• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ८: पवित्र आत्मा

< 8-7 > सुन्दर सुसमाचार जसले विश्वासीहरूमा पवित्र आत्माको बास गराउँदछ (यशैया ९:६–७)

2021.04.16 175
( यशैया ९:६–७ )
“किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन वहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ ।”
 
केले विश्वासीहरूमा पवित्र आत्माको
बास गराउँदछ ?
पानी र आत्माको सुन्दर सुसमाचारले ।
 
पवित्र आत्मा प्राप्त गर्नको लागि, हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्ने हुन्छ । हाम्रा प्रभु अचम्मका सल्लाहकार, र शक्तिशाली भनेर कहलाइनुहुन्छ । हाम्रा प्रभुले आफूलाई स्वर्गको मार्ग भनेर भन्नुभएको छ । येशू ख्रीष्टले सबैलाई सुन्दर सुसमाचारको वरदान प्रदान गर्नुभएको छ ।
तथापि, यस संसारमा, धेरै मानिसहरु त्यस्ता छन् जो अझै पनि अन्धकारमा बस्छन् । उनीहरु यस अन्धकारबाट छुटकारा पाउन चाहन्छन् तर उनीहरुलाई यो सुन्दर सुसमाचारबारे थाह नभएकोले गर्दा उनीहरु आफ्नो पापबाट कदापि छुटकारा पाउन सक्दैनन् । बरु उनीहरु आफ्ना गलत सिद्धान्तप्रतिको विश्वासले गर्दा क्षीण हुन्छन् । यसको विपरीत, जो सत्यलाई खोज्दछन्, उनीहरुले सुन्दर सुसमाचारलाई भेट्टाउँछन् र आफ्नो बाँकी जीवन परमेश्वरको आशिष्ले भरिपूर्ण भएर बिताउँछन् । म विश्वास गर्छु कि यो परमेश्वरको विशेष आशिष् हो जसले मलाई उनीहरुलाई सुन्दर सुसमाचार भेट्टाउन र पाप मेटाउन मद्दत गर्दछ ।
त्यसकारण पापबाट मुक्ति असम्भव हुन्थ्यो यदि परमेश्वरले आशिष् प्रदान नगर्नुभएको भए । यदि हामीले परमेश्वरलाई भेटेका छौं र पवित्र आत्मा प्राप्त गरेका छौं भने हामी धेरै भाग्यशाली छौं । दर्भाग्यवस, धेरै मानिसहरुलाई यो सुन्दर सुसमाचारमा आस्थाद्वारा परमेश्वरको आशिष् प्राप्त हुन्छ भन्ने कुराको ज्ञान छैन ।
परमेश्वरको आशिष उहाँको एकमात्र पुत्र, येशू ख्रीष्टाद्वारा, प्रदत्त यस सुन्दर सुसमाचारमा विश्वास गर्नाले प्राप्त हुन्छ । येशू नै एकमात्र हुनुहुन्छ जसले हामीलाई संसारको पापबाट बचाउँनुहुन्छ र वहाँको दयाको आशिष्् दिनुहुन्छ । अरू कसैले पनि हामीलाई हाम्रो पापबाट बचाउँन सक्दैन अथवा हाम्रो हृदयको ग्लानीलाई मेटाउन सक्दैन । कसले चाहिँ आफूलाई आफ्नो पाप र अनन्त मृत्युको पीडाबाट बचाउँन सक्छ ?
परमेश्वरले भन्नुहुन्छ, “कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पु¥याउँछ” (हितोपदेश १६:२५) । मानिसहरु आफै आफ्नो धर्म स्थापित गर्छन् र आफूलाई विनाश र मृत्यतर्फ डो¥याउँछन् । धेरै धर्महरु धार्मिकतामा जोड दिन्छौं भनेर घमण्ड गर्छन् र मानिसहरुलाई पापबाट बच्ने उनीहरुको आफ्नै उपाय देखाउँछन् तर हामीलाई हाम्रो सम्पूर्ण पापबाट पानी र आत्माको सुसमाचारले मात्र बचाउँन सक्छ, जुन हाम्रा प्रभुले हामीलाई प्रदान गर्नुभएको छ । येशू मात्र मुक्तिदाता हुन् जसले पापीहरुलाई उनीहरुको पापबाट बचाउँन सक्छ ।
यूहन्ना १४:६ मा, हाम्रा प्रभुले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ ।” वहाँले आफ्नो शरीर र रगत उनीहरुलाई दिनुभयो जो मृत्यको बाटोमा थिए। वहाँले आफूलाई नै सत्य जीवनको बाटो भनेर भन्नुभयो। परमेश्वर भन्नुहुन्छ कि यदि कसैले येशूको सुन्दर सुसमाचारमा विश्वास गर्दैन भने, उसले स्वर्गको राज्यमा प्रवेश पाउन सक्दैन ।
स्वर्गको राज्यमा प्रवेशको लागि हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नैपर्दछ, आफ्नो पापबाट क्षमा पाउनुपर्छ र विश्वास गर्नुपर्छ कि उहाँ नै हाम्रो मुक्तिदाता हुनुहुन्छ ।
 
 
प्राचिन इस्राएलमा एकचोटि !
 
“जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लडाइँ गर्न आए, तर उनीहरू विजयी हुनसकेनन्” (यशैया ७:१) ।
शुरुमा इस्राएल एउटै राष्ट्र थियो । तथापि, इस्राएल दक्षिण र उत्तरमा विभाजित भयो । परमेश्वरको मन्दिर दक्षिणी यहूदाको यरूशलेममा थियो, जहाँ रहबाम, सोलोमनका छोरा राज्य गर्थे । पछि, यारोबामले, सोलोमनका सेवकहरुमध्ये एक, उत्तरमा अर्को राज्य स्थापित गरे र यसैले इस्राएल विभाजित भयो । त्यही बेलादेखि, परमेश्वरप्रति आस्थामा विकृति आउन थाल्यो । त्यो विकृत आस्था नै अहिलेका विधर्महरुको स्रोत बन्यो । त्यसैले यारोबाम विधर्मीहरुका जननी बने । उनले परमेश्वरको व्यवस्थालाई परिवर्तन गरे किनकि उनलाई गद्दी बचाउनु थियो र त्यसकारण, विधर्मीहरुका पिता बने । उनले इस्राएलका आफ्ना जनताका लागि, उत्तरी राज्यमा, फरक धर्मको सृजना गरे र उनले यहूदामा, दक्षिणी राज्यमा, आक्रमण गर्ने प्रयत्न पनि गरे । लगभग २०० वर्ष बित्यो, तर दुई राज्य बीचको तिक्ततापूर्ण सम्बन्धमा कुनै परिवर्तन भएन ।
तथापि, परमेश्वरले यशैयामार्फत बोल्नुभयो, “अराम, एफ्राइम र रमल्याहको छोराले मिलेर यसो भन्दै तिम्रो सर्वनाश गर्न षड्यन्त्र रचेका छन्, त्यसलाई टुक्रा–टुक्रा पारेर बाँडौं, र ताबेलका छोरालाई त्यसका राजा बनाऔं । तापनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘यो हुन नै सक्दैन, यो हुँदैन नै । किनकि अरामको शिर दमस्कस हो, र दमस्कसको शिर रसीन मात्रै हो । पैंसट्ठी वर्षभित्रमा नै आफ्नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा–टुक्रा पारिने छ । एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्याहको छोरो मात्र नै हो । यदि तिमीहरु आफ्नो विश्वासमा स्थिर भएनै भने तिमीहरु खडा रहनै सक्नेछैनौ ’” (यशैया ७:५–९)।
त्यो समयमा, परमेश्वरले यशैयामार्फत राजा आहाजलाई भविष्यवाणी गर्नुभयो, तर राजामा उहाँप्रति आस्था थिएन । आहाज मात्र यसमा चिन्तित थिए कि उनी अरामको सैनिकविरुद्ध टिक्न सक्दैनन्, तर जब उसले अराम र इस्राएलले गठबन्धन गरी आक्रमण गर्ने कुरा सुने उनी डरले काम्न थाले । तर परमेश्वरका सेवक, यशैया, आए र उनलाई भने, “पैंसट्ठी वर्षभन्दा कम समयमा उत्तरी इस्राएल टुक्रिने छ । र दुई राजाहरुले गरेको दुष्ट षड्यन्त्र कहिल्यै पूरा हुनेछैन ।”
परमेश्वरका सेवकले राजा आहाजलाई परमेश्वरसँग चिन्ह माग्न भने । “तल गहिरोभन्दा गहिरोबाट होस् वा माथिभन्दा माथिबाट होस्, परमप्रभु आफ्ना परमेश्वरसित कुनै एउटा चिन्ह माग् ” (यशैया ७:११) । “हे दाऊदका घराना, अब सुन ! के मानिसहरुको धैर्यलाई जाँच्न यथेष्ट भएन ? के तिमीहरु मेरा परमेश्वरको धैर्यलाई जाँच्छौ ? यसैकारण परमप्रभु आफैले तिमीहरुलाई एउता चिन्ह दिनुहुनेछ । हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ ” (यशैया ७:१३–१४) । यो वहाँको भविष्यवाणी थियोः कि वहाँले आफ्ना प्रजाहरुलाई उनीहरुको पापबाट बचाउँनुहुनेछ ।
 
 
परमेश्वरको शत्रु को हो ?
 
मानवताको शत्रु पाप हो र पाप शैतानबाट उत्पन्न हुन्छ । र हाम्रो पापबाट मुक्ति दिलाउने मुक्तिदाता को हुनुहुन्छ ? उहाँ अरू कोही नभएर येशू ख्रीष्ट हुनुहुन्छ, परमेश्वरका पुत्र । मानिसको शरीरमा आधारभूत कमजोरी हुन्छ र त्यसकारण पाप नगर्न सक्दैन । यो शैतानको शक्तिको प्रभावमा हुन्छ । धेरै मानिसहरु अझै पनि जोखाना हेर्नेकहाँ धाउँछन् र आफ्नो जीवन यस्ता झूटा अगमवक्ताहरुले भनेझैं बाँच्ने प्रयास गर्छन् । उनीहरु शैतानको नियन्त्रणमा भएको यो प्रत्यक्ष उदाहरण हो ।
परमेश्वरले यशैयालाई मुक्तिको प्रमाण दिनुभयो । उहाँले भन्नुभयो कि एउटा कन्याले छोरालाई जन्म दिनेछे र उसको नाउँ इम्मानुएल हुनेछ । शैतानको दमनबाट मानिसलाई बचाउँन येशूलाई मानव शरीरमा पठाउने परमेश्वरको योजना थियो । भविष्यवाणीको आधारमा, कन्या मरियमद्वारा येशू यस संसारमा मानवको रुपमा आउनुभयो ।
यदि येशू हामीकहाँ नआउनुभएको भए, हामी अझै पनि शैतानको अधिनको हुन्थ्यौं । तर हामीलाई सुन्दर सुसमाचार प्रदान गर्न जसले सबै पापीहरुलाई उनीहरुको पापबाट बचाउँदछ, येशू यस संसारमा आउनुभयो र यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो । त्यसकारण, धेरै मानिसहरुले यो सुन्दर सुसमाचारमा विश्वास गरे, आफ्नो पापबाट क्षमा पाए र परमेश्वरको सन्तान भए ।
अहिले पनि, धेरै धर्मशास्त्रीहरु येशू ख्रीष्ट भगवान हुन् कि मानिस हुन् भनेर विवाद गर्छन् । परम्परागत धर्मशास्त्रीहरु भन्छन्, “येशू परमेश्वर हुन्,” तर केही नयाँ धर्मशास्त्रीहरु तुरुन्त जवाफ दिन्छन् कि येशू योशेफका गैरकानूनी सन्तान थिए । कस्तो दुखपूर्ण भनाइ हो यो !
केही नयाँ धर्मशास्त्रीहरु भन्छन् कि उनीहरु येशूमा पानीमा हिँड्ने क्षमना थियो भन्ने कुरामा विश्वास गर्दैनन् । उनीहरु भन्छन्, “वास्तवमा येशू क्षितिजपारि होचो पहाडमा हिँडेका थिए र उहाँका चेलाहरुले, उहाँलाई टाढाबाट हेर्दा, सोचे कि उहाँ पानीमा हिँड्दै हुनुहुन्छ ।” वर्तमान–दिनका धर्मशास्त्रका पण्डितहरु जो नयाँ धर्मशास्त्रको स्कुलसित सम्बद्ध छन् उनीहरु धर्मशास्त्रका खासै महान् व्यक्तिहरु होइनन् । उनीहरुमध्ये अधिकांश त्यसमा मात्र विश्वास गर्छन् जे उनीहरु बाइबलमा बुझ्न सक्छन् ।
अर्को उदाहरण दिनुपर्दा, बाइबलले भन्छ कि येशूले ५००० मानिसलाई दुईवटा माछा र पाँवटा रोटीको टुक्राले खुवाउँनुभयो । तर उनीहरु यस चमत्कारप्रति धेरै शङ्कालु हुन्छन् । उनीहरु यसलाई यसरी व्याख्या गर्छन् । “मानिसहरु येशूलाई पछ्याउँदै थिए र भोकले मर्न आँटेका थिए । त्यसैले येशूले आफ्ना चेलाहरुलाई बाँकी बचेका खानेहकुराहरु जम्मा पार्न भन्नुभयो । तब एउटा बच्चाले उहाँलाई आफ्नो खाना स्वेच्छापूर्वक दियो, र अरू सबै ठूलाहरु यसबाट प्रभावित भए र आफ्नो खाना निकाले । त्यसपछि जब उनीहरुले सबै खाना जम्मा पारे र खाए, बा¥ह झोला अझै बाँकी रह्यो ।” यस प्रकारका धर्मशास्त्रीहरु परमेश्वरको वचनलाई खालि आफ्नो बुझाइअनुसार ढाल्न खोज्दछन् ।
परमेश्वरको सत्यमा आस्था राख्नु भनेको परमेश्वरद्वारा प्रदत्त यो सुन्दर सुसमाचारमा विश्वास गर्नु हो । आस्था भनेको जुन कुरा अर्थपूर्ण हुन्छ त्यसलाई मान्ने र जुन कुरा हुँदैन त्यसलाई नमान्ने होइन । हामीले यसलाई बुझेपनि अथवा नबुझे पनि, उहाँमा आस्था राख्नुपर्छ र उहाँको वचनलाई जस्ताको तस्तै स्वीकारनु पर्छ ।
येशू मानिसको पुत्रको रुपमा हामीकहाँ आउनुको अर्थ के हो भने वहाँ हामीलाई हाम्रो सबै पापबाट बचाउँन पठाइनुभएको थियो । येशू, जो परमेश्वर हुनुहुन्छ, हामीलाई बचाउँन यस पृथ्वीमा आउनुभयो । यशैयाले भविष्यवाणी गरेका थिए कि वहाँ मानिसको पुत्रको रुपमा, कन्याद्वारा जन्मी हामीकहाँ आउनुहुनेछ ।
उत्पत्ति ३:१५ मा, परमेश्वरले सर्पलाई भन्नुभयो, “तरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”यसले के बुझिन्छ भने परमेश्वरले येशूलाई मानिसको रुपमा पठाउँने योजना बनाउनुभएको थियो, मानवतालाई उनीहरुको पापबाट बचाउन, हाम्रो मुक्तिदाताको रुपमा ।
बाइबलमा, यो लेखिएको छ, “ए मृत्यु, तेरो विजय कहाँ ? ए मृत्यु, तेरो खील कहाँ ? मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो” (१ कोरिन्थी १५:५५–५६) । मृत्युको खील पाप हो । जब मानिसले पाप गर्छ, मृत्युले उसलाई दास बनाउँछ । तर हाम्रो परमेश्वरले प्रतिज्ञा गर्नुभयो, “स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ ।” यसले के बुझाउँछ भने येशूले पापको खील नाश गर्नुहुनेछ जसलाई शैतानले ल्याएको थियो ।
येशू यस संसारमा आउनुभयो, संसारको सबै पाप लिनको लागि बप्तिस्मा लिनुभयो र ती पापहरुको सजाय भोग्न क्रूसमा टाँगिनुभयो । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उहाँले उनीहरुलाई सम्पूर्ण पापबाट बचाउँनुभयो । जब आदम र हव्वाले पाप गरे, परमेश्वरले मानवतालाई शैतानको शक्तिबाट बचाउने प्रतिज्ञा गर्नुभयो । आधुनिक संसारमा परमेश्वरको शत्रु त्यो हो जसले यो सुन्दर सुसमाचारमा विश्वास गर्दैन ।
 
 
येशू किन यस संसारमा जन्मिनु भयो ?
 
परमेश्वरले हामीलाई हाम्रो पापबाट बचाउँन व्यवस्था र सुन्दर सुसमाचार प्रदान गर्नुभयो । व्यवस्थाको अधिनमा, मानिसहरु वहाँको उपस्थितमा पापी भए । यसप्रकार, मानिसहरुलाई उनीहरुको पापको जानकारी गराउन व्यवस्था दिइयो । जब मानिसहरु पाप र व्यवस्थाको दास भए, हाम्रा प्रभु व्यवस्थाको धार्मिकता पूरा गर्न यस संसारमा आउनुभयो ।
येशू व्यवस्थाको अधिनमा जन्मिनुभयो । वहाँ व्यवस्थाको युगमा जन्मिनुभयो । मानिसहरुलाई पापको क्षमा प्राप्त गर्न उनीहरुलाई पापको जानकारी दिन व्यवस्था आवश्यक थियो । मानिसहरु आफ्नो लुगाको मैला तब मात्र हटाउँछन् जब उनीहरुलाई यो थाह हुन्छ । यसरी नै, आफ्नो पापलाई चिन्न, मानिसहरुले परमेश्वरको व्यवस्था थाह पाउनुपर्दछ । यदि व्यवस्था नभएको भए, त्यहाँ पापको अनुभव हुँदैन थियो, र येशूले यस संसारमा आउनुपर्ने थिएन ।
यदि तपाईंलाई परमेश्वरको व्यवस्था थाह छ भने, तपाईले वहाँलाई भेट्ने मौका पाउनुहुनेछ । हामीलाई व्यवस्थाको ज्ञान छ र त्यसकारण हामी हाम्रो पापलाई जान्न सक्छौं । जब हामीले हाम्रो पापको बारेमा थाह पायौं तब मात्र येशूले विश्वास गर्नको लागि हामीलाई सुन्दर सुसमाचार दिनुभयो । यदि परमेश्वरले हामीलाई व्यवस्था नदिनुभएको भए, हामी पापी हुन्थेनौ र सजायको पनि अस्तित्व हुने थिएन । त्यसकारण, परमेश्वरले हामीलाई व्यवस्था दिनुभयो र सबै पापीहरुलाई उनीहरुको सम्पूर्ण पापबाट बचाउँन यो सुन्दर सुसमाचार प्रदान गर्नुभयो ।
सृष्टिकर्ता र वहाँको सृष्टि बीच अस्तित्वमा हुनैपर्ने व्यवस्था भनेको परमेश्वरको मुक्तिको व्यवस्था हो । यो प्रेमको व्यवस्था हो । परमेश्वरले मानिसलाई भन्नुभयो, “तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू” (उत्पत्ति २:१७) । यो परमेश्वरले प्रदान गर्नुभएको व्यवस्था थियो, र यो व्यवस्था परमेश्वरको प्रेमको आधार बन्यो जसले वहाँले हामीलाई हाम्रो सबै पापबाट बचाउँँँँनुभयो । मुक्तिको व्यवस्थाको आधारशीला हाम्रो पापको क्षमामा थियो । परमेश्वर भन्नुहुन्छ कि वहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र सबै कुरा वहाँकै इच्छा अनुसार अस्तित्वमा आए । यसको अर्थ हुन्छ परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ र मानिसहरुले मुक्तिको व्यवस्थामा विश्वास गर्नुपर्छ जुन यो सुन्दर सुसमाचारद्वारा सम्पन्न भयो ।
सर्वशक्तिमान परमेश्वर साँच्चै राम्रो हुनुहुन्छ । परमेश्वरको यस संसारप्रतिको प्रेमले गर्दा वहाँलाई आफ्नो एकमात्र जन्माएको छोरा बलिदान गर्न घच्घचायो, जो सम्पूर्ण पापीहरुको मुक्तिदाता हुनुभयो । यदि परमेश्वरले हामीलाई बनाउनुभयो र हामीलाई हाम्रो पापबाट बचाउँन यो सुन्दर सुसमाचार नदिनुभएको भए, हामीले वहाँविरुद्ध गुनासो राख्न सक्थ्यौं । तर परमेश्वर हामीलाई हाम्रो विनाशबाट बचाउँन चाहनुहुन्थ्यो र त्यसकारण मुक्तिको व्यवस्था स्थापित गर्नुभयो । व्यवस्थाको कारणले गर्दा, हामीले हाम्रो पापलाई चिन्न सक्यौं र त्यसलाई प्रत्यक्ष रुपले हेर्दै, येशूको सुन्दर सुसमाचारमा विश्वास ग¥यौं । जब हामी परमेश्वरको वचनको उल्लंघन गर्छौं, हामी व्यवस्थाको अगाडि पापीको रुपमा प्रकट हुन्छौं, र हामी सबै पापीहरु घुँडा टेकेर परमेश्वरसँग वहाँको दया र क्षमाको भिख माग्छौं ।
येशू स्त्रीद्वारा जन्मिनु भयो र यस संसरामा मानवतालाई पापबाट बचाउनको लागि आउनुभयो । हाम्रो लागि परमेश्वरको योजना पूरा गर्न येशू मानिसको रुपमा यस संसारमा आउनुभयो । हामी वहाँको सुन्दर सुसमाचारमा विश्वास गर्छौं । त्यसकारण, हामी परमेश्वरको प्रशंसा गर्छौं ।
कोही गुनासो गर्छन्, “परमेश्वरले मलाई किन यति कमजोर बनाउनुभयो जसले गर्दा म सजिलै पापमा पर्छु र मेरो गलत कार्यको लागि यति धेरै सताइएको छु ?” तर परमेश्वरले कहिल्यै हामीलाई सताउन चाहनुभएन । वहाँले हामीलाई दुःखमा हुनदिनुभयो किनकि हामी येशूको सुसमाचारप्रति शङ्कालु थियौं । परमेश्वरले हामीलाई पीडा र सुन्दर सुसमाचार दुवै दिनुभयो ताकि हामी वहाँको सन्तानको रुपमा वहाँको जति शक्ति प्राप्त गरौं । यो नै वहाँको योजना थियो ।
तर शैतानले भन्छ, “होइन ! होइन ! परमेश्वर तानाशाही हुनुहुन्छ ! अगि बढ र आफ्नो इच्छाअनुसार जिऊ । आत्मनिर्भर बन ! आफ्नै प्रयासद्वारा आफ्नो भाग्य बनाऊ !” शैतानले मानवताको परमेश्वरप्रतिको आस्थालाई पनि अवरोध गर्न खोज्छ । तर जो परमेश्वरदेखि विमुख भएर बाँच्न रोज्छन् उनीहरु वहाँको मुक्तिको योजनाको लागि अवरोध हुन् । येशू यस संसारमा आउनुभयो र उनीहरुलाई जो शैतानको शक्तिको अधिनमा छन् बोलाउनुभयो र पापलाई त्याग्न भन्नुभयो । हामीले परमेश्वरदेखि अलग भएर बाँच्नुहुँदैन ।
 
 
मानिस जन्मदै पापी हो जो नर्कको भागी हुन्छ
 
यस पृथ्वीमा कुनै त्यस्तो सत्य छैन जुन परिवर्तन नहोस् । तर येशूको सुन्दर सुसमाचार अपरिवर्तनीय सत्य हो । त्यसकारण, मानिसहरु यो सत्यमा भर पर्न सक्छन् र शैतानको शक्तिबाट मुक्त हुन सक्छन् । मानवताले आदम र हव्वाबाट पाप अंशको रुपमा पाए र ख्रीष्टको हस्तक्षेपबिना नर्कको आगोमा होमिने थिए । यसको सट्टामा, वहाँको बलिदानलाई धन्यवाद, मानिसले परमेश्वरको सन्तान हुने शक्तिको आशिष् पायो । “तापनि सङ्कष्ट परेकाहरुको निम्ति नैराश्य हुनेछैन” (यशैया ९:१) । परमेश्यरले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो र जो सुन्दर मुक्तिमा विश्वास गर्छन् उनीहरुलाई महिमामय तुल्याउनुभयो ।
“अन्धकारमा हिँड्ने मानिसहरुले एउटा ठूलो ज्योति देखेका छन् । मृत्युको छायाँको देशमा बस्नेहरुमाथि एउटा ज्योति उदाएको छ” (यशैया ९:२) । आज, यो वचन तपाईंको र मेरो लागि सत्य साबित भएको छ । यस सुन्दर सुसमाचारमा विश्वास गरेर, हामीले अनन्त जीवनको आशिष् पायौं, जुन हामी यस धर्तीमा पाउन सक्दैनौ । येशू ख्रीष्टले मानवतालाई उनीहरुको सम्पूर्ण पापबाट बचाउनुभयो र जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन्, उनीहरुलाई वहाँले अनन्त जीवन र स्वर्गको राज्य दिनुभयो ।
 
 
वहाँले निराशहरूमाथि सुसमाचारको सुन्दर ज्योति छर्नुभयो
 
मानिसहरु, कुहिरो जस्तै, यस संसारमा केही क्षणको लागि अस्तित्वमा हुन्छन् तर चाँडै बिलाउँछन् । उसको जीवन वर्षे बिरुवा र घाँसको जस्तै हुन्छ । परमेश्वरको क्षत्रछायाँमा घाँसले आफ्नो जीवन शक्ति वर्षभरिमा केही महीनाको लागि उपयोग गर्दछ र बिलाउँदछ । हाम्रो जीवनमा सबै कुरा यो घाँसजस्तै निरर्थक छन् । तर परमेश्वरले हाम्रो थकित आत्मालाई यो सुन्दर सुसमाचार प्रदान गर्नुभएको छ र वहाँको धार्मिकताद्वारा, हामीलाई वहाँको सन्तान बनाउनुभयो । कस्तो अदभूत् आशिष हो यो ! हाम्रो निरर्थक जीवन अनन्त जीवन बन्दछ, परमेश्वरको प्रेमलाई धन्यावाद र हामीले वहाँको सन्तान हुने अधिकारको पनि आशिष् पाएका छौं ।
यहाँ एउटा आत्माको स्वीकारोक्ति छ जसले सुन्दर सुसमाचारमा विश्वास गरेकाले परमेश्वरको अनुग्रहको आशिष् प्राप्त गरे ।
“म एउटा यस्तो परिवारमा जन्मेको थिए जो परमेश्वरमा विश्वास गर्दैन थियो । त्यसकारण, म यो सोचेर हुर्र्किए कि मेरी आमाले मेरो परिवारको सुस्वास्थ्य, समृद्धि र दीर्घायुको लागि स्वर्ग र पृथ्वीका देवताहरुलाई प्रत्येक बिहान वहाँको अगाडि पानीको कचौरा राखेर प्रार्थना गर्नु नै सुन्दर छ । जब म हुर्कदैं थिए, मेरो मूल्य अथवा अस्तित्वको कारण थाह थिएन, जसले मलाई के विश्वास दिलायो भने मैले बाँचे पनि अथवा मरे पनि कुनै फरक पर्दैन । किनकि म आफ्नो मूल्यदेखि अन्जान थिए, म एकान्तमा बस्थें ।
यस प्रकारको जीवनले मलाई थकायो र त्यसकारण मैले विवाहित हुन हतार गरे । मेरो वैवाहिक जीवन राम्रो थियो । मलाई इच्छा गर्नपर्नेु केही पनि थिएन, त्यसैले मैले शान्त र स्पष्ट जीवन बिताए । मेरो सन्तान भयो र त्यो बेलादेखि ममा प्रेम देखापर्न थाल्यो । मेरा स्वार्थी इच्छाहरु हराए तर म आफ्ना नजिककालाई गुमाउँछु कि भनेर पनि डराएँ ।
यसरी, म परमेश्वरलाई खोज्न थाले । म कमजोर र असमर्थ थिए र यसकारण, आफ्ना प्रियजनहरुको रेखदेख गर्ने एउटा सर्वशक्तिमान अस्तित्वको आवश्यक्ता भयो । त्यसकारण, म चर्चमा उपस्थित हुन थाले तर मेरो आस्था मेरी आमाको भन्दा केही भिन्न थियो किनकि उहाँ पानीको कचौरा अगाडि प्रार्थना गर्नुहुन्थ्यो— मेरो प्रार्थना खालि अस्पष्ट डर र आशामा आधारित थियो ।
एकचोटि, म स्थानीय चर्चको एउटा सभामा उपस्थित भए र जब म प्रार्थना गर्दै थिए, मेरो आँबाट आँसु झर्न थाले । मलाई अप्ठ्यारो लाग्यो र रुन बन्द गर्ने प्रयास गरे, तर आँसु निरन्तर झरिनै रह्यो । मेरा वरिपरिका मानिसहरुले मेरो शिरमा हात राखे र मलाई पवित्र आत्मा प्राप्त गरेकोमा धन्यवाद दिए । तर म छक्क परे । म परमेश्वरको वचनसित परिचित थिइँन र मेरो आस्था अस्पष्ट थियो, त्यसैले मलाई आत्मविश्वास भएन कि यो शक्ति पवित्र आत्माको हो भनेर ।
मैले जाने गरेको चर्च पेन्टेकोस्टल–करिज्मेटिक मुभ्मेन्टसित सम्बद्ध थियो, र धेरै जनाले मजस्तै अनुभव गरेका थिए र प्राय सबै अनौठो भाषामा बोल्थे । एक दिन, मलाई रिभाइभल मिटिङ्गमा बोलाइयो जुन मानिसहरुले भनेअनुसार पवित्र आत्माले भरिपूर्ण पास्टरद्वारा नेतृत्व गरिएको थियो । त्यस पास्टरले धेरै मानिसहरु चर्चमा भेला पा¥यो र उसले कसैको पिनास पनि निको पार्न सक्छु भन्यो किनकि यो उसको आध्यात्मिक शक्तिभित्र छ रे । तथापि, मैले सोचें कि पिनास त सजिलै अस्पतालमा निको पारिने रोग हो, त्यसैले म उसले कसरी पवित्र आत्मा प्राप्त ग¥यो भन्ने कुरामा इच्छुक थिए । तर जब त्यो पास्टर आफ्नो निको पार्ने काममा सफल हुन थाल्यो, उसले घमण्ड गर्न थाल्यो कि ऊ एउटा माध्यमिक स्कुलको विद्यार्थीले विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्न सक्छ कि सक्दैन भनेर पनि भविष्यवाणी गर्न सक्छ रे । धेरै मानिसहरुले उसको शक्तिको प्रशंसा गरे मानौ त्यो परमेश्वरकै शक्ति हो ।
तर मैले उसलाई बुझ्न सकिन । र मैले भन्न सकिन कि त्यस पास्टरसित भएको जेसुकै शक्तिको पवित्र आत्मासँग केही सम्बन्ध छ । मैले यो महत्वपूर्ण ठाँनिन कि उसले कसैको पिनास निको पार्न सक्छ वा कसैको परीक्षाको सफलताको भविष्यवाणी गर्न सक्छ । त्यसैले, मैले उसको देखावटी चमत्कारलाई पवित्र आत्माको कार्य मान्न सकिन ।
मेरो दिमागमा भएको परमेश्वरको शक्ति र प्रेम मैले जे देखें त्यो भन्दा फरक थियो । त्यही कारणले, मैले चर्च जान बन्द गरे र ती मानिसहरुलाई त्यागे जो त्यस पास्टरको शक्तिमा विश्वास गर्थे । त्यसपछि, म अलिक शान्त चर्चमा जान थाले, जुन मैले रोजे किनभने म मान्थे कि यो चर्चले परमेश्वरको वचनमा बढी ध्यान दिन्थ्यो । मैले व्यवस्थाको बारेमा पढें र यसद्वारा थाह पाए कि म अधार्मिक छु । मेरो लागि परमेश्वर डरलाग्दो हुनुभयो र मैले जाने कि म वहाँको उपस्थितिमा सम्मानजनक देखिन्न र वहाँको आत्माले मलाई बेवास्ता गरिरहनुभएको छ ।
यशैया ५९:१–२ मा, यस्तो लेखिएको छ, “निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, नता उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ । तर तिमीहरुका अधर्मले तिमीहरुलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरुका पापले गर्दा उहाँको मुहार तिमीहरुबाट छेकिएको छ, र उहाँले तिमीहरुको कुरा सुन्नुहुनेछैन ।” यो मेरो अवस्थासँग मिल्थ्यो । मलाई वहाँको सन्तान हुन र पवित्र आत्मा प्राप्त गर्न असम्भव थियो किनभने मैले गर्ने हरेक कुरा र विचार पापपूर्ण थिए ।
म परमेश्वरदेखि डराउँथे र त्यसैले निरन्तर प्रायश्चित्तको प्रार्थना गर्थे । मलाई यसो गर्न कसैले पनि भनेको थिएन, तर म परमेश्वरको अगाडि सम्मानका साथ उभिन चाहन्थे । किनकि म पापी थिए, म झन अभिरुचिपूवर्क प्रायश्चित्तको प्रार्थना चढाउँथे । तर यी प्रार्थनाहरु मेरो पाप पखाल्न असमर्थ थिए । मैले गरेको भनेको वहाँलाई आफ्नो विचार र इमान्दारीता देखाएँ त्यसैले मेरो पाप अझै ममा थिए । त्यस बेलादेखि, मैले परमेश्वरसित गुनासो गर्न थाले । म वहाँको नजरमा उत्कृष्ट हुन चाहन्थे तर म एकैचोटिमा उत्कृष्ट हुन सक्दिन थिएँ, त्यसैले मेरा गुनासाहरु र पापहरु थुप्रदै गए ।
यो धार्मिक अन्योलको बेलामा, मेरो बुबालाई स्ट्रोक भयो । वहाँले ४० दिनसम्म अप्रेसन कोठामा र हस्पिटल बेडमा पीडा भोग्नु भयो र बित्नु भयो । तर मैले एकचोटि पनि आफ्नो पिताको लागि प्रार्थना गर्न सकिन । म पापी थिएँ, त्यसैले मैले सोचें कि यदि मैले बुबाको लागि प्रार्थना गरे भने वहाँको पीडा झन बढ्ने छ । म आस्थाको कमीले गर्दा दुःखी भए र मैले परमेश्वरलाई पछ्याउन चाहे तर सकिन, त्यसैले मैले गुनासो गरिरहें र अन्त्यमा वहाँबाट विमुख भए । मेरो धार्मिक जीवन यसरी अन्त्य भयो । मैले सोचें कि यदि मैले वहाँमा विश्वास गरें भने, वहाँको आत्मा ममा बास गर्नुहुन्छ र मैले शान्ति पाउनेछु, तर यस्तो भएन । त्यसपछि, मेरो जीवन झन निरर्थक भयो र मैले भय र दःखमा जीवन बिताए ।
तर परमेश्वरले मलाई त्याग्नु भएन । वहाँले मलाई एउटा विश्वासीसँग भेट गराउनुभयो जसले परमेश्वरको वचनद्वारा साँच्चै पवित्र आत्मा प्राप्त गरेको थियो । मैले यो व्यक्तिबाट सिकें कि येशूले यूहन्नाको बप्तिस्माद्वारा हाम्रो पापलाई उठाइलैजानुभयो र वहाँले त्यसको लागि क्रूसमा सजाय भोग्नुभयो । त्यसकारण, यो संसारको सबै पाप, मेरो पनि, सबै क्षमा गरिएको छ । जब मैले यो सुने र यसलाई बुझें, मैले देखे कि मेरा सम्पूर्ण पापहरु मेटाइएका छन् । परमेश्वरले मलाई पापको क्षमा पाउन मद्दत गर्नुभयो, मलाई पवित्र आत्माको आशिष् दिनुभयो र शान्तिपूर्ण जीवन प्रदान गर्नुभयो । वहाँले मलाई चुपचाप डो¥याउनु भयो, मलाई असल र खराबको प्रष्ट ज्ञान दिनुभयो र मलाई संसारको लोभ्याउने कुराहरुमाथि विजय प्राप्त गर्न शक्ति प्रदान गर्नुभयो । वहाँले मेरो प्रार्थना सुन्नुभयो र मलाई धार्मिक र अर्थपूर्ण जीवन जिउँन मद्दत गर्नुभयो । म परमेश्वरलाई पवित्र आत्मा प्रदान गर्नुभएकोमा साँच्चै धन्यवाद दिन्छु ।”
हामी प्रत्येकलाई परमेश्वरले अनुग्रहको आशिष् दिनुभएको छ र प्रत्येक मानिस पवित्र आत्मा प्राप्त गर्न सक्षम छन् । म परमेश्वरलाई वहाँको सुन्दर सुसमाचार प्रदान गर्नुभएकोमा धन्यवाद दिन्छु । परमेश्वरले धर्मीलाई यस्तो सुखको आशिष् दिनुभयो । धर्मीहरुको हृदय उल्लसित हुन्छ । परमेश्वरले हामीलाई अनन्तको सुख प्रदान गर्नुभएको छ । हामी जान्दछौं कि परमेश्वरको मुक्ति, प्रेम र अनुग्रह कति बहुमूल्य छन् र हामी यसको लागि धन्यभागी छौं । परमेश्वरले हामीलाई स्वर्गको सुन्दर सुसमाचारद्वारा सुख प्रदान गर्नुभयो । यो यस्तो चिज हो जुन पैसाले किन्न सकिदैंन । परमेश्वरले हामीलाई हर्षित र धर्मी तुल्याउन पवित्र आत्मा र सुन्दर सुसमाचार सँगसँगै पठाइदिनुभयो । यो त्यो सुन्दर सुसमाचार हो जसले हाम्रो जीवनलाई आशिषित तुल्याउँछ । परमेश्वरले हामीलाई सुन्दर सुसमाचार प्रदान गर्नुभयो र वहाँ प्रसन्न हुनुहुन्छ कि धर्मीहरु आशिषित जीवन पाएर उल्लसित छन् ।
लूकामा अभिलेख भएअनुसार, मरियमले भनिन्,“किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन...हेर्नुहोस्,म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्” (लूका १:३७–३८)। स्वर्गदूतद्वारा बोलिएको परमेश्वरको सुन्दर वचनमा मरियमले विश्वास गर्नेबित्तिकै,येशू गर्भधारण हुनुभयो। यसरी नै, आस्थाद्वारा धर्मीहरु, सुन्दर सुसमाचारलाई आफ्नो हृदयमा धारण गर्दछन् ।
“किनकि तपाईंले त्यसको बोझाको जुवा र त्यसको काँधको नोल, त्यसलाई अत्याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैं चकनाचुर पारिदिनुभएको छ” (यशैया ९:४) । हाम्रो जीवनमा सबै दुःख, रोगहरु र दमन शैतानद्वारा हुन्छ तर त्यसमाथि विजय प्राप्त गर्न हामी अति नै कमजोर छौं । तर परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र यसकारण वहाँले शैतानको विरुद्धमा लड्नु भयो र त्यसलाई परास्त गर्नुभयो ।
“किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन वहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ” (यशैया ९:६–७) ।
परमेश्वरलले हामीलाई येशूले ल्याउनुभएको सुन्दर सुसमाचारद्वारा हामीलाई वहाँको सन्तानको रुपमा महिमामय तुल्याउने प्रतिज्ञा गर्नुभयो । वहाँले आफ्नो प्रतिज्ञाअनुसार शैतानलाई परास्त गर्नुभयो र हामीलाई शैतानको शक्तिबाट मुक्त पार्नुभयो ।
परमेश्वर यस धर्तीमा आउनुभयो र आफ्नो शक्तिले पापको सम्पूर्ण अन्धकार हटाउने प्रतिज्ञा गर्नुभयो । त्यसैले हामी हाम्रो परमेश्वरलाई अदभूत् भन्छौं । वहाँले हाम्रो लागि निकै अदभूत् कार्यहरु गर्नुभएको छ । मानिसको पुत्रको रुपमा यस संसारमा आउने परमेश्वरको निर्णय रहस्यमयी थियो । “परमप्रभु भन्नुहुन्छ, अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं । तिमीहरुका पापहरु सिन्दुरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् । गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्” (यशैया १:१८) ।
परमेश्वरले हामीलाई हाम्रो पापबाट बचाउने र अनन्त क्षमा दिने प्रतिज्ञा गर्नुभयो । येशूलाई अचम्मको भनेर भनिन्छ र, त्यसैअनुसार, वहाँले हाम्रो लागि अचम्मका कार्यहरु गर्नुभएको छ । “वहाँको नाउँ सल्लाहकार, शक्तिशाली परमेश्वर हुनेछ ।” परमेश्वरले, हाम्रो सल्लाहकारको रूपमा, सुन्दर सुसमाचारद्वारा हाम्रो मुक्तिको योजना बनाउनुभयो र हामीलाई हाम्रो पापबाट अनन्त कालसम्म बचाउनको लागि वहाँको योजनाको कार्यान्वयन गर्नुभयो ।
परमेश्वरको मूर्खता मानिसको बुद्धिमताभन्दा असल हुन्छ । हामीलाई हाम्रो सबै पापबाट बचाउन येशूलाई यूहन्नाद्वारा बप्तिस्मा दिलाउनु र क्रूसमा मराउनु परमेश्वरको बुद्धिमता थियो । वहाँले हाम्रो लागि गर्नुभएको यो रहस्यमय कार्य हो, तर प्रेमको व्यवस्थाले नै हामीलाई हाम्रो सबै पापबाट बचायो । प्रेमको व्यवस्था सत्यको सुसमाचार हो जसले हामीलाई पानी र रगतद्वारा पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछ ।
परमेश्वर, यशैया ५३:१० मा, भन्नुहुन्छ, “तापनि उसलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो ।” परमेश्वरको इच्छा पूरा गर्न येशूले आफ्नो आत्मालाई पापको बलि बनाउनुभयो । परमेश्वरले संसारको पाप आफ्नो पुत्रमा सार्नुभयो र यसको सजाय भोगाउन, कूसको पीडा झेल्न लगाउनुभयो । यही नै त्यो सुन्दर सुसमाचार हो जसले मानवतालाई उनीहरुको सम्पूर्ण पापबाट एकैचोटि र सदाको लागि बचायो । ख्रीष्टले हाम्रो लागि आफ्नो जीवन बलि दिनुभयो, पापको ज्याला तिर्नुभयो र हामीलाई मुक्तिको आशिष् दिनुभयो ।
 
 
परमेश्वरको बलिप्रथा
 
येशूले यूहन्नाबाट भएको आफ्नो
बप्तिस्माद्वारा कति पाप लिनुभयो ?
समयको शुरुदेखि अन्त्य सम्म; भूत, वर्तमान र
भविष्यकौ सबै पाप लिनुभयो ।
 
बाइबलले एउटा बलिको बारेमा उल्लेख गर्दछ जसद्वारा एक दिनको पाप क्षमा हुन्थ्यो । पापीले एउटा निष्खोट जनावर ल्याउँनुपथ्र्यो र त्यो जनवारको शिरमा हात राखेर आफ्नो पाप सार्नुपथ्र्यो । अनि त्यो बलिलाई उसले मार्नुपथ्र्यो र त्यसको रगत पूजाहारीलाई दिनुपथ्र्यो । र पूजाहारीले उक्त जनावरको केही रगत लिन्थ्यो र होमबलिको वेदीको सिङमा राख्थ्यो र बाँकी वेदीको वरिपरि छर्कन्थ्यो । यसप्रकार, उसले एकदिनको पापको लागि क्षमा पाउँथ्यो । बलिको टाउकोमा हात राखेर पापीले आफ्नो पाप बलिमा साथ्र्यो र यो नै स्थापित तरिका थियो । जसले आफ्नो बलि बलिप्रथामा आधारित विधिअनुसार चढाउँथे उनीहरुले पापको क्षमा पाउँथे । येशूले सम्पूर्ण पाप लिनुभन्दा पहिले बलिप्रथानै हाम्रो पापको लागि प्रायश्चित्त गर्ने उपाय थियो ।
परमेश्वरले इस्राएलीहरुले वर्षभरिको पापको प्रायश्चित्त गरून् भनेर प्रायश्चित्तको–दिन पनि संसाथगत गर्नुभएको थियो । बलि सातौं महिनाको दसौं दिनमा हुन्थ्यो । परमेश्वरले हारूनलाई मुख्य पूजाहारीको रूपमा नियुक्त गर्नुभएको थियो, जसले वर्षभरिको पाप बलिको बोकामा सार्दथे । यो चलन परमेश्वरको योजनाअनुसार नै गरिन्थ्यो । वहाँको बुद्धिमता र मानवताप्रतिको प्रेमले गर्दा हामीलाई पापको क्षमा प्राप्त भयो । यो वहाँको शक्ति हो ।
“होमबलिको वेदीको सिङहरु” “न्यायको पुस्तकको” (प्रकाश २०:१२) प्रतिक हो, जहाँ मानवताका पापहरु अभिलेख गरिन्छ । पूजाहारीले पाप बलिको रगत होमबलिको वेदीको सिङमा राख्नुको कारण चाहिँ न्यायको किताबमा लेखिएको उनीहरुको नाउँ र पाप मेटाउनलाई हो । रगत सबै शरीरको प्राण हो । बलिले इस्राएलीहरुको सबै पाप लिन्थ्यो र बलिको बोकालाई पापको ज्याला तिर्न मारिन्थ्यो । परमेश्वरले बलिको जनावरलाई मार्न लगाउनुको कारण उनीहरुलाई पापको सजाय स्वीकार्नलाई हो । यो वहाँको बुद्धिमता र हामीप्रतिको प्रेमको चिन्ह थियो ।
येशू ख्रीष्ट यस संसारमा परमेश्वरको योजना पूरा गर्न पापको बलिको रूपमा आउनुभयो । येशूले आफ्नो बलिदानद्वारा संसारको पाप हटाउनुभयो । यदि हामीले वहाँको प्रतिज्ञाको वचनलाई हेरौं भने, हामी देख्दछौं, “तापनि उसलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो” अथवा “उहाँले संसारको पाप उठाइलैजानुभयो ।”
“किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन वहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ (यशैया ९:६–७) ।”
रहस्यमय र अचम्मको प्रतिज्ञा के थियो भने येशूले परमेश्वरको इच्छा पूरा गर्नुहुनेछ र संसारको पाप हरेर सबै विश्वासीहरुलाई शान्ति प्रदान गर्नुहुनेछ । परमेश्वरको प्रतिज्ञा प्रेमको प्रतिज्ञा थियो, जसद्वारा वहाँले मानवताको लागि शान्ति ल्याउने योजना गर्नुभयो । परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको यही हो, हाम्रो लागि वहाँले गर्नुभएको पनि यही हो ।
मत्ती १:१८, ले भन्छ, “येशू ख्रीष्टको जन्म यस प्रकारले भयोः उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरुको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाह भयो ।” “येशू” को अर्थ मुक्तिदाता हुन्छ, जसले आफ्ना प्रजालाई उनीहरुको पापबाट बचाउँनेछ । “ख्रीष्ट” को अर्थ अभिषेक गरिएको राजा हुन्छ । येशूमा कुनै पाप थिएन, र वहाँ हाम्रो राजा र मुक्तिदाता हुनुहुन्छ जो आफ्ना प्रजालाई उनीहरुको पापबाट बचाउँन कन्याद्वारा जन्मिनुभयो ।
“‘तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरुलाई पापबाट बचाउनुहुनेछ ” (मत्ती १:२१–२२) ।
 
 
येशूले संसारका सबै पापहरु आफ्नो बप्तिस्माद्वारा आफूमा
लिनुभयो
 
मत्ती ३:१३–१६ मा लेखिएको छ, “तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो । तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने ?” तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुनदेऊ । किनभने यसरी नै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” तब यूहन्ना राजी भए । अनि बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो ।”
यूहन्ना यस खण्डमा देखापर्छन् । येशूले किन यूहन्नाद्वारा बप्तिस्मा लिनुप¥यो? संसारको सबै पाप लिनलाई, र त्यसलाई परमेश्वरको योजनाअनुसार हटाउनलाई येशूले बप्तिस्मा लिनुप¥यो ।
“शासन उहाँको काँधमा हुनेछ” (यशैया ९:६) । यहाँ “शासन” भन्नाले येशू नै एक हुन् जोसँग स्वर्गको मालिक, र यो संसारको राजाको रूपमा अधिकार र शक्ति छ । यो अधिकार येशूलाई मात्र प्रदान गरिएको छ । येशूले मानवताको सबै पाप उठाइलैजाने अचम्मको काम गर्नुभयो । यो अचम्मको कुरा उहाँले यूहन्नाद्वारा बप्तिस्मा लिनुमा थियो । येशूले यो भनाइबाट “किनभने यसरी नै हामीहरुले सबै धार्मिकता पूरा गर्नुपर्दछ” के भन्न खोज्नुभएको हो भने संसारको सबै पाप लिनु ठीक छ र उपयुक्त छ ।
रोमी १:१७ ले भन्छ, “किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा आउँछ ।” परमेश्वरको धार्मिकता सुसमाचारमा प्रकट भएको छ । के पानी र आत्माको साँचो सुसमाचारले साँच्चै परमेश्वरको धार्मिकता प्रकट गर्दछ? हो! साँचो सुसमाचार यो हो कि येशू ख्रीष्टले संसारको सबै पाप आफ्नो बप्तिस्मा र क्रूसद्वारा उठाइलैजानुभयो । पानी र आत्माको सुुमाचार नै त्यो सुन्दर सुसमाचार हो जसमा परमेश्वरको धार्मिकता प्रकट भएको छ। येशूले कसरी संसारको पाप उठाइलैजानुभयो? जब यूहन्नाले उहाँलाई यर्दन नदीमा बप्तिस्मा दिए तब उहाँले संसारको सबै पाप लिनुभयो ।
“सम्पूर्ण धार्मिकता” को अर्थ हुन्छ येशूले मानवताका सबै पापहरु न्यायपूर्ण र अचम्मको तरिकाले उठाइलैजानुभयो । यसको अर्थ हुन्छ येशूले संसारको सबै पाप हटाएको कार्य एकदम न्यायपूर्ण र निष्पक्ष थियो । संसारको सबै पाप हटाउन येशूले यूहन्नाबाट बप्तिस्मा लिनुपरेको थियो ।
परमेश्वर जान्नुहुन्थ्यो कि मानवतामा शान्ति ल्याउनको लागि येशूको बप्तिस्मा एकदम जरुरी थियो । येशूले यूहन्नाद्वारा बप्तिस्मा नलिनुभएको भए र आफ्नो रगत क्रूसमा नबहाउनुभएको भए उहाँ हाम्रो मुक्तिदाता हुन सक्नुहुने थिएन । येशूले संसारको सबै पाप लिएर पापको बलिको रुपमा कार्य गर्नुभयो ।
परमेश्वरले यशैया ५३:६ मा भन्नुहुन्छ, “हामी सबै भेडाझैं बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ ।” येशूले परमेश्वरको इच्छा पूरा गर्न संसारको सबै पाप स्वीकारनु प¥यो । यही कारण थियो कि येशू पापको बलिको रूपमा मानिसको शरीरमा आउनुभयो र यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो ।
येशूले मानवताको सम्पूर्ण पाप स्वीकारनु प¥यो र त्यसको सजाय भोग्नु प¥यो ताकि परमेश्वरको योजना पूरा होस् र उहाँको अमर प्रेम अभिव्यक्त होस् । जब येशूले बप्तिस्मा लिएपछि पानीबाट बाहिर आउनुभयो, तब परमेश्वरले भन्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु” (मत्ती ३:१७) ।
 
 
हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ
 
“किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन वहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ” (यशैया ९:६) । येशू परमेश्वरका पुत्र हुनुहुन्छ । येशू सृष्टिका परमेश्वर हुनुहुन्छ जसले यो सारा ब्रम्हाण्डको रचना गर्नुभयो । उहाँ सर्वशक्तिमान परमेश्वरका पुत्र मात्र होइन, उहाँ सृष्टिकर्ता र शान्तिका राजा पनि हुनुहुन्छ । येशू नै परमेश्वर हुनुहुन्छ जसले मानवतालाई सुख प्रदान गर्नुभयो ।
येशू सत्यका परमप्रभु हुनुहुन्छ । उहाँले हाम्रा सबै पाप लिनुभयो, हामीलाई बचाउनुभयो, र हामीलाई शान्ति प्रदान गर्नुभयो । के यो संसारमा पाप छ ? अहँ, यहाँ पाप छैन । हामी आत्मविश्वासका साथ यहाँ पाप छैन भनेर भन्न सक्छौं । यसको कारण के हो भने हामी सुन्दर सुसमाचारमा विश्वास गर्छौं, जसले भन्छ कि येशूले संसारका सबै पाप आफ्नो क्रूसको रगतद्वारा पखाल्नुभयो । येशूले हामीलाई ठग्नु भएन । येशूले बप्तिस्मा र रगतद्वारा पापको ज्याला तिर्नुभयो। उहाँले सबैलाई जो यसमा विश्वास गर्छन् उनीहरुलाई आफ्नो सन्तान हुनदिनुभयो र हामी सबैलाई शान्ति प्रदान गर्नुभयो । उहाँले हामीलाई आस्थामा आधारित आफ्नो पवित्र सन्तानको रूपमा अनन्त जीवन प्रदान गर्नुभयो । म परमेश्वरको महिमा गाउँछु र उहाँलाई धन्यवाद दिन्छु ।
 
 
हेर ! संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा !
 
यूहन्ना १:२९ ले भन्छ, “भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, ‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा !” येशू ख्रीष्ट संसारको सबै पाप यूहन्नाको बप्तिस्माद्वारा लिइसकेपछि फेरि उनकोमा भोलिपल्ट देखापर्नुभयो । बप्तिस्मा–दिने यूहन्नाले येशूको गवाही यसो भनेर दिए, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा!” उनले फेरि यूहन्ना १:३५–३६ मा गवाही दिए,“फेरि अर्को दिन यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए । उनले येशूलाई गइरहनुभएको देखेर भने, ‘हेर,परमेश्वरका थुमा!’”
येशू मसीहा हुनुहुन्थ्यो जो परमेश्वरको थुमाको रूपमा आउनुभयो, जसरी परमेश्वरले पुरानो करारमा वाचा गर्नुभएको थियो । मसीहा येशू ख्रीष्ट अच्चमको सल्लाहकार र शक्तिशाली परमेश्वरको रूपमा हामीकहाँ आउनुभयो र हामीलाई हाम्रो सबै पापबाट बचाउन बप्तिस्मा लिनुभयो । हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ । उहाँले यूहन्नाको बप्तिस्माद्वारा संसारको सारा पाप स्वीकारनु भयो, पापको ज्याला तिर्नुभयो, र शान्तिका राजकुमार हुनुभयो जसले हामीलाई शान्ति प्रदान गर्नुहुन्छ र सबै पापबाट क्षमा दिनुहुन्छ । हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा ।”
कुनै समयमा मानिससँग आफ्नो पापको लागि मर्नु बाहेक अर्को विकल्प थिएन । मानिसहरु उनीहरुको पापपूर्ण स्वभावले गर्दा असंख्य पाप गर्नको लागि अभ्यस्त थिए र अन्तत दण्डित हुन नर्कको भागी हुनुप¥यो । उनीहरु दुखी जीवन जिउँथे; उनीहरुमध्ये कोही पनि आफ्नो कमजोरीले गर्दा परमेश्वरको राज्यमा प्रवेश अथवा त्यसको कल्पना पनि गर्न सक्दैन थिए । येशू ख्रीष्ट, जो हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रो सबै पाप स्वीकारनुभयो जब उहाँले यर्दन नदीमा यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो र उनीहरुको गलत कार्यको लागि क्रूसमा सजाय भोग्नुभयो । आफ्नो मृत्युको बेलामा ख्रीष्टले भन्नुभयो, “अब सिद्धियो” (यूहन्ना १९:३०)। यो वहाँको साक्षीको आवाज थियो किनभने उहाँले मानवतालाई उनीहरुको पाप र मृत्युबाट बचाउनुभयो, र उहाँले सबैलाई मुक्ति प्रदान गर्नुभयो जसले यो सुन्दर सुसमाचारमा विश्वास गरे ।
“हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा !” के तपाईंलाई थाह छ संसारका सबै पापहरु कहाँ छन् ? के ती येशू ख्रीष्टको देहमा छैनन् त ? ती सबै पाप र दुष्कर्महरु जसले हामीलाई निहुराउँछन कहाँ छन् ? ती सबै येशू ख्रीष्टमा सारियो । हाम्रा सबै पापहरु कहाँ छन् ? ती आफ्नो काँधमा शासन भएको एक व्यक्तिको देहमा छन्; ती सबै सर्वशक्तिमान परमप्रभुको देहमा छन् ।
 
 
जन्मदेखि मृत्युसम्मका सम्पूर्ण पापहरू !
 
हामी हाम्रो जीवनभरि पाप गरिरहन्छौं । हामीले जन्मेदेखि २० नपुगुन्जेलसम्म पाप गरिरह्यौं । ती २० वर्षसम्म गरिएका पापहरू कहाँ गए त ? ती येशू ख्रीष्टको देहमा सारिए । हामीले २१ र ४० को बीचमा गरेका पापहरू पनि येशूको देहमा सारिए । एउटा व्यक्ति जतिसुकै वर्ष बाँचे पनि, उसले जीवनको शुरुवातदेखि अन्त्यसम्म गरेका पापहरू येशू ख्रीष्टमा सारिए । मानवताले गरेका सम्पूर्ण पापहरू, आदमदेखि शुरु भएर पृथ्वीको अन्तिम मानिससम्म, ती सबै येशूमा सारिए । हाम्रा सन्तान र नातिहरूका पाप पनि पहिले नै येशूमा सारिए । जब येशूले बप्तिस्मा लिनुभयो त्यही समयमा सम्पूर्ण पापहरू उहाँमा सारिए ।
के यो संसारमा अझै पनि पाप छन् ? अहँ । एउटा पनि छैन । यो संसारमा कुनै पनि पाप छैन किनभने हामी येशू ख्रीष्टद्वारा प्रदान गरिएको सुन्दर सुसमाचारमा विश्वास गर्छौं । के तपाईंको हृदयमा पाप छ ? अहँ । आमिन ! हामी यो सुन्दर सुसमाचारमा विश्वास गर्छौं जसले येशू ख्रीष्टले हामीलाई हाम्रो सबै पापबाट बचाउनुभयो भनेर भन्छ । हामी सर्वशक्तिमान येशूलाई हाम्रा लागि यो अचम्मको काम गर्नुभएकोमा प्रशंसा गर्छौं ।
येशू ख्रीष्टले हामीलाई हाम्रो हराएको जीवन पुनः प्रदान गर्नुभयो । अब हामी यो सुन्दर सुसमाचारमा विश्वास गर्छौं ताकि हामी परमेश्वरसँग बस्न सकौं । ती मानिसहरु जो परमेश्वरका शत्रु थिए— ती पापीहरु जोसँग बाक्लो जङ्गलमा लुक्नुदेखि बाहेक अर्को विकल्प थिएन— यो सुन्दर सुसमाचारमा विश्वासद्वारा अब बाँच्न सक्छन् ।
यो सुन्दर सुसमाचारले हामीलाई सिकाउँछ कि परमेश्वरले हाम्रो पापलाई धोएर हामीलाई शुद्ध बनाउनुभयो । जब वहाँले यूहन्नाबाट बप्तिस्मा लिनुभयो, क्रूसमा टाँगिनुभयो र पुनरुत्थान हुनुभयो हामी पापबाट मुक्त भयौं । येशूको सुसमाचारमा विश्वासद्वारा हामी उहाँको पवित्र सन्तान भयौं । येशू ख्रीष्टले आफ्नो देहलाई पापको बलिको रूपमा अपर्ण गर्नुभयो । उहाँ, सर्वशक्तिमान परमेश्वरका पुत्र, जसले यो संसारमा एउटा पनि पाप गर्नुभएको थिएन, यो संसारको सबै पाप लिनुभयो र सबैलाई जो उहाँमा विश्वास गर्छन्, उनीहरुलाई बचाउनुभयो । यशैया ५३:५ ले भन्छ, “तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो ।
येशूले संसारको सबै पाप लैजानुभयो, हाम्रो वंशानुगत र वास्तविक दुबै पाप लैजानुभयो र एउटा पनि अधर्म बाँकी राख्नुभएन । उहाँले पापको ज्याला क्रूसमा भएको आफ्नो मृत्यले तिर्नुभयो र हामीलाई हाम्रो सबै पापबाट बचाउनुभयो । येशूले आफ्नो सुन्दर सुसमाचारद्वारा यो संसारको सबै पाप पखाल्नुभयो । हामीले येशूद्वारा नयाँ जीवन पायौं । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरु अब आत्मामा मरेको रहेनन् । अब हामीसँग नयाँ र अनन्त जीवन छ, किनकि येशूले हाम्रो पापको सम्पूर्ण ज्याला तिर्नुभयो । येशू ख्रीष्टको पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा हामी परमेश्वरको सन्तान भएका छौं ।
के तपाईं विश्वास गर्नुहुन्छ येशू ख्रीष्ट परमेश्वरका सन्तान हुन् भनेर ? के तपाईं यो पनि विश्वास गर्नुहुन्छ कि येशू ख्रीष्ट तपाईंको मुक्तिदाता हुन् भनेर ? म गर्छु । येशू ख्रीष्ट हाम्रा लागि जीवन हुनुहुन्छ । हामीले वहाँद्वारा नयाँ जीवन प्राप्त ग¥यौं । हाम्रो पाप र अधर्मको कारणले गर्दा हामी मृत्युको भागी थियौं । तर येशूले आफ्नो बप्तिस्मा र क्रूसमा मृत्युद्वारा पापको ज्याला तिर्नुभयो । उहाँले हामीलाई हाम्रो पापको अधिनबाट, मृत्युको शक्तिबाट, र शैतानको बन्धनबाट मुक्ति दिनुभयो ।
प्रभु परमेश्वर हुनुहुन्छ जसले हामीलाई हाम्रो पापबाट बचाउनुभयो र उनीहरु सबैको मुक्तिदाता हुनुभयो जो उहाँमा विश्वास गर्दछन् । जब हामी हिब्रू १०:१०–१२, १४ र १८ मा हेर्छौं, हामी बुझ्न सक्छौं कि परमेश्वरले हामीलाई पवित्र पार्नुभएको छ र यसकारण अब अझै पापबाट मुक्तिको आवश्यक्ता छैन । हामी येशूमा विश्वासद्वारा परमेश्वरको राज्यमा प्रवेश गर्छौं । हामी हाम्रो पाप र अधर्मको कारणले गर्दा पापको भागी थियौं, तर अब हामी येशूको बप्तिस्मा र रगतमा विश्वासद्वारा स्वर्गमा प्रवेश गर्न सक्छौं र अनन्त जीवनको आनन्द लिन सक्छौं ।
“असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अपर्ण गर्छ” (यूहन्ना १०:११) । हाम्रा परमप्रभु यो संसारमा उहाँको बप्तिस्मा, उहाँको क्रूसको मृत्यु र उहाँको पनरुत्थानद्वारा हामीलाई संसारको पापबाट बचाउन आउनुभयो । उहाँले उनीहरुलाई जो यस सत्यमा विश्वास गर्छन् र आफ्नो पापको मुक्ति पाएका छन् पवित्र आत्माको बास पनि प्रदान गर्नुहुन्छ । तपाईंलाई धन्यवाद, परमेश्वर । तपाईंको सुसमाचार सुन्दर सुसमाचार हो, जसले विश्वासीहरुलाई पवित्र आत्माको बास प्रदान गर्छ । हल्लेलूयाह ! म परमेश्वरको महिमा गाउँछु ।