र विश्वास गर्थे । तथापि, के तपाईं सोच्नुहुन्छ यदि हामी ती अभियानहरुमा सहभागी भयौं भने पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ ? के तपाईंले पवित्रता र शुद्धता अभियानले गर्दा पवित्र आत्मा प्राप्त गर्नुभयो ? यदि यो सम्भव थियो भने, यसमा आस्था राख्नु तपाईंको बुद्धिमानी हुने थियो । तर यदि पवित्र आत्मा यही कारणले तपाईंमा आउनुहुनेभए त येशूले हामीलाई हाम्रो पापबाट बचाउँन तल आउनुपर्ने थिएन र यूहन्नद्वारा बप्तिस्मा पनि लिनुपर्ने थिएन न त क्रूसमा टाँगिनुपर्ने थियो ।
पवित्र आत्माको प्राप्ति येशूको बप्तिस्मा र रगतको सुसमाचारमा आस्थाको उपहार हो, जसले तपाईंलाई आफ्नो पापको क्षमा ल्याइदियो । पवित्र आत्माको बास एउटा उपहार हो जुन उनीहरुलाई प्रदान गरिन्छ जसको पाप सत्य सुसमाचारद्वारा धोइएको छ र क्षमा गरिएको छ ।
हिजोआज, नविकरण÷पुनरुत्थान अभियानमा लाग्नेहरुमध्ये केही यस्ता छन् जो प्रायश्चितको गहिरो प्रार्थनाले उनीहरुलाई पवित्र आत्मा प्राप्त गर्न मद्दत गर्छ भनी विश्वास गर्छन् । तिनीहरु के भन्छन् भने व्यक्तिको हृदयमा पाप भए पनि, यदि उसले प्रायश्चितको लागि प्रार्थना गर्छ भने, उसले पवित्र आत्मा प्राप्त गर्दछ ।
पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्ट, जुन संसारभरि फैलिएको छ, अमेरिकामा सन् १८०० मा शुरु भयो । यो अभियान औद्यौगिक क्रान्तिपछि देखा प¥यो, जब मानिसहरुको नैतिकता धरापमा प¥यो । यस अभियानले तब उचाइ छोयो जब मानिसहरुको हृदय ठूलो मन्दीले गर्दा उजाड थियो । त्यो समयदेखि, परमेश्वरको वचनमा आधारित आस्था घट्न थाल्यो र नयाँ धार्मिक अभियान उदय हुन थाल्यो । त्यो पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्ट थियो जसको उद्देश्य पवित्र आत्मालाई (परमेश्वरलाई) भौतिक रूपले अनुभव गर्नुथियो — परमेश्वरको कार्यलाई आँखाले हेर्नु र परमेश्वरको वचनको शक्तिलाई शरीर र मनले अनुभव गर्नु ।
तर यस अभियानको प्रमुख दोष के हो भने यसले विश्वासीहरुलाई परमेश्वरको वचनदेखि झन टाढा पु¥याउँछ र यसको अस्तित्व शारीरिक आशिष्को लागि प्रयास गर्ने धर्मको रूपमा हुन्छ । फलस्वरुप, यस नयाँ अभियानका पछ्यौटेहरु ‘समनिजम’का प्रचारक बन्छन् । अहिले पनि, जो पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्टमा लागेका छन् के विश्वास गर्छन् भने यदि कोही येशूमा विश्वास गर्छ भने ऊ धनी हुनेछ, उसको रोग निको हुनेछ, ऊ हरेक कुरामा सम्पन्न हुनेछ, उसले पवित्र आत्मा प्राप्त गर्नेछ र अनौठो भाषामा बोल्नेछ र अरूलाई निको पार्ने शक्ति प्राप्त गर्नेछ । पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्ट संसारभरि फैलिएको छ । यो अभियान मानिसहरुको सुन्दर सुसमाचारमा आस्थाको लागि र पवित्र आत्माको बास पाउनको लागि अवरोध बनेको छ ।
आधुनिक ईसाई धर्म लुथर र क्याल्भिनको आस्थाबाट करीब ५०० वर्ष पहिलेदेखि शुरु भयो । तर ईसाई धर्मको सीमाभित्र, बाइबलमा आधारित पवित्र आत्माको बासको अध्ययन दृढपूर्वक स्थापित भएको छैन । समस्या के छ भने आधुनिक ईसाई धर्ममो शुरुदेखि नै, अधिकांश ईसाईहरुले येशूको बप्तिस्मा र क्रूसमा भएको मृत्यको महत्व नबुझिकन येशूमा विश्वास गरेका छन् । यसलाई अझ खराब बनाउन, मानिसहरुले गलत ईसाई सिद्धान्तमा जोड दिन थाले र शारीरिक अनुभवहरुलाई मात्र महत्व दिन थाले । सबै ईसाईहरुले यो सुन्दर सुसमाचारमा विश्वास गनुपर्छ जसले भन्छ कि येशूले संसारको पाप हटाउन यूहन्नाबाट बप्तिस्मा लिनुभयो र वहाँ ती पापहरुको सजाय भोग्न क्रूसमा टाँगिनु भयो । यो विश्वासले तपाईंलाई पवित्र आत्मा प्राप्त गराउने छ ।
आज, ईसाई धर्म यति उजाड हुने कारण के हो भने मानिसहरु येशूले यूहन्नाद्वारा पाएको बप्तिस्मा र वहाँको क्ूसको रगतको सत्यलाई अस्वीकार गर्छन् । येशूले हामीलाई सत्य थाह पाउन भन्नुहुन्छ । यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वास गर्नु भनेको पानी र आत्माको सुसमाचारमा विश्वास गर्नु हो । यदि तपाईं पवित्र आत्मा पाउन चाहनुहुन्छ भने, विश्वास गर्नुहोस् कि जब यूहन्नाले येशूलाई बप्तिस्मा दिए, तपाईंको पाप येशूमा सारियो र वहाँको रगत तपाईंको सम्पूर्ण पापको न्याय र क्षमा थियो । अनि तपाईं पवित्र आत्मा प्राप्त गर्नुहुनेछ ।
धेरै ईसाईहरु मुक्तिको सुसमाचारको रूपमा येशूको रगतमा मात्र विश्वास गछर्न् । तर के तपाईंमध्ये जो वहाँको रगतमा मात्र विश्वास गर्छ पापबाट मुक्त हुनसक्छ ? के तपाईं सक्नुहुन्छ ? यदि तपाईं यस्तो हुनसक्छ भनेर सोच्नुहुन्छ भने, सायद तपाईंसँग येशूको बप्तिस्माको साँचो अर्थको अस्पष्ट ज्ञान छ । यदि त्यसो हो भने तपाईंको हृदयमा अझै पाप छ । जब तपाईं येशूको बप्तिस्मा र रगतलाई एउटै आस्थाको रूपमा जोड्नुहुन्छ तब मात्र तपाईं आफ्नो पापबाट बच्न सक्नुहुन्छ र पवित्र आत्मा प्राप्त गर्नुहुन्छ । बाइबलले भन्छ कि यही नै त्यो सत्य सुसमाचार हो जसले हामीलाई संसारमाथि विजय प्राप्त गर्न सघाउँछ । “किनभने गवाही दिनेहरु तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन् (१यूहन्ना ५:८)।” त्यसकारण, हामीले यो थाह पाउनु पर्छ कि, हामीलाई हाम्रो पापबाट बचाउने वहाँको इच्छाले गर्दा, परमेश्वरले यूहन्नालाई येशूलाई बप्तिस्मा दिन लगाउनभयो र अनि वहाँलाई क्रूसमा टँगाउनुभयो ।
अधिकांश ईसाईहरुले येशूमा विश्वास गरे पनि पापको क्षमा नपाउने कारण के हो भने उनीहरु यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको रगतद्वारा सम्पन्न सुन्दर सुसमाचारमा विश्वास गर्दैनन् । जो यी दवै कुरामा विश्वास गर्छन् उनीहरुको पाप क्षमा हुनेछ र पवित्र आत्माले उनीहरुमो हृदयमा बास गर्नुहुनेछ ।
जब मानिसहरुले उनीहरुको पाप पखालिएको बुझ्छन्, उनीहरुको हृदय स्थिर पानी झैं शान्त र विशाल हुनेछ । जब पवित्र आत्मा कसैको हृदयमा बास गर्नुहुन्छ, तत्क्षण उसको हृदयमा शान्ति नदि झैं भित्र र बाहिर बग्न थाल्छ । हामी हाम्रो प्रभुलाई यही सत्यद्वारा भेट्छौं र आत्मासँग हिड्दछौं जसै हामी पवित्र आत्माको प्राप्तिको सुसमाचार प्रचार गर्दछौं । हाम्रो हृदयले यस प्रकारको शान्ति पहिले कहिल्यै पाएको थिएन । जुन समय हामी पानी र आत्माको सुसमाचारमा विश्वास गर्न थाल्छौं , त्यही समयदेखि हाम्रो जीवन शान्त हुन्छ र हाम्रो हृदय सदाको लागि उल्लासमय हुन्छ । हामी यो सुन्दर सुसमाचारदेखि विमुख हुनसक्दैनौ । पवित्र आत्मा हाम्रो हृदयमा सधैं हुनुहुन्छ र हामीलाई वहाँको वचन प्रचार गर्न उत्प्रेरणा दिनुहुन्छ र जसले यसमा विश्वास गर्छ उसलाई पवित्र आत्मा दिनुहुन्छ ।
किनकि हामीले येशूको बप्तिस्मा र वहाँको रगतको सुन्दर सुसमाचारमा विश्वास ग¥यौं, हामी पवित्र आत्माले धन्य भयौं । अब तपाईंले पवित्र आत्मा प्राप्त गर्न येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वास राख्नुपर्छ । यो महत्वपूर्ण छ कि संसारका मानिसहरुले परमेश्वरको वचनमा विश्वास गर्न शुरु गरून् र जानून् कि येशूले संसारको सबै पाप लिन यूहन्नाको बप्तिस्मा लिनुभयो र वहाँ हाम्रो पापको सजाय भोग्न क्रूसमा मर्नुभयो । जब उनीहरुले यसो गर्छन्, अन्ततः उनीहरुले पवित्र आत्मा प्राप्त गर्नेछन् ।