• All e-books and audiobooks on The New Life Mission website are free
  • Explore multilingual sermons in global languages
  • Two new revised editions in English have been released
  • Check out our website translated into 27 languages
Search

Sermons

पाठ ८: पवित्र आत्मा

< 8-19 > त्यो सुन्दर सुसमाचार जसले मन्दिरको पर्दालाई च्यात्यो (मत्ती २७:४५–५४)

( मत्ती २७:४५–५४ )
“अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो । तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथनी ?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?’ त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, ‘यस मानिसले एलियालाई बोलाउँदैछ ।’ तिनीहरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउँन दियो । तर बाँकीले भने, हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि ?’ तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । त्यसै घडीमा मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमीन काँप्न लाग्यो, र चट्टानहरू फुटे । चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र शहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे । जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब भयभीत भएर तिनीहरूले यसो भने, ‘साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन् ।”
 
किन जब येशूले क्रूसमा आफ्नो
प्राण त्याग्नुभयो परमेश्वरको
मन्दिरको पर्दा च्यातियो ?
किनकि परमेश्वरको राज्य उनीहरुको निम्ति खुला भयो
जो उहाँको बप्तिस्मा र क्रूसमा विश्वास गर्छन् ।
 
यो सुन्दर सुसमाचारको सत्यलाई जान्नको लागि, हामीले पहिले पूरानो करारमा परमेश्वरको अगि पापबाट क्षमा पाउँन गरिने बलिप्रथाको बारेमा थाह पाउनुपर्छ र बुझ्नुपर्छ । तपाईंले निम्न सत्यलाई थाह पाउनुपर्छ र विश्वास गर्नुपर्छ ।
लेवी अध्याय १६ मा अभिलेख भएअनुसार, प्राचीन प्रायश्चितको बलिदानअनुसार, मुख्य पूजाहारीले जिउँदो बोकाको टाउकोमा आफ्नो हात राख्थे र मानिसहरुले एक वर्षभरि गरेका पापहरुलाई त्यसमा सार्थे । अनि इस्राएलीहरुको निम्ति, त्यो बलि मारिन्थ्यो र मुख्य पूजाहारीले त्यसको रगत कृपा–आसनमा छर्कन्थे । यसले इस्राएलीहरुका सारा पापहरुको प्रायश्चित गथ्र्यो । एवम् प्रकारले, जो यस हात राख्ने विधिमा, रगतमा र परमेश्वरको वचनमा विश्वास गर्थे, उनीहरु मात्र पवित्र स्थानमा प्रवेश गर्न सक्थे ।
पूजाहारीहरु सधैं मिलापको तम्बुको पहिलो भागमा, सेवा गर्न प्रवेश गर्थे । तर दोश्रो भागमा, महा–पवित्रस्थानमा, मुख्य पूजाहारी एक्लै मात्र वर्षको एकचोटि प्रवेश गर्न सक्थ्यो, रगत नलिईकन होइन, जुन उसले आफ्नो र मानिसहरुद्वारा अज्ञानतामा भएको पापको निम्ति अर्पण गथ्र्यो (हिब्रू ९:६–७) । एवम् प्रकारले, आस्थाद्वारा हात राखेर तयार पारिएको रगत बिना मुख्य पूजाहारीले पनि महा–पवित्रस्थनमा प्रवेश गर्न सक्तैन थियो ।
 
 
नयाँ करारमा भनिएअनुसार, येशू ख्रीष्टलाई हाम्रो निम्ति बलिदान
दिइयो
 
नयाँ करारमा, हामीलाई भनिएको छ कि हामी येशूको बप्तिस्मा र उहाँको रगतमा आफ्नो आस्थाद्वारा परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छौं । कति बेला परमेश्वरको मन्दिरको पर्दा टुप्पोदेखि तलसम्म बीच भागमा दई भाग भएर च्यातियो ? यो त्यति बेला भयो जब येशू यो संसारमा आउनुभयो र यहून्नाबाट बप्तिस्मा लिनुभयो र अनि क्रूसमा टाँगिनुभयो ।
यसको निम्ति के कारण दिइयो ? येशू यो संसारमा आउनुभयो, अर्थात् परमेश्वरको थुमाको रूपमा, यूहन्नाबाट बप्तिस्मा लिएर संसारको सबै पापहरु लिनुभयो, र जब उहाँ क्रूसमा टाँगिनुभयो, मानवतालाई उनीहरुको सबै पापहरुबाट शुद्ध पार्नुभयो । मन्दिरको पर्दा च्यातिनु एउटा संकेत हो । त्यो के भने मानवताका सबै पापहरु जसले हामीलाई परमेश्वरबाट अलग गरेको थियो उहाँको बप्तिस्मा र क्रूसको रगतद्वारा पखालियो ।
येशू आफैले पापको ज्याला तिरेर, जुनचाहिँ मृत्यु हो, यो पर्खाललाई भत्काउनुभयो । संसारको पापहरु उठाइलैजानको निम्ति येशूले बप्तिस्मा लिनुभयो र क्रूसमा टाँगिनुभयो । परमेश्वरको मन्दिरको पर्दा दुई भागमा च्यातिने कारण यही थियो । जसरी पूजाहारीहरु मिलापको तम्बुमा हात राख्ने विधिमा आस्थाद्वारा प्रवेश गर्न सक्थे, त्यसरी नै अब हामी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छौं धन्यवाद हाम्रो येशूको बप्तिस्मा र रगत प्रतिको आस्थालाई ।
जब येशूलाई क्रूसमा टाँगियो, उहाँले यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी ?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?” (मत्ती २७:४६) । जब उहाँले अन्ततः आफ्नो प्राण त्याग्नुभयो, उहाँले भन्नुभयो, “अब सिद्धियो” (यूहन्ना १९:३०) । क्रूसमा केही क्षणको लागि येशूलाई उहाँको पिताले त्याग्नुभयो किनकि उहाँले यर्दनमा आफ्नो बप्तिस्माद्वारा संसारको सबै पापहरु लिनुभयो ।
उहाँ मानवताको मुक्तिको निम्ति मर्नुभयो । येशूको बप्तिस्मा र उहाँको क्रूसमा मृत्युको परिणापस्वरूप, उहाँमा विश्वास गर्नेहरु सबैले मुक्ति पाए । किनकि हामी जन्मैदेखि पापी छौं र श्रापको भागी छौं, हाम्रा सबै पापहरु हटाउनको निम्ति येशूले बप्तिस्मा लिनुभयो ।
येशूले हामीलाई हाम्रो सबै पापहरुबाट शुद्ध नगर्नुभएसम्म स्वर्गको ढोका बलियो गरी बन्द थियो । जब येशूले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो, परमेश्वरको मन्दिरको पर्दा टोप्पादेखि फेदसम्म बीचबाट दुई भाग भएर च्यातियो ताकि यो सुन्दर सुसमाचारमा विश्वास गर्ने जो कोहीले पनि परमेश्वरको स्वर्गीय मन्दिरमा प्रवेश गर्न सकोस् ।
म परमेश्वरलाई धन्यवाद दिन्छु कि मसँग पानी र आत्माको सुसमाचारप्रति आस्था छ । म अब सुन्दर सुसमाचार प्रति भएको मेरो आस्थाद्वारा स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु जुन येशूले आफ्नो बप्तिस्मा र रगतद्वारा सम्पन्न गर्नुभयो । मेरो आफ्नै सामथ्र्यले, उपलब्धिले र प्रयासले मैले मुक्ति पाउन सक्ने थिइँन ।
त्यो आशिर्वाद जसले हामीलाई स्वर्गको राज्य भित्र डो¥याउँछ खालि प्रार्थना, चन्दा र समर्पणले पाइँदैन । येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वासद्वारा मात्र कोही आफ्नो पापबाट बच्न सक्छ । यो सुन्दर सुसमाचारमा विश्वास गरेर मात्र कोही स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ । येशू स्वर्गको ढोका हुनुहुन्छ । जो येशूमा विश्वास गर्छन् उनीहरुलाई अरू आस्थाहरुको जरुरत पर्दैन । कसैलाई उसको समर्पित चन्दा, सांसारिक प्रयास अथवा अन्य भलाइको कामको क्षतिपूर्ति स्वरूप स्वर्गको राज्यमा प्रवेश दिइदैँन । विश्वासीहरुलाई स्वर्गको राज्यमा प्रवेश गर्न चाहिने एक मात्र साँचो कुरा यर्दनमा भएको येशूको बप्तिस्मा र उहाँको क्रूस प्रति आस्था हो ।
पानीमा (यर्दनमा भएको येशूको बप्तिस्मा) र उहाँको रगतमा (क्रूस) आस्थाले नै तपाईंलाई स्वर्गको राज्यभित्र डो¥याउँनेछ । त्यो मानिस जसको हृदयमा अझै पाप छ, यद्यपि ऊ येशूमा विश्वास गर्छ, उसले एउटा कुरामा विश्वास गर्नु जरुरी छः पानी र आत्माको सुसमाचारमा । “तब तिमीहरूले सत्य के हो सो जान्नेछौं, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना ८:३२) ।
हामीलाई हाम्रो मृत्युको ठीक घडी थाह छैन तर येशूलाई सबै थाह छ । किनकि उहाँले हाम्रो पापमय स्वभावलाई राम्रोसँग जान्नुहुन्थ्यो, उहाँले आफ्नो बप्तिस्मा र क्रूसको रगतद्वारा करिब दुई हजार वर्ष अघि हाम्रो सबै पापहरु धुनुभयो ।
 
 
हामीले यो सुन्दर सुसमाचारमा विश्वास गर्नुपर्छ जसले
परमेश्वरको मन्दिरको पर्दालाई च्यात्यो
 
मानवतालाई उनीहरुको पापबाट बचाउन मुक्तिदाता एक कन्येद्वारा जन्मनुभयो । ३० वर्षको उमेरमा यर्दनमा आफ्नो बप्तिस्माद्वारा, येशूले संसारको सबै पापहरु लिनुभयो । येशूलाई धन्यवाद कमजोरी र दोषबाट उत्पन्न हुने मानवताका सबै पापहरु क्षमा भए । सम्पूर्ण मानवताको मुक्तिको निम्ति उहाँको बप्तिस्मा र रगत अनन्तको साँचो हो । येशूले बप्तिस्मा लिनुभयो र क्रूसमा रगत बहाउनुभयो र अब यो सुसमाचारमा आस्था हुने सबै जना स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् ।
जब येशूले क्रूसमा आफ्नो प्राण त्याग्नुभयो परमेश्वरको मन्दिरको पर्दा च्यातियो । जब येशू क्रूसमा मर्नुभयो कसरी परमेश्वरको मन्दिरको पर्दा दुई भाग भएर च्यातिन सक्छ ? यसको कारण के थियो भने यो सुन्दर सुसमाचारमा मानवताको निम्ति उहाँले मुक्ति ल्याउनुभयो ।
पूरानो करारमा, हामी इस्राएलको मिलापको तम्बुको बारेमा पढ्छौं । त्यहाँ होमबलिको वेदी र धुने बाटा हुन्थ्यो । यो बाटा पछि, मिलापको तम्बु हुन्थ्यो र यसभित्र पर्दाको पछाडि सन्दुक हुन्थ्यो, जहाँ परमेश्वरको उपस्थिति र महिमा बास गथ्र्यो । पर्दा यति बलियोसँग बुनिएको थियो कि चारवटा घोडाहरुले पनि चार तिरबाट तान्दा त्यसलाई च्यात्न सक्तैन थिए । यद्यपि राजा सोलोमनले मिलापको तम्बुको सट्टा मन्दिर बनाउन लगाए, आधारभूत संरचनामा कुनै परिवर्तन भएन, र त्यो पर्दाले अझै पनि महा पवित्रस्थानमा जाने बाटोलाई छेक्दथ्यो । तथापि, यो टोप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो जब येशूले क्रूसमा रगत बहाएर मर्नुभयो । यसले यो तथ्यको गवाही दिन्छ कि येशूको बप्तिस्मा र उहाँको रगतद्वारा सम्पन्न यो सुसमाचार कति सुन्दर र श्रेष्ठ थियो ।
यो सुन्दर सुसमाचारमा अँगालेर परमेश्वरले सम्पूर्ण मानवतालाई पाप–क्षमाको र अनन्त जीवनको आशिष् दिनुभयो । येशूले, बलिदानको रूपमा, पापको ज्याला तिर्नुभयो जब उहाँले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो । बाइबलले भन्छ, “पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। पूरानो करारको समयमा जस्तै, बलिको रगत लिएर परमेश्वरको मन्दिरमा प्रवेश गर्न सकिन्थ्यो र पापको क्षमा पाइन्थ्यो, यसरी नै हामी हाम्रो बलिद्वारा, जुन येशू हुनुहुन्छ,परमेश्वरकोमा आउन सक्छौं र हाम्रो अधर्महरुबाट क्षमा पाउन सक्छौं । यही नै सत्य हो । र यी वचनहरुले, “पापको ज्याला मृत्यु हो” देखाउँछन् कि सुन्दर सुसमाचार कति श्रेष्ठ छ ।
स्वर्गको बाटो भनेको यो सुन्दर सुसमाचारमा विश्वास गर्नु हो । पर्दा दुई भाग भएर च्यातिनुले परमेश्वरको राज्य खुला भएको प्रतिनिधित्व गर्दछ । जब यसो भनेर हामी यो सुसमाचारलाई जान्दछौं र विश्वास गर्छौं, “अहो, येशूले मेरा सबै पापहरु लिनुभयो । अहो, येशूले पापको सम्पूर्ण ज्यालाहरु क्रूसमा तिर्नुभयो !” तब हाम्रो अगाडि स्वर्गको ढोका उघ्रिनेछ । अहिले स्वर्ग उनीहरुको लागि खुला छ जसले येशूको बप्तिस्मा र उहाँको रगतमा आस्थाद्वारा मुक्ति पाएका छन् । येशूको रगतले पापीहरुलाई मृत्युबाट बचायो र उहाँको बप्तिस्मा मानवताको पापहरु लिने माध्यम थियो ।
जमीन काँप्यो र चट्टान फुट्यो जब परमप्रभुले क्रूसमा आफ्नो प्राण त्याग्नुभयो । त्यसपछि, उहाँको रगत भुइँमा खस्यो र तल्लो जमीनतर्फ बग्न थाल्यो । जब येशू क्रूसमा मर्नुभयो, मानवताका सम्पूर्ण पापहरु पखालिए, सुन्दर सुसमाचार सम्पन्न भयो र सबै विश्वासीहरु स्वर्गको राज्यमा प्रवेश गर्न योग्य भए । नयाँ गरी जन्मिनुको सत्य यही नै हो ।
यहाँ धेरै विद्वानहरु छन् जसले वास्तविक व्यक्तिको रूपमा येशूको अस्तित्वलाई अस्वीकार गर्न अनुसन्धान गरेका छन् । तर उहाँको अस्तित्वको असंख्य ऐतिहासिक प्रमाणहरु भएकोले उनीहरु आफ्नो अनुमानमा टिक्न सकेनन् । उनीहरुमध्ये, धेरैले हार खाइसके र येशूको बप्तिस्मा र रगतमा विश्वास गर्न थालेका छन् । उनीहरुले महसुस गरे येशूको अस्तित्वलाई प्रमाणित गर्ने आधारहरु धेरै भएकाले उहाँलाई अस्वीकार गर्न सकिदंैन । उनीहरुले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गरे जब उनीहरुले सुन्दर सुसमाचारको बारेमा थाह पाए र यसमा विश्वास गरे, जस्तै, उहाँको जन्म, बप्तिस्मा, मृत्यु, पुनरुत्थान, स्वर्गारोहण र दोश्रो आगमन ।
हामीले येशूको बप्तिस्मालाई देखेनौं । करिब दुई हजार वर्ष अगाडि के भयो हाम्रो आँखाले देखेन । तथापि, जे लेखिएको छ त्यसद्वारा, जो कोही पनि यो सुन्दर सुसमाचारको सम्पर्कमा आउन सक्छ । येशूले आफ्नो बप्तिस्मा र रगतद्वारा परमेश्वर र मानिस बीच भएको पापको बाँधलाई भत्काउनुभयो, र यसरी परमेश्वरको राज्यको पर्दा टोप्पोदेखि तलसम्म बीचबाट दुई भाग भएर च्यातियो ।
अब जसले यो सुन्दर सुसमाचारमा विश्वास गर्छ, जुन येशूको बप्तिस्मा र उहाँको रगतद्वारा सम्पन्न भएको थियो, उसले स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ । के तपाईंलाई यो तथ्यमा आस्था छ कि येशूको बप्तिस्मा र उहाँको रगत, अर्थात् यो सुन्दर सुसमाचार, स्वर्गको राज्यको साँचो हो ?
कुनै बेला म आफै पापी थिए, जो येशूलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गर्थे तर यो सुन्दर सुसमाचारको बारेमा थाह थिएन । तथापि, एक दिन बाइबलमा मैले उहाँको मेरो निम्ति निशर्त प्रेमको बारेमा पढे । मैले थाह पाए कि उहाँले मेरो निम्ति बप्तिस्मा लिनुभयो, कूसमा मेरो निम्ति मर्नुभयो र मेरै निम्ति पुनरुत्थान हुनुभयो । उहाँको हाम्रो निम्ति प्रेमले गर्दा येशूले हामीलाई यर्दनमा बप्तिस्मा लिएर र पापको ज्याला तिर्न क्रूसमा मरेर हामीलाई बचाउँनुभयो । यो सुन्दर सुसमाचारमा विश्वास गरेर हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौं ।
यो परमेश्वरको मानवताको निम्ति महान धार्मिकता हो र इतिहासको महत्वपूर्ण युग थियो । उहाँका सबै कार्यहरु — उहाँको जन्म, यर्दन नदीमा बप्तिस्मा, र पुनरुत्थान — हामीलाई हाम्रो सबै पापबाट बचाउँनको निम्ति थियो । हाम्रो मृत्युपछि हामी नर्कका भागी थियौं, तर येशूले अनन्त नर्कबाट हाम्रो आत्मालाई बचाउँनुभयो र स्वर्गको राज्यमा प्रवेश गर्ने बाटोको रूपमा हामीलाई यो सुन्दर सुसमाचार प्रदान गर्नुभयो ।
प्रिय भाइहरु, जब येशू क्रूसमा मर्नुभयो, एउटा सिपाहीले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी बाहिर आयो । यो बाइबलमा लेखिएअनुसार हो । यसले येशूको बप्तिस्मा र उहाँको रगतको सुन्दर सुसमाचारको गवाही दिन्छ ।
के तपाईं येशूको क्रूसको रगतमा भएको आफ्नो आस्था तपाईंलाई तपाईंको सबै पापहरुबाट बचाउन पर्याप्त छ भनेर सोच्नुहुन्छ ? के येशूको बप्तिस्मा तपाईंको मुक्तिको लागि कम महत्वको कुरा हो अथवा सामान्य घटना हो ? यदि तपाईं यस्तो विश्वास गर्नुहुन्छ भने, कृपया पश्चाताप गर्नुहोस् । अब हामीले येशूको बप्तिस्मा र रगतको सुसमाचारमा विश्वास गर्नुपर्छ र यसलाई परमेश्वरको सत्य भनी चिन्नुपर्छ ।
 
 
के तपाईं आफ्नो पापहरुबाट शुद्ध हुन चाहनुहुन्छ ?
 
जसरी हामीले ऋणबाट मुक्त हुन तिर्नुपर्छ, त्यसरी नै हामीले आफ्नो सबै पापहरुबाट शुद्ध हुन येशूको बप्तिस्मा र रगतको सुसमाचारमा आस्था राख्नुपर्छ । हामीले येशूको बप्तिस्मा र रगतको सुसमाचारमा अविश्वासको पाप गर्नुहुँदैन । यद्यपि, हामीले प्रत्यक्ष रूपले हाम्रो पाप येशूमा सारेनौं, बप्तिस्मा–दिने यूहन्ना भनिने मध्यस्थकर्ताले हाम्रो निम्ति त्यो काम गर्नुभयो ।
जब येशू क्रूसमा मर्नुभयो, यरूशलेममा केही सन्तका चिहानहरु उघ्रिए र तीन दिनपछि उहाँ पुनरुत्थान हुनुभयो र गालीलमा जानुभयो । यो आश्चर्य घटना साँच्चै भएको थियो, तर त्यहाँ धेरै मानिसहरु यस्ता थिए जसले यसमा विश्वास गरेनन् ।
हाम्रा परमप्रभुले हामीलाई, धर्मीहरुलाई, जसले पापको क्षमा पाए, स्वर्गको राज्य प्रदान गर्नुभयो । हामी बचाइयौं र नयाँ गरी जन्मियौं, हाम्रो आफ्नै शारीरिक सामथ्र्य अथवा धार्मिक प्रयासले होइन, तर यो सुन्दर सुसमाचारमा हाम्रो आस्थाद्वारा । यो सुसमाचार काल्पनिक कथा होइन । जब येशूले बप्तिस्मा लिनुभयो संसारका सबै पापहरु उहाँमा सरे । उहाँमा कुनै पाप थिएन, तर उहाँले बप्तिस्माद्वारा लिनुभएको पापको प्रायश्चित गर्न क्रूसमा मर्नुप¥यो ।
जब येशूले आफ्नो प्राण त्याग्नुभयो, जमीन काँप्यो र चट्टानहरु फुटे । जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरुले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभित भएर तिनीहरुले यसो भने, “साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४) ।
अरिमाथियाका धनी मानिस योसेफले येशूको शरीर लिएर सफा मलमलको कपडाले बे¥हे र त्यसलाई आफ्नै चिहानमा राखे । मुख्य पूजाहारी र फरिसीहरूले चिहानलाई तेश्रो दिनसम्म सुरक्षित राख्नलाई हुकुम दिए ।
तथापि, येशू यस सुन्दर सुसमाचारमा विश्वास गर्नेहरुलाई नयाँ जीवन दिनको लागि पुनरुत्थान हुनुभयो । उहाँ गालीलमा जानुभयो, जहाँ उहाँले क्रूसमा टाँगिनुभन्दा पहिले आफ्ना चेलाहरुलाई भेट्ने प्रतिज्ञा गर्नुभएको थियो । यी सबै कुराहरु — उहाँको जन्म, बप्तिस्मा, क्रूसमा टाँगिनु, स्वर्गारोहण र दोश्रो आगमन — उनीहरुप्रति लक्षित थिए जो यस सुन्दर सुसमाचारमा विश्वास गर्छन् । म पनि एउटा साक्षी भएको छु कि यैशू जीवित परमैश्वरका पुत्र हुनुहुन्छ र मैरौ मुक्तिदाता ।
 
 
कोद्वारा साँचो सुसमाचारको प्रचार हुन्छ ?
 
येशूको बप्तिस्मा र रगतमा विश्वास गर्नेहरुले सत्यको यो सुन्दर सुसमाचारको गवाही दिन्छन् । यो सुन्दर सुसमाचार आफ्ना सबै पापहरुबाट बचाइएका यी मानिसहरुको गवाहीद्वारा प्रचार हुन्छ । जब कुनै व्यक्ति यो सुसमाचारमा विश्वास गरेर आफ्नो पापबाट मुक्त हुन्छ, परमेश्वरको आत्माले उसलाई नियन्त्रण गर्न थाल्नुहुन्छ, र उहाँले उसलाई उसको आफ्नै इच्छाको बावजुद परिवर्तन गर्नुहुन्छ । आत्म विजयी परमेश्वरको वचनले निरन्तर धर्मी मानिसलाई रुपान्तरण गर्दछ र उसलाई अझ बलियो आस्था प्रदान गर्नुहुन्छ । यसपछि, उसले परमेश्वरको प्रशंसा गर्न थाल्छ । परमेश्वरको वचन उसँग हुन्छ, र परिणामस्वरूप दिनदिनै आफ्नो आन्तरिक अस्तित्वको नवीकरण अनुभव गर्छ । उसलाई यसरी रुपान्तरित भएको देखेर, मानिसहरुले भन्छन्, “ऊ साँच्चै मुक्ति पाएको मानिस हो । ऊ सच्चा ईसाई र परमेश्वरको सन्तान भयो ।”
शैतानले पनि यो सुन्दर सुसमाचारलाई स्वीकार गर्छ र यससित हार मान्छ । उसले भन्छ, “म पराजित भए !” । “तर यो साँचो हो कि संसारमा पाप छैन । कसैको हृदयमा पाप छैन ।” त्यसकारण शैतानले मानिसको विचारमा काम गर्छ, उनीहरुको आस्थापूर्ण जीवनमा बाधा पु¥याउँछ । शैतानको काम उनीहरुलाई सुसमाचारको आध्यात्मिक आशिष् पाउनबाट रोक्नु हो ।
शैतान येशूसँगको युद्धमा पूर्ण रूपले पराजित भयो । शैतानले मानिसहरुको मनलाई नियन्त्रण गरेर येशूलाई क्रूसमा टाँग्न सफल भयो । तथापि, येशूले संसारको पाप पहिले नै हटाइसक्नुभएको थियो जब उहाँले बप्तिस्मा लिनुभयो, र पापको ज्याला तिर्न जब उहाँ क्रूसमा मर्नुभयो । यसकारणले उहाँले सुसमाचारमा विश्वास गर्नेहरुलाई पूर्ण रूपले बचाउँनुभयो ।
शैतानले मानवतालाई उनीहरुको पापबाट बचाउँने परमेश्वरको योजनालाई रोक्न सकेन । यो सुन्दर सुसमाचारलाई पूरा गर्न येशूले आफ्नो बप्तिस्मा र रगतद्वारा मानवताको पापको ज्याला तिर्नुभयो । अब यो संसारमा कुनै पाप छैन । येशूले आफ्नो बप्तिस्माद्वारा सारा पाप लिनुभयो र यसो भनेर क्रूसमा आफ्नो मृत्युद्वारा त्यसलाई समाप्त पार्नुभयो, “अब सिद्धियो !” (यूहन्ना १९:३०) । जसमा यो सुन्दर सुसमाचार प्रति आस्था छ शैतानलाई उनीहरुलाई दोष दिने शक्तिबाट बञ्चित गरिएको छ । येशूले आफ्नो जन्म, बप्तिस्मा, क्रूस र पुनरुत्थानद्वारा शैतानलाई परास्त गर्नुभयो ।
के तपाईंको हृदयमा अझै पनि पाप छ ? अहँ । ईसाईहरुले सत्यको सुन्दर सुसमाचारमा भएको आफ्नो आस्थाको आधारमा विश्वस्त भएर भन्न सक्छन्, “मेरो हृदयमा पाप छैन ।” त्यो व्यक्ति जसले येशूको बप्तिस्मा र रगतको सुन्दर सुसमाचारमा विश्वास गर्छ उसको हृदयमा अलिकति पनि पाप हुँदैन ।
अब यो सुन्दर सुसमाचार हाम्रो हृदयमा कुँदिएको छ । हामी अब परमेश्वरको उपस्थितिमा कुनै पनि किसिमको पछुतोबाट मुक्त भई उभिन सक्छौ । के तपाईंहरु सबै जनाले यो विश्वास गर्नुहुन्छ कि येशूले यर्दन नदीमा आफ्नो बप्तिस्माद्वारा तपाईंका सबै पापहरु उठाइलैजानुभयो ? यदि त्यसो हो भने, तपाईंको परमेश्वर प्रतिको कृतज्ञता र आनन्द पूर्ण बनाइनेछ । यो सुन्दर सुसमाचारमा आस्था राखेर, हामी शुद्ध भएका छौं र यो संसारको पापहरुबाट मुक्त भएका छौं । हामी परमेश्वरलाई धन्यवाद दिन्छौं ।
“उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ । उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ” (कलस्सी १:१३–१४) । हल्लेलूयाह, परमेश्वरको प्रशंसा गर्नुहोस् ।
यो सुन्दर सुसमाचारद्वारा येशूले मुक्तिको द्वार खोल्नुभयो । तपाईंले पनि आफ्नो हृदयको पर्खाललाई यो सुन्दर सुसमाचारको शक्तिले एकैचोटि भत्काउनुपर्छ, जसरी मन्दिरको पर्दा दुई भागमा च्यातिएको थियो । यो सुन्दर सुसमाचार तपाईंको र मेरो निम्ति बनाइएको थियो । यो सुन्दर सुसमाचारमा विश्वास गरेर हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौं, र यो अन्तिम सत्य हो जसले हामीलाई पवित्र आत्माको बास प्राप्त गर्न योग्य बनाउँछ ।