( १ यूहन्ना १:१–१० )
“जीवनको त्यस वचनको विषयमा, जो शरूदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हे¥यौं र हाम्रा हातले छोयौं, त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो । हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरुको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ । हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस् । जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरुलाई सुनाउँछौं, र उहाँमा कत्ति पनि अँध्यारो छैन । यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं । तर उहाँ ज्योतिमा हुनुभएझैं यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एउटा अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ । यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन । यदि हामीले आफ्ना पापहरु स्वीकार ग¥यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ । यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।”
पवित्र आत्माको सङ्गति पाउन
आवश्यक योग्यता के हो ?
हामीले पहिले पानी र आत्माको सुसमाचार जान्नुपर्छ
र यसमा विश्वास गनुपर्छ अनि यसमा
आस्थाद्वारा आफ्नो सम्पूर्ण पाप पखाल्नुपर्छ ।
यदि तपाईं पवित्र आत्माको सङ्गति पाउन चाहनुहुन्छ भने, पहिले, तपाईंले जान्नु पर्छ कि परमेश्वरको अगाडि थोरै मात्र पापले पनि त्यस्तो सङ्गतिलाई असम्भव बनाउँछ । तपाईं सोच्नुहोला, ‘कसरी मानिससँग परमेश्वरको अगाडि अलिकति पनि पाप हुँदैन ?’ तर यदि तपाईं साँच्चै परमेश्वरको सङ्गति पाउन चाहनुहुन्छ भने तपाईंको हृदयमा कुनै अन्धकार हुनुहुँदैन । त्यसकारण, परमेश्वरको सङ्गति पाउनको लागि, तपाईंले के बुझ्नु आवश्यक छ भने तपाईंले मुक्तिको सुसमाचारमा विश्वास गर्नैपर्छ र आफूलाई सम्पूर्ण पापबाट शुद्ध राख्नुपर्छ ।
यदि तपाईं साँच्चै पवित्र आत्माको सङ्गति पाउन चाहनुहुन्छ भने, तपाईंले पहिला पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ र विश्वास गनुपर्छ र आस्थाद्वारा आफ्नो पापलाई धुनुपर्छ । यदि तपाईलाई पानी र आत्माको सुसमाचार थाह छैन र यसलाई आफ्नो हृदयमा लिनुहुन्न भने , तपाईंले परमेश्वरको सङ्गति पाउनेबारे सोच्नु पनि हुँदैन । पवित्र आत्माको सङ्गति पाउन तब मात्र सम्भव छ जब तपाईंको हृदयबाट सम्पूर्ण पाप पानी र आत्माको सुसमाचारले पखालिन्छ ।
वहाँको पानी र आत्माको सत्यले जोसुकैको हृदयबाट पनि पाप पखालिन्छ । जब तपाईं पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्नुहुन्छ परमेश्वरले तपाईंलाई पवित्र आत्माको आशिष् दिनुहुन्छ । के तपाईं साँच्चै परमेश्वर र पवित्र आत्मासँग सङ्गति हुनचाहनुहुन्छ ? त्यसो भए आफ्नो पापलाई चिन्नुहोस् र आफूलाई पापबाट शुद्ध पार्नको लागि यो सुन्दर सुसमाचारमा विश्वास गर्नुहोस् । त्यसपछि तपाईं साँच्चै परमेश्वरसँग सङ्गति हुनसक्नुहुन्छ ।
यदि तपाईं परमेश्वरको सङ्गति पाउन चाहनुहुन्छ भने, तपाईंले येश्ूले यर्दन नदीमा यहून्नाबाट पाउनभएको बप्तिस्मामा विश्वास गर्नुपर्छ र वहाँको क्रूसमा बहेको रगतमा पनि विश्वास गनुपर्छ । यदि मानिसहरु साँच्चै पवित्र आत्माको सङ्गति पाउन चाहन्छन् भने, उनीहरुले पवित्र आत्मा को हुनुहुन्छ भनेर जान्नुपर्छ । पवित्र आत्मा पवित्र एक हुनुहुन्छ । र त्यसकारण वहाँ उनीहरुमा मात्र बास गर्नुहुन्छ जो यो सुन्दर सुुसमाचारमा विश्वास गर्छन् ।
हामी कसैको स्वीकारोक्ति हेरौं जसको पाप येशुको यूहन्नाद्वारा भएको बप्तिस्मामा र वहाँको रगतमा आस्थाद्वार पखालियो, र अहिले उसले पवित्र आत्माको सङ्गति पाएको छ ।
“यस संसारमा विभिन्न प्रकारका मानिसहरु छन् र आफ्नै विचार र तरिकाद्वारा जिउँदछन् । म उनीहरुमध्ये एक थिए । मेरो जिन्दगी साधारण थियो र मेरो बाल्यकालदेखि नै, म आमालाई चर्चमा पछ्याउँथे र स्वाभाविक रुपले परमेश्वरमा विश्वास गर्ने भए । मेरो पिता नास्तिक हुनुहुन्थ्यो, तर परिवारका बाँकी सदस्य सबै चर्च जान्थे । चर्च जानु मेरो जीवनको ठूलो अंश थियो ।
तथापि, मेरो किशोरावस्थामा, असक्त पितालाई हेरेपछि, ममा धेरै विचारहरु जस्तै जीवन र मृत्यु, स्वर्ग र नर्क आए । अधिकांश मानिसहरुले भने कि यदि मैले परमेश्वरमा विश्वास गरे भने म स्वर्गमा प्रवेश पाउन सक्छु र वहाँको सन्तान हुनसक्छु, तर म यसबारेमा कहिल्यै निश्चित भइन । म कहिल्यै निश्चित भइन कि म वहाँको सन्तान बन्नेछु । मैले सिकेको थिए कि यदि मैले यो पृथ्वीमा राम्रो गरे भने म स्वर्गमा प्रवेश पाउन सक्नेछु र यसकारण म गरिबहरुलाई सहयोग गर्ने कोसिस गर्थे ।
तर मेरो हृदयको एउटा कुनामा, म जान्दथे कि मैले पाप गरेको छु । म अरूको लागि राम्रो व्यक्ति जस्तो देखिन्थे होला तर म आफैलाई आफ्नो पापको दोषी नठानी रहन सक्दिन थिए । त्यो बेलामा, मैले एउटा बानी बसाले, म चर्च जान्थे र प्रार्थना गर्थे, ‘कृपया, मलाई तपाईंको साँच्चैको सन्तान बनाउनुहोस् । कृपया मलाई सत्य जान्न दिनुहोस् ।’ प्रार्थना गर्दा, मैले मेरो हृदयमा नयाँ आकांक्षा अनुभव गरे । जब म वहाँको वचनको शिक्षा सुन्दथे, म न त बुझ्न सक्थें न त विश्वस्त हुन सक्थे । म थकित थिए जीवनको खालीपनदेखि, मेरो पापदेखि, मृत्यु आदि देखि ।
ममा यस्ता विचारहरु थिए जस्तै, ‘म पुनःजन्मिन चाहन्छु । यदि म पुनःजन्मिए भने म फेरि यसरी जिउने छैन ।’ तर यस्ता विचारहरुका बावजुद म कमै चर्च जान्थे र मेरा किशोरावस्थाका दिनहरु बिते । मैले अब जागिर पाउनु थियो तर यो सोचेभन्दा धेरै कठिन थियो । म झनै उदास भए र मैले जति नै कडा प्रयास गरे पनि, म मुस्काउन सक्दिन थिए । आफ्नो हृदयको खालीपनालाई देखेर, म उदासीको अवस्थामा झरे । त्यो बेलामा, मैले आफ्नो ठूलो दाजुबाट सुसमाचार सुने ।
“यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरुका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्” (प्रेरित ३:१९) । यो पानी र आत्माको सुसमाचार नै थियो । मैले शुरुका चर्च सभाहरुमा सिकेको यत्ति नै थियो कि येशू हाम्रो पापको निम्ति क्रूसमा मर्नुभयो । तर यो सुसमाचारले मलाई भन्यो कि येशूले हाम्रो पाप लिन र हाम्रो पापको लागि सजाय क्रूसमा भोग्न यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो ।
म आफ्नो जीवनभर चर्च गएको थिए र आफूलाई परमेश्वरको सन्तान भन्ठान्थे तर म भ्रममा थिए । मैले वहाँको वचनको अर्थ बुझ्ने प्रयास गरे तर असफल भए । तथापि, जब मैले पानी र आत्माको सुन्दर सुसमाचार सुने र यसमा विश्वास गरे, ममा भएको पाप र ती सम्पूर्ण चीजहरु जसले मलाई सताउँथे हराएर गए र मेरो हृदय शान्त भयो ।
म के सोच्थें भने यदि मैले उत्साहपूर्वक परमेश्वरमा विश्वास गरे र सधैं चर्च गए भने, म स्वर्ग जानेछु । तर परमेश्वरले मलाई पानी र आत्माको सुन्दर सुसमाचार पठाउँनुभयो र मेरा पापहरु क्षमा गरिए । वहाँले मलाई पवित्र आत्माको उपहार दिनुभयो । मैले वहाँको मुक्ति पाउँनुभन्दा अगाडि, मलाई पवित्र आत्मा र अनौठो भाषामा बोल्नुको बारेमा थाह थिएन । म खालि चर्च मात्र जान्थे र यो विश्वास गर्थें कि यदि मैले इमान्दारीपूवर्क जीवन बिताएँ र आफ्नो चर्चको सेवा गरे भने परमेश्वरले मलाई आशिष् दिनुहुनेछ । तर मैले यो महसुस गरे म तब मात्र पवित्र आत्मा प्राप्त गर्नसक्छु जब मेरा सम्पूर्ण पापहरु पानी र आत्माको सुन्दर सुसमाचारद्वारा क्षमा हुन्छन् ।
मेरो पहिलेको जीवनमा, म परमेश्वरमा विश्वास गरे पनि पापमै थिए । र मैले बिना उत्साह जीवन बिताएँ, पवित्र आत्मा प्राप्त गर्नुको महत्व मलाई थाह थिएन । तर वहाँको सेवकद्वारा, जसले बाइबलमा आधारित यो सन्दरु सुसमाचार प्रचार गरे, मैले यसमा विश्वास गरे र थाह पाएँ कि पवित्र आत्मा ममा पनि बास गर्नुहुन्छ ।
मुक्तिको प्राप्ती पछि, शुरुमा त ममा पवित्र आत्मा हुनुहुन्छ कि हुनुहुन्न भनेर म विश्वस्त थिइन । तर मैले वहाँको वचनको निरन्तर अध्ययन गरे र महसुस गरे कि मेरो हृदयमा एउटा नयाँ आस्था फक्रदैछ र मैले पनि पवित्र आत्माको बास प्राप्त गरेको छु । अब यो सत्य हो, र म विश्वस्त छु कि ममा पवित्र आत्मा बास गर्नुहुन्छ ! जब वहाँले मेरा पापहरु क्षमा गर्नुभयो, मैले थाह पाए कि उनीहरु मात्र जो पापबाट मुक्त छन् परमेश्वरको सन्तान हुन्छन् र पवित्र आत्मा प्राप्त गर्छन् ।
मैले यो पनि महसुस गरें कि वहाँको नजरमा उत्कृष्ट देखिन गरेका प्रयासहरुले अथवा उत्कृष्ट जीवन बाँचेर म कदापि पवित्र आत्मा पाउन सक्दिन । परमेश्वर उनीहरुकहाँ आउनुहुन्छ जो आफू पापी छौं भनी जान्दछन् र यसको बारेमा के गर्ने भनेर जान्दैनन् । वहाँ उनीहरुलाई भेट्नुहुन्छ जो वहाँलाई इमान्दारीपूवर्क खोज्दछन् र वहाँको आवश्यक्ता महसुस गर्दछन् ।
वहाँले मलाई देखाउनु भयो कि राम्रो गरेर अनि वहाँमा रित्तो आस्था राखेर स्वर्गमा जान सकिदैंन र येशू ख्रीष्ट यो संसारमा पानी र आत्माको सुन्दर सुसमाचारद्वारा मलाई मेरो पापबाट बचाउँन आउँनुभयो । वहाँले मलाई सदाको लागि पवित्र आत्मा दिनुभयो ।
म परमेश्वरलाई मलाई वहाँको सन्तान बनाउनुभएकोमा र मलाई पवित्र आत्माको बासले आशिष दिनुभएकोमा धन्यवाद दिन्छु । यदि परमेश्वरले यसो नगर्नुभएको भए, मेरो हृदयमा अझै पाप हुनेथियो र म सदाको लागि नरकमा बन्दी हुनेथिए ।”
यस्तै गरी, म पनि पहिले क्रूसको रगतमा मात्र विश्वास गर्थें र चाहेर पनि पवित्र आत्मा प्राप्त गर्न सकेको थिइन । त्यो बेला, म येशूमा विश्वास गर्थें तर मेरो हृदयमा पाप थियो जसले मलाई पवित्र आत्मा प्राप्त गर्नबाट रोक्थ्यो । एउटा पापीले उसको हृदयमा पवित्र आत्मा पाउन सक्दैन । तर पनि, अझै धेरै पापीहरु पवित्र आत्मा प्राप्त गर्न कोसिस गर्छन् जबकि उनीहरुको हृदय पापले भरिपूर्ण छ ।
यदि तपाईं साँच्चै पवित्र आत्मा पाउन चाहनुहुन्छ र वहाँको सङ्गति पाउन चाहनुहुन्छ भने, तपाईंले पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्नुपर्ने हुन्छ र मुक्ति पाउनुपर्छ । के तपाईं अझै पापी हुनुहुन्छ ? त्यसो भए तपाईं उनीहरुबाट साँचो सुसमाचार सुन्न सक्नुहुन्छ जसले पहिले नै पवित्र आत्मा पाइसकेका छन् । जो पवित्र आत्माको सङ्गति पाउन चाहन्छन् उनीहरुको हृदय तिर्खाएको हुनुपर्छ र पानी र आत्माको सुन्दर सुसमाचारमा आस्था राख्नुपर्छ ।
धर्मीले मात्र चर्चद्वारा पवित्र आत्माको वचन सुन्नसक्छ । उनीहरु आफ्नो आस्थापूर्ण जीवन सुन्दर सुसमाचार सुनेर बाँच्न सक्छन् तर पापीहरुको जीवन श्रापित हुनेछ र उनीहरुले सुन्दर सुसमाचार सुन्न पाउने छैनन् र नर्कमा जानेछन् ।
त्यसकारण, तपाईंले पानी र आत्माको सुसमाचरको बारेमा अध्ययन गर्नुपर्छ । तपाईंले किन यो सुुसमाचारमा विश्वास गर्नुपर्छ ? यो आवश्यक छ कि तपाईंले व्यवस्थाको धर्मबाट छुट्कारा पाउनुहोस् र आफ्नो आस्थालाई परमेश्वरको वचनमा आधारित सुन्दर सुसमाचारमा विश्वासद्वारा निर्माण गर्नुहोस् । येशूका चेलाहरुले यो सुन्दर सुसमाचारलाई माने र अब यो उनीहरुको हो जसले पवित्र आत्मा प्राप्त गरेका छन् । यो सुन्दर सुसमाचार दुरुस्त त्यही हो जुन चर्चको प्रारम्भिक कालमा प्रेरितहरुले मानेका थिए । सबै ईसाईहरुले पवित्र आत्मा प्राप्त गर्नुपर्दछ । तब मात्र उनीहरु परमेश्वरको सन्तान हुन सक्छन् ।
जो अझै पनि पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दैनन् उनीहरुको हृदयमा अझै पनि पाप भएको हुनुपर्दछ । उनीहरुले पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्दैनन् । सबभन्दा पहिले, परमेश्वरले दिनुभएको पानी र आत्माको सुसाचारमा विश्वास गर्नुपर्दछ र पवित्र आत्मा प्राप्त गर्नुपर्छ अनि मात्र उनीहरुले पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्छन् ।
बाइबलले बारम्बार पवित्र आत्माको उल्लेख गर्दछ
पवित्र आत्माको बास तब शरु भयो जब येशूको पुनरुत्थान भयो । अब नै मुक्तिको दिन हो र अब नै वहाँको अनन्त आशिष्को समय हो । तर यो साँच्चै दुर्भाग्यपूर्ण हुन्छ यदि हामीले पानी र आत्माको सुसमाचारलाई स्वीकारदैनौ र यदि हामी पवित्र आत्माको सङ्गति बिना जिउँदछौ भने ।
के तपाईंको पवित्र आत्मासँग सङ्गति छ ? के तपाईंको पापले गर्दा पवित्र आत्माको सङ्गति प्राप्त गर्नबाट बञ्चित हुनुभएको छ ? त्यसो भए परमेश्वरले तपाईंलाई दिनुभएको पानी र आत्माको सुसमाचारको बारेमा पढ्नुहोस् र यसमा विश्वास गर्नुहोस् । यदि तपाईंले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुभयो भने, पवित्र आत्मा तपाईंको हृदयमा बास गर्नुहुनेछ र तपाईंको सङ्गी हुनुहुनेछ । पवित्र आत्मा उनीहरुको हृदयमा मात्र बास गर्नुहुनेछ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्दछन् । पवित्र आत्माले आफ्नो इच्छा अक्सर धर्मीहरुको हृदयमा प्रकट गर्नुहुन्छ । पवित्र आत्मासँगै पावलको प्रचारको उद्देश्य सुन्दर सुसमाचारलाई फैलाउनु थियो ।
तपाईंले कसरी उसलाई चिन्न सक्नुहुन्छ जसले पवित्र आत्मा प्राप्त गरेको छ ? यसको के मापदण्ड छ ? मापदण्ड के हो भने उसले पानी र आत्माको सुन्दर सुसमाचरमा विश्वास गर्छ कि गर्दैन । यदि त्यो व्यक्तिलाई पानी र आत्माको सुसमाचारको बारेमा थाह छ र विश्वास गर्छ भने, तब ऊ पवित्र आत्माको बास भएको व्यक्ति हो ।
जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दैन उसमा पवित्र आत्मा बास गर्नुहुन्न । पवित्र आत्मा उनीहरुमा मात्र बास गर्नुहुन्छ जो यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा विश्वासद्वारा प्राप्त हुने पापको क्षमालाई स्वीकार गर्दछन् । के तपाईं पवित्र आत्माको सङ्गति प्राप्त गर्न चाहनुहुन्छ ?
के तपाईंलाई थाह छ पवित्र आत्मा प्राप्त गर्न र वहाँको सङ्गति प्राप्त गर्न कुन सुसमाचारलाई बुझ्नुपर्ने हुन्छ ? त्यो सुसमाचार यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको क्रूसको रगतमा हुने आस्था भित्र पाइन्छ । यदि तपाईं पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुहुन्न भने, तपाईंको पाप क्षमा हुन सक्दैन र त्यसकारण पवित्र आत्मा तपाईंकोमा बास गर्न सक्नुहुन्न । पवित्र आत्मा माग गर्नुहुन्छ कि वहाँलाई प्राप्त गर्न मानिसहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गरून् ।
पवित्र आत्मा पापीहरुको हृदयमा बास गर्नसक्नुहुन्न । यदि तपाईं पवित्र आत्मा पाउन चाहनुहुन्छ भने, तपाईंको सम्पूर्ण पापहरु पखाल्नको लागि यो सुन्दर सुसमाचारमा तपाईंले विश्वास गर्नुपर्छ । यदि तपाईं पवित्र आत्माको सङ्गति पनि पाउन चाहनुहुन्छ भने, यो सुन्दर सुसमाचारको प्रचारमा तपाईं इमान्दार हुनुपर्छ । यदि तपाईं पवित्र आत्माबाट डो¥याइन चाहुनहुन्छ भने, तपाईंले यो सुन्दर सुसमाचारलाई सधैं प्रेम गनुपर्छ र तपाईं जहाँ गए पनि प्रचार गर्ने कोसिस गर्नुपर्छ । पवित्र आत्मा उनीहरुसँग हुनुहुन्छ जो पानी र आत्माको सुसमाचार प्रचार गर्दछन् ।
पवित्र आत्माको बास धर्मीहरुलाई दिइन्छ, जो सुन्दर सुसमाचारमा विश्वास गर्छन् । धर्मीहरुले मात्र, जो यो सुन्दर सुसमाचारमा विश्वास गर्छन्, पवित्र आत्माको सङ्गति पाउन सक्छन् । यो सुन्दर सुसमाचार जुन पवित्र आत्माले स्वीकार गर्नुहुन्छ येशूको यूहन्नाद्वारा भएको बप्तिस्मा र वहाँको रगतद्वारा सम्पन्न भएको छ (१ यूहन्ना ५:३–७) ।
पत्रुसले पनि यो सुन्दर सुसमाचारमा विश्वास गरे र भने, “यही पानी बप्तिस्माको एउटा रुप हो, जसले तिमीहरुलाई बचाउँछ । यो शरीरको मैला हटाएजस्तो हाइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो । यसले मृतकबाट भएको येशू ख्रीष्टको पनरुत्थानद्वारा तिमीहरुलाई बचाउँदछ” (१ पत्रुस ३:२१) । बाइबलमा, “पानी” भन्नाले प्राय येशूले यूहन्नाद्वारा प्राप्त गर्नुभएको बप्तिस्मालाई बुझाउँछ ।
जो पवित्र आत्मा प्राप्त गर्न सफल भएमा छन् उनीहरु सुन्दर सुसमाचारद्वारा मुक्त भएका छन् र सम्पूर्ण पापबाट छुट्कारा पाएका छन् । जो यो सुन्दर सुसमाचारमा विश्वास गर्छन उनीहरु पितालाई पवित्र आत्माको निर्देशनमा आत्मा र सत्यले पूजा गर्न सक्छन् (यूहन्ना ४:२३) । पवित्र आत्माले धर्मीहरुलाई पवित्र आत्माले भरिमूर्ण जीवन बाँच्न मद्दत गर्नुहुन्छ । जसमा पवित्र आत्माको बास हुन्छ उनीहरु परमेश्वरको प्रशंसा गर्दै सदाका लागि जिउँछन् । पवित्र आत्माले हामी परमेश्वरका सन्तान हौं भनेर निश्चित पार्नुहुन्छ । पानी र आत्माको सुसमाचार र पवित्र आत्मामा हामी सदाका लागि जिउँन सक्छौं ।
पवित्र आत्माले उनीहरुसँग सङ्गति गर्नुहुन्न जसले आफैलाई धोका दिन्छन्
पवित्र आत्माले पापीहरुलाई १ यूहन्ना १:८ मा भन्नुहुन्छ, “यदि हामीमा पाप छैन भनी हामी भन्छौ भनेता हामीले आफैलाई धोखा दिन्छौ, र हामीमा सत्य हुँदैन ।” पवित्र आत्मा उनीहरुमा बास गर्नुहुन्न जो आफैलाई धोका दिन्छन् । पवित्र आत्माले पापीहरुलाई यसो भनेर हपार्नुहुन्छ, “तिमीहरुले किन यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र वहाँको रगतद्वारा सम्पन्न सुसमाचारमा विश्वास गरेनौ ?”
हामी पुनःजन्मिएका एक ईसाईको स्वीकारोक्ति हेर्ने छौं जो पहिले यो विश्वास गर्थे कि उनले येशूको बप्तिस्मा र वहाँको रगतमा विश्वास नगरिकनै पवित्र आत्मा पाएको छु भन्ठान्थे । यी मानिस अब पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् र पवित्र आत्मा पाएका छन् । यहाँ, हामीले देखाउनु पर्छ कि पवित्र आत्मा वास्तवमा कसकोमा बास गर्नुहुन्छ ।
“परमेश्वर मेरो हृदयमा तब बास गर्न थाल्नुभयो जब मैले आफ्नो अस्तित्वको कारण महसुस गरे । आफैलाई हेर्दा, म सोच्छु कि यस कठोर संसारमा एक्लै बस्न आफू कमजोर हुनु परमेश्वरप्रतिको तुष्णा हो । मैले वहाँलाई खोजिन तर स्वाभाविक रुपले वहाँको अस्तित्वलाई स्वीकारे तर वहाँ दृश्य हुनुहुन्न, तर अवश्य हुनुहुन्छ । हो मैले आफैलाई सोधें, ‘के वहाँ हुनुहुन्छ ?’ तर यसको सोचाइ मात्रले पनि मलाई भयभित बनाउँथ्यो किनकि म मान्थे कि वहाँ सबैको सृष्टिकर्ता हुनुहुन्छ ।
जो परमेश्वरलाई अस्वीकार गर्थे मूर्ख देखिन्थे, तर केही कुरामा मभन्दा शक्तिशाली थिए । उनीहरु आफैं जे पनि गर्न सक्थे र अर्कोतर्फ म एउटा कमजोर मूर्ख जस्तो देखिन्थे । तर ममा मृत्युपछिको जीवनमा आशा थियो, म परमेश्वरलाई झन बढी आदरपूर्वक हेर्थें । म कल्पना गर्थें कि कतै स्वर्ग मजस्तै मानिसहरुको लागि त होइन जो आफूलाई सधंै अपूर्ण ठान्छन् । र त्यो प्रश्नले मलाई अझ बढी अभिरुचिपूवर्क स्वर्गको आशा गर्ने बनायो ।
मेरा आमाबाबु धर्ममा लागेका मानिसहरुलाई तुच्छ ठान्नुहुन्थ्यो र मेरा भाइबहिनीहरु बिना आस्था चर्चमा जान्थे । उनीहरु सोच्थे कि मेरो चर्चप्रतिको आस्था चाँडै बिलाउने छ त्यसैले उनीहरुले मलाई चर्च जानबाट रोकेनन् जबसम्म म माध्यमिक स्कुल तहसम्म पुगिन । त्यसैले म चर्च–चर्च धाउँथे र अन्त्यमा मेरो घरनजिकैको सानो चर्चमा जान थाले जबसम्म म कलेज पुगिन ।
मैले यो चर्च छान्नुको कारण के थियो भने यसले सुसमाचारमा विशेष जोड दिन्थ्यो । यस चर्चका पास्टर इभानजेलिकल रिभाइभलिस्ट थिए जो बाइबलको वचनको विरुद्ध हुने केही पनि गर्दैन थिए । ममा धार्मिक जीवन अभिरुचिपूवर्क बिताउने चाहना थियो, यद्यपि म आफ्नो पढाइले गर्दा तनावमा र दवाबमा थिए ।
यसको कारण के थियो भने जब मानिसहरुले मेरो चर्चका सदस्यहरुलाई ‘हिदन’ (अविश्वासी) भन्थे, म विश्वास गर्थें कि मेरो चर्च सही छ र म म स्वर्ग जानेछु भनेर निश्चिन्त थिए कि । त्यो निश्चिन्तता सुसमाचारमा आधारित थियो । उनीहरु भन्थे कि पापीहरु स्वर्गको द्वारमा प्रवेश गर्न सक्दैनन् तर अरू चर्चका मानिसहरु पनि भन्थे कि उनीहरुको हृदय पापले भरिपूर्ण छ । म पनि विश्वास गर्थें कि मेरो चर्चका मानिसहरु पनि म चर्चमा आउनुभन्दा अघिदेखि नै पापी थिए, त्यसैले यो आलोचनलाई खासै महत्व दिइन ।
तर ती तथाथित इभानजेलिकल रिभाइभलिस्टहरु मैले पहिले अनुभव गरेको भन्दा भिन्न थिए । उनीहरु भन्थे कि यदि हामीले येशूमा सही तरिकाले विश्वास ग¥यौं भने, हामी पापरहित भयौं । र उनीहरुमात्र जो पापरहित छन् स्वर्गमा जान सक्छन् । उनीहरु यो पनि भन्थे कि येशूले क्रूसमा हाम्रो लागि सजाय भोग्नुभयो र त्यसकारण हामी पापी होइनौ तर धर्मी मानिस हौं । मैले शुरुमा त यसमा विश्वास गरिन, तर जब मैले यसको बारेमा सोचे, यो अर्थपूर्ण निस्कयो । म कलिलै थिए र सोचें कि यदि म स्वर्ग जान चाहन्छु भने, परमेश्वरले मलाई तब मात्र प्रवेश दिनुहुन्छ जब म पापरहित हुन्छु, किनकि परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ ।
म पहिले अभ्यस्त भएको चर्चकोभन्दा यो चर्चको आस्था फरक थियो र पूजा गर्ने चलन पनि अलिक भिन्न थियो । तर स्वर्ग भनेको थोरै मानिसहरुले मात्र प्रवेश पाउने ठाँउ हो, यस्तो लाग्थ्यो कि यो चर्चले सही आस्था अपनाएको छ । यो चर्चले येशूको मासु र रगतमा जोड दिने कारणले गर्दा, प्रत्येक आइतबार हामी रोटीको टुक्रा र रक्सी लिन्थ्यौं । यो रिवाज बाइबलमा आधारित भएकोले गर्दा, मैले यसलाई स्वीकारे । तर मैले पछि थाह पाए कि मानिसहरु यो रिवाजमा यसको साँचो अर्थ नबुझिकनै भाग लिन्थे ।
म विश्वास गर्थें कि पवित्र आत्मा विश्वासीहरुको हृदयमा र धर्मीहरुको हृदयमा बास गर्नुहुन्छ र वहाँले उनीहरुको सबै प्रार्थना सुन्नुहुन्छ । त्यसैले म यो विश्वास गर्थें कि पवित्र आत्मा ममा बास गर्नुहुन्छ । म निश्चिन्त थिए कि परमेश्वर मेरो सङ्गी हुनुहुन्छ र मैले कहिले पनि आफूले विश्वास गरेको सुसमाचारमा शङ्का गरिन । जब म कठिन समयबाट गुज्रदैंथिए, म परमेश्वरसँग कुरा गर्थें लाग्छ वहाँ मेरै छेउमै हुनुहुन्छ । म विश्वास गर्थें कि वहाँले मलाई सुन्नुभयो जुन कुरा म अरूलाई भन्न सक्दिन थिए । त्यसैले मैले वहाँमा विश्वास गरे र भर परे ।
म उनीहरुलाई बुझ्न सक्दिन थिए जो रिभाइभल मिटिङ्गहरुमा अनौठो भाषाहरुमा बोल्न जान्थे र उनीहरुप्रति हाँस्थे जो उपवास–प्रार्थना–सेवामा उपस्थित हुन्थे । त्यस्ता प्रयासहरुलाई हेर्दा म सोच्थें, ‘उनीहरु पवित्र आत्मा प्राप्त गर्न किन त्यस्तो व्यर्थको प्रयत्न गर्छन् ? पवित्र आत्मा उनीहरुमा तब मात्र आउनुहुन्छ जब उनीहरु पापरहित हुन्छन् र आफूसँगै सँधै बस्नुहुन्छ । उनीहरु पक्कै पापी हुनुपर्छ । वहाँ उनीहरुको प्रयत्नहरुका बावजुद उनीहरुमा आउनुहुन्न ।’ मैले उनीहरुप्रति सहानुभूति अनुभव गरे । मैले सोचें कि उनीहरु मूर्ख हुन् । त्यो सोचेर, मैले विचार गरें कि सुसमाचारमा मेरो आस्था उत्कृष्ट छ र अरूको आस्था चाहिं सबै झूटा हुन् ।
मेरो अभिमानी हृदयले उचाइ छोयो । दस वर्षसम्म मैले आफ्नै किसिमले धामिर्क जीवन बिताए । तर जब समय बित्दै गयो मेरो दिमागमा र हृदयमा प्रश्नहरु उब्जिन थाले । मैले सोचें, ‘म क्रूसको रगतले गर्दा पापरहित छु, तर के अरू सबै विश्वासीहरु पनि पापरहित छन् त? के उनीहरु पनि साँच्चै यो सुसमाचारमा विश्वास गर्छन् त ?’ मलाई थाह भएन मैले किन यी प्रश्नहरु सोध्न शुरु गरे । मात्र यी प्रश्नहरु मेरो दिमागमा आए र म कसैलाई सोध्न सक्दिन थिए । यो एउटा व्यक्तिगत आस्था थियो र उल्लंघन गर्नु हुँदैन थियो । र यो प्रश्न कसैलाई सोध्दा शोभा दिदैन थियो ।
तर मैले यी प्रश्नहरु आफैसँग सोध्न थाले । जब म विश्वविद्यालयमा थिए, म ती चीजहरु गर्न थाले जुन धार्मिक नियम अनुसार वर्जित थिए र मेरो हृदय यति अँध्यारो भयो कि मेरा आस्थाहरु हराउन थाले । म अब आफ्नो आस्थाको बारेमा निश्चित थिइन । ‘के म आफंैलाई धार्मिक व्यक्ति भन्न सक्छु ? के येशूले साँच्चै मेरा सम्पूर्ण पापहरु मेटाउनुभयो ?’ यी सब अन्योलको माझमा, मैले आफंैलाई क्रूसको सुसमाचारको बारेमा सोच्न बाध्य पारे र मैले यसले आफूलाई आश्वस्त पारे । तर जति म आफूलाई दवाब दिन्थें, त्यति नै बढी आफूलाई हराएको पाउँथे र मैले चर्चको सेवाहरुमा जान छोडिदिए । मैले आफ्नो क्लबको क्रियाकलापलाई उम्किने बहानाको रुपमा प्रयोग गरे ।
यी सब अन्योल र अव्यवस्थाको माझमा, मैले अन्ततः सत्य भेट्टाएँ । मैले पानी र आत्माको सुसमाचारको बारेमा सुने र यो मेरा लागि आकाशबाट बिजुली चम्के जस्तो भयो । यसको प्रभाव यति बढी थियो कि मलाई रुन मन लाग्यो । तर यो सुसमाचारलाई सुनेपछि, मैले स्वीकारनु प¥यो कि योभन्दा अगाडि मैले जति पनि विश्वास गरेको थिएँ ती सबै झूटा रहेटन् ।
मैले कहिले पनि आफ्नो पापलाई येशूमा सारेको थिइँन । मैले अस्पष्ट तरिकाले विश्वास गरेको थिए कि वहाँले मेरो सबै पाप लिनुभयो र म पापरहित मानिस हुँ, तर त्यो यस्तो अवस्था थिएन । येशू किन यस संसारमा बप्तिस्मा लिन आउनुभयो ? किनकि वहाँ देखाउन चाहनुहुन्थ्यो वहाँ भेडा जस्तै सिधा हुनुहुन्थयो ? यो प्रमाणित गर्न कि वहाँ मानिसको रुपमा आउनुभयो ? अथवा वहाँको मृत्यु अवश्यम्भावी छ भन्ने भविष्यवाणी गर्नलाई ? मैले सपनामा पनि देखेको थिइँन कि जति पनि अस्पष्ट ज्ञान बप्तिस्माको मसँग थियो त्यो यति महत्वको छ भनेर । सत्य के थियो भने येशूले यूहन्नाद्वारा बप्तिस्मा पाउँनुभयो, मानवताको प्रतिनिधिबाट, र त्यो बप्तिस्माद्वारा, हाम्रा सबै पापहरु वहाँमा सारियो ।
‘अहो ! त्यसैले येशू परमेश्वरको थुमा हुनुभयो जसले हाम्रो पाप बोक्नुभयो !’ अब सबै कुरा खुलस्त भयो । ‘येशूले मेरो पापको लागि क्रूसमा सजाय भोग्नुभयो । त्यसैले म हृदयमा पापरहित छुु ।’ त्यही क्षण जब मैले पानी (येशूको बप्तिस्मा) र रगत (क्रूस), र पवित्र आत्माको (येशू परमेश्वर हुनुहुन्छ),सुसमाचार जाने, मेरो हृदयमा भएको पाप मेटिएर गयो ।
अब म साँच्चै पापरहित र धर्मी मानिस हुँ र पवित्र आत्मा अन्ततः मेरो हृदयमा बास गर्नुहुन्छ । मेरो क्रूसमा भएको आस्था मेरो हृदयमा भएको पाप पखाल्न पर्याप्त थिएन । यदि तपाईं जान्नुहुन्न कि कसरी तपाईको पाप येशूमा सारियो भने, तपाईंको पाप क्षमा हुनसक्दैन र पवित्र आत्मा तपाईंमा बास गर्न सक्नुहुन्न । म परमेश्वरलाई धन्यवाद दिन्छु । सुन्दर सुसमाचारद्वारा म पवित्र आत्मा प्राप्त गर्न सफल भए ।
कुनै प्रयत्नबिना, म पानी र आत्माको सुसमाचारद्वारा क्षमा गरिएँ र अब पवित्र आत्मा ममा बास गर्नुहुन्छ र सदाको लागि । अब, म गौरवका साथ आफूलाई पापरहित मानिस भन्न सक्छु र म गौरव गर्छु कि स्वर्गको राज्य मेरो हो । म यो अवसरलाई परमेश्वरलाई धन्यवाद दिन प्रयोग गर्छु जसले मलाई यति धेरै आशिष् निशुल्क दिनुभयो । हल्लेलूयाह !
जो पवित्र आत्मा प्राप्त गर्छन् उनीहरुले आफूलाई परमेश्वरको अगाडि पापरहित भन्न सक्छन् । तपाईंले येशूमा जति नै लामो समयदेखि विश्वास गरे पनि, यदि तपाईं परमेश्वरले हामीलाई दिनुभएको सुसमाचारमा विश्वास गर्नुहुन्न भने, तपाईंको हृदयमा निश्चित रुपले पाप छ । यस्ता मानिसहरुले परमेश्वरलाई र आफैंलाई धोखा दिइरहेका छन् । यस्ता मानिसहरुले कहिले पनि परमेश्वरलाई भेटेका छैनन् । यदि एउटा पापी पवित्र आत्माको सङ्गति पाउन चाहन्छ भने, उसले आफूलाई धोखा दिन बन्द गर्नुपर्छ र आफूले पाप गरेको कुरा स्वीकारनु पर्छ । तब मात्र ऊ पानी र आत्माको सुसमाचारमा विश्वास गर्न योग्य हुन्छ । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरु पवित्र आत्मा प्राप्त गर्न योग्य छन् ।
पवित्र आत्माले पापीहरुलाई के भन्नुहुन्छ ? वहाँ उनीहरुलाई येशूको बप्तिस्मा र रगतद्वारा सम्पन्न यस सुन्दर सुसमाचारमा विश्वासद्वारा आफ्नो पापको क्षमा पाउन सल्लाह दिनुहुन्छ । यदि तपाईं आफूलाई पापी भन्नुहुन्न जब तपाईंले पाप गर्नुभएको छ भने, तपाईंले कहिले पनि पवित्र आत्मा पाउनुहुन्न । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्दैनन् र भन्छन् कि उनीहरुले पाप गरेका छैनन् उनीहरुले आफैलाई र परमेश्वरलाई धोखा दिन्छन् । पापीहरुले पानी र आत्माको सुन्दर सुसमाचार थाह पाउनै पर्छ र पवित्र आत्मा प्राप्त गर्नुपर्छ । तब मात्र उनीहरु परमेश्वरको कडा न्यायबाट मुक्त हुन्छन् ।
धर्मीहरुले पापको स्वीकारोक्तिद्वारा पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्छन्
म उनीहरुसँग बोल्दछु जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्दछन् र यसैले, पवित्र आत्मा प्राप्त गरेका छन्् । परमेश्वरले धर्मीलाई के भन्नुभएको छ हेरौं । १ यूहन्ना १:९, यस्तो भनिएको छ, “यदि हामीले आफ्ना पापहरु स्वीकार ग¥यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।” यस हरफले के भन्छ भने हामी हाम्रो वास्तविक पापलाई आफ्नो दुषित हृदयबाट पखाल्न सक्छौं । यसको लागि हामीले सुन्दर सुसमाचारलाई स्मरण र विश्वास गर्नुपर्छ जसले घोषणा गर्छ कि येशूले हाम्रो सबै पाप यूहन्नाको बप्तिस्माद्वारा लिनुभयो र त्यसको प्रायश्चित्त कूसमा टाँगिएर गर्नुभयो । धर्मीले आफ्ना वास्तविक पाप परमेश्वरसँग स्वीकार गनुपर्छ । तब मात्र हामी पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्छौं । धर्मीले आफ्नो वास्तविक पापहरु स्वीकार गर्नुपर्छ र सुन्दर सुसमाचारमा निरन्तर आस्था राख्नुपर्छ ।
धेरै पहिले, येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारले हाम्रो सबै पाप मेटाइदियो र त्यसकारण, धर्मीहरुले यो सुसमाचारमा विश्वास गर्नुपर्छ र आफ्नो सबै पापबाट मुक्त हुनुपर्छ । परमेश्वरले उनीहरुको पाप पानी र आत्माको सुसमाचारद्वारा पहिले नै क्षमा गरिसक्नु भएको छ । धर्मीले आफ्नो पापबाट मुक्त हुन यो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्नैपर्ने हुन्छ । धर्मीले आफ्नो हृदयलाई पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गरेर शुद्ध पार्न सक्छन् जब उनीहरु वास्तविक पापद्वारा दुषित बन्दछन् ।
हाम्रा प्रभुले धेरै पहिले वहाँको बप्तिस्मा र रगतद्वारा धर्मीहरुका पाप पखाल्नुभयो । त्यसकारण, जो विश्वास गर्छन् उनीहरु साँच्चै आफ्ना सबै पापबाट मुक्त छन् । तथापि, धर्मीले आफ्ना पापहरुलाई परमेश्वरको अगाडि स्वीकार्नु पर्छ । र त्यसपछि धर्मीहरु येशूको बप्तिस्मा र रगतको आस्थामा फर्किनु पर्छ, जसद्वारा सुन्दर सुसमाचार बनेको छ, ताकि उनीहरु आफ्ना सबै पापबाट मुक्त हुन सकून् । त्यसकारण, उनीहरु पवित्र आत्माको साथद्वारा सधैं ताजा र नयाँ जीवन जीउँन सक्छन् । पानी र आत्माको सुन्दर सुसमाचारलाई धन्यवाद जसले गर्दा आफ्नो कमजोरीलाई ध्यान नदिकन जो परमेश्वरलाई हेर्न सक्छन् उनीहरु वहाँको साँचो सङ्गति प्राप्त गर्न सक्छन् ।
कसरी हामी साँचो अर्थमा पवित्र आत्माको सङ्गति पाउन सक्छौं ?
यहाँ धेरै मानिसहरु छन् जो पवित्र आत्माको सङ्गति पाउन चाहन्छन् । तर उनीहरुलाई यो चाहनालाई कसरी सत्यमा परिणत गर्ने भन्ने कुरा थाह हुँदैन, यद्यपि उनीहरु येशूमा विश्वास गर्छन् । सबै मानिसहरुले पानी र आत्माको सुसमाचारमा विश्वास गरेर पवित्र आत्मा प्राप्त गर्न सक्छन् र त्यही समयदेखि पवित्र आत्माको सङ्गति प्राप्त गर्न शुरु गर्नेछन् ।
यसरी नै, धर्मी मानिसले पवित्र आत्माको सङ्गति पाउने एकमात्र उपाय पानी र आत्माको सुसमाचारको सत्यलाई जान्नु र विश्वास गर्नु हो । धर्मी मानिस र पवित्र आत्मा बीच सङ्गति साँचो सुसमाचार बिना प्राप्त हुँदैन । पवित्र आत्माको सङ्गतिको बारेमा के भन्ने त? यो सुन्दर सुसमाचारको सत्यमा विश्वास गरेर मात्र सम्भव हुन्छ ।
परमेश्वर भन्नुहुन्छ कि मानिसले आफ्नो जीवनभर पाप गर्दछ
१ यूहन्ना १:१० मा, यसले भन्छ, “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन ।” परमेश्वरको अगाडि पाप नगर्ने कोही पनि छैन । बाइबलले पनि भन्छ, “संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन ”(उपदेशक ७:२०) । परमेश्वरको अगाडि सबै मानिस पापी छन् । यदि कसैले भन्छ कि उसले पाप गरेको छैन भने, ऊ ठग हो । मानिसहरु आफ्नो जीवनभरि जबसम्म मृत्युको घडी आउँदैन पाप गरिरहन्छन् र यसै कारणले उनीहरुको सबै पाप लिन येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो । यदि हामी पाप गर्दैन थियौं भने त, हामीलाई परमेश्वरमा मुक्तिदाताको रुपमा विश्वास गर्नु कुनै आवश्यक्ता पर्दैन थियो ।
परमेश्वरले उनीहरुलाई भन्नुहुन्छ जो सोच्छन् कि उनीहरुले पाप गरेका छैनन् , “मेरो वचन तिमीहरुमा छैन।” यदि कुनै व्यक्ति पानी र आत्माको सुन्दर सुसमाचारमा आस्था राख्दैन भने, उसले आफ्नो विनाश निम्त्याउँछ । यदि कुनै धर्मी मानिस अथवा पापीले परमेश्वरको उपस्थितिमा भन्छ कि उसले पाप गरेको छैन भने, तब ऊ यो सुन्दर सुसमाचारमा विश्वास गर्न योग्य छैन ।
परमेश्वरले सबैजनालाई यो सुन्दर सुसमाचारको अद्भूत उपहार दिनुभएको छ । हामीले हाम्रा सबै पापहरु स्वीकारौं र प्रायश्चित्त गरौं ताकि यो सुन्दर सुसमाचारद्वारा पापबाट क्षमा पाउन सकौं । हामी हाम्रो पापको क्षमाको लागि परमेश्वरले प्रदान गर्नुभएको सुन्दर सुसमाचारमा फर्किन सकौं र पवित्र आत्माको सङ्गति प्राप्त गर्न यसमा विश्वास गर्न सकौं । पवित्र आत्माको सङ्गति साँचो अर्थमा पानी र आत्माको सुसमाचारमा छ, र उनीहरुले मात्र जोसँग पानी र आत्माको सुसमाचार छ परमेश्वरको सङ्गति प्राप्त गर्न सक्छन् ।
आदम र हव्वाबाट वंशानुगत रूपमा प्राप्त पापको कारणले गर्दा मानवता परमेश्वरदेखि टाढा भयो । तर अब हामी, जसले पापको बीज प्राप्त गरेका छौं, फेरि परमेश्वरको सङ्गति प्राप्त गर्ने आशा गर्न सक्छौं । यसो गर्नको लागि, हामीले पहिले येशूको पानी र आत्माको सुसमाचारको आस्थामा फर्किनु पर्छ र पापबाट क्षमा पाउनु पर्छ जसले हामीलाई परमेश्वरदेखि टाढा राखेको छ ।
जो यो सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरु आफ्ना सम्पूर्ण पापबाट बचाइने छन् र परमेश्वरले उनीहरुलाई पवित्र आत्माले भरिपूर्ण पार्नुहुनेछ । धर्मीले परमेश्वरको सङ्गति प्राप्त गर्न सक्छन्, किनकि उनीहरुले पवित्र आत्मा प्राप्त गरेका छन् । त्यसकारण, जो आफ्नो पापको कारणले गर्दा परमेश्वरदेखि टाढा भएका छन् उनीहरुले पानी र आत्माको सुन्दर सुसमाचारमा फर्किनुपर्छ र यसमा विश्वास गर्नुपर्छ । तब मात्र उनीहरुले पवित्र आत्माको साँचो सङ्गति प्राप्त गर्न शुरु गर्छन् ।
पवित्र आत्माको बास यो सुन्दर सुसमाचारमा विश्वाससँगै प्राप्त हुन्छ । हामीले जान्नुपर्छ कि पवित्र आत्माको बास पानी र आत्माको सुसमाचारमा विश्वास भएपछि मात्र पाइन्छ । यो सुन्दर सुसमाचारमा विश्वासले गर्दा परमेश्वरकोमा जाने नयाँ बाटो सिर्जना गरिदियो । परमेश्वरले त्यो बीचको पर्खाल भत्काइदिनुभयो जसले हामीलाई वहाँबाट छुट्याएको थियो । हाम्रो वंशानुगत र वास्तविक पाप दुवैलाई हटाइदिनुभयो, र पानी र आत्माको सुन्दर सुसमाचारमा हाम्रो आस्थाद्वारा परमेश्वरको सङ्गति प्रदान गर्नुभयो ।
हामीले पुनः पवित्र आत्मासँग सङ्गति स्थापित गर्नुपर्दछ । पानी र आत्माको सुसमाचारलाई बुझेर तथा आस्थाप्रति आज्ञाकारी भएर पवित्र आत्माको सङ्गति प्राप्त हुन्छ । यो सुन्दर सुसमाचारद्वारा हाम्रो पापको क्षमा पाइन्छ भन्ने तथ्यलाई जानेर पवित्र आत्मासँग सङ्गति हुन्छ । जसले आफ्नो पापको क्षमा पाएका छैनन् उनीहरुले पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्दैनन् । अर्को शब्दमा, पानी र आत्माको सुसमाचारमा विश्वास नगरिकन कसैले पनि पवित्र आत्माको सङ्गति प्राप्त गर्न सक्दैन ।
यदि तपाईंलाई पवित्र आत्मासँग सङ्गति गर्न गा¥हो हुन्छ भने, तपाईंले पहिला स्वीकारनु पर्छ कि तपाईं पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुहुन्न र तपाईंका पापहरु क्षमा भएका छैनन् । के तपाईं पवित्र आत्माको सङ्गति प्राप्त गर्न चाहनुहुन्छ ? त्यसो भए येशूको बप्तिस्मा र वहाँको रगतद्वारा सम्पन्न यस सुसमाचारमा विश्वास गर्नुहोस् । तब मात्र तपाईंका सम्पूर्ण पापहरु क्षमा हुनेछन् र वरदानको रूपमा तपाईंले आफ्नो हृदयमा पवित्र आत्मा पाउँनुहुनेछ । यो सुन्दर सुसमाचारले निश्चित रूपले तपाईंलाई पवित्र आत्माको सङ्गति प्रदान गर्नेछ ।