( एफिसी ५:६–१८ )
“कसैले तिमीहरुलाई खोक्रा कुराले धोखा नदिओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरुमाथि परमेश्वरको क्रोध पर्छ । यसकारण तिनीहरुसँग सहभागी नहोओ, किनकि एक पल्ट तिमीहरु अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरु उज्यालो भयौ । ज्योतिका सन्तानझैं हिँड्डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र परमप्रभुलाई मनपर्ने के हो सो सिक्ने कोशिश गर । अन्धकारका निष्फल कार्यहरुमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ । किनकि तिनीहरुले गुप्तमा गरेका कामहरुका विषयमा भन्नु पनि शर्मको कुरा हो । तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ । त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो । यसैले यस्तो भनिएको छः ‘ए निद्रामा परेकाहरु, जाग र मरेकाहरुबाट उठ, र ख्रीष्टले तिमीहरुलाई प्रकाश दिनुहुनेछ ।’ यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिस जस्तो होइन, तर बुद्धिमानजस्तो । समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ । यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, यो बुझ । दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ ।”
हामीले पवित्र आत्माले भरिपूर्ण
हाम्रो जीवन कायम राख्न के गर्नुपर्दछ ?
हामीले आफूलाई त्याग्नुपर्छ, क्रूस उठाउनुपर्छ
र हाम्रो दुष्ट विचारलाई त्याग्नुपर्छ र सुसमाचारको
प्रचारमा आफूलाई समर्पित गर्नुपर्छ ।
“पवित्र आत्माले भरिपूर्ण जीवन” कायम राख्न हामीले आफूलाई सुसमाचारको प्रचारमा समर्पित गर्नुपर्छ । पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन, हामीले पहिले त्यो आशिष् प्राप्त गर्नुपर्छ जसले हाम्रो हृदयमा पवित्र आत्माको बास गराउँदछ । पवित्र आत्माको बास प्राप्त गर्न हामीले यस किसिमको आस्था राख्नुपर्छ, त्यो के हो भने, हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नुपर्छ जुन परमेश्वरले हामीलाई प्रदान गर्नुभएको छ । यही आस्थाद्वारा, हामीले त्यो आशिष् प्राप्त गर्नेछौं जसले गर्दा पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ ।
के उनीहरु जोसँग पवित्र आत्माको बास छ पवित्र आत्माले भरिपूर्ण जीवन चाहन्छन् ? हो, उनीहरु अवश्य चाहन्छन् । यसको कारण के हो भने उनीहरुको आफ्नै समस्या परमेश्वरको कार्यभन्दा माथि हुन्छ, भन्नाले उनीहरु पवित्र आत्माद्वारा हिँड्न सक्दैनन् । पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्न, हामीले परमेश्वरको वचन सिक्नुपर्छ र विश्वास गर्नुपर्छ । सबभन्दा पहिले, हामीले कस्तो प्रकारको जीवन र आस्था राख्नुपर्छ भन्ने जान्न बाइबलमा हेरौं ।
केही मानिसहरुले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन नसक्नुको
कारण के हो ?
पहिलो कुरा, हामी यो भन्न सक्छौं कि उनीहरुले आफूलाई त्याग्न सक्दैनन् । बाइबलले भन्छ जसले आफूलाई त्याग्न सक्छ उसले मात्र पवित्र आत्माद्वारा हिँड्न सक्छ । किनकि पवित्र आत्माले भरिपूर्ण जीवन पाउँन हाम्रो शक्तिले सम्भव छैन, आफूलाई त्याग्नको लागि सबैले पवित्र आत्माको बासप्रति आस्था राख्नुपर्छ । परमेश्वरको राज्यको ध्यान नभएसम्म उनीहरुको लागि पनि, जसले पवित्र आत्माको बास प्राप्त गरेका छन् आफूलाई त्याग्न अफ्ठ्यारो हुन्छ । यसकारण पवित्र आत्माले भरिपूर्ण जीवनको लागि, हामीले पानी र आत्माको सुसमाचारको सेवा गर्नैपर्छ । तबमात्र कसैले आफूलाई त्याग्न सक्छ र धार्मिकताको सेवकको रुपमा जिउँन सक्छ ।
मत्ती १६:२४–२६ ले भन्छ, “तब येशूले आफ्ना चेलाहरुलाई भन्नुभयो, ‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् । किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ । सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?
केही मानिसहरु जो नयाँ गरी जन्मिएका छन् उनीहरु पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्दैनन् किनभने उनीहरुले शरीरको वासनालाई अस्वीकार गर्न सक्तैनन् । पवित्र आत्माको बास हुने मानिसहरुले पनि तब मात्र पवित्र आत्मालाई पछ्याउन सक्छन् जब उनीहरु आफ्नो शरीरको वासनालाई त्याग्दछन् । शरीरको जीवनका धेरै अवस्थाहरु छन् जुन हामीले परमेश्वरलाई पछ्याउनको लागि त्याग्नुपर्दछ । परमेश्वरले भन्नुभयो, “उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।”
सांसारिक सोचाइको हुनु मृत्यु हो, तर आध्यात्मिक सोचाइको हुनु जीवन र शान्ति हो । मानिसहरु जो पवित्र आत्माद्वारा हिँडन चाहन्छन् उनीहरुले शरीरको वासनाको जीवन त्याग्नै पर्दछ । जो यो बलिदान गर्न हिम्मत गर्छन् उनीहरुमात्र पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्न सक्छन् । पवित्र आत्माको पूर्णताको सत्य यही नै हो ।
तपाईं केलाई पछ्याउन चाहनुहुन्छ, परमेश्वरलाई अथवा संसारलाई ? तपाईंको रोजाइअनुसार, या त पवित्र आत्माले भरिपूर्ण जीवन तपाईंको हुनेछ अथवा वासनाले भरिएको जीवन । यदि तपाईं साँच्चै पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहनुहुन्छ भने, रोजाइ तपाईंकै हो । परमेश्वरले हामीलाई हाम्रो सबै पापबाट बचाउनुभयो र पवित्र आत्माको बासको वरदान प्रदान गर्नुभयो । तर यो तपाईंमा भर पर्छ यदि तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुहुन्छ या हुन्न । अर्को शब्दमा, पवित्र आत्माले भरिपूर्ण जीवन पहिले नै निर्धारित अथवा परमेश्वरले पहिले नै तोक्नुभएको हुन्न । पवित्र आत्माले भरिपूर्ण जीवन उनीहरुकै इच्छामा भर पर्छ जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दछन् ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन तपाईंमा इच्छाशक्ति
हुनुपर्दछ
यदि तपाईंसँग पवित्र आत्माले भरिपूर्ण जीवन जिउँने इच्छाशक्ति छ भने, परमेश्वरले यसको अनुमति दिनुहुनेछ । उहाँले तपाईंलाई मद्दत गर्नुहुनेछ र आशिष् दिनुहुनेछ । तर यदि तपाईं चाहनुहुन्न भने, तपाईंले पवित्र आत्माले भरिपूर्ण जीवन छोड्नुपर्ने छ ।
तपाईंले पवित्र आत्माको बास पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा मात्र प्राप्त गर्न सक्नुहुन्छ र तपाईंको इच्छाले होइन । तर पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्नु वा नराख्नुचाहिँ पूर्णरुपले तपाईंको इच्छामै भर पर्छ ।
त्यसकारण, यदि तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन चाहनुहुन्छ, तपाईंले आफ्नै इच्छालाई जाँच्नुपर्ने हुन्छ र परमेश्वरको मद्दत माग्नुपर्ने हुन्छ । यदि हामी साँच्चै पवित्र आत्माले भरिपूर्ण जीवन चाहन्छौं भने, परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ र हाम्रो इच्छा पूरा गर्नुहुनेछ । तर हाम्रो लक्ष्य पाउन हामीले शरीरको वासनालाई इन्कार गर्नुपर्छ ।
दोश्रो, पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन, हामीले हाम्रो क्रूस उठाउनुपर्छ । अफ्ठ्यारा परिस्थितिहरुमा पनि हामीले परमेश्वरको इच्छाअनुसार जिउँनु र हिँड्नुपर्छ । पवित्र आत्माले भरिपूर्ण धार्मिक जीवन जिउँनुको अर्थ यही नै हो ।
र तेश्रो, परमेश्वरले भन्नुभयो, “किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ । सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?” यसको अर्थ हुन्छ परमेश्वरलाई पछ्याउनु हाम्रो जीवनसँग सम्बन्धित छ । साँच्चैनै, यदि हामी उहाँलाई पछ्याउछौं भने, हाम्रो आत्मा र शरीर सम्पन्न हुनेछ तर यदि हामी उहाँलाई पछ्याउदैनौ भने त, हाम्रो आत्मा र शरीर दवै नाश हुनेछन् ।
हामी किन पवित्र आत्माले भरिपूर्ण जीवन पाउँन सक्दैनौ ? यसको कारण के हो भने हामी हाम्रो सोचाइलाई इन्कार गर्दैनौ, विशेष गरी शरीरको वासनालाई । जब हामी येशूलाई पछ्याउछौं, पवित्र आत्माले हाम्रो अन्तरआत्मालाई बलियो बनाउनुहुन्छ र त्यसकारण उहाँले हामीलाई बढी जोडसँग डो¥याउन सक्नुहुन्छ ।
एफिसी ५:११–१३ ले भन्छ, “अन्धकारका निष्फल कार्यहरुमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ । किनकि तिनीहरुले गुप्तमा गरका कामहरुका विषयमा भन्नु पनि शर्मको कुरा हो । तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ । त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो ।” ईसाईहरुले अन्धकारका निष्फल कार्यहरुमा भाग लिनुहुँदैन । तर परमेश्वर भन्नुहुन्छ यदि हामी अन्धकारको निष्फल कार्यहरुमा भाग लिन्छौं भने, त्यसलाई प्रकट गर । अन्धकारको कार्यको लागि हामीलाई धिक्कारिनु पर्छ, किनकि तिनीहरुले गुप्तमा गरेका कामहरुको विषयमा भन्नु पनि शर्मको कुरा हो । तर सबै कुरा ज्योतिद्वारा प्रकट गरिँदा प्रष्टै देखिन्छ ।
यी लाजमर्दो कुराहरुको बारेमा बोल्न र प्रकट गर्न को सक्षम छ ? यदि अरू, तपाईंको भाइहरु अथवा बहिनीहरु र परमेश्वरका सेवकहरुले पनि तिनीहरुलाई प्रकट गर्न सक्दैनन् भने, तपाईं आफैंले नै तिनीहरुलाई प्रकट गनुपर्छ । भनिन्छ सबै कुराहरु जुन प्रकट हुन्छ ती ज्योतिद्वारा प्रष्टै देखिन्छ । त्यसकारण हामीले हाम्रा दुष्कर्महरु ठीक छैनन् भनी स्वीकारनुपर्छ, र अन्धकारका निष्फल कार्यहरु आफैं अथवा हाम्रा गुरुमार्फत प्रकट गर्न पवित्र आत्माद्वारा डो¥याइनुपर्छ ।
यो संसारमा, सबै थोकहरु जुन प्रकट हुन्छन् ती नष्ट हुन्छन् जब तिनीहरु हप्काइन्छन् तर परमेश्वरको राज्यमा, सबै प्रकट हुने चीजहरु ज्योतिद्वारा प्रष्टै देखिन्छ, किनकि जुन कुरा प्रकट हुन्छ त्यो ज्योति नै हो । किनकि हामी सिद्ध हुनदेखि धेरै टाढा छौं, हामी यस संसारमा अन्जानमा धेरै पापहरु गर्छौं । तथापि, जब हामी परमेश्वरको वचनको ज्योति आफूमा छर्छौ, हामी निश्चित पापहरुप्रति सजग हुन्छौं र त्यसलाई स्वीकारन सक्षम हुन्छौं । र यही कारणले गर्दा हामी परमेश्वरलाई अनन्त धन्यवाद दिन्छौं ।
किनकि येशूले हाम्रा सबै पापहरु र अधर्महरु उठाइलैजानुभयो, र परमेश्वरको सबै धार्मिकता पूरा भयो जब येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभयो, परमेश्वरको धार्मिकताको ज्यातिद्वारा हामी प्रकट हुन सक्षम छौं । मानवताद्वारा गरिएका खरबौं पापहरु येशूमा सारियो जब उहाँले यूहन्नाबाट बप्तिस्मा लिनुभयो । उहाँ परमेश्वरका थुमा हुनुहुन्छ जसले संसारको पाप उठाइलग्यो, ती पापहरुको निम्ति सजाय भोग्न उहाँ क्रूसमा मर्नुभयो, र पुनरुत्थान हुनुभयो । येशूले मानवताका सबै पापहरु क्षमा गर्नुभयो र जब उहाँले भन्नुभयो, “अब सिद्धियो” (यूहन्ना १९–३०), सम्पूर्ण मानवता बचाइयो । येशूले जे गर्नुभयो त्यसमा आस्थाद्वारा हामी पवित्र भयौं । किनकि हाम्रा पापहरु क्षमा भएका छन्, हामी फेरि ज्योतिको सामु आउन सक्छौं र धार्मिक रुपले परमेश्वरलाई पछ्याउन सक्छौं ।
परमेश्वरले हामीलाई समयको सदुपयोग गर्न भन्नभयो
पावलले भन्नुभयो यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौं भने, हामीले समयको सदुपयोग गर्नैपर्छ । एफिसी ५:१६–१७ ले भन्छ, “समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ । यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, यो बुझ ।” यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौं भने, हामीले समयको सदुपयोग गर्नैपर्छ र मूर्ख बन्नुहुँदैन । हामीले परमेश्वरको इच्छा बुझ्नुपर्छ र त्यो गर्नुपर्छ । हामीले कुनचाहिँ बढी मूल्यवान छ भनेर निर्णय लिनुपर्छ : शरीरको वासनाप्रति आस्था भएको जीवन अथवा परमेश्वरप्रति समर्पित जीवन ।
हामी नयाँ गरी जन्मिएपछि, पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ । यदि हामी पवित्र आत्माको बास प्राप्त गर्छौं भने, यसको अर्थ हुन्छ हाम्रो स्वामी परमेश्वर हुनुहुन्छ र उहाँ हाम्रो राजा हुनुहुन्छ । उहाँ मात्र हाम्रो मुक्तिदाता हुनुहुन्छ र हामीले उहाँलाई हाम्रो परमेश्वर भनी पूर्णरुपले स्वीकारनैपर्छ । उहाँ हाम्रो एकमात्र मालिक हुनुहुन्छ । उहाँ नै मालिक हुनुहुन्छ जसले मलाई बनाउनुभयो, मेरा सबै पापहरु क्षमा गर्नुभयो र मलाई आशिष् दिनुभयो । र उहाँ राजा हुनुहुन्छ जोसँग मेरो जीवन र मृत्युमाथि, आशिष् अथवा श्रापमाथि आधिपत्य छ । हामीले स्वीकारनैपर्छ प्रभु नै आफै मालिक हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ यसकारण हामीले हाम्रो जीवनभरि उहाँको आज्ञा मान्नुपर्छ ।
फिलिप्पी २:५–११ ले के भन्छ हेरौं, “तिमीहरुमा यस्तो मन होस् , जो ख्रीष्ट येशूमा पनि थियो । परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो । स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ ।”
पावलले भने, “तिमीहरुमा यस्तो मन होस् ।” उनले भने येशू ख्रीष्टको मनमा यस्तो थियो । पावलले के भनेका हुन् भने “यस्तो मन” येशूको थियो, जो सृष्टिकर्ता परमेश्वर थिए र आफ्ना मानिसहरुलाई उनीहरुको पापबाट बचाउन आफ्ना पिताको इच्छाअनुसार यस संसारमा आउनुभयो । प्रभु यस संसारमा आउनुभयो र यूहन्नाबाट भएमो आफ्नो बप्तिस्माद्वारा संसारको सबै पापहरु उठाइलैजानुभयो । र जब उहाँ क्रूसमा मर्नुभयो, संसारका पापहरु उहाँद्वारा पूर्णरूपले नष्ट भए । त्यसपछि उहाँ तेश्रो दिनमा जीवित भई उठ्नुभयो र हाम्रो मुक्तिदाता हुनुभयो ।
येशू ख्रीष्ट, सृष्टिकर्ता, यस संसारमा आउने कारण हामीलाई बचाउनलाई थियो । उहाँले आफ्नो बप्तिस्मा र क्रूसको रगतद्वारा हामीप्रति उहाँको प्रेम दर्शाउनुभयो । सम्पूर्ण जगतले उहाँको सामु घुँडा टेक्नैपर्छ र उहाँको प्रेमको कदर गर्नुपर्छ जसले हामीलाई पापको क्षमा प्रदान ग¥यो यद्यपि उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो उहाँले आफूलाई सृष्टिको रूपमा होच्याउनुभयो । यसैकारणले सबै प्राणीले उहाँ नै सच्चा मुक्तिदाता हुनुहुन्छ भनेर स्वीकारनुपर्छ । उहाँले हामीलाई यो स्वीकारने बनाउनुभयो कि उहाँ सम्पूर्ण सृष्टिका परमेश्वर मात्र होइन तर हाम्रो निम्ति अति धार्मिकताको परमेश्वर पनि हुनुहुन्छ ।
हामी, जो परमेश्वरमा विश्वास गर्छौं र पवित्र आत्माको बास पाएका छौं , विश्वास गर्नैपर्छ कि ‘परमेश्वर नै मेरो निम्ति वास्तविक मालिक हुनुहुन्छ’ र हाम्रो हृदयमा येशू ख्रीष्टको प्रेम राख्नुपर्दछ । हामीले यो आस्था राख्नैपर्छ कि हामी हाम्रो मालिक होइनौ तर येशू ख्रीष्ट, जसले हामीलाई सृष्टि गर्नुभयो र हाम्रो सबै पापबाट बचाउनुभयो । र हामीले यो पनि आस्था राख्नुपर्छ उहाँ नै मालिक हुनुहुन्छ जसले हामीलाई आशिष्ले भरिपूर्ण नयाँ जीवन जिउँन लगाउनुहुन्छ र हाम्रो निम्ति सबै थोक तयार पार्नुहुन्छ र हाम्रो निम्ति काम गर्नुहुन्छ ।
यहाँ धेरै मानिसहरु छन् जो नयाँ गरी जन्मिएपछि स्वामी साट्न चाहँदैनन् । यहाँ धेरै छन् जोसँग पवित्र आत्माको बास छ तर उनीहरु आफै आफ्नो मालिक भनेर जिद्दी गर्छन् । पवित्र आत्माले भरिपूर्ण जीवन भनेको परमेश्वरलाई पछ्याउने जीवन हो । यस प्रकारको जीवन एकै दिनमा पाउन सकिदैन तर यो तब मात्र सम्भव छ जब हामी विश्वास गर्छौं कि येशू नै हाम्रो जीवनको मालिक हुनुहुन्छ, हामीलाई सृष्टि गर्ने र ब्रम्हाण्डमा अरू सबै कुराहरुको सृष्टि गर्ने एक परमेश्वर हुनुहुन्छ । येशू, हाम्रा परमप्रभु र परमेश्वर, जसले हामीलाई हाम्रो पापबाट बचाउनुभएको छ र स्वर्गको राज्यमा हामीलाई अनन्त जीवन प्रदान गर्नुभएको छ, उहाँको सेवा गर्न हामीलाई आस्थाको खाँचो छ ।
हामीले हाम्रो मनमा सत्यलाई स्वीकारनुपर्छ । धेरै मानिसहरु उनीहरुको जीवनमा उनीहरु आफै मालिक भएको जस्तो गरी जिउँछन् । उनीहरु आफ्नो जीवनप्रतिको अधिकारको सुरक्षा गर्छन् र यसलाई कायम राख्छन् । तर अब स्वामी बदल्ने समय आएको छ । अब हामी परमेश्वरलाई जान्ने भएका छौं, र यसकारण हाम्रा अत्यावश्यक स्वामी परमेश्वर हुनुहुन्छ ।
हामी सबैको हृदयमा पाप छ र आफ्नो दुष्कर्मको लागि नर्कमा दण्डित हुनैपर्छ । तर हामीले पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा परमेश्वरलाई भेट्टायौं । परमेश्वरले हामीलाई यति प्रेम गर्नुहुन्छ कि उहाँ यस संसारमा आउनुभयो, हाम्रा सबै पापहरु यूहन्नाबट बप्तिस्मा लिई आफूमा लिनुभयो र क्रूसमा मरी हाम्रो वास्तविक मुक्तिदाता हुनुभयो । र परमेश्वरमा हाम्रो आस्थाद्वारा, हामी हाम्रो पापबाट मुक्त भयौं । अर्को शब्दमा, हामीले पवित्र आत्माको बास प्राप्त ग¥यौं ।
बाइबल भन्छ, “तर कुनै मानिसमा ख्रीष्टका आत्म हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन” (रोमी ८:९) । जब हामीले उहाँको मुक्ति पायौं, अर्थात्, पवित्र आत्माको बास, हामी परमेश्वरको सन्तान भयांैै । पवित्र आत्मा हाम्रो परमेश्वर हुनुहुन्छ र हामीले पवित्र आत्माको निर्देशनअनुसार परमेश्वरको धार्मिकतामा हिँड्नैपर्छ । यसरी जिउँन, हामीले हामीप्रतिको आफ्नै मालिक्याइँलाई छोड्नुपर्छ । येशूलाई भेटिसकेपछि र उहाँद्वारा हामी बचाइएपछि, हामीले उहाँलाई हाम्रो एकमात्र मालिक बनाउनैपर्छ ।
हामीले हाम्रो हृदयको सिंहासन येशूलाई सुम्पनुपर्छ
यदि आफैलाई आफ्नो जीवनको मालिक ठान्छौं भने हामी परमेश्वरलाई पछ्याउन सक्दैनौ । जब परमेश्वरले हामीलाई उहाँको सेवा गर्ने आज्ञा दिनुहुन्छ, हामी अविलम्ब भन्नेछौं “हुन्छ” यदि हामी हाम्रो मालिक हुँदैनौ भने । अन्यथा, हामी भन्नेथियौं, “किन मैले तपाईंको लागि यसो गर्नु ?” त्यो व्यक्ति जो आफ्नो मालिक आफै छ परमेश्वरले उसलाई आज्ञा गर्नुभएको कुरा मान्न अस्वीकार गर्नेछ । उसले सोच्ने छ, “उहाँले इच्छाएको कुरा गर्न मसित अनुग्रह माग्नुपर्नेछ ।” त्यस्तो व्यक्तिको लागि, परमेश्वरको निर्देशन केही पनि होइन तर बेकारको र कष्टदायक वचन मात्र हो ।
तथापि, पवित्र आत्माले भरिपूर्ण हुन, हामीले उहाँको आज्ञालाई मान्नैपर्छ । हामी वध गर्न घिस्याइएको गाई हुनसक्तैनौ, तर यो भन्दा त हामीले परमेश्वरलाई स्वंसेवक भएर पछ्याउनैपर्छ । हामीले परमेश्वरलाई पछ्याउनैपर्छ, जो हाम्रो मुक्तिदाता हुनुहुन्छ, जसले हामीलाई धार्मिकताको पथमा डो¥याउनुहुन्छ । परमप्रभु नै परमेश्वर हुनुहुन्छ, जसले हामीलाई मुक्तिको आशिष् दिनुभयो । यदि हामी उहाँलाई आफ्नो मालिकको रूपमा सेवा गर्छौं र उहाँको नियमको पालना गर्छौं भने, हामी पवित्र आत्माले भरिपूर्ण हुनसक्छौं । यदि तपाईं र तपाईंको परिवारका सदस्यहरुले तपाईंको स्थान येशूलाई सुम्पन्छन् र उहाँलाई अरूभन्दा उच्च स्थानमा राख्छन् भने, तपाईंले जीवनमा अनुग्रह र आशिष् पाउनुहुनेछ ।
तपाईंले यस्तो खालको चलचित्र हेरेको हुनुपर्छ जहाँ एउटा मानिस शक्तिशाली बतासको विरुद्धमा समुद्मा भ्रमण गर्दैहुन्छ र उसको ठीक पछाडि येशू उभिरहनुभएको हुन्छ । जब यस्तो लाग्छ हामी हाम्रो जीवनका चुनौतीहरुको सामना गर्दछौं र परमेश्वरको कार्य गर्दछौं, वास्तवमा यो हाम्रा परमप्रभु येशू ख्रीष्ट हुनुहुन्छ जसले हामीलाई डो¥याउँदैहुनुहुन्छ र हाम्रो हात थाम्दैहुनुहुन्छ । सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ जसले हाम्रो जीवनको रेखदेख गर्नुहुन्छ । उहाँले हामीलाई बचाउनुभयो । उहाँले हामीलाई शैतानबाट रक्षा गर्नुहुन्छ, हामीलाई डो¥याउनुहुन्छ र हाम्रो जीवनमाथि उहाँकै आधिपत्य छ ।
किनकि उहाँ हाम्रो मालिक हुनुभयो, उहाँ हामीलाई निरिक्षण गर्न र आशिष् दिन सक्षम हुनुहुन्छ । तर यदि हामी उहाँलाई हाम्रो मालिकको रूपमा स्वीकार गर्दैनौ भने, उहाँले त्यो भूमिका निर्वाह गर्न सक्नुहुन्न । किनभने उहाँ व्यत्तित्व भएको परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई उहाँको इच्छा मान्न जबरजस्ती गर्नुहुन्न । यद्यपि उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ हाम्रो लागि केही पनि गर्नुहुन्न जबसम्म हामी उहाँको स्वेच्छापूर्वक हाम्रो मालिकको रूपमा सेवा गर्दैनौ र उहाँसित मद्दत माग्दैनौ ।
सबै कुराहरू उहाँलाई नै सुम्पनुहोस्
सबै कुराहरू उहाँलाई नै सुम्पनुहोस् ताकि उहाँले हामीमाथिको स्वामित्व पूरा गर्न सक्नुहोस् । उहाँको सेवा गर्नुहोस् र स्वीकारनुहोस् उहाँ नै हाम्रो स्वामी हुनुहुन्छ । किनकि हामी सिद्ध हुनदेखि टाढा छौं, हामीले सबै कुराहरु उहाँलाई सुम्पनैपर्छ र सबै उत्तरदायित्व उहाँमा सार्नुपर्छ । जब हामी हाम्रो परिवार, दैनिक जीवन र अरू सबै कुराहरु उहाँलाई सुम्पन्छौं, हामी परमेश्वरबाट विवेक प्राप्त गर्नेछौं र उहाँले चाहेअनुसार जिउँन सक्षम हुन्छौं, सबै समस्याहरुलाई परमेश्वरले प्रदान गर्नुभएको आस्था र शक्तिद्वारा व्यवस्थापन गर्नेछौं ।
अनि हाम्रा समस्याहरु हाम्रो स्वामीको हुनेछ, भन्नाको तात्पर्य यदि हामी सर्वशक्तिमान परमेश्वरलाई मात्र पछ्याउछौं भने, उहाँले हाम्रो उत्तरदायित्व लिनुहुनेछ । हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्षम हुनेछौं र उहाँको शान्ति पाई आनन्दित हुनेछौं । विश्वासीलो ईसाईको रूपमा, हामीले परमेश्वर सामु घुँडा टेक्नैपर्छ, उहाँलाई आफ्नो स्वामीको रूपमा स्वीकारनुपर्छ र सेवा गर्नुपर्छ ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन हामीमा कस्तो प्रकारको आस्था हुनुपर्छ भन्ने जान्न फिलिप्पी ३:३ ले के भन्छ हेरौं, “किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं ।” यहाँ ‘खतना’ भन्नाले उनीहरुलाई बुझाउँछ जो परमेश्वरलाई आत्मामा पुज्छन्, ख्रीष्ट येशूमा गर्व गर्छन्, र शरीरमा भरोसा राख्दैनन् ।
खतनाको अनुसार जिउँनु भनेको हाम्रो हृदयमा भएको सबै पापलाई हटाएर येशू ख्रीष्टमा सार्नु हो, जसले यूहन्नाबाट बप्तिस्मा लिनुभएको थियो । जो पवित्र आत्माद्वारा डो¥याइन्छन् उनीहरुको जीवन पवित्र आत्माको ऋणी हुन्छ । उनीहरु परमेश्वरको सेवा गर्छन् र ख्रीष्ट येशूमा यसो भनेर गर्व गर्छन्ः “येशूले मलाई यस्तो महिमामय जीवन जिउँन डो¥याउनुभयो । उहाँले मलाई धर्मी बनाउनुभयो र आशिष् दिनुभयो । उहाँको सेवा गर्न चाहिने सम्पूर्ण अनुग्रह उहाँले मलाई दिनुभयो ।” हामीले यसरी नै जिउँनु आवश्यक छ । यो नै पवित्र आत्माले भरिपूर्ण जीवन हो । पावलले भने, “यसकारण चाहे तिमीहरु खाओ अथवा पिओ, वा तिमीहरु जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर” (१ कोरिन्थी १०:३१) ।
फिलिप्पी ३:१३–१४ ले भन्छ, “भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु ।” परमेश्वरले हामीलाई ती कुराहरु बिर्सन भन्नुभयो जुन् हाम्रो पछाडि छन्, र अगाडिका कुराहरुतिर लम्कन भन्नुभयो । हामीले हाम्रो लक्ष्यतर्फ जोडसँग अगि बढ्नैपर्छ । हाम्रो धार्मिक कर्म अथवा दुष्कर्म जे भएपनि, हाम्रो पछाडिका कुराहरुलाई हामीले बिर्सनैपर्छ र ती कुराहरुतिर लम्कनुपर्छ जुन अगाडि छन् र हाम्रो लक्ष्यतर्फ जोडसँग अगि बढ्नैपर्छ । यो लक्ष्य हो येशू ख्रीष्टमा भरोसा राखी उहाँमा विश्वासद्वारा उहाँको सेवा गर्नु हो ।
हामी सिद्ध हुनदेखि धेरै टाढा छौं, यसकारण जब हामी शरीरको लालसा अनुभव गर्छौं हामी सजिलैसँग पतन हुनसक्छौं । तथापि, परमेश्वरलाई माथि हेरेर र आस्था राखेर, हामी हाम्रो सबै कमजोरीहरु र अधर्महरु हटाउन सक्छौं । जब येशू ख्रीष्टले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो, हाम्रा सबै पापहरु उहाँमा सारिए । जब उहाँ पुनरुत्थानद्वारा हाम्रो मुक्तिदाता हुनुभयो, हामीलाई नयाँ जीवन प्राप्त भयो धन्यवाद उहाँमाथिको हाम्रो विश्वासलाई । त्यसकारण, हामीले ती सबै कुराहरु हटाउनुपर्छ जुन हाम्रा पछाडि छन्, ती कुराहरुतर्फ लम्कनुपर्छ जुन हाम्रा अगि छन् र हाम्रो लक्ष्यतर्फ जोडसँग अगि बढ्नुपर्छ ।
पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्न
हामीले हाम्रो अगाडि भएका कुराहरुतर्फ लम्कनुपर्छ र उच्च लक्ष्यतर्फ जोडसँग अगि बढ्नुपर्छ । म आशा गर्छु तपाईं बितेका कुराहरुलाई जतिसक्दो चाँडो बिर्सनुहुनेछ यदि तिनीहरु तपाईंको लागि बोझ छन् भने । यहाँ धेरै कुराहरु छन् जुन हाम्रो कमजोरीको कारणले गर्न सकिदैन, तर ती महत्वका छैनन् किनकि जे महत्वपूर्ण छ त्यो हाम्रो अगाडि भविष्यमा छ । किनकि भविष्य महत्वपूर्ण छ, हामीले हाम्रो स्थान आस्थाद्वारा येशू ख्रीष्टलाई सुम्पनुपर्छ र उहाँद्वारा डो¥याइनुपर्छ । हामीले उहाँलाई निर्णय गर्न दिनुपर्छ हामी भविष्यमा कसरी जिउँछौं र त्यो गर्नुपर्छ जे उहाँको लागि प्रिय छन् ।
हामीले चेलाहरुले जस्तै जिउँनुपर्छ
हामीले पवित्र आत्माले भरिपूर्ण जीवन तब मात्र जिउँन सक्छौं जब हामी हाम्रो पापको क्षमामा बलियो आस्था राख्छौं । यो धेरै महत्वपूर्ण छ । २ तिमोथी २:१–१० हेरौं । “यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ । धेरै जना साक्षीकहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौं, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ । ख्रीष्ट येशूका असल सिपाहीझैं दुःख भोगमा हामीसँग सहभागी होऊ । सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ । प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन । परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ । म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ । मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो । त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेको छु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु । तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन । यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून । ”
जसरी पावलले तिमोथीलाई भन्नुभयो, त्यसरी नै पवित्र आत्माले हामीलाई भन्नुहुन्छ, “ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ । धेरै जना साक्षीकहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौं, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।”
“ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ । यहाँ अनुग्रहमा बलियो हुनुको अर्थ हो उहाँमा विश्वासद्वारा र उहाँमा आश्रित भएर हामीले पानी र आत्माको सुसमाचारमा हाम्रो आस्थालाई बलियो पार्नुपर्छ । येशू ख्रीष्ट यस संसारमा आफ्नो बप्तिस्माद्वारा हाम्रो सबै पाप स्वीकारन आउनुभयो, क्रूसमा मर्नुभयो, र हाम्रो मुक्तिदाता हुनको लागि पुनरुत्थान हुनुभयो । यसको अर्थ हुन्छ हामीले परमेश्वरको अनुग्रहमा बलियो हुनुपर्छ र उहाँप्रति कृतज्ञ हुनुपर्छ । परमेश्वरले हामीलाई बचाउनुभयो र त्यसकारण हामीले मुक्तिलाई परमेश्वरको उपहारको रूपमा विश्वासद्वारा ग्रहण गर्नुपर्छ । यो मुक्ति पापको क्षमाबाट प्राप्त हुन्छ । दिनदिनै बिहानीको प्रार्थना अर्पण गर्नु अथवा चर्चको निर्माणको लागि रुपियाँ दान दिनुसित यसको केही पनि सम्बन्ध छैन । मुक्ति प्राप्त गर्नको लागि यी कुराहरुले राम्रो गर्नुको सट्टा बढी नराम्रो नै गर्छन् ।
पापको क्षमाद्वारा हाम्रो मुक्तिको अर्थ हुन्छ कि येशू ख्रीष्टले, हाम्रो कर्मको बावजुद, हाम्रो सबै पाप लिन बप्तिस्मा लिनुभयो, अनि हाम्रा अधर्महरु मेटाउनको लागि क्रूसमा मर्नुभयो । हामीलाई हाम्रो सबै पापबाट बचाउनको लागि उहाँ पुनरुत्थान हुनुभयो । पास्टरहरुका पाप पनि सत्यको यस सुसमाचारमा विश्वासद्वारा क्षमा गरिन्छन्, जसरी सामान्य मानिसहरुका गरिन्छन् । जो कोहीले पनि आफ्नो सम्पूर्ण हृदयले येशू ख्रीष्टमा यसरी विश्वास गर्छ भने उसले पापको क्षमा पाउने छ । त्यसकारण हामी मुक्तिको अनुग्रहप्रति विश्वस्त हुनसक्छौं र हाम्रो आस्थालाई बलियो पार्न सक्छौं ।
यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौ भने, पानी र आत्माको सुसमाचारप्रतिको हाम्रो आस्थामा बलियो हुनुपर्छ । हाम्रो जीवनमा धेरै क्षेत्रहरु छन् जहाँ हामी योग्य ठहरिदंैनौ, र हाम्रो कमजोरीको भाग पाउँछौं । त्यसकारण हामी मुक्तिको अनुग्रहमा बलियो हुनुपर्छ । जब–जब हाम्रो कमजोरी देखापर्छ, हामीले आफैलाई यसो भनेर आफ्नो आस्थामा ध्यान दिनुपर्छ, “परमेश्वरले मलाई पानी र आत्माको सुसमाचारद्वारा बचाउनुभयो । येशूले मेरा सबै पापहरु पानी र आत्माद्वारा क्षमा गर्नुभयो ।” यो सुसमाचारमा विश्वासद्वारा र आफूलाई पवित्र आत्माको बास प्राप्त गरी बलियो बनाएर हामी धर्मी ठहरिन्छौं । पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा हामी हाम्रो सबै पापबाट बचाइन्छौं र बलियो हुन्छौं । हाम्रो आस्थाद्वारा हामी धन्य भयौं ।
पावलले भने, “यसकारण चाहे तिमीहरु खाओ अथवा पिओ, वा तिमीहरु जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर” (१ कोरिन्थी १०:३१) । यो धेरै महत्वपूर्ण छ । यसको अर्थ हुन्छ हामीले हाम्रो जीवन परमेश्वरको निम्ति सुम्पनैपर्छ । “चाहे तिमीहरु खाओ अथवा पिओ ।” हामीले परमेश्वरको काम गर्न उहाँको निम्ति खानु, पिउनु र बलियो हुनुपर्छ । आफ्नो स्वास्थ्यको निम्ति हामीले असल खानेकुराहरु खानुपर्छ ताकि हामी सुसमाचारको प्रचार गर्न सकौं ।
“सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ” (२ तिमोथी २:४) । सुसमाचार प्रचार गर्नको लागि तपाईंले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुपर्छ । हामी आस्थापूर्ण जीवन जिउँन सक्छौं जब हामी जीवनलाई सुसमाचार प्रचार गर्नको खातिर डो¥याउँछौं । सबैजना जो यस्तो आस्थापूर्ण जीवन बिताउँछन् उनीहरु पवित्र आत्माले भरिपूर्ण छन् । हामी सबैले पवित्र आत्माले भरिपूर्ण जीवनको लागि प्रयत्न गर्नुपर्छ । तपाईंले कडा परिश्रमद्वारा प्राप्त गर्नुभएको भेटी पनि सुसमाचारको निम्ति प्रयोग गर्नुपर्छ ।
यदि तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्न चाहनुहुन्छ भने, तपाईंले आफूलाई परमेश्वरको निम्ति समर्पित गर्नुपर्छ, उहाँको सेवामा हुनुपर्छ, तपाईंको पैसालाई सुसमाचारको निम्ति प्रयोग गर्नुपर्छ र तपाईंको सबै आनन्द र दुःखहरु परमेश्वरसँग बाँडचूड गर्नुपर्छ । यदि हामी यस प्रकारको जीवन जिउँन चाहन्छौं भने, हामीले बलियो आस्थामा बाँच्नुपर्छ र सुसमाचारको सेवा गर्न दृढ इच्छाशक्ति हुनुपर्छ ।
धेरै मानिसहरुले अहिलेसम्म आफ्नै निम्ति बाँचेका छन् । उनीहरुले पर्खाल ठड्याएका छन् र आफ्नै निम्ति उनीहरुको धनसम्पत्ति साँचेका छन् र आफ्नो मालिक आफै छन् । तथापि, अब हामीले परमेश्वरको निम्ति बाँच्नुछ । हामीले परमेश्वरलाई हाम्रो एकमात्र मालिकको रूपमा ग्रहण गर्नुपर्छ । परमेश्वर भन्नुहुन्छ, “सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ ।” असल सिपाहीको जीवन जिउँनु भनेको नियमको पालना गर्नु हो । परमेश्वरले हाम्रो समस्याहरु समाधान गर्नुहुन्छ, हाम्रो रक्षा गर्नुहुन्छ र हामीलाई डो¥याउनुहुन्छ यदि हामी उहाँको निम्ति विश्वासिलो सिपाहीझैं जिउँछौं भने । उहाँ हामीलाई पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्न भन्नुहुन्छ (मत्ती ६:३३) ।
परमेश्वरको वचनमा केही पनि झूटो छैन । यदि हामी उहाँलाई पछ्याउँछैं भने, हामी उहाँको वचनको सत्यतालाई अनुभव गर्नेछौं । तर सम्झनुहोस् पहिले तपाईंको हृदयमा पवित्र आत्माको बास हुनुपर्छ । पवित्र आत्माको बासबिना कुनै व्यक्तिले उसको आफ्नो सिंहासन परमेश्वरलाई हस्तान्तरण गर्न सक्तैन । तथापि, पवित्र आत्माको बास भएको व्यक्तिले उसको हृदयको सिंहासन परमेश्वरलाई सुम्पन सक्छ र यसरी पवित्र आत्माको पूर्णतालाई अनुभव गर्न सक्छ र आफ्नो हृदयमा सुख र शान्ति प्राप्त गर्न सक्छ ।
पवित्र आत्माको बास तपाईंमा तब मात्र साँच्चै हुनेछ जब तपाईं पानी र आत्माको सुन्दर सुसमाचारलाई बुझ्नुहुन्छ र यसमा विश्वास गर्नुहुन्छ । यदि तपाईं पवित्र आत्माको पूर्णता प्राप्त गर्न र आशिष्ले भरिएको जीवन जिउँन चाहनुहुन्छ भने, तपाईंले परमेश्वरलाई राजाको रूपमा सेवा गर्नुपर्नेछ र परमेश्वरको राज्यको हितको निम्ति बाँच्नुपर्छ । तब तपाईं पवित्र आत्माले भरिनुहुनेछ र तपाईंको हृदय अनि प्रशस्त हुनेछ र तपाईंको सम्पन्न जीवन कायम हुनेछ जसै तपाईं परमेश्वरको राज्यको सन्तान भएकोमा आशिष् पाउनुहुन्छ ।
मैले यो सन्देश दिएको छु कि मानिसहरु जसले पापबाट मुक्ति पाएका छन् र परमेश्वरमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त गरेका छन् उनीहरुले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनैपर्छ । मैले पवित्र आत्माले भरिपूर्ण जीवनको व्याख्या गरेको छु र कसरी यस्तो जीवनलाई कायम राख्ने भनेर बयान गरेको छु । मैले यो पनि वर्णन गरेको छु कि तपाईंले आस्थाद्वारा तपाईंको सिंहासन परमेश्वरलाई सुम्पनैपर्छ र आस्थाद्वारा तपाईंले उहाँको सेवा गर्नुपर्छ र पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्नुपर्छ ।
फेरि एकचोटि, उनीहरुको लागि जोसँग पवित्र आत्माको बास छ, नयाँ गरी जन्मनु अन्त्य होइन । उसले पवित्र आत्माले भरिपूर्ण जीवनलाई निरन्तरता दिनुपर्छ । हामीले साँच्चै जान्नुपर्छ र विश्वास गर्नुपर्छ कि हाम्रो आत्मा र शरीरले तब मात्र आशिष् पाउँछ जब हामी त्यस्तो जीवन जिउँछौं ।
यस प्रकारको जीवन स्वस्फुर्त हुँदैन । यो तब मात्र हुन्छ जब हामी परमेश्वरमा हाम्रो मालिकको रूपमा विश्वास गर्छौं र उहाँलाई हाम्रो हृदयको उच्चस्थानमा राख्छौं । परमेश्वरले हामीलाई बचाउनुभयो र पहिले नै हामीलाई पवित्र आत्माले भरिपूर्ण जीवन प्रदान गर्नुभएको छ, सुसमाचारको सेवा गर्ने जीवन । उहाँले हामीलाई आफ्नो काम पनि दिनुभयो र उहाँको काम गर्न स्थान दिनुभयो ताकि हामी पवित्र आत्माले भरिपूर्ण जीवन कायम राख्न सकौं ।
तपाईंले आफैलाई उहाँप्रति समर्पित गर्नैपर्छ र उहाँको निम्ति जिउँनुपर्छ । सुन्दर सुसमाचारको प्रचारद्वारा उहाँको सेवा गर्नुहोस् । तब तपाईंको हृदय पवित्र आत्माले भरिपूर्ण हुनेछ, र सुख र अनुग्रह तपाईंबाट बहने छ । उहाँ फर्केर आउनुहुने दिनमा, तपाईंले आशिष् पाउनुहुनेछ, र तपाईं गर्वका साथ उहाँको सामु उभिनुहुनेछ र उहाँको इनाम पाउनुहुनेछ । तपाईं र मैले पवित्र आत्माले भरिपूर्ण जीवनको प्रशंसा गर्नुपर्छ । हामीले आस्थाद्वारा यस प्रकारको जीवन जिउँने प्रयत्न गर्नुपर्छ । यसरी नै पवित्र आत्माले भरिपूर्ण जीवन कायम हुन्छ ।
के तपाईंले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन आफ्नो हृदयको सिंहासनलाई त्याग्नुभएको छ ? म आशा गर्छु तपाईं उहाँलाई तपाईंको हृदयको उच्च स्थान लिन दिनुहुनेछ । तपाईंमा पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन इच्छाशक्ति हुनैपर्छ । तब मात्र उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ ताकि तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्नुहोस् ।