• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ८: पवित्र आत्मा

< 8-8 > कोबाट पवित्र आत्माको जीवनको पानी बहन्छ ? (यूहन्ना ७:३७–३८)

( यूहन्ना ७:३७–३८ )
“अब चाडको पछिल्लो दिन, अर्थात चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, ‘यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तसकरणबाट जिउँदो पानीका खोलाहरु बगिनिस्कनेछन् ।’”
 
कसले पवित्र आत्माको जीवनको पानी
पिउन सक्छ ?
जो येशूको बप्तिस्मा र क्रूसको रगतको सुन्दर
सुसमाचारमा विश्वास गर्दछ ।
 
पवित्र आत्माको जीवनको पानी उनीहरुको हृदयबाट बगिनिस्कन्छ जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् । यूहन्ना ७:३८ ले भन्छ, “जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तसकरणबाट जिउँदो पानीका खोलाहरु बगिनिस्कनेछन् ।” यसले के बुझिन्छ भने उनीहरुको लागि जो परमेश्वरले दिनुभएको यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् साँच्चैको मुक्ति र पापको क्षमा छ ।
पवित्र आत्माको बास कति बेला हुन्छ? पवित्र आत्माको बास तब हुन्छ जब कसैले यो सुन्दर सुसमाचार सुन्छ र विश्वास गर्छ, जसले भन्छ कि येशू ख्रीष्टले संसारको सबै पाप यूहन्नाबाट भएको आफ्नो बप्तिस्माद्वारा लिनुभयो । अनि मात्र कसैले पवित्र आत्माको जीवनको पानी पिउन सक्छ । जो यस सुन्दर सुसमाचरमा विश्वास गर्छन् उनीहरुमा पवित्र आत्माको बास हुन्छ, र उनीहरु आध्यात्मिक जीवनको सङ्लो पानीको बहाव र उनीहरुको सुख्खा हृदय भिजेको अनुभव गर्न सक्छन् जब–जब उनीहरु परमेश्वरको वचन प्रचार गर्दै अथवा सुन्दै हुन्छन् ।
पवित्र आत्माको जीवनको पानी उनीहरुको हृदयबाट निस्कन्छ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन्, जसले भन्छ परमेश्वर यस संसारमा पापीहरुलाई उनीहरुको सबै पापबाट बचाउन आउनुभयो । पवित्र आत्मा त्यो सत्य हो जुन पानी र आत्माको सुसमाचारबाट अलग गर्न सकिन्न, र परमेश्वरको वचनमा विश्वास गर्ने मानिसहरुमा बास गर्नुहुन्छ ।
जो कोेही पनि यदि पवित्र आत्माको जीवनको पानी पिउन चाहन्छ भने उसले येशूको बप्तिस्मा र क्रूसको रगतको सुन्दर सुसमाचरमा विश्वासद्वारा आफ्नो सबै पापबाट मुक्ति पाउनुपर्छ । पवित्र आत्माको जीवनको पानी उनीहरुमा हृदयमा हुन्छ जो परमेश्वरको वचनमा विश्वास गर्दछन् । मानिसहरु जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन्, उनीहरुसँग पवित्र आत्माको जीवनको पानी हुन्छ, जुन उनीहरुको हृदयबाट नदीझंै बहिनिस्कन्छ । यो क्षणमा पनि, पवित्र आत्माको जीवनको पानी जसले येशू ख्रीष्टको बप्तिस्मा र क्रूसको रगतमा विश्वासद्वारा आफ्नो पापको क्षमा पाएका छन् उनीहरुको हृदयबाट मूलको पानीझैं निस्कन्छ ।
तथापि, जो यस सत्यको सुन्दर सुसमाचारमा विश्वास गर्दैनन् उनीहरुको हृदयबाट एक थोपो पनि पवित्र आत्माको जीवनको पानी निस्कदैंन । जबसम्म मैले पानी र आत्माको सुसमाचारलाई स्वीकारिन र विश्वास गरिन, मेरो हृदयबाट एक थोपा पनि आध्यात्मिक जीवनको पानी बगेको थिएन । त्यो बेलामा, यद्यपि म येशू ख्रीष्टमा व्यग्रताका साथ विश्वास गर्थें, मलाई पवित्र आत्माको जीवनको पानीको महत्व थाह थिएन किनकि मेरो हृदयमा पवित्र आत्मा हुनुहुन्नथ्यो । तथापि, अब मसँग पानी र आत्माको सुन्दर सुसमाचार छ, र पवित्र आत्माको जीवनको पानी मेरो हृदयबाट स्वच्छन्द बग्दछ ।
अब पवित्र आत्माको जीवनको पानी मेरो हृदयबाट बहन्छ, र उनीहरुको हृदयबाट पनि जो परमेश्वरको वचन सुन्दछन् र विश्वास गर्दछन् । येशूले भन्नुभएझैं, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् ,” पवित्र आत्माको जीवनको पानीले नयाँ गरी जन्मिएका इसाईहरुमार्फत जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् अरुलाई ताजा गराउँछन् । यस क्षणमा पनि यो जीवनको पानी मेरो हृदयबाट पानी र आत्माको सुसमाचारमा आस्थासँगै बगिनिस्कन्छ, अरुलाई पनि यसबाट पिउन सम्भव गराउँछ । परमेश्वरले मेरो हृदयबाट पवित्र आत्माको जीवनको पानी नदीझैं बग्नदिनुहुन्छ । योसित उनीहरु मात्र परिचित छन् जसको हृदयमा पवित्र आत्माले बास गर्नुभएको छ ।
‘प्रकाशमा’ लेखिएजस्तै जसले यो प्राप्त गरेका छन् उनीहरु बाहेक, पवित्र आत्माको बास र जीवनको पानी एउटा रहस्य हो जुन पानी र आत्माको सुसमाचारलाई जान्ने र विश्वास गर्नेहरुलाई मात्र थाह हुन्छ । त्यसकारण, तपाईले बुझ्नुपर्छ कसकोमा पवित्र आत्मा बास गर्नुहुन्छ । तपाईंले बुझ्नुपर्छ कि पवित्र आत्माको बास उनीहरुलाई मात्र प्रदान गरिन्छ जो येशूको सुसमाचारमा विश्वास गर्छन् ।
 
 
म क्रूसको रगतमा मात्र विश्वास गर्थें
 
यद्यपि म येशूको क्रूसको रगतमा दस वर्षदेखि विश्वास गर्थें, मेरो हृदयमा अझै पाप थियो । त्यो बेलामा, म के विश्वास गर्थें भने मेरा पापहरु येशूको रगतमा विश्वासद्वारा मात्र क्षमा हुन्छन् । तथापि, यस किसिमको आस्थाद्वारा न त मैले पापको पूर्ण क्षमा पाउन सकें न त मैले पवित्र आत्माको बास नै पाउन सकें, र मेरो जीवनमा मात्र अन्योल र रिक्तता थियो । एउटै चिन्ह जसले मलाई येशूमा विश्वास गर्छु भनेर देखाउँथ्यो त्यो थियो मेरो चर्चमा उपस्थिति ।
त्यही बेला मैले आफ्नो आस्थालाई पुनर्विचार गरे । ‘के मैले साँच्चै पवित्र आत्मा पाएको छु ?’ जब मैले शुरुमा येशूमा विश्वास गरे, मेरो हृदय उहाँप्रति प्रेमले भरिएको थियो र मसित अनौठो भाषामा बोल्ने खुबी पनि थियो । तर मलाई के भएको थियो ? मैले महसुस गरें कि यो तीब्र संवेग पवित्र आत्माको बासको चिन्ह होइन र मैले पवित्र आत्मा पाएकै छुइन । म येशूमा विश्वास गर्थें तर पवित्र आत्मा र पवित्र आत्माको जीवनको पानी मेरो हृदयमा थिएनन् ।
मेरो हृदय तातो अथवा चिसो भएपनि खासै महत्वपूर्ण थिएन, किनकि मेरो आस्था क्याल्भिनिजममा आधारित थियो4 । मैले साँच्चै उत्तर दिनुपर्ने प्रश्नहरु निम्न थिए :
(१) के पवित्र आत्मा ममा बास गर्नुहुन्छ ? —अहँ । उहाँ ममा हुनुहुन्छ भनेर म निश्चित छुइन ।
(२) के ममा पाप छ ? — हो, छ । त्यस बेला ममा निश्चत रूपले पाप थियो, यद्यपि म येशूको क्रूसको रगतमा विश्वास गर्थे । मेरो हृदयमा अझै पाप थियो, यद्यपि म येशूमा विश्वास गर्थें र दिनदिनै प्रायश्चित्तको प्रार्थना गर्थें । मैले धेरै प्रयास गरे पनि मेरो हृदयको पाप कहिल्यै पनि पूर्ण रूपले पखालिएन ।
 
4क्याल्भिनिजमले सिकाउँछ : १) पूर्ण भ्रष्टता : मानिसको सम्पूर्ण भागहरुमा पाप हुन्छ : शरीर, आत्मा, मन, र संवेग । २) अपात्रता : परमेश्वरको मानिसप्रतिको अनुग्रह उहाँको स्वतन्त्र चुनाउमा भर पर्छ । यसको लागि मानिस पूर्ण रूपले अयोग्य हुन्छ । ३) सीमित प्रायश्चित्त : ख्रीष्टले संसारका प्रत्येक व्यक्तिको पाप लिनुभएन, तर उनीहरुको मात्र जो मुक्तिको लागि चुनिएका थिए । ४) थाम्न नसकिने अनुग्रह : परमेश्वरले कसैलाई मुक्तिकोलागि बोलाउनुभएमा यसलाई रोक्न अथवा थाम्न सकिदंैन । ५) सन्तहरुको निरन्तरता : आफ्नो मुक्तिलाई गुमाउन सम्भव छैन । तर तपाईंले यसको सिकाइ र पानी र आत्माको सुसमाचारमा प्रष्ट फरक गर्न सक्नुहुन्छ, खासगरी सीमित प्रायश्चित्तको सिद्धान्तको सम्बन्धमा ।
 
‘म कसरी पवित्र आत्माको बास प्राप्त गर्न सक्छु ?’ म कसरी आफ्नो हृदयको पाप पखाल्न सक्छु ?’ मैले येशूमा विश्वास गर्न थालेपछि पनि यी दुई समस्याहरु मलाई सताइरहन्थे जुन मेरो दिमागमा थिए । मैले अनौठो भाषामा बोलेको थिए र मेरो येशूको रगतमा भएको आस्थालाई धन्यवाद, मैले यसैद्वारा आफ्नो सम्पूर्ण पाप पखालिएको विश्वास गरेको थिए ।
तथापि, जब समय बित्दै गयो, धेरै भन्दा धेरै पापहरु मेरो हृदयमा थुप्रिन थाले । म पापले भरिए । पश्चात्तापको प्रार्थना अथवा उपवासले पनि मेरो हृदयको पापलाई पखाल्न सकेन जहिले सम्म येशूका रगतमा मात्र भर परे । म लामो समयसम्म आफ्नो वास्तविक पापको बारेमा चिन्तित थिएँ । म जति बढी चिन्तित हुन्थें, उति नै व्यस्तताका साथ येशूको सन्देश अरूलाई प्रचार गर्थें । म झन चर्चमा पनि नियमित रूपले उपस्थित हुन्थें र आफूलाई येशूको सेवामा समर्पण गर्थें, उहाँको रगतमा भर पर्दै ।
तथापि, जब समय बित्दै गयो, मेरो हृदयको वास्तविक पापहरुले मलाई साँचो आस्था पाउनबाट रोकिरहेको थियो । येशूमा विश्वास गर्न पहिले भन्दा झन गा¥हो हुन थाल्यो । म अझ बढी येशूको रगतमा भर पर्न प्रयास गर्थें र मेरो परमेश्वरप्रतिको लगावलाई बढाएँ । तथापि, मेरो हृदयको रिक्तता अझै बढी भयो । यस प्रकारको आस्थाले मलाई रित्तो र शिथिल बनायो, र मलाई पाखण्डी ईसाईमा बदलिदियो जो आफ्नो बाहिरी स्वरुपको बारेमा मात्र चिन्ता गर्छ । आफंैलाई यसो भन्थें, ‘येशूमा विश्वास गर्नु भनेको सबैको लागि यस्तै हो, मलाई मात्र होइन!’ मैले यो अस्वीकार गर्ने प्रयास गरें कि मेरो आस्था गलत छ । तथापि, येशूको रगत र पश्चात्तापको प्रार्थनाले अझै पनि मेरो सबै वास्तविक पाप पखाल्न सकेको थिएन ।
त्यसोभए कुन आस्थाद्वारा मेरो वास्तविक पापहरु पखालिन सक्छ ? मेरो वास्तविक पापहरु यसमा विश्वासद्वारा मात्र पखालिन सक्थ्यो कि मेरा सबै पापहरु येशूमा सारियो जब उहाँले यर्दन नदीमा यूहन्नाबाट बप्तिस्मा लिनुभयो । यो नै मत्ती ३:१३–१७ मा लेखिएको छ । त्यसो भए किन मेरो वास्तविक पापहरु येशूको रगतले धोएन त ? मलाई थाह थिएन र सुन्दर सुसमाचारमा विश्वास गरिन, जसले यूहन्नाद्वारा भएको येशूको बप्तिस्माको अर्थ खुलाउँदछ ।
के यसले यो बुझाउँछ कि संसारका सबै पापहरु येशूको बप्तिस्माद्वारा पखालियो ? हो, यो ठीक हो । बाइबलले यसलाई यसो भनेर गवाही दिन्छ , “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३–५) । येशू यस संसारमा आउनुभयो र यो संसारको सम्पूर्ण पाप यूहन्नाबाट भएको आफ्नो बप्तिस्माद्वारा स्वीकारनु भयो ।
म यसबारेमा अझै शङ्कालु थिए र यसलाई प्रष्ट पार्न पुरानो र नयाँ करारलाई तुलना गरे । यसको परिणाम के भयो भने मैले जे भेट्टाएको थिए त्यो एकदम सही थियो । जब येशूले बप्तिस्मा लिनुभयो, संसारको सबै पाप उहाँमा सारियो, र मेरा सबै पापहरु पनि त्यही समयमा उहाँमा सारियो । यी वचनहरुमा आस्थाद्वारा म शुद्ध भएँ । मैले यो अनुभूति गरें कि यो सत्य बाइबलमा लेखिएको सत्यको वचन थियो र यो नै संसारको सबैभन्दा सुन्दर सुसमाचर हो ।
यस बाहेक, मैले महसुस गरें किन मेरा पापहरु येशूको रगतमा मात्र विश्वासद्वारा मेटिएनन् । यसको कारण के थियो भने मैले मेरा वास्तविक पापहरु येशूमा सार्न सकिन किनकि मलाई उहाँको यर्दन नदीमा भएको बप्तिस्माको सत्यको बारेमा थाह थिएन । अन्ततः मैले सत्यलाई भेट्टाएँ । मैले जाने कि येशू यस संसारमा मेरो लागि आउनुभयो, र उहाँले संसारका सबै पापहरु आफ्नो बप्तिस्माद्वारा लिनुभयो, र पछि हामीलाई संसारको सबै पापबाट मुक्ति दिन क्रूसमा टाँगिनुभयो । मैले यो पनि जाने र विश्वास गरें कि येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको उद्देश्य संसारको सबै पाप मेटाउनको लागि थियो । येशूले हामीलाई प्रदान गर्नुभएको सुन्दर सुसमाचारलाई धन्यवाद, र किनकि मेरा सबै पापहरु क्षमा भएका छन् अब म धार्मिक छु ।
चर्चका सिद्धान्तहरुले मेरो पाप मेटाएन, यो त येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतले मेटायो । यो सत्य सुन्दर सुसमाचारमा थियो । म मेरा सम्पूर्ण पापहरुबाट बचाइए र धार्मिक भए, येशूको रगतमा मात्र आस्थाद्वारा होइन, तर येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा भएको मेरो आस्थाले गर्दा भएँ ।
मैले परमेश्वरलाई धन्यवाद दिनुपर्ने अर्को कुरा के हो भने मैले सुन्दर सुसमाचारमा विश्वास गर्न थालेपछि पवित्र आत्मा ममा आउनुभयो । अब पवित्र आत्मा येशूको यूहन्नाद्वारा भएको बप्तिस्मा र उहाँको क्रूसको रगतको वचनसँगै ममा बास गर्नुहुन्छ ।
म परमेश्वरलाई धन्यवाद दिन्छु जसले मलाई यो सुन्दर सुसमाचार दिनुभयो र येशूका प्रेरितहरुको विश्वास नै प्रचार गर्न अनुमति दिनुभयो । परमेश्वरले मलाई पवित्र आत्माको वरदान दिनुभयो, यद्यपि मैले गरेको भनेको यो सुन्दर सुसमाचारमा विश्वास मात्रै हो । अब म यो सन्देश पूरा सम्मान र आस्थाका साथ संसारका सबै मानिसलाई दिन सक्छु । साँच्चै म उनीहरुलाई भन्ने छु येशूको रगतमा मात्र विश्वासले उनीहरुको सबै पाप मेटाउदैन !
तर म उनीहरुलाई भन्न सक्छु कि उनीहरुको सम्पूर्ण पाप तब मात्र पखालिन्छ जब उनीहरु यो सुन्दर सुसमाचारमा विश्वास गर्छन्, जसले येशूको यूहन्नाद्वारा भएको बप्तिस्मा र उहाँको क्रूसको रगतको बारेमा भन्छ । म यो सुन्दर सुसमाचार प्रचार गर्छु र यसको लागि परमेश्वरको अगाडि म अलिकति पनि लज्जा अनुभव गर्ने छैन । अब म सम्मानकासाथ यो सुन्दर सुसमाचार संसारका सबै मानिसलाई प्रचार गर्नसक्छु जसले पानी र आत्माद्वारा नयाँ गरी जन्मने बारेमा भन्दछ । म परमेश्वरलाई धन्यवाद दिन्छु । म परमेश्वरलाई धन्यवाद दिन्छु जसले मलाई पानी र आत्माको सुुसमाचार प्रदान गरी पवित्र आत्माको जीवनको पानी पिउन दिनुभयो ।
 
 
वस्तुगत परिक्षणले देखाउँछ पानी र आत्माको सुसमाचार नै सत्य हो
 
के तपाईंले साँच्चै आफ्ना पापहरुको क्षमा र पवित्र आत्माको बास पाउनुभएको छ ? तपाईं कसरी भन्न सक्नुहुन्छ यो सुसमाचार साँच्चै सत्य हो भनेर ? एकचोटि मैले मानिसहरुमा परिक्षण गरे जो येशूद्वारा प्रदत्त सुन्दर सुसमाचारमा विश्वास गर्न तयार थिए । एकजना व्यक्तिलाई मैले येशूको क्रूसको रगतको मात्र सन्देश दिएं । मैले उसलाई यो पनि भनें कि येशू ख्रीष्टमा विश्वास गर्नेहरुमा कुनै पाप हुनुहुँदैन । अर्को व्यक्तिलाई मैले यूहन्नाद्वारा भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुन्दर सुसमाचार प्रचार गरें । यसको परिणाम के भयो भने त्यो व्यक्ति जसले आफ्नो पापको क्षमा येशूको रगतमा मात्र विश्वासद्वारा पाएको थियो उसले भन्यो कि आफ्नो वास्तविक पापको लागि निरन्तर क्षमा माग्नु प¥यो । तर येशूको बप्तिस्मा र रगतमा विश्वास गर्ने व्यक्तिले, अर्कोतर्फ, भन्यो कि अब ऊ सिद्ध र पापरहित व्यक्ति भएको छ ।
उसले भन्यो कि उसको हृदयमा कुनै पाप छैन किनकि उसले येशूले उसको सबै पाप लैजानुभएको र त्यसको सजाय भोग्नुभएको सत्यमा विश्वास ग¥यो । उसले परमेश्वरबाट पवित्र आत्मा प्राप्त गर्न सक्यो किनकि उसले सुन्दर सुसमाचारमा विश्वास ग¥यो, जसले भन्छ यूहन्नाबाट भएको येशूको बप्तिस्माद्वारा संसारको सबै पाप धोइयो ।
यो व्यक्तिले आफ्नो हृदयमा अब पाप छैन भन्न सक्नुको कारण के हो भने उसले सुन्दर सुसमाचारमा विश्वासद्वारा आफ्नो हृदयमा पवित्र आत्मा प्राप्त ग¥यो । पवित्र आत्माले उसलाई उसको हृदयमा पाप छैन भनेर भन्नलाई बलियो आस्था दिनुभयो । परमेश्वरले सबैलाई पवित्र आत्माको बास प्रदान गर्नुहुन्छ जसले यूहन्नाबाट भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्दछन् । कसकोमा पवित्र आत्मा बास गर्नुहुन्छ? पवित्र आत्मा उनीहरुलाई वरदानको रूपमा दिइन्छ जो यूहन्नाबाट भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुन्दर सुसमाचारमा विश्वास गर्छन् ।
पेन्तिकोसको दिनको घटनालाई सतही रूपमा मात्र हेरेर धेरै मानिसहरु पवित्र आत्माको प्राप्तिको सत्यलाई गलत बुझ्दछन् र उनीहरु सुन्दर सुसमाचारलाई पाखा लगाउँदछन् । मानिसहरु सोच्छन् कि यदि उनीहरुले हताश भएर प्रार्थना गरेभने र पवित्र आत्मालाई खोजे भने, उनीहरु पवित्र आत्माको बास प्राप्त गर्नसक्छन् । लामो समयसम्म, संसारका ईसाईहरुले सत्यको अलिकति पनि भेउ पाएनन्, जसले भन्छ येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारमा विश्वासद्वारा मात्र हामी पवित्र आत्मा प्राप्त गर्नसक्छौं । तथापि, अब परमेश्वरका धेरै सेवकहरु, जसले पानी र आत्माको सुसमाचारमा उनीहरुको आस्थाद्वारा पवित्र आत्माको बास प्राप्त गरेका छन्, उनीहरुले पवित्र आत्माको मद्दतले यो सुसमाचार प्रचार गरेका छन् । फलस्वरुप, संसारका धेरै मानिसहरुले यो सुन्दर सुसमाचारलाई स्वीकारेका छन् र पवित्र आत्माको बास प्राप्त गरेका छन् ।
जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुलाई परमेश्वरले पवित्र आत्माको बासको अनुभूति गराउनुहुन्छ । बाइबलमा भनिएको छ, “आखिरी दिनहरुमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, ‘म सबै मानिसहरुमाथि मेरा आत्मा खन्याइदिनेछु’” (प्रेरित २:१७) । तथापि, हामीले यो बुझ्नुपर्छ कि सुन्दर सुसमाचारको बारेमा नजानिकन पवित्र आत्माको बास प्राप्त गर्न खोज्नु भूल हो । यूहन्नाबाट भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वास गरी पवित्र आत्माको बास प्राप्त गर्नुदेखि बाहेक यहाँ अर्को उपाय छैन ।
किनकि परमेश्वर भन्नुहुन्छ पानी र आत्माद्वारा नयाँ गरी नजन्मिकन कोही पनि स्वर्गको राज्यमा प्रवेश गर्न सक्तैन, र नयाँ गरी जन्मेकाहरुसँग मात्र पवित्र आत्माको वरदान हुन्छ, त्यसकारण यसमा कुनै शङ्का छैन कि सबैले स्वर्गको राज्यमा प्रवेश पाउन पवित्र आत्माको बास प्राप्त गर्नुपर्दछ । तपाई कसरी पानी र आत्माको सुसमाचारमा विश्वास नगरिकन पवित्र आत्मा प्राप्त गर्ने अथवा स्वर्गमा प्रवेश गर्ने बारेमा सोच्न सक्नुहुन्छ ? सुन्दर सुसमाचारमा विश्वास गर्नुदेखि बाहेक यहाँ स्वर्ग जाने अर्को बाटो छैन । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वासद्वारा मात्र तपाईं पवित्र आत्मा प्राप्त गर्न सक्नुहुन्छ । जसरी हामी वस्तु किन्दा पैसा तिर्छौं, त्यसरी नै जब हामी यो सुन्दर सुसमाचारमा विश्वास गर्छौं पवित्र आत्मा प्राप्त गर्छौं ।
म तपाईंलाई भन्न चाहन्छु यदि तपाईं साँच्चै पवित्र आत्माको बास प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंले पहिला पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ र यसमा विश्वास गर्नुपर्छ । तब तपाईंले पवित्र आत्माको प्राप्तिको अनुभूति गर्नुहुनेछ । तपाईंले पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा मात्र पवित्र आत्माको बास प्राप्त गर्न सक्नुहुन्छ । परमेश्वर तपाईंलाई पवित्र आत्माको बासको वरदान दिनचाहनुहुन्छ ।
म यस सुन्दर सुसमाचारमा विश्वास गर्छु र जसै समय बित्दै जान्छ, म झनै बलियोसँग अनुभव गर्छु कि यो सुन्दर सुसमाचार जुन परमेश्वरले मलाई प्रदान गर्नुभएको छ, यही नै संसारको सबैभन्दा सुन्दर र बहुमूल्य चीज हो । म परमेश्वरप्रति धन्यवाद अनुभव गर्छु । के तपाईं पनि यस्तै अनुभव गर्नुहुन्छ ? हामी जसले पवित्र आत्मा प्राप्त गरेका छौं परमेश्वरबाट धेरै नै आशिष् पाएका छौं ।
म तपाईंलाई कसरी यो सुन्दर सुसमाचारमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त हुन्छ भन्ने कुराको सन्देश दिदैंछु । पानी र आत्माको पवित्र र सुन्दर सुसमाचारलाई स्वीकार गरेर नयाँ गरी जन्मी मानिसहरु आफूलाई पवित्र आत्माको बास प्राप्त गर्न योग्य बनाउन सक्छन् ।
यहून्ना ७:३८ मा, येशू भन्नुहुन्छ, “जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तसकरणबाट जिउँदो पानीका खोलाहरु बगिनिस्कनेछन् ।” यसले के बुझाउछ भने ती मानिसहरु जसले येशूद्वारा प्रदत्त सुन्दर सुसमाचारमा विश्वासद्वारा आफ्नो सम्पूर्ण पापको क्षमा पाएका छन् उनीहरुले पवित्र आत्माको बास प्राप्त गरेका छन् । पवित्र आत्माको जीवनको पानी उनीहरुको हृदयबाट नदी झैं बगिनिस्कन्छ । ती मानिसहरु जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुले आध्यात्मिक जीवनको पानी आफूबाट बगिनिस्केको अनुभव गनेर्छन् ।
पानी र आत्माको सुसमाचारद्वारा नयाँ गरी जन्मिुनुभन्दा पहिले यद्यपि म येशूको भक्त थिए, मेरो हृदयबाट कुनै जीवनको पानी बगिनिस्कदैन थियो । तथापि, जब म पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्न थालें, जीवनको पानी मेरो हृदयबाट बाइबलमा लेखिएझैं स्वच्छन्द भएर बगिनिस्कन थाल्यो । यो क्षणमा पनि, पवित्र आत्माको जीवनको पानी परमेश्वरले मलाई प्रदान गर्नुभएको पानी र आत्माको सुसमाचारसँगै बग्दछ । पवित्र आत्माको जीवनको पानी मेरो हृदयबाट वर्षभरि यथेष्ट बग्दछ । मैले पवित्र आत्माको बास प्राप्त गरिसकेपछि, यो सुन्दर सुसमाचारको बारेमा प्रचार गर्ने काम थाले ।
 
 
सुन्दर सुसमाचारमा विश्वास र पवित्र आत्माको बासको
प्राप्तिपछि मेरो आस्थाको स्वीकारोक्ति
 
यो मेरो शुरुको बीसौं वर्षमा शरद ऋतु ठीक अन्तय हुनुभन्दा अगिको कुरा थियो । त्यो समयले मलाई मेरो जीवनको मृत्युको निश्चितताको बारेमा सोच्न बाध्य गरायो । त्यो वर्ष मेरो हृदयमा भएको पापको कारणले मेरो जीवन अन्योल, रित्तोपन र अँध्यारोले छोपिएको थियो । म गलत दिशातर्फ बढिरहेको थिए, सत्यको कुन बाटो जाने भन्ने मलाई थाह थिएन । मेरो शरीर रोगी भइरहेको थियो र मेरो हृदयको रित्तोपन बढ्दै गइरहेको थियो ।
मेरो पापको कारणले गर्दा, म पूर्ण रुपले निराशामा थिएँ र म यसको कारणको बारेमा पनि निश्चित थिइँन । मेरो जीवनको अचानक अन्तयको बेलामा परमेश्वरको न्यायलाई पर्खिनु र पापको क्षमा माग्नुदेखि बाहेक मसित अर्को विकल्प थिएन । “हे परमेश्वर, म मर्नुभन्दा अगाडि तपाईंमा आस्थाद्वारा मेरो पापको क्षमा माग्न चाहन्छु । र, कृपया मेरो शरीरको रोग पनि निको पारिदिनुहोस् !” मैले प्रार्थनामाथि प्रार्थना गरे ।
त्यही बेला, मेरो हताश हृदयको गहिराइबाट आशाको नयाँ किरण प्रकट हुन थाल्यो । मेरो हृदय परमेश्वरप्रतिको चाहनाले भरिन थाल्यो, र म आगोको गोलाझंै तातो भएँ । यो हताशा थिएन, यो नयाँ आशा थियो जुन मेरो हृदयमा आगोझंै दनदनी बल्दै थियो । त्यस दिनदेखि मैले नयाँ धार्मिक जीवन शुरु गरे, येशू मेरो पापको लागि क्रूसमा मर्नु भयो भन्ने कुरामा विश्वास गर्न थाले ।
त्यस्तो भएको केही समयपछि, मलाई अनौठो भाषाको बोलीको अनुभव भयो । त्यसपछि मेरो आँखाबाट आँसु निरन्तर झर्न थाल्यो जब म येशूले क्रूसमा बहाउनुभएको रगतको बारेमा सोच्थें । म उहाँप्रति कृतज्ञ भए किनकि उहाँले मेरा लागि क्रूसमा रगत बहाउनुभयो ।
त्यो घटनापछि मैले पुरानो जीवनलाई त्यागिदिएँ र मैले नयाँ काम भेट्टाए जसले आइतबारको पवित्र दिन मनाउन छुट्टी दिन्थ्यो । त्यो बेलामा, मेरो हृदय येशूप्रति प्रेमले भरिपूर्ण थियो, र अनन्त अनुग्रहले भरिएँ जब म येशूले मलाई पापबाट बचाउन क्रूसमा आफ्नो रगत बहाउनुभएको बारेमा सोच्थे । मेरो अनुभव विकसित हुनथाल्यो, तर यो येशूको क्रूसको रगतको वचनमा मात्र आधारित थियो ।
तथापि, जब समय बित्दै गयो, मेरो धार्मिक जीवन कमजोरी र वास्तविक पापले गर्दा कष्टप्रद हुनथाल्यो । मेरा सबै वास्तविक पापहरु पूर्णरुपले पखालिएका थिएनन् किनकि मेरो आस्था येशूको क्रूसको रगतमा मात्र थियो । मैले मेरा वास्तविक पापहरु प्रायश्चित्तको प्रार्थनाद्वारा धुने प्रयास गरे । तथापि, परमेश्वरको क्षमा पाउने आशाले गरिएका मेरा प्रार्थनाहरुले मेरा वास्तविक पापहरु पूर्णरुपले पखाल्न सकेनन् । मैले परमेश्वरको व्यवस्था पालना गर्न नसकेकोले यस्तो भयो । मेरा वास्तविक पापहरु थुप्रदै गयो ।
यद्यपि, मेरो प्रायश्चित्तको प्रार्थनाद्वारा मेरा पापहरु पूर्णरुपले पखालिएनन् , तापनि यी प्रार्थनाहरुलाई निरन्तरता दिनुबाहेक मसित अर्को विकल्प थिएन । म विश्वास गर्थें कि जब–जब म पाप गर्थें, मेरो प्रायश्चित्तको प्रार्थनाद्वारा म आफ्नो पाप पखाल्न सक्छु भनेर सोच्थें र म येशूको क्रूसको रगतको बारेमा सोच्थें । जति म आफ्नो धार्मिक जीवनलाई निरन्तरता दिन्थें, मेरा कमजोरीहरुको कारणले गर्दा उति नै बढी मेरा वास्तविक पापहरु थुप्रदै गए । मेरो कष्ट यी पापहरुले गर्दा बढ्दै थियो ।
म ‘पाखण्डी ईसाई’ हुँदै थिए, मलाई डेकनको रुपमा पनि नियुक्त गरियो र त्यसपछि प्रचारक जबकि म पापको बोझमा थिएँ । जब–जब म मेरो वास्तविक पापको अनुभव गर्थें, म प्रचारको लागि बाहिर निस्कन्थें, यो सोच्दै कि यो नै मेरो आत्मा शुद्ध पार्ने एकमात्र तरिका हो । तर सिद्धान्त र आत्म–बलिदानमा आधारित यस प्रकारको आस्थाद्वारा मेरो वास्तविक पापहरु पखालिएनन् ।
मैले शैतानद्वारा अधिनस्त भएको पनि अनुभव गरें । मेरो वास्तविक पापले गर्दा म श्रापमा परे र मेरो अधर्मको लागि मर्ने उत्प्रेरणा पनि अनुभव गरे । “तिमीले पाप ग¥यौ, होइन त ?” शैतानले मलाई निरन्तर दोष लगाउँथ्यो र मेरो पापसँगै मलाई सताउँथ्यो ।
मेरो आस्था ध्वस्त हुनआँटेको थियो । मैले महसुस गरें कि येशूको रगत र प्रायश्चित्तको प्रार्थनामा आस्थाद्वारा मात्र मेरा वास्तविक पापहरु पखालिदैँनन् , र अन्ततः मैले आफंैलाई हताशाको स्थितिमा पाएँ ।
थियोलोजिकल सेमिनरीमा क्याल्भिनिजमको बारेमा अध्ययन गर्दा, म यूहन्नाबाट भएको येशूको बप्तिस्माको कारण जान्न इच्छुक भएँ । मैले धेरै प्राध्यापकहरुलाई सोधें कि किन येशूले यूहन्नाबाट यर्दनमा बप्तिस्मा लिनुभयो । तर उनीहरुको उत्तर परम्परागत थियो, जस्तै उहाँ आफ्नो अहंकारशून्यता देखाउन चाहनुहुन्थ्यो अथवा उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो । तथापि, यी उत्तरहरु मेरो जिज्ञासा मेटाउन पर्याप्त थिएनन् ।
 
 
येशूको यूहन्नाबाट भएको बप्तिस्माको सत्यले मलाई सुन्दर
सुसमाचार चिनायो
 
मैले सेमिनरीमा समय बिताएपछि पनि मेरा पापहरु पखालिएनन्, र त्यसको बोझले पहिलेको भन्दा–झन सताइए । अनि एक दिन मैले बुझें कि किन येशूले बप्तिस्मा लिनुभयो र किन यसो गर्नाले सारा धार्मिकता पूरा हुनेछ । यो सुन्दर सुसमाचार थियो जसले भन्थ्यो कि मेरा सबै पापहरु येशूको यर्दन नदीमा भएको बप्तिस्माद्वरा उहाँमा सारियो । परमेश्वरले उहाँको लिखित वचनद्वारा मलाई यो सत्यको अनुभूति गराउनुभयो ।
परमेश्वरको वचन पढेपछि र पुनः पढेपछि, जसमा सुन्दर सुसमाचार अभिलेख गरिएको थियो, मैले अन्ततः सत्यलाई जानें कि मेरा पापहरु यूहन्नाद्वारा भएको बप्तिस्माद्वारा उहाँमा सारियो र यसको लागि क्रूसमा उहाँले सजाय भोग्नुभयो ।
यही बेला नै मैले महसुस गरे कि पवित्र आत्माको बास साँच्चै ममा भएको छ । मेरो हृदयका सम्पूर्ण पापहरु क्षमा भए जब मैले यो सुन्दर सुसमाचारलाई बुझें र विश्वास गरे । ती पापहरु जसले मलाई निराशा र हताशामा पु¥याएका थिए यो सुन्दर सुसमाचारको शक्तिले पूर्णरुपले पखालिए । ती पापहरु जुन मेरा असंख्य आत्म–बलिदानहरु र प्रायश्चित्तका प्रार्थनाहरुले पनि कहिल्यै पखालिएका थिएनन् एकैपटकमा बिलाए । म परमेश्वरलाई इमान्दारीपूर्ण तरिकाले धन्यवाद दिन्छु ।
म सत्य बोल्छु जब म भन्छु कि संसारका सबै पापहरु येशूको क्रूसको रगतद्वारा मात्र पखालिन सकेन । येशूको यूहन्नाद्वारा भएको बप्तिस्माद्वारा पनि पापको क्षमा हुन्छ । अब सबै जनाले बुझ्नुपर्छ र विश्वास गर्नुपर्छ कि हाम्रा सबै पापहरु, पानी र आत्माको सुन्दर सुसमचारलाई धन्यवाद, पखालिए । ममा पवित्र आत्माको बास छ किनकि म पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्छु, र परमेश्वरको गवाहीको वचन, जसद्वारा उहाँले आफ्नो पुत्रको गवाही दिनुभयो, मेरो हृदयको शङ्का मेटाउन पर्याप्त थियो । मेरो सुन्दर सुुसमाचारमा आस्थाको कारणले मैले पवित्र आत्मा ढुकुर आएर बसेझैं गरी प्राप्त गरे ।
त्यस दिनदेखि, पवित्र आत्माले मेरो हृदयमा काम गर्नुभयो, र मलाई मेरो आध्यात्मिक काम गर्न समर्थ बनाउनुभयो, अर्को शब्दमा, सुन्दर सुसमाचार प्रचार गर्न लगाउनुभयो । अब मेरो हृदयमा कुनै पाप छैन । येशूको यूहन्नाबाट भएको बप्तिस्मा र उहाँको क्रूसको रगतले मेरो पापको क्षमाको गवाही दिन्छन् र मलाई पवित्र आत्माको बास प्राप्त गर्न मार्ग देखाए । हल्लेलूयाह ! म परमेश्वरको प्रशंसा गर्छु । पवित्र आत्मा ढुकुरझैं शान्तसँग मेरोमा आउनुभयो र ममा बास गर्नथाल्नुभयो जबदेखि मैले पानी र आत्माको सुुसमाचारमा विश्वास गर्नथाले । उहाँ मेरो हृदयमा काम गर्न थाल्नुभयो, कहिले ढुकुरझैं शान्तसँग, अरु बेला अग्निकुण्ड जस्तै ।
अब तपाईं पनि पवित्र आत्माको बास प्राप्त गर्न सक्नुहुन्छ यदि तपाईं पानी र आत्माको सुसमाचारलाई स्वीकारनुहुन्छ र विश्वास गर्नुहुन्छ भने । के तपाईं मसँगै पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा पवित्र आत्मा प्राप्त गर्न र परमेश्वरको प्रशंसा चाहनुहुन्न र ? के तपाईं मसँगै पानी र आत्माको सुन्दर सुसमाचार सारा संसारमा प्रचार गर्न चाहनुहुन्न र ? पानी र आत्माको सुन्दर सुसमाचारले तपाईंलाई शुद्ध पार्नेछ र तपाईंलाई पवित्र आत्माको बास प्रदान गर्नेछ । परमेश्वरको धार्मिकता सुसमाचारमा आस्थाद्वारा प्रकट हुन्छ । यही कारणले पवित्र आत्माको बास पानी र आत्माको सुन्दर सुसमाचारमा आस्थाद्वारा मात्र प्राप्त हुन्छ ।
 
 
पवित्र आत्माले मेरा लागि गर्नुृभएका आश्चर्यजनक कार्यहरु
 
जब मैले पवित्र आत्माको बास प्राप्त गरें, मैले यो सुन्दर सुसमाचार प्रचार गर्नको लागि एउटा नयाँ चर्चमा काम गर्न थालें । पवित्र आत्माले मलाई यो सुन्दर सुसमाचार प्रचार गर्न शक्ति दिनुभयो ।
यही बेला निम्न घटना घट्यो । म बसेको शहरमा, एउटा टेलर थियो जो विदेशी खरीदकर्ताहरुसँग व्यापार गथ्र्यो । यो व्यक्ति डेकन थियो । एकताका ऊ कसैसँग व्यापार गर्न स्थानीय होटलमा रोकियो र उसले त्यहाँ पोस्टर देख्यो । ऊ निमन्त्रणबाट आकर्षित भयो, हामीलाई सम्पर्क गर्ने प्रयास ग¥यो । उसले मसँग भेट्यो र भन्यो कि ऊ पापमा लामो समयदेखि बाँचिरहेको थियो । पानी र आत्माको सुसमाचारमा पाँच घण्टाको परामर्शपछि, उसले अन्ततः पापको क्षमाको सत्यलाई बुझ्यो । त्यही बेला ऊ नयाँ गरी जन्मियो, र पवित्र आत्माको बास पनि प्राप्त ग¥यो ।
यहाँ अर्को कथा पनि छ जब म चर्चको लागि भवन हेर्न निक्लिएँ । मैले एकदमै राम्रो र फराकिलो भवन भेट्टाएँ । तर त्यो बेलामा मसँग भवन चर्चको रुपमा भाडामा लिन पर्याप्त पैसा थिएन । मेरो अनुमानभन्दा बढी मोल परेकोले भवनलाई भाडामा लिन असम्भव नै थियो । तथापि, मभित्रको पवित्र आत्माले भन्नुभयो, “हिम्मत राख र आत्मविश्वासी बन ।” आश्चर्यजनक रुपले मैले त्यो चर्च प्राप्त गर्न सकें र पवित्र आत्माको सहयोगलाई धन्यवाद, मैले उहाँको काम गर्न सकें । त्यस बेलादेखि पवित्र आत्माले मलाई पानी र आत्माको सुन्दर सुसमाचार प्रचार गर्न लगाउनुभयो । मेरो हृदयमा बास गर्नुहुने पवित्र आत्मा यो क्षणमा पनि मसँगै हुनुहुन्छ, अरु सबै मानिसहरुलाई सुसमाचारको प्रचार गर्न प्रेरण दिदैं । र म देख्दछु जो यस सुन्दर सुसमाचारलाई सुन्छन् र विश्वास गर्छन् उनीहरु पवित्र आत्माको बास प्राप्त गर्दछन् ।
म पवित्र आत्मालाई धन्यवाद दिन्छु जसले मलाई यो सुन्दर सुसमाचार प्रचार गर्ने क्षमता दिनुभयो । मलाई थाह छ मेरो पूरा जिन्दगी पनि पवित्र आत्माले मलाई गर्नुभएको कामको बारेमा लेख्न अपर्याप्त छ । पवित्र आत्माले मलाई मेरो हृदयबाट स्वच्छन्द बग्ने जीवनको पानीसँगै बस्न दिनुहुन्छ । म उहाँलाई धन्यवाद दिन्छु जो ममा बास गर्नुहुन्छ ।
 
 
पवित्र आत्माले पानी र आत्माको सुसमाचारद्वारा उहाँसँगै हिड्ने
चर्चको स्थापना गर्नुभयो
 
एकताक म उजाड स्थानमा सुन्दर सुसमाचार प्रचार गर्न गएँ । त्यो बेला, परमेश्वरले मलाई एउटा सानो शहरमा डो¥याउनुभयो र मैले मानिसहरुको एउटा सानो समूहलाई भेटें जो परमेश्वरलाई खोज्दै थिए । परमेश्वरले मलाई उनीहरुलाई सुन्दर सुसमाचार प्रचार गराउनुभयो, जसले गर्दा उनीहरुले पवित्र आत्माको बास प्राप्त गरे । उनीहरुले यो सुन्दर सुसमाचारमा विश्वास गरेर पवित्र आत्मा प्राप्त गरे । पवित्र आत्माले उनीहरुलाई मेरो सहपाठी बन्न डो¥याउनुभयो, र त्यस समयदेखि मैले यो सुन्दर सुसमाचारलाई उनीहरुसँग मिली संसारभर प्रचार गर्न सकें ।
त्यो बेलामा उनीहरु मात्र मानिसहरुको एउटा सानो समूह थिए, उनीहरु कुनै पनि धार्मिक सम्प्रदायहरुमा संलग्न थिएनन् । उनीहरु परमेश्वरको वचनअनुसार जिउँन चाहन्थे, तर पापको बन्धक भएकाले उनीहरु पापको क्षमाको लागि परमेश्वरलाई जोडले बोलाउने गर्थे । पवित्र आत्माले मलाई यी मानिसहरुको समूहमा डो¥याउनुभयो र यो सुन्दर सुसमाचार प्रचार गर्न प्रेरणा दिनुभयो । म देख्न सक्थें कि पवित्र आत्माले नै उनीहरु र मलाई भेट हुनको लागि तयार गर्नुभयो । परमेश्वरले मलाई पानी र आत्माको सुन्दर सुसमाचार प्रचार गर्न प्रेरणा दिनुभयो । लेवीहरुको पुस्तकमा लेखिएको बलिप्रथाबाट शुरु गर्न लगाउनुभयो र सुन्दर सुसमाचारको वचनद्वारा उनीहरुले पवित्र आत्मा प्राप्त गरे ।
परमेश्वरले पवित्र आत्माको चर्च सुन्दर सुसमाचारमा विश्वासीहरुद्वारा स्थापना गर्नुभयो । पवित्र आत्माले उनीहरुलाई सुन्दर सुसमाचारद्वारा येशूका चेलाको रुपमा नियुक्त गर्नुभयो । अहिले धेरै भन्दा धेरै परमेश्वरका भेडाहरु पवित्र आत्मा प्राप्त गर्न शुरु गर्दैछन् र चर्चमा प्रवेश गर्दैछन् ।
पवित्र आत्माले मलाई मिशन स्कुल सञ्चालन गर्न चेलाहरु बनाउन डो¥याउनुभयो । उहाँले मलाई परमेश्वरको वचन मानिसहरुलाई सिकाउन सहयोग गर्नुभयो र उनीहरुलाई आस्थापूर्वक मान्न र परमेश्वरको सेवक हुनलाई मद्दत गर्नुभयो । उहाँले उनीहरु जहाँ गए पनि त्यहाँ सुन्दर सुमाचारको काम हुनदिनुभयो, र उनीहरुमार्फत आफ्नो चर्चको स्थापना गर्नुभयो । पवित्र आत्माले पानी र आत्माको सुन्दर सुसमाचार प्रचार गर्न आफ्ना सेवकहरुलाई डो¥याइरहनुभएको छ । पवित्र आत्माले धर्मीहरुलाई, जसले पापको क्षमा पाएका छन्, चर्चसँग एक हुन र यस संसारमा धार्मिक जीवन जिउँन उनीहरुलाई आशिष् दिनुभयो र डो¥याउनुभयो ।
शैतानले मानिसहरुलाई कालातीत समयदेखि झुक्याउँदै आएको छ र उसले निरन्तर यसो गरिरहने छ । शैतानले मानिसहरुलाई भन्छ कि उनीहरुले प्रायश्चित्तको प्रार्थना, उपवास अथवा हात राखेर पवित्र आत्मा प्राप्त गर्न सक्छन् । यो कुनै हालतमा पनि सत्य होइन । मानिसहरुले प्रायश्चित्तको प्रार्थना अथवा हात राखेर पवित्र आत्मा प्राप्त गर्न सक्दैनन् । उनीहरुले पवित्र आत्मा तब मात्र प्राप्त गर्न सक्छन् जब उनीहरु परमेश्वरद्वारा प्रदान गरिएको पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दछन् र आफ्नो सम्पूर्ण पापको क्षमा पाउँदछन् । यो नै पवित्र आत्माको बासको साँचो अर्थ हो । पवित्र आत्माले निरन्तर येशूका चेलाहरुलाई अरू मानिसहरुले पनि पवित्र आत्मा प्राप्त गरून भनेर यो सुन्दर सुसमाचार प्रचार गर्न डो¥याइरहनुभएको छ ।
 
 
पवित्र आत्माले हामीलाई साहित्यमार्फत विश्वभरि प्रचार
गर्न डो¥याउनुभएको छ
 
जसरी पावलले सुन्दर सुसमाचार आफ्ना पत्रहरुमा छोड्नुभयो, त्यसरी नै ममा बास गर्नुहुने पवित्र आत्माले लेखमार्फत यो सुन्दर सुसमाचार प्रचार गर्न र फैलाउन मेरो लागि क्याटलिस्टको रूपमा काम गर्नुभएको छ । यही नै कारण हो कि हामी पानी र आत्माको सुन्दर सुसमाचार भएको ईसाई पुस्तकहरु प्रकाशित गर्दछौं, जसले विश्वासीहरुलाई पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछ । शुरुमा हामीले केही पृष्ठहरु भएको सानो पुस्तिकाको रूपमा शुरु ग¥यौं, तर छिटै सुन्दर सुसमाचार भएको हाम्रा पुस्तकहरु संसारभर फैलिन थाले ।
ममा बास गर्नुहुने पवित्र आत्माले धेरै भन्दा धेरै मानिसहरुलाई चर्चमा प्रवेश गर्न डो¥याउनुभयो जब उनीहरुले हाम्रा पुस्तकहरु पढे र सुन्दर सुसमाचारमा विश्वासद्वारा उनीहरुले आफ्नो पापको क्षमा पाए । यसबाहेक, उहाँले हामीलाई विभिन्न विदेशी भाषाहरुमा सुन्दर सुसमाचार प्रचार गर्न डो¥याउनुभयो । उहाँले हामीलाई संसारभरि लगभग १५० राष्ट्रहरुमा, संयुक्त राष्ट्रमा समेत गरी, सुन्दर सुसमाचार प्रचार गर्न डो¥याउनुभयो ।
पवित्र आत्माले चर्चलाई विश्वव्यापी मिशनको लागि प्रार्थना गर्न प्रेरणा दिनुभयो र हामीलाई सुन्दर सुसमाचार विभिन्न भाषाहरुमा अनुवाद गर्न साहित्यमार्फत विभिन्न देशहरुमा प्रचार गर्न डो¥याउनुभयो ताकि उनीहरुले पनि सुनून् र यसमा विश्वास गरून् । पवित्र आत्माले मलाई अरु देशहरुका नयाँ चेलाहरुसँगै काम गर्न र उनीहरुसँगै त्यहाँ सुन्दर सुसमाचार प्रचार गर्न अगुवाइ गर्नुभयो । म पवित्र आत्मालाई धन्यवाद दिन्छु ।
पवित्र आत्माले मलाई रुसमा सुसमाचार प्रचार गर्न उत्साहले भरिदिनुभयो । पवित्र आत्माले हामीलाई प्रार्थना गर्न डो¥याउनुभयो र सत्यका खोजी रुसी प्रचारकहरुसँग भेट गराउनुभयो र उनीहरुलाई सुन्दर सुसमाचार सुनाउको लागि डो¥याउनुभयो । त्यो नै उनीहरुले सुन्दर सुसमाचार सुनेको पहिलो घटना थियो । अनि उनीहरुले पानी र आत्माको सुन्दर सुसमाचार सुनेर र विश्वास गरेर, हामीजस्तै पवित्र आत्मा प्राप्त गरे ।
उनीहरुमध्ये एक, मस्कोको राष्ट्रिय विश्वविद्यालयका प्राध्यापकले, मलाई पानी र आत्माको सुन्दर सुसमाचार सुनिसकेपछि यो स्वीकारोक्ति पठाउनुभयो :
“मैले परमेश्वरमा ६ वर्षदेखि विश्वास गरेको थिएँ, मैले उहाँलाई साँचो अर्थमा नबुझिकनै विश्वास गरें । तथापि, पानी र आत्माको सुन्दर सुसमाचार सुनिसकेपछि, ममा बलियो आस्था जागेर आयो, मैले मेरो हृदयमा शान्ति र सुविधा अनुभव गरें । म साँच्चै परमेश्वरलाई धन्यवाद दिन्छु । त्यस बेलासम्म मैले सोचेको थिएँ कि मैले ठीक आस्थाद्वारा धार्मिक जीवन बिताएको छु । मेरो धार्मिक जीवन भनेको येशूको रगतमा मात्र विश्वास गर्नु थियो, जसले हाम्रो पापको लागि मर्नुभयो । तथापि, मलाई यो थाहै थिएन कि परमेश्वरले मेरो सबै पाप पखाल्नुभएको छ ।
त्यसपछि मैले नयाँ गरी जन्मिएका पास्टरहरुलाई भेटें र परमेश्वरले हामीलाई प्रदान गर्नुभएको सुन्दर सुसमाचारको बारेमा सुने, र जानें कि म अझै पापी छु । मैले सुन्दर सुसमाचारको बारेमा धेरै जान्न खोजे र धार्मिक हुनु भनेको के हो भन्ने बारेमा पनि अधिक जान्न चाहें । मैले महसुस गरें कि मेरा सबै पापहरु येशूमा सारिए जब उहाँले बप्तिस्मा लिनुभयो । यो सुन्दर सुसमाचार थियो । मैले महसुस गरें कि मेरो वंशानुगत पाप मात्र होइन, तर मेरा दैनिक पापहरु पनि र मेरा भविष्यका पापहरु पनि येशूको बप्तिस्माद्वारा उहाँमा सारियो । यो सत्यको सुसमाचार सुनेर र विश्वास गरेर मैले नयाँ गरी जन्मनुको ठूलो सुख प्राप्त गरे ।”
धेरै रुसीहरुले, यी प्राध्यापक समेतले, पानी र आत्माको सुन्दर सुमाचार सुनेर र विश्वास गरेर पवित्र आत्मा प्राप्त गरे । अहिले पवित्र आत्माको चर्च त्यहाँ स्थापित भएको छ, र धेरै भन्दा धेरै मानिसहरु पवित्र आत्माको कामद्वारा सुन्दर सुसमाचारमा विश्वास गर्न आएका छन् । परमेश्वरले यी सबै कामहरु गर्नुभयो, र त्यसकारण म पवित्र आत्मालाई विशेष धन्यवाद दिन्छु ।
ममा बास गर्नुहुने पवित्र आत्माले मलाई नयाँ गरी जन्मेको ईसाई बनाउनुभयो, उनीहरु जस्तै जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्छन्, र अब म सुन्दर सुसमाचार विश्वलाई प्रचार गर्दछु । उहाँले हाम्रा सुन्दर सुसमाचारका पुस्तकहरु निरन्तर अनुवाद हुन दिनुभएको छ, अँग्रेजीमा मात्र नभई संसारका अरु भाषाहरुमा पनि । उहाँले हामीलाई यो सुन्दर सुसमाचार विश्वयापी रुपमा प्रचार गर्न लगाउनुभएको छ । म पवित्र आत्मालाई धन्यवाद दिन्छु । तपाईं पनि पवित्र आत्माको बास प्राप्त गर्न सक्नुहुन्छ । परमेश्वर तपाईंले पवित्र आत्माको बास पाउनुहोस् भनी चाहनुहुन्छ ।
धेरै मानिसहरु उहाँको नाउँ पुकारेर र हताश प्रार्थनाको अपर्णद्वारा पवित्र आत्मा प्राप्त गर्ने प्रयत्न गर्छन् । तथापि, येशूले हामीलाई प्रदान गर्नुभएको पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास नगरिकन पवित्र आत्मा प्राप्त गर्न खोज्नु, गलत धारणा हो । येशूको पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास नगरिकन पवित्र आत्मा प्राप्त गर्न सकिन्छ भन्नु झूटा शिक्षा हो ।
के येशूका चेलाहरुले येशूले उनीहरुलाई दिनुभएको सुन्दर सुसमाचारमा विश्वास नगरिकन पवित्र आत्मा प्राप्त गरे ? अहँ, बिल्कुलै गरेनन् । तपाईंले जान्नुपर्छ कि हिजोआज पवित्र आत्मा उनीहरुको हृदयमा मात्र बास गर्नुहुन्छ जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्छन्, र पवित्र आत्माको जीवनको पानी उनीहरुको हृदयबाट बगिनिस्कन्छ । यो क्षणमा पनि, मेरो हृदयबाट पवित्र आत्माको जीवनको पानी र सुन्दर सुसमाचार सँगै बगिनिस्कन्छन् । हल्लेलूयाह, म परमेश्वरलाई धन्यवाद दिन्छु ।