( यूहन्ना ८:३१–३६ )
“येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, ‘तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ । तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ ।’ तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहमका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं । ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो । कमारो सधैंभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैंभरि घरमा रहन्छ । यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने निश्चय स्वतन्त्र हुनेछौ ।”
हामीले पवित्र आत्माको बास पाउन
के गर्नुपर्छ ?
हामीले पानी र आत्माको सुन्दर सुसमाचारमा
विश्वास गर्नैपर्छ र आस्थाद्वारा जिउँनुपर्छ ।
के तपाईंलाई थाह छ सत्य के हो ? येशूले भन्नुभयो, “सत्य म नै हुँ” (यूहन्ना १४:६) । यसकारण येशूलाई जान्नु नै सत्यलाई जान्नु हो । सुन्दर सुसमाचारमा तपाईंको विश्वासलाई धन्यवाद, के पवित्र आत्मा तपाईंको भित्र बास गर्नुहुन्छ ? तपाईंले थाह पाउनुपर्छ येशूको बप्तिस्मा र उहाँको क्रूसको रगत यो सुन्दर सुसमाचारको अवतार हो र यसमा विश्वास गर्नुपर्छ ।
आज मानिसहरु प्राय ‘नयाँ गरी जन्मनु’ भन्ने शब्द प्रयोग गर्छन् । “मानिसहरु नयाँ गरी जन्मनुपर्छ । राजनीति नयाँ गरी जन्मनुर्छ । धर्म नयाँ गरी जन्मनुपर्छ ।” उनीहरु यो वाक्यांश “सुधार” को पर्यायवाचीको रूपमा प्रयोग गर्छन् । तथापि, नयाँ गरी जन्मनुको अर्थ शरीरको सुधार होइन । नयाँ गरी जन्मनुको अर्थ पानी र आत्माको सुन्दर सुसमाचार सुनेर र विश्वास गरेर पवित्र आत्माको बास पाउँनु हो ।
सत्यका वचनहरू के–के हुन् जसले हामीलाई नयाँ गरी जन्मन
योग्य बनाउँछ ?
मानिसले किन नयाँ गरी जन्मिनुपर्छ ? मानिस अपूर्ण हुन्छ त्यसैले उसले परमेश्वरको सन्तान हुन पवित्र आत्माको बासको प्राप्तीद्वारा नयाँ गरी जन्मनैपर्छ । हामी धेरै मानिसहरु देख्न सक्छौं जो येशूमा विश्वास गर्छन् तर पवित्र आत्माको बास प्राप्त गरेका हुँदैनन् । निकोदेमस यहूदीहरूका गुरु थिए । निकोदेमस, जो यूहन्ना अध्याय ३ मा देखा पर्छन्, यहूदीवादका गुरु थिए जो पुस्तौंदेखिको परमेश्वरको व्यवस्था कायम राख्न चाहन्थे । तथापि, उनी मानिसहरुको धर्मको गरुको रूपमा काम गर्दै थिए, र पवित्र आत्माको बासदेखि अन्जान थिए ।
पवित्र आत्माको बास प्राप्त गर्नको लागि, हामीले पानी र पवित्र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्नैपर्छ र आस्थापूर्वक जिउँनुपर्छ । मानिसले पवित्र आत्माको बास तब मात्र पाउन सक्छ जब ऊ पानी र पवित्र आत्माको सुन्दर सुसमाचारको सत्य वचनमा विश्वास गर्दछ । येशूले भन्नुभयो,“मैले तिमीहरूलाई पृथ्वीका कुरा भने, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ ?” (यूहन्ना ३:१२)
पानी र आत्माको सुन्दर सुसमाचार यसप्रकार छ । हाम्रो प्रभु यस संसारमा जन्मनुभयो, यूहन्नाद्वारा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभयो, त्यसको तीन वर्षपछि क्रूसमा मर्नुभयो, पुनरुत्थान हुनुभयो र यसरी हामीलाई हाम्रो सबै पापहरुबाट मुक्ति दिनुभयो । उहाँ उनीहरुको लागि मुक्तिदाता हुनुभयो जो विश्वास गर्छन् कि येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र फेरि मृतकबाट जीवित भई उठ्नुभयो । उहाँले यस सुन्दर सुसमाचारमा विश्वास गर्नेहरुलाई पाप–क्षमा र पवित्र आत्माको बास प्रदान गर्नुभयो ।
जसको हृदयमा अझै पाप छ उनीहरुले येशूको बप्तिस्मा र उहाँको रगतमा विश्वासद्वारा आफ्नो पापको क्षमा पाउनुपर्छ । परमेश्वरको अगि मानिसले पाप नगरी रहन सक्तैन र यसकारण येशूलाई आफ्नो मुक्तिदाता स्वीकार गरी आफूलाई बचाउँनुपर्छ । पानी र आत्माको सुन्दर सुसमाचारले येशूले यो संसारको सबै पाप पखाल्नुभयो । सबै पापीहरु पानी र आत्माको सुन्दर सुसमाचार सुनेर र यसमा विश्वास गरेर बाँच्न सक्छन् । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुले पवित्र आत्माको बासको आशिष् प्राप्त गर्दछन् ।
“जसरी मोशाले उजाड–स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ” (यूहन्ना ३:१४) । पूरानो करामा, यद्यपि इस्राएलका मानिसहरुले पाप गरे, र उजाड–स्थानमा डरलाग्दो सर्पको टोकाइमा परे, र तुरुन्तै मर्दै थिए, धेरै जनाले आधारमा ठड्याइएको काँसको सर्पलाई हेरेर बाँच्न सफल भए ।
यसरी नै, हामीले पवित्र आत्माको बास प्राप्त गरेका छौं । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुलाई येशूले पवित्र आत्माको बास प्रदान गर्नुहुन्छ । शैतानले हामीलाई पानी र आत्माको सुन्दर सुसमाचारलाई जान्नबाट रोक्तछ र हामीलाई सत्यको आत्मा प्राप्त गर्नबाट रोक्न खोज्दछ । तथापि, परमेश्वरले हामीलाई येशूको बप्तिस्मा र उहाँको रगतप्रति भएको आस्थाद्वारा पाप–क्षमाको र पवित्र आत्माको बासको आशिष् दिनभयो ।
यदि तपाईं यस सुन्दर सुसमाचारमा विश्वास गर्नुहुन्छ भने तपाईंले पनि पवित्र आत्माको बास प्राप्त गर्नसक्नुहुन्छ । के तपाईं परमेश्वरको अगि यो सुन्दर सुसमाचार साँचो हो भनेर स्वीकार गर्नुहुन्छ ? के तपाईं यस साँचो सुसमाचारमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त गर्न सक्छु भनेर विश्वास गर्नुहुछ ?
परमेश्वरले हामीलाई त्यो सत्य जान्न भन्नुभयो जसले हामीलाई हाम्रो सबै पापहरुबाट बचाउँछ ।“तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना ८:३२) । के तपाईंलाई यो सुन्दर सुसमाचारको बारेमा थाह छ जसले हामीलाई बचाउँछ र पवित्र आत्माको बासको आशिष् प्रदान गर्दछ ? यदि तपाईं यस सुसमाचारलाई स्वीकारनुहुन्छ भने, तपाईंले निश्चित रूपले पवित्र आत्माको बास प्राप्त गर्नुहुनेछ ।