( गलाती ५:१६–२६, ६:६–१८ )
“तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड, र पाप–स्वभावका लालसा पूरा नगर । किनकि पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप स्वभावको विरुद्ध । तिमी जे गर्न चाहन्छौे त्यसबाट तिमीहरुलाई रोक्नका निम्ति यीचाहिँ एउटा अर्काको विरुद्धमा हुन्छन् । तर यदि तिमीहरु पवित्र आत्माद्वारा डो¥याएइका छौ भनेता तिमीहरु व्यवस्थाको अधीनमा हुँदैनौ । पाप स्वभावका कामहरु प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, र्झैझगडा, ईष्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कडपन, मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरुलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ । जस–जसले यस्ता कामहरु गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन् । तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन् । यस्ता कुराहरुका विरुद्धमा कुनै व्यवस्था छैन । तर तिनीहरु, जो ख्रीष्ट येशूका हुन्, तिनीहरुले पाप–स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन् । हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं । हामी अहङ्कारी नहोऔ, एउटाले अर्कालाई रीस नउठाऔं, र एउटाले अर्कालाई ईष्र्या नगरौं । वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरु वचन सिकाउनेसँग बाँडचूडं गर्नुपर्छ । धोखामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ । जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ । तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ । भलाइ गर्ने काममा हामी नथाकौैं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं । यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरुको, जो हाम्रो विश्वासका परिवारका हुन् । हेर, म कति ठूला–ठूला अक्षरहरुले आफ्नै हातले तिमीहरुलाई लेखिरहेछु । ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरून भनी बाहिर तवरले सब ठीक देखिन चाहनेहरुले नै तिमीहरुलाई खतना लिन कर लाउँछन् । किनकि खतना लिनेहरु आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरुको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरुले खतना लिएको तिनीहरु चाहन्छन् । हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरु कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस् , जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ । नता खतनाको केही महत्व छ, न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो । अब जो–जति यस नियममा चल्दछन्, तिनीहरुमाथि र परमेश्वरका इस्राएल जातिमाथि शान्ति र कृपा रहोस् । अबदेखि उसो कसैले मलाई कष्ट नदिओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरु धारण गर्दछु । भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरुको आत्मासँग रहोस् । आमिन । ”
आत्माद्वारा डो¥याइन हामीले
के गर्नुपर्छ ?
हामीले सुन्दर सुसमाचारलाई प्रचार
गर्नुपर्छ र पछ्याउनुपर्छ ।
प्रेरित पावलले गलातीहरुको लागि आफ्नो पत्रमा पवित्र आत्माको बारेमा लेखे । गलाती ५:१३–१४ मा उनले भने, “भाइ हो, तिमीहरु त स्वतन्त्रताको निम्ति बोलाइएका हौ । केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर । तर प्रेममा तिमीहरु एक अर्काको सेवक बन । किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, ‘तैंले आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर ।”
छोटकरीमा, यसको सन्देश के हो भने किनकि हामी सुन्दर सुसमाचारमा विश्वासद्वारा बचाइएका छौं र पापबाट मुक्त भएका छौं, हामीले यो स्वतन्त्रतालाई शरीरको पापमय वासना पूरा गर्ने अवसरको रूपमा लिनुहुँदैन, बरु हामीले यो अवसरलाई प्रेमद्वारा एक अर्काको सेवा गर्न र सुन्दर सुसमाचारलाई पछ्याउन प्रयोग गर्नुपर्छ । किनकि परमेश्वरले हामीलाई सबै पापबाट बचाउँनुभएको छ, हाम्रा लागि सुसमाचार प्रचार गर्नु उपयुक्त छ । पावलले यो भनेका थिए “तर तिमीहरु एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरु एक अर्काबाट नै खतम हुनु नपरोस्” (गलाती ५:१५) ।
पवित्र आत्माले भरि हुनको लागि पवित्र आत्माद्वारा हिँड
गलाती ५:१६ मा भने, “तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड, र पाप–स्वभावका लालसा पूरा नगर ।” र पद २२–२६ मा उनले भने, “तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन् । यस्ता कुराहरुका विरुद्धमा कुनै व्यवस्था छैन । तर तिनीहरु, जो ख्रीष्ट येशूका हुन्, तिनीहरुले पाप–स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन् । हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं । हामी अहङ्कारी नहोऔ, एउटाले अर्कालाई रीस नउठाऔं, र एउटाले अर्कालाई ईष्र्या नगरौं ।” यहाँ, पावल भन्छन् यदि हामी पवित्र आत्माद्वारा हिँडछौं भने, हामी पवित्र आत्माको फल पाउँछौं । पवित्र आत्माले हामीलाई पवित्र आत्माद्वारा हिँडेको चाहनुहुन्छ । तर हामी शरीरमा जिउँछौं ।
हामी मानिसहरु शरीर लिएर जन्मन्छौं जसले पवित्र आत्माको फल पाउन सक्दैन । हामीले पवित्र आत्माद्वारा हिँडन खोज्यौं भने पनि, हाम्रो स्वभाव परिवर्तन हुँदैन । यसै कारणले जसले सुन्दर सुसमाचारमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त गरेका छन् उनीहरमात्र पवित्र आत्माद्वारा हिँडन सक्छन् र पवित्र आत्माको फल पाउँछन् ।
जब बाइबलले पवित्र आत्माद्वारा हिँड भन्छ, यसको अर्थ हुन्छ हामीले सुन्दर सुसमाचार अरुलाई प्रचार गर्नुपर्छ ताकि उनीहरुले पनि आफ्नो पापको क्षमा पाउन सकून् । यदि हामी यो सुन्दर सुसमाचारको लागि जिउँछौं भने, हामीले पवित्र आत्माको फल पाउने छौं । अर्को शब्दमा, यो मानवीय स्वभाव परिवर्तन गर्ने कुरा होइन । जब हामी यो सुन्दर सुसमाचारद्वारा हिँडछौं, हामी पवित्र आत्माको फल प्राप्त गर्न सक्छौं, जस्तै प्रेम, आनन्द, शान्ति, दया, असलपन, विश्वसनीयता, विनम्रता र संयम । पवित्र आत्माको फलले हामीलाई अरूलाई पनि उनीहरुको पापबाट बचाउँन र अनन्त जीवन प्राप्त गर्न मद्दत गर्छ ।
शरीरको लालसा विरुद्ध पवित्र आत्माको इच्छा
पावलले भने, “पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप स्वभावको विरुद्ध । तिमी जे गर्न चाहन्छौे त्यसबाट तिमीहरुलाई रोक्नका निम्ति यीचाहिँ एउटा अर्काको विरुद्धमा हुन्छन् ” (गलाती ५:१७) । किनकि हामी, जो मुक्त भएका छौं, हामीसँग शरीरको लालसा र पवित्र आत्मा सँगसँगै छन्, यी दुई सधैं एक अर्काका विरुद्धमा हुन्छन् । फलस्वरुप कुनैले पनि हाम्रो हृदय पूर्णरुपले भर्न सक्दैन ।
पवित्र आत्माले चाहना गर्नुहुन्छ, हामीले हाम्रो हृदयको गहिराइदेखि नै सुन्दर सुसमाचारको प्रचार गरौं र परमेश्वरको सेवा गरौं । उहाँले हामीलाई धार्मिक कार्यमा संलग्न हुन उत्साह प्रदान गर्नुहुन्छ । उहाँले हामीलाई परमेश्वरको सुन्दर सुसमाचारको प्रचारद्वारा अरू मानिसहरुलाई पनि उनीहरुको पापबाट बचाउँन मद्दत गर्नुहुन्छ ।
तर अर्कोतर्फ, हाम्रो इच्छाहरुले शरीरको वासनालाई उक्साउँछ ताकि हामी पवित्र आत्माद्वारा हिँडन नसकौं । यो अनन्त द्वन्द हो पवित्र आत्मा र शरीरको वासनाको विरुद्धमा । जब कुनै व्यक्ति शरीरको वासनाले निलिन्छ, उसले शरीरको लागि बन्दोबस्त गर्न थाल्छ । शरीरले पवित्र आत्माको विरुद्धमा आफ्नो इच्छा राख्दछ । उनीहरु एक अर्काको विरोधमा हुन्छन्, ताकि हामीले इच्छा गरेको कुरा गर्न नसकौं ।
त्यसोभए पवित्र आत्माद्वारा हिँडनलाई के कुरा चाहिन्छ ? र कस्ता प्रकारका कुराहरु परमेश्वरलाई प्रिय हुन्छन् ? परमेश्वरले भन्नुभयो सुन्दर सुसमाचारको प्रचार गर्नु र यसलाई पछ्याउनु नै पवित्र आत्माद्वारा हिँडनु र जिउँनु हो । उहाँले पवित्र आत्माको बास भएकाहरुलाई पवित्र आत्माद्वारा हिँडन र आध्यात्मिक जीवन जिउँनको लागि हृदय प्रदान गर्नुहुन्छ । परमेश्वरले हामीलाई पवित्र आत्माको फल फलाउन गर्नुभएको निमन्त्रणा चेताउनी र आदेश थियो सुन्दर सुसमाचारको प्रचारद्वारा अरुलाई पनि उनीहरुको पापबाट बचाउँने । पवित्र आत्माद्वारा हिँडनुको अर्थ परमेश्वरलाई प्रिय लाग्ने गरी जीवन जिउँनु हो ।
पवित्र आत्माद्वारा हिँडनको लागि, सबभन्दा पहिले हामीले पवित्र आत्माको बास प्राप्त गर्नुपर्छ । हामीले पहिले परमेश्वरले प्रदान गर्नुभएको सुन्दर सुसमाचारमा विश्वास गर्नुपर्छ यदि हामी हामीमा बास गर्नुहुने पवित्र आत्मालाई प्राप्त गर्न चाहन्छौं । यदि हामी हाम्रो हृदयको गहिराइमा सुन्दर सुसमाचारमा विश्वास गर्दैनौ भने, हामीले न त पवित्र आत्माको बास प्राप्त गर्छौं न त पापबाट मुक्ति नै पाउँछौं, यसको अर्थ हुन्छ हामी पवित्र आत्माद्वारा हिँडन सक्दैनौ ।
पवित्र आत्माले हामीलाई परमेश्वरलाई सेवा गर्न र उहाँको महिमा ल्याउन, यो सुन्दर सुसमाचार प्रचार गर्ने इच्छा प्रदान गर्नुहुन्छ । यस्तो इच्छा परमेश्वरप्रति समर्पित हृदयबाट आउँछ र सुन्दर सुसमाचार संसारभरिमा प्रचार गर्नको लागि । यो त्यस्तो हृदयबाट पनि आउँछ जो सुन्दर सुसमाचार प्रचार गर्न चाहिने हरेक कुरा गर्न तत्पर हुन्छ । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् र आफ्नो पापको क्षमापछि पवित्र आत्मा प्राप्त गर्छन उनीहरु पवित्र आत्माद्वारा हिँडन सक्छन् र आफूलाई सुसमाचार प्रचार गर्नको लागि समर्पित गर्छन् । यो उनीहरुको माथिबाट प्राप्त आध्यात्मिक अधिकार हो ।
जोसँग पवित्र आत्माको बास छ उनीहरु पवित्र आत्माको आज्ञा मान्छन् र पवित्र आत्माद्वारा हिँडछन्, यद्यपि उनीहरुसँग शरीरको वासना अझै हुन्छ किनकि पवित्र आत्मा उनीहरुमा बास गर्नुहुन्छ । पावलले भने, “पवित्र आत्माद्वारा हिँड ।” उनले यसबाट के भन्न खोजेको हो हामीले पानी र पवित्र आत्माको सुन्दर सुसमाचारलाई प्रचार गर्नुपर्छ जुन येशूले हामीलाई प्रदान गर्नुभयो ताकि हामी अरुलाई उनीहरुको पापबाट क्षमा पाउन मद्दत गर्न सकौं ।
कहिलेकाहीँ पवित्र आत्माद्वारा हिँडदा, हामी शरीरको अनुसार हिँडछौं । हाम्रो जीवनमा शरीरको लालसा र पवित्र आत्माको इच्छा एक अर्काको विरुद्धमा हुन्छन् , तर हामीले प्रष्टसँग थाह पाउनु र जान्नुर्पछ कि जोसँग पवित्र आत्माको बास छ उनीहरुले आफ्नो जीवनमा पवित्र आत्माद्वारा हिँडनुपर्छ । यसो गर्नाले मात्र हामी हाम्रो जीवन परमेश्वरको आशिषले भरिपूर्ण भएर बाँच्न सक्छौं । यदि उनीहरु जोसँग पवित्र आत्माको बास छ पवित्र आत्माको फल फलाउन अस्वीकार गर्छन् भने, उनीहरु शरीरको वासनाको फल फलाउँछन् र नाश हुन्छन् । उनीहरुको फल नाशवान र दुःखदायी हुन्छ । यसकारण हामीले पवित्र आत्माद्वारा हिँडनुपर्छ ।
हामीले सुनेका छौ “पवित्र आत्माद्वारा हिँड,” तर हामीमध्ये केहीले यस्तो सोच्न सक्छन् “म कसरी त्यसो गर्न सक्छु, जबकि मभित्र पवित्र आत्मा हुनुहुन्छ भनेर म अनुभव नै गर्न सक्तिन ?” हामीमध्ये केहीले सोच्छन् हामी पवित्र आत्माको बास भएको तब मात्र थाह पाउन सक्छौं जब परमेश्वर प्रत्यक्ष रूपले हाम्रो अगाडि देखापर्नुहुन्छ र बोल्नुहुन्छ । तर यो गलत बुझाइ हो । पवित्र आत्माले हामीलाई पानी र आत्माको सुन्दर सुसमाचारको लागि बाँच्ने इच्छा प्रदान गर्नुहुन्छ ।
कुनै बेला यस्तो पनि हुन सक्छ कि उहाँ हामीभित्र बास गर्नुहुन्छ भनेर हामी निश्चित त हुन्छौं तर उहाँलाई अनुभव गर्न सक्दैनौ किनकि हामी शरीरद्वारा हिँडिरहेका हुन्छौं । केहीले यस्तो पनि सोच्न सक्छन् उहाँ हामीभित्र सुतिरहनुभएको छ । उनीहरु ती हुन् जसले पवित्र आत्मा प्राप्त गरेका छन् तर अझै पनि शरीरको अनुसार हिँडछन् ।
यी मानिसहरु आफ्नो शरीरलाई मात्र सुविधा दिन्छन् र शरीरको इच्छाअनुसार कार्य गर्छन्, तर शरीरको बढ्दो चाहनाले गर्दा अन्त्यमा दुःख भोग्छन् । उनीहरु पनि जोसँग पवित्र आत्माको बास छ, शरीरको वासनाअनुसार बाँच्न खोज्छन्, किनकि उनीहरु यसो गर्नु स्वाभाविक हो भनेर सोच्छन् । तर जो शरीरप्रति समर्पित हुन्छन् उनीहरु अन्ततः यसैको दास बन्छन् ।
परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा जिउँन भन्नुहुन्छ । यसको अर्थ सुन्दर सुसमाचारको सेवा गर्नु हो । यसको अर्थ यो पनि हुन्छ कि हामीले सम्पूर्ण रूपले पानी र आत्माको सुन्दर सुसमाचारको सेवामा समर्पित हुनुपर्छ । सुसमाचारमा आनन्दित हुनु र यसैद्वारा जिउँनु पवित्र आत्माद्वारा बाँच्नु हो । पवित्र आत्माद्वारा हिँडनुको अर्थ जानेर हामीले त्यहीअनुसार बाँच्नु पर्छ । के तपाईं पवित्र आत्माद्वारा हिँडिरहनुभएको छ ?
जोसँग पवित्र आत्माको बास छैन के त्यस्तो व्यक्तिले पवित्र
आत्माद्वारा हिँडन सक्छ ?
जो नयाँ गरी जन्मिएका छैनन् उनीहरु पवित्र आत्माद्वारा हिँडनु भनेको के हो भनेर जान्दैनन् । त्यसकारण, धेरै मानिसहरु पवित्र आत्मा प्राप्त गर्न चाहन्छन् र आफ्नै तरिकाले यो पाउने आशा गर्छन् । उनीहरु सोच्छन् कि पवित्र आत्मा प्राप्त गर्ने चाहना र पवित्र आत्माले भरिपूर्ण हुनु यी दुवै एउटै कार्य हुन् ।
उदाहरणको लागि, जब मानिसहरु सानो गिर्जाघरमा सेवाको लागि जम्मा हुन्छन्, प्रचारकले चिच्याएर प्रार्थना गर्छ र सबैजना परमेश्वरको नाउँ लिएर कराउन थाल्छन् । उनीहरुमध्ये केही अनौठो भाषमा बोल्छन् लाग्छ उनीहरु पवित्र आत्माद्वारा भरिएका छन्, तर एक जना पनि, उनीहरु कोही पनि, के भनिरहेका छन् भनेर बुझ्न सक्दैनन् । यसो हुँदै गर्दा, केही भुँइमा खस्छन् र उनीहरुको शरीर अलौकिक आनन्दले गर्दा कम्पन हुन थाल्छ । उनीहरुमा दुष्टात्माहरु प्रवेश गरेको हुन्छ तर उनीहरु पवित्र आत्मा पायौं भनेर सोच्छन् । अनि आउँछ कर्कश ध्वनि जब मानिसहरु ठूलो स्वरले चिच्याउँछन्, “प्रभु, प्रभु !” उनीहरु परमेश्वरलाई पुकार्छन्, आशुका थोपाहरु झार्छन् र थपडी मार्छन् । यस्तो घटनालाई सामान्यतया “पवित्र आत्माले भरिनु” भनेर भनिन्छ ।
प्रचारक मञ्चलाई ठोक्दै अनौठो भाषामा बोल्दछ, र मानिसहरु “प्रभु, प्रभु !” भनेर कराउँछन् । उनीहरु यस प्रकारको वातावरणलाई मनपराउच्छन् र केहीले त के पनि भन्छन् भने उनीहरुले अदनको बगैँचामा भएको असल र खराबको ज्ञान दिने रूखको दृश्य र आफ्नो विकृत निद्रामा येशूको मुहार पनि देखे । उनीहरु पवित्र आत्मा प्राप्त गर्ने, उहाँद्वारा भरिपूर्ण हुने र उहाँद्वारा हिँडने विधिहरु यिनै हुन् भनेर गलत धारणा राख्छन् । परमेश्वरको वचन र पवित्र आत्माको बारेमा गलत बुझाइले गर्दा नै उनीहरुको जस्तो भ्रामक कार्य उत्पन्न हुनछ ।
“पवित्र आत्माद्वारा हिँड ।” परमेश्वरले नयाँ गरी जन्मिएकाहरुलाई यही भन्नुहुन्छ । यसको अर्थ उहाँलाई प्रिय लाग्ने कार्यहरु गर्नु हो । पावलले शरीरको कार्यलाई र पवित्र आत्माको कार्यसँग तुलना गरे । उनले भने, “तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्” (गलाती ५:२२–२३) ।
“पवित्र आत्माद्वारा हिँडनुको” अर्थ सुन्दर सुसमाचारको प्रचारद्वारा अरूलाई उनीहरुको पापबाट बचाउँनु हो । यदि हामीले यसो ग¥यौं भने, हामी पवित्र आत्माको फल फलाउन सक्नेछौं । पवित्र आत्माको फलहरु यी हुन् — प्रेम, आनन्द, शान्ति, दया, असलपन, विश्वस्तता, विनम्रता र संयम, र हामी यी फल तब मात्र फलाउन सक्छौं जब हामी सुन्दर सुसमाचारद्वारा जिउँछौं । यदि कसैले सुन्दर सुसमाचारको सेवा गर्छ र प्रचार गर्छ, यसको निम्ति आफैंलाई बलिदान गर्छ भने, ऊ पवित्र आत्माले भरिपूर्ण आध्यात्मिक जीवन जिउँन सक्छ ।
पवित्र आत्माको फल “असलपन” भन्नाले राम्रो कार्य गर्नु हो । यसको अर्थ सद्गुण पनि हुन्छ । सुन्दर सुसमाचारको लागि सद्गुणी हुनु र अरुको भलाइको लागि केही गर्नु पनि असलपन हो । परमेश्वरको नजरमा सबैभन्दा ठूलो असलपनचाहिँ अरुको भलाइको लागि सुसमाचारको प्रचार गर्नु हो ।
र “दया” भनेको अरूको लागि करुणा अनुभव गर्नु हो । जो अरूको लागि उदार हुन्छ उसले धैर्य र दयाले सुसमाचारको सेवा गर्छ र शान्ति पाउँने छ । जो पवित्र आत्माद्वारा हिँडदछ ऊ परमेश्वरको काम सम्पन्न भएको देख्दा खुशी हुन्छ, उहाँको कार्य गर्न मनपराउँछ, अरूलाई प्रेम गर्छ र सबै कुरामा विश्वासयोग्य हुन्छ । यद्यपि कसैले पनि उसलाई यसो गर्न बाध्य पारेको हुँदैन । ऊ जोसँग पवित्र आत्माको बास हुन्छ परमेश्वरको काममा विश्वासयोग्य हुन्छ जबसम्म त्यो पूरा हुँदैन । ऊ विनम्र हुन्छ र संयम राख्तछ । ऊसँग पवित्र आत्माको फल हुन्छ । जुन व्यक्तिभित्र पवित्र आत्मा हुन्छ उसले पवित्र आत्माद्वारा हिँडनुपर्दछ । उसले यसो गरेमा मात्र, पवित्र आत्माको फल फलाउन सक्नेछ ।
तपाईंले पनि पवित्र आत्माको फल फलाउन सक्नुहुनेछ यदि तपाईं पवित्र आत्माद्वारा हिँडनुहुन्छ भने । तर यदि तपाईं यसो गर्नुहुन्न भने, अन्ततः तपाईं शरीरको वासनाद्वारा हिँडनुहुनेछ । पवित्रधर्मशास्त्रले गलाती ५:१९–२१ मा भन्छ, “पाप स्वभावका कामहरु प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, र्झैझगडा, ईष्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कडपन, मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरुलाई चेताउनी दिन्छु , र अघि पनि दिएकै हुँ । जस–जसले यस्ता कामहरु गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन् ।”
पाप स्वभावका कार्यहरु प्रत्यक्ष छन्
पाप स्वभावका कार्यहरु प्रत्यक्ष छन् । पाप स्वभावको पहिलो कार्य हो “व्यभिचार,” जसको अर्थ हुन्छ विपरी लिङ्गीसित अनुचित सम्बन्ध राख्नु । दोश्रो “अनैतिक कामाचार” हो । तेश्रो “अपवित्रता” हो । चौथौ हो “लम्पटपना” जसको अर्थ हुन्छ कामुक हुनु । पाँचौ हो “मूर्तिपूजा,” परमेश्वरलाई सेवा नगरेर मूर्तिलाई सेवा गर्नु । छैठौं हो “जादूगरी” । सातौं “घृणा” हो । यदि कुनै व्यक्ति पवित्र आत्माबिना नै शरीरको वासनाअनुसार हिँडदछ भने, उसले आफ्नो पापमय स्वभावले गर्दा अरुप्रति घृणा नदेखाई बस्न सक्दैन । आठौं हो “झैंझगडा” । यसको अर्थ परिवार र साथीभाइसित वादविवाद गर्नु हो । अरुचाहिँ यी हुन् — ईष्र्या, रिस उठ्नु र स्वार्थी महत्वाकांक्षा ।”
दसौं हो “असहमति” । जब कुनै व्यक्ति शरीरको वासनाअनुसार हिँडदछ, उसको लागि चर्चको काम गर्नु असम्भव हुन्छ र अन्ततः उसले आफ्नै इच्छाले चर्चलाई त्याग्दछ । एघारौं हो “विधर्म” । जो आफ्नो शरीरको वासनाअनुसार हिँडदछ उसले आफ्नो इच्छा सन्तुष्ट गर्न विधर्ममा लाग्दछ । तर त्यो जीवन परमेश्वरको जीवनभन्दा यति भिन्न हुन्छ कि अन्ततः ऊ सुन्दर सुसमाचारबाट टाढा हुन्छ । विधर्मको अर्थ पवित्रधर्मशास्त्रको सत्यबाट अलग हुनु हो । कोही पनि जोसँग परमेश्वरको वचनप्रति आस्था हुन्छ र पवित्र आत्माद्वारा हिँडदछ ऊ परमेश्वरको इच्छादेखि टाढा जाँदैन । “डाह, हत्या, पियक्कडपन, मोजमज्जा, र यस्तै अरू” पनि शरीरको वासनाका काम हुन् । जो शरीरको वासनाअनुसार मात्र हिँडदछन् उनीहरु अन्ततः यस्ता कार्यहरु गर्दछन् । यसै कारणले परमेश्वर भन्नुहुन्छ, “पवित्र आत्माद्वारा हिँड ।” हामी, जो नयाँ गरी जन्मिएका छौं, पवित्र आत्माद्वारा नै हिँडनुपर्दछ ।
जो नयाँ गरी जन्मिएका छैनन् उनीहरुको हृदयमा शरीरको पापमय वासनादेखि बाहेक केही पनि हुँदैन । यही कारणले उनीहरु “अनुचित कामाचार, अपवित्रता, लम्पटपना, र मूर्तिपूजामा सङलग्न हुन्छन् । झूटा प्रचारकहरु जो नयाँ गरी जन्मिएका छैनन् उनीहरु आफ्ना पछ्यौटेहरुमाथि “जादूगरी” अभ्यास गर्दछन् र उनीहरुलाई धेरै पैसा दान गर्न उक्साउँदछन् । उनीहरु चर्चको महत्वपूर्ण उत्तरदायित्व र ठूला स्थान जसले बढी दान गर्दछ उसैलाई प्रदान गर्दछन् । जो शरीरको वासनाअनुसार जिउँछन् उनीहरु अरूप्रति “घृणा” प्रकट गर्दछन् । उनीहरु चर्चलाई धेरै सम्प्रदायहरुमा विभाजन गर्दछन्, आफ्नो सम्प्रदायको घमण्ड गर्छन् र अरूलाई विधर्मी भनेर आलोचना गर्छन् । “झैंझगडा, ईष्र्या, रिस, स्वार्थी महत्वाकांक्षा, असहमति, विधर्म र डाह — यी जो नयाँ गरी जन्मिएका छैनन् उनीहरुको हृदयमा प्रशस्त पाइन्छन् । यदि हामी सन्तहरुले पनि शरीरको वासनाअनुसार हिँडयौं भने हामीमा पनि यस्तै कुराहरु भरिनेछ ।
परमेश्वरले नयाँ गरी जन्मिएका ईसाईहरुमा पवित्र आत्माको फल
फलाउनुहुन्छ
जो नयाँ गरी जन्मिएका छन् उनीहरुले सुन्दर सुसमाचार प्रचार गर्नको लागि जिउँनुपर्छ । किनकि हामीलाई एक्लै परमेश्वरलाई पछ्याउन धेरै कठिन छ, हामीले परमेश्वरको चर्चमा गाँसिनुपर्छ र सुन्दर सुसमाचारको सेवा गर्ने काम गर्नुपर्छ । हामीले सँगै प्रार्थना गर्नुपर्छ र आफ्नो उर्जालाई सुन्दर सुसमाचारद्वारा हिँडने व्यक्ति हुनलाई समर्पित गर्नुपर्छ । मानिसहरु जो पवित्र आत्माद्वारा हिँडछन् उनीहरु पानी र आत्माको सुसमाचार प्रचार गर्न बाँच्छन् । अर्को शब्दमा, शरीरको वासनाद्वारा हिँडनु भनेको आफ्नो लागि मात्र बाँच्नु हो भने पवित्र आत्माद्वारा हिँडनु भनेको अरुको आत्मालाई बचाउने कार्यमा संलग्न हुनु हो । धेरै नयाँ गरी जन्मिएका ईसाईहरुले यस किसिमको सुन्दर जीवन बिताउँछन् । उनीहरु अरूको भलाइको लागि जिउँछन् ।
संसारमा ठूलो संख्यामा मानिसहरु छन् जसले सुन्दर सुसमाचारको बारेमा कहिले पनि सुनेका छैनन् । हामी अफ्रिका र एशियाका मानिसहरुलाई प्रेम गर्छौं । हामी युरोप र अमेरिकाका सबैजनालाई प्रेम गर्छौं र अलगथलग टापुहरुका मानिसहरुलाई पनि । उनीहरुलाई पानी र आत्माको सुसमाचारसँग परिचित गराएर हामीले हाम्रो प्रेम देखाउनुपर्छ ।
हामीले पवित्र आत्माद्वारा नै हिँडनुपर्छ । यसको विरुद्धमा कुनै व्यवस्था छैन । “तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन् । यस्ता कुराहरुका विरुद्धमा कुनै व्यवस्था छैन” (गलाती ५:२२–२३) । के त्यहाँ यसको विरुद्धमा कुनै व्यवस्था छ ? छैन । यो पवित्र आत्माको व्यवस्था हो जुन हामीले मान्नै पर्छ । पावलले हामीलाई पवित्र आत्माद्वारा हिँडन भन्नुभयो । जसरी येशूले हामी पापीहरुको लागि आफ्नो जीवन दिनुभयो, हामीले अरूलाई सुसमाचार प्रचार गर्नुपर्दछ । अरूलाई उनीहरुको पापबाट बचाउँनु नै पवित्र आत्माद्वारा हिँडनु हो । हामीले पवित्र आत्माद्वारा हिँडनुपर्छ ।
पावलले गलाती ५:२४–२६ मा भन्नुभयो, “तर तिनीहरु, जो ख्रीष्ट येशूका हुन्, तिनीहरुले पाप–स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन् । हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं । हामी अहङ्कारी नहोऔ, एउटाले अर्कालाई रीस नउठाऔं, र एउटाले अर्कालाई ईष्र्या नगरौं ।” हामीले हराएका आत्माहरु बचाउनको लागि काम गर्नुपर्छ यदि हामी पवित्र आत्माद्वारा जिउँन चाहन्छौं भने । हामीले पवित्र आत्माको काम गर्नुपर्छ र उहाँसँगै हिँडनुपर्छ । पवित्र आत्मा जुन परमेश्वरले हामीलाई प्रदान गर्नुभयो उहाँले हामीलाई येशू ख्रीष्टलाई हाम्रो हृदयमा बाँच्न डो¥याउनुहुन्छ । पवित्र आत्मा प्रेमको राजा हुनुहुन्छ । परमेश्वरले हामीलाई उहाँको प्रेमको साधनको रुपमा प्रयोग गर्नुहुन्छ ।
पावलले भन्नुभयो, “तर तिनीहरु, जो ख्रीष्ट येशूका हुन्, तिनीहरुले पाप–स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्” (गलाती ५:२४) । उनले यो पनि भने कि जो नयाँ गरी जन्मिएका छन् उनीहरु ख्रीष्टसँगै मरेका छन् । जो साँच्चै नयाँ गरी जन्मिएका छन् उनीहरु पहिले नै ख्रीष्टसँग मरेका छन् । हामी यसलाई महसुस गर्दैनौं, तर हामी ख्रीष्टसँगै म¥यौ जब उहाँ हाम्रो पापको ज्याला तिर्न क्रूसमा टाँगिनुभयो । अर्को शब्दमा, येशू ख्रीष्ट क्रूसमा टाँगिनु भनेको तपाईं र म पनि उहाँसँगै क्रूसमा मरेका हौं । उहाँको मृत्यु हाम्रो मृत्यु हो र उहाँको पुनरुत्थानले हाम्रो पुनरुत्थान निश्चित छ भनेर प्रतिनिधित्व गर्दछ । तपाईं र म आस्थाद्वारा येशू ख्रीष्टमा जिउँछौं र मर्छौं । हामीमा आस्था हुनु जरुरी छ । हाम्रो आस्थाले हामीलाई पवित्र आत्मद्वारा हिँडन डो¥याउँछ ।
परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा हिँडन शक्ति प्रदान गर्नुभएको छ । त्यसकारण, हामी जसले आफ्ना सम्पूर्ण पापहरुबाट क्षमा पाएका छौं पवित्र आत्माद्वारा हिँडनुपर्दछ । उनीहरु जसले पवित्र आत्मा प्राप्त गरेका छन् धन्यभागी हुनुपर्छ किनकि उनीहरुका सम्पूर्ण पापहरु क्षमा भए र उनीहरुले आफूलाई हराएकाहरुको मुक्तिको लागि सुन्दर सुसमाचारको प्रचारमा समर्पित गर्नुपर्छ । यद्यपि कसैको पाप क्षमा भएको छ र ऊ नयाँ गरी जन्मिएको छ, यदि उसले शरीरको वासनाअनुसार जिउँन थाल्छ भने ऊ परमेश्वरको चर्चबाट अलग हुनेछ । तपाईं र मैले हाम्रा प्रभु येशू ख्रीष्टको दिन नआउन्जेलसम्म पानी र आत्माको सुसमाचारद्वारा जिउँनुपर्छ ।
कहिले पनि अभिमानी नबन तर पवित्र आत्माको प्रशस्तताद्वारा
बाँच
पावलले भने, “हामी अहङ्कारी नहोऔ, एउटाले अर्कालाई रीस नउठाऔं, र एउटाले अर्कालाई ईष्र्या नगरौं ।” अभिमान के हो ? यो शरीरको वासनाअनुसार हिँडनु हो । यस संसारमा धेरै मानिसहरु छन् जो आफ्नै अभिमानको लागि बाँच्दछन् । धेरै मानिसहरु धन थुपार्छन्, उत्कृष्टताको लागि प्रतिस्पर्धा गर्छन्, सांसारिक सुन्दरतालाई मनपराउँछन् र वर्तमान क्षणको लागि मात्र बाँच्दछन् । यस्ता कुराहरुमा विश्वसनियता हुँदैन, र उनीहरु समयसँगै खिएर जान्छन् र हराउँछन् । त्यसकारण मानिसहरु जो शरीरको वासनाअनुसार हिँडदछन् उनीहरुलाई अभिमानी भनिन्छ । यद्यपि मानिसहरुसँग धन छ, के उनीहरुको हृदयमा वास्तविक शान्ति र सन्तुष्टि छ ? शरीरको वासनाको फल अन्ततः खिइन्छ । सांसारिक वस्तुहरु अरू आत्माहरुको लागि उपयोगी हुँदैनन् र ती आफ्नो लागि मात्र हुन्छन् । ती आफ्नो शरीरको लागि मात्र असल हुन्छन् ।
बाइबलले भन्छ, “एउटा मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्काले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ” (हितोपदेश ११:२४) । जो नयाँ गरी जन्मिएका छैनन् उनीहरु धेरै धन साँच्ने प्रयास गर्छन् । किनकि सांसारिक वस्तुहरु नै उनीहरुको लागि सबैथोक हो, उनीहरुको भित्र अरूको सेवा गर्ने ठाउँ नै हुँदैन । यसकारण उनीहरु आफ्नो जीवनलाई मात्र सेवा गर्न चाहन्छन् र गर्छन् । तर बाइबलले भन्छ कि एउटा मानिसले दिन सक्ने पनि दिँदैन, तर दरिद्रतामा पर्छ । मानिसहरु शरीरको वासनाअनुसार हिँडछन्, तर यसको परिणाम त्यस्तै हुन्छ जब कोही डाँकुको सामु आउँछ र मर्दछ । यी सबै कुराहरु अभिमानकै परिणाम हुन् ।
उनीहरु जो पवित्र आत्माको इच्छालाई पछ्याउन मनपराउँछन्
पावल पवित्र आत्माको अनुसार जीवन जिउँन चाहन्थे । र उनले यसै गरे । उनले हामीलाई परमेश्वरको वचनद्वारा राम्रोसँग बाँच्न सिकाए । उनले गलाती ६:६–१० मा भने, “वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरु वचन सिकाउनेसँग बाँडचूड गर्नुपर्छ । धोखामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ । जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ । भलाइ गर्ने काममा हामी नथाकांैै, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं । यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरुको, जो हाम्रो विश्वासका परिवारका हुन् ।”
पावलले परमेश्वरको वचन जान्नेहरुलाई आफूसँग भएका सबै असल थोकहरु वचन सिकाउनेहरुसँग बाँडचूड गर्न सल्लाह दिए । उनले “असल थोकहरु” भनेर के भन्न खोजेका हुन् भने परमेश्वरलाई खुशी पार्न पवित्र आत्माको अनुसार जीवनद्वारा हराएका आत्माहरुलाई बचाउँनु र सुसमाचारको प्रचार गर्नु । जो नयाँ गरी जन्मिएका छन् उनीहरुले तिनीहरुसँग सङ्गति गर्नुपर्छ जो पवित्र आत्माद्वारा हिँडछन् र सिकाउँछन् र जसको समान मस्तिष्क, प्रेम र समान न्याय हुन्छ ।
“वचन सिकाउँनेसँग सबै असल थोकहरु बाँडचूड गर्नुपर्छ ।” असल थोकहरु भन्नाले चर्चद्वारा अरूलाई उनीहरुको पापबाट बचाउनु हो । पावलले सबै कुराहरु एकै मनको भएर, समान प्रार्थना र समान समर्पणमा गर्न भन्नुभयो । हामीले परमेश्वरको काम सँगै गर्नुपर्छ ।
पावलले भने, “धोखामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ ।” यहाँ, “ठट्टा गर्नु” भनेको “खिसी गर्नु र गिल्ला गर्नु” हो । त्यसकारण, “धोखामा नपर, परमेश्वरको ठट्टा हुँदैन” भन्नुको अर्थ परमेश्वरको खिसी र गिल्ला नगर्नु हो । उदाहरणको लागि, कसैले पनि परमेश्वरको वचनलाई हल्का रूपले लिनुहुँदैन, त्यसलाई आफ्नै शब्दमा उल्था गर्नुहुँदैन र त्यसमा विश्वास गर्नबाट चुक्नुहुँदैन । पावलले भने , “किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ ।” यसले के बुझाउँछ भने जसले शरीरको वासना रोप्तछ उसले सर्वनाशको कटनी गर्नेछ, तर जसले पवित्र आत्मालाई रोप्तछ उसले अनन्त जीवनको कटनी गर्नेछ ।
हामीले केको कटनी गर्नेछौं यदि हामीले पानी र आत्माको सुन्दर सुसमाचारद्वारा जीवन बितायौंै भने ? हामीले अनन्त जीवन प्राप्त गर्नेछौं र आफ्नो पापबाट मुक्ति पाउँनेछौं । हामीले अरूको आत्मालाई परमेश्वरको आशिष्द्वारा उनीहरुको पापबाट मुक्ति दिलाउनेछौं र अनन्त जीवनतर्फ डो¥याउनेछौं र पवित्र आत्माको फल काट्नेछौं ।
तर ती मानिसहरु जो आफ्नो शरीरको वासनाको लागि मात्र जिउँछन् उनीहरुले केको कटनी गर्छन् ? उनीहरुले सर्वनाशको कटनी गर्नेछन् र त्यहाँ अन्त्यमा मृत्यृदेखि बाहेक केही पनि हुँदैन । मानिस खाली हात लिएर जन्मन्छ र खाली हाल लिएर मर्छ ।
यदि ऊ अरूलाई उनीहरुको पापबाट बचाउँन काम गर्छ भने, उनीहरुले पवित्र आत्माको फल काट्नेछन् र अनन्त जीवन प्राप्त गर्नेछन् । तर यदि उसले आफ्नो शरीरको वासनाअनुसार हिँड्ने गर्दछ भने, उसले अन्त्यमा सर्वनाशको कटनी गर्नेछ । अनि उसले श्रापको कटनी गर्नेछ र अरूलाई पनि श्राप सार्नेछ । त्यसकारण, पावल, जसलाई आस्थाद्वारा बाँच्ने बारेमा सबै कुरा थाह थियो, शरीरको वासनाअनुसार नहिँडन सल्लाह दिए ।
“भलाइ गर्ने काममा हामी नथाकांैै, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं ।” पावल परमेश्वरका सेवक थिए जो पवित्र आत्माद्वारा हिँडथे । जब मानिसहरु बाइबलमा हेर्छन् कि उनी पवित्र आत्माद्वारा हिँड्थे, केहीले यस्तो सोच्न सक्छन् पवित्र आत्माले उनलाई प्रत्यक्ष आज्ञा दिनुहुन्थ्यो जस्तै, “पावल, बायाँ जाऊ र कसैलाई भेट” अथवा “तिमीले त्यस मानिसलाई छोड्नुपर्छ ।” तर यो असत्य हो ।
उनले मुक्तिको सुसमाचार अरूलाई सुनाएर र उनीहरुको आत्मा बचाउन मद्दत गरेर पवित्र आत्माद्वारा हिँडे । पावलले पवित्र आत्माद्वारा हिँडने अरूहरुसँग सङ्गति गरी परमेश्वरको सेवा पनि गरे । ईसाईहरुमध्ये, त्यहाँ यस्ता मानिसहरु छन् जो पवित्र आत्माद्वारा हिँडदैनन् तर शरीरको वासनाद्वारा हिँडछन् । तिनीहरुले पावललाई स्वागत गरेनन् तर उनको विरोध गरे र निन्दा पनि गरे । पावलले भने उनी येशूका चेलाहरुसँग लड्ने र निन्दा गर्नेहरुसँग केही पनि गर्न चाहदैँनन् ।
यदि तपाईं पवित्र आत्माद्वारा हिँडनुहुन्छ भने, तपाईंले सुसमाचारद्वारा जिउँनुपर्छ । खतना गरिएकाहरुले पावललाई अभियोग लगाए । गलाती ५:११ ले भन्छ, “तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका ? त्यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ ।” खतना गरिएकाहरु ती थिए जो खतनाको बचाउ गर्थे । उनीहरु भन्थे, “यदि कोही येशू ख्रीष्टमा विश्वासद्वारा नयाँ गरी जन्मिए पनि, उसले खतना गर्नुपर्छ । यदि उसको खतना गरिएको छैन भने, ऊ परमेश्वरको सन्तान होइन ।” उनीहरुले किन पावललाई अभियोग लगाए ? पावल विश्वास गर्थे कि मुक्ति र अनन्त जीवनको आशिष् येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा आस्थाद्वारा मात्र प्राप्त हुन्छ । उनले प्रचार गरेको यही नै हो ।
मानिसलाई धर्मी बनाउने आस्था सत्यलाई जानेर यसको प्रचार गरेर प्राप्त हुन्छ । पावलले पानी र आत्माको सत्यलाई धेरै महत्वपूर्ण ठाने । उनी विश्वास गर्थे कि जो यस सत्यलाई जान्दथे उनीहरु पवित्र आत्माद्वारा हिँडन सक्थे र खतना गर्नु आवश्यक थिएन । उनले यही प्रचार गरे । तर खतना गरिएकाहरु यो विश्वास गर्थे कि खतना मानिसको मुक्तिप्रतिको आस्थाको आवश्यक भाग हो । तथापि, परमेश्वरले प्रदान गर्नुभएको सुसमाचारदेखि बाहेक अर्को कुनै सुसमाचार छैन र त्यसकारण हामीले यसमा केही थप्ने अथवा यसबाट केही घटाउने गर्नुहुँदैन ।
जब पावल पवित्र आत्माद्वारा हिँडे, उनी यहूदी मित्रहरुद्वारा त्यागिए र सताइए । “ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरुन् भनी बाहिर तवरले सब ठीक देखिन चाहनेहरुले नै तिमीहरुलाई खतना लिन कर लाउँछन् । किनकि खतना लिनेहरु आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरुको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरुले खतना लिएको तिनीहरु चाहन्छन् । हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरु कुनै कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्डयाइएको छ । नता खतनाको केही महत्व छ, न त बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो” (गलाती ६:१२–१५) । र पावलले खतना गरिएकाहरुलाई भने, “ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरुन् भनी बाहिर तवरले सब ठीक देखिन चाहनेहरुले नै तिमीहरुलाई खतना लिन कर लाउँछन् ।”
पावलले उनीहरुको आलोचना गरे जो शरीरको वासनाअनुसार हिँडथे । उनीहरु शरीरको आफ्नो कार्यमा शरीरको वासनाअनुसार हिँडथे र उनीहरु जस्ता मानिसहरु धेरै थिए । तर पावलले उनीहरुसँग आफ्नो सम्बन्ध तोडे । पावलले भने, हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरु कुनै कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस् ।” येशू ख्रीष्टले संसारको सबै पाप उठाइलैजान र पावल र परमेश्वरले बोलाउनुभएको जति पनि मानिसहरुलाई बचाउँन यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो । पावलले भने, “जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लोखि क्रूसमा झुण्डयाइएको छ । नता खतनाको केही महत्व छ, न त बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो ।” पावल, जो संसारको लागि मृत थिए, येशू ख्रीष्टद्वारा पुनः जीवित भए ।
हामी वास्तवमा येशू ख्रीष्टमा मरेका छौं । तर कहिलेकाहीं हामी यो सत्यलाई बिर्सिन्छौं । हामीले यसलाई विश्वास गर्नैपर्छ । यदि हामीमा यो सत्यप्रति आस्था छैन भने, हामी शरीरको वासनाद्वारा र हाम्रो परिवारद्वारा बन्धनमा पर्छौं , यसले हामीलाई परमेश्वरसँग हिँडन रोक्दछ । हाम्रो शरीर यति कमजोर छ कि हाम्रो परिवारले पनि हामीलाई परमेश्वरसँग हिँडन मद्दत गर्न सक्दैन । परमेश्वरले मात्र हामीलाई मद्दत गर्न सक्नुहुन्छ । कसरी एउटा मरेको मानिसले सांसारिक मानिसलाई सांसारिक काममा मद्दत गर्नसक्छ ? मानिसहरु जो यस संसारमा मृत छन् उनीहरु संसारको वस्तुलाई स्वामित्वमा राख्न सक्दैनन् ।
येशू पुनर्जीवित हुनभयो । उहाँको पुनरुत्थानले हामीलाई नयाँ गरी जन्मन र नयाँ आध्यात्मिक जीवन बाँच्न सम्भव बनायो । यहाँ हामीसँग नयाँ कार्य, नयाँ परिवार, नयाँ आशा छ । हामीसँग, स्वर्गको सिपाहीको रुपमा, परमेश्वरको वचन प्रचार गर्ने उत्तरदायित्व छ । पावलले स्वीकार गरे अरूलाई भौतिक उपायद्वारा होइन तर आध्यात्मिक उपायद्वारा मुक्ति प्राप्त गर्न मद्दत गरेर उनी मानिस भए । उनले भने उनी पहिले नै मरेका थिए र ख्रीष्टद्वारा पुनः जन्मिए । हामी त्यस्ता मानिसहरु बन्ने प्रयत्न गरौं जो हाम्रो आस्थाको यस्तै स्वीकारोक्ति दिने आँट गर्दछन् ।
पावलले गलाती ६:१७–१८ मा भने, “अबदेखि उसो कसैले मलाई कष्ट नदिओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरु धारण गर्दछु । भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरुको आत्मासँग रहोस् । आमिन । ” पावलले परमप्रभु येशूको डामहरु धारण गरे । उनले पवित्र आत्माद्वारा हिँडनको लागि र परमेश्वरको लागि आफ्नो स्वास्थ्यमा ध्यान दिएनन् । उनले लेख्न पनि सकेनन्, किनकि उनले बिस्तारै आफ्नो दृष्टि गुमाउँदै गए । त्यसैले पावलका अरू पत्रहरु उनका मित्रहरु जस्तै टर्टियसले अभिलेख गर्ने काम गरे जब उनी परमेश्वरको वचन बोल्दैथिए । यद्यपि उनी शारीरिक रुपले कमजोर थिए, उनी पवित्र आत्माद्वारा हिँडन सकेकोमा प्रसन्न थिए र भने, “यसकारण हामी हरेस खाँदैनौं । हाम्रो बाह्य मनुष्त्व नाश हुँदैगए तापनि हाम्रो आध्यात्मिक मनुष्त्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ” (२ कोरिन्थी ४:१६) ।
पावलले हामीलाई पवित्र आत्माद्वारा हिँडने खालको मानिस हुन सल्लाह दिन्छन् । उनी यो पनि भन्छन्, “पवित्र आत्माद्वारा हिँडनुको अर्थको सुसमाचारको लागि बाँच्नु हो ।” तपाईं र मैले दिमागमा राख्नैपर्छ कि पवित्र आत्माद्वारा हिँडनुको अर्थ के हो । हामीले व्यर्थका वस्तुहरुलाई पछ्याउनुहुँदैन र यसको सट्टामा सुसमाचारको सेवा गर्नुपर्छ र यसको लागि जिउँनुपर्छ । आऔं हामी आस्थाद्वारा हाम्रो बाँकी जीवनसम्म पवित्र आत्माद्वारा हिँडौं ।
अब पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा, साँचो पवित्र आत्मा हाम्रो हृदयमा हुनुहुन्छ । यदि हामीले सुसमाचारको अनुसार प्रार्थना ग¥यौं भने परमेश्वरले प्रसन्न भएर उत्तर दिनुहुनेछ । पवित्र आत्माको फल फलाउनुको अर्थ पवित्र आत्माद्वारा हिँडनु र आत्माहरुको उद्धार गर्नु हो । तपाईं पवित्र आत्माका फलहरु, जस्तै प्रेम, आनन्द, शान्ति, सहनशीलता, दया, असलपन, विश्वसनियता, विनम्रता र संयम, फलाउन सक्नुहुन्छ यदि तपाईं पवित्र आत्माद्वारा हिँडनुहुन्छ र सुसमाचारको लागि जिउँनुहुन्छ भने । पानी र आत्माको सुसमाचार प्रचार गर्न, हामीले दुःख भोग्नुपर्छ, सहनशील हुनुपर्छ, दया देखाउनुपर्छ र हराएकाहरुको लागि असल थोक गर्नुपर्छ ।
उनीहरुले पवित्र आत्माको फल प्राप्त गर्दछन् जो हराएका आत्माहरुलाई असल गरेर र सुसमाचार सुनाएर बचाउँदछन् जसले गर्दा उनीहरुलाई पवित्र आत्माको बास प्राप्त हुन्छ । यही नै आवश्यक कुरा हो पवित्र आत्माको फल फलाउन र पवित्र आत्माद्वारा हिँडन ।