( प्रेरित २:३८ )
“पत्रुसले तिनीहरूलाइ भने, ‘पश्चात्ताप गर, र तिमीहरूका पाप–क्षमाका निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौं’”
पवित्र आत्माको प्राप्तीको
निम्ति चाहिने साँचो पश्चात्ताप
के हो ?
यो पानी र आत्माको सन्दर सुसमाचारमा फर्किनु हो र
येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा
विश्वास गर्नु हो ।
बाइबलले प्रेरित २ मा भन्छ पत्रुसको प्रवचनले मानिसहरुमा गहिरो हलचल ल्याउँथ्यो र उनीहरुलाई आफ्नो पापको पश्चात्ताप गर्न लगाउँथ्यो । उनीहरुको हृदय छियाछिया भयो र पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरुले भने, “हामीले के गर्ने ?” तब पत्रुसले उत्तर दिए, “पश्चात्ताप गर, र तिमीहरूका पाप–क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ” (प्रेरित २:३८) ।
पत्रुसको प्रवचनले हामीलाई प्रष्ट देखाउँछ कि पानी र आत्माको सुन्दर सुसमाचारमा आस्था पवित्र आत्माको प्राप्तीको लागि नभईनहुने तत्व हो र यसले हामीलाई साँचो पश्चात्ताप के हो भनेर पनि देखाउँछ । हामीले थाह पाउनुपर्छ कि पवित्रधर्मशास्त्रलाई नजिकबाट नियालेर र पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वासद्वारा पाप–क्षमाको सँगसँगै हामी पवित्र आत्मा प्राप्त गर्न सक्छौं ।
पवित्र आत्माको बासको प्राप्तीको निम्ति हामीलाई चाहिने पहिलो कुरा बाइबलमा आधारित पश्चात्तापमा आस्था गर्नु हो । तथापि, हामी होशियार हुनुपर्छ यो पश्चात्तापलाई पछुतो भनेर व्याख्या गर्नु हुँदैन । यहाँ पश्चात्ताप भन्नाले येशू ख्रीष्टमा आस्था बुझिन्छ । हामी बाइबलमा हेर्न सक्छौं कि मानिसहरुले परमप्रभुलाई क्रूसमा टाँगेकोमा पहिले नै पछुतो गर्दैथिए । उनीहरुले पत्रुसलाई हामीले के गर्ने भनी सोधेर पछुतो गरे र पत्रुसले पचात्ताप गर्नू भन्नु अगावै उनको सामु आफ्नो पाप स्वीकार गरे । यसबाट हामी देख्न सक्छौं कि पत्रुसले भनेको पश्चात्ताप पापको पछुतो गर्नु अथवा यसको स्वीकार गर्नु थिएन, तर येशू ख्रीष्टलाई आफ्नो हृदयमा मुक्तिदाताको रूपमा ग्रहण गर्नु र उहाँले हामीलाई प्रदान गर्नुभएको सुन्दर सुसमाचारमा विश्वास गर्नु हो । यो नै साँचो पश्चात्तापको स्वरूप हो ।
येशूू ख्रीष्टको प्रेम हाम्रो हृदयमा पापको पछुतो हुनुभन्दा अगाडि नै आएको थियो । यसको अर्थ हुन्छ येशूले हाम्रो पाप तब उठाउनुभयो जब उहाँको बप्तिस्मा यर्दन नदीमा भयो, क्रूसमा मर्नुभयो, र अनि फेरि मृतकहरुबाट जीवित भई उठ्नुभयो । यसरी, उहाँले हामीलाई सबै पाप र अधर्महरुबाट शुद्ध पार्नुभयो ।
साँचो पश्चात्तापको अर्थ यो सत्यमा विश्वास गर्नु हो । के तपाईं सोच्नुहुन्छ हाम्रो पापहरु सदाको लागि जान्छन् यदि हामीले हाम्रो पापको निम्ति मात्र पछुतो ग¥यौं र क्षमा माग्यौं भने ? यो साँचो पश्चात्ताप होइन । साँचो पश्चात्ताप भनेको येशूको बप्तिस्मा र उहाँको रगतको सुन्दर सुसमाचारमा विश्वासद्वारा हाम्रो पापहरुबाट क्षमा पाउँनु हो । बाइबलले भन्छ हामीले हाम्रो पापबाट पश्चात्तापद्वारा क्षमा पाउनुपर्छ । यसरी नै, हाम्रो पापहरुको पूर्ण क्षमा पाउनको लागि हामीले येशूको बप्तिस्मा र उहाँको रगतको सुसमाचारमा विश्वास गर्नुपर्छ ।
पत्रुसले उनीहरुलाई बप्तिस्मा “येशू ख्रीष्टको नाउँमा” दिन्थे जो येशू ख्रीष्टमा विश्वास गर्थे । सम्पूर्ण मानवताको पाप लिन येशूले बप्तिस्मा लिनुभयो । उहाँको बप्तिस्मा र क्रूसमा मृत्यु त्यो सुन्दर सुसमाचारको सम्पन्नता थियो जसले विश्वासीहरुमा पवित्र आत्माको बास गराउँदछ (मत्ती ३:१५–१७) । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वासद्वारा मानवता पवित्र हुन सक्छ । छोटकरीमा, जसले यो सुसमाचारमा विश्वासद्वारा पापको क्षमा पाएका छन् उनीहरुले पवित्र आत्मा प्राप्त गरेका छन् ।
के प्रार्थनाले पवित्र आत्माको प्राप्ती हुन सक्छ ?
मानिसहरुले जति नै बढी प्रार्थना गरे पनि पाप–क्षमा र पवित्र आत्माको बास प्राप्त गर्न सक्दैनन् । पवित्र आत्माको बास प्राप्त गर्नको लागि, येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा सम्पन्न सुन्दर सुसमाचारमा विश्वास गर्नु आवश्यक छ । परमेश्वरको पवित्र आत्मा उनीहरुलाई मात्र प्रदान गरिन्छ जसका पापहरु पूर्णरुपले पखालिएका छन् ।
सुसमाचारमा विश्वासको अर्थ हुन्छ येशू ख्रीष्टलाई साँचो मुक्तिदाताको रुपमा ग्रहण गर्नु । प्रेरित २:३८ ले भन्छ, “पश्चात्ताप गर, र तिमीहरूका पाप–क्षमाका निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौं” प्रेरित पावलले भने पवित्र आत्माको बास उनीहरुलाई प्रदान गरिन्छ जसका पापहरु साँचो पश्चात्तापको आस्थाद्वारा क्षमा गरिएको हुन्छ । पाप–क्षमा र पवित्र आत्माको बास सँगै गाँसिएको हुन्छ ।
बाइबलले भन्छ, “पश्चात्ताप गर, र तिमीहरूका पाप–क्षमाका निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौं । किनकि प्रतिज्ञा हामीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढा–टाढामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई हाम्रा परमेश्वरले बोलाउनुहुन्छ” (प्रेरित २:३८–३९) ।
कसैले पवित्र आत्माको प्राप्ती यो शर्तमा पाउँन सक्छ उसको हृदय शुद्ध गरिएको हुनुपर्छ र पापरहित हुनुपर्छ । त्यसकारण, हामीले येशू ख्रीष्टले हामीलाई प्रदान गर्नुभएको सुसमाचारमा विश्वास गर्नुपर्छ । हामी यो अदभूत् सुसमाचारमा विश्वासद्वारा हाम्रो पापहरुबाट क्षमा पाई शुद्ध हुनुपर्छ जसले भन्छ संसारका सबै पापहरु पखालिए जब येशू ख्रीष्टले बप्तिस्मा लिनुभयो । तब मात्र हामी पवित्र आत्मा प्राप्त गर्न सक्छौं । यो परमेश्वरको इच्छा हो कि पवित्र आत्मा मानवतामा बास गरून् । “किनकि परमेश्वरको इच्छा तिमीहरूको पवित्रकरण हो” (१ थेसलोनिकी ४:३) ।
साँचो क्षमा मानिसहरुको प्रयत्न, बलिदान, अथवा निहित भलाइको कारण दिइदैँन, तर सुन्दर सुसमाचारमा विश्वासद्वारा मात्र दिइन्छ, जुन परमेश्वर, पवित्र त्रिएकद्वारा बप्तिस्मा–दिने यूहन्नामार्फन सम्पन्न भयो । परमेश्वर, पवित्र त्रिएकले उनीहरुलाई पवित्र आत्मा प्रदान गर्नुहुन्छ जो सुन्दर सुसमाचारमा विश्वासद्वारा क्षमा गरिएका छन् ।
पेन्तिकोसको दिनमा मानिसहरुको हृदय छेडियो जब उनीहरुले पत्रुसले भनेको कुरा सुने । उनीहरुले कराए, “हामीले के गर्ने ?” (प्रेरित २:३७) । यसले बताउँछ कि उनीहरुले आफ्नो मन बदलिए र अब येशूलाई आफ्नो मुक्तिदाताको रूपमा विश्वास गरे । पत्रुसद्वारा प्रचार गरिएको साँचो पश्चात्तापमा विश्वास गरी उनीहरु आफ्नो पापबाट बचाइए । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुसमाचारमा विश्वासद्वारा सम्पूर्ण मानवजातिलाई पापको क्षमा प्रदान गरिएको छ ।
येशूको बप्तिस्माको उद्देश्य संसारको पापहरु आफूमा लिनको लागि थियो । पवित्र आत्माको प्राप्तीको निम्ति यसमा विश्वास गर्नु आवश्यक छ । परमेश्वरले उनीहरुलाई पवित्र आत्माको बास प्रदान गर्नुहुन्छ जो येशूको बप्तिस्मामा आधारित सत्यको सुसमाचारमा विश्वास गर्छन् ।
“अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो , र उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैं ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो” (मत्ती ३:१६)। पेन्तिकोसको दिनमा भएको पवित्र आत्माको आगमनको प्रेरितहरुको सुन्दर सुसमाचारमा भएको आस्थासँग विशेष सम्बन्ध छः येशूको बप्तिस्मा, उहाँको क्रूसमा मृत्यु र पुनरुत्थान ।
प्रेरितले भन्छ मानिसहरुले येशूको नाउँमा बप्तिस्मा पाए र पवित्र आत्मा प्राप्त गरे । हामीले विश्वास गर्नुपर्छ पवित्र आत्माको बासको प्राप्ती परमेश्वरको विशेष उपहार हो । पवित्र आत्माको उपहार पाउँन, हाम्रा सबै पापहरु येशूको बप्तिस्मा र उहाँको क्रुसको मृत्युमा आस्थाद्वारा पखालिनुपर्छ ।
प्रेरितको अनुसार, ती सबै जसले पत्रुसको प्रवचन सुने, जसमा उनले भने, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ” (प्रेरित २:४०), उनको सल्लाहलाई माने र बप्तिस्मा लिए । बाइबलबाट हामी के सिक्छौं भने एकलेसियाको प्रारम्भिक कालमा प्रेरितहरुले येशू ख्रीष्टको बप्तिस्मा र उहाँको क्रूसको रगतमा आस्थाद्वारा पवित्र आत्मा प्राप्त गरे । पवित्र आत्मा प्राप्त गर्नको लागि यो आवश्यक शर्त हो । यदि कसैले पापको क्षमा खोज्दछ भने येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा आस्था हुनु नभईनहुने तत्व हो ।
त्यो आस्था जसले हामीलाई साँचो पश्चात्तापद्वारा पवित्र आत्माको प्राप्तीतर्फ डो¥याउँछ
प्रेरित ३:१९ मा हेरौं । “यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस् ।” हामीले पश्चात्तापलाई कसरी व्याख्या गर्ने ? यसबारेमा फेरि सोचौं ।
बाइबलमा, पश्चात्ताप भन्नाले मुक्तिको लागि आस्थामा फर्किनु हो । त्यो बेलामा, मानिसहरु परमेश्वरले सृष्टि गर्नुभएको कुराहरुको पूजा गर्थे र कामना गर्थे । तर जब उनीहरुले यो महसुस गरे कि येशू ख्रीष्टले पानी र रगतद्वारा उनीहरुलाई पापबाट बचाउनुभयो, उनीहरु परिवर्तन भए । यो नै बाइबलको अनुसार पश्चात्ताप हो । साँचो पश्चात्ताप भनेको पानी र आत्माको सुन्दर सुसमाचारमा फर्किनु हो ।
पवित्र आत्माको प्राप्तीको निम्ति चाहिने साँचो पश्चात्ताप के हो ? यो येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वास गर्नु हो । “परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस् ।” यदि मानिसहरुमा यो आस्था भयो भने, उनीहरु आफ्नो पापहरुको लागि क्षमा गरिनेछन् र पवित्र आत्मा प्राप्त गर्नेछन् । किनकि येशूले आफ्नो बप्तिस्मा र क्रूसको रगतद्वारा संसारका सबै पापीहरुलाई पवित्र गर्नुभयो, हामीले यस सुन्दर सुसमाचारमा विश्वास गर्नैपर्छ, मुक्त हुनुपर्छ र पवित्र आत्मा प्राप्त गर्नुपर्छ ।
येशूमा विश्वास गर्न र पवित्र आत्माको बास प्राप्त गर्न, हाम्रो पाप उहाँको बप्तिस्मा र क्रूसको मृत्यमा आस्थाद्वारा येशूमा सार्नुपर्छ । हामीले विश्वास गर्नुपर्छ कि येशूले हाम्रा सबै पापहरु लिनुभयो र हाम्रो पापको सजाय भोग्न क्रूसमा मर्नुभयो । यो नै सही आस्था र साँचो पश्चात्ताप हो, जसले हामीलाई पवित्र आत्माको बास प्राप्त गर्न योग्य बनाउँछ ।
पवित्र आत्मा उनीहरुमा आउनुहुन्छ जसले आफ्ना सबै पापहरुको क्षमा पाएका छन् । परमेश्वरले किन उनीहरुलाई पवित्र आत्मा उपहारको रूपमा दिनुहुन्छ जसले मुक्ति पाएका छन् ? किनकि पवित्र आत्मा, पवित्र हुनुभएकोले, उनीहरुमा बास गर्न चाहनुहुन्छ र उनीहरुलाई आफ्नो सन्तानको रूपमा छाप लाउन चाहनुहुन्छ ।
पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर, पुत्र, र पवित्र आत्मा एक हुनुहुन्छ । उहाँहरु तीनजना व्यक्ति हुनुहुन्छ तर उहाँहरु एक हुनुहुन्छ उनीहरुका लागि जो येशूमा विश्वास गर्छन् । पिता परमेश्वरसँग हामीलाई हाम्रो पापबाट बचाउने योजना थियो र यसकारण पुत्र येशू यो संसारमा आउनुभयो, संसारको सबै पापहरु लिनको लागि यूहन्नाबाट बप्तिस्मा लिनुभयो, क्रूसमा मर्नुभयो, तेश्रो दिनमा मृतकहरुको बीचमा फेरि जीवित भई उठ्नुभयो र स्वर्गमाथि उक्लनुभयो । पवित्र आत्मा येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको साक्षी भई हामीलाई यो सुन्दर सुसमाचारमा विश्वास गर्न डो¥याउँनुहुन्छ ।
परमेश्वरले बचाइएकाहरुलाई पवित्र आत्माद्वारा छाप लगाउनुहुन्छ । परमप्रभुले उनीहरुलाई पवित्र आत्मा प्रदान गर्नुहुन्छ जो यो सुन्दर सुसमाचारमा विश्वास गर्छन् कि येशूले संसारको सबै पापहरु लिनुभयो । परमेश्वरले उनीहरुलाई आफ्नो सन्तानको रूपमा छाप लगाउन पवित्र आत्मा नासोको रूपमा दिनुहुन्छ । पवित्र आत्मा जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुका लागि पापबाट मुक्तिको अन्तिम गवाही हुनुहुन्छ ।
जोसँग पवित्र आत्मा हुनुहुन्छ उनीहरु परमेश्वरका सन्तान हुन् । जोसँग पवित्र आत्माको बास हुन्छ उनीहरु सधैं आनन्दित हुन्छन् । उनीहरुमा परमेश्वरको वचनप्रति, येशूको बप्तिस्मा र क्रूसको रगतप्रति दृढ आस्था हुन्छ । उनीहरु साँच्चै सुखी हुन्छन् । जो ठीक तरिकाले पश्चात्ताप गर्छन् उनीहरुको हृदयमा कुनै पाप हुँदैन र पवित्र आत्माको बास प्राप्त गर्छन् ।
बाइबलले भन्छ यहाँ साँचो पश्चात्ताप छ जसले पापहरुबाट क्षमा प्राप्त हुन्छ । के तपाईं त्यस्तो पश्चात्तापबाट गुज्रिनुभएको छ ? यदि तपाईं पश्चात्ताप गर्नुहुन्छ र साँचो आस्था अँगाल्नुहुन्छ भने, तपाईं पनि यो सुन्दर सुसमाचार ग्रहण गर्न सक्नुहुन्छ । म तपाईंलाई आफ्नो पापको प्रायश्चित गर्न र पवित्र आत्मा प्राप्त गर्न सल्लाह दिन्छु । के तपाईं पश्चात्ताप र सुन्दर सुसमाचारमा विश्वास गर्न तयार हुनुहुन्छ जसले तपाईंलाई पवित्र आत्माको बास प्राप्त गर्न डो¥याउँछ ?