( एफिसी २:१४–२२ )
“किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ । उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ । र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरु र धार्मिक–विधानहरुसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस् । अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो । उहाँले आएर तिमी टाढा भएकाहरुलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं । यसरी तिमीहरु अब विदेशी र प्रवासी होइनौ, तर सन्तहरुसँग तिमीहरु सङ्गी–नागरिक र परमेश्वरको परिवारका सदस्यहरु भएका छौ । त्यो घराना प्रेरितहरु र अगमवक्ताहरुको जगमाथि बसालेर निमार्ण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने–ढुङ्गो हुनुहुन्छ । उहाँमा पूरै घर एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरु पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौं ।”
केले मानिसलाई
परमेश्वरदेखि टाढा राखेको छ ?
उसका पापहरूले ।
गरिबीको कारणले गोद लिइएका बच्चाहरू
कोरियाली युद्ध समाप्त भएको आधा शताब्दी बितिसकेको छ । तर यसले कोरियाली जनताहरूमा ठूलो घाउ छोड्यो । कोरियाली युद्धपछिको परिणाममा, धेरै मात्रामा साना केटाकेटीहरु विदेशमा अपनाइए । यद्यपि संयुक्त राष्ट्रसंघको फौजहरु आएर त्यो बेलामा हामीलाई अति नै सहयोग गरेपनि, ती सैनिकहरुले छाडेपछि धेरै बच्चाहरु पितारिहत भए ।
युएनका धेरैजसो सैनिकहरु जसका यहाँ श्रीमति र बालबच्चा भए, जब घर फर्किए उनीहरुले आफ्ना परिवारलाई यहीँ छाडेर गए । फेरि यी मध्ये धेरै जसो बच्चाहरुलाई उनीहरुका आमाहरुले अनाथालयमा त्यागिदिए र उनीहरु गोद लिनको लागि विदेशी राष्ट्रहरुमा पठाइए । वास्तवमा यो सौभाग्य नै थियो कि यी केटाकेटीहरुले पालनपोषण गर्ने अभिवावक पाए र राम्रोसँग पालनपोषण गरिए ।
जब यी बच्चाहरु हुर्किए उनीहरुले महसुस गरे कि उनीहरु आफ्ना अभिवावक र छिमेकीहरुभन्दा भिन्न देखिन्थे, र उनीहरुले थाह पाए उनीहरु त कोरिया भन्ने टाढाको देशबाट अपनाइएका रहेछन् । ‘किन मलाई मेरा अभिवावकले त्यागे ? के उनीहरुले मलाई घृणा गरेकोले यो देशमा पठाएका हुन् ?’ आफ्नो कलिलो मस्तिष्कले, यी बच्चाहरुले के भएको थियो भनेर बुझ्न सकेनन् ।
आफ्ना वास्तविक अभिवावकप्रति जिज्ञासा र घृणा एकपछि अर्को गर्दै बढ्दै गयो । उनीहरुलाई भेट्ने चाहना पनि बढ्दै गयो । ‘मेरा अभिवावकहरु कस्ता देखिन्छन् होला ? के उनीहरुले मलाई घृणा गरेको हुनाले यस्तो गरे ? अहँ, त्यहाँ यस्तो गर्ने पक्कै कुनै कारण हुनुपर्छ ।’ उनीहरुले सम्भवतः धेरै गलत धारणाहरु राखे र एकदमै घृणा पनि अनुभव गरे । र अरू बेला उनीहरुले सायद यसबारेमा अब नसोच्ने भन्ने पनि निर्णय गरे होलान् । उनीहरुले यसबारेमा थाह पाउनुभन्दा अघि, समय बितिसकेको थियो र ती बच्चाहरु ठूला भए । उनीहरुले विवाह गरे, उनीहरुका आफ्नै बच्चा र परिवार भए ।
म यी बच्चाहरुमा स्थानीय टिभी नेटवर्कको एउटा कार्यक्रममार्फत इच्छुक भए । यो कार्यक्रममा, एकजना टिभी पत्रकारले हाल जर्मनीमा बस्ने एकजना अपनाइएकी महिलाको अन्तरवार्ता लिए । त्यसबेला यी महिला आफ्नो बीसौं वर्षमा थिइन् र धर्मशास्त्र पढ्दै थिइन् । शुरुमा त, ती महिलाले पत्रकारहरुबाट बच्न धेरै प्रयास गरिन् किनकि उनी आफू अपनाइएको भन्ने कुरा कसैलाई थाह दिन चाहन्नथिइन् । त्यो पत्रकारले उनीलाई बुझायो कि अन्तरवार्ताले विदेशी राष्ट्रहरुमा बच्चाहरु गोद लिन पठाउने प्रवृति रोक्नलाई मद्दत गर्नेछ र उनले मानिन् ।
पत्रकारको प्रश्नहरुमध्ये एउटा यस्तो थियो, “तपाईं के भन्नुहुन्छ यदि तपाईंले आफ्नो वास्तविक अभिवावकलाई भेट्नुभयो भने ? तपाईं के प्रति एकदम जिज्ञासु हुनुहुन्छ ?” ती महिलाले उत्तर दिइन्, “ मैले यो बुझ्न सकिन कि किन उहाँहरुले मलाई अरूले अपनाओस् भनेर त्याग्नु भयो । म उहाँहरुलाई सोध्न चाहन्छु कि उहाँहरु मलाई घृणा गर्नुहुन्छ कि गर्नुहुन्न ।” उनलाई जन्माएकी आमाले टिभीमा अन्तरवार्ता दिने महिलालाई देखिन्, प्रसारण केन्दलाई सम्पर्क गरिन्, र भनिन् कि उनी आफ्नो छोरी भेट्न चाहन्छिन् । यसरी उनीहरु दुई जनाको भेट भयो ।
उनकी आमा अगाडि नै एयरपोर्ट गइन् र आफ्नो छोरीको आगमनको प्रतिक्षा गरिन् । जब तिनी ढोकाबाट निस्किन् , उनकी आमा त्यहाँ उभिएर रुन मात्र सकिन् ।
यी दुई मानिसहरुको कहिले पनि आमने–सामने भेट भएको थिएन । उनकी आमाले आफ्नी हुर्किएकी छोरीलाई पहिलो चोटि देखेको भनेको टिभीमा अन्तरवार्ता हुँदा नै हो । यद्यपि उनीहरु फरक–फरक भाषा बोल्थे, उनीहरु हृदयमार्फत बोल्न सक्थे, र भावनात्क हेराइबाट उनीहरुले अनुभव साटासाट गरे । उनीहरुले एक–अर्काको मुहार छोए र आमाले आफूले गरेका कामको लागि क्षमाको भिख मागिन् । उनले रुन र पटक–पटक माफी माग्न मात्र सकिन् ।
ती आमाले आफ्नी छोरीलाई घर ल्याइन् र उनीहरुले सँगै खाए । उनकी छोरी जर्मन मात्र बोल्थिन् र आमाचाहिँ कोरियन, त्यसैले उनीहरुले बोलीबाट राम्ररी अनुभव प्रकट गर्न सकेनन् । तर उनीहरु आमा र छोरी भएको तथ्यले गर्दा कुनैनकुनै रुपमा आफूहरुलाई बुझाउन सके । उनीहरुले शब्दबिहीन धेरै वार्तालाप गरे र इसारामार्फत आफूहरुलाई अभिव्यक्त गरे, एक–अर्काको मुहार छोएर र उनीहरुको आँखा र हृदयबाट कुराकानी गरेर ।
उनी जर्मनी पुग्ने बेलामा, ती छोरीले थाह पाइन् कि उनलाई जन्म दिने आमाले कति माया गर्नुहुन्छ भनेर । तिनै पत्रकारहरु जसले अघिको अन्तरवार्ता लिएका थिए उनको प्रस्थान हुनुभन्दा अगाडि फेरि कुराकानी गरे । “त्यहाँ मलाई किन अपनाउनको लागि त्याग्नु भयो भनेर सोध्ने कुनै कारण थिएन । मेरी आमा अहिले पनि गरीब हुनुहुन्छ । यस देशमा सम्पन्न मानिसहरु यति धनी छन् कि उनीहरु विदेशी कार हाँक्छन्, तर मेरी आमा अझै गरीबीमा बाँच्नुहुन्छ ।” उनले अझै अगाडि भनिन्, “यद्यपि, मैले मेरी आमालाई त्यो प्रश्न सोधिन र मैले उहाँबाट उत्तर पाइन, म देख्न सक्थे कि उहाँले मलाई गरीबीबाट बचाउँन टाढा पठाउनुभयो । त्यसकारण म उहाँलाई यो प्रश्न सोध्न आवश्यक ठान्दिन, र किन अब त सबै शङ्काहरु र घृणाहरु हराए ।”
मानिसहरु आफ्नो हृदयमा भएको पापको कारणले परमेश्वरबाट
टाढा हुन्छन्
हामी किन परमेश्वरदेखि टाढा हुन्छौं, र हामी किन उहाँको समीप हुन सक्दैनौ ? ती महिला जसलाई अरूले अपनाओस् भनेर त्यागिएकी थिई यो बुझी कि उसकी आमाले उसलाई गरिबीबाट बचाउँन टाढा पठाउनुभएको थियो । परमेश्वरको लागि पनि यस्तै साँचो हो ? परमेश्वरले हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो । फेरि केले हामीलाई उहाँबाट टाढा राख्यो ? यसको उत्तर हो शैतानले मानिसलाई लोभ्यायो र पाप गर्न लगायो, र पापले नै मानिसलाई परमेश्वरबाट अलग ग¥यो ।
प्रारम्भमा, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो र आफ्नो सृष्टिलाई औधी प्रेम गर्नुभयो । मानिसहरु परमेश्वरको प्रेमको लागि बनाइयो र अरु सृष्टिभन्दा महान थिए । तथापि, तल खसालिएको एउटा स्वर्गदूत जसको नाम शैतान थियो उसैले मानिसलाई परमेश्वरबाट टाढा राख्ने काम ग¥यो । शैतानले मानिसलाई परमेश्वरको वचनमा विश्वास नगर्न लोभ्यायो, र उसलाई असल र खराबको ज्ञान हुने रूखको फल खान लगायो ।
र यसरी मानिस परमेश्वरबाट अलग भयो । मानिस परमेश्वरप्रति अनाज्ञाकारी भयो । मानिसले जीवनको रूखको फल खाएन, जसले अनन्त जीवन प्रदान गर्छ र जुन परमेश्वरले अनुमति दिनुभएको थियो, तर यसको सट्टामा वर्जित फल खायो जसले उसलाई असल र खराबको ज्ञान दियो । यसको परिणाम मानिस परमेश्वरबाट अलग हुनुप¥यो ।
प्रारम्भमा परमेश्वरको प्रेमको वस्तु मानिस थियो, उसले अवज्ञा ग¥यो र आफ्नो अहँकारले गर्दा परमेश्वरबाट अलग भयो । मानिसको हृदयमा बस्न आएको पापले गर्दा, अन्ततः मानिस परमेश्वरबाट अलग भयो । त्यसपछि, मानिसहरु लामो समयसम्म परमेश्वरबाट अलग भएर रहे र गुनासो गरे, “परमेश्वरले हामीलाई आफ्नै स्वरूपमा बनाएर किन त्याग्नुभयो ? उहाँले किन हामीलाई पाप गर्न दिनुभयो ? उहाँले किन हामीलाई पहिले कमजोर बनाएर नर्कमा पठाउनुहुन्छ ? यदि उहाँले हामीलाई शुरुमै नबानाउनुभएको भए राम्रो हुने थियो ।” हामी नयाँ गरी नजन्मिएसम्म धेरै प्रश्नहरु लिएर बाँच्यौ, र सँगसँगै जिज्ञासा, शङ्का र घृणसित ।
जब मैले गोद लिइएको महिलालाई टिभी कार्यक्रममा देखे, मैले महसुस गरे कि मानिस र परमेश्वरको सम्बन्ध पनि उनको वास्तविक आमासँग भएको सम्बन्ध जस्तै हो । कुनै शङ्का, गलत धारणा, श्राप अथवा कुनै पनि किसिमको पापले मानिसलाई परमेश्वरसँग कुनै पनि परिस्थितिमा अलग गर्न सक्दैन । मैले यो पनि बुझ्न सकें कि यद्यपि मानिस र परमेश्वरको सम्बन्ध प्रेममा आधारित हुन्छ, तर पनि गलत धारणा हुने सम्भावना हुन्छ ।
जसरी ती आमाले घृणाको कारणले आफ्नी छोरीलाई टाढा पठाएकी थिइनन्, त्यसरी नै परमेश्वरले आफूलाई मानिसबाट घृणाको कारणले अलग गर्नुभएको होइन तर पापको कारणले गर्दा हो । परमेश्वरले मानिसलाई घृणा गर्ने कुनै कारण छैन र मानिसले पनि परमेश्वरलाई घृणा गर्नुपर्ने कुनै कारण छैन । हामी एक–अर्कालाई प्रेम गर्छौं । मानिस परमेश्वरसँग टाढा हुने कारण के हो भने ऊ शैतानको जालमा परेर पापी भएको छ ।
परमेश्वरले हामीलाई येशूमार्फत ग्रहण गर्नुभएको छ
“तर तिमीहरु, जो त्यस बेला ख्रीष्ट येशूमा टाढा थियौ, अब ख्रीष्टको रगतले नजीक भएका छौ । किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ । उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ । र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरु र धार्मिक–विधानहरुसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्” (एफिसी २:१३–१५) । व्यवस्थाको आज्ञाहरुलाई रद्द गर्न परमेश्वरले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र संसारको सबै पाप लिनुभयो । अनि उहाँले मानिसलाई उसको पापबाट बचाउन र उसलाई परमेश्वरमा सम्मिलित गर्न क्रूसमा आफ्नो रगत बहाउनुभयो । उनीहरुलाई, जो उहाँबाट पवित्र पारिएका छन्, परमेश्वरले अब अपनाउनुभएको छ ।
के तपाईंले पानी बिनाको संसार कहिले कल्पना गर्नुभएको छ ? केही समय पहिले, इन्चोन शहरमा, कोरियाको ठूला बन्दरगाहहरुमध्ये एक, म एउटा बाइबल सभामा उपस्थित भए जहाँ धाराको पानीले त्यो बेला केही दिनसम्म काम गरेन र मैले सोचे, ‘मानिसहरु पानी बिना बाँच्न सक्तैनन् ।’
यदि परमेश्वरले यो संसारलाई एक महिनाको लागि पानीरहित बनाउनुहुने हो भने, दुर्गन्ध, फोहोर र सर्वव्यापक तिर्खाले गर्दा शहरहरुमा बसिनसक्नु हुुने थियो । । हामीले पानीको महत्वलाई बुझ्नुपर्छ, जुन परमेश्वरले हामीलाई प्रदान गर्नुभएको छ । जसरी पानी मानिसहरुको लागि अत्यावश्यक छ, त्यसरी नै यूहन्नाबाट यर्दन नदीमा प्राप्त गर्नुभएको बप्तिस्मा पनि उत्तिकै आवश्यक छ ।
यदि परमेश्वर यूहन्नाबाट बप्तिस्मा लिन यो संसारमा नआउनुभएको भए, कसरी येशूमा विश्वास गर्नेहरुले पापको क्षमा पाउँथे ? जसरी मानिसहरु पानीबिना बाँच्न सक्तैनन्, त्यसरी नै उनीहरु आफ्नो पापले गर्दा मर्ने थिए यदि येशूले यूहन्नाबाट बप्तिस्मा नलिनुभएको भए ।
तथापि, येशूले हाम्रा सबै पापहरु आफ्नो बप्तिस्माद्वारा लिनुभएको हुनाले, अब हामी यो ज्ञानमा ढुक्क हुन सक्छौं कि हाम्रो हृदय पवित्र भएको छ र हामीले मुक्तिको आशिष् पाएका छौं । यसबाहेक, उहाँको बप्तिस्मा हामीलाई पवित्र आत्माको बास प्राप्त गर्नको लागि अत्यावश्यक छ ।
पत्रुसले, जो येशूका चेलाहरुमध्ये एक थिए, भने, यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरुलाई बचाउँछ । यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरुलाई बचाउँदछ” (१ पत्रुस ३:२१) । पत्रुसको कथनले भन्छ हामीलाई हाम्रो पापबाट बचाउँन येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा आफ्नो रगत बहाउनुभयो । येशूको बप्तिस्मा नै सत्य सुसमाचार हो, जसले संसारको सबै पापहरु पखाल्यो ।
अब हामी प्रस्थान ३०:१७–२१ मा काँसाको बाटाको बारेमा लेखिएको पद हेरौं । “तब परमप्रभुले मोशालाई भन्नुभयो, ‘धुनलाई काँसाको बाटा बना । त्यसको खुट्टा पनि काँसाको होस् । त्यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्यसमा पानी हाल्नू । त्यस पानीले हारून र त्यसका छोराहरूले आफ्ना–आफ्ना हातगोडा धोऊन् । जब तिनीहरू भेट हुने पालमा पस्छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलि जलाउनलाई आउँछन्, तब तिनीहरुले यही पानीले हातगोडा धोऊन् र तिनीहरु नमरून् । यो हारून र त्यसका सन्तानका निम्ति तिनीहरूका पुस्ताभरि अनन्तको विधि होस् ।”
पवित्र वासस्थानमा त्यहाँ एउटा काँसाको बाटा हुन्थ्यो, जुन भेट हुने पाल र वेदीको बीचमा हुन्थ्यो, र त्यसमा धुनको लागि पानी हुन्थ्यो । यदि पवित्र वासस्थानमा यो बाटा नभएको भए, बलि चढाउने पूजाहारीहरू कति मैला हुन्थे होलान् ।क्ष्
पूजाहारीहरूलाई रगत र धुलोको कति दाग लाग्थ्यो होला जो दिनदिनै मानिसहरुको लागि बलि चढाउँथे र होमबलिमा हात राख्थे र अनि त्यसलाई मार्थे ? यदि त्यहाँ पवित्र वासस्थानमा बाटा नभएको भए, पूजाहारी धरै नै मैला हुन्थ्यो ।
यही कारणले परमेश्वरले उनीहरुको लागि त्यो बाटा तयार गर्न लगाउनुभयो ताकि उनीहरु सफा हात लिएर परमेश्वरको समीप आउन सकून् । पापीहरुले आफ्नो पाप पापबलिको टाउकोमा हात राखेर त्यसमा सार्थे, र अनि पूजाहारीहरुले उनीहरुको लागि परमेश्वरको अगाडि त्यो बलि चढाउँथे । परमेश्वरले काँसाको बाटा तयार गर्न लगाउनुभयो ताकि पूजाहारीहरु पवित्र स्थानमा प्रवेश गर्न सकून्, र उनीहरुले पानीले हात धुन सकूत र नमरून् । एउटा पूजाहारीले पनि जनावरको रगतको दाग लिएर पवित्र स्थानमा प्रवेश गर्न सक्तैनथियो त्यसकारण मानिसहरुको लागि बलि चढाइसकेपछि पूजाहारीहरु परमेश्वरको समीप जानलाई सबै धुलो त्यो बाटाको पानीमा पखाल्थे ।
येशूको बप्तिस्माले संसारको सबै पाप धोयो
यर्दन नदीमा यूहन्नाबाट भएको येशूको बप्तिस्माद्वारा, संसारका सबै पापहरु उहाँमा सारिए । र नदीमा भएको उहाँको पूर्ण डुबुल्कीले उहाँको मृत्युलाई सङ्केत गर्दछ र उहाँको पानीबाट बाहिर आउनुले उहाँको पुनरुत्थानलाई प्रतिनिधित्व गर्दछ । अर्को शब्दमा, संसारको सबै पाप लिनको लागि येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो, पापको ज्याला तिर्नुभयो र क्रूसमा मर्नुभयो । उहाँको मृत्यु हाम्रो पापको ज्याला तिर्नको लागि थियो र उहाँको पुनरुत्थानले हामीलाई अनन्त जीवन प्रदान ग¥यो ।
यदि हामीले येशूले आफ्नो बप्तिस्माद्वारा हाम्रो सबै पाप लिनुभयो भन्ने कुरामा विश्वास गरेनौ भने, हाम्रो हृदय पापले भरि हुनेछ । त्यस्तो अवस्थामा, कसरी हामीले परमेश्वरको समीप जान सम्भव छ ? पापको क्षमाको सुसमाचार एउटा सम्प्रदायको सिद्धान्त होइन तर परमेश्वरको सत्य हो ।
पूर्ण ज्ञान नभइकन हामी हाम्रो आस्थालाई डो¥याउन सक्तैनौ, अर्को शब्दमा, हामी संसारलाई जित्न सक्दैनौ यदि हामी साँच्चै यो वास्ता गर्दैनौ कि येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो कि लिनुभएन । जसरी सबै जीवित वस्तुहरुलाई आफ्नो प्राण धान्नको लागि पानीको आवश्यक्ता पर्छ, हामीलाई पनि पापको क्षमा पाउन र आस्थापूर्वक बाँच्न अनि स्वर्गको राज्यमा प्रवेश गर्न येशूको बप्तिस्माको पानीको आवश्यक्ता छ । हामीलाई हाम्रो पापबाट बचाउँन येशूले बप्तिस्मा लिनुप¥यो, क्रूसमा मर्नुप¥यो र पुनरुत्थान हुनुप¥यो । यो नै पानी र आत्माको सुसमाचार हो, जसमा हामीले आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुपर्छ ।
यद्यपि येशूले क्रूसमा टाँगिएर मर्नुप¥यो , उहाँले त्यस्तो सजाय पाउने केही गर्नुभएको थिएन । उहाँ यस संसारमा हाम्रो पाप पखाल्न आउनभयो, ३० वर्षमा बप्तिस्मा लिनुभयो, र क्रूसमा आफ्नो मृत्युद्वारा ३३ वर्षको उमेरमा हाम्रो मुक्तिदाता बन्नुभयो । परमेश्वर मानवतालाई आफ्नो सन्तान बनाउन चाहनुहुन्थ्यो हामी जतिसुकै कमजोर र पापी भए पनि । त्यही कारणले येशूले बप्तिस्मा लिनुप¥यो । परमेश्वरले हामीलाई एकै समयमा पापको क्षमा र पवित्र आत्माको वरदान प्रदान गर्नुभयो ।
“कोही पानी र आत्माद्वारा नयाँ गरी जन्मेन भने, उसले परमेश्वरको राज्य देख्न सक्दैन न त यसमा प्रवेश गर्न सक्छ” (यूहन्ना ३:३–५) । तपाईंले जान्नु र विश्वास गर्नुपर्छ हाम्रो सबै पाप पखाल्न येशूले बप्तिस्मा लिनुभयो । यदि कोही नयाँ गरी जन्मिएको ईसाई भएर पनि, ऊ येशू ख्रीष्टले आफ्नो बप्तिस्माद्वारा संसारको सबै पाप उठाइलैजानुभयो भन्ने सत्यमा चिन्तन गर्दैन भने, उसको हृदय चाँडै अपवित्र हुनेछ । किनकि हामी देहयुक्त छौं , हाम्रो दैनिक जीवनमा पनि हामी पापबाट अपवित्र हुन सम्भव छ । त्यसकारण हामीले सधैं आस्थाद्वारा जिउँनुपर्छ, येशूको बप्तिस्मा, उहाँको रगत, र उहाँको पुनरुत्थानमा चिन्तन गर्नुपर्छ । यही आस्थाले हामीलाई स्वर्गको राज्यमा प्रवेश गर्ने दिनसम्म सम्हाल्ने छ ।
हाम्रो पापको लागि बप्तिस्मा लिनु र मर्नुदेखि बाहेक येशूसँग अरु कुनै विकल्प थिएन, त्यसकारण हामीले विश्वास गर्नुपर्छ कि उहाँले त्यसो गरेर हाम्रो निम्ति मुक्ति ल्याउनुभयो । संसारको सबै पापबाट मुक्त हुनको लागि हामीले यस सुन्दर सुसमाचारमा विश्वास गर्नुदेखि बाहेक अरु बढ्ता गर्नुपर्ने केही छैन ।
हामी परमेश्वरलाई धन्यवाद दिन्छौ, जसले हामीलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभयो । आफ्नो एकमात्र जन्माएको पुत्रलाई पठाउनु र उहाँको बप्तिस्मा र रगतद्वारा हामीलाई हाम्रो सबै पापबाट बचाउँनु परमेश्वरले हामीलाई प्रदान गर्नुभएको सबैभन्दा ठूलो उपहार हो ।
हामी परमेश्वरको समीप जान नसक्नु र उहाँदेखि अलग भएर बाँच्न बाध्य हुनुको कारण हाम्रो हृदयमा भएको पाप नै हो । येशूले संसारको सबै पाप लिन यूहन्नाबाट बप्तिस्मा लिनुभयो र परमेश्वर र मानिसलाई छुट्याउने पर्खाल भत्काउन क्रूसमा मर्नुभयो । परमेश्वर र मानिस बीचको सम्बन्ध येशूको बप्तिस्मा र रगतद्वारा पुनःस्थापित भयो । हामी उहाँलाई यी उपहारहरुको लागि धन्यवाद दिन्छौं । आफ्ना सन्तानको लागि बाबुआमाको प्रेम धेरै हुन्छ, तर यो परमेश्वरको प्रेमको अगाडि केही होइन, जसद्वारा येशूले हामी पापीहरुलाई बचाउँनुभयो ।
येशूको बप्तिस्मा र रगत दुवै महत्वपूर्ण छन् । यदि यो संसारमा पानी नभएको भए, कुनै जीवित वस्तुले प्राण धान्न सक्थ्यो ? येशूको बप्तिस्माबिना, यहाँ कुनै पनि हृदय पापरहित हुने थिएन । यदि येशूले बप्तिस्मा नलिनुभएको भए र यदि उहाँले क्रूसमा नमर्नुभएको भए, कसैले पनि पापको क्षमा पाउने थिएनन् । सौभाग्यवस, येशूले बप्तिस्मा लिनुभयो र हाम्रा निम्ति अन्तिम बलि हुनुभयो । यद्यपि हामी अभावमा छौं र गल्ती गर्ने खालका छौं, हामी उहाँको बप्तिस्मा र रगतमा विश्वासद्वारा पवित्र आत्मा प्राप्त गर्न सक्छौं ।
मानिसहरु जो येशूको बप्तिस्मा र क्रुसमा भएको मृत्युमा विश्वास गर्छन्, उनीहरु परमेश्वरको समीप आउन सक्छन्, प्रार्थना गर्न सक्छन् र उहाँको प्रशंसा गर्न सक्छन् । अब हामी परमेश्वरको प्रशंसा र उहाँको पूजा गर्न सक्छौं किनकि हामी उहाँका सन्तान भएका छौं । यो परमेश्वरको अनुग्रह र आशिष् हो । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुसमाचार साँच्चै अचम्मको छ । यो सुन्दर सुसमाचारमा विश्वासद्वारा हामी सबै मुक्ति र पवित्र आत्माको बास प्राप्त गर्न सक्छौं ।