• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ८: पवित्र आत्मा

< 8-18 > त्यो सत्य जसले विश्वासीहरूलाई पवित्र आत्माको बासतर्फ डो¥याउँछ (यहोशू ४:२३)

( यहोशू ४:२३ )
“जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुञ्जेल हाम्रो सामुन्ने सुकाउनुभएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुञ्जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो ।”
 
यर्दन नदीको घटनाले हामीलाई
के शिक्षा दिन्छ ?
यसले यो सिकाउँछ कि येशू ख्रीष्टले मानवतालाई
पापबाट हुने मृत्यु र त्यसपछि हुने इन्साफबाट
पूर्णरूपलै बचाउनुभएको छ ।
 
म अब सत्यको त्यो सुन्दर सुसमाचारबारे बोल्न चाहन्छु जसले हामीलाई पवित्र आत्माको बास प्राप्त गर्न दिन्छ । मोशाको मृत्युपछि, परमेश्वरले यहोशूलाई इस्राएको नेताको रूपमा नियुक्त गर्नुभयो । पूरानो करारमा मोशा व्यवस्थाको प्रतिनिधि थिए । यदि मोशाले इस्राएलका मानिसहरुसँगै यर्दन नदी पार गरेका भए, यहोशूलाई ती मानिसहरुको नेता हुन आवश्यक हुने थिएन । तथापि, परमेश्वरले मोशालाई कनानको भूमिको ठीक अगाडिको क्षेत्रमा पुग्न दिनुभयो र त्यहाँ प्रवेश गर्नबाट रोक्नुभयो ।
 
 
हाम्रा परमप्रभुले हामीलाई मोशा र यहोशू दिनुभयो
 
मोशा, पूरानो करारमा व्यवस्थाको प्रतिनिधि, उनले इस्राएलका मानिसहरुलाई कनानमा लान सकेनन् । यदि उनले व्यवस्थाद्वारा डो¥याइँदा त्यसो गर्न सकेको भए, यो हाम्रो निम्ति परमेश्वरले बनाउनुभएको मुक्तिको योजनाको विरुद्धमा हुन्थ्यो । कोही पनि परमेश्वरको व्यवस्थाको अगाडि पापबाट मुक्त हुन सक्तैन किनकि कोही पनि व्यवस्थालाई पालन गर्न सक्दैनन् । किनभने व्यवस्था पापको ज्ञानको लागि मात्र हो (रोमी ३:२०) ।
परमेश्वरले मानिसलाई व्यवस्था दिनुको कारण उनीहरुलाई पापको ज्ञान दिनलाई हो, व्यवस्थालाई उनीहरुको संरक्षक बनाउन हो र उनीहरुलाई ख्रीष्टतसम्म डो¥याउनलाई हो ताकि उनीहरु विश्वासद्वारा धर्मी ठहरिन सकून् (गलाती ३:२४) । किनकि व्यवस्था येशूसम्म पु¥याउने पथप्रदर्शक भन्दा केही बढ्ता होइन, मानिसहरुलाई येशू चाहिएको थियो, र यसैकारण येशूले यो संसारमा आउनुपरेको थियो । परमेश्वरले यहोशूलाई इस्राएलका मानिसहरुलाई यर्दन नदी पार गर्ने र कनानको भूमिमा प्रवेश गर्ने निर्देशन दिन लाउनुुभयो ।
परमेश्वरले उनीहरुलाई मोशाको मृत्युपछि आफ्ना नयाँ नेता, यहोशूसँग कनानको भूमिमा प्रवेश गर्न डो¥याउनुभयो । यहोशूले मानिसहरुका अफिसरहरूलाई, यसो भनेर आदेश दिए, “छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आफ्ना–आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’ ” (यहोशू १:११) ।
यो मोशाद्वारा हुन असम्भव प्रमाणित भएपछि परमेश्वरले यहोशूलाई कनानमा प्रवेश गर्न आज्ञा दिनुभयो । परमेश्वरले यहोशूलाई, यसो भनेर आज्ञा दिनुभयो, “करारको सन्दूक बोक्ने पूजाहारीहरूलाई तैंले यस्तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्नासाथ यर्दनमा खडा रहनू ।’ यहोशूले इस्राएलीहरूलाई भने, ‘यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन । ‘जीवित परमेश्वर तिमीहरूका बीचामा हुनुहुन्छ र उहाँले निश्चय नै तिमीहरूका सामुन्नेबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाह पाउनेछौ” (यहोशू ३:८–१०) ।
मोशाको मृत्यपछि, परमेश्वरले यहोशूलाई इस्राएलको नेता नियुक्त गर्नुभयो र उनलाई इस्राएलीहरुसँगै कनानको मूमिमा प्रवेश गर्न आदेश दिनुभयो । यहोशू भन्ने नामको अर्थ हुन्छ “मुक्तिदाता,” यो “येशू” अथवा “होशे” को पर्यायवाची हो । परमेश्वरको सेवक, यहोशूले पूजाहारीहरुलाई करारको सन्दुक बोक्न आदेश दिए र मानिसहरुलाई नेतृत्व गर्दै यर्दन नदी पार गर्न भने । जब सन्दुक बोक्ने पूजाहारीहरुले आफ्नो खुट्टाले पानीलाई छोए (किनकि कटनीको समयमा यर्दनमा बाढी आइरहन्छ), माथिबाट बगरे आउने पानी धेरै पर, सार्तानको नजीक आदम भनिने शहरनेरै थामियो । यसरी अराबाको समुद्र अर्थात खारा समु्रदमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो र मानिसहरु यरीहोको पारिबाट पार तरे (यहोशू ३:१५–१६) ।
यस घटनाबाट, परमेश्वरले हामीलाई यो सिकाउनुहुन्छ कि उहाँले पापबाट हुने मृत्यु र त्यसपछि हुने मानवताको इन्साफलाई पूर्ण रूपले हटाउनुभएको छ । अर्को शब्दमा, येशू ख्रीष्ट हाम्रो मुक्तिदाताले मानवताको सबै पापहरु उठाइलैजानुभयो जब उहाँले बप्तिस्मा–दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा टाँगिनुभयो । यसप्रकारले, उहाँले कनानको भूमितर्फ डो¥याएर मानवतालाई उनीहरुको पापबाट बचाउनुभयो, जसले स्वर्गको राज्यको प्रतिनिधित्व गर्दछ ।
 
 
यर्दन नदी त्यो ठाउँ हो जहाँ मानवतालाई पवित्र गरिएको थियो
 
पूरानो र नयाँ करारहरुमा उल्लेखित, यर्दन नदी वरिपरिको ऐतिहासिक घटनाहरु अति नै महत्वपूर्ण घटनाहरु थिए जसले मानवताको पापबाट उत्पन्न हुने श्राप र इन्साफबाट अन्तिम मुक्तितर्फ डो¥याउने संकेत गथ्र्यो ।
यर्दन नदीलाई मृत्युको नदी भनेर भनिन्थ्यो, र यो नदीको अन्तिम बिन्दु मृत सागर हो । यर्दन शब्दको अर्थ हुन्छ “तलतिर मात्र बग्ने नदी, मृत्युतर्फ” अथवा “डुब्नु, दबाउनु, तलतिर धकेल्नु, परिणाम” । यसले प्रष्टैसँग मानवताको पापको इतिहासको संकेत गर्दछ । यो नदीमा, येशूले, आफ्नो बप्तिस्माद्वारा, पापहरुको सबै बहावलाई लिनुभयो जुन कुनै पनि मानिसले रोक्न सक्दैन, पछि क्रूसमा मर्नुभएर यी पापहरुको लागि मानिसको ठाउँमा इन्साफ स्वीकारनुभयो ।
हामी, आदम र हव्वाका वंशजहरु, कता गइरहेकाछौं ? किनकि सबै प्राणीहरु पापमा जन्मेका छन्, उनीहरु पाप गर्छन्, र ती पापहरुको ज्याला मृत्यु भएकोले यसैतर्फ अगि बढिरहेछन् । मानवताको इतिहासदेखि नै, सबै प्राणीहरु जन्मैदेखि आफ्नो विनाशतर्फ बढिरहेछन् । यद्यपि उनीहरु आफ्नो पापमय स्वभावलाई नियन्त्रण गर्न धेरै प्रयास गर्छन्, तर उनीहरु सक्दैनन्, र यसैकारण उनीहरु आफ्नो पापको लागि अन्तिम न्यायतर्फ बढिरहेछन् ।
तथापि, परमेश्वरले पापको र इन्साफको बहावलाई काट्नुभयो । परमेश्वरले इस्राएलीहरुलाई यर्दन नदी पार गराएर कनानको भूमिमा प्रवेश गराउन यहोशूलाई नेतृत्व गर्न लगाउनुभयो । यहोशूको निम्ति यो परमेश्वरको इच्छा थियो । यो कथाले भन्छ पापबाट मुक्त हुनको लागि, हामीले पापको ज्याला तिर्नैपर्छ, जुन मृत्यु हो, र यही मूल्यद्वारा, हामी हाम्रो सबै पापहरुबाट पवित्र हुन्छौं र स्वर्गमा प्रवेश गर्छौं ।
पूरानो करारमा, नदीको बहावलाई रोकियो र यो सुख्खा जमिनमा परिणत भयो जब करारको सन्दुक बोक्ने पूजाहारीहरुले आफ्नो खुट्टाले पानीलाई छोए । यसले इस्राएलीहरुलाई नदी पार गर्न सम्भव बनायो । यो पापको क्षमा थियो जुन सुन्दर सुसमाचारमा विश्वास गर्नेहरुलाई मात्र दिइयो । यो पानी र आत्माको सुसमाचार थियो जसले मानवताको पापको ज्याला चुकायो, र हामीले यो सुन्दर सुसमाचारमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त गरेकाछौं ।
 
 
सेनापति नामान
 
नामान, जो २ राजा को अध्याय ५ मा देखापर्छन्, अरामका सेनाको एक महान र सम्माननीय सेनापति थिए जसले आफ्नो देशलाई त्यसको शत्रुहरुबाट बचाएका थिए । उनी एक कुष्ठरोगी पनि थिए र यो श्रापले गर्दा सबैथोक गुमाउन आँटेका थिए । तर पछि उनले यो सुन्दर सुसमाचार सुने कि उनी यो श्रापबाट मुक्त हुन सक्छन् । यसो भनियो कि उनी निको हुनेछन् यदि उनले परमेश्वरको सेवकलाई जो इस्राएलमा बस्थे गएर भेट गरे भने । एउटी सानी नोकरनी केटी थिई जसले यो समाचार सुनाई । उसले भनी, “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथ्यो !”(२ राजा ५:३) ।
उनले यो समाचारमा विश्वास गरे र इस्राएल गए । जब उनी एलिशाको घरको ढोकामा आइपुगे, एलिशाले उनलाई यसो भन्न समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौं” (२ राजा ५:१०) । चमत्कारिक उपचारको आशा गरेका हुनाले, यो सुनेर उनी रिसाए र आफ्नै देशमा फर्किने निर्णय गरे । तथापि, उनका नोकरहरुले आग्रहपूर्ण बिन्ती गरे, उनले एलिशाले भनेको माने र तल ओर्लेर आफ्नो पूरा शरीरलाई यर्दनमा सात पल्ट डुबाए । त्यहाँ, उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो ।
यस्तै तरिकाले, हामीले के बुझ्नुपर्छ भने हाम्रो सबै पापहरुबाट क्षमा पाउन, हामीले आफ्नै विचारहरुलाई त्याग्नुपर्छ र बाइबलमा जे लेखिएको छ त्यसलाई स्वीकार गर्नुुपर्छ । अनि मात्र हामीलाई सुन्दर आशिष्हरु प्रदान गरिनेछ । जोकोही पनि बाँच्न चाहन्छ भने उसले परमेश्वरको वचनलाई मान्नुपर्छ र त्यसमा पूर्ण रूपले विश्वास गर्नुपर्छ ।
बाइबलले भन्छ संसारका सबै पापहरु येशूको बप्तिस्मा र रगतद्वारा पखालियो । हामीले अनाज्ञाकारी नामानलेझैं सोच्नुहुँदैन । पानी र आत्माको सुसमाचार बिना हामी हाम्रो पापहरुबाट मुक्त हुन सक्तैनौं । त्यसकारण, हाम्रो सबै पापहरुबाट क्षमा पाउनको लागि, हामीले पानी र आत्माको सुन्दर सुसमाचारमा विश्वास गर्नैपर्छ । जसरी नामान आफ्नो शरीरलाई सात पल्ट पानीमा डुबाएर शुद्ध भए, हामी विश्वास गर्छौं कि येशूको बप्तिस्मा, क्रूस, र पुनरुत्थानको सुन्दर सुसमाचारमा विश्वासद्वारा हामी हाम्रो पापहरुबाट शुद्ध हुन सक्छौं । हामीले यो सुन्दर सुसमाचारमा जस्ताको तस्तै विश्वास गर्नुपर्छ ।
यर्दन नदीमा भएको यस चमत्कारले आदमका सबै वंशजहरुलाई एउटा आशिष् प्रदान ग¥यो जसले सबै पापहरुको प्रवाहलाई काट्यो र इन्साफको अन्त्य ग¥यो । सबै मानवता आदनको बैँचाबाट बाहिर निकालिएको थियो किनकि आदम र हव्वाले शैतानले लोभ्याएपछि पाप गरे । तथापि, यर्दनको घट्ना सुन्दर सुसमाचार थियो जसले मानवतालाई आदनको बगैँचामा फर्काउँछ ।
 
 
यर्दन नदीको घटना
 
बाइबलले सुन्दर सुसमाचारको उल्लेख गर्छ कि येशूले सबै पापहरु यर्दनमा लिनुभयो । “अहिलेलाई यसै हुन देऊ । किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ” (मत्ती ३:१५) । बाइबलले भन्छ जब येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभयो सबै पापहरु उहाँमा सरे । अर्को शब्दमा, येशूको बप्तिस्मा त्यो घटना थियो जसले मानवतालाई बाँध्ने पापको साङ्लोलाई काट्यो । यसरी नै येशूले पापको अन्त्य गर्नुभयो र पछि आफ्नो क्रूसको रगतद्वारा हामीलाई मुक्ति प्रदान गर्नुभयो ।
यर्दन बप्तिस्माको नदी थियो जसले हाम्रो पापहरुलाई धोयो । हामीहरुले परमेश्वरको व्यवस्थालाई पूरा गर्न सक्यौं, “पापको ज्याला मृत्यु हो” (रोमी ६:२३), किनकि येशूले यर्दन नदीमा बप्तिस्मा लिएर र क्रूसमा मरेर ज्याला तिर्नुभयो । यो नै सुन्दर सुसमाचार हो जुन हाम्रा परमप्रभुले मानवतालाई प्रदान गर्नुभयो ।”
मानवताका सबै पापहरु आदमबाट अविरल शुरुभयो, तर यर्दनमा येशूको बप्तिस्माद्वारा र उहाँको क्रूसको रगतद्वारा पूर्णतः बन्द भयो । येशूको बप्तिस्मालाई धन्यवाद कुनै पनि पाप रहेन । यो कति अनुग्रहले भरिएको र सुन्दर समाचार छ । हामी, यो सुन्दर सुसमाचारमा विश्वासद्वारा, पापको उर्लदोँ प्रवाहबाट बाँच्यौं, हाम्रा सबै पापहरुबाट शुद्ध भयौं र परमेश्वरको मुक्तिको व्यवस्थामा पवित्र भयौं । येशूको बप्तिस्मा र क्रूसको रगत नै त्यो सुसमाचार हो जसले मानवतालाई बचाउँदछ । हामीले साँच्चै यसमा विश्वास गर्नुपर्छ । “विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो” (रोमी १४:२३), परमेश्वर भन्नुहुन्छ । यसकारण, हामी तब मात्र अनुग्रह पाउँछौं जब हामी यस सुन्दर सुसमाचारमा विश्वास गर्छौं ।
जब येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो सबै पापहरु उहाँमा स¥यो । तपाईंको हृदयमा के यस तथ्यको बावजुद पनि अझै पाप छ ? येशूले संसारको सबै पापहरु लिनुभयो । बाइबलमा जे लेखिएको छ तपाईंले त्यसलाई स्वीकारनुपर्छ । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुसमाचारले मात्र तपाईंको पापलाई मेटाउन सक्छ र तपाईंलाई मृत्यु अनि सबै अरु श्रापहरुबाट बचाउन सक्छ । बप्तिस्माको अर्थ हुन्छ “धुनु, डुबाउनु, गाडिनु, सार्नु, र हस्तान्तरण गर्नु ।”
येशूले प्रदान गर्र्नुभएको सुन्दर सुसमाचारमा विश्वासद्वारा सबै मानवताले आफ्नो पापहरुबाट क्षमा पाउन सक्छ । यसैकारण येशूले आफैलाई भन्नुभयो, ‘स्वर्गको बाटो’ । उहाँमा विश्वासद्वारा हामी स्वर्गमा प्रवेश गर्न सक्छौं र अनन्त जीवन प्राप्त गर्न सक्छौं । उहाँ हाम्रो परमप्रभु हुनुहुन्छ, जसले हामीलाई पवित्र आत्माको बास प्रदान गर्नुभयो । उहाँको बप्तिस्मा र रगतमा विश्वासद्वारा हामी हाम्रो पापको सबै इन्साफबाट मुक्त भयौं ।
श्राप अन्त्य भयो र त्यो नदी सुख्खा जमिनमा परिणत भयो किनकि करारको सन्दुक बोक्ने पूजाहारीहरुले आस्थाद्वारा पानीलाई आफ्नो खुट्टाले छोए । परमेश्वरले यही योजना गर्नुभएको थियो, र येशूको बप्तिस्मा र उहाँको रगतले यो योजनालाई सम्पन्न ग¥यो । यो कति सुन्दर सुसमाचार छ । यो मुक्तिको व्यवस्था थियो र यो बिना हाम्रो मुक्ति असम्भव थियो । जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् उनीहरु अब यर्दन नदी पार गर्न सक्छन् र कनानमा प्रवेश गर्न सक्छन् । त्यहाँ पानी पूर्णतः सुक्यो । यसको अर्थ हुन्छ संसारको सबै पापहरु येशूमा स¥यो र उहाँले हाम्रो निम्ति इन्साफ झेल्नुभयो । यही नै त्यो सुसमाचार हो जसले हामीलाई पवित्र आत्माको बास प्रदान गर्दछ ।
परमेश्वर, जसले मानवताको सृष्टि गर्नुभयो, उहाँलाई थाह छ कि मानिसको औसत आई.क्यू. ११० देखि १३० अङ्कसम्म मात्र छ । त्यसकारण, उहाँले पवित्र आत्माको प्राप्तीको सत्यलाई जटिल बनाउन सक्नुहुन्न । परमेश्वरले येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा उनीहरुको सबै पापहरु हटाउनुभयो । उहाँले पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा पवित्र आत्मा प्राप्त गर्नलाई सम्भव बनाउनुभयो ताकि उनीहरु सबैले यो जानून् । तपाईंले पनि यो सुन्दर सुसमाचारमा विश्वासद्वारा पवित्र आत्माको बास प्राप्त गर्नुहुनेछ ।
बाइबलमा लेखिएअनुसार, हामी खालि प्रायश्चितको प्रार्थना गरेर पवित्र आत्मा प्राप्त गर्न सक्तैनौं । मानिसहरु यस्तो सोच्छन् कि पवित्र आत्मा त्यस्तो कुरो हो जुन धेरै किसिमको प्रार्थनाहरु अर्पण गरेपछि मात्र दिइन्छ । तर, सामान्यतया यो सत्य होइन । पवित्र आत्मा उनीहरुलाई दिइन्छ जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन्, र यो उनीहरुलाई परमेश्वरको सन्तान बनाउन आवश्यक छ । भनाइको तात्पर्य, पवित्र आत्माको बास कुनै व्यक्ति परमेश्वरको सन्तान भएको छ भन्ने कुराको जमानी हो । आफ्नो सन्तान हुन् भन्ने निश्चित गर्न परमेश्वरले उनीहरुलाई पवित्र आत्मा प्रदान गर्नुहुन्छ जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् ।
यदि मानिसहरु येशूमा विश्वास गर्छन् तर यो सुसमाचारको बारेमा जान्दैनन् अथवा विश्वास गर्दैनन् भने, उनीहरु आफ्ना सबै पापहरु येशूमा सारियो भन्ने तथ्यमा विश्वस्त हुन सक्तैनन् । त्यसकारण, सबै मानिसहरुले येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतको सुसमाचारको बारेमा थाह पाउँनुपर्छ र विश्वास गर्नुपर्छ जसले उनीहरुको पापहरुलाई मेटायो ।
कसले गवाही दिन्छ कि येशूले संसारको सबै पापहरु उठाइलैजानुभयो ? बप्तिस्मा–दिने यूहन्नाले । उहाँले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र संसारको सबै पापहरु उठाइलैजानुभयो भन्ने कुरा हाम्रा पिता परमेश्वरले योजना गर्नुभएको थियो (लेवी ४:१३–२१, १६:१–३०) । कसले यो योजनालाई सम्पन्न गर्नुभयो ? येशूले । कसले अन्ततः यो योजना सम्पन्न भएको जमानी बस्नुहुन्छ ? पवित्र आत्माले । त्रिएक परमेश्वरले हामीलाई उहाँको सन्तान बनाउन येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा पापको क्षमालाई सम्पन्न पार्नुभयो । पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ र हाम्रो जमानी बस्नुहुन्छ कि जब येशूले परमेश्वरको योजनालाई सम्पन्न पार्नुभयो हामी हाम्रो सबै पापहरुबाट मुक्त भयौं ।
के संसारका वस्तुहरु आश्चर्यजनक रूपले जटिल देखापर्छन् ? र तपाईंको सोचाइहरु कति अन्योलग्रस्त छन् ? कसैले पनि यो सुसमाचारमा विश्वास गर्न सक्तैन जबसम्म उसले आफ्ना विचारहरुलाई त्याग्दैन ।
आजको ईसाई सिद्धान्त जसमा धेरै मानिसहरु विश्वास गर्छन् कि ‘वंशानुगत पाप हट्यो, तर जब हामी प्रायश्चित्तको प्रार्थना गर्छौं तब मात्र हाम्रो वास्तविक पापहरु क्षमा गरिन्छन् ।’ तथापि, यो पूर्ण सत्यदेखि टाढा छ; यो वास्तवमा झूटो सुसमाचार हो । यदि तपाईं यसमा विश्वास गर्नुहुन्छ भने, तपाईंले बाइबल शुरुदेखि अन्त्यसम्म बुझ्न सक्नुहुन्न, र जसै समय बित्दै जान्छ तपाईंले येशूलाई पछ्याउन धेरै भन्दा धेरै अफ्ठ्याराहरु महसुस गर्नुहुनेछ । यसै कारण ईसाईहरुमाझ धेरै यस्ता छन् जो विभिन्न सुसमाचारहरुमा र फरक परमेश्वरमा विश्वास गर्छन् ।
केही मानिसहरु भन्छन् कि उनीहरुले पवित्र आत्मा ‘प्रार्थना’ गरेर पाए । यो सम्भव जस्तो देखिन्छ, तर बाइबलले भन्छ पवित्र आत्मा येशूमा ढुकुरझैं ओर्लनुभयो जब उहाँले बप्तिस्मा लिनुभयो र पानीबाट बाहिर आउनुभयो । यो नै साँचो सुसमाचार हो र जो यस सुसमाचारमा विश्वास गर्छन् उनीहरुमा पवित्र आत्मा आउनुहुन्छ ।
यस अतिरिक्त, केही मानिसहरु भन्छन् कि उनीहरुले पवित्र आत्मा प्रायश्चित्तको प्रार्थना अर्पण गरेर पाए । के मानिसले मात्र क्षमा मागेको भरमा पवित्र आत्मा दिइन्छ ? परमेश्वर धार्मिक हुनुहुन्छ । पवित्र आत्मा त्यसै उनीहरुलाई दया गरेर आउनुहुन्न । मानिसहरुले जति नै कराए पनि अथवा प्रार्थना गरे पनि, पवित्र आत्मा उनीहरुमा आउन सक्नुहुन्न । उहाँ उनीहरुमा आउनुहुन्छ जो यो विश्वास गर्छन् कि उहाँले उनीहरुलाई बचाउने योजना सम्पन्न गर्नुभयो । तपाईंले यो कुरा दिमागमा राख्नुपर्छ कि तपाईंले परमेश्वरलाई जति नै धेरै कराए पनि अथवा जति नै सा¥हो प्रार्थना गरे पनि तपाईंले पवित्र आत्मा प्राप्त गर्न सक्नुहुन्न । पवित्र आत्मा मानिसको इच्छाबाट स्वतन्त्र हुनुहुन्छ ।
यो संसारमा मानवताका ऐतिहासिक निर्णयहरु प्नि बदलिन सक्छन्, तर यो सुन्दर सुसमाचार र पवित्र आत्माको बासको नियम अपरिवर्तनीय छन्; अर्थात् यो कहिल्यै परिवर्तन हुँदैन । यदि मानिसहरुले सुन्दर सुसमाचारलाई बुझ्दैनन् भने, उनीहरुलाई आस्थाको सही अभ्यासमा फर्कन धेरै कठिन हुन्छ । यही कारणले धेरै मानिसहरु पवित्र आत्माको बास प्राप्त गर्न सक्तैनन् । तपाईंले कति संताप अनुभव गर्नुहुन्छ होला यदि तपाईं येशूमा विश्वास गर्नुहुन्छ तर तपाईंले सुन्दर सुसमाचारलाई नजानेको कारणले मात्र तपाईंलाई नष्ट गरियो भने ? बाइबलले भन्छ केही मानिसहरुको लागि येशूको सुन्दर सुसमाचार ठेस लाग्ने मूढो र अप्रसन्नताको चट्टान हुनेछ ।
यदि तपाईंले यूहन्नाबाट भएको येशूको बप्तिस्माको रहस्य बुझ्नुभयो भने, तपाईंले आफ्नो पापहरुबाट क्षमा पाउन सक्नुहुनेछ र पवित्र आत्माको बास पनि प्राप्त गर्नुहुनेछ । उहाँले बप्तिस्मा लिएर, क्रूसमा मरेर र पुनरुत्थान भएर सबै पापीहरुलाई बचाउँनुभयो । येशूले हामीलाई दिनुभएको छुटकारा मुक्तिको धार्मिक विधि थियो । उहाँ पापीहरुको सच्चा मुक्तिदाता हुनुभयो, र पवित्र आत्माको बासलाई सुनिश्चित गर्नुभयो ।
 
 
तपाईं यसमा विश्वास गर्नुहुन्छ भने मात्र !
 
यो पूरानो करारमा अभिलेख गरिएको छ जब पूजाहारीहरुले आफ्नो खुट्टाले यर्दनको पानीलाई छोए, नदी सुख्खा जमिनमा परिणत भयो । नदी रोकिनु नै पर्याप्त चमत्कार थियो, तर धेरै चमत्कारहरु हुन बाँकी नै थिए । के अझ बढी अविश्यसनीय छ भने नदी सुख्खा जमिनमा परिणत भयो । यस घटनाले परमेश्वरको मुक्तिको जमानीको रूपमा काम ग¥यो, येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतद्वारा मुक्तितर्फ डो¥यायो । सुख्खा जमिनले त्यो तरिकाको प्रतिनिधित्व गर्दछ जसद्वारा संसारका सबै पापहरु क्षमा हुनेछन्, धन्यवाद येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतलाई । मानवताका सबै पापहरु आदमबाट उत्पन्न भयो, तर इन्साफको श्राप येशूको बप्तिस्मासँगै समाप्त भयो । अब, हामीले गर्नुपर्ने के हो भने आस्थाद्वारा आफ्नो पापहरुबाट क्षमा पाउँने र पवित्र आत्माको बास प्राप्त गर्ने । के तपाईं यो सुन्दर सत्यमा विश्वास गर्नुहुन्छ कि येशूले यर्दनमा आफ्नो बप्तिस्माद्वारा तपाईंको सबै पापहरु उठाइलैजानुभयो ?
तपाईंले विश्वास गर्नुपर्छ संसारको सबै पापहरु उठाइलैजान येशूले बप्तिस्मा लिनुभयो । यसका अतिरिक्त, तपाईंले यो पनि जान्नुपर्छ कि उहाँको बप्तिस्मालाई बुझ्नु र विश्वास गर्नु कति महत्वपूर्ण छ भनेर । यदि पूजाहारीहरुले यर्दनमा प्रवेश नगरेका भए, कनानको भूमिमा इस्राएलीहरुले सफलतापूर्वक प्रवेश गर्न सक्तैन थिए । कनानमा प्रवेश गर्ने पहिलो खुडकिलो नै यर्दन पार गर्नु थियो । त्यसकारण, जब हामी करारको सन्दुक बोकेर यर्दन पार गर्छौं तब मात्र हामी कनानको भूमिमा प्रवेश गर्न सक्छौं । यसले हामीलाई यो सिकाउँछ कि पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा हामी आफ्नो पापको क्षमा पाउन सक्छौं ।
बाइबलले भन्छ येशूको बप्तिस्मा परमेश्वरको कार्य थियो । यो पूजाहारीहरुसँग पनि सम्बन्धित थियो । जसरी पूजाहारीहरुले पानीमा आफ्नो खुट्टा राखेपछि यर्दनको पानी रोकियो, त्यसरी नै संसारका मानिसहरु आफ्नो पापहरुबाट यो सुसमाचारमा विश्वास गरेपछि बाँच्नेछन् ।
पवित्र आत्मा यही सुन्दर सुसमाचारको आस्थामा आधारित भएर प्रदान गरिन्छ । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतले तपाईंलाई पापको क्षमा पाउँन र पवित्र आत्मा पाउँनलाई डो¥याउँछ । पवित्र आत्माको बासको प्राप्तीको निम्ति पानी र आत्माको यो सुन्दर सुसमाचार अत्यावश्यक छ ।