( यूहन्ना २०:२१–२३ )
“तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई शान्ति ! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदछु ।’ अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, ‘पवित्र आत्मा लेओ । जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन ।”
परमेश्वरले धर्मी जनलाई के
अधिकार दिनुभयो ?
उहाँले उनीहरूलाई पानी र आत्माको सुसमाचारद्वारा
जोसुकैको पनि पाप क्षमा गर्न
सक्ने अधिकार दिनुभयो ।
यूहन्ना अध्याय २० मा येशूको पुनरुत्थाको उल्लेख पाइन्छ । हाम्रा परमप्रभु मृतकहरूबाट फेरि जीवित भई उठ्नुभयो र आफ्ना चेलाहरुलाई भन्नुभयो, “पवित्र आत्मा लेओ ।” येशूका चेलाहरुले उहाँबाट पवित्र आत्मा वरदानको रूपमा प्राप्त गरे । येशूले उनीहरुलाई पवित्र आत्माको बास र अनन्त जीवन प्रदान गर्नुभयो जसले उहाँको बप्तिस्मा र रगतले उनीहरुको सम्पूर्ण पाप धोएको कुरामा विश्वास गर्दछन् । बाइबलले भन्छ येशूको बप्तिस्मा मुक्तिको एउटा रूप हो, अर्थात् उहाँको बप्तिस्माले सम्पूर्ण मानवजातिलाई उनीहरुको पापबाट बचायो (१ पत्रुस ३:२१) ।
येशूले बप्तिस्मा किन लिनुभयो ?
येशूले यूहन्नाबाट किन बप्तिस्मा लिनुभयो ? यो प्रश्नको उत्तर मत्ती ३:१५ मा येशूले भन्नुभएको वचनबाट प्रष्ट हुन्छ,“किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।” यहाँ,“यसरी नै” भन्नुको अर्थ हुन्छ येशूले संसारका सबै पापहरु उठाइलजौनुभयो जब उहाँले बप्तिस्मा लिनुभयो । उहाँको बप्तिस्मा पनि त्यसरी नै सम्पन्न भयो जसरी पूरानो करारको समयमा बलिको टाउकोमा हात राखिन्थ्यो । येशूको बप्तिस्माको कारण संसारका सबै पापहरु उहाँमा सार्नलाई थियो ।
“सबै धार्मिकताको” अर्थ के हो ? “यसरी नै” भन्ने शब्दले के कुराको संकेत गर्दछ? “सबै धार्मिकताको” अर्थ हुन्छ येशूले आफ्नो बप्तिस्माद्वारा संसारको सबै पापहरु लिनु उचित थियो । र “यसरी नै” भन्ने शब्दले के संकेत गर्दछ भने परमेश्वरको नजरमा यो नै उत्तम तरिका थियो ।
येशूले आफ्नो बप्तिस्माद्वारा मानवताका सबै पापहरु उठाइलैजानुभयो र जसले उहाँमा विश्वास गरे उनीहरुलाई शुद्ध गर्नुभयो । उनीहरुको पापको इन्साफको निम्ति येशूले बप्तिस्मा लिनुभयो र क्रूसमा टाँगिनुभयो । यो नै पाप–क्षमाको सुसमाचार हो । परमेश्वरको धार्मिकता पाप–क्षमा हो जसले पापीहरुका सम्पूर्ण पापहरु मेटायो ।
यदि मानिसहरुलाई मत्ती ३:१३–१७ उल्लेख गरिएको येशूको बप्तिस्माको रहस्य बोध भयो भने, उनीहरुले आफ्नो पापको क्षमा पाउनँ सक्नेछन् र पवित्र आत्मा पनि प्राप्त गर्नेछन् । येशूको जीवनमा जे कामहरु भए — उहाँको बप्तिस्मा, क्रूसमा टाँगिनु र पुनरुत्थान — यो परमेश्वरले शुरुमै निर्धाण गर्नुभएको मुक्तिको पथ थियो । यही तरिकाबाट, येशू सबै पापीहरुको सच्चा मुक्तिदाता हुनुभयो । उहाँको बप्तिस्मा र रगतको सुसमाचार मुक्तिको सुसमाचार हो, जसले हाम्रा सबै पापहरु धोयो ।
मानिसहरुले तब मात्र पवित्र आत्मा प्राप्त गर्न सक्छन् जब उनीहरुले येशूको बप्तिस्मा र रगतको सुसमाचारमा विश्वास गर्छन् । किनकि येशूको बप्तिस्माले संसारको सबै पापहरु उठाइलग्यो, हाम्रा पापहरु उहाँमा सारियो । मानवताको निम्ति उहाँको क्रूसमा मृत्यु मेरो आफ्नै मृत्यु थियो, र उहाँको पुनरुत्थान मेरो आफ्नै पुनरुत्थान थियो । यसरी, येशूको बप्तिस्मा र क्रूसको रगत पाप–क्षमा र पवित्र आत्माको प्राप्तीको सुसमाचार हो ।
म आशा गर्छु तपाईंले येशूको बप्तिस्माको कारण जान्नुहुनेछ र यो सुसमाचारमा आस्था राख्नुहुनेछ । तब, तपाईंका पापहरु मेटिनेछन् र तपाईंले पवित्र आत्मा प्राप्त गर्नुहुनेछ । येशूले किन बप्तिस्मा लिनुभयो ? संसारको सबै पापहरु उठाइलैजानको निम्ति उहाँले बप्तिस्मा लिनुभयो ।“किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ ” (मत्ती ३:१५) । आमिन, हल्लेलूयाह !
अचेल, केही मानिसहरु यो विश्वास गर्छन् कि अन्य भाषामा बोल्नु पवित्र आत्मा प्राप्तीको प्रमाण हो । तथापि, यसको साँचो प्रमाण यो बहुमूल्य सुन्दर सुसमाचार प्रति आस्था हो जुन साँच्चै पवित्र आत्मा प्राप्त गर्नेहरुको हृदयमा कुँदिएको हुन्छ ।
परमप्रभुले सबै धर्मी मानिसहरुलाई पाप क्षमा गर्नै अधिकारदिनुभयौ
परमप्रभुले आफ्ना चेलाहरुलाई यसो भनेर पाप क्षमा गर्ने अधिकार दिनुभयो, “जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन” (यूहन्ना २०:२३) । यसको अर्थ हुन्छ जब चेलाहरुले पानी र आत्माको सुसमाचार प्रचार गरे, यसलाई सुन्ने र विश्वास गर्नेहरुका पाप क्षमा गरिए । तथापि, यसको अर्थ यो हुँदैन कि उनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास नगर्नेहरुको पनि पाप क्षमा गर्न सक्थे ।
येशूका चेलाहरुसँग पानी र आत्माको सुसमाचारद्वारा जोसुकैको पनि पाप क्षमा गर्न सक्ने अधिकार हुन्छ । त्यसकारण, यदि उनीहरु जे लेखिएको छ त्यही सिकाउँदछन् भने, हामीले त्यसमा विश्वास गर्नुपर्छ । तपाईंले विश्वास गर्नुपर्छ कि तपाईंका पापहरु पखाल्नलाई येशूले तपाईंलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभयो । तब मात्र तपाईं पापको क्षमा र पवित्र आत्माको बास प्राप्त गर्न सक्नुहुन्छ । येशूले पानी र आत्माको सुसमाचारको प्रचारद्वारा सबै मानिसहरुलाई उनीहरुको पापबाट बचाउँन सक्ने सामथ्र्य पनि प्रदान गर्नुभयो ।
संसारका शासकको शक्ति
उहिले, जहाँ म बस्ने गर्थे, हामीले कच्ची सडकमा बसको यात्रा गर्नु पथ्र्यो । मानिसहरु एक ठाउँमा बसबाट ओर्लिनुपथ्र्यो र उकालोमा त्यसलाई ठेल्नु पथ्र्यो । एकचोटि, कोरियाको राष्ट्रपति थर्मल पावर प्लान्टको उद्घाटन समारोहमा त्यस सडकमा आउनेभए । जब मानिसहरुले यो समाचार सुने उनीहरुले राष्ट्रपतिको स्वागतको लागि सडक बढारे र त्यसको छेउमा रूखहरु लगाए । जब त्यो दिन आयो, मोटरसाइकलहरुले बाटो पहिल्याए र उनीहरुको पछाडि राष्ट्रपतिको कार आयो । मानिसहरुको भीड आफ्नो हातमा राष्ट्रिय झण्डा लिएर राष्ट्रपतिको स्वागत गर्न बाहिर आयो । भनिन्छ कि राष्ट्रपतिले यसो भने, “यो सडक धेरै उबडखाबड छ, यसलाई सम्याउनु आवश्यक छ ।” केही दिनपछि, त्यस सडकलाई कालोपत्र गरियो ।
यहाँ के भयो ? राष्ट्रपतिको एउटा अनौपचारिक भनाइ सडकको अवस्थामा वृहत सुधार ल्याउन पर्याप्त भयो । एउटा राष्ट्रपतिको आदेशमा त्यति धेरै शक्ति हुन्छ । तथापि, हामी जान्दछांै कि ख्रीष्टले हामीलाई प्रदान गर्नुभएको पानी र आत्माको सुसमाचार यो भन्दा धेरै गुणा बढी शक्तिशाली छ । हामीले विश्वास गर्नुपर्छ कि यो सुसमाचारमा हामीलाई हाम्रो सबै पापहरुबाट मुक्त गर्नसक्ने सामथ्र्य छ ।
पाप क्षमा गर्ने साँचो अधिकार
“जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।” येशूका चेलाहरुले यो सुसमाचार प्रचार गरे कि उनीहरुका सम्पूर्ण पापहरु क्षमा भएका छन्। उनीहरुले मानिसहरुलाई भने, “येशूले आफ्नो बप्तिस्मा र रगतद्वारा संसारका सबै पापहरु मेटाउनु भयो । अब चिन्ता लिनुपर्ने केही छैन । यद्यपि तपाईंले भविष्यमा पाप गर्ने कुरा पूर्वनिर्धारित नै छ, येशूले पहिले नै तपाईंको दैनिक पापहरु उठाइलैजानुभयो र तपाईंको निम्ति यूहन्नाबाट बप्तिस्मा लिइसकेपछि क्रूसमा रगत बगाउनुभयो । येशूले तपाईंलाई बचाउनुभयो ! तपाईंले यसमा विश्वास गर्नैपर्छ !”
येशूका चेलाहरुद्वारा पानी र आत्माको सुसमाचार सुनेर र यसमा विश्वास गरेर पापीहरुले मुक्ति पाए । येशूले चेलाहरुलाई पानी र आत्माको सुसमाचारद्वारा पाप क्षमा गर्ने अधिकार दिनुभयो । किनकि येशूका चेलाहरु संसारका सबै मानिसहरुलाई पानी र आत्माको सुसमाचार प्रचार गर्थे, विश्वासीहरु पापको क्षमा पाउँथे । येशूले उनीहरुलाई पाप क्षमा गर्ने अधिकारसहित यो वरदान प्रदान गर्नुभयो ।
मैले पहिले प्रकाशित गरेका किताबहरु धेरै मानिसहरुले पढेका छन्, र त्यसलाई पढिसकेर उनीहरु आफ्नो पापबाट मुक्त भएका छन् । येशूले संसारको सबै पाप उठाइलैजानको निम्ति बप्तिस्मा लिनुभएकोले उहाँले क्रूसमा मर्नुप¥यो भन्ने कारणको आफ्नो अनुभूतिलाई यो उद्धृत गर्दै केहीले स्वीकार गरे, “तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो” (यशैया ५३:५)।
आफ्नो पुनरुत्थानपछि, येशूले आफ्ना चेलाहरुलाई भन्नुभयो, “पवित्र आत्मा लेओ । जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन” (यूहन्ना २०:२२–२३) । येशूले उनीहरुलाई मानिसहरुको पाप क्षमा गर्ने अधिकार प्रदान गर्नुभयो ।
यो सत्यमा विश्वास गर्नुभन्दा पहिले, हामी अन्योल, रिक्तता र पापमा जकडिएका थियौं । तथापि, अब हामीसँग येशूको बप्तिस्मा र उहाँको रगतमा आस्था छ, र पापबाट मुक्त छौं, अरूलाई यो सुसमाचार प्रचार गर्ने हामी नै हौं । यसबाहेक, हाम्रा परमप्रभुले आफ्ना चेलाहरुलाई शान्ति प्रदान गर्नुभयो । हाम्रा परमप्रभुले शान्ति र पवित्र आत्माको आशिष् पनि दिनुभयो । परमेश्वरबाट शान्ति र पवित्र आत्मा प्राप्त गर्नको निम्ति, हामीले येशूको बप्तिस्मा र क्रूसको रगतमा विश्वासद्वारा पापको क्षमा पाउनुपर्छ ।
पानी र आत्माको सुसमाचारमा आस्थाले नै हामीलाई पापबाट मुक्त गर्छ । यो नै आध्यात्मिक आस्था हो जसले हामीलाई स्वर्गीय आशिष् प्रदान गर्छ । तर मानिसको आफ्नै सोचाइमा आधारित स्वेच्छिक आस्थाले विनाशतर्फ डो¥याउँछ । हामीले पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा मुक्ति पाउनुपर्छ र यसरी पवित्र आत्मा प्राप्त गर्नुपर्छ । यस्तो आस्था प्राप्त गर्नको लागि, हामीले आफ्नो सांसारिक विचारहरु त्याग्नुपर्छ र हाम्रो आस्थालाई पानी र आत्माको सुसमाचारतर्फ मोड्नुपर्छ ।
पवित्र आत्मा प्राप्त गर्ने आस्था पाउँनको लागि, हामीले यो सुसमाचारलाई स्वीकार गर्नुपर्छ कि हाम्रो निम्ति येशूले बप्तिस्मा लिनुभयो र क्रूसमा टाँगिनुभयो । परमेश्वरले हामीलाई पापको क्षमा, शान्ति र पवित्र आत्माको बास प्रदान गर्नुभयो किनकि हामी पानी र आत्माको सुसमाचारमा विश्वास गछौैं । उहाँले आफ्ना चेलाहरुलाई पवित्र आत्माको बास प्रदान गर्नुभयो र पानी र आत्माको सुसमाचारमा विश्वास गर्नेहरुको पाप क्षमा गर्ने अधिकार दिनुभयो ।
यो सुसमाचारमा विश्वास गरेर हामीले पनि पवित्र आत्मा प्राप्त ग¥यौं । पानी र आत्माको सुसमाचारले अरू धेरैलाई पनि पवित्र आत्मा प्राप्त गर्न मद्दत गरेको छ । जब हामी सुसमाचार हाम्रो छिमेकी र संसारलाई प्रचार गर्छौं, जसले यसलाई आफ्नो हृदयमा ग्रहण गर्छन् उनीहरुले पवित्र आत्मा प्राप्त गर्छन् । यदि हामीले प्रचार गरेको सुसमाचारले मानिसहरुलाई पवित्र आत्मा प्राप्त गराउँन सक्तैन भने, त्यो साँचो सुसमाचार होइन । तर अर्कोतर्फ, हामीले प्रचार गरेको सुसमाचारले उनीहरुलाई पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछ भने, त्यो सुसमाचार सक्कली हो ।
हामी कति धन्य र कृतज्ञ छौं हामीसँग यो सुसमाचार छ । तपाईंले र मैले प्रचार गरेको सुसमाचार कति श्रेष्ठ र उच्च छ । तर दुर्भाग्यवश, अचेल यो सुसमाचारलाई जान्ने र यसमा विश्वास गर्ने मानिस पाउँन कति गा¥हो छ ।
जो पानी र आत्माको सुसमाचारलाई अस्वीकार गर्न शैतानद्वारा
भ्रममा पारिएका छन्
हामी उनीहरुलाई पनि मद्दत गर्दैछौं जो पहिलेदेखि नै येशूमा विश्वास गर्छन् । उनीहरुमध्ये धेरैले अझै पवित्र आत्मा प्राप्त गरेका छैनन् यद्यपि उनीहरु येशूमा विश्वास गर्छन् । त्यसैले हामी उनीहरुलाई सुसमाचार प्रचार गरेर मद्दत गर्छौं र यसरी उनीहरुलाई पवित्र आत्मा प्राप्त गर्न मद्दत गर्दैछौं ।
यदि कुनै मानिसले येशूमा विश्वास गरेर पनि पवित्र आत्मा प्राप्त गरेको छैन भने, उसको आस्थामा केही समस्या हुन सक्छ । जसले येशूमा आफ्नो आस्थाद्वारा पवित्र आत्मा प्राप्त गरेका छन् उनीहरुलाई मात्र सच्चा आस्था भएको मानिस भन्न सकिन्छ । त्यसकारण हामी सबैले त्यो आस्था राख्नुपर्छ जसले पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछ । हामीले पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ, किनकि यो सुसमाचारको सत्यले मात्र हामीलाई पवित्र आत्मा प्राप्त गर्न योग्य बनाउँछ ।
हामी पानी र आत्माको सुसमाचार प्रचार गर्छौं ताकि अरूहरुले पवित्र आत्मा प्राप्त गर्न सकून् । तथापि, जसले सुसमाचार प्रचार गर्छन् उनीहरुले निश्चय नै अफ्ठ्याराहरुको सामना गर्नुपर्छ । केही ईसाईहरु सोच्छन् कि लामो समयसम्म प्रयास गर्नाले उनीहरुले पवित्र आत्मा प्राप्त गर्न सक्छन् । उनीहरुले अन्योलग्रस्त अनुभवहरु प्राप्त गर्न सक्छन् जसको पवित्र आत्माको प्राप्तीसँग कुनै सम्बन्ध हुँदैन । त्यसकारण उनीहरुलाई पानी र आत्माको सुसमाचारले ज्ञानयुक्त पार्न धेरै समय र त्यागको आवश्वयक्ता पर्दछ ।
कसले पानी र आत्माको सुसमाचारमा विश्वास गर्दैन यदि सबैजनाले यो सुसमाचारमा विश्वासद्वारा पवित्र आत्मा प्राप्त गर्न सकिन्छ भनेर सोच्ने हो भने ? साँचो सुसमाचार आउनुभन्दा पहिले नै शैतानले मानिसहरुलाई फरक सुसमाचारले झुक्याएको छ । त्यस्ता मानिसहरु प्रश्न गर्छन् त्यहाँ अब अरू के विश्वास गर्न बाँकी छ र जब उनीहरु आफूलाई पहिलेदेखि नै येशूको सुसमाचारमा विश्वास गर्ने ठान्छन् । त्यसकारण उनीहरु पानी र आत्माको सुसमाचारलाई अस्वीकार गर्छन् र मान्दैनन् ।
यो दिन र युगमा धेरै मानिसहरुले पानी र आत्माको साँचो सुसमाचारलाई पूर्ण रूपले स्वीकार गर्दैनन्, किनकि शैतानले उनीहरुलाई पहिलेदेखि नै अन्धो बनाएको छ । परिणामस्वरूप, उनीहरु येशूमा विश्वास गर्नु भनेको सामान्य काम हो भनेर सोच्छन् । तथापि, सुसमाचारको सत्यलाई पूर्ण रूपले बुझ्न त्यति सजिलो छैन । पानी र आत्माको साँचो सुसमाचारलाई झूटा सुसमाचारको पर्दाले ढाकेको छ ।
मानिसहरु सोच्छन् कि जो पनि स्वर्गमा प्रवेश गर्न सक्छन् यदि उनीहरु चर्चमा उपस्थित हुन्छन् र मन खोलेर आफू येशूमा विश्वास गर्छु भनेर भन्छन् भने । धेरै जना यस्तो विश्वास गर्छन् कि आफ्नै प्रयास, जस्तै प्रार्थना र उपवासद्वारा पवित्र आत्माको बास प्राप्त हुन्छ । तथापि, त्यस्ता मान्यताहरु पवित्र आत्माको प्राप्तीको सत्यताबाट धेरै टाढा छन् । उनीहरु अनौठो भाषामा बोल्नु र अरू आश्चर्य कामहरु गर्नु पवित्र आत्माको प्राप्तीको चिन्ह हो भनेर सोच्छन् ।
त्यसकारण पवित्र आत्मा प्राप्त गर्नको लागि, पानी र आत्माको साँचो सुसमाचारमा विश्वास गर्नु आवश्यक छ भन्ने कुरा उनीहरु विरलै बुझ्छन् । तथापि, बाइबलले भन्छ परमेश्वरको वचनमा विश्वासद्वारा मात्र कसैले पवित्र आत्मा प्राप्त गर्न सक्छ । परमेश्वरले पवित्र आत्माको प्राप्तीको रहस्यलाई आफ्नो वचनमा लुकाउनुभएको छ ।
जो पवित्र आत्माको बास चाहन्छन्
एकचोटि म हाम्रो कार्यकर्ताहरुसँग ताइवान गएको थिएँ । त्यहाँ मानिसहरुले हामीसँग पवित्र आत्माको सम्बन्धमा किताबहरु माँगे । जापान र रुसमा पनि यस्तै भयो । धेरै मानिसहरु पवित्र आत्माको बास सम्बन्धी किताब चाहन्छन्, यसको कारण के हो भने आजका मानिसहरु पवित्र आत्माको बास प्राप्त गर्न एकदम इच्छुक छन् । धेरै मानिसहरु येशूमा विश्वास गर्छन् र बेलाबेलामा उनीहरु साँच्चै पवित्र आत्मा प्राप्त भएको छ कि छैन भनेर अनिश्चित हुन्छन्, किनकि उनीहरुमा पवित्र आत्माको बास हुँदैन ।
यहाँ धेरै मानिसहरु छन् जो येशूमा विश्वास गर्छन् र पवित्र आत्मा प्राप्त गरेको दाबी गर्छन् । तथापि, मानिसहरु जसले पवित्र आत्मा स्थायी रूपले र अनन्त कालको निम्ति पाएका छन् उनीहरु विरलै छन् । धेरै मानिसहरु येशूमा आस्था भए पनि यसो गर्न सक्तैनन्, र यसकारण अब यसो गर्न उनीहरुमा उत्कट अभिलाषा छ ।
संसारका ईसाईहरुमा, त्यहाँ धेरै मानिसहरु छन् जो आफूले पवित्र आत्माको अनुभव गरेको सोच्छन् । कोही भन्छन् कि उनीहरुले येशूलाई आफ्नो सपनामा भेटेका छन्, र कोही आफूभित्र पवित्र आत्मा भएको दाबी गर्छन् किनकि उनीहरुसँग भूतप्रेतलाई बाहिर निकालेको अनुभव छ । यस्तोमा, त्यहाँ धेरै मानिसहरु छन् जसको आस्था व्यक्तिगत अनुभवमा आधारित छ । तथापि, यस्ता मानिसहरुले पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा पवित्र आत्मा सायदै पाएका छन् ।
एकचोटि मैले यसलाई अचम्म माने कि यो संसारमा पानी र आत्माको पवित्र सुसमाचारमा आस्थाद्वारा पवित्र आत्माको बास प्राप्त गर्ने सम्बन्धमा कुनै किताब छैन । धेरै मानिसहरु पवित्र आत्माको अनुभवको बारेमा कुरा गर्छन्, तर किन त्यहाँ पवित्र आत्माको बासको सम्बन्धमा कुनै किताब छैन ? यदि तपाईंले संसारको जुनसुकै कुनामा खोज्नुभयो भने, पनि त्यस्ता किताबहरु मुश्किलले भेट्टाउनुहुनेछ ।
जो आफूले पवित्र आत्मा प्राप्त गरेको भनेर अनुचित ढिपी गर्छन् उनीहरु यो पनि दाबी गर्छन् कि उनीहरुले येशूलाई नै भेटेका छन् र स्वर्गको राज्य र नर्कमा भ्रमण गरेका छन् । उनीहरु येशूले यसो भन्नुभयो भनेर ढिपी गर्छन्, “तिमी समयभन्दा अगि आएका छौ । तिमीले तिम्रो संसारमा धेरै गर्न बाँकी छ, त्यसकारण तिमी जहाँको हौ त्यहीँ छिटो फर्क ।”यस्तो अनुभव असम्भव छैन । तथापि, उनीहरुले भेटेको येशू वास्तविक येशू हुन् त ? उनीहरुको हृदयमा पाप भईकन पनि येशूले उनीहरुलाई भेट्नुहुन्छ ? के येशू पापीहरुमा बास गर्नुहुन्छ ?
यो सत्य हो कि आजका ईसाईहरुमा पवित्र आत्माको बास छैन यद्यपि उनीहरु येशूप्रतिको आस्थाको परिमाणलाई कायम राख्दछन् । त्यसकारण हामीले, जोसँग आफूभित्र पवित्र आत्माको बास छ, सुसमाचारको प्रचार गर्नैपर्छ जसले अरूहरूलाई पवित्र आत्माको वरदान प्राप्त गर्न डो¥याउँछ । सबैजनाले पवित्र आत्मा पाउँनु आवश्यक छ, र यसको लागि, पानी र आत्माको सुसमाचारमा आस्था अनिवार्य छ । किनकि यो सुसमाचारमा विश्वास गरेर मात्र कसैले पवित्र आत्मा प्राप्त गर्न सक्छ । सत्यको सुसमाचारद्वारा जुन हामी सबै जान्दछौं, हामी परमेश्वरबाट पवित्र आत्माको वरदान पाउँन सक्छौं ।
परमेश्वरले हामीलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभएकोमा हामी सबैले उहाँलाई धन्यवाद दिनुपर्छ र उहाँको प्रंशसा गर्नुपर्छ । मैले पवित्र आत्माको आनन्द अनुभव गरेको छु जब उहाँले मलाई यो किताब लेख्न प्रेरणा दिनुभयो । जब यो किताब प्रकाशित हुन्छ, तब धेरै मानिसहरुले पानी र आत्माको सुसमाचारमा उनीहरुको आस्थाद्वारा पवित्र आत्माको बास प्राप्त गर्नेछन् । “जब तिमीहरूले विश्वास ग¥यौ के तिमीहरूले पवित्र आत्मा पायौ ?” (प्रेरित १९:२) भनेर पावलले एफिसीमा सम्भाव्य चेलाहरुलाई सोध्नुभयो ।
हामी सबैले पवित्र आत्मा प्राप्त गर्नुपर्छ । खासगरि संसारभरिका ईसाईहरु विश्वको इतिहासमै अशान्त अहिलेको समयमा पवित्र आत्मा पाउन इच्छुक छन् । म पवित्रधर्मशास्त्रको अनुसार पवित्र आत्मा प्राप्त गर्ने तरिकाको बारेमा प्रवचन गर्दैछु, जसरी पवित्र आत्माले मलाई निर्देशन दिनुहुन्छ त्यसरी नै । सन्तोषको जीवन जिउँनलाई, तपाईंले पवित्र आत्माको प्राप्तीको सत्यमा विश्वास गर्नैपर्छ । किनकि तपाईंको हृदयको गहिराइमा पवित्र आत्मा प्राप्त गर्ने यो तपाईंको अन्तिम मौका हो ।
म यो सुसमाचार प्रचार गर्न बाध्यता अनुभव गर्छु जसले सबैजनालाई पवित्र आत्मा प्राप्त गर्न मद्दत गर्छ किनकि येशू ख्रीष्टले मलाई पानी र आत्माको सुसमाचार प्रदान गर्नुभयो र पवित्र आत्माको वरदान छोड्नुभयो ।
अन्यजातिहरूले पनि पानी र आत्माको सुसमाचारमा आस्था
राख्नुपर्छ
बाइबलले उल्लेख गर्छ कसरी येशूका चेलाहरुले अरूलाई पवित्र आत्माको बास प्राप्त गर्न योग्य बनाए । अन्यजातिकाहरुले पनि पवित्र आत्मा प्राप्त गर्नको लागि चेलाहरुकै समान आस्था राख्नुपथ्र्यो । यस बाहेक, विशेषगरी अन्यजातिकाहरुले परमेश्वरको राज्यमा प्रवेश गर्नको निम्ति, चेलाहरुलेझैं पानी र आत्माको सुसमाचारमा आस्था राख्नु आवश्यक थियो । त्यसकारण हामी, जो अन्यजातिका हौं, हामीले पनि पवित्र आत्मा प्राप्त गर्नको निम्ति साँचो सुसमाचारमा आस्था राख्नुपर्छ । परमेश्वरले पत्रुसलाई कर्नेलियसकहाँ पठाउनुभयो, जो अन्यजातिका थिए, ताकि उनी पनि पानी र आत्माको सुसमाचारद्वारा ज्ञानले दीप्त होऊन्, जुन पवित्र आत्माको प्राप्तीको निम्ति अनिवार्य छ ।
यहूदी विश्वासीहरु पवित्र आत्माको वरदान अन्यजातिहरुमाथि पनि खन्याइयो भन्ने सुनेर छक्क परे । जब पत्रुस पानी र आत्माको सुसमाचार प्रचार गरिसकेर यरूशलेमको चर्चमा फर्किए, खतना गरिएकाहरुले उनको आलोचना गरे । “खतना नलिने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले खानपान गर्नुभयो ?” (प्रेरित ११:३) । तर पत्रुसले क्रमैसँग उनीहरुलाई विवरण दिए ।
उनको विवरण प्रेरित ११:५–१७ मा विस्तृत रूपले उल्लेख गरिएको छ। “म योप्पा शहरमा प्रार्थना गर्दैथिएँ, ध्यान–मग्न थिए, तब एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्यो मकहाँ आयो । मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें । मलाई यसो भनेको एउटा आवाज मैले सुने, ‘पत्रुस, उठ, र मारेर खाऊ ।’ ‘तर मैले भने, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन ।’ तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, ‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन ।’ तीन पल्ट त्यस्तै भयो, र ती सब फेरि स्वर्गमा लगिए । त्यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे । नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो । यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्यस मानिसको घरमा पस्यौं । उनले हामीलाई बताए, कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेको उनले देखे, ‘योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ । उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सार परिवारले ।’ “जब मैले बोल्न थालें, तब शुरूमा हामीमाथि ओर्लनुभएकोजस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनुभयो । तब प्रभुले भन्नुभएको त्यो वचन मलाई याद आयो, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ ।’ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र ?”
पत्रुसले भने कि उनी खतना नलिएका मानिसहरुकहाँ गएर खानपान मात्र गरेनन्, बरु पवित्र आत्माको निर्देशनमा उनीहरुलाई सुसमाचार पनि सुनाए । जब उनीहरुले यो कुरा सुने उनीहरु चुप भए, र उनीहरुले परमेश्वरको महिमा गाए, जसले उनीहरु सबैलाई— कर्नेलियस, उनका नातागोता र उनका नजीकका मित्रहरुलाई— पश्चात्ताप र जीवन प्रदान गर्नुभयो ।
पवित्र आत्माको प्राप्तीको निम्ति प्रेरितहरूको सुसमाचार
प्रेरितहरूको आवश्यक
कार्य कै हौ ?
अरूलाई पवित्र आत्माको प्राप्तीको निम्ति पानी र
आत्माको सुसमाचार प्रचार गर्नु ।
के प्रेरितहरुले साँच्चै पानी र आत्माको सुसमाचार प्रचार गरे ? हामीले पहिले यो निश्चित गर्नुपर्छ कि प्रेरित पत्रुस पानी र आत्माको सुसमाचारमा विश्वास गर्थे कि गर्दैन थिए । बाइबलमा, पत्रुसले भने, “यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ” (१ पत्रुस ३:२१) । प्रेरित पत्रुस साँच्चै यो विश्वास गर्थे कि येशूले जब बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो उहाँले सबै पापीहरुलाई उनीहरुको पापबाट बचाउँनुभयो । उनी यो पनि विश्वास गर्थे कि जब येशूले बप्तिस्मा लिनुभयो (मत्ती ३:१५), सबै पापहरु उहाँमा सारियो, र हामी सबैलाई बचाउँन उहाँ क्रूसमा टाँगिनुभयो र पछि पुनरुत्थान हुनभयो ।
यी दिनहरुमा पत्रुसको जस्तै आस्था भएका मानिसहरु छन् । जो पानी र आत्माको सुसमाचार प्रचार गर्छन् । उनीहरुले गरेको सुसमाचारको प्रचार पत्रुसले गरेको जस्तै हो । सुन्नेहरुलाई पवित्र आत्माको बास प्राप्त गर्न यो सत्य पर्याप्त छ ।
जसरी पत्रुसले पानी र आत्माको सुसमाचार प्रचार गर्दा धेरै मानिसहरुले पवित्र आत्मा प्राप्त गरे, हामी पनि देख्छौं कि जब हामी उही सत्य प्रचार गर्छौं मानिसहरु यो सुसमाचारमा विश्वास गर्छन् र पवित्र आत्मा प्राप्त गर्छन् । कुनै व्यक्तिले येशूलाई आफ्नो परमप्रभुको रूपमा मानेर मात्र पनि स्वर्गमा पुगिन्छ भन्ने विश्वास गर्छ भने उसले पवित्र आत्मा प्राप्त गर्न सक्दैन, तर पानी र आत्माको सुसमाचारमा विश्वास गरेर मात्र ।
पत्रुसले कुनैबेला अन्यजातिहकाहरुलाई जमिनमा घस्रने कीराभन्दा केही बढ्ता मात्र सोच्थे । व्यवस्थाको अनुसार, उनीहरु येशूले बप्तिस्मा नलिएसम्म, र क्रूसमा मरेर फेरि पुनरुत्थान हुनुभन्दा अगाडिसम्म अपवित्र जनावर जस्तै थिए । तथापि, अन्यजातिका मानिसहरु पनि पानी र आत्माको सुसमाचारमा विश्वास गरेर पवित्र आत्माको बासको आशिष् प्राप्त गर्न सक्छन् । त्यसैले एउटा आवाजले पत्रुसलाई भन्यो, “जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन” (प्रेरित १०:१५) ।
हामीले, अन्यजातिको रूपमा, कहिल्यै पवित्र आत्मा प्राप्त गर्न सकेका थिएनौ तर हामी पानी र आत्माको सुसमाचारमा आस्थाद्वारा पवित्र आत्माको बास प्राप्त गर्न सक्छौं । जब हामी धैर्यपूर्वक आफ्नै विचारहरुले भरिएको मानिसहरुलाई सुसमाचार सुनाउँछौं, अक्सर हामी देख्छौं कि उनीहरु सुसमाचारमा विश्वास गर्छन् र अन्ततः पवित्र आत्मा प्राप्त गर्छन् । हामी उनीहरुले यो पनि स्वीकारेको देख्न सक्छौं कि येशूको बप्तिस्मा र रगतमा विश्वास गरिसकेपछि उनीहरुको हृदयमा कुनै पाप छैन । यसले गर्दा मात्र पवित्र आत्मा उनीहरुको भित्र बास गर्नुहुन्छ ।
यो सुसमाचार प्रचार गर्नुको हाम्रो उद्देश्य उनीहरुलाई बुझाउनु मात्र होइन, तर उनीहरुलाई पवित्र आत्मा प्राप्त गर्न डो¥याउनु हो । हामीले प्रचार गर्ने सुसमाचारमा विश्वास गर्नेहरुले आफ्ना सबै पापहरुको क्षमा पाउँछन् भन्ने तथ्य महत्वपूर्ण छ । र उनीहरुले त्यही समयमा पवित्र आत्माको बास प्राप्त गर्छन् भन्ने तथ्य त झन महत्वपूर्ण छ । हामी संसारका मानिसहरुलाई सुसमाचार मात्र प्रचार गर्दैनौ, तर एक कदम अगाडि जान्छौं र उनीहरुलाई त्यही समय पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछौं ।
यही प्रसंगमा हामीले उनीहरुलाई पानी र आत्माको सुसमाचार सुनाउनुपर्छ जसलाई यसको खाँचो छ । यदि हामी सुसमाचारको प्रचार गरेर मात्र रोकिन्छौं भने, हाम्रो श्रमको सबै अर्थ हराउनेछ । हामीले के सम्झनुपर्छ भने यो सुसमाचारले मानिसहरुलाई पवित्र आत्माको बास प्राप्त गर्न डो¥याउँछ । जब हामी मनमा यो कुरा राखेर सुसमाचारको प्रचार गर्छांै, पवित्र आत्माको ज्वाला संसारभरि जङ्गलको डढेलो झै फैलिने छ ।
जब प्रचारकले विश्वास गर्छ कि यो सुसमाचारले संसारका मानिसहरुलाई पवित्र आत्मा प्राप्त गर्न मार्गदर्शन गर्न सक्छ, उसले राम्रोसँग बुझ्नेछ कि उसको प्रचार मानिसहरुलाई येशू ख्रीष्टमा विश्वास गर्न मात्र प्रेरित गर्नु होइन, तर उनीहरुलाई पवित्र आत्माको बास प्राप्त गर्न मद्दत गर्नु हो । त्यसकारण यो समयमा पानी र आत्माको सुसमाचार प्रचार गर्नु हाम्रो निम्ति अति महत्वपूर्ण छ ।
पवित्र आत्मा प्राप्त गर्नको लागि कसैले हामीले प्रचार गर्ने सुसमाचारलाई आफ्नो कानले सुने मात्र र आफ्नो हृदयले यसमा विश्वास मात्र गरे पनि पुग्छ । यो प्रष्ट छ, हामीले प्रचार गर्ने गरेको सुसमाचारले मानिसहरुको जीवनमा ठूलो प्रभाव पारेको छ । सुसमाचारको शक्ति भनेको परमेश्वरले प्रदान गर्नुभएको अधिकार र आशिष् हो ।
पत्रुस यहूदीहरुका लागि प्रचारक थिए भने, पावल अन्यजातिहरुका निम्ति । जब पत्रुस घरको छानोमा प्रार्थना गर्दै थिए, उनले स्वर्ग उघ्रिएको देखे र एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक देखे । त्यसमा सबै किसिमका अपवित्र जनावरहरु थिए जसलाई बाइबलले खान निषेध गरेको थियो ।
पत्रुसले कहिले पनि तल्लो अथवा अशुद्ध कुरो खाएका थिएनन् । तथापि, परमेश्वरले उनलाई तिनलाई मार्न र खान भन्नुभयो । पत्रुसले यसो भन्दै अस्वीकार गरे, “तर मैले भने, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन !” र एउटा आवाजले उनलाई भन्यो, “जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन ।” यसले के छनक दिन्छ ? परमेश्वर भन्दै हुनुहुन्छ कि येशूले संसारको सबै पापहरु पखाल्नुभयो, अन्यजातिहरुका पनि, जब उहाँले बप्तिस्मा लिनुभयो र क्रूसमा मर्नुभयो ।
परमेश्वरले पत्रुसलाई अशुद्ध जनावरलाई मार र खाऊ भन्ने आज्ञाको आध्यात्मिक अर्थ के हो भने अन्यजातिकाहरु पनि परमेश्वरको सन्तान हुन सक्छन् यो विश्वास गरेर कि, येशू यो संसारमा पठाइनुभयो, हाम्रा सबै पापहरु लिन बप्तिस्मा लिनुभयो र त्यसको सजाय भोग्न क्रूसमा टाँगिनुभयो ।
पवित्र आत्मा पाइसकेर पनि पत्रुस उनीहरुलाई आध्यात्मिक आँखाले हेर्नुको सट्टा अझै पनि व्यवस्थाको पालन गर्दै थिए । तर पत्रुसले प्रायश्चित्त गरे र विश्वास गरे कि परमेश्वले पहिले नै अन्यजातिहरुका पनि सबै पापहरु पखालिसक्नुभएको छ । पत्रुसले अझ गहिरोसँग सुन्दर सुसमाचारको सम्पन्नता महसुस गरे । उनले पवित्र आत्मा सुन्नेहरुमा ओर्लनुभएको देखे जब उनले परमेश्वरको वचन प्रचार गरे ।
हामी कसरी छुट्याउन सक्छौं कि आजका प्रचारकहरुले पवित्र आत्मा पाएका छन् कि छैनन् भनेर ? यो उनीहरुले पानी र आत्माको सुसमाचारलाई स्वीकार गर्छन् कि गर्दैनन् यसमा भर पर्छ । जब प्रचारकले परमेश्वरको वचन प्रचार गर्दा कुनै व्यक्तिले जस्तो छ त्यही रूपमा यो सुन्दर सुसमाचारमा विश्वास गर्छ भने उसले पवित्र आत्माको बास पाएको छ । प्रचारकको हृदयमा बास गर्नुहुने पवित्र आत्मा उसकोमा पनि बास गर्नुहुनेछ । प्रचारक र सुन्ने व्यक्ति बीच सङ्गति हुनेछ र उनीहरु बाल्यकालको साथीझैं हुनेछन् । उनीहरुले एक अर्कोमा भएको परमेश्वरको प्रेमलाई देख्नेछन् । प्रचारकले सुन्ने व्यक्तिलाई पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा परमेश्वरका सन्तानहरुमध्ये एक भएको देख्नेछ ।
जब हामी सुसमाचार प्रचार गर्छौं, हामी विश्वासीहरुमा पवित्र आत्मा त्यही क्षण ओर्लनुभएको देख्छौं जब उनीहरु पानी र आत्माको सुसमाचारमा विश्वास गर्छन् । यो मुक्तिको छुट्टै अनुभव होइन । यही नै मुख्य कारण हो किन हामीले पानी र आत्माको सुसमाचार प्रचार गर्नैपर्छ भनेर । हामीले प्रचार गर्ने सुसमाचार त्यो सुसमाचार हो जसले अरूहरुलाई पवित्र आत्मा प्राप्त गर्न डो¥याउँछ ।
जोसँग पवित्र आत्माको बास हुन्छ उनीहरु परमेश्वरका सन्तान हुन् । पानी र आत्माको सुसमाचार कुनै सम्प्रदायको उपकाल्पनिक सिद्धान्त होइन, र त्यसकारण जब हामी यो अरूलाई सुनाउँछौं, उनीहरुले ग्रहण गर्छन्, पवित्र आत्मा प्राप्त गर्छन् र परमेश्वरको सन्तान हुन्छन् । यो आशिष् कति ठूलो छ ! कस्तो अचम्मको सुसमाचार ! र उहाँको कार्य कस्तो आश्चर्यजनक छ ! जसले पानी र आत्माको सुसमाचार प्रचार गर्छन् उनीहरु परमेश्वरको राज्य विस्तार गर्न मद्दत गर्छन् । हामी सुसमाचार सुनाउँछौ मात्र, तर उनीहरु पवित्र आत्मा प्राप्त गर्छन् ।
केही मानिसहरु सोच्छन् कि येशूमा विश्वास गर्नु एउटा कुरा हो र पवित्र आत्मा प्राप्त गर्नु अर्कै कुरा हो । त्यसकारण, ईसाईहरु अझै पवित्र आत्माको लागि प्रार्थना गर्छन् । तथापि, बाइबलले भन्छ पवित्र आत्मा उनीहरुमा आउनुहुन्छ जसले उहाँका सेवकहरुद्वारा सुनाइएको सुसमाचारमा विश्वास गर्छन् । संसारभरिका मानिसहरु पवित्र आत्मा पाउने तृष्णाले भरिएका छन् । हामीले प्रचार गर्ने सुसमाचारले उनीहरुलाई आफ्नो तृष्णा पूरा गर्न डो¥याउँछ । यसैकारण हामीसँग संसारभरि सुसमाचार प्रचार गर्ने उत्तरदायित्व छ । हामी पिता परमेश्वरका सन्तान हौं र उहाँको उत्तराधिकारी, जो उहाँको महान कार्यप्रति वफादार छौं ।
हामीले आस्थापूर्वक सुसमाचार प्रचार गर्नुपर्छ र यो कुरा मनमा राख्नुपर्छ कि हाम्रो उद्देश्य मानिसहरुलाई पवित्र आत्मा प्राप्त गर्न योग्य बनाउनु हो । पानी र आत्माको सुसमाचार यस्तो कुरा हो जसमा प्रचारकहरुले अरूलाई सुनाउनुभन्दा पहिले आफैंले इमान्दारीपूर्वक विश्वास गनुपर्छ । अनि सुन्नेहरुले सुसमाचारमा उनीहरुको आस्थाद्वारा पवित्र आत्मा प्राप्त गर्नेछन् । यसरी, हामी सुसमाचारमा विश्वास गर्नेहरु सबैमा अनन्त जीवनको प्राण फुक्न सक्छौं । हाम्रो लक्ष्य उनीहरुलाई अन्धकारको शक्तिबाट छुटाउनु हो र उनीहरुलाई परमेश्वरको राज्यमा सार्नु हो । प्रचारकहरुले अन्धकारको शक्तिमुनि मृत्युको भागी भएका पापीहरुलाई परमेश्वरका पुत्रको राज्यमा सार्छन । पापीहरुलाई परमेश्वरको सन्तानमा रुपान्तरण गर्नु महत्वपूर्ण काम हो ।
धेरै मानिसहरुलाई पवित्र आत्मा प्राप्त गर्ने साँचोको बारेमा थाह छैन र उनीहरु आफ्नै प्रयासले उहाँलाई प्राप्त गर्न खोज्छन् । तथापि, यो व्यर्थ प्रमाणित हुनेछ । सुसमाचारमा आस्था मात्र आवश्यक छ, किनकि यही आस्थाले हामीलाई सबै पापहरुबाट मुक्त गर्छ ।
तपाईंले कसरी पवित्र आत्मा प्राप्त गर्नुभयो ? प्रार्थनाद्वारा ? अथवा सायद शिरमा हात राख्न लगाएर ? अहँ, त्यो तरिका होइन । हामी तब मात्र पवित्र आत्मा प्राप्त गर्छौं जब हामी पानी र आत्माको सुसमाचारमा विश्वास गर्छौं । हामीले प्रार्थना गर्नुपर्छ र सुसमाचार प्रचार गर्नुपर्छ ताकि संसारका मानिसहरुले पवित्र आत्मा प्राप्त गर्न सकून् ।
“प्रेरित” शब्दको अर्थ हुन्छ “परमेश्वरबाट पठाइएको ।” प्रेरितहरुले के गर्छन् ? उनीहरुले पानी र आत्माको सुसमाचार प्रचार गर्छन् ताकि मानिसहरुले पवित्र आत्मा प्राप्त गर्न सकून् । के तपाईं पनि हामीसँगै यो कामलाई लिन चाहनुहुन्न ? हामी सबैले पवित्र आत्माको बास प्राप्त गर्नुपर्छ र यसलाई सबै मानिसहरुलाई सुनाउनुपर्छ । हल्लेलूयाह ! परमेश्वरले हामीलाई पवित्र आत्मा प्राप्त गर्न दिनुभएको सुसमाचारको अपरिवर्तनीय सत्यको प्रशंसा गर्नुहोस् !