( यशैया ६१:१–११ )
“परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परकेहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन, र सियोनमा विलाप गर्नेहरूलाई — खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन । उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन् । तिनीहरूले पुराना भग्नावशेष पुनर्निमाण गर्नेछन् । नष्ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्तौंदेखि भग्नावशेष भएर रहेक शहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन् । परदेशीहरूले तेरा भेडाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमीन र दाखबारीमा काम गर्नेछन् । अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौं, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ । तिमीहरूले जाति–जातिहरूका धन–सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ । तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोब्बर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्ना उत्तराधिकारीमा रमाउने छन् । यसैकारण तिनीहरू आफ्नै देशका दोब्बर हकदार हुनेछन्, र अनन्तको आनन्द तिनीहरूका निम्ति हुनेछ । “किनभने म, परमप्रभुचाहिँ न्यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्छ । म आफ्नो विश्वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको निम्ति करार बाँध्नेछु । तिनीहरूका सन्तान जाति–जातिहरूका बीचमा र तिनीहरूका बालबच्चाहरू मानिसहरूका बीचमा चिनिनेछन् । तिनीहरूलाई देख्ने सबैले, ‘ती परमप्रभुबाट आशिष् पाएका सन्तान हुन्’ भनी स्वीकार गर्नेछन् ।” म परमप्रभुमा सा¥है आनन्दित हुन्छु । मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ — जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैं सिगाँर्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन् । किनकि जसरी भूमिले आफ्नो बिरुवा उर्माछ, र जसरी बगैँचाले बीउहरू उमार्छ , त्यसरी नै परमप्रभु परमेश्वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्ने उत्पत्ति गर्नुहुनेछ ।”
पवित्र आत्मा प्राप्त गर्नेहरुको उद्देश्य
के हो ?
यो संसारका सारा मानिसहरुलाई पानी र आत्माको
सुसमाचार प्रचार गर्नु हो ।
पवित्र आत्मा प्राप्त गरेको व्यक्तिले के गर्नुपर्छ ? उसले सारा मानिसहरुलाई पानी र आत्माको सुसमाचार प्रचार गर्नुपर्छ । परमेश्वरले पवित्र आत्माको बास प्राप्त गरेकाहरुलाई पानी र आत्माद्वारा पुनः जन्मिने सुन्दर सुसमाचार सुम्पिनुभएको छ । जो परमेश्वरको अगि आफ्ना पापहरुबाट क्षमा गरिए उनीहरुले पवित्र आत्मा पाउँछन् । त्यसो भए परमेश्वरले किन उनीहरुलाई पवित्र आत्मा प्रदान गर्नुहुन्छ भनेर तपाई सोच्नुहुन्छ ?
उनीहरुलाई आफूले आफ्नो सन्तान बनाएको छु भन्ने कुराको अन्तिम जमानी दिन, उहाँले उनीहरुलाई पवित्र आत्मा प्रदान गर्नुहुन्छ । उहाँ उनीहरुले शैतानमाथि विजय प्राप्त गरून भनेर मद्दत पनि गर्न चाहनुहुन्छ । उहाँले पापबाट क्षमा पाएकाहरु र पवित्र आत्माको बास प्राप्त गरेकाहरुलाई निम्न कुराहरु गर्न लगाउनुहुन्छ :
उहाँले उनीहरुलाई गरीबहरुलाई सुसमाचार सुनाउन लाउनुहुन्छ
गरीबहरुको लागि सुसमाचार के हो ? यो पानी र आत्माको सुसमाचार हो । परमेश्वरले गरीबहरुलाई यो सुन्दर सुसमाचार सुनाउन पवित्र आत्मा प्राप्त गरेकाहरुलाई आज्ञा दिनुभयो । जसले पवित्र आत्मा पाएका छन्, उनीहरु पृथ्वीको चीजहरुबाट कहिल्यै सन्तुष्ट हुँदैनन्, किनकि उनीहरुसँग स्वर्गको आशा हुन्छ ।
परमेश्वरले गरीबहरुलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभयो र उनीहरुको पाप क्षमा गर्नुभयो । अनि उहाँले तिनीहरुलाई पवित्र आत्माको बास प्रदान गर्नुभयो र उनीहरुलाई अनन्तको संसारमा प्रवेश गराउनुभयो । परमेश्वरले गरीबहरुलाई पानी र आत्माको सुसमाचार सुनाउन धर्मीहरुलाई आज्ञा गर्नुभयो । उहाँले उनीहरुलाई परमेश्वर र येशूमा विश्वास बढाउनुपर्छ भनेर पनि बुझाउनुभयो । परमेश्वरले हामीलाई पवित्र आत्मा प्रदान गर्नुको कारण सुन्दर सुसमाचारलाई प्रशस्तसँग संसराका गरीबहरुलाई सुनाउनलाई हौ ।
मन भाँचिएकाहरूको हृदयलाई बाँध्न उहाँलै
हामीलाई पठाउनुहुन्छ
परमेश्वरले कसरी हाम्रो मनलाई बाँध्नुहुन्छ ? उहाँले पानी र आत्माको सुसमाचारले मन भाँचिएकाहरूको हृदयलाई बाँध्नुहुन्छ । यहाँ मन भाँचिएका मानिसहरु धेरै छन् । उनीहरुको लागि, यो जीवन निरर्थक छ, र उनीहरुको आफ्नै धार्मिकता टुटेको छ । आफ्ना पापहरुले गर्दा उनीहरुको जीवन हीन र पीडादायी छ । त्यसकारण, उनीहरु आफ्नो जीवनप्रति शंकाले गर्दा अक्सर सताइन्छन् । सबै मानिसहरु उत्तम प्रकारले जिउँन चाहन्छन् र आफ्नो शरीर र मनमा सम्पन्नताको आनन्द लिन चाहन्छन्, तर यो त्यसरी नै सजिलो हुँदैन जब मानिसहरु आफ्ना सबै धन–सम्पत्तिबाट डाँकुहरुद्वारा लुटिन्छन् ।
ठीक यसैप्रकारले, जसको हृदयमा पाप हुन्छ उनीहरु निरन्तर आफ्नो धार्मिकताबाट लुटिन्छन्, र अन्त्यमा, आफ्नो पापहरुले गर्दा नर्कमा जान्छन् । यही कारणल परमेश्वरले, मन भाँचिएकाहरुप्रति दयाले भरिएर, हामीलाई उनीहरुलाई सुसमाचार सुनाउन आज्ञा गर्नुभयो । कुन वचनले परमेश्वरले उनीहरुलाई निको पार्नुभयो ? उहाँले पानी र आत्माको सुसमाचारद्वारा यसो गुर्नभयो । उहाँले मन भाँचिएकाहरुलाई निको पार्नुभयो र उनीहरुलाई अनन्त जीवन पनि प्रदान गर्नुभयो ।
उहाँले पापको दासत्वमा परकेहरूलाई स्वतन्त्रताको घोषणा गर्नुहुन्छ
उहाँले बन्धनमा परेकाहरुलाई स्वतन्त्रता प्रदान गर्नुहुन्छ । यसको के अर्थ हुन्छ ? यसको अर्थ हुन्छ परमेश्वरले संसारको सबै पापहरुबाट मानिसको आत्मालाई मुक्त गर्नुभएको छ । उहाँले यो काम उनीहरुलाई मात्र दिनुभएको छ जसले पवित्र आत्मा प्राप्त गरेका छन्, र उनीहरुले अरुलाई उनीहरुको पापबाट मुक्त गर्न सक्छन् ।
मानिसको शरीर र आत्मा हुन्छ । र उसको शरीर र आत्मा, पाप र व्यवस्थाको कष्टको बन्धनमा परेर जिउँछ । उसले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि, पापको दासत्यमा परेर जिउँनदेखि बाहेक केही गर्न सक्तैन । यसरी नै, उसलाई जीवनभरि पापको दास भएर जिउँन लेखेको हुन्छ । ऊ यसरी नै जिउँछ र अन्त्यमा नाश हुने नै छ ।
आफ्नो कमजोरीप्रति आफूले आफैलाई सहानुभूति गर्दै र यसैमा मग्न हुँदै ऊ यो त्याग्न नसकिने जीवन जिउँछ जसले उसलाई यो अवस्थामा ल्याएको छ । परमेश्वरले उनीहरुलाई पवित्र आत्मा पठाउुनुभयो जो पाप नगरिकन रहन सक्तैनन् र मृत्युको भागी छन्, ताकि उनीहरु पापमा बस्नेहरुलाई यो सुन्दर सुसमाचार सुनाउन सकून्, र उनीहरुको सम्पूर्ण पापहरुबाट उनीहरुलाई स्वतन्त्रता प्रदान गर्न सकून् ।
विलाप गर्नेहरू सबैलाई उहाँले सान्त्वना दिनुहुन्छ
परमेश्वरले विलाप गर्नेहरुलाई के दिनुभयो ? उनीहरुलाई क्षमाको सुसमाचार प्रदान गरी, परमेश्वरले संसारमा विलाप गर्ने सबै मानिसहरुलाई सान्त्वना दिनुहुन्छ । उहाँले मानवतालाई उनीहरुको पापबाट क्षमा गर्न येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो । र संसारको सबै पाप उहाँमा सार्न, उहाँलाई यूहन्नाबाट बप्तिस्मा लिन लाउनुभयो र क्रूसमा मराउनुभयो । यसरी परमेश्वरले हामीलाई हाम्रो पापहरुबाट शुद्ध गर्नुभयो । यसरी परमेश्वरले हामीलाई संसारको सबै पापहरुबाट बचाउनुभयो ।
हाम्रा परमप्रभुले विलाप गर्ने सबैलाई पानी र आत्माको सुन्दर सुसमाचारबारे जानकारी दिएर सान्त्वना दिनुहुन्छ । यसो गरेर, उहाँले अधुरो आस्थाबाट सताइएकाहरुलाई आशिष् प्रदान गर्नुहुन्छ । उहाँले मन भाँचिएकाहरुलाई निको पार्न र पापको बन्धनमा परेकाहरुलाई स्वतन्त्र गर्न, पवित्र आत्मा प्राप्त गरेकाहरुलाई मात्र यो सुन्दर सुसमाचार प्रचार गर्न डो¥याउनुहुन्छ ।
यो संसारमा हाम्रो अस्तित्वको कारण हाम्रो परमप्रभुबाट क्षमा पाउँन र त्यसपछि पापको बन्धनमा परेकाहरुलाई र पापबाट छुटकारा पाउँन सान्त्वना आवश्यक परेकाहरुलाई सुन्दर सुसमाचार सुनाउन हो । परमेश्वरले हामीलाई भन्नुहुन्छ यद्यपि हाम्रो जीवन छोटो छ, यो कुनै हालतमा पनि निरर्थक छैन । परमेश्वरले मानवताको लागि पाप–क्षमा र आश्चर्यजनक आशिष्हरुको तयारी गर्नु नै यसको प्रमाण हो ।
परमेश्वरले विलाप गर्ने सबैलाई गौरवको शिरपेच पनि प्रदान गर्नुभयो । यसको अर्थ हुन्छ येशूको बप्तिस्मालाई धन्यवाद किनकि पापीहरुले आफ्नो पापबाट क्षमा पाउँछन् र यसकारण स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् । यदि कसैले आफ्नो पापबाट क्षमा पाउँछ भने, ऊ मनमा आनन्दित हुनेछ र आश्चर्यजनक आशिष्हरुलाई सराहना गर्नेछ । हाम्रा परमप्रभुले उसलाई गौरवको शिरपेच लगाइदिनुहुनेछ । उहाँले पापीहरुलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभयो र आफूमा विश्वास गर्नेहरुलाई आफ्नो सन्तान बनाउनुभयो । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरु दुःखको सट्टा आनन्द अनुभव गर्ने पारिनेछन् ।
जसरी मानिसहरु रुँदै जन्मन्छन् र मर्छन्, आनन्द क्षणिक हुन्छ, र उनीहरुको मन धेरैजसो खिन्नताले भरिएको छ । तथापि, परमेश्वरले उनीहरुलाई भेट्नुभयो र उनीहरुलाई आशा र हर्षमा नयाँ गरी जन्मन लाउनुभयो । यसरी नै, जो यस सुन्दर सुसमाचारमा विश्वासद्वारा नयाँ गरी जन्मिएका छन् उनीहरुको नयाँ जीवन र नयाँ काम छ । यस अतिरिक्त, उनीहरु परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न समर्थ छन्, र त्यो हो संसारका सबै पापीहरुलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नु, उनीहरुको हृदयबाट सबै अन्धकार हटाउनु र यसको सट्टा उनीहरुलाई सबै किसिमको आनन्द र सुखमा रम्न दिनु हो ।
जसलाई परमेश्वरले उनीहरुको पापबाट क्षमा प्रदान गर्नुहुन्छ उनीहरु परमेश्वरलाई महिमा दिन्छन् । उहाँले धर्मीहरुलाई सुन्दर सुसमाचार प्रचार गर्न भन्नुभयो । उहाँले उनीहरुलाई उहाँ को हुनुहुन्छ भनेर, उहाँले कुन सुसमाचार हामीलाई प्रदान गर्नुभएको छ, र उहाँले हाम्रो निम्ति तयार पार्नुभएको स्वर्गको राज्य कति गौरवशाली छ भनेर प्रचार गर्न भन्नुभयो । हामी परमेश्वरको महिमालाई उहाँद्वारा क्षमा पाएकाहरुमा हेर्न सक्छौं । जो पवित्र आत्माले भरिपूर्ण हुनुभन्दा अगि विलाप गर्थे उनीहरु अहिले सुखमा रम्छन्, जो पहिले पापको बन्धनमा थिए उनीहरु अहिले स्वतन्त्रताको आनन्द अनुभव गर्छन्, र जो निरर्थक जीवन बिताउँथे उनीहरु अहिले धार्मिक जीवन बिताउँछन् । यी सबैले परमेश्वरको महिमालाई प्रकाश पार्दछन् । परमेश्वरले धर्मीहरुलाई उल्लेख गर्नुभएको हो जसले पुरानो भग्नावशेषलाई पुननिर्माण गर्नेछन्, पहिले उजाड भएका स्थानहरु फेरि बनाउँनेछन्, र नष्ट भएका शहरहरु फेरि बसाउनेछन् ।
वास्तवमा, यो पानी र आत्माको सुन्दर सुसमाचार चर्चको प्रारम्भिक कालमा प्रेरितहरुद्वारा प्रचार गरिएको थियो । येशूलाई यो संसारमा झण्डै दुई हजार वर्ष अगि पठाइएको थियो । यो सुन्दर सुसमाचार ईस्वी सन् ३०० सम्म यो संसारमा प्रचार भएको थियो । धर्मीद्वारा अहिले प्रचार गरिएको सुसमाचार र प्रेरितहरुले त्यो बेला प्रचार गरेको पवित्र आत्माको सुसमाचार एउटै हो । तथापि, चौथौ शताब्दीको रोमी साम्राज्यको शुरुतिर, जब रोमले ईसाई धर्मलाई राज्यको धर्म बनायो र आफ्ना नागरिकहरुलाई धर्मको स्वतन्त्रता दियो, येशूको बप्तिस्माको सुसमाचारको चमक हरायो र विस्तारै बिलाएर गयो । यसपछि, जब स्थापित ईसाई धर्म धेरै भन्दा धेरै सम्पन्न हुँदै गयो, ती मानिसहरु जसले साँचो सुसमाचार प्रचार गर्थे हराएर गए ।
किन उनीहरुको आस्था परिवर्तन भयो जो साँचो ईसाई धर्म र साँचो सुसमाचारको प्रचार गर्थे ? जब ईसाई धर्म रोमी साम्राज्यको राष्ट्रिय धर्म बनिसकेको थियो, ईसाईहरु विभिन्न प्रतिबन्धहरुबाट मुक्त भए र रोमी नागरिकहरुलेझैं विशेषाधिकारको उपभोग गर्न थाले । त्यसपछि ईसाईहरुले रोमी संभ्रान्तहरुसित विवाह गर्न सक्ने भए, र सरकारी सेवामा प्रवेश गर्न सक्ने भए । यो विशेषाधिकारले गर्दा, उनीहरुको आस्था पुनरुत्थानबाट झरेर फगत धर्ममा सीमित भयो । त्यहाँदेखि, पानी र आत्माको सुन्दर सुसमाचार हरायो, र कमजोर सांसारिक धर्मको रूपमा विकसित भयो ।
परमेश्वरले आफ्नो फर्किने समय नजीकिएको बेला मानवतालाई उसको पापबाट बचाउँन हामी अन्तिम ईसाईहरुलाई पानी र आत्माको सुन्दर सुसमाचार प्रचार गर्न आज्ञा गर्नुहुन्छ जुन खण्डहरमा लामो समयसम्म फ्याँकिएको थियो । उहाँले प्रेरितहरुको समयमा प्रचार भएको पानी र आत्माको सुन्दर सुसमाचारलाई पुनः सजीव पार्नुहुनेछ । प्रेरितहरुको समयमा प्रचार भएको सुसमाचार येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुन्दर सुसमाचार थियो । उहाँले हामीलाई ती मानिसहरु भन्नुहुन्छ जसले नष्ट भएका शहरुहरु बनाउँनेछन् । उहाँले हामीलाई पानी र आत्माको सुसमाचार सिकाउनुभयो र यसमा विश्वास गर्न लागाउनुभयो, र हामीलाई आफ्नो दाखबारीको खेताला बनाउनुभयो ।
परमेश्वरले हामीलाई त्यही उद्देश्य दिनुभयो जुन उहाँले प्रेरितहरुलाई दिनुभएको थियो । उहाँले तपाईंलाई र मलाई पानी र आत्माको मौलिक सुसमाचार प्रचार गर्न लगाउनुभयो । “परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ ।” परमेश्वरले पहिले नै पवित्र आत्मा पाइसकेकाहरुलाई सुसमाचार प्रचार गर्न लगाउनुभयो र हामीलाई पवित्र आत्मा प्रदान गर्नुभयो ।
परमेश्वरले हामीलाई फूलहरुले सुशोभित गर्नुभयो, सबै दुःखहरु हटाउनुभयो, र हामीमा हर्षलाई प्रेरित गरी प्रशंसाको वस्त्र ओढाउनुभयो । जसको हृदयमा पवित्र आत्मा हुन्छ उनीहरु अरुले पनि उहाँलाई पाऊन् भनेर यो सुन्दर सुसमाचारको बीउ छर्छन् । अनि उनीहरुले पनि हाम्रा परमम्रभुले प्रदान गर्नुभएको सुसमाचारलाई ग्रहण गर्नेछन्, क्षमा पाउनेछन्, र अन्त्यमा पवित्र आत्मा पाउनेछन् ।
हामी परमेश्वरका कामदार भएका छौं । तपाईं र मैले स्वर्गको राज्यको आशिष् पाएका छौं । तथापि, जोसँग पवित्र आत्मा छैन परमेश्वरले उनीहरुलाई अन्धा बनाउनुभएको छ ताकि उनीहरुले यो सुन्दर सुसमाचारलाई जान्न, हेर्न, अथवा बुझ्न नसकून् । उनीहरु अरूलाई येशूमा नाममात्रको भए पनि विश्वास गराउन सक्लान, तर उनीहरुलाई कदापि पवित्र आत्मा प्राप्त गराउन सक्दैनन् ।
परमप्रभुले पवित्र आत्मा प्राप्त गरेकाहरुद्वारा निम्न कामहरु गर्नुभएको छ । उहाँले उनीहरुलाई गरीबहरको निम्ति सुन्दर सुसमाचार सुनाउन, मन भाँचिएकाहरुलाई पानी र आत्माको सुसमाचारले निको पार्न लगाउनुभयो । उहाँले पापको बन्धनका परेकाहरुलाई मुक्तिको साँचो स्वतन्त्रता पनि प्रदान गर्नुभयो र विलाप गर्नेहरु सबैलाई पानी र आत्माको सुन्दर सुसमाचारले सान्त्वना दिनुभयो । आफ्नो कमजोरीको कारण पापको बन्धनमा परेकाहरुलाई मुक्त गर्नुभयो, उनीहरुलाई हर्ष र आशा प्रदान गर्नुभयो र अनि स्वर्गमा उक्लनुभयो ।
यसपछि, हामीमा बास गर्नुहुने पवित्र आत्माले हामीलाई सबै मानिसहरुलाई पानी र आत्माको सुसमाचार प्रचार गर्न लाउनुभयो । येशू ख्रीष्टले जसले क्षमा पाएका छन् र आफूभित्र पवित्र आत्मा प्राप्त गरेका छन् उनीहरुलाई सबै पापीहरुलाई पापबाट बचाउँन भन्नुभयो । परमप्रभुले पवित्र आत्मा प्राप्त गरेकाहरुलाई आफूले गरेको योजना पूरा गर्ने काममा अधिकार सम्पन्न बनाई नियक्त गर्नुभयो । उहाँले सबै धर्मी मानिसहरुलाई परमेश्वरको काम गर्न लगाउनुभयो । हामी उहाँका कामदारहरु हौं, ती मानिसहरु हौं जसलाई परमेश्वरले आफ्नो दाखबारीको, परमेश्वरको चर्चको, रेखदेख गर्न सेवकको रूपमा नियुक्त गर्नुभएको थियो । हामी उहाँका सेवकहरु हौं । परमेश्वरले हामीलाई यी विस्मयकारी आशिष्हरु प्रदान गर्नुभएको छ ।
जब हामी हाम्रो शरीरलाई हेर्छौं हामी हाम्रो कमजोरी महसुस गर्छौं, तर परमेश्वर हामीद्वारा काम गर्नुहुनेहुनाले, हामी उहाँमा विश्वास गर्छौं र आस्थाद्वारा उहाँका सेवकहरु भएका छौं । हामी विश्वास गर्छौं परमेश्वरले हामीद्वारा धेरै महान कामहरु गर्नुहुनेछ र उहाँको राज्य हामीमा विस्तार गर्नुहुनेछ ।
परमेश्वरले नष्ट भएका शहरहरुमा सुसमाचारको किल्ला फेरि बनाउने निर्णय गर्नुभयो । उहाँले प्रतिज्ञा गर्नुभयो कि उहाँले पहिलेका उजाड स्थानहरुलाई फेरि उठाउनुहुनेछ, ध्वस्त शहरहरुलाई फेरि बनाउनुहुनेछ । म विश्वास गर्छु कि फेरि एकचोटि संसारभरि यो सुसमाचार सजीव हुनेछ !
तथापि यो मेरो इच्छा होइन । म यसमा विश्वास गर्छु किनकि परमेश्वरले यस्तो हुनेछ भनेर भन्नुभएको थियो । हाम्रा परमप्रभुले पवित्र आत्मा हुनेहरुलाई संसारभरि यो सुन्दर सुसमाचार प्रचार गर्न लगाउनुभयो । उहाँले आफ्नो पुत्रलाई यो संसारमा पठाउनुभयो र सुसमाचारलाई सम्पन्न गर्नुभयो, र म विश्वास गर्छु उहाँले आफ्नो इच्छा हामीहरुमध्ये पवित्र आत्मा प्राप्त गरेकाहरुद्वारा फेरि पूरा गर्नुहुनेछ । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरुले परमेश्वरको महिमा देख्नेछन् । हल्लेलूयाह !