በኮቪድ-19 እና በዓለም አቀፉ የመላላኪያ አገልግሎት መዛባት ምክንያት ‹ነጻ የታተመ መጽሐፍ አገልግሎታችንን› ለጊዜው አቋርጠናል፡፡
የድምጽ መጽሐፍትን ከዚህ በታች ባለው ማጫወቻ በኩል ማዳመጥ ይችላሉ። 🔻
यस विषयमा यो पुस्तकको आफ्नै मौलिकता छ। अर्को शब्दमा भन्नुपर्दा, यो पुस्तकले बाइबलसँग पूर्ण रूपमा मेल खाने गरी नयाँ गरी जन्मनु भनेको के हो र पानी र आत्माबाट कसरी नयाँ गरी जन्मन सकिन्छ भन्ने कुरा स्पष्ट रूपमा बताउँछ।
पानीले यर्दन नदीमा येशूले लिनुभएको बप्तिस्मालाई सङ्केत गर्छ, र बाइबलले बताउँछ कि उहाँले बप्तिस्मा दिने यूहन्नाबाट बप्तिस्मा लिनुहुँदा हाम्रा सबै पापहरू येशूमाथि सारिएका थिए। यूहन्ना सम्पूर्ण मानवजातिका प्रतिनिधि र प्रधान पूजाहारी हारूनका वंशज थिए। प्रायश्चितको दिनमा हारूनले छाडा छोडिने बोकाको टाउकोमा आफ्ना हात राखेर इस्राएलीहरूका वर्षभरिका सबै पापहरू त्यसमाथि सारे। यो आउन लागेका असल कुराहरूको छाया हो।
येशूको बप्तिस्मा हात राख्ने विधिको प्रतिरूप हो। येशूले यर्दन नदीमा हात राख्ने विधिअनुसार बप्तिस्मा लिनुभयो। त्यसैले उहाँले आफ्नो बप्तिस्माद्वारा संसारका सबै पापहरू आफूमाथि लिनुभयो र ती पापहरूको मूल्य चुकाउन क्रूसमा टाँगिनुभयो।
तर अधिकांश ख्रीष्टियनहरूलाई येशूले किन यर्दन नदीमा बप्तिस्मा दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो भन्ने कुरा थाहा छैन। येशूको बप्तिस्मा यस पुस्तकको मुख्य शब्द र पानी र आत्माको सुसमाचारको अपरिहार्य अंश हो। हामी येशूको बप्तिस्मा र उहाँको क्रूसमा विश्वास गरेर मात्र नयाँ गरी जन्मन सक्छौँ।