( यूहन्ना १६:५–११ )
“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ ?’ भनी तिमीहरू मलाई सोध्दैनौ । तापनि मैले तिमीहरूलाई यी कुराहरू भनेका कारण तिमीहरूको हृदय शोकले भरिएको छ । तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ । किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन । तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु । अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ । पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ । र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ ।”
पवित्र आत्माको कामहरू
के हुन् ?
उहाँले संसारलाई पापको, धार्मिकताको,
र न्यायको दोषी ठहराउनुहुन्छ ।
उत्पत्ति १:२ मा यो लेखिएको छ, “पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ।” हामी यो खण्डबाट भन्न सक्छौं कि पवित्र आत्मा अन्योल र पापले भरिएको हृदयमा बास गर्नुहुन्न, तर उनीहरुको हृदयमा मात्र बास गर्नुहुन्छ जो सुन्दर सुसमाचारमा विश्वास गर्छन् । तथापि, धेरै मानिसहरु उनीहरुको अन्योल र खालीपनले गर्दा उत्तेजक आस्थाहरुको प्रभावमा पर्छन्, र भन्छन् उनीहरु पवित्र आत्माको बास हृदयमा पाप भएकै अवस्थामा प्राप्त गर्न चाहन्छन् ।
उत्तेजित अवस्थामा प्राप्त हुने आत्मा सुन्दर पवित्र आत्मा होइन । शैतानको कार्यले उग्रवादमा विश्वास गर्ने र व्यवस्था पालन नगर्नेहरुमा आड लिन्छ, र उत्तेजक मानिसहरु सजिलै शैतानको छल र शक्तिको प्रभावमा परिरहेछन् । तर पवित्र आत्मा व्यक्ति परमेश्वर हुनुहुन्छ जो बुद्धिमान, भावनात्मक र निश्चित इच्छा भएको हुनुहुन्छ । उहाँले पिता परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टसँग संसारको सृष्टि गर्न काम गर्नुभयो । अब हामी पढ्नेछौं उहाँले यस संसारमा कस्तो प्रकारको काम गर्नुभएको छ ।
पवित्र आत्माले संसारलाई पापको दोषी ठहराउनुहुन्छ
पवित्र आत्माले गर्नुहुने पहिलो कार्य के हो ? उहाँले संसारलाई पापको दोषी ठहराउनुहुन्छ । उहाँले दोषी ठहराउने मानिसहरु ती हुन् जो यूहन्नाबाट भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुन्दर सुसमाचारमा विश्वासग गर्दैनन् । उहाँले सबै पापीहरुलाई दोषी ठहराउनुहुन्छ र उनीहरुलाई जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्दैनन् ।
उहाँले संसारलाई परमेश्वरको धार्मिकताको दोषी ठहराउनुहुनेछ
पवित्र आत्माले गर्नुहुने दोश्रो कार्य के हो ? उहाँ परमेश्वरको धार्मिकता र येशूले पापीहरुलाई उनीहरुको पापबाट बचाउने कार्य सम्पन्न गर्नुभएको कुराको साक्षी बस्नुहुन्छ । यूहन्ना १६:१० ले भन्छ , “धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु , र तिमीहरू मलाई फेरि देख्नेछैनौ ।” हामीले जान्नुपर्छ बाइबलमा परमेश्वरको धार्मिकता भनेको के हो । यो त्यो सत्य हो कि येशूले यहून्नाबाट भएको आफ्नो बप्तिस्माद्वारा संसारको सबै पापहरु लिनुभयो र जो उहाँमा विश्वास गर्छ ऊ परमेश्वरको अनुग्रहद्वारा धार्मिक हुन्छ । येशूले बप्तिस्मा–दिने यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो र संसारको सबै पापहरु ग्रहण गर्नुभयो, आफ्नो रगत क्रूसमा बहाउनुभयो, पुनर्जीवित हुनुभयो र सम्पूर्ण पापीहरुको मुक्तिदाता हुनुभयो । यो नै परमेश्वरले हामीलाई प्रदान गर्नुभएको सुन्दर सुसमाचार हो । परमेश्वरको इच्छाअनुसार येशूले पानी र रगतद्वारा संसारको सबै पाप उठाइलैजानुभयो र हाम्रो जीवनको स्वामी हुनुभयो ।
पवित्र आत्माले मानिसहरुलाई यूहन्नाबाट भएको येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुसमाचारमा विश्वास गर्न मद्दत गर्नुहुन्छ, यसरी उनीहरुलाई उनीहरुको पापबाट मुक्ति पाउन सहयोग गर्नुहुन्छ । तपाईंले थाह पाउनुपर्छ कि त्रिएकका कामहरु परिपूरक हुन्छन् । पवित्र आत्माले सुन्दर सुसमाचारको लागि काम गर्नुहुन्छ, मानिसहरुलाई परमेश्वरको प्रेममा विश्वास गर्न लगाउनुहुन्छ । उहाँ पानी र आत्माको सत्य सुन्दर सुसमाचार नै साँचो हो भनेर जमानी पनि बस्नुहुन्छ ।
उहाँले संसारलाई न्यायको दोषी ठहराउनुहुन्छ
पवित्र आत्माको तेश्रो कार्य के हो ? उहाँले शैतानको कामलाई नष्ट पार्नुहुन्छ । शैतानले मानिसहरुको सोचाइभित्र यसो भन्दै साउती गर्छ, “तिमी येशूमा विश्वास गर्न सक्छौ, तर ईसाई धर्मलाई धेरै सांसारिक धर्महरुमध्ये एक सम्झ ।” शैतानले मानिसहरुलाई येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वाग गर्न बाधा पु¥याउँछ ताकि उनीहरुले आफ्नो पापको क्षमा येशूमा विश्वास गरे पनि पाउन नसकून् । किनकि शैतानले ईसाई धर्मलाई एउटा “सामान्य” धर्ममा झार्दछ, धेरै मानिसहरु शैतानको छलमा पर्दछन् किनकि उनीहरु येशूमा विश्वास गर्ने कारण असल मानिस हुनलाई हो भन्ठान्छन् । तथापि, येशूमा विश्वास गर्ने वास्तविक कारण धार्मिक मानिसको रूपमा नयाँ गरी जन्मिनु हो ।
तपाईंले झूटा आस्था राख्नुहुँदैन । झूटा आस्थाले येशूमा जति नै विश्वास गरे पनि तपाईंलाई पवित्र बनाउन सक्दैन । यदि तपाईंसँग झूटा आस्था छ भने, तपाईं शैतानको छलले गर्दा येशूलाई प्रष्टसँग जान्न अथवा देख्न सक्नुहुन्न । पवित्र आत्मा उनीहरुको मुक्तिको जमानी बस्नुहुन्छ जो पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा बचाइएका छन् । जसको हृदयमा पाप हुन्छ उनीहरुको सम्पूर्ण आस्थाहरु व्यर्थ हुन् ।
पवित्र आत्मा सुन्दर सुसमाचारको सत्यको साक्षी हुनुहुन्छ । संसारको सबै पाप लिनको लागि येशूले बप्तिस्मा लिनुभयो र पापको ज्याला तिर्न उहाँ क्रूसमा टाँगिनुभयो । पवित्र आत्मा यो सत्यको साक्षी हुनुहुन्छ। पवित्र आत्माले संसारको सबै मानिसहरुलाई यो सत्य सुसमाचारमा विश्वास गरेर आफ्नो सबै पापहरुबाट क्षमा पाउन सल्लाह दिनुहुन्छ । तथापि, हामीले के दिमागमा राख्नुपर्छ भने पवित्र आत्माले उनीहरुलाई दोषी ठहराउनुहुन्छ र सजाय गर्नुहुन्छ जो यस सुन्दर सुसमाचारलाई आफ्नो हृदयमा धारण गर्दैनन् ।
सबैजनासँग यो सौभाग्यशाली आस्था हुनुपर्छ
सौभाग्यशाली आस्था के हो ? यो त्यो आस्था हो जसले हामीलाई पापको क्षमाद्वारा पवित्र आत्माको बास प्राप्त गर्नतर्फ डो¥याउँछ । तथापि, हामी संसारभरि धेरै ईसाईहरु देख्छौं जोसँग अझै पनि आफ्नो हृदयमा पाप छ, यद्यपि उनीहरुले लामो समयदेखि येशूमा आफ्नो आस्थालाई कायम राखेका छन् । उनीहरु जति लामो समयसम्म येशूमा विश्वास गर्छन्, उनीहरु त्यति नै बढी पापी हुन्छन् । उनीहरुलाई आफ्नो पापबाट मुक्ति पाउन रोक्ने सबैभन्दा ठूलो समस्या के हो भने उनीहरु अनौठो भाषामा बोल्नु र दृश्यहरु देख्नुलाई पवित्र आत्मा प्राप्त भएको प्रमाण ठान्दछन् । उनीहरु आफ्नो पापको लागि परमेश्वरको न्यायप्रति अन्जान छन् ।
यो संसारमा धेरै मानिसहरु पवित्र आत्माको काम र शैतानको कामलाई छुट्याउन सक्दैनन् । शैतानको कामले मानिसहरुलाई गलत आस्था दिएर अन्योलको अवस्थामा डो¥याउँछ र उनीहरुलाई पूर्ण विनाशतर्फ डो¥याउँछ । परमेश्वरको विरुद्धमा भएर शैतानले यही प्राप्त गर्न चाहन्छ । शैतानले मानिसहरुलाई अन्धविशवासी आस्थाहरुमा लगाउँछ र उनीहरुलाई आफ्नो गुलाम बनाउँछ । शैतानले उनीहरुमा अलौकिक चमत्कार र आश्चर्य कामहरुप्रति इच्छा भर्दछ र उनीहरुलाई सुन्दर सुसमाचारमा आस्थाद्वारा पवित्र आत्माको बास प्राप्त गर्नुभन्दा यस्ता अनुभवहरु नै बढी मूल्यवान हुन् भनेर सोच्ने बनाउँछ ।
तथापि पवित्र आत्माले मानिसहरुलाई वचनद्वारा परमेश्वरको राज्य देखाउनुहुन्छ । पवित्र आत्माद्वारा, उनीहरुले थाह पाउँछन् कि परमेश्वरले मानिसको रचना गर्नुभयो, परमेश्वरले उनीहरुलाई प्रेम गर्नुहुन्छ, र परमेश्वर उनीहरुलाई बचाउँन चाहनुहुन्छ । पापीहरुको लागि उहाँको योजना येशू ख्रीष्टद्वारा उनीहरुलाई पानी र आत्माको सुसमाचारद्वारा बचाउँने थियो र उनीहरुलाई परमेश्वरको प्रेममा जिउँन आस्थाद्वारा बोलाउने थियो ।
१ पत्रुस ३:२१ ले भन्छ, “यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरुलाई बचाउँछ ।” फेरि, १ पत्रुस १:२३ ले भन्छ, “ परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौं ।”
पवित्र आत्माको काम मानिसहरुलाई पापको सत्यको सम्बन्धमा, धार्मिकताको सम्बन्धमा, र न्यायको सम्बन्धमा सुचित गर्नु हो, र उनीहरुलाई यी सत्यहरुमा विश्वास गर्ने बनाउनु हो । पवित्र आत्माले उनीहरुलाई परमेश्वरको न्यायको बारेमा जानकारी दिनुहुन्छ र उनीहरु येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुन्दर सुसमाचारमा विश्वासद्वारा आफ्नो पापहरुबाट मुक्त हुन सक्छन् भनेर बताउनुहुन्छ । पवित्र आत्माले उनीहरुलाई यो ज्ञान दिनुहुन्छ कि उहाँ उनीहरुको भित्र बस्नुहुन्छ जब उनीहरु पानी र आत्माको सुसमाचारमा आस्था राख्दछन् ।
यहाँ सम्म हामीले पवित्र आत्माको कामको बारेमा हे¥यौं । यो संसारका सबै मानिसहरुले तब मात्र पवित्र आत्माको बास र परमेश्वरको प्रेम प्राप्त गर्न सक्छन् जब उनीहरुले येशूको पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा आफ्नो पापको क्षमा पाएका हुन्छन् ।
पवित्र आत्माको व्यक्तित्व
पवित्र आत्मा सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ । उहाँमा व्यक्तित्वको आधारभूत तत्वहरु हुन्छन्, जस्तै, बुद्धि, भावना, र इच्छा । किनकि पवित्र आत्मासँग बुद्धि हुन्छ, उहाँले परममेश्वरका गहिरा–गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ (१ कोरिन्थी २:१०) र मानिसहरुको हृदयलाई पनि ।
किनकि उहाँ भावमय हुनुहुुन्छ, उहाँ परमेश्वरको वचनमा विश्वास गर्नेहरुदेखि प्रसन्न हुनुहुन्छ, तर अविश्वासीहरु देख्दा गहिरो सुस्केरा हाल्नुहुन्छ । धर्मीहरुले पवित्र आत्माद्वारा परमेश्वरको प्रेमको पनि अनुभव गर्न सक्छन् ।
पवित्र आत्मालाई “पीडाबाट मुक्त गर्ने” पनि भनिन्छ । यसको अर्थ हुन्छ उहाँले धर्मीहरुलाई अफ्ठयारो पर्दा मद्दत गर्नुहुन्छ, र उनीहरुको शत्रुसित युद्ध गरी उनीहरुलाई विजयी बनाउनुहुन्छ । हामी मानिसलेझैं, उहाँसित पनि बुद्धि, भावना, र इच्छा हुन्छ, अनि उहाँ उनीहरुमा बास गर्नुहुन्छ जो पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् ।
पवित्र आत्माको काम निम्नअनुसार हुन्छन्
पवित्र आत्माले मानिसहरुलाई पापको क्षमाको सत्यको अनुभूति गराउनुहुन्छ र विश्वासीहरुको हृदयमा बास गर्नुहुन्छ । उहाँको काम येशूले आफ्नो बप्तिस्मा र क्रूसको रगतद्वारा मानवताको सबै पापहरु हटाउनुभयो (१ यूहन्ना ५:६–८) भन्ने सत्यको साक्षी बस्नु हो । उहाँ आफ्ना सेवकहरुलाई र सन्तहरुलाई कुनै पनि अफ्ठयारो पर्दा मद्दत गर्नुहुन्छ र उनीहरुलाई फेरि उभिनको लागि बलियो पार्नुहुन्छ । उनीहरुको लागि पवित्र आत्मा आफैले मध्यस्थता गर्नुहुन्छ जब उनीहरु के प्रार्थना गर्ने भनेर जान्दैनन् (रोमी ८:२६) । र उहाँले धर्मीहरुलाई परमेश्वरको चर्चमा विश्राम दिनुहुन्छ र उनीहरुलाई परमेश्वरको वचनको प्रशस्तता तर्फ डो¥याउनुहुन्छ (भजन २३) ।
बाइबलसँग सम्बन्धित पवित्र आत्माको काम
पवित्र आत्माले धर्मीहरुलाई आफ्नो हृदयमा सत्यलाई चिन्न र विश्वास गर्न अनि यसलाई अरूलाई प्रचार गर्न डो¥याउनुहुन्छ । “सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ” (२ तिमोथी ३:१६) ।
परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ । यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई जम्मा गर्नुहुनेछ” (यशैया ३४:१६) ।
सर्वप्रथम तिमीहरुले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्” (२ पत्रुस १:२०–२१) ।
पवित्र आत्माले परमेश्वरको सेवकहरुलाई परमेश्वरको वचन लेख्न प्रेरित गर्नुभएको थियो ताकि हामी त्यसलाई पढ्न सकौं । उहाँले मानिसहरुलाई पानी र आत्माको सुसमाचारसित परिचित गराउनुहुन्छ, हामीलाई यसलाई संसारमा प्रचार गर्न डो¥याउनुहुन्छ । त्यसकारण धर्मीहरुले आफ्नो जीवनमा धेरै सङ्कट भोग्नुपरे तापनि, उनीहरु त्यसमाथि पवित्र आत्माको शक्तिले गर्दा विजय पाउन सक्षम हुन्छन् ।
पवित्र आत्माको फल र वरदानहरू
पवित्र आत्माको वरदान भन्नाले परमेश्वरको सुन्दर सुसमाचार अरूहरूलाई प्रचार गर्न उहाँले सन्तहरुलाई दिनुहुने खुबीहरु हुन् । सन्तहरु यसकारण आफूलाई उहाँले प्रदान गर्नुहुने खुबीहरुको मद्दतले परमेश्वरको कामप्रति आफूलाई समर्पित गर्छन्, पवित्र आत्माले उनीहरुलाई परमेश्वरलाई महिमा दिन मद्दत गर्नुहुन्छ । “सबैको हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ” (१ कोरिन्थी १२:७) ।
पवित्र आत्माको वरदानको उद्देश्य सन्तहरुलाई आस्थाले सुसज्जित पार्नु थियो र उनीहरुलाई त्यो दौड दौडिन मद्दत गर्नु थियो जुन उनीहरुभन्दा अगाडि थियो र उनीहरुलाई सुसमाचारको प्रचार गर्न मद्दत गर्नु थियो (एफिसी ४:११–१२)। पवित्र आत्माले परमेश्वरको सन्त र सेवकहरुलाई सुसमाचारको प्रचारमा सघाउन खुबीहरु प्रदान गर्नुहुन्छ । परमेश्वरको चर्च सन्तहरुको समुदाय हो जो ख्रीष्ट येशूमा पवित्र भएका छन् (१ कोरिन्थी १:२) ।
प्रत्येक ईसाई जसले पवित्र आत्मा प्राप्त गरेको छ उसले आफूलाई दिइएको स्थान र कर्तव्यअनुसार आचरण गर्नुपर्छ, किनकि येशू ख्रीष्ट चर्चको प्रधान हुनुहुन्छ । पवित्र आत्माले सन्तहरुलाई आध्यात्मिक चेतना र खुबी प्रदान गर्नुहुन्छ ताकि उनीहरु परमेश्वरको राज्यको निम्ति काम गर्न सकून् । परमेश्वरले हामीलाई दिनुभएको सुसमाचारको महिमा प्रकट गर्नको लागि उहाँले सबै थोक गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसकारण, चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर” (१ कोरिन्थी १०:३१) ।
आत्माको विभिन्न प्रकारका वरदानहरू
पवित्र आत्माको १२ विभिन्न प्रकारका वरदानहरू छन् । हामी बाइबलमा हेर्न सक्छौं कि यी वरदानहरू विभिन्न मानिसहरुलाई विभिन्न स्वरूपमा प्रकट हुन्छन् । यी वरदानहरुको लामो विवरण रोमी १२:६–८, १ कोरिन्थी १२:८–१०, र एफिसी ४:११ मा पाइन्छ । निम्न नौवटा आध्यात्मिक वरदानहरूको बारेमा १ कोरिन्थी अध्याय १२ मा उल्लेख गरिएको छ ।
१) ज्ञानको वचन : यसले हामीलाई पानी र आत्माको सुसमाचार बुझ्न आध्यात्मिक प्रेरणा दिन्छ र हामीलाई यो सुन्दर सुसमाचार प्रचार गर्न दिनुहुन्छ ।
२) विवेकको वचन : यो परमेश्वरको लिखित वचनद्वारा धर्मीहरुको जीवनमा आइपर्ने असंख्य समस्याहरुलाई समाधान गर्न सक्ने क्षमता हो ।
३) आस्था : पवित्र आत्माले सन्तहरुलाई बलियो आस्था र विश्वास प्रदान गर्नुहुन्छ ताकि उनीहरु आत्माहरुलाई पापबाट र शैतानबाट बचाउने आश्चर्य काम गर्न सकून् । एउटा धर्मी व्यक्तिले उनीहरुलाई पापबाट क्षमा पाउन र उनीहरुको आध्यात्मिक रोगलाई आस्थाको शक्तिद्वारा निको पार्न सक्छन् ।
४) निको पार्नसक्ने : पवित्र आत्माले धर्मी मानिसहरुलाई उनीहरुको परमेश्वरमा भएको आस्थाद्वारा निको पार्नसक्ने खुबी प्रदान गर्नुहुन्छ ।
५) आश्चर्य कामहरू : यो अचम्मको वरदान हो जसले सन्तहरुलाई परमेश्वरको वचनमा विश्वासद्वारा परमेश्वरको काम गर्न दिन्छ । चमत्कार आस्थाद्वारा अलौकिक रूपले आफंै हुन्छ, यसले प्रकृतिको व्यवस्थाको बारेमा मानवीय ज्ञानको सीमालाई पार गर्दछ ।
६) अगमवाणी : यो समयमा, उनीहरुले मात्र जो परमेश्वरको वचनमा विश्वास गर्छन् र पालना गर्दछन् उनीहरु मात्र लेखिएको अनुसार अगमवाणी गर्न सक्छन् । जसको आस्था बाइबलमा लेखिएकोमा आधारित हुँदैन उसको वचन साँचो अगमवाणी हुन सक्तैन । परमेश्वरका सेवकहरु, जोसँग पवित्र आत्माको बास हुन्छ, उनीहरु परमेश्वरको वचनको प्रचार गर्छन् र यसरी चर्चद्वारा, जुन परमेश्वरको शरीर हो, उहाँको काम गर्न उनीहरुलाई उपदेश र सल्लाह दिन्छन् । पवित्र आत्माले परमेश्वरका सेवकहरु र सन्तहरुलाई यो खुबी प्रदान गर्नुभयो ।
७) आत्माहरू छुट्याउन सक्ने : यो कसैले आफ्नो पापको क्षमा पाएको छ कि छैन भन्ने निर्धारण गर्न सक्ने खुबी हो । यदि हामीसँग यो वरदान छैन भने हामीलाई शैतानद्वारा पथभ्रष्ट हुन सम्भव छ । किनकि यो संसार शैतानको अधिनमा छ, हामी यो वरदान परमेश्वरले हामीलाई दिनुभएको सुन्दर सुसमाचारमा विश्वास गरेर मात्र पाउन सक्छौं र यसरी यो संसारमा सङ्कट, बोझ र दुष्ट्याइँमाथि विजय प्राप्त गर्न सक्छौं । एउटा धर्मी मानिसले सत्य सुसमाचारमा विश्वास गरेर यो वरदान प्राप्त गर्दछ । यसरी उसले भन्न सक्छ कसैको हृदयमा पाप छ कि छैन भनेर ।
८) विभिन्न भाषामा बोल्न सक्नु : बाइबलले विभिन्न भाषमा बोल्न सक्नेबारेमा भन्छ : “तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँचओटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु” (१ कोरिन्थी १४:१९) । एउटा सन्तले जान्नुपर्छ कि उसले आफैले बुझ्न नसक्ने भाषामा बोल्नुभन्दा परमेश्वरको सत्यको वचन बुझ्नु धेरै महत्वपूर्ण छ । उसले त्यसकारण विभिन्न भाषामा बोल्न छोड्नुपर्छ ।
९) अन्य भाषाको अर्थको खोल्न सक्ने : चर्चको प्रारम्भिक समयमा चेलाहरुलाई सुसमाचार प्रचार गर्नको लागि यो वरदान दिइएको थियो । अचेल पवित्र आत्माले विभिन्न भाषाहरुमा सन्देशहरुको अनुवाद र व्याख्याको कामद्वारा सुसमाचारको प्रचार गर्नुहुन्छ । सुसमाचारको प्रचारकले सबै भाषाहरुमा बोल्न सक्ने भए उल्था गर्ने मानिसको कुनै काम पर्ने थिएन । तथापि, जब हामी भाषाको अवरोधको सामना गर्छौं, परमेश्वरले सधैं हामीलाई अनुवादकहरु दिएर आफ्नो काम सम्पन्न गर्नुहुन्छ । परमेश्वरले क्रमहीनता अथवा उत्तेजनामा काम गर्नुहुन्न । पवित्र आत्माले सुन्दर सुसमाचारमा काम गर्नुहुन्छ र सन्तहरुलाई विभिन्न भाषाहरुमा सुसमाचार अनुवाद गर्न डो¥याउनुहुन्छ ।
पवित्र आत्माको फलहरू के के हुन् ?
पवित्र आत्माको फलको बारेमा पढ्दा, बाइबलले हामीलाई भन्छ, “तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन् । यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन” (गलाती ५:२२–२३) ।
१) प्रेम : धर्मीहरुको लागि साँचो प्रेम भनेको पानी र आत्माको सुसमाचारको प्रचारद्वारा सबै पापीहरुलाई उनीहरुको पापबाट बचाउनु हो । किनकि धर्मी मानिसहरुसँग सुन्दर सुसमाचार हुन्छ जुन येशूको साँचो प्रेम हो, उनीहरु साँचो प्रेमको सुसमाचार प्रचार गर्छन् र अरू आत्माहरुको लागि साँचो प्रेम राख्छन् ।
२) आनन्द : यो व्याख्या नै गर्न नसकिने महिमामय सुख हो जुन हामी नयाँ गरी जन्मिएपछि हाम्रो हृदयको गहिराइबाट बगिनिस्कन्छ । धर्मी मानिस जसको सबै पापहरु क्षमा भएको हुन्छ उसको हृदयमा आनन्द हुन्छ (फिलिप्पी ४:४) । किनकि धर्मीहरुको हृदयमा आनन्द हुन्छ, उनीहरु आफ्नो आनन्द अरू मानिसहरुसँग बाँडचुड गर्न सक्षम हुन्छन ।
३) शान्ति : यो पीडामुक्त हृदय हो जुन पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा आफ्नो पापबाट क्षमा पाएको धर्मी मानिसलाई प्रदान गरिन्छ । पवित्र आत्माले धर्मीहरुलाई शान्तिको सुन्दर सुसमाचार प्रचार गर्न लगाउनुहुन्छ । मानिसहरु जसले यो शान्तिको सुन्दर सुसमाचार सुनेका छन् उनीहरु अरूलाई संसारको पापमाथि विजय प्राप्त गर्न र मुक्तिको वरदानमा शक्तिशाली आस्था र विश्वासको अनुभूति गर्न डो¥याउँदछन् । धर्मी मानिसहरु जसले परमेश्वर र मानवता बीच शान्ति कायम गर्दर्छन् उनीहरुलाई परमेश्वरको छोराहरू भनिन्छ (मत्ती ५:९) र अरूलाई पापको क्षमा प्राप्त गर्न डो¥याउँछन् (हितोपदेश १२:२०) । पवित्र आत्माले धर्मीहरुलाई धार्मिक जीवन जिउँन र अरूलाई सुन्दर सुसमाचारको प्रचारद्वारा आशिष् दिन लगाउनुहुन्छ ।
४) धैर्यता : धैर्यताको फल धर्मीहरुको हृदयमा हुन्छ, जो साँचो सुसमाचारमा विश्वासद्वारा आफ्नो पापबाट मुक्त भएका छन् । हामी यो फल पवित्र आत्मासँग दीर्घकालीन सङ्गतिलाई सम्वद्र्धन गरेर प्राप्त गर्न सक्छौं । धर्मीहरुसँग धैर्य र संयमी हृदय हुन्छ ।
५) दया : परमेश्वरले हामीमाथि दया गर्नुभयो जब हामी पापले भरिएका थियौं र हामीलाई हाम्रो पापबाट येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा मुक्ति दिलाउनुभयो । हामी अरूलाई प्रेम गर्न र उनीहरुमाथि दया गर्न सक्छौं किनभने येशूले हामीलाई दया गर्नुभयो र हाम्रो सबै पापहरु मेटाउनुभयो, र किनकि हामीले उहाँमाथि विश्वास ग¥यौं र उहाँको अनुग्रह प्राप्त ग¥यौं । धर्मीहरुसँग दयाले र सुन्दर सुसमाचारको फलहरुले भरिपूर्ण हृदय हुन्छ ।
६) भलाइ : यहाँ भलाइ भन्नाले “सद्गुण” बुझिन्छ । धर्मी मानिसहरुको हृदयको गहिराइमा सद्गुण र परमेश्वरप्रति आस्था हुन्छ ।
७) विश्वस्तता : विश्वस्तता भन्नाले परमेश्वरप्रति आस्थाले भरिएको हृदयलाई बुझाउँछ । सन्तमा विश्वस्तता येशूप्रति भक्तिपूर्ण भएर आउँछ ।
८) विनम्रता : यसको अर्थ अरुलाई पूर्णरूपले बुझ्न सक्ने क्षमता हो र उनीहरुलाई न्यानो र कोमलतापूर्वक आफ्नो हृदयमा धारण गर्नु हो । धर्मीहरुसँग आफ्नो शत्रुलाई प्रेम गर्ने हृदय हुन्छ र उनीहरुको मुक्तिको लागि प्रार्थना गर्छन् ।
९) संयम : संयम आफैलाई नियमित गर्न सक्ने क्षमता हो, भ्रष्ट जीवन जिउँनबाट रोक्ने र यसको सट्टा आत्मसंयम र सम्यक जीवन बिताउने ।
पवित्र आत्माले भरिपूर्ण हुनु
पवित्र आत्माले भरिपूर्ण हुनुको परिणाम के हुन्छ ? यो आशिष् प्राप्त गर्नाले सन्तहरुले येशूको चेलाहरुझैं जिउँन सक्छन्, आफूलाई परमेश्वरको चर्चमा गाँस्न सक्छन् । पवित्र आत्माले धर्मीहरुलाई धार्मिकताको औजार हुन समर्थ बनाउनुहुन्छ र उनीहरुलाई ख्रीष्टको इच्छा सम्पन्न गर्न समर्पित तुल्याउनुहुन्छ । धर्मीहरुको इच्छा परमेश्वरको इच्छाद्वारा नियन्त्रित हुन्छ, र उनीहरु स्वेच्छापूर्वक आफ्नो सबै सम्पत्तिहरु र क्षमताहरु उहाँमा समर्पित गर्छन् । पवित्र आत्माले धर्मीहरुलाई विजय, आनन्द र विश्वासको अनुभूतिले न कि आध्यात्मिक दरिद्रता, पराजय अथवा हताशाले, संसारको पापमाथि विजय पाउँन समर्पित जीवन जिउँन डो¥याउनुहुन्छ (रोमी अध्याय ७) ।
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौं, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौं” (प्रेरित १:८) । पवित्र आत्माको भरिपूर्णताले धर्मीहरुलाई सुसमाचार प्रचार गर्न डो¥याउँछ ।
परमेश्वरले उनीहरुलाई आस्थाको बलियो अनुभूति प्रदान गर्नुभयो जसकोमा पवित्र आत्मा बास गर्नुहुन्छ । र परमेश्वरले उनीहरुलाई उहाँको सन्तान हुने अधिकार दिनुभयो जसको पापहरु येशूको सुन्दर सुसमाचारमा उनीहरुको आस्थाद्वारा क्षमा भयो (यूहन्ना १:१२) । धर्मी मानिसहरु जो आस्थाद्वारा परमेश्वरको सन्तान भएका छन् उनीहरु यस संसारमा यो सुन्दर सुसमाचारलाई प्रचार गर्न सक्छन् ।
धर्मी मानिसहरुसँग पापको क्षमाको लागि सुसमाचारद्वारा शैतानलाई पराजित गर्ने क्षमता हुन्छ । उनीहरुसँग आध्यात्मिक रोग निको पार्ने शक्ति पनि हुन्छ (मर्कूस १६:१८), शैतानको शक्तिलाई कुल्चने सामथ्र्य (लूका १०:१९), र परमेश्वरको राज्यमा प्रवेश गर्ने सामथ्र्य (प्रकाश २२:१४) हुन्छ । धर्मी मानिसहरु परमेश्वरको प्रतिज्ञाको वचनमा विश्वासद्वारा राजाहरुको समान अधिकारयुक्त भएर जिउँछन् (२ कोरिन्थी ६:१७–१८ ) ।
पवित्र आत्माले धर्मी मानिसहरुलाई उनीहरुको सबै सांसारिक वासनाहरु त्याग्न लगाउनुहुन्छ । उहाँले हामीलाई साँचो सुसमाचार प्रचार गर्न डो¥याउनु पनि हुन्छ (गलाती ५:६) ।
पवित्र आत्माले धर्मीहरुलाई सुन्दर सुसमाचार पढ्न र यसमा विश्वास गर्न लगाउनुहुन्छ र अरूलाई सिकाउन लाउनुहुन्छ (१ तिमोथी ४:१३) ।
पवित्र आत्माले धर्मीहरुलाई परमेश्वरको चर्चमा दिनहुँ एकत्रित गर्नुहुन्छ (हिब्रू १०:२५) ।
पवित्र आत्माले धर्मीहरुलाई सत्यको ज्योतिद्वारा उनीहरुको हृदय प्रकट गर्न (एफिसी ५:१३) आफ्नो पाप स्वीकारन लाउनुहुन्छ (१ यूहन्ना १:९) ।
पवित्र आत्माले धर्मीहरुलाई उनीहरुको जीवनमा ठीक बाटोमा डो¥याउँनुहुन्छ (भजनसंग्रह २३) ।
पवित्र आत्माले धर्मीहरुलाई उहाँको वरदानलाई नदबाउन भन्नुहुन्छ (१ थेसलोनिकी ५:१९) ।
पवित्र आत्माले अदभूत् सुसमाचारद्वारा महान कार्यहरु गर्नुहुन्छ (मर्कूस १६:१७–१८) ।
पवित्र आत्माले धर्मीहरुलाई परमेश्वरको चर्चमा गाँसेर परमप्रभुको चेलाहरुझैं जिउँन डो¥याउनुहुन्छ । उहाँले धर्मीहरुलाई सुन्दर सुसमाचारको प्रचार गर्ने आध्यात्मिक जीवन जिउँन र पवित्र आत्माले भरिपूर्ण हुन डो¥याउनुहुन्छ । यो नै सुन्दर सुसमाचारद्वारा पवित्र आत्माको अदभूत् काम हो (१ पत्रुस २:९) ।
यस क्षणमा पनि उहाँ सन्तहरुको हृदयमा काम गर्दै हुनुहुन्छ । हल्लेलूयाह !