( तीतस ३ः१–८ )
“शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमान्दार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ । तिनीहरुले कसैको बदनामी नगरून्, झैंभगडाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून् । किनभने हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम–किसिमका कामवासना र सुख–विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृण गर्ने थियौं । तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं । यो भनाइ पक्का छ । म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरु जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन् ।
कसरी हामी पवित्र आत्माले भरिपूर्ण
जीवन जिउँन सक्छौं ?
हामीले परमेश्वरको इच्छालाई बुझ्नुपर्छ र सोहीअनुसार
सुसमाचारको प्रचार गर्नुपर्छ ।
उनीहरू जो येशूमा विश्वास गर्छन् र पवित्र आत्माको बास प्राप्त गरेका छन् उनीहरुले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनैपर्छ । ख्रीष्टियानहरूको लागि, पवित्र आत्माले भरिपूर्ण जीवन नै परमेश्वरले चाहनुहुन्छ । हामीले उहाँको आज्ञाहरूलाई मान्नै पर्छ । त्यसो भए कसरी हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्छौं ? यस बारेमा प्रेरित पावलले के भने त्यसमा हामीले ध्यान दिनुपर्छ ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनको लागि के चाहिन्छ ?
तीतस ३ः१ मा पावलले भने, “शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमान्दार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ ।” सबभन्दा पहिले, उनले हामीलाई शासकहरु र अधिकारीहरुका वशमा रहनू भनेर भने । उनले के भन्न खोजेका हुन् भने संसारको नियमलाई अवज्ञा गरेर हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्तैनौं । हो, यदि संसारका शासकहरु र नियमहरु सत्यको विरुद्धमा हुन्छन् भने, हामीलाई तिनीहरुलाई मान्नु हुँदैन । तर यदि नियमहरुले हाम्रो आस्थालाई दखल दिदैँनन् भने, सुसमाचारलाई शान्तिपूर्वक प्रचार गर्न हामीले त्यसलाई मान्नैपर्छ ।
हामीले पवित्र आत्माको बास प्राप्त गरेका छौं । हामी कसरी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्छौं यदि हामी सांसारिक नियमहरुलाई तोड्छौं भने ? त्यसकारण, पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन, हामीले संसारको नियमलाई मान्नैपर्छ । जसले पवित्र आत्माको बास प्राप्त गर्छन् उनीहरुले सामाजिक मान्यताहरुलाई मान्नैपर्छ । हामी परमेश्वरसँग तब मात्र हिँड्न सक्छौं जब हामी सांसारिक नियमहरुको पालना गर्दछौं ।
मानौं हामी मध्ये एउटाले चर्चमा आउँदै गर्दा कुनै अपराध ग¥यो । के उसले सुधिापूर्वक परमेश्वरको सेवा गर्न सक्छ ? यो संसारमा कसरी ऊ परमेश्वरको शिक्षाअनुसार बस्न सक्छ यदि ऊ नियमभन्दा बाहिर बस्छ भने ? पवित्र आत्माद्वारा हिँड्दा हामीले सामाजिक मान्यताहरुलाई खलल पु¥याउनु हुँदैन । नियम नमानेर केही पनि असल हुँदैन । नियमको पालना गरेर हामीले शान्ति कायम राख्नुपर्दछ । सुसमाचारको प्रचार गर्दा हामीले सीधासादा जीवन जिउँने प्रयास गर्नुपर्छ । पवित्र आत्माको पूर्णतामा जिउँनको लागि, समाजको नियम स्वीकारनु नै सन्तहरुको लागि बुद्धिमानी हुन्छ ।
हामीले हाम्रो हृदयमा विनम्रता राख्नुपर्छ
पावलले भने, “तिनीहरुले कसैको बदनामी नगरून्, झैंभगडाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून् ।” पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनको लागि, हामीले कसैको बदनामी गर्नुहुँदैन, शान्तिपूर्ण हुनुपर्छ, विनम्र हुनुपर्छ र सबै मानिससँग भद्रताको व्यवहार गर्नुपर्छ ।
नयाँ गरी जन्मिएका मानिसहरुको हृदयमा, त्यहाँ विनम्रता, संयम र भद्रता हुन्छ । यो किन सम्भव छ भने पवित्र आत्मा हाम्रो हृदयमा बास गर्नुहुन्छ । पावलले हामीलाई भने कि एक अर्काको विरुद्धमा लागेर हामीले सुसमाचारलाई कमजोर पार्नुहुँदैन । हो, हामीले सामाजिक नियमसित लड्नुपर्छ, विरुद्धमा हुनुपर्छ यदि त्यो सुसमाचारको विरुद्धमा छ भने । तर यदि त्यो छैन भने, हामीले शान्तिपूर्वक जिउँनुपर्छ । हामीले अरूले हाम्रो बारेमा यस्तो सोचून् भनेर काम गर्नुपर्छ, “यद्यपि ऊ कुनै बेला सिंह जस्तो जंगली हुन्छ, वास्तवमा ऊ परेवा जस्तो शान्तिपूर्ण छ । उसको ईसाई धर्मप्रतिको आस्थाले सायद उसलाई विनम्र र बुझ्ने मानिस बनाएको छ ।”
शरीरको वासनामा कुनै भद्रता र विनम्रता हुँदैन । तर पवित्र आत्माको बासद्वारा र हामीलाई हाम्रो पापबाट बचाउनुहुने परमेश्वरद्वारा, हामी अरूप्रति विनम्र हुन सक्छौं । कसैले भयंकर गल्ती गरेको छ र उसलाई क्षमा गर्नु नै मेरो निम्ति वास्तविक “क्षमा” हो र उसलाई मेरो हृदयको गहिराइदेखि नै विनम्र व्यवहार गर्नु वास्तविक “विनम्रता” हो । कसैप्रति वास्तवमा घृणा छ तर ऊप्रति दयालु जस्तो देखिनु मेरो निम्ति विनम्रता होइन । विनम्रताले भरिपूर्ण हृदय हुनु र क्षमाशील हुनु नयाँ गरी जन्मिएका ईसाईहरुको आन्तरिक नैतिकता हो ।
हामीलाई गलत गर्ने मानिसहरुप्रति पनि हामी दयालु हुनुपर्छ । जहाँसम्म उनीहरु सुसमाचारलाई अवरोध पु¥याउने कोसिस गर्दैनन्, हामीले सबैप्रति विनम्र हुनुपर्छ । तर यदि उनीहरु गर्छन् भने, हामीले विनम्रताको प्रकाशलाई सत्यको प्रकाशमा बदल्नुपर्छ । परमेश्वरको सत्यमा मात्र विनम्रता पाइन्छ, त्यसकारण जो परमेश्वरको वचनलाई विरोध गर्छन्, हस्तक्षेप गर्छन् अथवा निन्दा गर्छन् उनीहरु विनम्र व्यवहारको लागि योग्य हुँदैनन् ।
परमेश्वरले उनीहरुलाई क्षमा गर्नुहुन्न जो उहाँको विरोध गर्छन् बरु उनीहरुलाई यसको मूल्य तिर्न लगाउनुहुन्छ । परमेश्वरले अब्राहमलाई भन्नुभयो, “तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु” (उत्पत्ति १२–३) । जो मानिसहरु सत्यको सुसमाचारको विरोध गर्छन् उनीहरुको बच्ने कुनै उपाय हुँदैन । उनीहरु विपत्तिबाट जोगिन सक्ने छैनन् जसले उनीहरुको जीवन मात्र नाश पार्दैन तर उनीहरुको तेश्रो पुस्तासम्मलाई असर गर्नेछ ।
हामीले किन सहनशील र विनम्र हुनुपर्छ ? किनकि तीतस ३ः३ मा लेखिएको छ, “हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम–किसिमका कामवासना र सुख–विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृण गर्ने थियौं ।” हामी पनि नयाँ गरी जन्मिनुभन्दा पहिले यी मानिसहरु जस्तै थियौं । त्यसकारण हामी सहनशील हुनुपर्छ र उनीहरुलाई क्षमा गर्नुपर्छ किनकि हामी पनि एक पल्ट उनीहरु जस्तै थियौं ।
तीतस ३ः४–८ ले भन्छ, “तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं । यो भनाइ पक्का छ । म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरु जसले परमेश्वरमा विश्वास राखेका छन आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन् ।”
बाइबलको अनुसार, परमेश्वरले हामीलाई हामीले राम्रो काम गरेको हुनाले पापबाट बचाउनुभएको होइन । उहाँले हामीलाई नयाँ गरी जन्मनुको आशिष् दिनुभयो किनभने उहाँ हामीलाई प्रेम गर्नुहुुन्थ्यो र दया गर्नुहुन्थ्यो । अर्को शब्दमा, येशू ख्रीष्ट यस संसारमा आउनुभयो, बप्तिस्मा लिनुभयो, पुनर्जीवित हुनुभयो, र यसरी हाम्रो सबै पाप पखाल्नुभयो । येशू पुनर्जीवित हुनुभयो र अब परमेश्वरको दाहिनेपट्टि बस्नुहुन्छ । । मरेकाहरुबाट फेरि जीवित भई उठेर, सबै पूरा हुन बाँकी संसारका कामहरु सम्पन्न भए ।
परमेश्वरले हामीलाई येशू ख्रीष्ट, हाम्रो मुक्तिदाता मार्फत, पवित्र आत्माको आशिष् दिनुभयो । संसारको सबै पाप लिनको लागि येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र र हाम्रो सबै पापहरु क्षमा गर्नको लागि क्रूसमा मर्नुभयो । हामीहरु बचाइयौं र धार्मिक भएका छौं ।
बाइबलले यो पनि भन्छ, “हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं ।” यसको अर्थ हुन्छ हामी, परमेश्वरको उत्तराधिकारीको रूपमा, उहाँको सबै वैभव र महिमाको वारिस हौं । यस प्रकारको आशिष्ले भरिएको जीवन जिउँन, हामीले पवित्र आत्माको परिपूर्णतामा जीवन बिताउनैपर्छ । तपाईंले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नैपर्छ, तपाईंको सम्पूर्ण पापहरुबाट क्षमा पाउनुपर्छ र अरूलाई सुसमाचार प्रचार गर्नुपर्छ ।
त्यसकारण, हाम्रो पापबाट क्षमा पाएको हुनाले, हामीले अरूको भलाइको निम्ति काम गर्नुपर्छ, संसारको नियमको पालना गर्नुपर्छ र उनीहरुलाई सुसमाचार प्रचार गर्नुपर्छ जो परमेश्वरलाई खोजिरहेका छन् । र हामीलाई गलत गर्ने मानिसहरुलाई हामीले क्षमा गर्नुपर्छ र उनीहरुलाई असल र विनम्र व्यवहार गर्नुपर्छ ताकि उनीहरु सुन्दर सुसमाचारको प्रचारमा हस्तक्षेप गर्न नसकून् । “यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन् ।” यदि तपाईं पवित्र आत्माको परिपूर्णताको कामना गर्नुहुन्छ भने, तपाईंले सम्झनुपर्छ पावलले हामीलाई के भने । यो कुनै विशेष कुरा जस्तो नलाग्न सक्छ, तर यी महत्वपूर्ण वचनहरु हुन् ।
किनकि हामी यस संसारमा बाँचिरहेका छौं, हामी पवित्र आत्माले भरिपूर्ण हुन सक्तैनौ यदि हामी अरूसँग यो संसारको नियमहरुको पालना नगरी झैंझगडामा अल्झन्छौं भने । त्यसकारण हामीले संसारका नियमहरुलाई पालना गर्नुपर्छ जबसम्म ती परमेश्वरको वचनसँग बाझ्दैनन् । हामीले यस संसारको नियमलाई मान्नैपर्छ । यद्यपि हामीसँग आस्था छ, नियमलाई मान्नु नै ठीक चुनाउ हो यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौं । हामीले असल कामहरु गर्नको लागि, संसारको नियमहरुलाई मान्नैपर्छ र हाम्रो छिमेकीहरुसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।
के तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहनुहुन्छ ?
एफिसी ५ः८–११ ले भन्छ, “किनकि एक पल्ट तिमीहरू अन्धकार थियौं, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ । ज्योतिका सन्तानझैं हिँड्डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर । अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ ।” यो पदले हामीलाई ज्योतिका सन्तानझैं हिँड्डुल गर्न र पवित्र आत्माको फल फलाउन भन्दछ ।
अनि एफिसी ५ः१२–१३ ले भन्छ, “किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरा हो । तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ । त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो । पावल यहाँ भन्छन् कि ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ । यदि धार्मिक व्यक्तिले धार्मिकतापूर्वक जिउँदैन भने, ऊ परमेश्वरद्वारा अथवा आफैद्वारा प्रकट हुनेछ । के हुन्छ जब कुनै व्यक्ति अन्धकारको कामहरू गर्दा समातिन्छ, र अनि ज्योतिद्वारा हप्काइन्छ ? आफ्नो गल्ती स्वीकारीसकेपछि, जब ऊ फेरि परमेश्वरको सामु हुन्छ उसको हृदय हलौं हुन्छ । “तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ । त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो ।” ज्योतिद्वारा प्रकट हुनु राम्रो कुरा हो । तब हामी हाम्रो अधर्महरुलाई स्वीकारन सक्छौं र परमेश्वरतर्फ फर्कन सक्छौं ।
यदि हामी साँच्चै पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौं भने, हामीले हाम्रो हृदयमा दया राख्नुपर्छ । कुनै मानिसको हृदयमा पाप छैन भने पनि, यसको अर्थ यो हुँदैन कि उसले दयालु हुनुपर्दैन । हामीले हाम्रो हृदयमा असलपन र दया राखेर जिउँनुपर्छ । हामीले बुद्धिमानीपूर्वक प्रचार गर्नुपर्छ र ती मानिसहरुको लागि प्रार्थना गर्नुपर्छ जो पानी र आत्माको सुसमाचारको बारेमा जान्दैनन् ताकि उनीहरु यसलाई बुझ्न सकून् र उनीहरुको पापबाट क्षमा पाऊन् । हामीले सुसमाचारको लागि नै खानु, सुत्नु र जिउँनुपर्छ र साथसाथै अरूको राम्रो सेवा पनि गर्नुपर्छ ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनलाई, हामीले समयको महत्वलाई बुझ्नुपर्छ र ज्ञानी मानिसलेझैं सुसमाचारको प्रचार गर्नुपर्छ । जब हामी संसारलाई प्रेम गर्छौं, हामी अन्धकारको छलमा फस्छौं र परमेश्वरको कामप्रति बेवास्ता गर्नसक्छौं । त्यसकारण, हामीले हाम्रो आँखालाई परमेश्वरप्रति स्थिर राख्नुपर्छ र उहाँले जे चाहनुहुन्छ त्यही गर्नुपर्छ । परमेश्वरले हामीलाई प्रदान गर्नुभएको मुक्तिमा विश्वास गर्दै, हामी हर समयमा चनाखो हुनुपर्छ । पवित्र आत्माको ज्ञान भएको व्यक्तिले संसार अन्धकारले भरिनुभन्दा पहिले नै विश्वव्यापी रूपमा सुसमाचारको प्रचार गर्न आफूलाई समर्पित गर्नुपर्छ ।
परमेश्वरको इच्छालाई बुझ्नुहौस्
परमेश्वरलाई के प्रिय लाग्छन् हामीले सो खोज्ने प्रयास गनुपर्छ । उहाँ आफ्नो चर्चद्वारा र वचनद्वारा के गर्न चाहनुहुन्छ त्यो हामीले सिक्नैपर्छ । हामीले जान्नुपर्छ हामीले के गर्दा परमेश्वर खुशी हुनुहुन्छ र हाम्रो लागि उहाँको के इच्छा छ त्यो पत्तो लाउनुपर्छ ।
मानिसहरु जसले आफ्नो पापको क्षमा पाएका छन् उनीहरु नयाँ गरी जन्मिएका हुन् र जो नयाँ गरी जन्मिएका छन् उनीहरुसँग पवित्र आत्माको बास हुन्छ । जोसँग भित्र पवित्र आत्माको बास हुन्छ उनीहरु साँच्चै पवित्र मानिसहरु हुन् र परेश्वरका सन्तान हुन् । उनीहरुले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुपर्छ । सबै सन्तहरुको कर्तव्य यही नै हो । हामीले अरूको आवश्यक्ताहरुलाई बेवास्ता गरेर हाम्रो क्षमता र ऊर्जालाई आफैमा खर्चनुहुँदैन । हामीले समयको प्रवाहसँगै हिँडेर परमेश्वरको कामलाई अवरोध पु¥याउनुहुँदैन ।
यदि हामीे परमेश्वरको प्रेमद्वारा पवित्र भएका छौं र पुनर्जीवन प्राप्त गरेका छौं भने, हामीले उहाँको कामलाई निरन्तरता दिन र सम्पन्न गर्न असल मानिस हुनैपर्छ । यदि हामी उहाँमा विश्वासद्वारा परमेश्वरको सन्तान भएका छौं भने, हामीले असल मानिस हुनु ठीक छ ।
परमेश्वरको सन्तानको शरीर सिद्ध हुनदेखि धेरै टाढा छ तर यसले परमेश्वरलाई प्रसन्न पार्छ; यदि हामी उहाँको इच्छाप्रति सजग छौं र असल कामहरु गर्छौं भने । तर नयाँ गरी जन्मिएका मानिसहरुले पनि अरूलाई खराब गर्न सक्छन् यदि उनीहरु आफ्नै निम्ति मात्र बाँच्छन् भने । “दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ” (एफिसी ५ः१८) । यसको अर्थ हुन्छ कि हामीले शरीरको वासनाले मात्तिनुहुँदैन तर असल कामहरु गर्नुपर्छ ।
पावलले एफिसी ५ः१९–२१ मा भने, “एउटाले अर्कासँग भजन, गीत, र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैं सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ । ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस ।” यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौं भने, हामीले मुक्तिको सुसमाचारमा विश्वास गर्नुपर्छ र यसको प्रचार गर्नुपर्छ र परमेश्वरले हाम्रो निम्ति गर्नुभएको कुराहरुलाई प्रकट गर्नुपर्छ ।
जब हामी प्रार्थना गर्छौं परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ र हामीलाई एक स्वरमा उहाँको प्रशंसा गर्नको लागि उहाँले यी सबै आशिष्हरुलाई भजन, गीत र आध्यात्मिक गानहरुमा अभिलेख गर्नुभएको छ । हामीले उहाँको स्मरण गर्नुपर्छ, धन्यवाद दिनुपर्छ र प्रशंसा गर्नुपर्छ । जब हामी एक अर्काको लागि र उनीहरुको लागि प्रार्थना गर्छौं जो अहिलेसम्म बचाइएका छैनन् हामी पवित्र आत्माले भरिपूर्ण धन्यको जीवन जिउँन सक्छौं । हामीले हाम्रो हृदयको गहिराइदेखि परमेश्वरलाई धन्यवाद दिनुपर्छ र येशू ख्रीष्टलाई आदर गर्नुपर्छ, जसले हामीलाई बचाउनुभयो । हाम्रो हृदयमा यी विचारहरु राखेर, हामीले हाम्रो गल्तीहरुलाई स्वीकारन सक्नुपर्छ, हामीलाई पापबाट पवित्र पार्नुभएकोमा कदर गर्नुपर्छ र उहाँको आज्ञा मान्नुपर्छ । पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनु भनेको यही नै हो ।
हामीले हाम्रो बाँकी जीवनभरि सुन्दर सुसमाचारको सेवा गर्नुपर्छ
हामीले सुन्दर सुसमाचारको बढी महिमाको लागि असल कामहरुको योजना बनाउनुपर्छ र त्यसमा लागिपर्नुपर्छ । परमेश्वरको चर्चसित गाँसिएर, हामीले सँगै प्रार्थना गर्नुपर्छ र सबै जनाको आत्मा बचाउनको लागि पुकारा गर्नुपर्छ । यहाँ अझै धेरै मानिसहरु छन् जो नयाँ गरी जन्मन सक्तैनन् किनकि उनीहरुलाई सुन्दर सुसमाचारको बारेमा थाह छैन यद्यपि उनीहरुले परमेश्वरलाई खोजेका छन् । हामीले यी मानिसहरुको लागि यसो भनेर प्रार्थना गर्नुपर्छ, “परमप्रभु, कृपया उनीहरुलाई पनि बचाउनुहोस् ।” र हामीले स्वार्थी कुराहरुमा लागिपर्नु हुँदैन तर आफ्नो सम्पत्तिलाई हराएकाहरुको उद्धार गर्न सुसमाचारको सेवामा अपर्ण गर्नुपर्छ । अरूहरुको आत्माको लागि र परमेश्वरको राज्यको विस्तारको लागि जिउँनु नै असल काम गर्नु हो ।
यस प्रकारको काम गर्नु भनेको पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनु हो । पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुको अर्थ अनौठो भाषामा बोल्न सक्ने खुबी हुनु र आश्चर्य कामहरु गर्नु होइन, तर परमेश्वरलाई कसरी प्रसन्न पार्ने भनेर सिक्नु हो । यसको अर्थ हो परमेश्वरले प्रदान गर्नुभएको मुक्तिमा विश्वास गर्नु, र भजन र कविताद्वारा परमेश्वरको प्रशंसा र महिमा गर्नु हो । हाम्रो शरीरलाई धार्मिकताको औजार बनाएर आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई धन्यवाद दिनु, प्रशंसा गर्नु र महिमा गर्नु नै परमप्रभुको इच्छा हो । उहाँको आज्ञाहरुको पालना गर्नु नै पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनु हो ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन, हामीले एक अर्कालाई मान्नैपर्छ । यदि कसैले हामीलाई सल्लाह दिन्छ भने, उसले के भन्छ हामीले त्यो सुन्नुपर्छ । यसै प्रकारले, यदि म उसलाई सल्लाह दिन्छु भने, ऊ मसित सहमत नभए पनि उसले मेरो कुरा सुन्नुपर्छ । यसरी नै, हामीले एक अर्कालाई मानेर र परमेश्वरको काम गरेर पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुपर्छ ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुको अर्थ येशू ख्रीष्टको महिमा गर्नु हो
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुको अर्थ येशू ख्रीष्टको आज्ञाहरुको पालना गर्नु हो । यो भनेको के हो भन्ने जान्न एफिसी ६ः१०–१३ पढौं । “अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामथ्र्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर । किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूको विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टयाइँका आत्मिक सेनाहरूका विरुद्ध हो । यसैकारण परमेश्वरका सारा हतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खडा हुन सक्ने होओ ।”
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनु भनेको के हो ? यसको अर्थ हो परमेश्वरमा स्थिर हुनु र उहाँको शक्तिमा आस्था राख्नु हो । यसको अर्थ हाम्रो इच्छाले मात्र होइन बरु हामीमा बास गर्नुहुने पवित्र आत्माको शक्तिद्वारा जिउँनु हो । यसबाहेक यो भनेको प्रार्थनाको जीवन जिउँनु हो । प्रार्थनाद्वारा, हामी परमेश्वरले प्रदान गर्नुहुने विभिन्न क्षमता र आशिषले गर्दा ऊर्जाशील जीवन जिउँन सक्र्छौ । यसप्रकारको जीवन जिउँनु भनेको परमेश्वरको हातहतियार धारण गर्नु हो । हामी यति कमजोर छौं कि, उहाँको सेवा गर्न र उहाँको आज्ञा मान्न यद्यपि हामी उहाँद्वारा हिँड्ने कोशिश गर्छौं, हामी तबसम्म पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्तैनौं जबसम्म हामी उहाँको वचनलाई धारण गर्दैनौ ।
हाम्रो आध्यात्मिक शक्तिलाई बढाउन परमेश्वरको वचनमा विश्वास गर्नु आवश्यक छ । हामीसँग आस्था भए तापनि, हामीले यसो भनेर परमेश्वरको सारा हातहतियार धारण गर्नुपर्छ, “म विश्वस्त छु त्यही हुनेछ जे परमेश्वरको वचनमा अभिलेख गरिएको छ ।” यही नै त्यो आस्था हो जसले हामीलाई पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन समर्थ बनाउँछ ।
के तिमीहरुमध्ये कसैलाई यस प्रकारको जीवन जिउँन समस्या परिरहेको छ ? त्यसो भए पवित्रधर्मशास्त्रको वचनहरुलाई स्मरण गर र परमेश्वरको सारा हातहतियार धारण गर । वचनलाई आफ्नो हृदयको गहिराइभित्र लग्यौ भने, तिमीले बुझ्ने छौं परमेश्वरको सारा हातहतियार धारण गर्नु भनेको के हो । हाम्रो वातावरण जस्तो भए पनि र अरू मानिसहरुले जे भने पनि, हामीले परमेश्वरको वचनलाई धारण गर्नुपर्छ । यसरी, हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँने छौं ।
हामी यस्तो विश्वास कहाँ पाउन सक्र्छौ ? प्रकाश ३ः२२ ले भन्छ, “जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ ।” पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ त्यो हामीले सुन्नुपर्छ । अर्को शब्दमा, हामी परमेश्वरको वचन सुन्न सक्दैनथ्यौं न त पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्थ्यौं यदि परमेश्वरका सेवकहरु नभएका भए । कोद्वारा पवित्र आत्माले बोल्नुहुन्छ ? परमेश्वरले आफ्नो चर्चको सेवकहरुमार्फत सन्तहरु र संसारका सारा मानिसहरुसित बोल्नुहुन्छ ।
भनाइको तात्पर्य, परमेश्वरको चर्चको सिकाइ साँच्चै परमेश्वरको वचनमा आधारित छ । आफ्नो मनमा यही आस्था राखेर तपाईंले चर्चको शिक्षाहरुलाई मान्नुपर्छ । यदि पवित्र आत्मा प्रचारकमा बास गर्नुहुन्न भने, उसको लागि आफ्नो विचार मात्र सिकाउन सम्भव हुन्छ । पवित्र आत्माको बास हुने प्रचारकले पवित्र आत्माको नियन्त्रणमा रहेर परमेश्वरको वचनको प्रचार गर्दछ । यदि उसले यसो नगरेर बाइबलमा आधारित नभएका वचनहरुको प्रचार गर्दछ भने, उसको हृदयमा बास गर्नुहुने पवित्र आत्माले उसलाई रोक्नुहुनेछ ।
पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । परमेश्वरका सेवकहरुको अधिकार अति नै बढी हुन्छ किनकि परमप्रभु उसमा बास गर्नुहुन्छ । नयाँ करारमा, येशू ख्रीष्टले पत्रुसलाई भन्नुभयो, “म तिमीलाई स्वर्गको राज्यका साँचाहरु दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ” (मत्ती १६ः१९) । स्वर्गको साँचाहरु भनेको पानी र आत्माको सुसमाचार हो । अर्को शब्दमा, यो सुसमाचार नै स्वर्गमा प्रवेश गर्ने साँचो हो । परमप्रभुले परमेश्वरको वचन प्रचार गर्ने अधिकार पत्रुसलाई मात्र दिनुभएन तर परमेश्वरको प्रत्येक सेवकलाई र सबै सन्तहरुलाई, जहाँ सम्म उनीहरु नयाँ गरी जन्मिएका छन् र पवित्र आत्माको बास प्राप्त गरेका छन् ।
पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनको लागि, हामीले परमेश्वरको सबै हातहतियारलाई धारण गर्नुपर्छ । यदि हामीमा आस्था छैन भने, हामीले परमेश्वरको चर्चको सेवकको अधिकारमा विश्वास गरेर दिनदिनै चर्चको सिकाइलाई हाम्रो मनमा राख्नुपर्छ । तपाईंले आज सुन्नुभएको प्रवचन तपाईंलाई काम लाग्ने छैन र तपाईंको जीवनमा प्रत्यक्ष सम्बन्धित छैन भने पनि, तपाईंले यसलाई सुन्नैपर्छ र आफ्नो हृदयमा लिनुपर्छ । तपाईंको दैनिक जीवनमा चाहिने वचनहरुलाई बाइबलमा खोज्नुहोस् । तिनलाई धारण गर्नुहोस् । यसरी तपाईं, आस्थाको मानिस हुनुहुनेछ । तब तपाईं पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्नुहुनेछ, परमेश्वरद्वारा हिँड्न सक्नुहुनेछ र यो संसारका प्रधानताहरूको विरुद्धमा र अन्धकारका शासकहरूको विरुद्धमा युद्ध जित्नुहुनेछ ।
तपाईं अन्योलमा हुनसक्नुहुन्छ किनभने तपाईंलाई संसारका शासकहरुलाई मान्न भनिएको थियो तर अब म भन्छु तपाईंले यो संसारको अन्धकारका शासकहरुको विरुद्धमा युद्ध गर्नुपर्छ । रोमीहरुको समयमा, रोमी सम्राटले आफैलाई परमेश्वर भन्यो र कानूनको माग पनि सबै मानिसहरुले रोमी सम्राटलाई नै परमेश्वर भन्नुपथ्र्यो । तर यो ईसाईहरुले गर्न नसक्ने कुरा थियो किनभने यो परमेश्वरको वचनको विरुद्धमा थियो । त्यसैले त्यो बेलाको ईसाईहरुसित रोमी सम्राटसित युद्ध गर्नुको विकल्प थिएन, जसले मानिसहरुलाई आफू नै परमेश्वर भएझैं गरी निहुरिन लगाउँथ्यो ।
शैतानको विरुद्धमा युद्ध जित्नको लागि, हामीले परमेश्वरको वचनमा विश्वास गर्नुपर्छ र त्यसलाई धारण गर्नुपर्छ । यदि हामी परमेश्वरको वचनअनुसार जिउँछौं भने, हामीले उहाँको आशिष् पाउनेछौं र शैतानलाई हराउन समर्थ हुनेछौं । हामी बचाइएका भए पनि, यदि हामी परमेश्वरको वचनलाई धारण गर्दैनौ भने शैतानसित युद्ध हार्नेछौं । परमेश्वरले हामीलाई होशियार गराउनुहुन्छ, “तिमीहरुको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैं खोजिहिँड्छ” (१ पत्रुस ५ः८) । जुन व्यक्ति परमेश्वरको वचनमा विश्वास गर्दैन ऊ शैतानद्वारा सजिलै आक्रमणमा पर्न सक्छ ।
यदि परमेश्वरको वचन नभएको भए येशूले पनि शैतानलाई खेद्न सक्नुहुने थिएन । “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनले जीवित रहँदछ’” (मत्ती ४ः४) । जे लेखिएको थियो त्यसमा आस्थाद्वारा उहाँले शैतानलाई धपाउनुभयो । र हाम्रो बारेमा चाहिँ ? हामीमा ज्ञानको कमी छ र येशूसित तुलना गर्न मिल्दैन । त्यसकारण, हामीले परमेश्वरको वचनमा विश्वास गर्नैपर्छ र अझै बढी दृढतापूर्वक त्यसलाई धारण गर्नुपर्छ ।
हामीले खालि यस्तो भन्नुहुँदैन, “म सोच्छु वचनहरु ठीक छन् तर म यसमा पूर्णरुपले विश्वास गर्न सक्दिन ।” हामीले वचनलाई धारण गर्नैपर्छ । “म विश्वास गर्छु यसमा लेखिएको कुराहरु सबै सत्य हुनेछन् ।” यो नै सही आस्था होे र हामीलाई परमेश्वरको सारा हतियार धारण गर्न समर्थ बनाउँछ । जो मानिसहरु यसो भन्छन्, “हाम्रा परमेश्वरले भन्नुभएझैं सबै कुराहरु साकार हुनेछन्,” उनीहरुले आशिष् पाउनेछन् । यदि कोही परमेश्वरको वचनलाई धारण गर्दछ र त्यसमा भरोसा गर्दछ भने, उसको आस्थाअनुसार असल कुराहरु हुनेछन् । शैतानले हामीलाई लोभ्याउन खोज्यो भने पनि, ऊ पक्कै भाग्नेछ यदि हामीले यसो भन्यौ भने, “म परमेश्वरको वचनमा विश्वास गर्छु । म विश्वास गर्छु उहाँको वचन नै ठीक उत्तर हो ।” शैतानको विरुद्धमा युद्ध जित्ने तरिका यही नै हो ।
हामीले परमेश्वरको वचनलाई धारण गर्नैपर्छ
“यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खडा हुन सक्ने होओ । यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती–पाता लाएर खडा होओ, र खुट्टामा मिलापको सुसमाचारको जुत्ता लाएर तयार होओ । साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरु दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ । मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो” (एफिसी ६ः१३–१७) ।
यो अनुच्छेदमा, “यसकारण, आफ्ना कम्मर सत्यले कसेर खडा होओ,” परमेश्वरको वचनलाई आफ्नो कम्मरमा कस्ने पटुकासँग तुलना गरिएको छ । यसको अर्थ हुन्छ हामीले हाम्रो मनलाई परमेश्वरको वचनले कस्नुपर्छ । उनी हामीलाई सत्यको वचनलाई पछ्याउन भन्दैछन् ताकि हामी परमेश्वरसित एक मनको होऔं । तर जसरी पटुका हाम्रो कम्मरमा कसिन्छ, त्यसरी नै हामीले आफूलाई परमेश्वरको वचनसिन कसेर बाँध्नुपर्छ । जब हामी परमेश्वरसित एक मनको हुन्छौं, हामी स्वभाविक रुपले विश्वास गर्न सक्छौं र यसो भन्न समर्थ हुन्छौं, “म विश्वास गर्छु सबै कुरा राम्रै हुनेछ । म विश्वस्त छु सबै कुरा परमेश्वरले भन्नुभएअनुसार नै साकार हुनेछन् ।”
त्यसपछि, हामीले धार्मिकताको छाती–पाता लाउनुपर्छ । हामीले पानी र आत्माको सुसमाचारको छाती–पाता लाउनुपर्छ जसले भन्छ परमेश्वरले हामीलाई बचाउनुभयो । हामीले धार्मिकताको छाती–पाता लाएर, हाम्रो कम्मरलाई सत्यले कस्नुपर्छ । हामीले बहुमूल्य जवाहरातको छाती–पाता लाउनुपर्छ । परमेश्वरले हाम्रा सबै पापहरु क्षमा गर्नुभएको छ भन्ने विश्वास राखेर हामीले त्यो लाउनुपर्छ । हामीले हाम्रो सम्पूर्ण हृदयले परमेश्वरको वचनलाई विश्वास गर्नुपर्छ । हामीले मुुक्तिको सुसमाचार पनि प्रचार गर्नुपर्छ जसले शान्ति प्रदान गर्दछ ।
माथिका सबै वचनहरुलाई धारण गरिसकेपछ, हामीले मिलापको सुसमाचारको जुत्ता लाएर तयार हुनुपर्छ, र मुक्तिको सुसमाचारको प्रचार गर्न निस्कनुपर्छ जसले सबै मानिसलाई परमेश्वरको शान्ति प्रदान गर्दछ । यदि हामी हाम्रो पापबाट बचाइएका छौं भने, हामी यसलाई आफ्नो मुखबाट स्वीकारने छौं । र जब–जब हाम्रो पाप र दुष्टयाइँ प्रकट हुन्छ, हामीले त्यसलाई परमेश्वरले पहिले नै हाम्रो सबै पापहरु क्षमा गरिसक्नुभएको छ भन्ने सत्यमा चिन्तन गरेर हटाउनुपर्छ । उहाँले यो येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा गर्नुभयो । हामीले परमेश्वरलाई धन्यवाद दिएर महिमायुक्त जीवन जिउँुपर्छ । हामीले पानी र आत्माको सुसमाचार प्रचार गर्नैपर्छ, जसले पापबाट मुक्त नभएकाहरु सबैलाई शान्ति प्रदान गर्दछ ।
सबभन्दा महत्वपूर्ण, हामीले दुष्टसित आस्थाको ढाल लिएर युद्ध गर्नुपर्छ । जब शैतानले आक्रमण गर्छ, हामीले उसलाई एक हातमा आस्थाको ढाल र अर्को हातमा सत्यको वचन लिएर धपाउनुपर्छ ।
त्यसपछि हामीले मुक्तिको टोप लगाउनुपर्छ । हामीले मुक्तिको वचनलाई यसो भनेर स्वीकारनुपर्छ, “पानी र आत्माको सुसमाचारद्वारा म मेरो सबै पापहरुबाट बचाइए । यही तरिकाले परमेश्वरले मेरो पाप क्षमा गर्नुभयो ।” हामीले हाम्रो दिमागमा यही सत्यलाई चिन्नुपर्छ । हामीले परमेश्वरको वचनलाई, मुक्तिको टोप र पवित्र आत्माको तरवारलाई शैतानको विरुद्धमा हाम्रो हातहतियार बनाउनैपर्छ ।
यदि शैतानले हामीलाई आक्रमण गर्छ भने, हामीले हाम्रो तरवार निकाल्नैपर्छ र उसलाई उसको स्थानबाट हटाउनुपर्छ । “परमेश्वरले यो भन्नुभएको थियो ! र म विश्वास गर्छु यो यही हो !” हामी शैतानलाई परमेश्वरको वचनमा आस्थाद्वारा धपाउछौं । यदि हामी परमेश्वरको वचनमा विश्वास गर्छौं र आफ्नो आध्यात्मिक तरवार झिक्छौं भने, ऊ यसरी चिच्याउँदै भाग्ने छ, “एैया ! यसले कस्तो चोट लाग्छ ।” यदि हामी परमेश्वरको वचनमा विश्वास गर्छौं भने मात्र शैतानको जुनै प्रकारको आक्रमणलाई पनि रोक्न सक्छौं ।
तपाईंले स्वीकार गरी त्यस्तो धार्मिक जीवन जिउँनुपर्छ, “मेरो शरीर सिद्ध हुनदेखि धेरै टाढा छ तर म परमेश्वरको मानिस हुँ जसले मुक्ति पाएको छ । म परमेश्वरले मलाई भन्नुभएको वचनलाई धारण गरेर, आस्थाद्वारा जिउँछु ।” यदि यस किसिमको आस्था राख्छौं भने, हामी शैतानलाई सत्यको तरवारले धपाउन सक्छांैै जब–जब ऊ हाम्रो आस्थाको जीवनमा सताउन र हस्तक्षेप गर्न आउँछ । यदि हामीले सांसारिक वचनहरुले प्रत्याक्रमण ग¥यौं भनेता शैतानले झिमिक्क पनि गर्दैन । त्यसैले हामीले ऊसित यसो भनेर युद्ध गर्नुपर्छ, “परमेश्वरले भन्नुभएको यो हो ।” । तब शैतानले परमेश्वरको अधिकार सामु घुँडा टेक्नेछ ।
यदि हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन चाहन्छौै भने, हामीले परमेश्वरसित प्रार्थना गर्नुपर्छ कि चर्च, सबै सन्तहरु र परमेश्वरका सेवकहरुले आफूलाई सुसमाचारको प्रचारमा समर्पित गरून्। यस्तो प्रकारको प्रार्थना भनेर, “मलाई साहसपूर्वक सुसमाचारको सत्य प्रकट गर्न दिनुहोस्,” हामी सुसमाचारको सेवामा लक्षित जीवन जिउँन सक्नेछौं । यो पवित्र आत्माले भरिपूर्ण जीवन हो । पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनु सबै सन्तहरुको लागि आवश्यक छ । यदि हामी साँच्चैको सन्त हुन चाहन्छौं भने, हामीले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुपर्छ । त्यस्तो जीवन जिउँनु सबै सन्तहरुको लागि आवश्यक छ, जसरी पापको क्षमा पाउनु प्रत्येक आत्माको लागि जरुरी छ । यो परमेश्वरको आज्ञा हो ।
जो आफ्नो पापबाट बचाइएका त छन् तर कसरी आस्थापूर्ण जीवन जिउँने भनेर जान्दैनन् उनीहरुले कसरी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँने भनेर जान्नैपर्छ । परमेश्वरले यही चाहनुहुन्छ । सन्तहरुले पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनैपर्छ, जुन परमेश्वरको इच्छा हो । पवित्र आत्माले भरिपूर्ण जीवनले सन्तहरुलाई असल कामद्वारा सुसमाचारको प्रचार गर्न प्रोत्साहित गर्दछ । उनीहरु सुसमाचारको प्रचार गर्न, परमेश्वरलाई प्रार्थना गर्न, र परमेश्वरको वचनमा विश्वास गर्न र त्यसलाई धारण गर्न मनपराउँछन् । हामीले मुक्तिको टोप र धार्मिकताको छाती–पाता लाउनैपर्छ र शैतानलाई यसो भनेर टाढा धपाउनुपर्छ, “म हर समय धार्मिक छु ।”
किनकि सन्तहरुसँग पवित्र आत्माको बास हुन्छ, उनीहरु पवित्र आत्माद्वारा हिँड्न र पवित्र आत्माको शक्ति प्राप्त गर्न समर्थ हुन्छन् । आस्थाको प्रार्थनाद्वारा परमेश्वरबाट आशिष् प्राप्त गरी उनीहरु उहाँको काम गर्दैछन् । र उनीहरुले तबसम्म पवित्र आत्माद्वारा हिँड्नुपर्छ जबसम्म उनीहरुले शैतानलाई परास्त गर्दैैनन् र परमेश्वरको सामु उभिदैँनन् । नयाँ गरी जन्मिएका ईसाईहरुले मात्र परमेश्वरको सबै हातहतियार धारण गर्न सक्छन् र पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्छन् ।
“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूको विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टयाइँका आत्मिक सेनाहरूका विरुद्ध हो” (एफिसी ६ः१२) । नयाँ गरी जन्मिएका मानिसहरुको युद्ध शरीर र रगतको विरुद्ध होइन । तथापि, पवित्र आत्माको बास भएकाहरुको युद्ध स्वर्गीय स्थानहरुमा भएका दुष्टयाइँका आत्मिक सेनाहरूका विरुद्ध हो र उनीहरुका विरुद्ध हो जो हाम्रो आस्थापूर्ण जीवनलाई हस्तक्षेप गर्दछन्, सुसमाचारको सेवा गर्दैनन् र हामीलाई बाधा पु¥याउँछन् ।
जब हामी परमेश्वरको सुसमाचारको लागि आध्यात्मिक युद्ध लड्न निस्कन्छौं, हामीले पवित्र आत्माको टोप र हातहतियार धारण गर्नैपर्छ । यस युद्धमा हामी यदि साधारण वस्त्र धारण गर्छौ भने, हामी घाइते हुनेछौं । त्यसकारण, हामीले परमेश्वरको सारा हातहतियार धारण गर्नैपर्छ । हामीलाई तरवार, ढाल र टोपको आवश्यक्ता पर्छ । यो युद्ध जित्नको लागि, हामी पूर्णरूपले तयार हुनुपर्छ । हामीले छाती–पाता लाउनपर्छ, कम्मर कस्नुपर्छ र दुवै खुट्टामा जुत्ता लाउनुपर्छ । त्यसपछि, हातमा तरवार र ढाल लिएर, हामीले हाम्रो शत्रुहरूलाई परास्त गर्नुपर्छ । यो नै पवित्र आत्माले भरिपूर्ण जीवन हो ।
हामीले सुन्दर सुसमाचारलाई धारण गर्नैपर्छ
पावलले हामीलाई भने, “तिमीलाई जिम्मा लाएको सत्यलाई हामीमा वास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख” (२ तिमोथी १ः१४) । असल निक्षेप के हो ? यो पानी र आत्माको सुसमाचार हो जसले हामीलाई हाम्रो पापबाट बचायो । तीतस ३ः५ ले भन्छ, “पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माको नवीकरणद्वारा उहाँले हामीलाई मुक्ति दिनुभयो ।” हाम्रा परमप्रभुले हामीले यस संसारका गरेका सबै पापहरू पखाल्नभयो, क्रूसमा मर्नुभयो र पुनर्जीवित हुनुभयो । हामीले यो सुन्दर सुसमाचारलाई धारण गर्नैपर्छ । हामीले मुक्तिको टोप र धार्मिकताको छाती–पाता लाउनुपर्छ र हाम्रो कम्मरलाई सत्यले कस्नुपर्छ । हामीले पानी र आत्माको सुसमाचारमा विश्वास गर्नैपर्छ ।
यसरी आफूलाई सारा हातहितयारले सुसज्जित पारी, हामीले शैतानको विरुद्ध युद्ध जित्नैपर्छ । तब मात्र हामी विजय प्राप्त गर्न सक्र्छौ र यसलाई अरूसँग बाँड्न सक्छौं । हामीले शैतानको विरुद्ध धेरै आध्यात्मिक युद्धहरु लड्नुछ र अन्त्यको दिनसम्म, जब हामी परमेश्वरको राज्यमा प्रवेश गर्छौं, जसको हामी उत्तराधिकारी हौं, शैतानबाट धेरै विजय–चिन्हहरू लिनुछ । हामी हाम्रो प्रतिद्वन्दीको विरुद्धमा जति बढी युद्धहरू जित्छौं, त्यति नै अर्को युद्ध हाम्रो निम्ति सहज हुनेछ । हामी सबैले उहाँको राज्यको विस्तार र समृद्धिको लागि प्रार्थना गर्नुपर्छ । तब हामीले पवित्र आत्माले भरिपूर्ण जीवन पाउँनेछौं ।
हामीले हाम्रो पापबाट क्षमा पाएकोमा मात्र सन्तुष्ट हुनुहुँदैन तर पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनुपर्छ । सुसमाचार र हाम्रो असल कामहरुको लागि, हामीले परमेश्वरको वचनमा विश्वास गर्नैपर्छ । हामी पवित्र आत्माद्वारा डो¥याइनुपर्छ र हामीले परमेश्वरको वचनलाई विश्वास गरेर र धारण गरेर जिउँनुपर्छ, ताकि हामी शैतानसित युद्ध नहारौं र नाश नहोऔं
तपाईं मलाई बुझ्नुहुन्छ ? तब मात्र पवित्र आत्माले भरिपूर्ण जीवन जिउँनेछौं । म आशा गर्छु तपाईंले पनि पानी र आत्माको सुसमाचारको सेवा गर्नुहुनेछ र परमेश्वरको वचनमा भरोसा राख्नुहुनेछ र त्यसलाई पछ्याउनुहुनेछ । हामी सबैजना शैतानबाट आत्माहरू बचाउने काम गरौं । परमेश्वर फेरि नआउनुभएसम्म हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्छौं । पवित्र आत्माको परिपूर्णता प्राप्त गर्नु परमेश्वरले हामीलाई दिनुभएको दोश्रो आज्ञा हो । उहाँलाई धन्यवाद दिनुहोस् । हाम्रो हृदयको पापहरूको क्षमाद्वारा हामी पवित्र आत्माको बास प्राप्त गर्न सक्छौं । र पवित्र आत्माको बास नहुँदो हो त, म पवित्र आत्माले भरिपूर्ण जीवनको शुरुवात पनि गर्न सक्ने थिइन । हामीलाई पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन दिनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु ।
के तपाईं पवित्र आत्माको बास प्राप्त गर्न सक्छु भनेर विश्वास गर्नुहुन्छ ? हामीहरूमध्ये जसले पापको क्षमा पाएका छन्, उनीहरुले पवित्र आत्माको बास प्राप्त गरेका छन् । तर जसले आफ्ना पापहरू अझै मेटाएका छैनन् उनीहरुमा पवित्र आत्माको बास हुँदैन । जसले पानी र आत्माको सुसमाचार जान्दैनन् अथवा यसमा विश्वास गर्दैनन् उनीहरुमा पवित्र आत्माको बास हुँदैन । यो संसारका सबै मानिसहरु नर्कमा झारिनेछन् यदि उनीहरुमा पवित्र आत्माको बास छैन भने ।
किनकि हाम्रो हृदयमा कुनै पाप छैन, हामीमा पवित्र आत्माको बास छ । र किनकि पवित्र आत्मा हाम्रो हृदयमा बास गर्नुहुन्छ, हामी पवित्र आत्माले भरिपूर्ण जीवन जिउँन सक्छौं । हामीले, जोसँग पवित्र आत्माको बास छ, पवित्र आत्माले भरिपूर्ण हुनको लागि पवित्र आत्माको इच्छालाई मान्नैपर्छ । हामी पवित्र आत्माको इच्छा जति बढी मान्छौं, हाम्रो आस्था त्यति नै बढी बलियो हुन्छ, हामी योद्धाले सम्पूर्ण पोशाक धारण गरेझैं हुन्छौं । तर यदि हामी पवित्र आत्मालाई मान्दैनौ भने, यो हाम्रो निम्ति सबै हातहतियारलाई बिसाउनुझैं हुनेछ ।
हामी पवित्र आत्मको वचनद्वारा विकसित होऔं र आस्थाको मानिस बनौं । जब हामी पवित्र आत्माको वचन सुन्र्छौ, हाम्रो आस्था वृद्धि हुन्छ किनकि परमेश्वर भन्नुहुन्छ, “जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ” (रोमी १०ः१७) । त्यसकारण शैतानले हामीलाई आक्रमण गरे पनि, यी वचनहरुमा हाम्रो आस्थाद्वारा हामी सुरक्षित हुन्छौं । शैतानले उनीहरुलाई आक्रमण गर्न सक्तैन जो पानी र आत्माको सुसमाचारमा आस्थाको ढाल धारण गर्दछन् । आस्थापूर्ण मानिसहरुसँग आफ्नो आस्थाले शैतानको आक्रमणलाई निवारण गर्न सक्ने शक्ति हुन्छ ।
हामी आस्थाद्वारा पवित्र आत्माले भरिपूर्ण जीवन बिताऔं । पवित्र आत्माले भरिपूर्ण जीवनको अर्थ हुन्छ संसारभरि आस्थापूर्वक पानी र आत्माको सुसमाचारको प्रचार गर्नु । यस्तो जीवन नै पवित्र आत्माले भरिपूर्ण जीवन हो ।